• रिलायन्सको १८ औँ अभिभावक दिवस सम्पन्न
    (अन्तैबाट)

  •    
    काठमाडौँ । रिलायन्स इन्टरनेसनल एकेडेमीको १८ औँ वार्षिक अभिभावक दिवस सम्पन्न भएको छ । लोकसेवा आयोगका माननीय अध्यक्ष उमेशप्रसाद मैनालीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम, नाटक, योग तथा संस्कृत र चिनियाँ भाषाका विशेष प्रस्तुतिहरूमार्फत् अभिभावक तथा अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेका थिए ।

    शिवहरि पौड्याल, ज्ञानु राणा, सुजाता बर्मा लगायतका नेपाली मनोरञ्जनका क्षेत्रमा पृथक पहिचान बनाउन सफल अतिथि कलाकारहरूको प्रस्तुतिले कार्यक्रमलाई रोचक र मनोरञ्जनात्मक बनाएको थियो ।

    ओलम्पियम पुष्पराज ओझा, नेपाली राष्ट्रिय टिमका गोलकिपर विशाल श्रेष्ठ, डा. रामप्रसाद मैनाली, समाजसेवीहरू नविन पाण्डे, मिठाराम अधिकारी लगायतका अतिथिहरू उपस्थित कार्यक्रममा विगत वर्षको वार्षिक परीक्षामा उत्कृष्ट स्थान हासिल गर्न सफल विद्यार्थीहरूलाई पुरस्कार तथा खेलकूद सप्ताहका विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई ट्रफी एवं प्रमाणपत्र वितरण गरिएको थियो ।

    दुई चरणमा सम्पन्न अभिभावक दिवसको सभापतित्व रिलायन्स एजुकेसन नेटवर्कका कार्यकारी अध्यक्ष रविन्द्रजंग थापाले गरेका थिए ।  १०८ औँ अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर कपन क्षेत्रमा नारी जागरण तथा सामाजिक रुपान्तरणमा सक्रिय तीन दर्जनभन्दा बढी महिला समूह एवम् संघसंस्थाहरूलाई सम्मानपत्रद्वारा सामूहिक अभिनन्दन कार्यक्रमको विशेष उल्लेखनीय पक्ष रह्यो । सोही अवसरमा विद्यालयको शैक्षिक उन्नयनमा विशेष योगदान पु¥याउने शिक्षक शिक्षिका तथा कर्मचारीहरूलाई समेत विशेष कदर पत्र एवम् प्रशंसा पत्रद्वारा सम्मानित गरियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय उमेश प्रसाद मैनालीले २१ औँ शताब्दीको शिक्षा प्रणाली समयानुकुल परिमार्जन गर्दै स्मार्ट कक्षाको अवधारणामा जानुपर्ने आवश्यकतातर्फ ध्यान आकृष्ट गराए । साथै निजी विद्यालयले शिक्षा क्षेत्रमा पु¥याएको योगदान प्रशंसनीय भएको बताउँदै उनले संसार डिजिटल वालेटतर्फ अघि बढिसकेको अवस्थामा अब हामी पनि प्रविधिको भरपुर उपयोग गर्दै समग्र विकासमा दु्रत गतिमा अघि बढ्नुपर्ने बताए । कार्यक्रममा प्रमुख अतिथि एवम् विशेष अतिथिहरूलाई विद्यालयका प्रिन्सिपल खेमलाल भुसाल र कार्यक्रमका सभापति एवम् नेटवर्कका अध्यक्ष रविन्द्रजंग थापाले मायाको चिनो हस्तान्तरण गरेका थिए ।

    फागुन २४ गते शुक्रबार पूर्व—प्राथमिक तथा प्राथमिक तहको अभिभावक दिवस वरिष्ठ पत्रकार, मानवअधिकारकर्मी एवं नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक पुरुषोत्तम दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि दाहालले रिलायन्स काठमाडौँको पूर्वी क्षेत्रमै अब्बल विद्यालयको रुपमा स्थापित भैसकेको र विद्यार्थीको चौतर्फी विकासमा विद्यालयको योगदान अतुलनीय रहेको भन्दै समाज विकास एवम् रुपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्न शुभकामना समेत दिए ।