साहित्य पाटी

एक शिक्षकको समृद्ध नेपालको सपना

           १बुद्धको देशमा शान्तिका पाइला धर्मराएको बेलापृथ्वीनारायणशाहको बिस्तारको बाटो भत्किएको बेला अरनिकोले कोरेको कला र सस्कृति धमिलिएको बेला आमा !!! तिमी  नै भन म कसरि सपना देख्न सक्छु !!!  जनकले छिमेकिसंग नाता जोड्दा  सीतालाइ सतित्व जोगाउन अप्ठयारो पर्दा भृकुटीले आत्मसम्मान गुमाउनु पर्दा आमा !!! तिमी नै भन म कसरि  चयनमा रहन सक्छु  !!!  अमर सिंह, बलभद्र र भक्ति थ ...

रामेछाप जिल्लाको साहित्यिक इतिहास : एक संक्षिप्त सिंहावलोकन

प्राक्कथनसाहित्य समाजको ऐना हो । समाज अध्ययन गर्नु पर्ने भए साहित्यको अध्ययन गर्ने सल्लाह दिन्छन् – विद्वानहरु । हुन त यो साहित्यको सनातान परिभाषा हो तर अहिलेसम्म नयाँनवीन भनिएका कुनै परिभाषाहरुले पनि यो सनातन परिभाषालाई विस्थापित गर्न सकेको देखिँदैन । पौरस्त मान्यतानुसारको संस्कृत साहित्य र मीमांशामा साहित्य दुई अर्थमा लेखिने कुरा सगौरव रूपमा चर्चा गरिएको छ । पहिलो अर्थ ‘स्वान्त सुखाय’ र दोस्रो अर्थ ‘पर हिताय ।’ &l ...

किताब चर्चा : यात्रा, सगुनका साइपाटा र ‘नमेटिएका चित्रहरू’

   क्रिष्टोफर कोलम्बसले समयको अनकण्टारमय दुरूहतामाझ हस्तक्षेपकारी यात्रा श्रीगणेश नगरेका भए उसबेला अमेरिका पत्तै लाग्दैनथ्यो । हु एन् साङ्ले आफ्ना ती प्रथम पाइलालाई चरैवेती चरैवेती नगरेका भए संसार घुमक्कडमा उनको नाम दर्ज हुने नै थिएन ।  एडमण्ड हिलारीले आफ्नो जीवनको आरोहअवरोधमा सगरमाथाको माथ चुम्ने धृष्टता नगरेका हुन् त ती आज हिमाल दिग्विजयका सन्दर्भमा अचिनारू पात्र भएर रहन जान्थे । भास्को डिगामा हुन् चाहे कलाका क्रोचे यी सबै उत्भट् ...

निबन्ध : स्वाभीमानको शोकगीत

   पेशल आचार्य      यतिखेर म अलमलमा छु । समूहीकृत भावोपभावमा रोलकोल गर्दै इमानको हारमय कोरस गाऊँ कि, उच्चाटलाग्दा स्वरलहरी मिसाएर स्वाभीमानको एकल शोकगीत ? भावनागाङ्गेय सुकोमल गीतहरूले त जहिल्यै मानिसका मन शिखरका सन्तापमय उँधौली उँभौलीहरूलाई सुसम्बोधन गर्नु पर्ने हो । मिहीन सङ्गीतले झन् दुःखैदुःखका पत्रे चट्टान र सुखैसुखका मधुरम अजस्र सिम्फोनीहरूलाई बेमिसाल तरङ्गमा झक्झक्याउनु पर्ने हो तर कसोकसो सकिरहेका छैनन् । छरिए ...

कथा : छ जना सहिद

    नन्दलाल आचार्य चारैतिर सुनसान छ । गाडीहरूको आवाज पनि बन्द भइसकेको छ । रात गहिरिँदो छ । लेखक लेख्नमै मस्त छ । बिजुली छैन । पङ्खा घुम्दैन । इन्भटरको उज्यालोमा ऊ शब्द चुहाइरहेको छ । पसिनाले निथ्रुक्क भिजेको छ । लेख्ने धुनमा पसिना पुछ्ने फुर्सद पनि छैन । लेखिरहेको कापी पनि भिजिरहेको छ । त्यस कोठामा हावा पस्न मनाही छ । हावासँगै मच्छड पनि छिर्ने भएकाले ढोका नउघार्न चेतावनी दिएर श्रीमती रात्री विश्राममा छे । ऊ गाउँकी नारी हो, सहर पसेकी छे ...

