सुर्खेतको मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा एमफिल कक्षा शुरु भएको छ । विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत एमफिल कक्षा शुरु गरिएको हो ।

विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर उपेन्द्र कोइरालाले व्यवस्थापन संकायमात्र नभई अन्य संकायको स्तरोन्नति गर्न आफूहरु लागि परेको बताए । उनले शैक्षिक गुणस्तर बढाउनका लागि शिक्षकको गुणस्तर उच्च हुनुपर्ने बताउँदै एमफिल कक्षाले विद्यावारिधी र स्नातोकोत्तरलाई जोड्ने पुलको रुपमा काम गर्ने बताए ।

यसैगरि कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले विश्वविद्यालय प्रदेशको गहना भएको भन्दै यसको संरक्षण गर्न विद्यार्थी तथा शिक्षकहरुलाई आग्रह गरे ।  साथै उनले विश्वविद्यालयले गर्ने हरेक राम्रो काममा प्रदेश सरकारको साथ रहने प्रतिवद्धता व्यक्त गरे ।

यस्तै, व्यवस्थापन संकायका डिन मस्तबहादुर गरञ्जाले कक्षा संचालनका समयमा आवश्यक पर्ने सामग्री व्यवस्थापनमा विश्वविद्यालय प्रशासन गम्भीर हुनेमा आफू विश्वस्त रहेको स्पष्ट पारे ।

२०७५ असार २६ गते २१:०८मा प्रकाशित

प्रतिकृया दिनुहोस्