• अमेरिकाको एक विद्यालयमा पूर्व विद्यार्थीद्वारा जथाभावी गोली हानी १७ को हत्या
    ()

  • अमेरिका  । अमेरिकाको पार्कल्याण्ड, फ्लोरिडास्थित एक उच्च माध्यमिक विद्यालयमा १९ वर्षिय युवकले जथाभावी गोली चलाउँदा १७ जनाको मृत्यु भएको छ ।

     निकोलस क्रुज नाम गरेका ती युवकले विद्यालयमा गोली चलाउनु पूर्व त्यहाँको ‘फायर अर्लाम’ बजाएका थिए। ती युवकलाई विद्यालयले अनुशान सम्बन्धी कारवाही गर्दै केही महिना अघि मात्रै निष्काशन गरेको बताइएको छ।

    स्थानीय समय अनुसार बुधबार दिउँसो भएको उक्त घटना २०१२ यता स्कुलमा भएको घटनापछिको ठूलो हो। २०१२ मा केन्टकीको एक स्कुलमा भएको गोली प्रहारबाट २६ जनाको मृत्यु भएको थियो।

    प्रहरीका अनुसार क्रुजले ३ जनालाई विद्यालय बाहिरै गोली प्रहार गरी हत्या गरेर भित्र प्रवेश गरेका थिए। उनले प्रहार गरेको गोली लागी १२ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने २ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो। गोली लागी थप १७ जना घाइते भएका छन्। उनीहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

    गोली प्रहारको सूचना पाए लगत्तै त्यहाँ पुगेको सशस्त्र प्रहरीसहितको टोली विद्यालयलाई घेरा हाली युवकको खोजी गरेको थियो। सुरक्षा अधिकारीहरुको उक्त युवकलाई केही समयपछि नै आफ्नो नियन्त्रण लिन सफल भएका थिए।

    घटनाको प्रतिक्रियास्वरुप ट्वीट गर्दै अमेरिकी राष्टपति ट्रम्पले यसलाई दुखद घटना भएको बताएका छन्। विभिन्न सुरक्षा निकायहरु अहिले उक्त घटना बारे विस्तृत अनुशन्धानमा जुटेको बताइएको छ।

    कान्तिपुरबाट