मुख्य खबर

न्याय माग्दै विद्यालय कर्मचारीहरु चार दिनदेखि अनशनमा, सिंहदरवार बेखवर

सर्वोच्च अदालतको फैसला अनुसार आफुहरको व्यवस्थापन हुनुपर्ने भन्दै सामुदायिक विद्यालयमा कार्यरत  कर्मचारीहरुले शुक्रवारदेखि खुलामञ्चमा रिले अनशन शुरु गरेका छन् । यदी सरकारले यसबीच आफुहरुको माग पुरा नभए असोज ९ गतेदेखि आमरण अनशन बस्ने विद्यालय कर्मचारीहरुले जनाएका छन् । नयाँ माग भन्दा पनि विगतको सम्झौता, सर्वोच्च अदालतको २०६७ सालको आदेश र शिक्षा ऐनको आठौं संशोधन अनुसार व्यवस्थापनको माग गर्दै सामुदायिक विद्यालयमा कार्यरत पियन, पाले, भण्डारे ...

गाउँ शिक्षा समिति गठन

सिमकोट गाउँपालिकाको गाँउ शिक्षा समिति गठन गरिएको छ । लामो समयसम्म समिति वीहिन रहेको अवस्थामा केही दिन अगाडि गाँउ कार्यसमितिद्वारा पारित भएको शिक्षा विनियमावलीलाई राजपत्रमा प्रकाशन भएपछि समिति गठनको बाटो खुलेको हो ।गाँउपालिकाका अध्यक्ष पदम वहादुर लामाको अध्यक्षतामा हाललाई आठ सदस्यीय समिति गठन गरिएको छ । समितिका अन्य सदस्यहरुमा गाउँ कार्य समितिका सदस्यबाट छविचन्द्र लामा, रुपसिंह कामी, गीता लामा, सामुदायिक विद्यालयका शिक्षकहरुबाट बालमन्दिर माविका प ...

इसिडि शिक्षकको माग प्रति शिक्षक संगठनहरुको एक्यबद्धता

प्रारम्भिक बालविकास(इसिडि)का शिक्षकहरुको माग प्रति शिक्षक महासंघ सँगै शिक्षकका विभिन्न संघसंगठनहरुले एक्यबद्धता जनाएका छन् । नेपाल शिक्षक महासंघ र त्यसमा आबद्ध शिक्षक संघसंगठनहरुसँगै राहत शिक्षक र कक्षा ११ र १२ मा कार्यरत शिक्षकहरुले इसिडिका शिक्षकहरको माग प्रति एक्यबद्धता जनाएका हुन् । पूर्व शिक्षा मन्त्री धनीराम पौडेलले आफूले शिक्षा नियमावली ल्याएर इसिडि शिक्षकको व्यवस्थापन गर्न खोजेपनि कर्मचारी प्रशासनका कारण नियमावली ल्याउन नसकेको बताए ।  ...

प्रविधिक शिक्षालाई जोड दिएका छौँः शिक्षा मन्त्री पोखरेल

टीकापुर । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक शिक्षाको अवस्था कमजोर भएका कारण अभिभावकले सामुदायिक विद्यालयलाई विश्वास गर्न छोडेको जिकिर गरेका छन् ।कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको आंगिक क्याम्पसका रुपमा टीकापुरमा सञ्चालित प्राकृतिक श्रोत व्यवस्थापन कलेजको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले यस्तो कुरा बताएका हुन् ।सामुदायिक विद्यालयको उचित व्यवस्थापनका लागि शिक्षक र अभिभावकले नेतृ ...

बदनाम विश्वविद्यालय

काठमाडौं । मुलुकमा पहिलोपटक २०१६ सालमा त्रिभुवन विश्वविद्यालय स्थापना भयो। २०४३ सम्म उच्च शिक्षा प्रदान गर्ने त्रिवि मात्रै एक्लो विश्वविद्यालय थियो। तर त्यसअघि २०३९ सालमा पनि थप विश्वविद्यालय स्थापनाको चर्चा चलेको हो-शाही उच्च शिक्षा आयोगको प्रतिवेदनबाट।त्यतिखेर रणवीर सुब्बा अध्यक्षतामा गठित उक्त आयोगले एउटा संस्कृत विश्वविद्यालय स्थापना गर्न सुझाएको थियो। यसबाहेक उसले अरू विश्वविद्यालय आवश्यक नपर्ने प्रतिवेदन दिएको थियो। सोहीअनुसार तत्काली ...

‘यौन दुर्व्यवहार गर्ने शिक्षक हटाऊ’

म्याग्दी । सदरमुकाम बेनी नगर क्षेत्रभित्रैको एक विद्यालयबाट शिक्षकलाई हटाइदिन व्यवस्थापन समितिले जिल्ला प्रशासन र नगरपालिकामा निवेदन दिएको छ ।कक्षाभित्रै ३, ४ र ५ कक्षाका छात्रालाई संवेदनशील अंग चलाइदिने र यौन दुर्व्यवहार गर्ने गरेको भन्दै ५४ जना अभिभावकले हस्ताक्षरतसहित निवेदन दिएपछि समिति पनि गम्भीर भएको हो । ‘सर्वपक्षीय भेलामा अभिभावकले आरोपी शिक्षकलाई कारबाही गरी नहटाए छोराछोरी स्कुल नपठाउने अडान राखेपछि राजीनामा दिन वा सरुवा मिलाइदिन ...

सुर्खेतको जनसेवा मा.वि.स्मार्ट स्कुल घोषणा

वीरेन्द्रनगर–१० घुस्रामा रहेको जनसेवा माध्यमिक विद्यालय स्मार्ट स्कुल घोषणा भएको छ । स्मार्ट स्कुलका विभिन्न ६ सूचक विद्यालयले पूरा गरेपछि स्मार्ट स्कुल घोषणा गरिएको हो । विद्यालयमा सफा शौचालयको प्रयोग, शुद्ध पिउने पानीको प्रयोग, स्वच्छ वातावरण, महिनावरी छात्राहरुका लागि स्वच्छता, स्वस्थ खाना र हातधुने तरिका गरी ६ सूचक पूरा गरेपछि स्मार्ट विद्यालय घोषणा गरिएको विद्यालयका प्रचार्य भक्तबहादुर शाहीले जानकारी दिए । स्मार्ट स्कुल घोषणाका लागि वि ...

शैक्षिक सुधारमा स्थानीय सरकार

राज्यको लगानी भौतिक पूर्वाधार र शिक्षक व्यवस्थापनमा मात्रै हुँदा समग्र शैक्षिक अवस्थामा सुधार आउन नसकेको भन्दै रोल्पाका स्थानीय सरकारले शैक्षिक सुधारका प्रयास थालनी गरेका छन् । एक विद्यालय एक खेल मैदान देखि एक वडा एक पुस्तकालय सम्मका योजना अन्तर्गत स्थानीय सरकारले वजेट विनियोजन गरि कामको थालनी गरेका हुन्  । जिल्लाको रुन्टीगढी गाउँपालिकाले एक वडा एक पुस्तकालय अभियान सञ्चालन गरेको छ । गाउँपालिकाका सवै वडा कार्यालयमा स्थापना गरिएको पुस्तकालयमा ...

विद्यालय कर्मचारी खुलामञ्चमा अनशनमा, न्याय नपाएसम्म जारी राख्ने उद्घोष

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत  कर्मचारीहरुले न्यायको माग गर्दै शुक्रवारदेखि खुलामञ्चमा रिले अनशन शुरु गरेका छन् । पहिले भद्रकालीमा अनशन बस्ने भनिएपनि सरकारले नदिएपछि विद्यालय कर्मचारी खुलामञ्चमा अनशन  शुरु गरेका हुन् । शुक्रवार ११ बजे बसन्तरपुर क्षेत्रबाट नाराजुलुस गर्दै शान्तिवाटीका हुँदै भद्रकालीमा कोण सभा गरेर अनशन शुरु गर्ने तयारी गरेपनि नपाएपछि खुलामञ्चमा अनशन शुरु गरेको विद्यालय कर्मचारी संयुक्त आन्दोलन परिचालन समितिका ...

प्रविधिमैत्री बनाउन भन्दै विद्यालयलाई कम्प्युटर सहयोग

विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन आवश्यक पर्ने कम्प्युटरका सामाग्रीहरु प्रदान गरिएको छ । गुड नेर्भस इन्टरनेशनलको आर्थिक सहयोग तथा स्थानीय साझेदार संस्था किर्डाक हुम्लाको प्राविधिक सहयोगमा खार्पुनाथ गाउँपालिकाका दुई वडाका विद्यालयलाई प्रविधिमैत्री सामाग्री हस्तान्तरण गरिएको हो ।सीता मावि छिप्रा र मालिका मावि लालीले यि सामाग्रीहरु पाए सँगै विद्यालयमा पठन–पाठन कार्य प्रविधिबाट गरेर पछिल्लो प्रविधिमैत्री वातावरणमा विद्यार्थी रमाउने वातावरण&nb ...

विद्यालय कर्मचारीहरु शुक्रवारदेखि भद्रकालीमा अनशन बस्ने

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत  कर्मचारीहरुले न्यायको माग गर्दै आजदेखि भद्रकालीमा रिले अनशन शुरु गर्ने भएका छन् । शुक्रवार ११ बजे बसन्तरपुर क्षेत्रबाट नाराजुलुस गर्दै शान्तिवाटीका हुँदै भद्रकालीमा कोण सभा गरेर अनशन शुरु गर्ने विद्यालय कर्मचारी संयुक्त आन्दोलन परिचालन समितिका नेता शंकर ढकालले जानकारी दिए ।   आन्दोलन समितिले असोज २ गते देखि चरणबद्ध आन्दोलन गर्दै आएको छ । त्यसै क्रममा समितिले बिहिवार प्रधानमन्त्री निवास बालुवाटार ...

इसिडि शिक्षकहरुको सरकारसँग गुनासो, कि मारिदेउ कि त बाच्न पुग्ने सुविधा देऊ

काठमाडौं । प्रारम्भिक बालविकास(इसिडि)का शिक्षकहरुले कि आफूहरुलाई मार्न या बाच्न पुग्ने सुविधा दिन सरकारसँग माग गरेका छन् । मासिक ६ हजार सुविधाले आफुहरुलाई बाच्नै मुस्किल भएको भन्दै उनीहरुले आफुहरुको पहिचान र सुविधा स्पष्ट पार्न सरकारसँग आग्रह गरेका हुन् । आफूहरुले कानूनी पहिचान र सुविधा माग गर्दै सरकारलाई गुनासो गर्न देशभरबाट काठमाडौंमा भेला भएका उनीहरुले सिंहदरवारले आफुहरुको पीडा नसुनेको आरोप लगाए । आफुहरुमाथि सरकारले हिंसा र श्रम शोषण गरेको भन् ...

संविधानको विषय वस्तुमाथि वक्तृत्वकला प्रतियोगिता

संविधान दिवस २०७५ को अवसरमा माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नेपालको संविधान २०७२ को  विषय वस्तुमाथि उक्त वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको हो । जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको भएपनि सिमकोट गाउँपालिकाका छ वटा विद्यालयहरुको उपस्थिति रहेको प्रतियोगितामा वक्ता विद्यार्थीहरुले नेपालको संविधान २०७२ ले गरेका व्यवस्थाहरु माथि निकै चर्चा गरेका थिए । संविधानले अल्पसंख्यक तथा सिमान्तकृत वर्ग, ...

३ हजार विद्यालय दरबन्दीविहीन

काठमाडौँ । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण नहुँदा देशभरका ३२ प्रतिशत विद्यालयमा एक शिक्षक बराबर २० जनाभन्दा कम विद्यार्थी रहेको पाइएको छ । २९ हजार ३५ सामुदायिक विद्यालयमध्ये ९ हजार ४ सय ९४ वटामा एक शिक्षक बराबर २० विद्यार्थी छन् ।एक शिक्षक बराबर १० भन्दा कम विद्यार्थी भएका विद्यालय संख्या २ हजार ८ सय १६ छन् । शिक्षा नियमावलीमा प्रत्येक कक्षामा काठमाडौं उपत्यका र तराईमा ५०, पहाडमा ४५ र हिमाली क्षेत्रमा ४० जना बराबर १ जनाका दरले शिक् ...

अनिवार्य तथा नि:शुल्क शिक्षा विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण

काठमाडौं । अनिवार्य तथा नि:शुल्क शिक्षा विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण भएको छ । मंगलबार अबेर राष्ट्रपति विद्यादेवी भण्डारीले अनिवार्य तथा निशुल्क शिक्षा विधेयकसँगै अन्य १६ वटा विधेयक प्रमाणिकरण गरेकी हुन् । विधेयक अब राजपत्रमा प्रकाशित हुनसाथ ऐनको रुपमा कार्यान्वयनमा आउनेछ । असोज २ गते भित्रै संविधानमा भएको मौलिक हक कार्यान्वयनका लागि आवश्यक विधेयकहरु प्रमाणित गरिसक्नुपर्ने संवैधानिक व्यवस्थाका कारण राति साढे १० बजे राष्ट्रपतिले ति विधेयकहरु प् ...

कार्यदलले सरकारलाई बुझायो प्रतिवेदन, शिक्षक दरबन्दी मिलानको बाटो खुल्यो

काठमाडौं । सरकारले विद्यालयस्तरमा शिक्षक दरबन्दी मिलान र पुनर्वितरण गर्नका लागि गठन गरेको कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । शिक्षक दरबन्दी पुनर्वितरण सुझाब कार्यदलले मंगलवार शिक्षा मन्त्रीको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष प्रतिवेदन बुझाएको हो । यो सँगै वर्षौंदेखि हुननसकेको  शिक्षक दरबन्दीको प्रक्रियाले बाटो लिने देखिएको छ । गत असार ४ गतेको मन्त्रिपरिषद् बैठकले पूर्व सचिव महाश्रम शर्माको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन ग ...

जनप्रभात माविको जग्गा टेन्डर बिरुद्ध कारण देखाउ आदेश

  काठमाडौं । जनप्रभात मावि कालीमाटीको जग्गा भाडामा लगाउने निर्णय विरुद्ध परेको रिटमा उच्च अदालत पाटनले कारण देखाउ आदेश जारी गरेको छ । विद्यालयले भदौ ७ गते १० वर्षका लागि जग्गा भाडाको टेन्डर आह्वान गरेको थियो । सो निर्णय विरुद्ध सोही विद्यालयका शिक्षक शरदकुमार मिश्र र माधव प्रसाद पनतले भदौ २७ गते उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका थिए । भदौं २९ गते उच्च अदालतका न्यायधीश शान्ता सेढाइ सापकोटाको एकल इजलाशले कारण देखाउ आदेश जारी गरेको हो । न ...

स्थानीय सरकारको प्राविधिक शिक्षा मोह

रोल्पाका स्थानीय सरकारले प्राविधिक शिक्षामा जोड दिन थालेका छन् । जिल्लामा प्राविधिक जनशक्ति उत्पादन गर्ने भन्दै प्राविधिक शिक्षा अध्ययनका लागि विशेष जोड दिँदै स्थानीय सरकारहरुले छात्रवृत्ति सहयोगको थालनी गरेका हुन् । जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकाले प्राविधिक शिक्षा अध्ययनका लागि चालु आर्थिक वर्षमा ३० लाख विनियोजन गरेको जनाएको छ ।  'कृषि, पशु, स्वास्थ्य र ईन्जिनियरिङ विषयमा हरेक वर्ष १०० जनालाई छात्रवृत्ति दिइरहेका छौं'– ...

शिक्षा विधेयक सच्याउन सरकारलाई प्याव्सनको १ महिने अल्टिमेटम

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन)ले ‘अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ संशोधन गर्न सरकारलाई एक महिने अल्टिमेटम दिएको छ । एक महिना भित्र विधेयक संशोधन नगरे सवै निजी विद्यालयहरु बन्द गर्ने प्याब्सनले चेतावनी दिएको छ । विधेयक भर्खरै प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणिकरण हुने तयारीमा छ । सोमवार केन्द्रीय कार्यालय डिल्लीबजारमा  पत्रकार सम्मेलन गर्दै& ...

शिक्षा विधेयक संसदबाट पारित

काठमाडौं । अनिवार्य तथा निशुल्क शिक्षा विधेयक व्यवस्थापिका संसदबाट पारित भएको छ ।  शनिबार बसेको संसदको बैठकले बहुमतका आधारमा विधेयक पारित गरेको हो । संविधानमा शिक्षालाई मौलिक अधिकारका रुपमा गरिएको व्यवस्था र आधारभूत तह सम्म निशुल्क तथा अनिवार्य र माध्यमिक तह सम्म अनिवार्य हुने व्यवस्था कार्यान्वयनका लागि असोज ३ गते भित्रै विधेयक पास हुनुपर्ने अवस्थामा संसदको शनिवारको बैठकले विधेयक पारित गरेको हो । उक्त विधेयक आईतबार राष्ट्रिय सभामा दर्ता गर ...

गाउँपालिकाले एमविविएस पढाउने

रोल्पाको एक गाउँपालिकाले चिकित्सा शास्त्र अध्ययनका लागि सहयोग गर्ने भएको छ । उत्तरपश्चिम रोल्पाको परिवर्तन गाउँपालिकाले सोही गाउँपालिकाको एक विद्यार्थीलाई सो विषय अध्ययनका लागि सहयोग गर्ने भएको हो । गाउँपालिकाले चिकित्सा शास्त्रको स्नातक (एमविविएस)अध्ययनका लागि सहयोग गर्ने भएको हो । अध्ययनका लागि कुल लागतको ५० प्रतिशत गाउँपालिकाले व्यहोर्ने भएको छ । भने वाँकी रकम सम्वन्धित विद्यार्थीले व्यहोर्ने छन् । सो अध्ययनका लागि हाल क्रमागत रुपमा २५ लाख वज ...

संघीय शिक्षा ऐनले उत्पीडित शिक्षक–कर्मचारीको माग सम्बोधन गर्छ– सभामुख महरा

काठमाडौं । सभामुख कृष्णबहादुर महरालले अब बन्ने संघीय शिक्षा ऐनले उत्पीडित शिक्षक कर्मचारीहरुको समस्या समाधान गर्ने बताएका छन् । शिक्षकमा समस्या रहँदासम्म शिक्षा सुधार नहुने भन्दै सभामुख महराले शिक्षकहरुलाई सिकाइ सुधारमा केन्द्रीत हुन आग्रह गरे । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो) काठमाडौं जिल्ला समितिले राष्ट्रिय शिक्षा दिवस तथा बाल दिवसको अवसरमा शनिवार आयोजना गरेको उत्कृष्ट शिक्षक, विद्यालय सम्मान तथा मावि तहस्तरीय नृत्य प्रतियोगिताको उद्घ ...

