• कर्णाली प्रदेशका २४ विद्यालय अब डिजिटल बन्ने
    (प्रभा रावत/सुर्खेत)


  • कर्णालीमा प्रदेश सरकारले २४ वटा विद्यालयलाई डिजिटल बनाउने भएको छ । सुचना प्रविधीको विकास गराउने र नमुना विद्यालयको रुपमा परिचित गराउने लक्ष्यका साथ प्रदेश सरकारले यो अवधारणालाई अगाडी सारेको हो ।


    प्रदेशमा रहेका १० वटा जिल्लामा रहेका २४ वटा मावितहका विद्यालयलाई डिजिटल विद्यालय बनाउने लक्ष्यका साथ हाल आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रारम्भिक अध्ययन थालेको छ ।


     मन्त्रलयले प्रदेशमा रहेका ९ वटा विद्यालयको भौतिक अवस्थाको अध्ययन गरको छ । डिजिटल प्रदेश सरकारले राजधानी सुर्खेतका अमरज्योति मावि नेवारे, भेरी मावि बराहताल, सरस्वती मावि लेकवेशी तथा सुर्यज्योति मावि गुर्भाकोट रहेका छन् ।


    यस्तै कालीकोटको वडिमालिकामा रहेको रास्कोट महादेव आधारभुत विद्यालय र खाडाचक्र नगरपालिका १ को बालमन्दिर आधारभूत विद्यालय रहेका छन् । यस्तै दैलेखको स्वरस्वति मावि आठविस नगरपालिका सिंगाँैडीको जयन्ती मावि, पिपलचौतारा मावि डुङ्गेश्वर र स्वारस्वति मावि दुल्लु रहेका छन् ।
    जाजरकोटमा जनकल्याण मावि नलगाढ, वीरेन्द्र मावि रहेका छन् । यस्तै रुकुम पश्चिममा नेरा मावि र शितल मावि रहेका छन् । जुम्लामा रहेका चन्दननाथ मावि र  कालिका मावि रहेका छन् ।


    यस्तै मुगुुकोे लोकप्रिय मावि खत्याड र महाकाली मावि, डोल्पाको ठुलीभेरी नगरपालिकामा रहेको स्वारस्वती मावि र त्रिपुरा मावि पनि डिजिटल विद्यालयमा परेको मन्त्रालयले जनाएको छ ।  डिजिटल विद्यायलमा सल्यानका महेन्द्र रत्नमावि र बालकन्या मावि रहेका छन् ।


    यस्तै हुम्लाका हिमज्योती मावि र बालमन्दिर मावि सिमकोटलाई पनि डिजिटल मावि बनाइने भएको छ । सरकारले प्रत्येक निर्वाचन क्षेत्रको आधारमा एउटा विद्यालय छनोट गरेको हो । विद्यालयमा चाँहिने आवश्यक कम्प्युटर र प्राणाली मन्त्रालयले नै जडान गर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालयलका सुचना अधिकारी हित प्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार यसरी ल्याइएको योजना सबैको चाँसोेको विषय हुने भन्दै त्यसको संरक्षण र रेखदेख भने सम्बन्धित स्थानिय तहलाई नै दिइने भएको छ ।


    विद्यालयलाई डिजिटल घोषणा गरेतापनि सोही पाठ्यक्रमका आधारमा अध्यापन गराइने भएको छ । दक्षजनशक्तिको लागि प्रदेशले उचित तालीमको व्यवस्था गर्ने मन्त्रालयले जनाएको छ ।