काठमाडौ । शिक्षकहरुले अब मासिक रुपमै तलब भत्ता बुझ्न पाउने भएका छन् । शिक्षा मन्त्रालयले शिक्षकलाई मासिक रुपमा तलब उपलव्ध गराउन शिक्षा विभागलाई निर्देशन हो । हाल शिक्षकहरुले चौमासिक रुपमा तलब पाइरहेका थिए ।

शिक्षक महासंघ लगायत विभिन्न शिक्षकका संघसंगठनहरुले विगत देखिनै शिक्षकलाई मासिक रुपमा तलब उपलव्ध गराउन माग गर्दै आएका थिए । शिक्षा मन्त्रालयले गत पौष ३ गते सचिवस्तरीय निर्णय गर्दै विभागलाई लिखित रुपमै मासिक रुपमा तलब खुवाउन निर्देशन दिएको हो ।

शिक्षा नियमावली २०५९ को नियम १०१ (१) मा शिक्षकले प्रत्येक महिना भुक्तान गरेपछि तलब र भत्ता पाउने प्रावधान भएपनि हालसम्म शिक्षकको तलब भत्ता चौमासिक रुपमा निकासा हुने गरेको भन्दै मन्त्रालयले आइदा मासिक रुपमा वितरण गर्न विभागलाई निर्देशन दिएको छ ।

विभागले आगामी दिनमा मासिक रुपमा शिक्षकको तलव निकासा गर्ने र जिल्ला शिक्षा कार्यालयहरुलाई पनि सोही अनुसार गर्न परिपत्र गर्ने तयारी गरेको विभागका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिए ।’ त्यसकालागि अपनाउन सकिने सम्भावित उपायहरुका बारेमा छलफल गरिरहेको अवस्था छ । मासिक रुपमा तलब उपलव्ध गराउन सहज भने छैन । त्यसका लागि अध्ययन नै गर्दैछौं ।’ पौडेलले भने ।

मन्त्रालयले विभागलाई लेखेको निर्देशन पत्रमा ‘विभागले शिक्षा कार्यालयहरुलाई साउन महिनाको सुरुमै विद्यालयहरुबाट माग फाराम संकलन हुने व्यवस्था मिलाउने र साउनको अन्त्य सम्ममा प्रथम चौमासिक अवधिका तलब निकासा गर्ने व्यवस्था मिलाउने, दोस्रो र तेस्रो चौमासिक अवधि नलाग्दै तत् तत्् अवधिको माग फाराम प्राप्त गरी उक्त चौमासिक अवधिको सुरु महिनामै तलब निकासाको व्यवस्था मिलाउने र निकासा प्राप्त गरेको रकमबाट विद्यालयले शिक्षकलाई मासिक रुपमा तलब भत्ता भुक्तानी मिलाउने’ लगायतका वुंदा उल्लेख छ ।

शिक्षा मन्त्रालयका अनुसार सरकारी स्रोतबाट तलब खाने शिक्षकको संख्या १ लाख ५२ हजार ६ सय ९ छ ।

२०७३ माघ ११

प्रतिकृया दिनुहोस्