स्कुल फिचर

विद्यालय नै पर्यटकीय स्थल

तौलिहवा । सफा खेल मैदान, हरियाली र फूलका बगैंचा। लोभलाग्दा कक्षाकोठा। यी दृश्य कपिलवस्तु वाणगंगास्थित बैजलपुरको पञ्च आधारभूत विद्यालयका हुन्। सरसफाइ र शैक्षिक गुणस्तरमा जिल्लाकै नमुना विद्यालय हो यो। जुन शैक्षिक पर्यटनको गन्तव्य नै भएको छ। २०४५ सालमा स्थापित यो विद्यालय सफाइमा जिल्लाकै नमुना छ। विद्यालयले ०६३ सालमा राष्ट्रिय सफाइ पुरस्कार पाएको थियो। विद्यालयका प्रधानाध्यापक जगत रेग्मी भन्छन्, ‘विद्यालय सफा राख्न हामीले धेरै मेहनत गरे ...

जनज्योति माविको नमुना काम, विद्यार्थीलाई शिक्षासँगै दाम !

डोल्पाकी तिला थापा अहिले १८ महिने भेटेरिनरी जेटिए पढ्दै छिन् । उनीसहित उनका साथीहरु  विद्यालयमा पढेका मात्रै छैनन् सबैजना मिलेर तरकारी खेती पनि गरिरहेका छन् ।  विद्यालयबाट प्रत्येकले पाँच/पाँच हजार ऋण लिएर उनीहरु तरकारी खेति गरिरहेका छन् । तिला थापा भन्छिन् तरकारी खेतीबाट राम्रो आम्दानी पनि भइरहेको त छ नै पढ्दैै काम गर्नुको आनन्द पनि छुट्टैे छ ।   सुर्खेतको बराहताल गाउँपालिकाको बड्डीचौरमा रहेको जनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत ...

यस्तो पो स्कुल भवन

दोलखा । पहाडको चिसो सिरेठोका बीचबाट एउटा सामुदायिक विद्यालयको हाताभित्र पुग्नेबित्तिकै कुनै उच्च तहको होटलभित्र छिरेजस्तो आभास हुन्छ । समुद्री सतहबाट २ हजार ६ सय मिटर उचाइको लाकुरीडाँडास्थित सुर्के माविको मूल ढोकाबाटै विद्यार्थीलाई सुविधा र आकर्षण दिने सजावट गरिएका छन् । स्थानीय कला संस्कृति र वातावरणअनुकूल पर्खालले घेरिएका मैदान र घरहरू छन् । व्यवस्थित कक्षाकोठा, पुस्तकालय, विज्ञान र कम्प्युटर ल्याबहरू छन् । आधुनिक सुविधायुक्त शौचालय छ । भ ...

रूपन्देही निरन्तर उत्कृष्ट

बुटवल  । ०५६ सालमा रूपन्देहीका विद्यार्थी मनोज बोहोरा एसएलसी परीक्षामा नेपाल प्रथम बने। न्यु होराइजनका विद्यार्थी मनोज नै लुम्बिनी क्षेत्रकै पहिलो बोर्ड फस्ट हुन्। सम्भवत : पश्चिमाञ्चल विकास क्षेत्रमा तेस्रो बोर्ड फस्ट विद्यार्थी।मनोजले एसएसली टप गरेको १८ वर्ष पुग्यो। त्यसयता रूपन्देहीले विद्यालय तहको शैक्षिक विकासमा ठूलो फड्को मारेको छ। रूपन्देहीको बुटवल शैक्षिक हबकै रूपमा चिनिएको छ, पढ्नकै लागि काठमाडौं पुग्नुपर्छ भन्ने मान्यतालाई तोड्न थ ...

यसरी बन्यो प्रदेशको उत्कृष्ट विद्यालय

पोखरा । यहाँको बालमन्दिर माध्यमिक विद्यालय यो वर्ष प्रदेशकै उत्कृष्ट ठहरिएको छ । त्यसबापत सरकारले ३८ औं राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा बिहीबार १ लाख रुपैयाँ दिएको छ । चार नम्बर प्रदेशमा नै उत्कृष्ट भएर उक्त विद्यालयले सामुदायिक विद्यालयको गरिमा बढाउने काम गरेको जिल्ला शिक्षा अधिकारी नरेन्द्रराज पौडेलले बताए । शिक्षकहरूको परिश्रम, विद्यार्थीको मेहनत र अभिभावकको चासोले गर्दा उक्त विद्यालयले शैक्षिक गुणस्तर बढाउन स ...

