• ३६ वर्षे शिक्षण पेशाबाट खाली हात विदा
    ()

  • रोशन क्षेत्री गाउँले


    काठमाडौँ । अस्थायी शिक्षक आन्दोलनका पर्याय बनेका कास्कीका टेकनाथ गौतम अन्तत ३६ वर्षे शिक्षण पेशाबाट खाली हात विदा भएका छन् । ३६ वर्ष ६ महिना १० दिन लामो शिक्षण पेशाको अवधी पूरा भएपछि  उमेर हदका कारण उनले शिक्षण पेशाबाट अवकाश पाएका हुन् ।कास्कीको धिताल गाविस १, भिडाबारीका  गौतमले २०३५ सालमा कास्कीकै पृथ्वीनारायण क्याम्पसबाट बीए, बीएड गरी बसेका थिए । एकदिन घरमै घाम तापिरहँदा बराह माध्यामिक विद्यालयका हेडसरले घरैबाट पढाउन भनेर लगेपछि उनले शिक्षण पेशा राजे ।


     उनी भन्छन । ‘मैलै जत्ति पढेको त्यतिवेला धेरै थिएनन् । जताततै अवशर नै अवशर थियो ।  बाग्लुङ कृषि विकास बैंक र  लोकसेवा आयोगको सुब्बा बन्न छाडेर  शिक्षण पेशा रोजे । सवैले राम्रो भनेको सुनेपछि उनले घरको गारो जोडिएको स्कुलमै पढाउन ठीक माने । र सुरुमा ३ सय ३७ रुपैयाँ तलबको नियुक्ति लिए । उनले विगत खोतले ।


    सायद अहिलेको अवस्था आउला भन्ने त्यतिबेला अनुमान भएको भए शिक्षक हुन्नथेहोला । विदाइमा आयोजित पत्रकारसममेलनमा भावुक हुदै उनले भने । ‘सबैभन्दा राम्रो पेशा भनेर रोजें । रोडबाट बिदा हुनुपर्ने राम्रो पो रहेछ ।’खाली हात अवकाश पाउँदाको पीडा पोखे गौतमले ।

    अस्थायी भएपनि ०४४ र  ०५८ गरी उनी २ पटकसम्म विद्यालयको प्रधानाध्यापक समेत भए । त्यहीबेला उनैले नेपालमै पहिलोपटक कृृषि प्राविधिक शिक्षा बराहा उच्च माविमा स्वीकृत गराए । उनी अवकाश नहुदा सम्म  प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटीइभिटी) सँग सम्बन्धन रहेको कृषि प्राविधिक शिक्षा कार्यक्रमको पनि प्रमुख थिए ।


    ०३५÷०५÷१५ मा वराह माविमा अस्थायी नियुक्ति लिएर पढाउन सुरु गरेका उनी ०३८/१२/०४मा अस्थायी बढुवा लिदैं ०७१÷११÷२४ मा खालीहात विदा भएका छन् । सेतै फुलेका झुसे दाह्री र चाउरीएका गालाका कापहरु आँसुले भिजाउदै भावुक मुद्रामा उनी उमेरहदका कारण पेशानिवृत्त भए । ०५६ र ०६७ गरी दुइपटक जिल्ला शिक्षा समिती बाट योग्य शिक्षकको रुपमा सम्मानित भएपनि राज्यले भने उनलाई सधैँ अयोग्य नै सम्झीरह्यो ।


    ०३७ र ०४८ गरी दुइपटक स्थायी परिक्षामा लिखितमा उत्तिर्ण भएपनि पुर्वागह्री ढंगबाट उनलाई स्थायी हुनबाट बञ्चित गरियो । पटक पटक स्थायी प्रक्रियामा अनुत्तीर्ण हुँदा उनलाई विद्यार्थीले सोध्थे, ‘सर तपाईं पढाउन जान्ने तर लेख्न नजान्ने हो ? ’ टेकनाथ भन्छन् ‘सरकारले नै साढे ३६ वर्षको शिक्षण पेशामा गरेको योगदानलाई अयोग्य झैं मूल्यांकन गरेपछि मैले के जवाफ दिने ’ उनी भक्कानीए ।