सूक्तिसिन्धुका सय वर्ष

आऊ प्रिय! नगर बेर भनी मलाईराखेर काखबीच हात दुवै समाईती लाल ओठ मुखनेर पुर्‍याउनुभोलौ भन्न सक्तिनँ म ता पछि कुन्नि के भो ? पछि जरुर केही भो! यो त्यही कविताको अंश हो, जुन कविताका कारणबाट आजभन्दा सय वर्षअघि नेपाली साहित्यको इतिहासमा एउटा ठूलो हाहाकार मच्चियो। त्यसबेला प्रथम विश्वयुद्धमा जान लागेका सिपाहीहरू र दरबारका युवतीमा यौन उत्तेजना बढाएर तिनलाई बिगारेको आरोपमा चन्द्र शमशेरले थुप्रै कविलाई दण्डित गरे। 'बालामुग्धोक्ति' शीर्षकको यो कविता ...

कविता : शिक्षालार्इ जीवनोपयोगी बनाउँ

अभिमन्यु गौतम  कविता शिक्षालार्इ जीवनोपयोगी बनाउँ    अज्ञान विकृती र विसङ्गती सवै नै हटाइ ज्योती छरेर शिक्षाको सवमा सदगुण वढाइ शिक्षा प्रदान गर्नु निश्चय सधै गरेर सुधारविकसित शिक्षा भए फेर्ने छ देशले मूहार । अठोट हुन्छ शिक्षकको राष्ट्र निर्माता वनाउनेसुयोग्य नागरिकहरु सवै शिक्षाबाट नै गराउनेज्ञान गुण सीपले क्षमता दक्षता सबमा वढाइशिक्षा दिनु छ निरन्तर यो देशका कर्णाधारलाइ । शिक्षाका ज्योती शिक्षक हुन शैक्षिक चेतना जगाउने दक्ष ...

शिक्षकगान

  उद्धव प्याकुरेल   शिक्षक हामी शिक्षक हामी ज्ञान सीपका खानी ।।बाड्ँछौ हजुर सबलाई केहि झर्को नमानी ।। बालबालिका भविष्यका कर्णधार ठानी ।आफ्नो आफ्नो कर्तव्य र दायित्वलाई जानी ।पाठ्यक्रम निर्देशिका सधँै राखि साथमा ।उपलब्धि मूलक शैक्षिक सामग्री छन् हातमा । शिक्षक हामी ज्ञान सीपका खानी ।विद्यार्थीलाई बाँड्छौ केहि झर्को नमानी ।। स्कुलको समयलाई खेर फाल्ने छैनौं ।राजनीतिको झोला बोकी हामी हिड्ने हैनौं ।बिद्यालय शान्ति क्षेत्र बनाएरै छाड्छौ ।गरी ...

जरुरी सूचना

  • खुलातर्फ माध्यमिक तहको लेखा र विज्ञान विषयको अन्तिम नतिजा सार्वजनिक (नतिजा सहित)
  • खुलातर्फको मावि तहको जनसंख्या र अर्थशास्त्र विषयको नतिजा सार्वजनिक
  • रोकिएको शिक्षकहरुको जिल्लान्तर सरुवा फुकुवा
  • शिक्षकहरुको जिल्लान्तर सरुवा बन्द
  • पाँचै विकास क्षेत्रको माध्यमिक तहको गणित विषयको नतिजा सार्वजनिक (नामावली सहित)
  • पाँचै विकास क्षेत्रको माध्यमिक तहको नेपाली विषयको नतिजा सार्वजनिक (नामावली सहित)
  • पाँचै विकास क्षेत्रको माध्यमिक तहको विज्ञान विषयको नतिजा सार्वजनिक (नामावली सहित)
  • पूर्व र मध्यमाञ्चलको माध्यमिक तहको अंग्रेजी विषयको अन्तिम नतिजा सार्वजनिक(नामावली सहित)