• शिक्षक र विद्यार्थीले टैगोरको शिक्षा दर्शनबाट के सिक्ने ?
    ()


  • आधुनिक भारतीय विचारक रवीन्द्रनाथ टैगोर (१८६१–१९४१) मुख्यगरी विश्वविख्यात कवि, कलाकार तथा साहित्यकारको रुपमा प्रशिद्ध छन् । तरपनि उनले आफ्ना अनुपम कृतिहरुको माध्यमबाट त्यस्ता मानवमूल्यका विचार व्यक्त गरेका छन् । जुन राजनीतिक तथा शैक्षिक चिन्तनको दृष्टिबाट अति नै महत्वपूर्ण छ । उनका विचारहरुबाट शिक्षक र विदार्थीहरुले धेरै कुरा सिक्न सक्छन् ।


    स्वतन्त्रता को संकल्प
    टैगोरले व्यक्तिको सकारात्मक स्वतन्त्रता माथि जोड दिएका छन् जो उसकोे आत्म–साक्षात्कारका लागि सार्थक होस् । उनी भन्छन् यो विषय व्यक्तिको आध्यात्मिक स्वतन्त्रता हो जो आत्मा तथा परमात्माको मिलनमा निहित छ । तर, यस्तो स्वतन्त्रता हैन जसले व्यक्तिको आफ्नोे सहकर्मी या सांसारिक जीवनबाट विमुख गर्न तत्पर होस् । टैगोरका अनुसार ‘सृष्टि ईश्वरको लीला हो । अतः संसारबाट भागेर ईश्वर पाउने प्रयास गर्नु व्यर्थ हो ।’


    टैगोरले आफ्नो कविसुलभ शैलीमा लेखेका छन् कि आँधी तूफान, महासागर, सूर्य, चन्द्रमा, पर्वत तथा मैदान ईश्वरीय साथै, दिव्य आनन्दको अभिव्यक्ति हो । प्रकृति केवल भौतिक शक्तिहरुको समूहमात्रै हैन, यसले त एक सिर्जनशील चेतनामा सामनजस्यको मूर्त रूप प्रदान गर्दछ । विज्ञान जसले मात्रै भौतिक जगतको अध्ययन गर्छ यो सृष्टिको भित्रि रहस्य पत्ता लगाउन असमर्थ छ । मानव प्रकृतिको सौन्दर्यको आनन्द लिँदै मात्रै आफ्नो स्वतन्त्रताको उपभोग गर्न सक्दछ । त्यसमा अन्धाधुन्द नियन्त्रण स्थापित गरेर हैन ।


    टैगोरको विचार छ कि स्वतन्त्रताको प्राप्तिबाट मात्रै शिक्षाको अर्थ तथा औचित्व घनीभूत हुन्छ । स्वतन्त्रता बिनाको शिक्षा अर्थपूर्ण हुन सक्दैन । टेगौरले तत्कालीन विद्यालयहरुलाई शिक्षाको फ्याक्ट्री, बनावटी, रंगहीन, दुनियाको सन्दर्भबाट टाढिएको तथा सेतो पर्खालकोे बीचबाट एकोहोरो हेरिरहेको लासको आँखाको नानीसँग तुलना गरेका छन् ।


    नियम तथा स्वतन्त्रता
    टैगोरका अनुसार, व्यक्तिको अस्तित्वको दुई रुप छन् । एक, उसको भौतिक अस्तित्व हो जो नियमबाट बाधिएका छन् । यहाँ उ अन्य व्यक्ति समान हुन्छ । दोस्रो, उसको आध्यात्मिक अस्तित्व हो जसले व्यक्तिलाई अन्य व्यक्ति भन्दा पृथक तथा विलक्षण बनाउछ । सम्पूर्ण सृष्टिको भारले समेत व्यक्तिको यस व्यक्तित्वलाई कुल्चन सक्दैन । यो व्यक्तित्व मानवको अमूल्य सम्पत्ति हो । यसले उसको मूल उद्देश्यलाई निर्धारित गर्ने गर्दछ ।


    जसरी एउटा बिउमा सम्पूर्ण वृक्षको रुप धारण गर्न सक्ने क्षमता लुकेको हुन्छ । त्यसरी नै हरेक व्यक्तिमा पनि आफ्नो विलक्षण व्यक्तित्वको विकास गर्ने क्षमता लुकेको हुन्छ । यसका विकासको बाटोमा आउने विभिन्न बाधाहरुले नै व्यक्तिलाई परतन्त्रता र पाइलाहरुमा बन्धनको काम गर्दछ । दोस्रो शव्दमा भन्नुपर्दा आत्मनिर्णय स्वतन्त्रताको सार तत्व हो, कुनैपनिखाले विवशताको अधीनमा कार्य गरिनु भनेको स्वतन्त्रतालाई निषेध गर्नु हो ।

    टैगोरका अनुसार, सवैखाले विवशताको अन्त्य भएसँगै जुन कामले मानवलाई आनन्द दिन्छ, त्यसलाई गर्नु नै स्वतन्त्रता हो ।


    आनन्द मानव प्रकृतिको सार तत्व हो । यो आफैमा साध्य हो । सिर्जनात्मक आनन्द मानवको परमधर्म हो । यो उसमा निहित तत्वको अभिव्यक्ति हो । सुन्दर दृश्य, ध्वनि, सुगन्ध, स्वाद तथा श्पर्शलगायत कुराले मानवको मनमा आनन्दको सञ्चार गर्ने गर्दछ । टैगोरले मानव प्रेम तथा सेवालाई मोक्षको सच्चा साधन मानेका छन् । टैगोरले आफ्नो कृति ‘मानवको धर्म’मा लेखेका छन् : ‘स्वतन्त्रताको विकासको इतिहास मानव सम्बनधको उन्ययनको इतिहास हो ।’


    मन जहाँ भयबाट पर छ
    साथै, सिर जहाँ उचो छ
    ज्ञान जहाँ मुक्त छ
    साथै, जहाँ दुनियालाई
    संकीर्ण घरेलु पर्खालले
    साना–साना टुक्राहरुमा विभाजन गरिएको छैन
    जहाँ शव्द सच्चाइको गहिराइबाट निस्कन्छ
    जहाँ थाकेका तर प्रयासरत हत्केलाहरु
    त्रुटि हीनताको खोजमा छन्
    जहाँ कारणको स्पष्ट धारा छ
    जो सुनसान मरुभूमीमा मृत आदतकोे
    बिरानोमा आफ्नो बाटो भुलेका छैनन्
    जहाँ मन हर्दम व्यापक हुदैगएको विचार तथा सक्रियतामा
    तिम्रो साथले अगि बढ्छ
    साथै, स्वतन्त्रताको स्वर्गमा पुग्छ
    हे पिता
    मेरो देशलाई जागृत बनाउ

    ‘गीताञ्जलि’
    – रवीन्द्रनाथ टैगोर

     

    भाषानुवाद : रोशन गाउँले