एसइइ परीक्षाको नतिजा सार्वजनिक

Avatar photo

Byएजुकेशन पाटी

२५ जेष्ठ २०७७, आईतवार

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइइ)को नतिजा सार्वजनिक गरेको छ ।

कार्यालयले शनिवार अवेर पत्रकार सम्मेलन गरी नतिजा सार्वजनिक गरेको हो । तीन बजे सार्वजनिक गर्ने भनिएको नतिजा झण्डै ८ बजे सार्वजनिक गरिएको हो । गत वर्ष चैत ८ गतेदेखि २० गतेसम्म एसइइ परीक्षा सञ्चालन भएको थियो ।

नतिजा अनुसार यसवर्ष नियमित तर्फ चार लाख ५१ हजार ५३२ जना परीक्षार्थी सहभागी भएकोमा १४ हजार २३४ जना जिपिए ३ दशमलव ६५ देखि ४ सम्म ल्याएर उत्तीर्ण भएका छन् ।

त्यस्तै, जिपिए ३ दशमलव २५ देखि ३ दशमलव ६० सम्म ल्याएर ४६ हजार १३० जना, जिपिए २ दशमलव ८५ देखि ३ दशमलव २० सम्म ल्याएर ४९ हजार ३७ जना, जिपिए २ दशमलव ४५ देखि २ दशमलव ८० सम्म ल्याएर ७० हजार ५१२ जना, २ दशमलव ०५ देखि २ दशमलव ४० सम्म ल्याएर ६१ हजार ८७० जना, जिपिए १ दशमलव ६५ देखि २ दशमलव शून्यसम्म ल्याएर एक लाख १ हजार ४३ जना, जिपिए १ दशमलव २५ देखि १ दशमलव ६० सम्म ३५ हजार ५८४ जना र शून्य दशमलव ८५ देखि १ दशमलव २० सम्म ल्याएर ५८ हजार ६८८ जना उत्तीर्ण भएका छन् ।

सैद्धान्तिक विषयको परीक्षा नदिएका १ हजार २५० जना, उत्तरपुस्तिका रद्द ११ जना र परीक्षा नदिएका १३ हजार ९० जना रहेको पनि पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक अम्विका प्रसाद रेग्मीले जानकारी दिए ।

त्यसैगरी एक्जाम्टेडतर्फ जम्मा २५ हजार १३८ जना परीक्षार्थी रहेकोमा जिपिए ३ दशमलव ६५ देखि ४ सम्म ल्याएर कोही पनि उत्तीर्ण भएका छैनन् । यसतर्फ जिपिए ३ दशमलव २५ देखि ३ दशमलव ६० सम्म दुईजना उत्तीर्ण भएका छन् ।

जिपिए २ दशमलव ८५ देखि ३ दशमलव २० सम्म १९ जना, जिपिए २ दशमलव ४५ देखि २ दशमलव ८० सम्म ल्याएर १७७ जना, २ दशमलव ०५ देखि २ दशमलव ४० सम्म ल्याएर ७०२ जना, जिपिए १ दशमलव ६५ देखि २ दशमलव शून्यसम्म ल्याएर पाँच हजार ८९५ जना, जिपिए १ दशमलव २५ देखि १ दशमलव ६० सम्म ल्याएर ६ हजार ५२७ जना, शून्य दशमलव ८५ देखि १ दशमलव २० सम्म ल्याएर ३ हजार १०८ जना उत्तीर्ण भएका छन् ।

२०७५ असार ९ गते १९:४२मा प्रकाशित

प्रतिकृया दिनुहोस्