• डिजिटल युग: घोकन्ते विद्या होइन, प्रतिभालाई महत्व दिन आवश्यक
    ()

  • चौथो औद्योगिक क्रान्ति अघिल्ला क्रान्तिहरूभन्दा निकै भिन्न छ । वर्तमान समयमा (डिजिटल युगमा) प्रविधिले मानिसको दैनिकीलाई सहज बनाउनुको सट्टा मानिसको रोजगारी खोसिरहेको छ । यसरी हेर्दा प्रविधिबाट कसले फाइदा लिने त भन्ने प्रश्न अहिले हाम्रा सामु तेर्सिएको छ । स्वचालित तथा प्रविधि सक्रिय सेवाको प्रयोगले कम्पनीहरूको नाफा बढेको छ । प्रविधिको प्रयोगबाट उत्पादन गरिएका वस्तु मानव श्रमबाट उत्पादन गर्नभन्दा सस्तो, सुविधाजनक, र भरपार्दो हुने भएकाले नाफा बढ्नु स्वाभाविक हो ।


    विश्वका धेरै मानिसले उबरजस्ता नयाँ यातायात सेवा प्रयोग गर्न थालेपछि परम्परागत ट्याक्सी चालक मारमा परेका छन् । चालकरहित स्वचालित कारसमेत अहिले प्रयोगमा आउन थालेका छन् । यस्ता कार सुलभ र विश्वसनीय मूल्यमा उपलब्ध हुन थालेका दिन उबर तथा त्यस्तै सेवा प्रयोग गर्ने ट्याक्सी चालक पनि पुराना हुनेछन् । स्वचालित कारले उनीहरूलाई विस्थापन गर्ने निश्चित प्रायः छ ।


    अहिले पुँजी व्यापारको क्षेत्रमा ७९ प्रतिशत कारोबार सफ्टवेरको प्रयोगमार्फत गरिएका छन् । अमेरिकाको याले स्कुल अफ म्यानेजमेन्टका लेखा विषयका प्राध्यापक फ्राङ्क जाङका अनुसार मानिसभन्दा मेसिनले प्रभवकारी रूपमा बैंकिङ कार्य गर्न सक्ने क्षमता राख्छ । पुँजी बजार सुधार गर्न मेसिनले महत्वपूर्ण भूमिका खेलेको उनी बताउँछन् । गुगल ट्रान्सलेटको प्रयोग गरेर म आफैँले पनि अनुवादमा लाग्ने खर्च बचाएको छु । गुगल ट्रान्सलेटको अनुवादलाई केही सम्पादन गरेर प्रयोग गर्न सकिने महसुस गरेपछि मैले यसको प्रयोग गर्न थालेँ । यसको अर्थ, अनुवाद गर्न मैले रोजगारी दिएका अनुवादकले आम्दानी गुमाए । यसैगरी उच्च आम्दानी गर्ने दोभाषेहरूको रोजगारी कुनै पनि वेला मेसिनले खोस्न सक्छ । झट्ट सुन्दा दोभाषेहरूलाई अपत्यारिलो लाग्न सक्छ । तर, मेसिनको सिक्न सक्ने क्षमतालाई हामीले नकार्नु हुन्न ।

    घोकन्ते विद्यामा आधारित हुँदा विद्यार्थीको सम्पूर्ण ध्यान उच्च अंक हासिल गर्नमा केन्द्रित हुन्छ । यसले गर्दा उनीहरूमा अन्य कुरा सोच्नका निम्ति समय कम हुन्छ । नयाँ सीपको आर्जन गर्न तथा प्रतिभालाई निखार्ने समय उनीहरूसँग हुन्न । यसर्थ उच्च अंकमा आधारित प्रणालीले अमूल्य प्रतिभा भएको जनशक्तिलाई निरुत्साहित गर्ने प्रस्ट छ । प्रतिभालाई व्यावहारिक सीपमा बदल्ने अवसर उनीहरूले पाउँदैनन् । अहिले आर्टिफिसियल इन्टेलिजेन्सको जमानामा त प्रतिभा तथा सीपको महत्व सबैभन्दा बढी हुन्छ ।

    संक्षिप्तमा भन्नुपर्दा आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम ज्ञान) मा आधारित आविष्कारबाट कुनै पक्षले फाइदा लिनेछन् भने कुनै पक्षले केही गुमाउनेछन् । फाइदा लिन नयाँ प्रविधिबाट विस्थापित हुनेभन्दा पनि अधिकतम नयाँ अवसरको सदुपयोग गर्नुपर्छ । यसका लागि अत्याधुनिक प्रविधिमा आधारित व्यवसायमा हात हाल्नुपर्छ । जापानी तथा कोरियाली कम्पनीहरू नयाँ अवसर सिर्जना गर्ने कार्यमा बढी लागेका छन् । अर्कोतर्फ, व्यक्ति–विशेषले पनि आफूले गर्दै आएको कामलाई जोगाउन नयाँ प्रविधिसँग जोडिएका ज्ञान तथा सीप सिक्न जरुरी छ ।

    उदाहरणका लागि जापानलाई लिन सकिन्छ । यहाँ मानव संसाधन विकासलाई विशेष महत्वका साथ हेरिएको छ । जापानमा सानै उमेरदेखि उत्पादनशीलतालाई जोड दिइन्छ । अमेरिकी अर्थविद् जेम्स हेकम्यानको बुझाइमा पनि बालबालिकामाथि गरिएको शिक्षाले उत्पादनशीलतामा ठूलो प्रभाव पार्छ । यही मर्मलाई बुझेर जापानका प्रधानमन्त्री सिन्जो आबेले अतिरिक्त उपभोग कर वृद्धिको आधा आम्दानी सन् २०१९ बाट प्रि–स्कुल शिक्षामा खर्च गरिने घोषणा गरेका छन् ।


    परिवर्तित डिजिटल अर्थतन्त्रमा अभ्यस्त हुन युवा वर्गलाई नयाँ शिक्षा र साधनाको आवश्यकता छ । यसर्थ गुणस्तरीय शिक्षाका लागि लगानीमा जोड दिनैपर्छ । घोकन्ते विद्यामा आधारित पाठ्यसामग्रीलाई विस्थापन गर्नुपर्ने हुन्छ । सीप, गहन सोचाइ, सञ्चार र नेतृत्वक्षमतामा आधारित पाठ्यसामग्रीको छानोट हुनुपर्छ । जापान र कोरियाको वर्तमान शिक्षा प्रणाली यस्तै छ । सबैभन्दा धेरै तथ्यहरू जान्नेलाई विजेताको रूपमा हेरिन्छ । सूत्र तथा तथ्यहरूको घोकेको अधारमा विद्यार्थीको मूल्यांकन गरिँदै आएको छ ।


    उच्च अंक हासिल गर्ने विद्यार्थीलाई उत्कृष्ट विद्यालय तथा कलेजहरू अध्ययनका लागि स्थान दिइन्छ । विद्यार्थीलाई रुचि नभए पनि प्रवेश परीक्षा अप्ठेरो हुने भएकाले मेडिकल पढ्न प्रोत्साहन गर्ने चलन छ । यस्तो नभएको खण्डमा अर्थ मन्त्रालय तथा परराष्ट्र मन्त्रालयजस्ता प्रभावशाली मन्त्रालयको कर्मचारी बन्नका लागि यस्ता विद्यार्थीले प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । उच्च अंक हासिल गर्ने विद्यार्थीका लागि अर्को विकल्प भनेको टोयोटा तथा सोनीजस्ता जापानका प्रसिद्ध कम्पनीमा आबद्ध भएर काम गर्नु हो । यसरी हेर्दा विद्यार्थीले हासिल गरेको प्राप्तांकका आधारमा उनीहरूको पेसा निर्धारण हुन्छ । उच्च अंकको अर्थ हुन्छ– सहज जीवन । अवकाशपछि पनि उनीहरूलाई सुविधाजनक जीवनयापनको व्यावस्था गरिएको छ । यो उदाहरणलाई हेर्दा सानै उमेरबाटै जापानी विद्यार्थीमाथि सूचना तथा तथ्यलाई घोक्नुपर्ने दबाब हुन्छ । अभिभावक पनि प्रसिद्ध विश्वविद्यालयसँग जोडिएका नर्सरी कक्षामा आफ्ना बच्चा पढाउनका लागि एक जिल्लाबाट अर्को जिल्लामा सर्ने गरेका छन् ।

    चौथो औद्योगिक क्रान्तिको अहिलेको युगमा मेसिनको क्षमतासँग मानिसले प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन । खास भन्नुपर्दा, युवावर्गमा भएको प्रतिभालाई बढाउनका लागि प्रविधिको प्रयोग गरिनुपर्छ । उनीहरूले जन्मजात लिएर आएको प्रतिभाको सदुपयोग गर्नका लागि प्रविधिमार्फत नयाँ अवसर सिर्जना गर्न जरुरी छ ।

    वास्तवमा यस्तो प्रणालीको सुरुवात जापानमा भने भएको होइन । चीनमा २०औँ शताब्दीको सुरुवातताका चिनियाँ कर्मचारीको मूल्यांकन तथा बढुवा गर्नका लागि अपनाइएको थियो । वास्तवमा काममा नातावादलाई निरुत्साहित गरी वास्तविक क्षमताका आधारमा पद हस्तान्तरण गर्ने उद्देश्यका साथ यस्तो व्यवस्था ल्याइएको थियो । तर, घोकन्ते विद्यामा आधारित ज्ञानले कसैको सिर्जनात्मक क्षमता हुनु वा नहुनुमा खासै अर्थ राख्दैन । किनभने घोकन्ते विद्यामा आधारित हुँदा विद्यार्थीको सम्पूर्ण ध्यान उच्च अंक हासिल गर्नमा केन्द्रित हुन्छ । यसले गर्दा उनीहरूमा अन्य कुरा सोच्नका निम्ति समय कम हुन्छ । नयाँ सीपको आर्जन गर्न तथा प्रतिभालाई निखार्ने समय उनीहरूसँग हुन्न । यसर्थ उच्च अंकमा आधारित प्रणालीले अमूल्य प्रतिभा भएको जनशक्तिलाई निरुत्साहित गर्ने प्रस्ट छ । प्रतिभालाई व्यावहारिक सीपमा बदल्ने अवसर उनीहरूले पाउँदैनन् । अहिले आर्टिफिसियल इन्टेलिजेन्सको जमानामा त प्रतिभा तथा सीपको महत्व सबैभन्दा बढी हुन्छ ।


    चौथो औद्योगिक क्रान्तिको अहिलेको युगमा मेसिनको क्षमतासँग मानिसले प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन । खास भन्नु पर्दा, युवावर्गमा भएको प्रतिभालाई बढाउनका लागि प्रविधिको प्रयोग गरिनुपर्छ । उनीहरूले जन्मजात लिएर आएका प्रतिभाको सदुपयोग गर्नका लागि प्रविधिमार्फत नया“ अवसर सिर्जना गर्न जरुरी छ ।

    (कोइची हमदा अमेरिकाको याले विश्वविद्यालयका अवकाशप्राप्त प्राध्यापक हुन् । उनी जापानका प्रधानमन्त्री सिन्जो अवेका विशेष सल्लाहकार हुन् ।)
    कपिराइटः प्रोजेक्ट सिन्डिकेट, २०१८ (नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्यमा)

    साभार : नयाँपत्रिका दैनिक