काठमाडौं। नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित भएका छन् । संघको नवौं अधिवेशनबाट गिरीले अर्का प्रतिस्पर्धी गोकर्ण बानियालाई ७ मतले पराजित गरेका हुन् ।

जम्मा ६०७ मत खसेकोमा गिरीले ३०५ मत ल्याएर विजयी बन्दा बानियाले २९८ मत मात्रै ल्याउन सके । नेपाली कांग्रेसको शुभेच्छुक संस्था संघमा गिरी पार्टीको संस्थापनइतर र बानिया संस्थापन पक्ष निकट मानिन्छन् ।

नवनिर्वाचित कार्यसमितिको अधिकांश पदमा शेखर–गगन पक्षका उम्मेदवारले जित निकालेका छन् । पदाधिकारीमा महिला उपाध्यक्ष, महासचिव बाहेकका अधिकांश पद संस्थापनइतर पक्षका उम्मेदवार निर्वाचित भएका छन् ।

संस्थापन पक्षबाट महिला उपाध्यक्षमा धनकला भण्डारी र महासचिवमा ज्ञानेन्द्र बहादुर रावल निर्वाचित भएका छन्।
बुधबार र बिहिबार भएको अधिवेशनको मत परिणाम शुक्रबार विहान सार्वजनिक भएको छ ।

अध्यक्ष : सोमनाथ गिरी
बरिस्ठ उपाध्यक्ष : ईलम बहादुर शाही
उपाध्यक्ष महिला: धना भन्डारी
उपाध्यक्ष कोसी: बिरेन्द्र कुमार केसि
उपाध्यक्ष मधेस: छोटेलाल प्रसाद तेली (शाह)
उपाध्यक्ष बाग्मती: सुन्दर पन्त
उपाध्यक्ष गण्डकी : लक्ष्मीप्रसाद रेग्मी
उपाध्यक्ष लुम्बिनी: प्रेमनारायण भन्डारी
उपाध्यक्ष कर्णाली: भगवती श्रेष्ठ
उपाध्यक्ष सुप : खड्क बहादुर खड्का
महासचिव : ज्ञानेन्द्र रावल
महासचिव अर्थ : निर्मला अधिकारी
उप महासचिव : नारायण प्रसाद तिमिल्सिना
उपमहासचिव महिला: गिता सिवाकोटी
उपमहासचिब अर्थ : प्रेम प्रसाद पौडेल
उपमहासचिव मधेस : तिर्थराज प्रसाद यादव
उपमहासचिव समावेशी : सितादेबी थापा
उप महासचिव कर्णाली: काली बहादुर शाही
सदस्यहरु
कोशी महिला: गङ्गादेबी गुरुङ
कोशी खुल्ला: चेतन प्रसाद सुवेदी
शिबहरी ढकाल
मधेश महिला: नाईडु कुमारी नेपाली
मधेस खुल्ला: नरेन्द्र गिरी
राज किशोर यादव
बाग्मती महिला: यशोदा कुमारी अधिकारी
बागमती खुल्ला: तुलसी प्रसाद दङ्गाल
राम कुमार अधिकारी
गण्डकी महिला: बिष्णुमाया भन्डारी
गण्डकी खुल्ला: कल्याण प्रसाद सुवेदी
चेतनाथ अधिकारी
लुम्बिनी महिला: भगवती मल्ल (मिलन)
लुम्बिनी खुल्ला: अर्जुन प्रसाद तिवारी
दिपक प्रसाद ज्ञावली
कर्णाली महिला: तारा चन्द
कर्णाली खुल्ला : केशब बहादुर भन्डारी
दिर्घ जङ्ग सिङ
सुप महिला : राधिका कोइराला
सुप खुल्ला : लक्ष्मण सिङ थापा
बिष्णु भक्त जोशी
नेपाली काङ्ग्रेस महाधिबेशन प्रतिनिधि
महिला : पद्मिनी थापा
सीता गैह्रे (गौडेल)
खुल्ला : राजेन्द्र राज पौडेल
यम पि भुषाल
लक्ष्मी किशोर सुवेदी
लक्ष्मण दत्त भट्ट

1

प्रतिकृया दिनुहोस्