हुम्लाका दुई विद्यालय डिजिटल हुने

कर्णाली प्रदेश सरकरले हुम्ला जिल्लाका दुई माध्यमिक विद्यालयलाई डिजिटल बनाउने भएको छ । अहिलेको समय डिजिटल प्रविधिको भएको कारण सबै क्षेत्रको पहिलो खुड्कीला विद्यालय भएको कारण जिल्लाका दुई वटा विद्यालयहरुलाई डिजिटल बनाउन लागिएको प्रदेशले जनाएको छ । कर्णाली प्रदेशको दुईवटा निर्वाचन क्षेत्र रहेका हुम्ला जिल्लामा क क्षेत्रबाट सामाजिक विकास मन्त्री दल वहादुर रावलले सिफारिस गरेको हिमज्योती मावि सर्केगार्ड र ख क्षेत्रका सदस्य जीवन बहादुर शाहीले सिफा ...

दुर्गमका विश्वविद्यालयको सभा प्रधानमन्त्री निवासमा

काठमाडौं । उपत्यका बाहिर स्थापना गरिएका विश्वविद्यालयको सभा प्रायः राजधानीमा हुने गरेका छन्। राजधानीमा भएकामध्ये पनि अधिकांशको सभा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुँदै आएका छन्। यस्ता सभालाई विश्वविद्यालयको समग्र शैक्षिक, प्रशासनिक तथा अन्य नीतिगत सुधारका लागि छलफल गरेर आवश्यक निर्णय गर्ने अवसर मानिन्छ ।प्रधानमन्त्री निवासमै सम्पन्न हुने गरी पनि व्यस्त समय देखाउँदै सभाषद्हरू वहस र अन्तक्र्रियामा भाग लिन पर्याप्त समय नदिइ टुंग्याउने ...

तीन रुपैयामै पुस्तक!

काठमाडौं । काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी पुस्तक प्रदर्शनीमा पाठकहरुले १५ देखि ६० प्रतिशतसम्म छुटमा पुस्तक किन्ने अवसरलाई उपयोग गरिहरका छन् ।प्रदर्शनीमा भाषा, साहित्य, इतिहास, दर्शन, समाजशास्त्र, बालसाहित्य आदि विधाका पुस्तक उपलब्ध छ। विभिन्न जाति तथा धर्मसंस्कृतिमाथि लेखिएका पुस्तक पनि मेलामा उपलब्ध छन्। २०६९ साल सम्म प्रकाशितको पुस्तकलाई ६० प्रतिशत र २०७५ सालसम्म प्रकाशित पुस्तकमा भने ४० प्रतिशत छुट दिइएको छ। ‘मेलामा द ...

शिक्षक सरुवा विवाद: उपमेयरलाई दुर्व्यवहार

सिमरा  । शिक्षक सरुवा विवादका कारण असन्तुष्ट विद्यार्थीले बिहीबार बरियारपुरमा महागढीमाई नगरपालिकाका उपमेयरलाई दुव्र्यवहार गरेका छन् । विवाद समाधान गर्न वार्तामा बस्नका लागि विद्यार्थीलाई सम्झाउने क्रममा उपमेयर तारा देवी कानुलाई दुर्व्यवहार भएको हो ।गणित विषयको शिक्षकको नगर क्षेत्रकै अर्को विद्यालयमा सरुवा भएपछि स्थानीय गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । शिक्षक सरुवा समस्यालाई समाधान गर् ...

विद्यार्थी गणना गर्दै जनप्रतिनिधि

ताप्लेजुङ  । फक्तालुङ गाउँपालिका अध्यक्ष सरोज एभेङ मंगलबार दिउँसो वडा १ खेजेनिम पुगे । गाउँपालिकाका दुई जना साथीसँगै गएका उनले आदर्श माध्यमिक विद्यालयका विद्यार्थीको कक्षागत हाजिरी खाता लिए र कक्षा कोठा प्रवेश गरे ।सबैभन्दा पहिला अन्तिम रोल नम्बर भएकालाई उठ्न भने । उनले हाजिरी खाता अनुसार बिद्यार्थी भए नभएको परीक्षण गरेका थिए । शिशुदेखि १० कक्षासम्मकै कक्षा कोठामा प्रवेश गरेका उनले प्रत्येक विद्यार्थीको हाजिरी मात्रै गरेनन् गणना समेत गरे ।यह ...

दिवा खाजा कायम

काठमाडौँ । निजी विद्यालयमा भर्ना भएका १५ प्रतिशत विद्यार्थीलाई नि:शुल्क पढाउनुपर्ने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले अनिवार्य तथा नि:शुल्क शिक्षाको व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले अनुमोदन गर्दै यस्तो व्यवस्था राखेको हो । यो व्यवस्था शिशु कक्षादेखि १२ कक्षासम्म लागू हुनेछ ।सरकारले निजी विद्यालयमा भर्ना भएका १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने प्रस्ताव विधेयकमा राखेको थियो । विधेयकको दफावार छलफल क्रममा ५ सय जनासम ...

आफ्नो पारिश्रमिक सबै छात्रवृत्ति दिँदै वडाध्यक्षले भने– मैले पाएको जस्तो दुख अबकाले नपाउन्

           हुम्ला जिल्लाको सर्केगार्ड गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष कर्णजंग शाहीले वडा भरिका चारवटा विद्यालयका विद्यार्थीहरुलाई आफुले पाउने पारिश्रमिकबाट विद्यालय पोशाक तथा अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् । आफुले विद्यालय अध्ययन गर्दा पाएको जस्तो दुख अबका विद्यार्थीहरुले पनि नपाउन भनेर वडाध्यक्ष शाहीले छात्रवृत्ति कोष स्थापना र पोशाक सहयोग गर्ने घोषणा गरेका हुन । वडामा रहेको चारवटा प ...

छात्रवृत्तिका लागि विद्यालयको आफ्नै अक्षयकोष

लिवाङमा रहेको बालकल्याण नमूना माविले गरिब तथा जेहेन्दार छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गरेको छ । विद्यालयलाई केही महिना अघि लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठान काठमाडौंले गरिब तथा जेहेन्दार छात्रवृत्ति अक्षयकोष स्थापनाका लागि २ लाख ५० हजारमा उपलव्ध गराएको थियो । प्रतिष्ठानले उपलव्ध गराएको रकममा विद्यालय कोषवाट ५० हजार थप गरि ३ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको विद्यालयका प्राचार्य मधुसुदन पोखरेलले जानकारी दिए । कृषि विकास वैंकमा मुद्ध ...

कसरी सफल हुने शिक्षक आयोगको परीक्षामा ? यस्ता छन् विज्ञका टिप्सहरु

                                                     शिक्षक सेवा आयोगले लामो प्रतिक्षा पछी खुलाएको स्थायी शिक्षकको प्रतिष्पर्धात्मक परीक्षामा सफल हुन विषयवस्तुको ज्ञान, समयको व्यवस्थापन, प्र ...

शिक्षा आयोगको परीक्षा दिन भदौ १५ देखि विद्यार्थीलाई छुट्टी

               नाम्खा गाउँपालिकाको महाबौद्ध मावि याल्वाङले शिक्षकहरु  आयोगको परीक्षा दिन गएपछि विद्यालय बिदा गरेको छ । शिक्षकहरु आयोग परीक्षामा जानेभएपछि कक्षा ९ र १० का विद्यार्थीलाई भदौ १५ गतेबाट लागु हुने गरी  विद्यालय व्यवस्थापन समितिले छुट्टी दिएको हो । विद्यालयमा अध्यापन गराउने शिक्षकहरु सबै शिक्षा आयोगको परीक्षाको तयारीको लागि काठमाडौं गएपछि  कक्षा आठसम्म ...

सामुदायिक विद्यालयमा विद्यार्थी बढाउने काइदा !

घर छेउकै विद्यालय नपढी आधा घण्टाको दुरी पैदलयात्रा गर्दै बोर्डिङ जाने विद्यार्थीको लावालस्कर देख्दा रोल्पा नगरपालिका २ का जीतवहादुर डाँगीलाई अनौठो लाग्थ्यो । पूर्वाधारयुक्त विद्यालय, दक्ष एवम् तालीम प्राप्त शिक्षक र शान्त वातावरण रहेको विद्यालय किन विद्यार्थीको गन्तव्य बन्न सकेन उनलाई यही विषयले घोचिरहन्थ्यो । एक दशक अघि उनले भोगेको विद्यालय र अहिले आफ्नै आँखाले देखेको विद्यालय बीचको आकाश–पाताल अन्तरको साक्षी पनि आफै भएका छन डाँगी । & ...

शिक्षक आयोगको निर्णयलाई लहडको संज्ञा, हुम्लावासी आक्रोशित

शिक्षक सेवा आयोगको आवेदन फारम भरेको जिल्लामा परीक्षा दिन नपाइने निर्णयलाई लहडको संज्ञा दिँदै हुम्लावासीहरु आक्रोशित बनेका छन् । आयोगले आगामी असोज ११, १२ र १३ गते सञ्चालन हुने शिक्षकको खुला विज्ञापन तर्फको परीक्षा आवेदन फारम भरेको जिल्लाबाट दिन नपाउने निर्णय गरेको थियो । परीक्षा दिन अन्य जिल्लामा हवाइ मार्गबाट जानुपर्नेभएपछि हुम्लाबाट परीक्षाको तयारीगरिरहेकाहरुले त्यस निर्णयको विरोध गरेका हुन् ।  न्यून आयश्रोत भएकाहरुका लागि महंगो हवाई य ...

शिक्षणमा प्रयोगात्मक विधि

ताप्लेजुङ  । फक्तालुङ गाउँपालिका ५ इखावुको सुनदेवी माध्यमिक विद्यालयका शिक्षक राजु लिम्बूले कक्षा ७ का २८ विद्यार्थीलाई चार समूहमा विभाजन गरे । उनीहरूलाई चिउरा हालेको प्लास्टिकका खोल, गिटीजस्तो डल्ला डल्ला ढुंगा, गोठे मल, पतझर र बालुवा ल्याउन अघिल्लै दिन भनिएको थियो ।विद्यार्थीले गर्नुपर्ने काम थियो ‘फूल खेती’ । सेतोपाटीमा फूल खेतीका प्रकारका विषयमा लेखेका उनले प्रत्येक विद्यार्थीलाई डेस्कको पछिल्तिर उभिन भने र आफू अगाडिको डेस्कम ...

प्रदेशको शिक्षा निर्देशनालय स्थापना

पोखरा । मातहतका कार्यालय स्थापनालाई तीव्रता दिएको गण्डकी प्रदेश सरकारले आइतबार शिक्षा विकास निर्देशनालय स्थापना गरेको छ । शिक्षा विकास तथा समन्वय इकाइको नवनिर्मित अत्याधुनिक भवनमा निर्देशनालय सञ्चालनमा ल्याइएको छ ।केन्द्र सरकारले निर्देशनालयमा तत्काललाई निर्देशक मात्रै तोकेको छ । शिक्षा हेर्ने अन्य आठ उपसचिव प्रदेशमातहत दरबन्दी राखिएको छ । उनीहरूमध्ये एक शिक्षा तालिम केन्द्र तनहुँ, तीनजना सामाजिक विकास मन्त्रालयमा र बाँकी चारजना यही निर्देशनालयम ...

हाम्रा धर्मशास्त्रमा पिताको महत्व

सन्दर्भ: बुबाको मुख हेर्ने दिन पिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः । पितरि प्रीतिमापन्ने प्रीयन्ते सर्वदेवताः ।। पितरौ यस्य तृप्यन्ति सेवया च गुणेन च । तस्य भागीरथीस्नानमहन्यहनि वर्तते ।। अर्थात् : “पिता भनेका धर्म हुन, पिता स्वर्ग हुन र पिता नै सवैभन्दा श्रेष्ठ तपस्या हुन । पिता प्रसन्न भएमा सम्पूर्ण देवता प्रसन्न हुन्छन । जुन सन्तानको सेवा र सदगुण बाट पिता सन्तुष्ट रहन्छन् त्यस सन्तानलाई प्रतिदिन गंगास्नान गरेको पुण्य प्राप्त हुन्छ । ...

यस्तो छ शिक्षा मन्त्रीको शैक्षिक गुणस्तर सुधारको योजना, कार्यान्यनका लागि कि हल्ला मात्रै

काठमाडौं । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि २२ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरको बिषयलाई लिएर चिन्ता व्यक्त भइरहँदा मन्त्री पोखरेलले पहिलोपटक सामुदायिक विद्यालयको सिकाइ सुधारमा मात्र केन्द्रित भएर कार्यक्रम सार्वजनिक गरेका हुन् । शुक्रवार मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन मार्फत उनले सुधारका नीति तथा कार्यक्रम सा ...

शिक्षा दिवसका अवसरमा आज यि विद्यालय र क्याम्पस पुरस्कृत हुँदैछन्

काठमाडौं । सरकारले ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा ५२ औं अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा आज नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजना हुने भव्य समारोहमा विभिन्न उत्कृष्ट शैक्षिक संस्थाहरुलाई पुरस्कृत गर्ने भएको छ ।सरकारले शनिवार राष्ट्रपति विद्यादेवि भण्डारीको उपस्थिति र प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा  यस बर्ष कक्षा १० तर्फ सामुदायिक विद्यालयहरु क्रमशः शितलादेवी सामुदायिक माध्यमिक विद्यालय (कास्की), त्रिपद्य विद्याश्रम माध्यम ...

सात महिना बित्दा पनि खुलेन लिमीको हिमशिखर प्रावि, वडाध्यक्ष भन्छन् -शिक्षक तलव रोक्छौं

शैक्षिक सत्र शुरु भएको सात महिना बित्नै लाग्दा समेत नाम्खा गाउँपालिकाको हिमशिखर प्रावि अझै सञ्चालन हुन सकेको छैन । विद्यालयमा शिक्षक र विद्यार्थी उपस्थित नभए पछि लामो समयसम्म विद्यालय बन्द रहेको हो । फागुन एक गतेवाट सञ्चालन हुनु पर्ने विद्यालय शिक्षकको उपस्थिती नहुँदा अझैसम्म खुल्न नसकेको स्थानीय पेमा तामाङले बताए ।  हामी सिमकोट जान नसक्ने अनि यता सरोकारवाला पक्ष नआउने भए पछि विद्यालय बन्द रहेको छ – उनले भने,  दुईजना शिक्षक दरबन् ...

साक्षरता अभियान: ३० जिल्लाका ३ लाख अझै निरक्षर

काठमाडौँ । दुई वर्षभित्र सबै निरक्षरलाई साक्षर बनाउने सरकारी घोषणा १० वर्ष बित्दा पनि पूरा हुन सकेको छैन । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार ३० जिल्लाका ३ लाख सर्वसाधारण अझै साधारण लेखपढसम्म गर्न सक्दैनन् ।१५ देखि ५९ वर्ष उमेर समूहका निरक्षरलाई दुई वर्षभित्र पढ्न र लेख्न सक्ने बनाउने उद्देश्यले २०६५ मा राष्ट्रिय साक्षरता अभियान सुरु भएको थियो । त्यसयता ४७ जिल्ला मात्र साक्षर घोषित भएका छन् । यसका लागि ७ अर्बभन्दा बढी रकम खर्च भइसकेको छ ।शिक् ...

शिक्षाको नीति तथा कार्यक्रम–‘एक विद्यालय एक बगैंचा’

काठमाडौँ  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालयहरूलाई हरित क्षेत्रमा विकास गर्ने घोषणा गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शुक्रबार सार्वजनिक गरेको २२ बुँदे नीति तथा कार्यक्रममा यो घोषणा गरिएको हो । यसअनुसार ‘एक विद्यालय एक बगैंचा’ अवधारणा अघि सारिएको छ ।सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार नीति तथा कार्यक्रममा विद्यार्थीहरूको स्वास्थ्य र व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलापमा जोड दिँदै ...

शिक्षकहरुको खुला विज्ञापनको परीक्षा केन्द्र तय(परीक्षा केन्द्रको नामावली सहित)

भक्तपुर । शिक्षक सेवा आयोगले आगामी असोज ११,१२ र १३ गते हुने खुला विज्ञापन तर्फको शिक्षक परीक्षाको परीक्षा केन्द्र तय गरेको छ । आयोगले यसपटक एउटा जिल्लामा आवेदन फारम भरेका शिक्षकहरुलाई अर्को जिल्लामा परीक्षा दिनुपर्ने व्यवस्था गरेको छ । ...

उत्कृष्ट शिक्षकहरु पुरस्कृत

उत्कृष्ट शिक्षकहरु पुरस्कृत भएका छन् । पी.पी प्रसाई प्रतिष्ठानले हरेक वर्ष झैं यसवर्ष पनि मुलुकभरबाट उत्कृष्ट शिक्षक छनोट गरी पुरस्कृत गरेको हो । म्याग्दीकी शिक्षक थममाया पुन मुलुककै उत्कृष्ट शिक्षक बनेकी छन् । प्रतिष्ठानले हरेक वर्ष मुलुकभरबाट छनोट भएका एकजना उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्दै आएकोमा यसवर्ष  पी.पी. प्रसाई राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार–२०७५ पाउद्धार मावि म्याग्दीकी शिक्षक पुनलाई प्रदान गरिएको हो । यसैगगरी, हरेक वर ...

अब व्यवहारिक रुपमै निःशुल्क शिक्षा : मन्त्री रावल

               कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले नयाँ संविधान र ऐन कानुूनले व्यवस्था गरेको निशुल्क शिक्षालाई अब व्यवहारिक  कार्यान्वयनमा लैजाने उद्घोष गरेका छन् ।हाल माध्यामिक तहसम्मको शिक्षा निःशुल्क भनिए पनि विद्यालयहरुले स्रोत अभाव जनाउदै विद्यार्थीहरुबाट बिभिन्न शिर्षकमा शुल्क असल्दै आई रहेका बेला मन्त्री रावलको यो भनाइ आएको हो । शिक ...

