२०७६ कार्त्तिक २९ गते

कर्णाली मावि चौगानफयालाई ११ कक्षाको अनुमति

राजन रावत/हुम्ला




सिमकोट गाँउपालिकाको वडा नम्बर सातको कर्णाली माविलाई आजबाट कक्षा ११ को अध्यापनका लागि अनुमति प्राप्त भएको छ । अब यो सहित जिल्लामा कक्षा ११ पढाइ हुने विद्यालयको संख्या ६ पुगेको छ ।


केही समय अगाडी देखि अनुमतिका लागि प्रयास गरिएको भए पनि बल्ल गाँउपालिकाबाट कक्षा ११ अध्ययनको अनुमति प्राप्त भएको विद्यालयका प्रधानाध्यापक जयरुद्र ढकालले जानकारी दिए ।


विद्यालयमा अनिवार्यमा अंग्रेजी नेपालीका साथै ऐच्छिक विषयमा नेपाली, अंग्रेजी, शिक्षा, स्वास्थ्य तथा सामाजिक शिक्षा, जनसंख्या र गणित विषय पढ्न सकिने छ ।


विद्यालयमा आगामी साउन १ गते बाट भर्ना शुरु हुने प्रअ ढकालले बताउनुु भयो । यो सहित सिमकोट गाँउपालिकामा कक्षा ११ पढाइ हुने विद्यालयहरु दुुई पुगेका छन । अभिभावकले घर नजिककै विद्यालयमा उच्च शिक्षा पाउने भए पछि खुसी व्यक्त गर्नु भएको विद्यार्थी चाप भने पछि मात्र थाहा हुनेछ ।

Comments: