भक्तपुर । राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आइतबार  शिक्षा पत्रकारहरुलाई सम्मान गरिएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन भक्तपुरले शिक्षा पत्रकारहरुलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेको हो ।

भक्तपुरको जिल्ला विकास समितिको सभाहलमा आयोजित सम्मान कार्यक्रममा आजको शिक्षा साप्ताहिकका पत्रकार रोशन क्षेत्री गाउँले, रातोपाटी डटकम अनलाइनका हेमराज ढकाल, इमेज च्यानलका जयराम बास्तोला र कान्तिपुर दैनिकका लीला श्रेष्ठलाई सम्मान गरिएको छ ।

शिक्षा पत्रकारिताका माध्यमबाट सामुदायिक विद्यालय र शिक्षकहरुको पक्षमा निरन्तर कलम चलाइरहेको भन्दै जनता टेलिभिजनका नारायण थापा, राससका रमेश गिरी र समय समाज दैनिकका सोम शर्मा बजगाईलाई सम्मान गरिएको छ । यसैगरी, राजधानी दैनिकका बलराम प्यासी र नेपाल पत्रकार महासंघका भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकीलाई समेत सम्मान गरिएको छ ।

सम्मान कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका सभापति एवं सामाजिक व्यक्तित्व श्रीधर राठौर, नेपाल राष्ट्रिय शिक्षक संगठन भक्तपुरका पूर्व अध्यक्षहरु तारामान जोशी, बद्रीनारायण अर्याल, इन्द्र प्रसाद कायस्थ, महेन्द्र गोपाल कर्माचार्य र भवानी खड्कालाई सम्मान गरिएको छ ।

चाँगुनारायण नगरपालिका मेयर सोमप्रसाद मिश्र, उपमेयर बिना बास्तोला, भक्तपुर नगरपालिकाको मेयर सुनिल प्रजापति, सूर्य विनायक नगरपालिकाका मेयर बासुदेव प्रजापति, उपमेयर जुना बस्नेत, मध्यपुर नगरपालिका मेयर मदनसुन्दर श्रेष्ठ, उपमेयर अञ्जना मधिकर्मी, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुँवरलगायतलाई सम्मान गरिएको छ ।

यसैगरी, संस्थागत विद्यालयतर्फ ग्ल्याडस्टोन एकेडेमीका प्रिन्सिपल विनोद कोइराला, युरोकिड्स स्कुल कटुञ्जेका प्रिन्सिपल विष्णुकुमार गोदार थापा, विद्याविकास इंलिस स्कुलका सञ्चालक सुदेश कुमार अग्रवाल र अक्सफोर्ड ईंलिस स्कुलका प्रिन्सिपलराम दुलाललाई समेत सम्मान गरिएको छ ।

सामुदायिक विद्याालय तर्फ महेन्द्रग्राम माविका सेवानिवृत्त प्रधानाध्यापक रामशरण कार्की र प्रधानाध्यापक मञ्जु केसीलाई समेत सम्मान गरिएको छ ।


सम्मानित सवैजनालाई प्रमुख अतिथि पूर्व शिक्षामन्त्री गंगाला तुलाधर, नेपाल राष्ट्रिय शिक्षक संगठन तथा सार्क शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा तथा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले प्रमाणपत्र र दोसल्ला सहित सम्मान गरेका हुन् ।

सम्मान पछि बोल्दै पूर्व शिक्षामन्त्री गंगालाल तुलाधरले शिक्षकम सुधार आए शिक्षामा सुधार आउने र शिक्षामा सुधार आए मुलुक समृद्ध बन्ने भएकाले शिक्षक सुधारिए मात्रै मुलुक सुधार हुने बताए । गुणस्तरिय शिक्षाका मेरुदण्ड शिक्षक नै भएकाले शिक्षक राजनीतिबाट मुक्त हुनुपर्नेमा उनले जोड दिए ।

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले शिक्षा र शिक्षकमा विभिन्न समस्या रहेपनि समस्याका वावजुद शिक्षा सुधार गर्नु पर्ने बताए । सवैपक्ष मिलेर शिक्षामा भएका चुनौति समाधान गनुृपर्नेमा उहाँको जोड थियो ।


नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम थापाले सवै मिलेर शैक्षिक उन्नयनमा ध्यान दिनुपर्ने बताए । शिक्षकले कक्षाकोठाबाट सुधारको शुरुवात गरे विद्यालय र मुलुककै शिक्षा सुधारिनेमा थापाको जोड थियो ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका भक्तपुरका अध्यक्ष रामप्रसाद न्यौपानेले संगठनले हरेकवर्ष शिक्षामा योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गर्दै आइरहेकाले यसवर्षपनि त्यसलाई निरन्तरता दिइएको बताए ।

२०७४ भदौ २५ गते ११:५९मा प्रकाशित

प्रतिकृया दिनुहोस्