• कक्षा ११ को परीक्षा असार १ गतेदेखि (परीक्षा तालिका सहित)
    ()

  • भक्तपुर । कक्षा ११ को परीक्षा असार १ गतेदेखि शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले नयाँ मिति तय गरेको हो ।

    स्थानीय निर्वाचनका पटक पटक सर्दै आएको परीक्षा अन्ततः असार १ देखि शुरु हुने भएको हो ।


    बीचमा पर्ने दुईवटा शनिवार समेत परीक्षा सञ्चालन गर्ने गरी बोर्डले नयाँ परीक्षातालिकाको टुंगो लगाएको हो । बोर्डका अनुसार असार ३ र १० गते शनिबार भए पनि परीक्षा सञ्चालन हुनेछ ।


    यस अघि बैशाख २४ गते देखि जेठ ३ गते सम्मका लागि तय भएको कक्षा ११ को परीक्षा पहिलो चरणको निर्वाचनको समयमै परेपछि असार १ गते बाट गर्ने गरी सारिएको थियो ।

    तर, जेठ ३१ गते दोश्रो चरणको निर्वाचन गर्ने सरकारको निर्णयले उक्त मिति परिवर्तन गरेर असार ८ गते तय गरिएको थियो । कक्षा ११ को परीक्षा दिन ४ लाख ४९ हजार विद्यार्थीले फाराम भरेका छन् ।