    त्यसपछि भने आन्दोलन गर्नुपर्छ भनेर निरन्तर अस्थायी शिक्षक संघर्ष समिति अन्तर्गत रहेर २०५५ सालदेखि निरन्तर स्थायीका लागि लडिरहे । तर, उनको लडाईं सफल नहुँदै विदाइको हात हल्लाउनुपर्ने भयो । शिक्षा ऐनमा प्रकृया पु¥याएर अस्थायी शिक्षकलाई स्थायी गरिने कुरा लेखाउन सफल भएपनि नियमावलीमा ल्याएर त्यसको कार्यान्यवन नहुदै उनी विदा हुन बाध्य भए । बुढेसकालमा खालीहात । उनी जस्तै अनिश्चित भविस्य तर्फ ।
    चक र डस्टर लिएर कक्षाकोठामा विद्यार्थी पढाएरै आफ्ना वैंश सिध्याएका उनि बुढेसकालमा भने अयोग्य बन्दै बिदा हुन प¥यो । ‘मैले पढाएका धेरै विद्यार्थी योग्य डाक्टर, इन्जिनियर र कुशल प्रशासक बने म बुढा भने सधैँको अस्थायी रहिरहे ।’ उनले पिडा मिश्रित हाँसो हास्न खाजे । तर उनको मुहारमा हाँसो कत्ति सुहाएन । लाग्थ्यो बरु उनि रोएको भए वेस हुन्थ्यो ।


    फागुन महिनाको २५ गते अर्थात् गत सोमबार टेकनाथ गौतमको ६० औं जन्मदिन  । जन्मदिवसमा केक काटेर हर्सोल्लासले मनाउनुपर्ने हो । तर जन्मदिनको उत्सवमा टेकनाथ गम्भीर थिए, भावुक अनि दुःखी पनि ।


    उनमा खुसी थियो भने उल्लासका साथ परिवारसँग बसेर जन्मदिन मनाउँदा हुन् । जन्मदिनको अघिल्लो दिन अर्थात् गत आइतबार ३६ वर्ष ६ महिना १० दिन लामो शिक्षण पेशाको अवधी पूरा भएको थियो । आफ्ना विद्यार्थी, शिक्षकसँग रमाइलो गरी विदाइका हात हल्लाउनुपर्ने दिन पोखराबाट काठमाडौं आइपुगे टेकनाथ । आफ्ना पिडाहरु साट्न ।


    एकाउन्टेन्टलाई फागुन महिनाको २४ दिनको तलब हिसाब गर्न लगाएर  त्यहि चानचुन बीस हजार गोजीमा हालेर काठमाडौं हान्नीए उनी । ‘स्थायी थिएँ भने जागिर सकिएपछि पेन्सन पट्टा, सञ्चयकोषमा जम्मा भएको पैसा लिने हतारो हुन्थ्यो । ‘जाबो २४ दिनको तलब लिएर हिँड्न केही चटारो थिएन । काठमाडौंमा साथीभाइ पनि भेटिन्छन् आफूजस्तै व्यथा भएका साथीहरुसँग मनका बह पोख्न मिल्छ, भनेर पोखराबाट हिँडे ।’ रुन्चे स्वरमा उनले भने ।
    बागबजारको एउटा पुरानो होटलको कोठामा आफूजस्तै वर्षौंदेखि अस्थायी शिक्षकमाझ टेकनाथले शिक्षण पेशाबाट औपचारिक विदाइ लिए, साढे ३६ वर्षभन्दा बढी शिक्षणको योगदानको बदलामा एउटा दोसल्ला उनको काँधमा प¥यो । एक चिम्टी अबिर निधारमा लगाइदिएर अस्थायी शिक्षकहरुले दोसल्ला ओढाइदिएपछि अलिकति भावुक भए उनी । अनि भने, ‘म त अब कति बाँचुला र बाँकी जीवन म भन्दा दुःख पाएका अस्थायी शिक्षकहरुको अधिकारको लडाईंमा बिताउँछु ।’ उनको मुहारका अर्कै चमक देखियो ।


    आफ्ना विदाईमा गरेका शिक्षक नेताहरुको चर्को भाषण उनले बडो धर्य भएर सुने । तर लाग्थ्यो उनको आँखाले भने त्यसलाई गिज्याइरहेको थियो ।  
    अस्थायी शिक्षक आन्दोलन समितीका अनुसार ०६३ यता  एक हजार भन्दा बढी शिक्षक उमेर हदका कारण अवकाश भइसकेका छन् ।