कालिका र विश्व निकेतन मावि फेरी पनि उत्कृष्ट

काठमाडौं । बुटवलको कालिका महाज्ञान मावि र त्रिपुरेश्वर काठमाडौंको विश्व निकेतन मावि फेरीपनि उत्कृष्ट विद्यालय घोषित भएका छन् । सरकारले यसवर्षको ३९ औं राष्ट्रिय शिक्षा दिवस एवं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा उत्कृष्ट विद्यालयहरु पुरस्कृत गर्न यि विद्यालयहरु छनोट गरेको हो । यि दुवै विदालयहरु गतवर्ष पनि उत्कृष्ट हुँदै राष्ट्रिय शिक्षा पुरसकार प्राप्त गरेका थिए । यो वर्ष कक्षाको एसइइ परीक्षामा देशभरका सामुदायिक विद्यालयहरु मध्ये उत्कृष्ट नतिजा ...

कक्षा १ मा पढ्दै ७५ वर्षीय हजुर अामा !

खोटाङ । खोटाङकी केपिलासगढी गाउँपालिका–४, बाक्सिलाकी जुरीमाया राई उमेरले आराम गर्दै घरैमा बसिरहेको हुनुपर्ने हो । तर, ७५ वर्षीया उनको दिनचर्या स्कुल धाइरहेका स–साना विद्यार्थीकाे भन्दा फरक छैन । जुरीमाया किताबकापी बोकेर नातीनातिनी उमेरका बालबालिकासँगै विद्यालय पुग्छिन् । पढेर उसैगरी घर फर्किन्छिन् । बाल्यकालमा पढ्न नपाएको धोको पूरा गर्न उनी बुढेसकालमा दिक्तेलस्थित सरस्वती माविमा गत साउन ६ गते कक्षा १ मा भर्ना भएकी हुन् । जुरीमाया ...

सिटिइभिटि प्रति शिक्षामन्त्रीको गुनासो – नाम अनुसार काम भएन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद (सिटिइभिटि) को काम प्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले सिटिइभिटिले नाम अनुसार काम नगरेको भन्दै  परिचय बदल्नेगरी काम गर्न सिटिइभिटिका सहसचिवहरुलाई निर्देशन दिएका छन् । सिटिइभिटि प्रतिको आमजनताको धारणा बदल्नेगरी काम गर्नुपर्ने बताउदैं पोखरेलले बिग्रेको छविलाई सुधार्न निर्देशन दिए । मन्त्री पोखरेलले भने– 'सिटिइभिटीका कर्मचारी ...

शिक्षक महासंघले दिउँसै बत्ती बालेर सरकार खोज्यो

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरुका मागका सन्दर्भमा सरकार हराएको भन्दै दिउँसै बत्ती बालेर सरकार खोजेको छ । शान्तिवाटिकामा उपस्थित भएका उपत्यकाका हजारौं शिक्षकहरुले दिउँसै लालटीन र मैनबत्ती बालेर सरकार खोजेका हुन् । शिक्षक महासंघको आयोजनामा बसन्तपुर दरवार क्षेत्र देखि नाराजुलुस गर्दै शान्ति वाटिकामा आएर कोणसभा गरेका शिक्षकहरुले सरकार कहाँ छ भनेर दिउँसै बत्ती बालेर खोजेका हुन् । पहिलो चरणको आन्दोलन अन्तर्गत उपत्यका तीन जिल् ...

चोर बाटोबाट निजी क्याम्पसलार्इ सम्बन्धन दिँदै त्रिवि

काठमाडौं । तत्काल कुनै पनि निजी क्याम्पसलाई सम्बन्धन नदिनु भन्ने मन्त्रिपरिषद्को निर्देशन विपरित त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ‘चोर बाटो’ समाउँदै एक सय भन्दा धेरै कलेजलाई सम्बन्धन दिएको छ। मन्त्रिपरिषद् निर्णयले नयाँ स्थापना भएको क्याम्पसलाई मात्र सम्बन्धन रोकेको तर्क गर्दै त्रिवि कार्यकारी परिषद्ले गत साता पुराना क्याम्पसलाई विषय थपको स्वीकृति दिएको हो।  उसले यो निर्णयलाई सम्बन्धन नभइ सञ्चालन भइरहेको संस्थाको स्तरोन्न ...

जनप्रतिनिधिबाट राजीनामा दिएर 'शिक्षक'

जाजरकोट । सरकारी तथा अन्य क्षेत्रको नोकरी छोडेर राजनीतिमा आएको हामीले धेरैलाई देखेका र सुनेका छौँ । तर राजनैतिक पद छोडेर जागिरमा गएको कमै सुनिन्छ ।  जाजरकोटकी एक महिलाले भने जनप्रतिनिधिको जिम्मेवारीबाट राजीनामा दिएर शिक्षकको जागिर रोजेकी छन् । जिल्ला समन्वय समितिकी सदस्य गरिमा शाहीले आफ्नो पदबाट राजीनामा दिएर शिक्षक भएकी हुन् । गत वर्ष सम्पन्न स्थानीय तहको चुनावमा वडा सदस्यमा निर्वाचित भएकी  छेडागाड–७ कि गरिमा शाही राजीनामा ...

निजी विद्यालयमाथि लगाम लगाउन सांसदहरुको माग

काठमाडौ । प्रतिनिधिसभाका सांसदहरुले नेपालमा निजीक्षेत्रका विद्यालयहरुको मानोमानी बढिरहेको भन्दै त्यसलाई  नियन्त्रणमा ल्याउन सरकारसँग माग गरेका छन् ।शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोख्रेलले संसदमा पेश गरेको अनिवार्य तथा निशुल्क शिक्षासंबन्धी विधेयक माथिको छलफलमा सहभागी सांसदले निजी विद्यालयहरुलाई संविधानले नचिने पनि विधेयक उनीहरुलाई संरक्षण गर्ने गरी आएको भन्दै आलोचना गरे।नेमकिपाका संसाद प्रेम सुवालले संविधान र कानुनमा प्र ...

शिक्षा मन्त्रालयद्वारा उपसचिवहरुको व्यापक सरुवा (नामावली सहित)

काठमाडौं । शिक्षा मन्त्रालयले उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले यही भाद्र १५ गते  विभिन्न निकायमा उपसचिवहरुको कामकाज सरुवा गरेको हो ।   हेर्नुहोस् पूर्ण विवरण   ...

शिक्षक महासंघको नेतृत्वलाई मुख समालेर बोल्न हिस्टानको चेतावनी

काठमाडौं । माध्यमिक विद्यालय शिक्षक एसोसियशन नेपाल(हिस्टान)ले नेपाल शिक्षक महासंघको मूल नेतृत्वलाई मुख समालेर बोल्न चेतावनी दिएको छ । हिस्टानले महासंघका नेतृत्वलाई शिक्षकका नेता बन्न सिक्नसमेत  आग्रह गरेको हो । हिस्टानले साविक उच्च माविमा सृजना भएको ६००० अधिकृत द्वितीय श्रेणीको अनुदान/दरबन्दी महासंघका नेताहरुको कृपाबाट प्राप्त भएको नभै सरकारसँग दशौं वर्षसम्म लगातार हिस्टानले गरेको आन्दोलनको प्रतिफल भएकोसमेत स्पष्ट पारेको छ । हिस्टानका ...

परीक्षा दिइसकेका अस्थायी शिक्षकहरुको परीक्षा रद्द नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले परीक्षा दिइसकेका अस्थायी शिक्षकहरुको  परीक्षा रद्द नगर्न अन्तरिम आदेश जारी गरेको छ ।शिक्षक सेवा आयोगले १६ साउनमा निमावि तहमा स्थायी नियुक्ति लिएका  शिक्षकहरु समेत मावि तहमा  अस्थायी शिक्षकहरु मात्रै प्रतिस्पर्धा गर्न पाउने परीक्षामा सहभागी भएका भन्दै त्यस्ता शिक्षकहरुको परीक्षा रद्द गर्ने निर्णय गरेको थियो । यस्ता शिक्षक मुलुकभर ८३ जना रहेका आयोगले जनाएको छ । आयोगले दरखास्त माग्दा २ असोज २०७२  ...

बीचमै पढाइ छाड्ने विद्यार्थी बढे

काठमाडौं । १९ वर्षीय रविन्द्र राम दिउँसोको टन्टलापुर घाममा सुन्धाराको नजिकैको पेटीमा बसेर बटुवाहरुको चुडिएको जुत्ताचप्पल सिलाउने र पालिस गर्ने गर्छन् । दिउँसभरिको कमाई जम्मा गरेर घरपरिवारको बिहान–बेलुकाको छाक टार्छन् । बाँकी रहेको रुपियाँ बिरामी बुवाको उपचारका लागि लिइएको ऋण तिर्र्न  जोगाउँछन् ।जनकपुरका रामले कक्षा ८ पढ्दापढ्दै उनको बुवाको मृत्यु भयो । त्यसपछि परिवार पाल्ने व्यक्ति उनी बने र बुवाको बिँडो सम्हाले । आमाको हेरचाह र ...

छोराछोरी नपढे, अभिभावकलाई कार्बाही

छोराछोरी विद्यालय नपढे अभिभावकलाई कार्बाही हुने भएको छ । सरकारले व्यवस्थापिका–संसदमा दर्ता गराएको निःशुल्क शिक्षासम्बन्धी विधेयकमा यस्तो व्यवस्था गरिएको हो । प्रत्येक व्यक्तिको आधारभूत मानवअधिकारलाई व्यवहारमा कार्यान्वयन गरी शिक्षामा सबैको सहज पहुँच, जीवनोपयोगी र गुणस्तरयुक्त शिक्षा सुनिश्चित गर्न सो विधेयक पेश गरिएको जनाइएको छ ।शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पेश गरेको मस्यौदा मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि संसदमा पेश गरिएको हो । संविधानको धा ...

प्रधानमन्त्री ओलीले संसदमा भने–भर्ना अभियानमा ऐतिहासिक सफलता

काठमाडौं  । भर्ना अभियानका विषयमा विभिन्न टिकाटिप्पणी भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने भर्ना अभियान सफल भएको बताएका छन् । मंगलबार व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसवर्ष भर्ना अभियान मार्फत विद्यालय बाहिर रहेका ३ लाख १३ हजार २०८ मध्ये २ लाख ५६ हजार ५५६ बालबालिकालाई विद्यालयमा  भर्ना गराउन सफल भएको स्पष्ट पारे । भर्ना भएका बालबालिकाहरुलाई कुनै हालतमा ड्रप आउट हुन नदिने प्रधानमन्त्रीले प्रतिवद्धतासमेत ...

भदौ १४ र १५ गते उपत्यकाका विद्यालय बन्द गर्न सरकारको निर्देशन

काठमाडौं ।  अस्थायी शिक्षकहरुको विद्यालय बन्द फिर्ता लिएको भोलिपल्ट सरकार आफैले दुइदिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।मंगलवार र बुधवार घोषित बन्द अस्थायी शिक्षकहरुले फिर्ता लिएका छन् । तर, सरकार आफैले आगामी  बिहीबार र शुक्रबार उपत्यकाका शिक्षण संस्था बन्द गर्ने भएको हो । विमस्टेकको चौथो शिखर सम्मेलन सुरक्षाको कारण देखाउँदै शिक्षा मन्त्रालयले आफैले भदौ १४ र १५ गते शिक्षण संस्था बन्द गर्न निर्देशन दिएको हो ।   शिक्षा मन्त्रालयक ...

अनिवार्य तथा निःशुल्क शिक्षा कठिन

काठमाडौं । अहिलेकै अवस्थामा विद्यालय तहको शिक्षालाई निःशुल्क तथा अनिवार्य बनाउने संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न चुनौतीपूर्ण देखिएको छ। शिक्षाविद्हरूले पनि पर्याप्त बजेटको अभाव तथा सरकारको अपूरो तयारीका कारण यो व्यवस्थालाई तत्काल कार्यान्वयन गर्न कठिन रहेको औंल्याएका छन् ।संविधानले आधारभूत तह (कक्षा एकदेखि आठसम्म) को शिक्षालाई पूर्ण निःशुल्क तथा अनिवार्य र माध्यामिक तह (कक्षा नौदेखि बाह्रसम्म) को शिक्षालाई निःशुल्क बनाउने उल्लेख गरेको छ।स ...

संस्कृत सिक्दै मुस्लिम बालबालिका

विराटनगर  । मोहमद सफिकुल शेक यहाँको गायत्री संस्कृत मावि आसपास हुने प्राय: सबै धार्मिक कार्यक्रममा स्वस्ती वाचन गर्न पुग्छन् । उनले स्वस्ती वाचन गर्दा कार्यक्रम आयोजकले शेक मुसलमान हुन् भन्ने भेउ नै पाउँदैनन् ।उनी संस्कृत फररर पढ्छन् । स्वस्ती वाचन गर्दा शेकलाई अरू केही मुसलमान र हिन्दु बालबालिकाले साथ दिन्छन् । विद्यालय आसपास हुने धार्मिक कार्यक्रममा स्वस्ती वाचन गर्न संस्कृत पढ्दै गरेका बालबालिका पठाइ दिन आयोजक आएर आग्रह गर्छन् ।विद्यालयका ...

लियन शिक्षकको परीक्षा रद्द गर्ने शिक्षक आयोगको निर्णय बिरुद्ध सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले लियन शिक्षकको परीक्षा रद्द गर्ने शिक्षक सेवा आयोगको निर्णय बिरुद्ध कारण देखाउ आदेश जारी गरेको छ । आयोगले साउन १६ गते परीक्षामा सहभागी लियन शिक्षकको परीक्षा रद्द गर्ने निर्णय गरेको थियो । शिक्षक सेवा आयोगले सर्वोच्च अदालतको यसअघिको परमादेश  र  नजीर बिरुद्ध निर्णय गरेको भन्दै बारा जिल्लाका लियन शिक्षक कृष्णमोहन प्रसाद सिंहले भाद्र ४ गते सर्वोच्चमा मुद्दा दायर गरेका थिए । सर्वोच्च अदालतका न्यायधीश अनिलकुमार सिन् ...

भाद्र १२ र १३ गतेको विद्यालय बन्द फिर्ता

काठमाडौं । संयुक्त अस्थायी शिक्षक केन्द्रीय संघर्ष समितिले घोषणा गरेको भाद्र १२ र १३ गतेको विद्यालय बन्द फिर्ता भएको छ । सोमवार समिति र नेपाल शिक्षक महास.घ बीचको छलफल सकारात्मक भएपछि विद्यालय बन्दको कार्यक्रम फिर्ता लिइएको समितिले जनाएको छ । समितिका अध्यक्ष हेम चौलागाईंले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पूर्व घोषित विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएको जनाएका हुन् । अस्थायी शिक्षकका मुद्दा सरकार समक्ष लग्न महासंघ सकारात्मक भएसँगै समितिले बन्द ...

पढाइ छाड्दै किशोरी

बागलुङ । घरमा आमा एक्लै । उनले मेलापात र पशु चरनको काम भ्याउन गाह्रो परेपछि सघाउनका लागि रचना घर्तीले गत जेठबाट पढ्न जान छाडिन् । ढोरपाटन ७ बोबाङस्थित ज्ञानोदय माविमा उनी ७ कक्षामा पढथिन् ।ढोरपाटन आरक्षको क्षेत्रतर्फ लेकमा चराउन पशु लिएर गएपछि महिनौं उतै बस्ने र जाडो मौसम लागेपछि गाउँ झर्ने धेरै परिवारको दैनिकी छ । यस्तै परिवार रचनाको पनि हो । चरनका लागि पशु लिएर उक्लनेहरू लेकमा आलु खेती गर्छन् । गाउँ झर्दा तल्लो भेगमा गहुँ लगाउँछन् । वर्षभरि खान ...

छोरी जोगाउनै मुस्किल

बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकास्थित मामाघर आएकी ७ वर्षीया ४ दिनअघि बलात्कारमा परिन् । जबरजस्ती करणी आरोपमा उनका मामाका साथी विकल पुन पक्राउ परेका छन् ।राति बालिका चिच्याएपछि परिवारले थाहा पाएका थिए । पक्राउ परेका पुनविरुद्ध जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता गरी अनुसन्धान चलिरहेको छ । बालिकाको उपचार भइरहेको छ । धादिङबाट मामाघर आएका बेला उनी करणीमा परेकी हुन् ।रुपन्देही, कपिवलस्तुलगायत पश्चिम तराईका जिल्लामा बालिकामाथि यस्ता अत् ...

विद्यालयको नयाँ पाठ्यक्रम स्वीकृत : अब कक्षा ११ र १२ सात विषय

काठमाडौँ । अब प्रारम्भिक बालकक्षादेखि १२ सम्म नयाँ पाठ्यक्रम लागू हुने भएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालय शिक्षाको पाठ्यक्रम संरचना २०७५ स्वीकृत गरेको हो ।परिवर्तित संरचनाअनुसार विषयगत पाठ्यपुस्तकको तयारी थालिसकिएको छ । नयाँ संरचनामा कक्षा ११ र १२ मा संकाय खारेज गरी ७ विषय लागू गरिनेछन् । यसअघि ५ वटा विषय मात्रै थिए । अब नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षासहित ४ विषय अनिवार्य हुनेछन् भने ३ वटा ऐच्छिक । ...

'भागवण्डाको राजनीतिले त्रिविलाई सिध्याउन खोजियो'

वरिष्ठलाई पन्छाएर कनिष्ठलाई प्रमुख पदमा ल्याएपछि त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागका प्राध्यापकहरु यतिखेर आन्दोलित भएका छन । वरिष्ठ प्राध्यापकहरुले भदौ ८ गते शुक्रवारदेखि विभागका कक्षा बहिष्कार शुरु गरेका छन् । त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयले  प्राडा तेजबहादुर थापालाई विभागको प्रमुखमा नियुक्ति दिएपछि वरिष्ठ प्राध्यापकहरुले असन्तुष्टि जनाउंदै शुक्रवार कक्षा बहिष्कार गरेका छन भने आइतवारदेखि थप आन्दोलनका कार्यक् ...

शिक्षक कतै शून्य, कतै बढी

काठमाडौँ  । देशका २ हजार ५ सय ५४ विद्यालयमा आधारभूत तह (कक्षा १–८) मा एक जना पनि स्थायी शिक्षक छैनन् । माध्यमिक तह (कक्षा ९–१०) पढाइ हुने ५ सय ४ विद्यालयमा शिक्षक दरबन्दी छैन । ३ हजार ५८ विद्यालयमा शिक्षक दरबन्दी शून्य छ ।कपिलवस्तुका स्थानीय तहपिच्छे प्राथमिक विद्यालयहरूमा विद्यार्थी अनुपात र शिक्षक दरबन्दीबीच ठूलो अन्तर छ । कुनै विद्यालयमा शिक्षक बढी छन् भने कुनैमा कम्ती । वाणगंगा गाउँपालिकामा २५ विद्यार्थीबराबर १ शिक्षकका दरले ...

