२०७६ असोज ३ गते

कक्षा ११ को परीक्षा असार १ गते देखि हुने, कक्षा १२ को भने यथावत

काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ को निर्धारित परीक्षा तालिका परिमार्जित गरेको छ । बोर्डले कक्षा ११ को परीक्षा असार १ देखि ११ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।


बोर्डको परीक्षा सञ्चालन समितिको शुक्रबार बिहान बसेको बैठकले असार १ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले यसअघि कक्षा ११ को परीक्षा तालिका वैशाख २४ देखि जेठ ३ गतेसम्म लिनेगरी परीक्षा तालिका सार्वजनिक गरेको थियो ।


सरकारले आउँदो वैशाख ३१ गते स्थानीय निकायको चुनाव घोषणा गरेकोले वैशाख २४ गतेदेखि सञ्चालन हुन लागेको परीक्षा पछि सारिएको बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए । बोर्डले कक्षा १२ को परीक्षा भने यथावत मितिमा नै गर्ने  निर्णय गरेको छ । कक्षा १२ को परीक्षा आउँदो वैशाख १० गतेदेखि सुरु भएर २२ गते सकिने छ ।

Comments: