काठमाडौं । अस्थायी शिक्षकका लागि खुलेको विज्ञापनको विरुद्ध सर्वोच्च अदालतमा शुक्रबार एकैदिन तीनवटा मुद्दा दायर भएको छ ।

सेतीदेवी प्राथमिक विद्यालय मातातिर्थ काठमाडौंकी अस्थायी शिक्षक कान्तिकुमारी ढुंगेलले स्थायी अध्यपन अनुमती पत्र नभएकै आधारमा विज्ञापन दरखास्तको फारम भर्न नरोक्नु र फारम भर्न दिनु भनी परमदेशके माग गर्दै मुद्दा दायर गरेकी हुन् ।

त्यस्तै, समीभञ्ज्याङ माध्यमिक विद्यालय धादिङका प्रधानाध्यापक बसन्त कुमार श्रेष्ठ, महेन्द्र माध्यमिक विद्यालयका प्रावि लियन शिक्षक विनोदकुमार परियारले शिक्षक सेवा आयोगको विज्ञापनको दफा २.३ को स्पष्टिकरण खण्डको अस्थायी शिक्षकको परिभाषा उत्प्रेषणको आदेशले बदर गर्दै लियन शिक्षकलाई पनि विज्ञापनमा प्रतिस्पर्धा गर्न दिनु भनेर परमादेश जारी गरिपाऊँ भनेर मुद्दा दायर गरेका छन् ।

साथै, गुहेश्वरी माध्यमिक विद्यालय र गुहेश्वरी बालशिक्षा मावि काठमाडौंका अस्थायी शिक्षकद्वय डण्डपाणी भुसाल र राजनप्रसाद त्रिपाटीले दायर मुद्दामा शिक्षक सेवा आयोगले खोलेको विज्ञापनमा ४९ प्रतिशतलाई १०० प्रतिशत बनाउनु भनी परमादेश जारी गरी पाऊँ भनी मद्दा दायर गरेका हुन् ।

तीनै मुद्दामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा मन्त्रालय, शिक्षक सेवा आयोग र शिक्षा विभागलाई विपक्षी बनाइएको छ । त्यस्तै,  सर्वोच्च अदालतले तीनै मुद्दामा बैशाख २४ गते पेशी तोकेको छ ।

२०७४ बैशाख २२ गते १२:३९मा प्रकाशित

प्रतिकृया दिनुहोस्