कम ग्रेड आए चिन्ता नगर्नुस्, शिक्षक बन्न पाइन्छ !

काठमाडौं । कम ग्रेड आएकालाई शिक्षा विषय अध्ययन गर्ने मौका दिने निर्णय गलत भएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले बताएका छन् । एसइइ परीक्षामा न्यूनतम १ दशमलव ६ जिपिए ल्याउने विद्यार्थीले शिक्षा संकाय अध्ययन गर्न पाउने निर्णयको एक हस्ताक्षरकर्ता समेत रहेका पौडेलले  सवैभन्दा कम जिपिए ल्याउनेलाई शिक्षक बनाउने निर्णय गर्नु गलत भएको भनेर आफैले गरेको विगतको निर्णयको विरोध गरेका हुन् । योग्य र दक्ष शिक्षकले मात् ...

शिक्षा मन्त्रालयसँग स्थानीय तह असन्तुष्ट

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तहलाई बेवास्ता गरेको भन्दै जनप्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन् । संघीय सरकारका मन्त्रालयहरूबाटै संविधानविपरीत स्थानीय सरकारका अधिकारमा हस्तक्षेप भएको उनीहरूको गुनासो छ । जिल्ला शिक्षा कार्यालय खारेज गरेर शिक्षा, विकास तथा समन्वय इकाइलाई जिल्ला प्रशासन कार्यालय मातहत राखिएकामा अधिकांश जनप्रतिनिधिले असन्तुष्टि जनाए ।मन्त्रालयद्वारा गठित शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदलले शिक् ...

हरेक दुई किलोमिटरभित्र एक स्कूल

काठमाडौं । हरेक दुई किलोमिटरको दूरीमा सार्वजनिक विद्यालय खोल्नुपर्ने भएको छ। नागरिकको शिक्षासम्बन्धी हक सुनिश्चित गर्न यस्तो व्यवस्था गर्न लागिएको हो ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संघीय संसद्मा पेस गरेको निःशुल्क तथा आधारभूत शिक्षासम्बन्धी विधेयकमा यस्तो प्रस्ताव गरिएको छ।कक्षा आठ (आधारतभूत तह)सम्मको शिक्षा अनिवार्य तथा कक्षा १२ सम्म (माध्यमिक) तहसम्मको शिक्षा निःशुल्क गर्नुपर्ने संवैधानिक व्यवस्था कार्यान्वयन गर्न यस्त ...

छोराछोरी नपढाए २५ हजारसम्म जरिवाना !

काठमाडौं । के तपाईंले आफ्ना छोराछोरीलाई कुनै कारणले पढ्नबाट वञ्चित गर्नुभएको छ ? यदि छ भने तपाईंलाई राज्यले कसुरदार ठहर गरी जरिवाना र सजाय दिनेछ । संविधानको धारा ३१ को शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयनका लागि नेपाल सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको ‘अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ मा त्यस्तो कडाइको व्यवस्था गरिएको हो । कुनै अभिभावकले आफ्ना विद्यालय जाने उमेरका बालबालिका विद्यालयमा ...

दरबन्दी पुनर्वितरण कार्यदलको यो हविगतः बजेट अभावमा खल्ति टकटकाउँदै सदस्यहरु काम गर्न बाध्य

सरकारले विद्यालयस्तरमा शिक्षक दरबन्दी मिलान र पुनर्वितरण गर्नका लागि कार्यदल गठन गरेपनि आवश्यक बजेट व्यवस्था नगरिदिँदा कार्यदलका सदस्यहरुले आफ्नै खल्ति टकटकाउँदै खर्च गर्नु परिरहेको खुलासा भएको छ । ४५ दिनभित्र प्रतिवेदन दिनेगरी गठन भएको कार्यदलले आफ्नो निर्धारित म्याद सकिएपछि पुनः ४५ दिन थपिएको अवस्था छ ।आयोगलाई कार्यदलको बैठक बस्न, प्रदेशस्तरमा छलफल चलाएर सुझाब संकलन गर्नै आर्थिक समस्या देखिएको छ । गत असार ४ गतेको मन्त्रिपरिषद् बैठकले पूर्व सचि ...

निजी विद्यालय सामुदायिक विद्यालयमा गाभियो

महोत्तरी । मुलुकभर सामुदायिक विद्यालयहरु बन्द हुने र गाभिने क्रम बढ्दो छ । तर, महोत्तरीको बर्दिबास नगरपालिका–८ हात्तिलेट स्थित मोडेल इङ्लिस बोर्डिङ स्कूल भने सामुदायिक विद्यालयमा गाभिएको छ । स्थानीय शिशु कल्याण आधारभुत विद्यालय र मोडेल इङ्लिस बोर्डिङ स्कूल बीच समायोजन भएको हो । समायोजन भएको विद्यालयमा ६ जना सरकारी र ६ जना निजी विद्यायका शिक्षक छन् । ५ कक्षासम्म अध्ययन हुने विद्यालयमा निजीका ११४ र सरकारीका ५७ जना गरी १७१ जना विद्यार्थी अध्य ...

अंग्रेजी पढ्न सरकारी विद्यालय

विराटनगर । अंग्रेजी भाषामा कमजोर होलान् भन्ने चिन्ताले बाआमा छोराछोरीलाई महँगा विद्यालयमा हाल्छन् तर महानगर विराटनगरमा भने यसको ठीक उल्टो छ । खुला वातावरण र अंग्रेजी विषयमै तालिम प्राप्त उत्कृष्ट विषय शिक्षकका कारणले यहाँ बालबालिका र अभिभावकले सामुदायिक विद्यालय नै रोज्छन् ।उल्लेखनीय के छ भने यहाँ माध्यमिक तहका अधिकांश सरकारी विद्यालयमा अंग्रेजी र अन्य मुख्य विषय पढाउने शिक्षकमा स्नातकभन्दा स्नातकोत्तर उत्तीर्ण बढी छन् । दलको झन्डा बोकेर गर ...

अन्ततः शिक्षाका उपसचिवहरुको व्यवस्थापनको टुंगो लाग्यो

काठमाडौं । शिक्षा सेवाका कर्मचारीहरुको भद्रगोल अब केही दिनमै अन्त्य हुने भएको छ । लामो समयदेखि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा थन्काइएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका सयौं उपसचिवले अब जिम्मेवारी पाउने भएका हुन् । शिक्षा मन्त्रालयले शिक्षा विभाग, शैक्षिक जनशक्ति विकास केन्द्र र अनौपचारिक शिक्षा केन्द्र गरी तीन निकाय खारेज गरी एउटै शिक्षा तथा मानव स्रोत विकास केन्द्र बनाएपनि कर्मचारी व्यवस्थापन नहुँदा भद्रगोल भएको थियो । पहिले ...

ग्रेडिङले खस्कियो एसइई गुणस्तर : लिखितमा ५ अंक ल्याए पनि स्तरवृद्धि

काठमाडौं । बर्दियास्थित गुराँस माविका एक छात्राले २०७४ को एसइर्ई परीक्षामा सबै विषयको सैद्धान्तिक (लिखित) तर्फ न्यून ग्रेड प्राप्त गरे पनि उनले तिनै विषयमा प्राक्टिकलतर्फ ए प्लस पाएकी छन् ।उनको ग्रेडसिटमा सैद्धान्तिकतर्फ अंग्रेजीमा डी प्लस, नेपालीमा सी, गणितमा ई, विज्ञानमा ई, सामाजिकमा डी प्लस, स्वास्थ्य जनसंख्या तथा वातावरणमा डि प्लस छ । तर ती सबै विषयका प्राक्टिकलमा उनले ए प्लस ल्याएकी छन् । यस्तै उनले ऐच्छिक अर्थशास्त्रमा सैद्धान्तिकतर्फ ...

२५ मातृ भाषाका पाठ्यपुस्तक तयार

भक्तपुर । मातृभाषामा शिक्षा पाउने अधिकारलाई सुनिश्चत गर्न पाठ्यक्रम विकास केन्द्रले २५ मातृ भाषामा विभिन्न कक्षाका पाठ्य सामग्री विकास गरी पाठ्यपुस्तक तयार पारेको छ।पाठ्यक्रम विकास केन्द्रले ४८ औं वार्षिकोत्सवमा केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले जनाए अनुसार मातृभाषामा पठनपाठन गराए नानीहरुको सिकाइ उपलब्धि वृद्धि हुने मान्यतामा आधारित भएर केन्द्रले यस वर्ष कक्षा १ देखि ५ सम्म मैथिली, भोजपुरी, अवधि, तामाङ, लिम्बु, बान्तवा राई, चाम्लि ...

निजीलाई पोस्न शिक्षा विधेयकको मस्यौदा हेरफेर

काठमाडौँ । सरकारले अनिवार्य तथा नि:शुल्क शिक्षा विधेयकको मस्यौदा फेरेर निजी विद्यालयलाई फाइदा पुग्ने गरी संसद्मा दर्ता गरेको छ । कानुन आयोगले तयार गरेको मस्यौदामा निजी विद्यालयले २५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था गरिएकोमा सरकारले १० प्रतिशतमा झारेको हो ।शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मंगलबार पेस गरेको मस्यौदा मन्त्रिपरिषद्ले आइतबार स्वीकृत गरेको थियो । विधेयकबाट निजी विद्यालयलाई भार पर्ने प्राय: सबै प्रावधान हटाइएको छ ।आयोगले चैत ...

परीक्षाहलमै विद्यार्थी बेहोस, परीक्षा प्रभावित

पश्चिम सुर्खेतको एक विद्यालयमा छात्राहरु परीक्षा दिइरहेको बेला बेहोस भएका छन् । पञ्चपुरी नगरपालिका वडा न ५ बाबियाचौरमा रहेको  विद्याज्योति माध्यमिक विद्यालयका छात्राहरुमा यस्तो समस्या देखापरेपछि परीक्षा प्रभावित भएको हो । बेहोस हुनेमा प्रायः कक्षा ६ देखि १० सम्मका छात्राहरु रहेको विद्यालयले जनाएको छ । दैनिक ६ देखि ७ जना बिरामी पर्ने गरेको छात्राहरुमा बेहोस हुने ,कराउने, मुखबाट फिँज निकाल्ने ,काँप्ने जस्ता लक्षणहरु देखा पर्ने गरेका छन । समास् ...

अस्थायी शिक्षक परीक्षाको उत्तरपुस्तिका परिक्षण शुरु, दशैं अगाडी नै नतिजा प्रकाशन गर्ने तयारी

भक्तपुर । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको आन्तरिक परीक्षाको उत्तरपुस्तिका परिक्षण शुरु गरेको छ । आयोगले पहिलो चरण अन्तर्गत प्राथमिक तहको उत्तरपुस्तिका शुरु गरेको हो । गत असारमा भएको परीक्षाको उत्तरपुस्तिका गएको हप्तादेखि परिक्षण शुरु भएको हो । उत्तरपुस्तिका केन्द्रमा आएपछि आयोगले नतिजा प्रकाशनको पहिलो चरण अन्तर्गत उत्तरपुस्तिका रुजुगर्ने काम गरेको थियो । त्यसपछि परीक्षार्थीको सिम्बोल नम्बरको सट्टा उत्तरपुस्तिकामा दुईपटक कोडिङ गर्नेकाम भएको थ ...

आकाश गर्जदा पनि विद्यार्थीको सातो जान्छ

आकाश गर्जदा र मानिसहरु थोरै दौडदा पनि विद्यार्थीको सातो जान्छ । किनभने ठूलो हावा लाग्दा समेत विद्यालयको भवन हल्लिने गर्छ । जसले गर्दा विद्यार्थीहरु डराइ-डराइ पढ्न बाध्य छन् । सदरमुकाम सिमकोटबाट दुई घण्टा पैदलको रलिङ्ग माध्यामिक विद्यालयका विद्यार्थीहरु आकाश कालो हुनसाथ डराउने गर्छन  । सामान्य घटनामा पनि  भवनै हल्लिने भएपनि अन्य विकल्प नहुँदा सोही भवनमा पढ्न बाध्य भएको कक्षा १० का छात्र धनञ्जय बोहरा बताउँछन् ।  'धन्न हालसम्म केही भए ...

अक्षर चिन्दै आमा

कालिकोट । धौलागोह ३, लार्फकी ४२ वर्षीया जनकला विश्वकर्मा आफ्नो र छोराछोरीको नाम लेख्न र पढ्न सक्ने भएको डेढ वर्ष पुग्यो । जनकला अक्षर चिन्न र लेख्न सक्ने भएपछि समाजकी अगुवा भएकी छन् । साक्षरता कक्षाले उनलाई आत्मविश्वासी मात्र बनाएको छैन, आत्मनिर्भर पनि बनाएको छ ।साक्षरता कक्षापछि सामान्य हिसाब गर्न र पैसा चिन्न सक्ने भएकी उनले लालीगुराँस सबल समूहबाट १० हजार रुपैयाँ ऋण लिएर गाउँमै खुद्रा पसल पनि राखेकी छन् । ६ छोराछोरीकी आमा जनकलाका २ छोरा ज ...

पढ्ने धोकोले बनायो शिक्षक

बागलुङ । अल्पसंख्यक कुमाल परिवारमा जन्म । घरको आर्थिक अवस्था कमजोर थियो । बाबुआमाले खर्च गरेर पढाउन सक्ने स्थिति थिएन । त्यसैले बाबु कृष्णबहादुर राना र आमा रेवतीले छोरी धनमायालाई पढाउन सकेका थिएनन् ।बडिगाढ २ खरबाङका रानाका ६ वटी छोरी थिए । ठूलो परिवार भएकाले ज्याला मजदुरी गरेको कमाइ दुई छाक खानमै ठिक्क हुन्थ्यो । ठूली कान्छी छोरी धनमाया रानालाई भने पढ्ने चाहना थियो । उनले पढ्ने निधो गरेपछि बाबुआमाले हटियास्थित आफन्तको घरमा पठाएर पढ्ने वाताव ...

राहदानी बनाउने आधा विद्यार्थी

बिर्तामोड । झापामा वैदेशिक रोजगारीका लागि राहदानी बनाउनेको संख्यामा कमी आएको छ । तर, विदेश अध्ययनका लागि जाने भन्दै राहदानी बनाउनेको संख्या भने बढेको छ ।पढ्नका लागि युरोप, अस्ट्रेलिया र अमेरिका जाने भन्दै राहदानी बनाउनेको संख्या बढ्न थालेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राहदानी फाँटका प्रशासकीय अधिकृत दीननाथ लम्सालका अनुसार गत आर्थिक वर्ष राहदानी बनाउनेको संख्या तुलनात्मक रूपमा कमी भए पनि अध्ययनमा जाने भन्नेको संख्या भने उच्च रह्यो । गत आव ...

फेरि पनि सुध्रिएन ‘ग्रेडिङ’

काठमाडौं  । विद्यार्थी, अभिभावक र शिक्षाकर्मीलाई समेत अलमलमा पारेको एसईई परीक्षाको नतिजा अक्षरांकन पद्धति (ग्रेडिङ) मा सरकारको अपरिपक्वता फेरि देखिएको छ। ग्रेडिङलाई आफूखुसी व्याख्या गर्ने सरकारी निकायकै कमजोरीले बारम्बार परिवर्तन भइरहेको यो पद्धतिमा फेरि परिवर्तन भएको छ ।परिवर्तित व्यवस्थाअनुसार कक्षा ११ र १२ को परीक्षामा डी र ई ग्रेड ल्याएका विद्यार्थीले पनि ग्रेडवृद्धि (मौका) परीक्षामा सहभागी हुन पाउने भएका छन्। ग्रेडिङ पद्धति कार्यान्वयन ...

विद्यालय कर्मचारीद्वारा विद्यालय बन्दको घोषणा

कपिलवस्तु । सामुदायिक विद्यालयमा कार्यरत कार्यालय सहायक र कार्यालय सहयोगीको संगठन “नेपाल विद्यालय कर्मचारी परिषद्” यतिबेला आन्दोलित बनेको छ ।  विभिन्न १० बुँदे मागसहित विगत साउन १५ गतेदेखि कर्मचारी परिषद् देशव्यापी चरणबद्ध आन्दोलनमा उत्रिएको हो । आन्दोलनका चरण अन्तर्गत साउन ३१ गते देशभरका ७५३ स्थानीय निकायमा ध्यानाकर्षण पत्र बुझाएका छन् । सोही अनुसार नेपाल विद्यालय कर्मचारी परिषद्ले कपिलवस्तुका १० वटै स्थानीय निकायमा ध्यानाक ...

डी र ई ल्याउनेले ग्रेड वृद्धि परीक्षा दिन पाउने

काठमाडौँ  । कक्षा १२ मा एउटा विषयमा डी र ई ग्रेड ल्याउने विद्यार्थीले पनि ग्रेड वृद्धि परीक्षा दिने पाउने भएका छन् । यसअघि राष्ट्रिय परीक्षा बोर्डले एउटा विषयमा कम्तीमा डी प्लस ल्याउनेले मात्र ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था गरेको थियो । अधिकांश विश्वविद्यालयले कक्षा १२ मा डी प्लस ल्याएका विद्यार्थी स्नातक तहमा भर्ना हुन पाउने मापदण्ड तोकेपछि बोर्डले डी र ई ग्रेड ल्याउनेलाई पनि मौका परीक्षा दिने बाटो खुल्ला गरेको हो । यसका लागि पाठ् ...

गाभिएका शैक्षिक निकाय सुन्निएर मोटाएझैं

शिक्षा विभाग, शैक्षिक जनशक्ति विकास केन्द्र र अनौपचारिक शिक्षा केन्द्रलाई गाभेर शिक्षा तथा मानव स्रोत विकास केन्द्र बनाइएपछि साविक तीन निकायमा कार्यरत कर्मचारी व्यवस्थापनमा समस्या देखिएको छ । विगतमा स्वतन्त्रपूर्वक काम गर्दै आएका शिक्षाका तीन ठूला निकायका कर्मचारीहरु एउटै केन्द्रमा जम्मा हुँदा एकै शाखामा दर्जनौं उपसचिव खाँदिनु परेको छ ।   रोशन क्षेत्री गाउँले/काठमाडौं तीनवटा शिक्षाका ठूला निकायहरु गाभेर शिक्षा तथा मानव स्रोत विकास केन्द्र बन ...