सरकारीको साख जोगाउँदै ज्ञानोदय

काठमाडौं । कम्पाउन्डमा स–साना बालबालिका भुलाउने बगैँचा, चिप्लेटी र चाकाचुली । सफा भवन र कक्षाकोठा । आधुनिक कम्प्युटर कक्षमा बसेर ल्यापटप चलाउन व्यस्त बालबालिका ।स्कुल खुलेका दिन बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालय पुग्नेले यस्तै दृश्य देख्न सक्छन् । हेर्दा लाग्न सक्छ, यो महँगो शुल्कयुक्त कुनै निजी विद्यालय हो । तर, ज्ञानोदय न निजी विद्यालय हो, न त यहाँ सहरका अन्य विद्यालयको जस्तो महँगो शुल्क नै लिइन्छ ।बाफलस्थित यो विद्यालय सुधारिएको सार् ...

ज्ञानोेदय माविबाट सिक्ने कि ?

काठमाडौँ । सामुदायिक विद्यालयको गुणस्तर र विद्यार्थी संख्या घटीरहेका बेला काठमाडौं बाफल स्थित ज्ञानोदय माविमा भने ठीक उल्टो छ । शैक्षिक गुणस्तर पनि निजी विद्यालयको भन्दा कम छैन भने विद्यार्थीको चाँप पनि थामिनसक्नु छ । । कति सम्म भने यसवर्ष हजारौ विद्यार्थीले विद्यालयमा भर्ना हुनै पाएनन् भने सयौं विद्यार्थीहरु निजी विद्यालय छाडेर यस विद्यालयमा भर्ना हुन आएका छन् । हाल पूर्व प्राथमिक देखि १२ कक्षा सम्म २२ सय बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयले ...

विद्यामन्दिरको सफलता: समुदायको सहयोग, कुशल नेतृत्व

अछाम । तीनतिर हरियाली जंगलको बीचमा प्रशस्त भवन, ठूलो मैदानको चारैतिर पर्खालले घेरिएको कम्पाउन्ड, मनमोहक वातावरण। बाहिरबाट हेर्दा झट्ट देखिने विद्यामन्दिरको दृश्य जति रमणीय छ त्यस्तै विद्यालयको भित्री अर्थात् शैक्षिक वातावरण पनि लोभलाग्दो छ।माध्यमिक तहसम्मको पढाइमा जिल्लाकै उत्कृष्ट स्थान ओगट्र्दै आएको दुर्गम अछामको विनायकस्थित विद्यामन्दिर मावि पछिल्लो समय प्राविधिक शिक्षालयको रूपमा समेत आफ्नो पहिचान बनाउन सफल भएको छ।माध्यामिक तहको उत्कृष्ट शिक्ष ...

कुटोदेखि कम्प्युटरसम्म पढाउने स्कुल

खोटाङ । सामान्यतयाः स्कुल भनेपछि बिहान–बेलुका घरको काम गरेर दिउँसो पढ्ने भनेर बुझिन्छ । नेपालको शिक्षा नीति यसैको परिधिभित्र रहेको छ । त्यसैले त धेरैले भन्ने गर्छन्, ‘नेपालको शिक्षा बेरोजगार युवा उत्पादन गर्ने कारखाना हो ।’ खोटाङमा भने एउटा यस्तो स्कुल स्थापना भएको छ, जहाँ बाह्रखरीमात्र नभएर कृषि र कम्प्युटरसम्म सिकाइन्छ । डेढ वर्षअघि विद्यार्थी नभएर खारेजीमा परेको दिक्तेल सोल्मास्थित जनजागृति प्राविमा व्यवहारिक शिक्षा पठनपाठन ...

झापाका गज्जब सामुदायिक विद्यालय

बिर्तामोड ।  झापाका अधिकांश सामुदायिक विद्यालय पठनपाठन, भौतिक संरचना तथा अन्य व्यवस्थापनका हिसाबमा अहिले निजी विद्यालयभन्दा अब्बल साबित हुन थालेका छन् । केही वर्षअघिसम्म सामुदायिक विद्यालय भन्नेबित्तिक्कै अभिभावकले आफ्ना बच्चा भर्ना गर्नका लागि नाक खुुुुम्च्याउने गरेको अवस्थामा अहिले निजी विद्यालयबाट नानीहरू निकालेर सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका छन् ।निजी विद्यालयले अंग्रेजी माध्यममा पठनपाठन गर्ने गराउने हुनाले विगतमा त्यस्ता विद्य ...

गाउँको स्कुल, सहरियाको आकर्षण

बागलुङ । गाउँको सामुदायिक विद्यालय । दैनिक यात्रामा भाडा तिरेर र पैदल हिँडेर आउने विद्यार्थी । घरनजिकै स्कुल नभएर पनि होइन । सुन्दा अपत्यारिलो लाग्ने यो यथार्थ बागलुङको नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयको हो । सामुदायिक विद्यालय भए पनि विद्यार्थीको आकर्षण देख्दा यसले कुनै नाम चलेको निजी स्कुलको झल्को दिन्छ ।यस विद्यालयमा बागलुङका साथै पर्वत, म्याग्दी, कास्की, कुश्मा, काठमाडौं, चितवनलगायतका जिल्लाका विद्यार्थी अध्ययनरत छन् ।विभिन्न जिल् ...

लालटिनदेखि प्रोजेक्टरसम्म

भरतपुुर । उज्यालोबिनाको सृष्टि कल्पना गर्न सकिँदैन । शिक्षाको उज्यालोबिनाको मानव संसार पनि कल्पनाभन्दा बाहिरको विषय हो । मानिसलाई साँचो अर्थमा मानिस बनाउने काम शिक्षाको उज्यालोले नै गर्छ। शिक्षाको उज्यालो बाँड्ने महत्वपूर्ण काममा आफूलाई साढे पाँच दशकदेखि समर्पित गर्दै आइरहेको चितवनको अब्बल सामुुदायिक विद्यालय नारायणी नमुुना माध्यमिक विद्यालयको उज्यालोसँग अनौठो संयोग छ।५४ वर्षअघि स्थापित नारायणीले स्थापनाकालमा रात्रिकालीन कक्षा लालटिनको उज्यालोमा ...

बचतघरदेखि सिद्धबाबासम्म

गुुल्मी । सामुुदायिक विद्यालय भन्नेबित्तिकै पठनपाठनदेखि भौतिक संरचनासमेत स्तरीय हुुँदैन भन्ने आम बुुझाइ छ । यो बुुझाइबाट गुुल्मी पनि अछुुतो छैन । तर यहाँका केही सामुुदायिक विद्यालयले शिक्षाको गुुणस्तरमा मारेको फड्कोले यस्ता बुुझाइलाई विस्तारै ओझेलमा पारिरहेको छ । यस्ता केही सामुुदायिक विद्यालयमध्ये सिद्धबाबा उच्च माध्यमिक विद्यालय सम्झनयोग्य नाम हो । जिल्लामा सञ्चालित थुुप्रै सामुुदायिक विद्यालयहरूमध्ये यस विद्यालयले अहिले जिल्लामा छुुट्टै पहिचा ...

शिक्षकले आफैलाई चिन्दा

गुणस्तरीय शिक्षाका लागि ठूला–ठूला विद्यालय भवन, पर्याप्त भौतिक पूर्वाधार, ठूला–ठूला खेल मैदान, पर्याप्त आर्थिक स्रोत हुनुपर्छ भन्ने धारणा विपरीत सीमित स्रोत साधनकै अधिकतम उपयोग गरेरै निरन्तर गुणस्तरीय शिक्षा दिन सफल रहँदै आएको छ । बालाजुटार काठमाडौँस्थित जनजागृति ज्ञानरश्मि मावि । विद्यालय विहान ५ः४५ देखि ४ः१० सम्म सञ्चालन हुने गरेको छ । भनव अभावले गर्दा ६ देखि १० कक्षासम्मका विद्यार्थी ५ः४५ देखि ११ः२० सम्म पढ्छन् भने कक्षा १ देखि ५ क ...

शिक्षकले चाहे गुणस्तरीय शिक्षा सम्भव छ

कुनैबेला खस्कँदो शैक्षिक स्तर र भताभुङ्ग व्यवस्थापनले विद्यालय बन्द हुने अवस्थामा पुगिसकेको थियो । तर जब उहाँ प्रअ बनेर विद्यालयमा आउनुभयो तब विस्तारै विद्यालयले सुधारको सुरुवात गर्नथाल्यो । कच्ची भवन, जिर्ण पूर्वाधार, डेस्कबेन्चको अभाव, दिगो आर्थिक स्रोतको अभाव र समुदायको पनि सकारात्मक धारणा नभएको अवस्था थियो, प्रअ विगतलाई सम्झनुहुन्छ । लथालिङ्ग र भताभुङ्ग स्थिति थियो । तर उहाँले हरेस खानु भएन । निरन्तर विद्यालय सुधार कसरी गर्न सकिन्छ भनेर लागिर ...

अस्थायी शिक्षकलाई उपदान दिन अक्षयकोष

सरकारले समेत विद्यालयमा कार्यरत कर्मचारी पियन, खरदार, शिक्षकलाई उचित रुपमा पारिश्रमिक र अवकाशमा जादा सेवा सुविधा दिन नसकिरहेका अवस्थामा अक्षयकोषमार्फत विद्यालयले आफ्नै स्रोतमा उपदान लगायतका सुविद्या दिने आँट गरेको छ । त्यसका लागि सुर्खेतको वीरेन्द्रनगर स्थित  श्रीकृष्ण संस्कृत तथा साधारण उच्च मावि ईत्रामले विद्यार्थीहरूले तिर्ने शुल्कबाट केही रकम बचत गरेर अक्षयकोष स्थापना गरेको छ ।  यो सम्भवतः नेपालमै पहिलो प्रयास भएको  विद्यालयका ...