सूचना

कक्षा ११ को नतिजा सार्वजनिक (नतिजाको लिंक सहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले शनिवार सार्वजनिक गरेको ग्रेडिङ पद्धतिको नतिजामा नियमिततर्फ एक हजार एक सय ४५ जना विद्यार्थीले ३.६५ देखि ४ सम्म जिपिए ल्याएका छन् । नतिजा अनुसार आठ हजार नौ सय ४९ जनाले ३.२१ देखि ३.६० जिपिए, २४ हजार पाँच सय १५ जनाले २.८१ देखि ३.२० सम्म जिपिए ल्याएका बोर्डले जनाएको छ । त्यसैगरी ४८ हजार सात सय ३१ जनाले २.४१ देखि २.८० सम्म जिपिए, ८६ हजार सात सय ७० ...

शिक्षकहरुको खुला विज्ञापनको परीक्षा केन्द्र तय(परीक्षा केन्द्रको नामावली सहित)

भक्तपुर । शिक्षक सेवा आयोगले आगामी असोज ११,१२ र १३ गते हुने खुला विज्ञापन तर्फको शिक्षक परीक्षाको परीक्षा केन्द्र तय गरेको छ । आयोगले यसपटक एउटा जिल्लामा आवेदन फारम भरेका शिक्षकहरुलाई अर्को जिल्लामा परीक्षा दिनुपर्ने व्यवस्था गरेको छ । ...

०६६ कै फैसला अनुसार विज्ञापन गर्न शिक्षा मन्त्रालयलाई सर्वोच्चको ताकेता

काठमाडौं । सर्वोच्च अदालतले २०६६ माघ २४ को फैसला अनुसार शिक्षक विज्ञापन गर्न शिक्षा मन्त्रालयलाई ताकेता गरेको छ । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले मंगलबार एक पत्रलेखी २०६६ कै फैसला अनुसार शिक्षक विज्ञापन गर्न ताकेता गरेको हो । सर्वोच्च अदालतले २०६६ माघ २४ गते सवैखाले अस्थायी शिक्षकहरुलाई एकपटक परीक्षाको मौका दिएर असफलहुनेहरुलाई सुविधा सहित बिदा गर्न परमादेशको आदेश जारी गरेको थियो । तर, शिक्षा मनत्रालयले शिक्षा ऐनको आठौं र नवौं संश ...

माध्यमिक तहको परीक्षामा यस्ता प्रश्न आउनेछन्

भक्तपुर । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुका लागि खुलेको विज्ञापनमा माध्यमिक तहको लिखित परीक्षा अन्तर्गत विषयगत परीक्षाको प्रश्न योजना सार्वजनिक गरेको छ । माध्यमिक तहअन्तर्गत नेपाली, अंग्रेजी, सामाजिक, स्वास्थ्य जनसंख्या तथा वातावरण, शिक्षा शिक्षण, कार्यसञ्चालन तथा लेखा, कृषि शिक्षा, कम्प्युटर विज्ञान, संस्कृत भाषा, शुक्लयजुर्वेद, संस्कृत साहित्य, अर्थशास्त्र विषयको प्रश्न योजना सार्वजनिक गरेको हो । आयोगले पाठ्यक्रमको क्षेत्र, विषयगत प्रश्न स ...

मावितह स्थायी शिक्षकको पहिलो चरणकोे नतिजा प्रकाशित

भक्तपुर । शिक्षक सेवा आयोगले गत असारमा सञ्चालन गरेको माध्यमिक तहको स्थायी शिक्षकको केहि विषयकोे लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले विहिबार पाँचै विकास क्षेत्रको विज्ञान र कार्यालय सञ्चालन तथा लेखाको नतिजा सार्वजनिक गरेको हो । अन्य विजषयको नतिजापनि क्रमशः प्रकाशित गर्दै जाने आयोगले जनाएको छ । यसअघि आयोगले असोज पहिलो साता नतिजा प्रकाशित गर्ने जनाएको थियो । नतिजाका लागि यहाँ क्लिक गर्नुहोस्  । खुला प्रतियोगितात्मक लिखित परीक्षाको ...

१११७ स्थायी शिक्षकका लागि विज्ञापन खुल्यो (सूचनासहित)

काठमाडौँ । शिक्षक सेवा आयोगले १ हजार १ सय १७ जना स्थायी शिक्षकका लागि विज्ञापन गरेको छ । आयोगले खुला प्रतियोगितामार्फत निम्न माध्यामिक तह तृतीय श्रेणीमा रिक्त रहेका शिक्षक दरबन्दीमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । सामुदायिक विद्यालयमा २०६३/०१/१० देखि रिक्त रहेको शिक्षक दरवन्दीमा स्थायी पदपुर्तिका लागि विज्ञापन गरिएको आयोगले जनाएको छ । आयोगले यस विज्ञापनमा गतवर्ष सिफारिस हुन नसकेको पदसंख्या समेत समावेश गरिएको जनाएको छ । आयोगले पाँ ...