शिक्षक परीक्षा केन्द्र परिवर्तनको मुद्दा संसदमा, सांसदद्वारा संसद र आयोगको ध्यानाकर्षण

 हिमाली जिल्ला हुम्ला र डोल्पाको लागि जिल्लामा नै  शिक्षक आयोगको परीक्षा केन्द्र तोक्नुपर्ने मुद्दा संसदमा उठाइएको छ । सांसद रैगमति शाहीले आज यस विषयमा संसदको ध्यानाकषर्ण गराएकी हुन् ।  हालसम्म सडक यातायात नजोडिएका यी जिल्लाहरुवाट अन्यन्त्र परीक्षा केन्द्रमा आउन महंगो हवाई भाडा र टिकट समस्या हुने भएका हुँदा जिल्लामा नै परीक्षा केन्द्र तोक्न सांसद शाहीले संसद मार्फत शिक्षक सेवा आयोगको ध्यानाकर्षण गराएकी हुन  ।परीक्षालाई मर्यादि ...

स्कुल बस दुर्घटनामा २८ घाइते

पाल्पा । बगनासकाकाली गाउँपालिका–१ चिर्तुङधारा पिप्लेमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । तानसेन नगरपालिका–९ दमकडास्थित रिभरभ्याली बोर्डिङ स्कुलको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र २५ जनाको अवस्था सामान्य रहेको छ । उनीहरु उपचारपछि घर फर्किसकेका छन् ।चिर्तुङ्धारा माडी क्षेत्रबाट तानसेन दमकडा स्कुल जाँदै गर्दा लु १ क १५५८ नम्बरको बस पिप्लेको उकालोमा ...

निर्वाध चले सुर्खेतका विद्यालय

सुर्खेत । आफ्ना नेता पक्राउको विरोधमा विप्लव नेतृत्वको नेकपा माओवादीले मंगलबार देशभर बन्दको आव्हान गर्याे। अरु क्षेत्रमा बन्दको प्रभाव देखिएपनि सुर्खेतका सामुदायिक विद्यालयमा भने त्यसको प्रभाव देखिएन्। यहाँका अधिकांश सामुदायिक विद्यालय निर्वाध रुपमा सञ्चालन भए ।‘अहिलेसम्म कुनै पनि राजनीतिक दलहरूले आव्हान गर्ने बन्दमा हामीले सहभागिता जनाएका छैनौं’ श्रीकृष्ण संस्कृत तथा साधारण माविका प्रधानाध्यापक यामलाल घिमिरेले भने, ‘बन्दम ...

विद्यालयको पानी ट्यांकीमा विष, २६ विद्यार्थी बिरामी, चार गम्भीर

विराटनगर । विष मिसिएको पानी पिउँदा मोरङको लेटाङ–९ जाँते  स्थित  श्री माध्यामिक विद्यालयका २६ जना विद्यार्थी बिरामी परेका छन्।  बिरामीमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । गम्भीर बिरामी भएका ४ जना विद्यार्थीको विराटनगर स्थित नोवेल मेडिकल कलेजमा उपचार भइरहेको छ।  अन्य विद्यार्थीको उर्लाबारी स्थित मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्या ...

नवनिर्मित भूकम्प प्रतिरोधी विद्यालय भवन हस्तान्तरण

     नव निर्मित भूकम्प प्रतिरोधी विद्यालय भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । स्थानीय सीप र श्रोतलाई प्रयोग गरेर  भवन सिमकोट गाउँपालिका वडा नम्बर ४ को बालविकास प्रावि हिल्दुमको लागि निर्माण भएर हस्तान्तरण भएको हो ।    भवन निर्माण भएसँगै भूकम्प प्रतिरोधी भवनमा कक्षा सञ्चालन गर्न पाउँदा भूकम्पबाट सुरक्षित भएको महशुस भएको विद्यालयका प्रधानाध्यापक जयदेवी शाहीले बताइन् ।  हाल कक्षा सञ्चालन भइ रहेका भवनहरु भूकम ...

प्रदेश सरकारले व्यवसायिक तथा प्राविधिक शिक्षालाई प्राथमिकता दिने

कर्णालीमा प्रदेश सरकारले व्यवसायिक तथा प्राविधिक शिक्षालाई प्राथमिकता दिने भएको छ ।विगतको शिक्षा नीतिले बेरोजगार उत्पादन गर्ने थलोको रुपमा शिक्षण संस्थालाई स्थापित गरेको भन्दै सरकारले अब स्वरोजगार बनाउने खालको नीति बनाउने जनाएको हो ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री दल रावलले यस्तो बताएका हुन् । प्रादेशिक रुपमा प्राविधिक तथा व्यावसायिक शिक्षा नीति कस्तो बनाउने भन्ने विषयमा गरिएको अन ...

निजी लगानी बिना सरकार एक्लैले शिक्षा धान्न सक्दैन– मन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले निजी लगानी बिना सरकार एक्लैले शिक्षा धान्न नसक्ने बताएका छन् । सरकार एक्लैले शिक्षा धान्न नसक्ने सवैको योगदान आवश्यक रहेको भन्दै उनले निजी विद्यालय सञ्चालकहरुलाई गैर नाफा मूलक ढंगमा शिक्षामा काम गर्न आग्रह गरे । ‘निजी विद्यालय सञ्चालकहरुलाई नाफा नलिइ शिक्षामा योगदान गर्न आग्रह गर्न चाहन्छु ।’ मन्त्री पोखरेलले भने । सामाजिक न्यायमा आधारित समृद्ध मुलुक निर्माणका लागि शिक ...

प्रदेश ३– शिक्षक विद्यार्थी अनुपात असमान

काठमाडौं ।  ३ नम्बर प्रदेशमा शिक्षक–विद्यार्थी अनुपात असमान रहेको पाइएको छ। शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदलले प्रस्तुत गरेको तथ्यांकमा शिक्षक विद्यार्थीे अनुपात असमान रहेको देखिएको हो।प्रदेश ३ का १३ जिल्लाका शिक्षा विकास तथा समन्वय एकाईं प्रमुखहरूले संक्रमणकालीन व्यवस्थाका कारण शिक्षक नियुक्ति, दरबन्दी मिलान, सरुवालगायत काम गर्न केही कठिनाइ भएको बताए ।मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयले हेटौंडामा गरेको वार्षिक प्रगति समी ...

बालक्लवद्वारा चित्रकला प्रतियोगिता

खार्पुनाथ गाउँपालिकामा रहेको  मान्धारा माविको हरियाली बालक्लवले प्राविस्तरीय चित्रकला तथा हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरेको छ । विद्यार्थीहरु माझ अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरेमा उनीहरुमा रहेको प्रतिभा बाहिर ल्याउन क्लवले सो प्रतियोगिता आयोजना गरेको हो । गाँउपालिकाको पाँच नम्बर वडाका चार वटा प्राविहरुको सहभागिता रहेको चित्रकला प्रतियोगितामा मान्धारा माविका नितेश शाही र हिल्सा नौधारा आधारभूतका सन्देश ऐडी प्रथम, बागेश्वरी आधारभूतका सि ...

अब थप ९५ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा

काठमाडौं  । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्(सिटिइभिटि)ले थप ९५ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा पठन पाठनको स्विकृति प्रदान गरेको छ । योसँगै अब ३ सय १२ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको पठन पाठन हुने भएको छ । यस अघि सिटिइभिटिले २ सय १७ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा पठन पाठनका लागि सम्बन्धन दिइसकेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा सोमबार बसेको परिषद् बैठक ...

गाउँले र घिमिरेले पाए यसवर्षको 'शिक्षा पत्रकारिता पुरस्कार'

काठमाडौं । शिक्षा पत्रकारद्वय रोशन क्षेत्री गाउँले र विनोद घिमिरेलाई यस वर्षको राष्ट्रिय शिक्षा पत्रकाररिता पुरस्कार प्रदान गरिएको छ । आजको शिक्षा साप्ताहिकका गाउँले र काठमाडौं पोष्टका घिमिरेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले दश हजार राशीको सो पुरस्कार प्रदान गरेका हुन् । शिक्षालयले हरेक वर्ष प्रदान गर्दै आएको वाइवाइ शिक्षा पुरस्कार अन्तर्गत १३ विधामा १६ वटा पुरस्कार प्रदान गरिएको थियो । जसमा स्कुल अफ दिन एयर पुरस्कार साम ...

विज्ञताको ‘अदृश्य दृश्यहरु’ सार्वजनिक

काठमाडौं । बाल साहित्यकार विज्ञता कार्कीको ‘अदृश्य दृश्यहरु’ निबन्ध संग्रह सार्वजनिक भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यही २६ साउनमा प्रज्ञा प्रतिष्ठानमा आयोजित भव्य समारोहबीच पुस्तक सार्वजनिक गर्नुभएको हो । एम्बिसन एकेडेमी पुरानो बानेश्वरमा कक्षा ११ मा अध्ययनरत कार्कीले १७ वर्षकै उमेरमा निबन्ध संग्रह सार्वजनिक गर्नुभएको हो । साहित्यिक परिवार नेपालकी संस्थापक अध्यक्षसमेत रहनुभएकी कार्कीको यसअघि चित्रभित्र लुकेका शब्द (२ ...

हिमज्योती माविमा पशु विज्ञान कार्यक्रम लागु

               जिल्लाकै पुरानो माध्यमिक विद्यालय हिमज्योती माविले यस शैक्षिक सत्रबाट पशु विज्ञानतर्फ १८ महिने भेटेरनरी  जेटिएको कार्यक्रम शुरु गरेको छ ।सिटिभिइटि अन्र्तगत उक्त कार्यक्रम विद्यालयले शुरु गरेको हो । हाल विद्यालयले भर्ना र शिक्षक भर्नाका कार्य अगाडी बढि रहेको र आगामी भदौबाट पठन पाठन सुरु हुने जनाएको छ । यसको लागि भौतिक पूर्वाधार निर्माण र जनशक्ति व्यवस्था ...

एलएलबी प्रथम वर्षको भर्ना खुल्यो, कोटा प्रणाली लागू नहुने

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको कानून संकायअन्तर्गत स्नातक प्रथम वर्षमा (एलएलबी) नयाँ विद्यार्थी भर्नाका लागि कोटा प्रणाली लागू नहुने भएको छ। त्रिवि कानून संकाय डिनको कार्यालय र विद्यार्थी संगठनबीच प्रवेश परीक्षामा सामेल भएका सबै विद्यार्थीलाई भर्ना गर्ने सहमति भएपछि कोटा प्रणाली लागू नगरिने भएको नेपाल ल क्याम्पसका प्रमुख डा दीनानाथ पराजुलीले जानकारी गराए। उनका अनुसार डिन कार्यालयले सबै क्याम्पसलाई बुधबारदेखि भदौ २५ गतेसम्मका लागि भर्न ...

शिक्षामा २९५ उपसचिव कामविहीन

काठमाडौँ  । शिक्षा मन्त्रालयमा स्थायी र अस्थायी गरेर १ सय ९२ उपसचिवको दरबन्दी छ । तर मन्त्रालयअन्तर्गतका केन्द्रीय निकायमा छन् ४ सय ८७ जना । दरबन्दीभन्दा बढी रहेका २ सय ९५ उपसचिव भने शिक्षा तथा मानव स्रोत विकास केन्द्र र मन्त्रालयमा हाजिर गरेर घर फर्कन गरेका छन् । स्थानीय तहमा शिक्षाका कर्मचारी नहुँदा कामकाज प्रभावित भइरहेका बेला शिक्षाका केन्द्रीय निकायमा यी उपसचिव महिनौंदेखि कामविहीन छन् । दरबन्दीभन्दा बढी रहेका उपसचिवको व्यवस्थापन गर्ने ...

शिक्षा आयोगको तेस्रो बैठक, विषयगत समूह र त्यसको जिम्मेवारी निर्धारण

काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको तेस्रो बैठक सम्पन्न भएको छ ।आइतवार बसेको आयोगको तेस्रो बैठकले विभिन्न आठ वटा विषयगत समूह निर्धारण गरी सदस्यहरुको जिम्मेवारी तोकेको छ ।चारमहिना भित्र समाजवाद उन्मुख शिक्षाको प्रणालीको खाका सहितको प्रतिवेदन तयार पार्ने जिम्मा पाएको आयोगले संघीय शासन प्रणालीमा शिक्षाको दूरदृष्टि, उद्देश्यहरू., शिक्षाको निर्देशक सिद्धान्त र संघीय संरचना अनुसार तहगत भूमिकाका सम्बन्धमा आयोगमा छलफल अगाडि बढाउँदै अवधारण पत्र ...

वृहत बामपन्थी शिक्षक एकता अभियान शुरु, एकीकृत अखिल र राष्ट्रिय शिक्षक संगठन एक हुँदै

काठमाडौं । दुई ठूला कम्युनिष्ट पार्टीहरु एक भएसँगै वृहत बामपन्थी शिक्षक एकता अभियान पनि शुरु भएको छ । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएसँगै ती दुईदल निकट शिक्षक संगठनहरुले पनि ऐतिहासिक एकता अभियान शुरु गरेका हुन् । तत्कालीन नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन र नेकपा माओवादी केन्द्रको भातृसंगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनबीच एकता अभियान शुरु भएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठन ...

इसिडिमा कार्यरत शिक्षक या सहयोगी कार्यकर्ता !

काठमाडौं – प्रारम्भिक बाल विकास केन्द्र(इसिडि)मा कार्यरत शिक्षकहरुले आफूहरुले कानूनी पहिचान र सुविधा पाउनुपर्ने माग गरेका छन् । शिक्षा ऐनको आठौं संशोधनले इसिडिलाई विद्यालयतहमा गाभेपनि त्यसमा कार्यरत शिक्षकहरु भने मासिक ६ हजार न्यून तलवमा काम गर्न बाध्य रहँदै आएका छन् । त्यस्तै, विद्यालय तहमा गाभिएपनि उनीहरुलाई शिक्षक नभनेर सहयोगी कार्यकर्ता मात्रै भनिँदै आएको छ । सरकारले विद्यालय तह मानेपछि त्यसमा कार्यरत आफूहरुलाई शिक्षक भनिनुपर्ने र अन्य ...

७ हजार विद्यालय, शौचालय शून्य

काठमाडौँ  । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको शिक्षा हेर्ने केन्द्रीय आयोजना कार्यान्वयन इकाइले भूकम्पबाट क्षतिग्रस्त देशभरका ८ हजारमध्ये ३१ जिल्लाका ७ हजार विद्यालय पुनर्निर्माण गरिरहेको छ । इकाइले विद्यालय व्यवस्थापन समितिमार्फत ४, ६ र ८ कोठे भवन निर्माण गरिरहेको हो । तर, ती कुनैमा पनि शौचालय छैन ।ती भवनको डिजाइन इस्टमेटमा शौचालय निर्माण समेटिएकै छैन । भवनसँगै विद्यालयले आफैं चर्पी निर्माण गर्न खोज्दा पनि इकाइले डिजाइन इस्टमेटभन्दा दायाँ ...

उच्चस्तरीय शिक्षा आयोगको दोस्रो बैठक सम्पन्न, के–के भयो निर्णय

प्रारम्भिक बालविकास देखि विश्वविद्यालयसम्मको शिक्षाको मार्गचित्र तयार गर्न गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको बिहीबार दोस्रो बैठक बसेको छ । आयोगका अध्यक्षसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले चार महिनाभित्र विषयगत समूहका आधारमा छलफल गरी आफ्नो प्रतिवेदन तयार गर्न जिम्मेवारी बाँडफाँड गरेको छ । बैठक सञ्चालनका क्रममा अध्यक्ष पोखरेलले गत साउन १६ गते बसेको आयोगको पहिलो बैठकका निर्णयहरु प्रस्तु ...

‘लौन लेख्दिनुपर्यो ! एककप चियासमेत खान पाएनौँ !’

भक्तपुर । ‘लौन तपाईहरुले केही लेखिदिनुप¥यो ! चियासमेत खान पाएनौँ !! साउनको तलब कसरी खाने हो समस्यै छ । चेकमा कस्ले हस्ताक्षर गर्ने पत्तो छैन ।’यो अनुनय विनय हो शिक्षा तथा मानव स्रोत विकास केन्द्रका कर्मचारीको । बजेटको व्यवस्था नहुदा आफूहरूले सबै अधिकार गुमाएको महसुस गर्नुपरेको उनीहरूको गुनासो छ । ‘एक चियासमेत खान पाएका छैनौँ अन्य भैपरी आउने आर्थिक समस्या कसरी टार्ने हो ?’–एकजना कर्मचारीले निन्यारो मुख लगाएर भने ...

अब बलात्कारीलाई आजीवन कारावास

सरकारले बलात्कारीलाई आजीवन कारावास हुने गरी विद्यमान कानूनमा संसोधन गर्ने तयारी गरेको छ । बलात्कारीलाई आजीवन कारावास हुने गरी कानून संशोधनको प्रस्ताव मन्त्रि परिषदमा पुुगी छलफलमा रहेको छ । समाजमा महिला र बालिका माथि बलात्कारको घटना बढ्दो रुपमा देखिएपछि बलात्कारीलाई आजीवन कारावासको सजांयको व्यवस्था सहित कानून संसोधन गरिन लागिएको महिला, बालबालिका तथा समाजक कल्याण मन्त्री थममाया थापा मगरले जानकारी दिनुभयो ।प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक ...

शिक्षक आयोगको निर्णयको चौतर्फी विरोध, परीक्षा नै बहिस्कार गर्ने चेतावनी

परीक्षालाई मर्यादित र निष्पक्ष बनाउने वहानामा शिक्षक सेवा आयोगले बेग्लै जिल्लामा परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि हुम्ला जिल्लाबाट परीक्षाको तयारी गरिरहेकाहरुले  बिरोध जनाएका छन् । उनीहरुले आयोगले निर्णय नसच्चाए परीक्षा नै बहिस्कार गर्ने चेतावनीदिएका छन् ।आयोगले हुम्ला जिल्लाको परीक्षा केन्द्र बाँके जिल्लाको नेपालगंजमा सार्ने निर्णय गरेको छ ।  सडक सञ्जालले नजोडिएको जिल्लाबाट परीक्षा दिन जिल्ला बाहिर यात्रा गर्नु निकै खर्चिलो र&n ...

गोठमै पठनपाठन

रुकुमपूर्व । यहाँस्थित एक विद्यालयमा भर्ना भएका छात्रछात्रा गोठमा पढ्दै आएका छन् । भवन अभावमा पुथाउत्तरगंगा गाउँपालिका ५ उज्र्याङको बालकल्याण आधारभूत विद्यालयका बालबालिका गोठमा पढ्ने गरेका हुन् ।बालशिक्षादेखि कक्षा ५ सम्म पठनपाठन हुने विद्यालयका १, २ र ३ कक्षाका विद्यार्थी झरी होस् या टन्टलापुर घाम, गोठमा पढ्छन् । भवन अपुग भएपछि उनीहरूको कक्षा गोठमा सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।स्थानीयको पहलमा २०६५ सालमा विद्यालय स्थापना भएको थियो । ५ कक्ष ...

४२ हजार युवालाई स्वरोजगार तालिम

काठमाडौं । सरकारले सात प्रदेशका ४२ हजार युवालाई छोटो अवधीको शिप विकास तालिम दिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा व्यावसायीक शिक्षा तथा तालिम परिषद (सिटिइभीटी)ले उक्त तालिम संचालन गर्न लागेको हो ।छोटो अवधीको तालिममा सातै प्रदेशमा ६–६ हजार युवालाई सहभागी गराइने भएको छ तालिम संचालन गर्न मन्त्रालयले सिटिइभीटीलाई ७५ करोड रुपिया उपलब्ध गराएको छ । तालिम असोज महिनाबाट संचालन हुने भएको छ । तालिम ३ महिनासम्म संचालन हुने सिटि ...

खुम्चियो शिक्षाको संरचना

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको केन्द्रीय निकायदेखि प्रदेश हुँदै जिल्लासम्मको संरचना घटाएर सानो आकारको बनाइएको छ । स्वीकृत संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम सर्भे) अनुसार हाल कार्यरत दरबन्दीमध्ये करिब आधा कटौती हुने भएको छ ।शिक्षा मन्त्रालयका उपसचिव दीपक कोइरालाका अनुसार कटौती भएको दरबन्दी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मा लगाइनेछ । साबिकको शिक्षा मन्त्रालयमातहत देशभर २ हजार ६ सय ६९ कर्मचारी थिए । अ ...

शिक्षा विकास तथा समन्वय इकाईले आफ्नो भुमिका नबुझ्दा

  स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय सरकारहरुले नेपालको संविधान र कानूनसँग नबाझिने गरि स्थानीय परिवेश सुहाउने नियम, कानून र कार्यविधि बनाउन सक्ने प्रावधान छ । यसै प्रावधानलाई मध्यनजर राखि हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाले शिक्षा कार्य विधि २०७५ तयार गरेर राजपत्रमा प्रकाशन गरि कार्यान्वयनमा ल्याइसकेको छ । तर, आफ्ना २२ वटा कामको स्पष्ट निर्देशन सहितको भुमिका पाएको शिक्षा विकास तथा समन्वय इकाईले स्थानीय सरकारले ल्याएका कार्य विधि विर ...

६० वर्षको उमेरमा एसइइ पूरक परीक्षा !

६० वर्षका खडानन्द न्यौपानेले बुधवारबाट सञ्चालन भएको यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइइ)को पूरक परीक्षामा सहभागिता जनाएका छन् । न्यौपानेले हुम्ला जिल्लाबाट परीक्षामा सहभागिता जनाएका हुन् । गत चैत्र महिनामा सञ्चालन भएको एसइइ परीक्षामा अंग्रेजी बिषयमा ई ग्रेड आएपछि त्यसलाई वृद्धि गर्न हुुम्ला जिल्ला कै बृद्ध परीक्षार्थी न्यौपानेले पूरक परीक्षामा सहभागिता जनाएका हुन् । बुधवार बिहानबाट जिल्लास्थित बालमन्दिर माविमा सञ्चालन भएको एसइइ पूरक परीक्षाम ...

परीक्षा बोर्ड असफल पार्ने खेलमा शिक्षा मन्त्रालय

    खारेजीमा परेको परीक्षा नियन्त्रण कार्यालय समानन्तर रुपमा सञ्चालन एसइइ परीक्षाको जिम्मा चार निकायलाई पनिकाले बोर्डको निर्देशन नमान्दा परीक्षा तयारीमा समस्या जिम्मेवारी एउटालाई बजेट र कार्यक्रम अर्कैलाई   कक्षा १० को एसइइ परीक्षा सञ्चालनको जिम्मा सरकारले चार निकायलाई दिएको खुलासा भएको छ । राष्ट्रिय परीक्षा बोर्डसँगै गृह मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र प्रदेश मन्त्रालयलाई परीक्षा व्यवस्थापनको जिम्मा दिइएको पाइएक ...

मौरिससमा विद्यार्थी पठाउन रोक

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मौरिससमा पढ्न जान चाहने विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) दिन रोक लगाएको छ । दक्षिण अफ्रिकास्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयको सुझावमा मन्त्रालयले अनुमतिपत्र दिन रोकेको हो ।दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेर अध्ययनका लागि मौरिसस पुगेका विद्यार्थी पटक/पटक अलपत्र परेर उद्धार गर्नुपरेको जानकारी गराएको थियो । दूतावासको सुझावका आधारमा परराष्ट्रले शिक्षा मन्त ...

प्रश्नपत्र हराएपछि सीटीइभीटीको परीक्षा स्थगित

तनहुँ । परीक्षाको अघिल्लो दिन प्रश्नपत्र हराएपछि देशैभरका निजी इन्स्टिच्युटमा सोमबार सञ्चालन हुने प्राविधिकतर्फको प्रवेश परीक्षा स्थगित भएको छ। सीटीइभीटीले वेबसाईटमा सोमबार बिहान सूचना निकालेर परीक्षा स्थगित भएको जानकारी दिएको हो। दमौलीको गण्डकी टेक्निकल ट्रेनिङ सेन्टरका लागि ल्याइएको प्रश्नपत्र बाटोमै हराएपछि परीक्षा स्थगित गरिएको सीटीइभीटीका एक अधिकारी शिवहरि ढकालले जानकारी दिए । सोमबारको परीक्षाका लागि आइतबार सेन्टरका शिक्षक प्रेमचन्द्र यादवल ...

उच्चस्तरी शिक्षा आयो कि 'नेकपा शिक्षा आयोग'

  प्राडा मनप्रसाद वाग्लेशिक्षाविद् विकसित मुलुकहरुमा स्वतन्त्र र खाँटी विज्ञको संलग्नतामा यौटा आयोग गठन भएपछि त्यसले दिएका सुझावका आधारमा दशकौं सम्म मुलुकको शिक्षा व्यवस्थामा सुधार गर्दै लगिन्छ/ यसको लागि भारत र अमेरिकाकै उदाहरण पर्याप्त छन् / तर नेपालमा भने सरकार फेरिएपिच्छे आयोग बन्ने परम्परा बसालियो फगत् देखावटी रूपमा/ के अहिले भनिएको शिक्षा आयोग वास्तविक काम गर्नकै लागि गठित आयोग हो त? सम्बन्धित मन्त्रीले तलका प्रश्नको जवाफ दिनु जरूरी छ ...

प्रभावकारी बन्दै यु–लर्निङ

बनेपा । बाजेबराजुले धुलौटो कोरेर लेखपढ गर्न सिके। यतिखेर नातिपनाति पुस्ता इ–लर्निङ हुँदै यु–लर्निङ विधिबाट पढ्न लेख्न सिक्दैछन्। त्यतिमात्रै होइन, विगतमा चक र डस्टर बोकेर कक्षाकोठामा छिर्ने शिक्षक अचेल ‘क्यारियर (सुटकेस)’ सहित कक्षाकोठामा जान थालेका छन् । सुटकेसभित्र हातमै राखेर चलाउन मिल्ने सानो आकारको (युजर फ्रेन्डली) प्रोजेक्टर, पोर्टेबल सर्भर, ब्याट्री र स्पिकर छन्। यसैको मद्दतमा शिक्षकले ‘अनलाइन’ र &l ...

तलब माग्दै शिक्षक धर्नामा

जुम्ला । जुम्लाका तिला गाउँपालिकाका शिक्षकहरुले अन्तिम चौमासिकको तलब दिन आनाकानी गरेको भन्दै गाउँपालिकाको कार्यालयमा धर्ना दिएका छन् । तत्काल तलबको व्यवस्था गर्न माग गर्दै उनीहरुले शुक्रबारदेखि गाउँपालिका कार्यालयमा धर्ना सुरु गरेका छन् । विद्यालयहरुले गत आर्थिक वर्षको पाठ्यपुस्तक र छात्रबृत्ति रकम नपाएको, शिक्षक र विद्यालय कर्मचारीले पोशाक भत्ता नपाएको भन्दै तत्काल माग सम्बोधन गराउन आन्दोलनका कार्यक्रम थालिएको तिला गाउँपालिका शिक्षक संघर्ष ...

महाबौद्ध माविमा कक्षा ११ को पढाइ शुरु

चीनसँग सिमाना जोडिएको नाम्खा गाउँपालिकाको एक मात्र मावि महाबौद्ध माविमा कक्षा ११ को पठन–पाठन शुुरु भएको छ । गत वर्षबाटै कक्षा सञ्चालनको अनुमति लिएको भए पनि सो विद्यालयले विद्यार्थी भर्ना नभए पछि पठन–पाठन शुरु गर्न सकेको थिएन । यसपाली माध्यामिक शिक्षाको परीक्षा (एसइइ) को परिणाम आएपछि विद्यालयमा कक्षा ११ मा अध्ययनका लागि विद्यार्थी भर्ना हुँदा पठन–पाठन शुुरु भएको नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बम बहादर नेपालीले ...

कक्षा १२ को नतिजा: मध्यमस्तरको जीपीए ल्याउने धेरै

  काठमाडौँ । कक्षा १२ को परीक्षामा सबैभन्दा धेरै विद्यार्थीले मध्यमस्तरको जीपीए प्राप्त गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार पहिलोपटक ग्रेडिङ प्रणाली (अक्षरांकन पद्धति) अनुसार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा मध्यमस्तरको जीपीए २.०१ देखि २.४० ल्याउने परीक्षार्थीको संख्या ९० हजार २ सय ९९ छ । यो जीपीए ४० देखि ४९ अंक प्राप्त गर्नेको हो ।   गत वैशाख १४ देखि २७ सम्म सञ्चालित परीक्षामा कुल ४ लाख १७ हजार ८९ परीक्षार्थी सम्मिलि ...

मन्त्री–कर्मचारीका सन्तान सामुदायिकमा

  बुटवल । प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले छोरी मुनालाई कक्षा ५ सम्म निजी विद्यालयमा पढाए । गुल्मीको अर्जुन बोर्डिङमा पढ्ने उनी बाबु मन्त्री भएलगत्तै बुटवल झरेर सामुदायिक विद्यालयमा भर्ना भइन् । पठनपाठन गुणस्तरीय र व्यवस्थापन अब्बल भएकाले छोरीलाई कालिका मानवज्ञान माविमा पढाएको मन्त्री बरालले बताए । ‘कुन विद्यालयभन्दा पनि गुणस्तर कस्तो छ भन्ने कुरा ठूलो हो,’ उनले भने, ‘सामुदायिकले गुणस्तरीय शिक्षा दिन्छन् भने ...

५५ वर्षमा १२ पास

  दैलेख । जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा तिलकप्रसाद न्यौपानेले ५५ वर्षको उमेरमा कक्षा १२ को परीक्षा उत्तीर्ण गरेका छन् । सरकारी सेवामा ३६ वर्षअघि प्रवेश गरेका नायब सुब्बा न्यौपानेले अवरुद्ध भएको पढाइ पूरा गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले सकेसम्म पढाइलाई निरन्तरता दिने बताए । दृढ इच्छाशक्ति भए गर्न नसकिने केही नभएको उनी बताउँछन् । ०३८ सालमा एसएलसी उत्तीर्ण न्यौपानेले मुखियाबाट सरकारी सेवा प्रवेश गरेका हुन् । २०४० सालमा लोक सेव ...

अब विद्यालयहरुमा आयुर्वेद, प्राकृतिक चिकित्सा र योग विज्ञान विषयको पनि पढाइ हुने

  काठमाडौं । अब विद्यालयहरुमा आयुर्वेद, प्राकृतिक चिकित्सा तथा योग विज्ञान विषय पनि अध्यापन हुने भएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको ७० औं बैंठकले आयुर्वेद, प्राकृतिक चिकित्सा र योग विज्ञान बिषयको पाठ्यक्रम विकासका लागि सैंद्धान्तिक सहमती प्रदान गर्ने निर्णय गरेको हो । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयको सभाहलमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको बैंठकले आयुर्वेद, प्राकृतिक चिकित्सा र योग विज्ञ ...

कक्षा १२ को नतिजा सार्वजनिक(नतिजाको लिंक सहित)

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक नतिजा  ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरेको हो । गत बैशाखमा सञ्चालित परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी सहभागी थिए । बोर्डले परीक्षा सकिएको ८१ औं दिनमा नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार जीपीए ३ दशमलब ६१ देखि ४ सम्म ल्याउने विद्यार्थीको संख्या १ हजार १ सय ६९ रहेको बोर्डले जनाएको छ । ३ दशमलब २१ देखि ३ दशमलब  ६ शून्य सम्म ...

आंगिक र निजी कलेजलाई सम्बन्धन दिन रोक, ८ को सम्बन्धन खारेज

काठमाडौँ । सरकारले विश्वविद्यालयहरूलाई सम्बन्धन दिन रोक लगाएको छ । मन्त्रिपरिषद्को साउन १४ को  बैठकले विभिन्न विश्वविद्यालयहरूले शिक्षण संस्थाहरूलाई प्रदान गर्दै आइरहेको सम्बन्धन प्रक्रिया अर्को व्यवस्था नभएसम्मका लागि रोक लगाउने निर्णय गरेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवनको कार्यकारी परिषद्को मिति असार २० को बैठकको निर्णयबाट विभिन्न क्याम्पसहरूलाई प्रदान गरिएको सम्बन्धनका कारण उक्त विश्वविद्यालयमा भएको लामो समयको बन्द ...

नेपाल स्काउटका विद्यार्थीद्वारा सिमकोट बजार सरसफाई

मानसरोवर मावि र बालमन्दिर माविमा अध्ययनरत नेपाल स्काउटमा आवद्ध विद्यार्थीहरुले सिमकोट बजारको सरसफाई गरेका छन् । झण्डै दुई हप्ता भन्दा अघि देखि सिमकोट बजार निकै फोहोर र दुर्घन्धित भएपछि दुबै विद्यालयका नेपाल स्काउटका  इकाईले  संयुक्तरुपमा सरसफाई गरेका हुन । सिमकोट बजार भरी एकातिर बर्षातको हिलो र अर्कातिर जताततै फोहोर भएपछि त्यसबाट सिमकोट बजार बचाउन सरसफाई कार्यक्रम सञ्चालन गरिएको मानसरोवर माविका स्काउट शिक्षक शिव शर्मा पौडेलले बताए । &n ...

शिक्षा आयोगको पहिलो बैठकमा शिक्षामन्त्रीले के भने ?

  आयोगको सदस्यज्यूहरुपत्रकार मित्रहरुउपस्थित सम्पूर्ण महानुभावहरु,उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका पहिलो बैठकमा यहाँहरु सबैलाई हार्दिक स्वागत गर्दछु । नेपाली जनताको लामो संघर्ष र बलिदानपश्चात संविधान सभाबाट जारी भएको नेपालको संविधानले समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थाको माध्यमद्वारा मुलुकको दिगो शान्ति, विकास, सुशासन र समृद्धिको आकांक्षा पूरा गर्ने संकल्प गरेकोछ । समाजवाद उन्मुख समृद्ध राष्ट निर्माण आजको मुख्य ...

उच्चस्तरीय शिक्षा आयोगको पहिलो बैठक, के भयो निर्णय ?

  काठमाडौं । गठन भएको महिना दिन पछि बल्ल उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको पहिलो बैठक बसेको छ । गत असार ४ गते बसेको मन्त्रिपरिषद् बैठकले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा प्रधानमन्त्रीले पछि २ जना थप्नेगरी १९ जनाको नामसहित आयोग गठनको निर्णय गरेको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले २ जनाको नभई आफ्नोतर्फबाट निजी शैक्षिक संस्थाका सञ्चालकसहित ५ जनाको नाम थपेपछि गठन भएको २९ औं बल्ल आयोगले पूर्णता पाएको थियो । आयोगले पूर्णता पा ...

एभरेष्ट स्कूलद्वारा सामुदायिक विद्यालयका नौजना विद्यार्थीलाई छात्रवृृत्ति

  भक्तपुर । भक्तपुरको एभरेष्ट स्कूलले सामुदायिक विद्यालयमा अध्ययनरत  नौ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । सामुदायिक विद्यालय र त्यसका विद्यार्थीहरुलाई उत्कृष्ट बनाउन भन्दै एभरेष्ट स्कूलले भक्तपुरकै भार्वाचोस्थित गणेश माध्यमिक विद्यालयका नौ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको हो । स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले गणेश स्कुलका प्रधानध्यापक गंगाप्रसाद याकामीलाई एक कार्यक्रमबीच  नौ विद्यार्थीको छात्रवृत्ति ...

चिकित्सा शिक्षा विधेयक सहमतिअनुसार नै संशोधन दर्ता

काठमाडौँ । सरकार र डा. गोविन्द केसीबीच भएको सहमतिअनुसार नै सत्तापक्षका सांसदहरूले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा संशोधन दर्ता गराएका छन् । नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ, सचेतक शान्ता चौधरी र सांसद कृष्णभक्त पोखरेलले संशोधन दर्ता गराएका हुन् ।संसद्मा पेस भएको विधेयकमा २२ वटा दफामा संशोधन हुनुपर्ने केसीको मागमा सरकारले सहमति जनाएको थियो । ‘सरकारले केसीसँग जे सम्झौता गरेको हो, जस्ताको तस्तै संशोधन दर्ता गरेका छौं,’ गुरुङ ...

सिटिइभिटि विरुद्ध कार्बाही थाल्ने अखिल क्रान्तिकारीको चेतावनी

काठमाडौं । विप्लव निकट अखिल क्रान्तिकारीले सिटिइभिटिका  कर्मचारीलाई कार्बाहीको चेतावनी दिएको छ । संगठनले सिटिइभिटिका  कर्मचारीले मिलेमतोमा छात्रवृत्ति कोटामा आसेपासेको नाम निकाल्ने षड्यन्त्र गरेको भन्दै छानवीन गरी तत्काल कार्बाही गर्न मागसमेत गरेको छ । अन्यथा  विपन्न वर्गका अध्ययनशिल एवं इमान्दार हजारौं विद्यार्थीको भविष्य माथि खेलवाड गर्ने, कमिशनको लोभमा परीक्षा विपरित काम गर्ने दलाल कर्मचारीहरुलाई संगठन आफैले कार्बाही गर्ने चेताव ...

शिक्षामन्त्री र जापानी राजदूत मासामिचि साईगाबीच भेटवार्ता

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि जापानी राजदूत मासामिचि साईगाबीच भेटवार्ता भएको छ । भेटमा मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा जापानले प्रत्यक्ष एवं परोक्ष रुपमा सहयोग गर्दै आएको जसका कारण नेपालको विद्यालय शिक्षादेखि उच्च शिक्षासम्मको विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै आभार प्रकट गरे । मन्त्री पोखरेलले भने, “जापान सरकारको सहयोग नेपालमा २०७२ मा आएको विनासकारी भूकम्पपछिको तत्कालको रा ...

जोशी एसएलसी फेल, संसदीय समितिमा बुझाएको प्रमाणपत्र नै झुटो

काठमाडौँ  । कामु प्रधानन्यायाधीश दीपकराज जोशीले व्यवस्थापिका संसदको संसदीय सुनुवाई समितिमा पेश गरेको भनिएको प्रमाणपत्र ‘फर्जी’ भएको पुष्टि भएको छ । उक्त कागजातमा उल्लेखित विवरणहरु उनको शैक्षिक अभिलेख रहनु पर्ने निकायमा छैनन् । जोशीले गत बिहीबार संसदीय सुनुवाईका दिन सभापति लक्ष्मणलाल कर्णलाई आफ्नो प्रमाणपत्रका बारेमा अफवाह फैलिएको भन्दै प्रमाणपत्रको फोटोकपी बुझाएका थिए। समितिको सचिवालयमा बुझाएको भनिएको नेपाल ल क्याम्पसको ‘प ...

वातावरण जोगाउन विद्यालयस्तरीय ‘लोकदोहोरी’

सिमकोट गाउँपालिका वडा नम्बर ३ को रलिङ्ग माविको आयोजनामा माविस्तरीय लोक दोहोरी प्रतियोगिता सम्पन्न भएको छ । वन तथा वातावरण संरक्षणमा कमी आएको भन्दै विद्यालयस्तरबाटै जनचेतना फैलाउनका लागि सो प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ । विद्यालयमा माविस्तरमा अध्ययनरत विद्यार्थीहरुको सहभागी रहेको लोकदोहोरी प्रतियोगितामा मानसरोवर मावि प्रथम, आयोजक रलिङ्ग मावि द्धितीय र मान्धारा मावि तीतृय भएको मानसरोवर माविका शिक्षक शिवशर्मा पौडेलले जानकारी दिए । ...

गाउँपालिकाद्वारा पाँच लाखको 'छात्रवृत्ति कोष' स्थापना

सदरमुकाम सिमकोटबाट ४४ कोष टाढाको अदानचुली गाँउपालिकाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरेर पाँच लाखको छात्रवृत्ति कोष स्थापना गर्ने भएको छ । गाउँपालिकाको सम्पन्न दोस्रो गाउँसभाद्धारा सर्वसम्बत निर्णय गर्दै सो कोष स्थापना गर्ने निर्णय गरेको हो । शिक्षा कार्यक्रमबाट आउने छात्रबृति रकम ज्यादै न्यून भएकोले पनि यो नयाँ कोष स्थापना गर्ने निर्णय गाउँ सभाले गरेको अध्यक्ष दल बहादुर फडेराले बताए । । उक्त कोषको रकमले गाउँपालिका भरिका गरिब तथा जेहे ...

पेट भरिँदैन खाजाले

मुगु । सरकारले डेढ दशकदेखि दिवाखाजाको रकम प्रतिविद्यार्थी २० रुपैयाँ दिने गरेको छ । अहिले पनि खाजाको रकम त्यति नै छ । खाजाको रकम नबढाउँदा बालबालिको पेट भरिन छाडेको छ । जनज्योति मावि नार्थपुका प्रधानाध्यापक अंगबहादुर शाहीले सरकारले दिने रकमले खाजा खर्च पुर्‍याउन निकै मुस्किल हुने गरेको बताए । ‘महँगी बढेर छोइनसक्नु भएको छ, खाजा खर्च भने जत्तिको त्यत्ति छ,’ उनले भने, ‘यसले त विद्यार्थीलाई आस देखाउने मात्र काम भयो, भोको पेट ...

१०२ विद्यार्थीलाई १ शिक्षक

हेटौंडा । प्रदेश ३ का माविमध्ये काभ्रेको महाभारत गाउँपालिकामा कम शिक्षक अध्यापन गराउँछन् । शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदलको तथ्यांकअनुसार, मावि तहमा उक्त गाउँपालिकामा शिक्षक विद्यार्थी अनुपात १०२ रहेको छ । माध्यमिक विद्यालयमा सबैभन्दा कम अनुपात काभ्रेको धुलिखेल नगरपालिकामा रहेको कार्यदलले देखाएको हो । यहाँ १० विद्यार्थी बराबर एक शिक्षक छन् । प्राथमिक तहको सबभन्दा कम रसुवाको उत्तरगंगा गाउँपालिका, भक्तपुरको चाँगुनारायण नगरपालिका, काभ् ...

सेमेस्टरपछि विद्यार्थी शून्य

  इलाम । त्रिभुवन विश्वविद्यालयले चालू शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरेपछि पूर्वीपहाडका सरकारी क्याम्पस विद्यार्थी शून्य भएका छन्। क्याम्पसहरूमा एकैजना विद्यार्थी भर्ना नहुँदा स्नातकोत्तर कक्षा नै सञ्चालन हुने या नहुने भन्ने अन्योल बढेको छ।सेमेस्टर प्रणालीमा भर्ना हुँदा ८० प्रतिशत हाजिर पुग्नुपर्ने, कक्षा कार्यकलापको आधारमा मूल्यांकन गरिनेजस्ता नियम भएकाले विद्यार्थी आकर्षित नभएका हुन्। सम्बन्धित क्याम्पसले ४० ...

कक्षा १२ को नतिजा भोलि

काठमाडौँ  । राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा लिएको कक्षा १२ को नतिजा बुधबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । मंगलबार नै नतिजा प्रकाशित गर्ने तयारी गरे पनि मिसिङको संख्या बढी भएकाले बुधबारसम्म सार्वजनिक गरिने बोर्डले जनाएको छ।यो वर्ष परीक्षामा करिब ४ लाख बिद्यार्थी सहभागी थिए।यसअघि पहिलो चरणमा बिज्ञानको मात्रै सार्वजनिक गर्ने गरिएकोमा यसवर्ष सबै समूहको नतिजा एकैपटक सार्वजनिक गर्न लागेको हो। कक्षा १२ को नतिजा एकै पटक प्रकाशित गर्न लागे ...

यसवर्षको शिक्षा पत्रकारिता पुरस्कार गाउँले र घिमिरेलाई

ललितपुर । आजको शिक्षा साप्ताहिकका रोशन क्षेत्री गाउँले र दी काठमाडौं पोष्टका विनोद घिमिरेलाई यस वर्षको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । आजको आवाज मिडियाले १४ वर्ष देखि प्रदान गर्दै आएको नगद रु. १० हजार राशी सहितको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार यसवर्ष पत्रकार गाउँले र घिमिरेलाई प्रदान गरिने भएको हो । उक्त पुरस्कारका बारेमा जानकारी दिन सोमवार आयोजित पत्रकार सम्मेलनमा जुरी कमिटीका सदस्य समेत रहेका निजी विद्यालय सञ्च ...

त्रिविद्वारा परीक्षा सञ्चालकको पारिश्रमिक दोब्बरले वृद्धि

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले विभिन्न तहको परीक्षा सञ्चालनमा संलग्न हुने शिक्षक, कर्मचारी तथा सुरक्षा कर्मचारीको पारिश्रमिक दोब्बरलेवृद्धि गरेको छ ।    केन्द्रीय परीक्षा सञ्चालक समितिको सिफारिसमा त्रिवि कार्यकारी परिषद्को बैठकले ९ वर्षपछि पारिश्रमिक वृद्धि गरेको हो । यसअघि ४ सय ५० रुपैयाँ रहेको स्नातक तथा प्रवीणता प्रमाणपत्र तहको परीक्षाका केन्द्राध्यक्षको पारिश्रमिक ८ सय रुपैयाँ पुर्याइएको छ । यस्तै, सहायक केन्द्राध्यक्ष र ...

शिक्षा विधेयकबारे छलफल सुरु

मोरङ  । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले शिक्षासम्बन्धी विधेयकको मस्यौदामाथि सरोकारवालासँग छलफल थालेको छ । मस्यौदामा माध्यमिक तहसम्मको शिक्षाबारे मात्रै उल्लेख भएकाले उच्च शिक्षाबारे पनि थप गर्न सहभागीले सुझाव दिएका छन् ।हिसान उपाध्यक्ष भेषराज पोखरेलले मस्यौदामा माध्यमिक तहको परीक्षा सञ्चालनका लागि गरिएको व्यवस्थामा निजी विद्यालयबाट प्रतिनिधित्व गराउने व्यवस्था राख्नुपर्ने सुझाव दिए ।‘मस्यौदामा संस्थागत विद्यालयको परिभाषा सुधार गर्नुपर ...

नगरपालिकाबाटै विद्यालय निगरानी

इलाम  । सूर्योदय नगरपालिकाले विद्यालयको शैक्षिक स्तर सुधार्न प्रयोगमा ल्याएको विद्युतीय हाजिरी (ई–एटेन्डेन्स) प्रभावकारी देखिएको छ । एसईई नतिजासँगै विद्यार्थी भर्नादरसमेत घटेपछि नगरपालिकाले कार्यालयबाटै विद्यालयका गतिविधि निगरानी गर्न थालेको हो ।नगरपालिकाले पहिले प्रयासस्वरूप शिक्षकको उपस्थिति नियमित बनाउने नीति लियो । करफोक विद्या मन्दिर, कन्यामस्थित कृष्णाश्रम, पशुपतिनगरस्थित बौद्धधाम र फिक्कल माविमा बायो माट्रिक एटेन्डेन्स मेसिन जड ...

दोषी पदाधिकारीहरू, प्रतिरक्षामा विश्वविद्यालय

काठमाडौँ  । चिकित्सा शिक्षा जाँचबुझ आयोगबाट बर्खास्तको सिफारिसमा परेका पदाधिकारीहरूले त्रिभुवन विश्वविद्यालयको स्रोतसाधन दुरुपयोग गरी आफ्नो बचाउ गरेका छन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका उपकुलपति तीर्थ खनियाँ, रजिस्ट्रार डिल्ली उप्रेती, रेक्टर सुधा त्रिपाठीलगायतका पदाधिकारीले आफूमाथिको आरोप प्रतिरक्षाका क्रममा त्रिविलाई दुरुपयोग गरेका हुन् ।आयोगले त्रिविका ७ कार ...

शिक्षक : माग करिब १३ हजार, आवेदन दुई लाख २५ हजार

काठमाडौँ । शिक्षक सेवा आयोगले करिब तेह्र हजार शिक्षकको माग गरेकोमा दुई लाख २५ हजारभन्दा बढी आवेदन परेको छ । आयोगले झण्डै छ वर्षपछि खुल्ला प्रतियोगिताबाट पदपूर्तिको तयारी गरेको हो । आयोगले संविधानमा भएको व्यवस्थाअनुसार ७५ प्रतिशत आन्तरिकको पदपूर्तिको परीक्षा गत असार अन्तिम साता लिइसकेको छ भने बाँकी २५ प्रतिशतको खुल्लातर्फ आवेदन गर्न साउन पहिलो सातासम्म समय दिएको थियो ।प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका गरी १२ हजार ७ सय ३९ दरबन्दीमा पदप ...

मुस्लिमको मदरसामा अंग्रेजी पढ्छन् हिन्दू विद्यार्थी

विराटनगर   । सीमा यादव र उनको परिवार हिन्दू हो । धार्मिक मान्यतामा कट्टर उनी धर्मकर्मका नियम कडिकडाउ साथ पालन गर्छिन् । तर, हिन्दू यादव परिवारले आफ्ना सन्तान पढाउन भने मुस्लिम धर्मावलम्बीको मदरसा रोजेको छ ।मदरसा भन्नासाथ उर्दू भाषा, कुरान र मुस्लिम धार्मिक विषय पढाइ हुने पाठशालाका रूपमा बुझिन्छ । छोराछोरी मदरसामै किन पठाउनु भएको त ? ‘पढाइ र त्यहाँको सुविधा हिन्दूका लागि पनि उत्तिकै दिइएको रहेछ’, सीमाले भनिन्, ‘ज्ञान आर ...

सीटीईभीटीको प्रश्नपत्र बाहिरियो

जनकपुर । सीटीईभीटीले हेल्थ असिस्टेन्ट (एचए) अध्ययनका लागि प्रदान गर्ने छात्रवृत्तिको परीक्षाको प्रश्नपत्र परीक्षा चलिरहँदा बाहिरिएको छ । जनकपुरस्थित संकटमोचन परीक्षा केन्द्रमा छात्रवृत्तिका लागि परीक्षामा सहभागी परीक्षार्थीले सामाजिक सञ्चलमार्फत प्रश्नपत्र बाहिर पठाएको खुलेको छ ।बिहान ७ बजेदेखि ९ बजेसम्म निर्धारण गरिएको परीक्षा सुरु हुनासाथ बजारमा प्रश्नपत्र सामाजिक सञ्जालमा प्रयोग गरी सार्वजनिक भएको थियो । एचए छात्रवृत्तिको प्रश्नपत्रको मोब ...

शिक्षक संगठनको ऐतिहासिक कदम, अब सूचना प्रविधिमैत्री शिक्षण सिकाइ

  काठमाडौं । प्रायः  आन्दोलन र नारावाजीमा देखिने शिक्षकहरु शुक्रवार फरक भुमिकामा देखिए । उनीहरुको हातमा न प्लेकार्ड थियो न त श्वरमा नारावाजी । उनीहरुको हातमा त ल्यापटप थियो । उनीहरुले सूचना प्रविधिमैत्री शिक्षण सिकाइका विधि सिक्दै थियो । कसरी इन्टरनेटबाट शैक्षिक सामग्री खोज्ने, शिक्षण सिकाइलाई कसरी प्रविधि मैत्री बनाउने भन्नेमा उनीहरु बडो चाख पूर्वक सिकाइ गर्दै थिए । सवैको नजर ल्यापटप र हातका औलाहरु किबोर्डमा थिए । यो दृश्य थियो, एकीकृत ...

जहाँ विद्यार्थीले शिक्षकको हाजिर गर्छन् !

सुन्दा पत्याउन पनि गाह्रो । विद्यार्थीले शिक्षकको हाजिरी गर्ने र उपस्थिति फारम भर्छन भन्दा । तर गरेपछि हुने रैछ । हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको मान्धारा माविमा प्रत्येक दिन प्रत्येक कक्षामा पठन–पाठन गर्न आउने शिक्षकको हाजिरी विद्यार्थी आफैले गर्ने गरेका छन । शुरुमा यो विधि सफल हुँदैन कि भन्ने लागेको भएपनि अहिले भने सफल देखिएको विद्यालयका प्रधानाध्यापक दिल बहादुर शाही बताउँछन् । यसबाट शिक्षकहरु पनि समयमा कक्षा कोठामा उपस्थिति हुने ...

यस वर्ष सबै विद्यालयबाट अस्थायी शिक्षक हट्ने

काठमाडौं । सरकारलाई वर्षौंदेखि टाउको दुखाइको विषय बनेको विद्यालय तहका अस्थायी शिक्षकको समस्या यस वर्षदेखि पूर्ण रूपमा समाधान हुने भएको छ । अस्थायी शिक्षकको समस्या समाधान भएसँगै विद्यालय शिक्षाको हालको सिकाइ स्तर उकासिने शिक्षा मन्त्रालयको विश्वास छ ।अहिले सार्वजनिक विद्यालयमा शिक्षकको दरबन्दी एक लाख सात हजार छ । यसमध्ये करिब ७० हजार शिक्षक मात्र दरबन्दीमा कार्यरत छन् । अन्य शिक्षक अस्थायी दरबन्दीमा कार्यरत छन् । अस्थायी दरबन्दीमा कार्यरतलाई ...

अन्ततः डा. केसी र सरकारबीच सहमति, अब उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने

काठमाडौं । अनशन बसेको २७ औं दिनमा डा. गोविन्द केसी र सरकार बीच नौं बुँदे सहमति भएको छ । सहमतिसँगै डा. केसीको २७ दिन लामो अनसन पनि तोडिएको छ । डा. केसी पक्ष र सरकार बीच सहमति भएसँगै शिक्षाविद् केदारभक्त माथेमा र नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले जुस पिलाएर डा. केसीको अनसन तोडाएका छन् । सरकारले संसदमा दर्ता गरेको चिकित्साशिक्षा विधेयक केदारभक्त माथेमा आयोगको प्रतिवेदनसँग बाझिएको साथै,  माथेमा आयोगको प्रतिवेदनअनुसार १० वर्षसम्म काठमाड ...

सर्वोच्चद्वारा परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. पौडेललाई पुनर्वहाली गर्न आदेश

काठमाडौं । केपी ओली सरकारको बर्खास्तीमा परेका राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेललाई पुनर्वहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । विहीवार सर्वोच्च अदालतका न्यायधीश मिरा खड्काको एकल इजलाशले प्रा.डा. पौडेललाई हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश  जारी गरेको हो । सरकारले गैरकानूनी रुपमा आफूलाई बर्खास्त गरेको भन्दै प्रा.डा. पौडेलले बुधवार सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।  ...

पाँच सहसचिव कामविहीन, मानवस्रोत विकास केन्द्रको महानिर्देशकमा पौडेल

  काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका ५ सहसचिव कामविहीन भएका छन् । उही दर्जाका ६ सहसचिवमध्ये मन्त्रालयले १ जनालाई मात्र जिम्मेवारी दिएर अन्यलाई काम विहीन बनाएको हो ।नयाँ गठन भएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रको महानिर्देशकमा तत्कालीन शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेललाई जिम्मेवारी दिएपछि बाँकी रहेका ५ सहसचिव कामविहीन भएका हुन् ।केन्द्र गठन भएको १० दिन पुगिसक्दा समेत मन्त्रालयले ती सहसचिवलाई कुनै काम दिएको छैन । &ls ...

चोर बाटोबाट जाने बजेट रोक्न विद्यालयलाई सिधै अनुदान

कागजी योजना बनाएर गाँउमा विकास भएको देखाउँदै विद्यालयका लगानी गर्ने क्रम बढ्न थाले पछि यस आर्थिक वर्षबाट गाँउपालिकाले पुँजीगत बजेट बाटै अनुदान सहयोग कार्यक्रम तर्जुमा गरेका छन् । लगानी त सहि हुने तर कृते देखिने भएपछि गाउँपालिकाहरुले सिधै अनुदानको कार्यक्रम अगाडी ल्याएका हुन । तत्कालीन जिल्ला शिक्षा कार्यालयले विगत लामो समयदेखि दरबन्दी मिलान गर्न नसक्दा साविकका गाँउ विकास समितिको वजेटको ठूलो हिस्सा शिक्षा क्षेत्र मै खर्च हुने गथ्र्यो । विद्यालय स ...

खुला तर्फ शिक्षक आयोगको परीक्षा दिनेको संख्या उल्लेख्य

 शिक्षक सेवा आयोगले आगामी असोज  ११, १२ र १३ गते सञ्चालन गर्न गइरहेको खुला प्रतिस्पर्धाको शिक्षक परीक्षामा हुम्ला जिल्लाबाट सहभागी हुनेको संख्या उल्लेख्य पाइएको छ । लामो समय पछि आयोगले खुला तर्फ आयोग खोलेकाले परीक्षाका लागि फारम भर्नेको संख्या बढेको हो । तीनै तहमा गरेर हुम्ला जिल्लाबाट ६ सय ७१ जनाले परीक्षा फारम भरेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख वर्ष बहादुर फडेराले जानकारी दिए ।  प्रावि तहमा ५ सय ४९ जनाले परीक्षा फारम भरेक ...

त्रिविमा पढाउन नसक्नेहरूलाई नै राजनीतिक नियुक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा पढाउन र अध्ययन अनुसन्धान गर्न नसक्ने शिक्षकहरू नै राजनीतिक नियुक्तिको प्राथमिकतामा पर्न थालेका छन् । कतिपय प्राध्यापकले अनुसन्धान केन्द्र ओगटेका छन् भने कतिपय अनुन्धाताका रुपमा कार्यरत छन् । ‘सुरुमा शिक्षक भएर छिरेर पढाएका, तर अहिले पढाउन नसक्ने गफ चुटेर जागिर खानेहरुले राजनीतिक नियुक्ति लिने गरेका छन्,’ त्रिवि पदाधिकारीबाट आफूनिकट शिक्षकलाई राजधानीमै काम गराउन दबाब आउने गरेको उल्लेख गर्दै एक ...

धनुषा राजनीतिमा अगाडि शिक्षामा पछाडि, शिक्षक व्यवस्थापन समस्या

प्रदेश २ को राजधानी जनकपुरधाम रहेको धनुषा जिल्ला राजनीतिक र सांस्कृतिक रुपमा आगाडि रहे पनि शैक्षिक रुपमा भने पछाडि रहेको छ । एकातर्फ विद्यालयमा विद्यार्थीहरुको विद्यालय छाड्ने प्रवृत्ति बढी छ भने अर्काेतर्फ शिक्षक व्यवस्थापन नहुँदा धनुषाको शैक्षिक सुधारमा चुनौति रहेको देखिन्छ । विद्यार्थीले बीचमै विद्यालय छाड्ने प्रवृत्ति, नक्कली शिक्षक, कक्षामा शिक्षकको नियमितता नहुनु, र भएका  शिक्षकको पनि उचित व्यवस्थापन हुन नसक्नु वीचको संक्रमणकालिन अवस्थ ...

उच्चस्तरी शिक्षा आयोगको पुनर्गठन, पाँचजना सदस्य थप

काठमाडौं । सरकारले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको पुनर्गठन गरेको छ । आयोग गठन भएको  २९ औँ दिनमा मंगलवार सरकारले ५ सदस्य थप गरेर आयोगलाई पूर्णता दिएको हो । गएको असार ४ गतेको मन्त्रिपरिषद्ले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतमाा दुई सदस्य प्रधानमन्त्रीले थप्ने गरी १९ जनाको नाम सहित आयोग गठनको निर्णय गरेको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले २ जनाको नभइ आफ्ना तर्फबाट ५ जनाको नाम थपेका हुन् ।  प्रधानमन्त्री ओलीले उच्च शिक ...

अस्थायी शिक्षकको परीक्षा रद्द गर्न सर्वोच्चमा मुद्दा दायर

काठमाडौं । शिक्षक सेवा आयोगले असार २९ र ३० गते गरेको अस्थायी शिक्षक परीक्षा रद्द गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । सो मुद्दामा आगामी साउन ११ गते बहस हुने भएको छ । महिमा माध्यमिक विद्यालय स्याङ्जाका निमावि तृतीय श्रेणीका शिक्षक मनबहादुर क्षेत्रीले परीक्षा रद्द गर्न माग गर्दै असार २८ गते २०७४–डब्लुओ–१०१३ नम्बरको मुद्दा सर्वोच्च अदालतमा दायर गर्नुभएको हो । ‘संवैधानिक इजलाशमा अस्थायी शिक्षकका मुद्दा विचाराधी ...

विद्यालय कर्मचारी परिषदद्वारा प्रदेश सरकारलाई ज्ञापनपत्र

नेपाल विद्यालय कर्मचारी परिषद् कर्णाली प्रदेशले विभिन्न माग राख्दै कर्णाली प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । आज परिषद्ले विद्यालयका कर्मचारीलाई उचित पारिश्रमिक दिईनुपर्ने, दरबन्दी कायम गरिनुपर्ने, विद्यालयका कर्मचारीमाथि हुने शोषण अन्त्य गर्नुपर्नेलगायतका माग राख्दै प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलियालाई ज्ञापनपत्र बुझाएको हो । यसअघि आफ्ना मागबारे प्रदेश सरकारलाई जानकारी गराउँदा पनि सुनुवाई नभएको परिषद्ल आज पुन सरकारको ध्यानाकर्षण गर ...

शिक्षकहरु सदरमुकाममा व्यापार व्यवसायमा मस्त, गाउँका विद्यालयहरु अस्तव्यस्त

राजन रावत/हुम्ला हिमाल पारीको गाँउको रुपमा चिनीएको नाम्खा गाउँपालिका वडा नम्बर ६ को लिमीमा रहेका  तीनवटा विद्यालयमा छ वटा दरबन्दी भए पनि हाल भने सुनखानी प्रावि हल्जीमा मात्र एक जना शिक्षकले मात्रै अध्यापन गरी रहेका छन । विद्यालयको पठन–पाठनको अवस्थाका बारेमा नियमित रुपमा नियमनकारी निकायले अनुगमन नगर्दा वर्षौ देखि लिमीका विद्यालयहरु यो अवस्थाबाट गुज्रदै आएका छन् । लिमीका विद्यालयहरु मध्ये सुनखानी प्रावि हल्जिमा लाल वहादुर बुढा मात्र हाल ...

हुम्लाको अपांगता विद्यालय अब आफ्नै भवनमा

  हुम्ला जिल्लाको एक मात्र हिमाली तथा बौद्धिक अपांगता आवासीय विद्यालय अब आफ्नै भवनमा सञ्चालन हुने भएको छ ।निकै संघर्षका बीच भाडाको घरमा सञ्चालन हुँदै आएको  विद्यालय विभिन्न श्रोतबाट संकलित रकमले निर्माण भएको आफ्नै भवनमा सञ्चालन हुन सफल भएको हो । आवासीय सहित विद्यालय सञ्चालनका लागि निर्माण भएको भवनको माथिल्लो तलाको निर्माण कार्य पुराभइ नसकेकोले हाललाई पठन–पाठन भने अन्यत्र भइ रहेको र अबको केही दिनमा आफ्नै भवनमा पठन–पाठन स ...

शिक्षामा राजनीतिक वितण्डा सह्य हुँदैन–प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षामा राजनीतिक वितण्डा सह्य नहुने चेतावनी दिएका छन् । शिक्षालाई निहु बनाएर विपक्षि दलहरुले राजनीतिक अराजकता फैलाउन खोजेको आरोप लगाउँदै प्रचण्डले शिक्षालाई कुनै हालतमा राजनीतिक हतियार बनाउन नदिने स्पष्ट पारेका हुन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको पाँचदिने सूचनाप्रविधि शिक्षा तथा नेतृत्व विकास कार्यशाला तथा पुस्तक विमोचन कार्यक्रमको राजधानीमा उद्घाटन गर्दै प्रच ...

शिक्षामन्त्रीको ३ महिने कार्ययोजना: कुरा बढी, काम कम

काठमाडौं  । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफैंले घोषणा गर्नुभएको ३० बुँदे कार्यक्रम कार्यान्वयन योजनाको अधिकांश योजना पूरा भएको छैन । मन्त्रीको यो योजना पूरा हुनु त परै जाओस् केवल कुरा बढी र काम कम गर्नमै सीमित भएको छ । मन्त्री पदमा बहाली भएको करिब एक महिनापछि वैशाखदेखि असार महिनाभित्र गर्ने गरी जारी गर्नुभएको ३० बुँदे कार्ययोजना अधिकांश शुरु भएकै छैन, केही आंशिक शुरु भएको छ । ३० बुँदे कार्ययोजनामध्ये झन्डै १५ ...

नेपाली कृति गौतमलाई करातेमा अन्तर्राष्ट्रिय पदक

काठमाडौं । नेपालकी कृति गौतमले थाइल्यान्डको बैंककमा भइरहेको थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा रजत पदक जितेकी छन् । शुक्रबार कृतिले महिला ३० केजी तौलसमूहमा रजत पदक जितेको नेपाल ओकिनावा सुरिकेन सोरिन रियो कराते डो संघका सल्लाकार एवं टिम व्यवस्थापक राम श्रेष्ठले जानकारी दिए । नेपालमा विभिन्न राष्ट्रिय पदक जित्न सफल कृतिले ११ वर्षमै अन्तर्राष्ट्रिय पदक जित्न सफल भएकी हुन् । टिम व्यवस्थापक श्रेष्ठका अनुसार सेमिफाइनलमा कृतिले भारतकी खेलाडीलाई ८&ndas ...

चिटिक्क भवन पाएपछि विद्यार्थी फुरुंग

सोलुखुम्बु । दूधकुण्ड हिमालय आधारभूत विद्यालयमा अध्ययनरत जीवन विक तीनबाट चार कक्षामा उक्लिएकै बेलामा २०७२ सालको भूकम्प आयो। भूकम्पले उनी पढ्ने विद्यालयको कक्षाकोठामात्रै भत्काएन, उनको खुट्टामा समेत चोट लाग्यो ।भूकम्पकै कारणले विक र उनका साथीहरु लामो समय विद्यालय जान सकेनन्। भूकम्पले उनी पढ्ने कोठासँगै अन्य कोठासमेत भत्किएर चर्केका थिए। भवन भत्किएसँगै सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. ४ फाप्लुमा रहेको उक्त विद्यालयमा १५ दिनभन्दा ...

भीसी फेरिए, भाषण फेरिएन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले दीक्षान्त कार्यक्रममा बोल्ने भाषण अघिल्ला उपकुलपतिको हुबहु सारेको पाइएको छ । निवर्तमान उपकुलपति प्रा.डा. हीराबहादुर महर्जनले ४० औं दीक्षान्त कार्यक्रममा बोलेको लिखित भाषण खनियाँले हुबहु सारेर ४१ र ४२ औं दीक्षान्त कार्यक्रममा बोलेको पाइएको हो ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २०७१ पुस १४ मा भएको दीक्षान्त कार्यक्रममा महर्जनले गरेको भाषण र २०७२ मंसिर १६ मा रंगशालामै भएको ...

किताब चर्चा : यात्रा, सगुनका साइपाटा र ‘नमेटिएका चित्रहरू’

   क्रिष्टोफर कोलम्बसले समयको अनकण्टारमय दुरूहतामाझ हस्तक्षेपकारी यात्रा श्रीगणेश नगरेका भए उसबेला अमेरिका पत्तै लाग्दैनथ्यो । हु एन् साङ्ले आफ्ना ती प्रथम पाइलालाई चरैवेती चरैवेती नगरेका भए संसार घुमक्कडमा उनको नाम दर्ज हुने नै थिएन ।  एडमण्ड हिलारीले आफ्नो जीवनको आरोहअवरोधमा सगरमाथाको माथ चुम्ने धृष्टता नगरेका हुन् त ती आज हिमाल दिग्विजयका सन्दर्भमा अचिनारू पात्र भएर रहन जान्थे । भास्को डिगामा हुन् चाहे कलाका क्रोचे यी सबै उत्भट् ...

निर्माणाधीन होटलले छेउमै गहिरो खाल्टो खनेपछि शिक्षक महासंघको भवन भासियो

  काठमाडौं । शुक्रवार परेको मुसलधारे वर्षाले जमिन भासिएपछि केशरमहल स्थित नेपाल शिक्षक महासंघको कार्यालय भवनमा क्षति पुगेको छ । केशरमहलको आडैमा निर्माण भइरहेको होटल शेराटनले गहिरोगरी खनेको कारण महासंघको कार्यालय भवन भासिएको हो । शुक्रवारको अविरल वर्षाका कारण आडैमा निर्माणाधीन व्यवसायी शेष घलेको शेराटन होटेलको सेफ्टी वालका पिलर भत्किदा महासंघको भवन, शौचालय, चमेनागृह भत्किएर नष्ट भएको महासंघका उपाध्यक्ष तिलक कुँवरले जानकारी दिए ।  जमिन भास ...

भाषा आयोगमा अध्यक्ष एक्लै

काठमाडौं  ।  सरकारी कामकाजको भाषाको सिफारिस गर्ने, शिक्षामा मातृ भाषाको प्रयोगका लागि सुझाव दिने तथा भाषाहरूको संरक्षण गर्ने उद्देश्यले स्थापित भाषा आयोगले दुई वर्ष बितिसक्दा पनि पूर्णता पाएको छैन ।अध्यक्ष एक्लैको भरमा आयोग सञ्चालन गर्नुपर्दा कार्यसम्पादनमा कठिनाइ भएको छ । मन्त्रिपरिषद्को २०७३ भदौ २३ गतेको निर्णयले आयोग गठन गरेको थियो । संविधानको धारा २ सय ८७ मा भाषा आयोग गठन गर्ने व्यवस्था छ ।मन्त्रिपरिषद्ले आयोगमा सचिव डा. लवदेव अवस् ...

शिक्षण सिकाइ सुधारका लागि आएको अनुदान बाँडफाँड

शिक्षा विभागबाट शिक्षण सिकाइ सुधारका लागि आएको वजेट मापदण्ड पुगेका १४  वटा विद्यालयहरुलाई वितरण गरिएको छ ।विभागले निर्धारण गरेको मापदण्ड पुगेका १४ वटा विद्यालयलाई सो अनुदान रकम उपलव्ध गराउने निर्णय जिल्ला शिक्षा समन्वय समितिले गरेको हो । विभागबाट प्राप्त अनुदान रकम जिल्ला शिक्षा समन्वय समितिको बैठकद्धारा बाँडफाँड गरिएको शिक्षा विकास तथा समन्वय समितिका प्रमुख बर्ख वहादुर फडेराले जानकारी दिए । जसमा हुम्ला जिल्लाका लागि मावि तहका लागि ७ लाख ६० ...

परीक्षा नियन्त्रकमा सापकोटा

काठमाडौं । शिक्षा मन्त्रालयले परीक्षा नियन्त्रण कार्यालयको परीक्षा नियन्त्रकमा सहसचिव रामशरण सापकोटालाई काज सरुवा गरेको छ । सापकोटा यसअघि भाषा आयोगमा कार्यरत थिए । एसइइ परीक्षाको नतिजामा भएको त्रुटिपछि मन्त्रालयले यस अघिका परीक्षा नियन्त्रक अम्विका प्रसाद रेग्मीलाई कार्बाही गर्दै मन्त्रालय तानेको थियो । तत्कालका लागि परीक्षा नियन्त्रकको जिम्मेवारी पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्ण काप्रीलाई दिइएको थियो । परीक्षा मर्यादित गराउन अस ...

नेपाललाई शैक्षिक गन्तव्य बनाऔं– परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाललाई विश्वकै लागि शैक्षिक गन्तव्य बनाउनुपर्ने बताएका छन् । अब नेपाललाई विदेशी विद्यार्थीको शैक्षिक गन्तव्य बनाउन आवश्यक छ भन्दै उनले त्यसका निम्ति शैक्षिक परामर्शदाता संस्थाहरूको प्रयास गर्न जरुरी रहेको बताए । नेपाल परामर्श संघ(इक्यान)ले भृकुटिमण्डपमा आयोजना गरेको १२ औं इक्यान शैक्षिक मेलाको  बिहीबार उद्घाटन गर्दै मन्त्री ज्ञवालीले इक्यानले विद्यार्थीहरु विदेश पठाउने मात्रै नभइ अब विदेशी विद्य ...

चिकित्सा शिक्षा विधेयक परिमार्जन गर्न सकिएपनि फिर्ता हुँदैन–मन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक परिमार्जन गर्न तयार रहेको बताएका छन् । मन्त्री पोखरेलले विधेयक परिमार्जन गर्न सरकार तयार रहेपनि फिर्ता भने नहुने स्पष्ट पारेका हुन् । शिक्षा मन्त्रालयले विहीवार पत्रकार सम्मेन गरी व्यवस्थापिका संसदको आफ्नै विधि र प्रक्रिया हुने भएकाले परिमार्जन वा संशोधन हुन सक्ने तर फिर्ता नहुने जिकिर गरेका हुन् । चिकित्सक डा गोविन्द केसी बीस दिनदेखि जुम्लाको कर्णाली स्वास् ...

सम्बन्धनको विरोधमा विश्वविद्यालयमा ठप्प

चितवन  । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) ले आठवटा निजी क्याम्पसलाई सम्बन्धन दिएको विरोधमा विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीले आन्दोलन गरिरहेका छन् ।सम्बन्धन खारेजको माग राख्दै प्राध्यापक धर्नामा छन् भने विद्यार्थीले विश्वविद्यालयका संकायहरूमा तालाबन्दी गरेका छन् ।असार २१ मा बसेको विश्वविद्यालय कार्यकारी परिषद् बैठकले सात जिल्लाका आठवटा निजी क्याम्पसलाई सम्बन्धन दिने निर्णय गरेको थियो । झापाको पूर्वाञ्चल कृषि क्याम्पस, इटहरीक ...

एसईईमा प्रश्नपत्र बैंक बनाइने

काठमाडौँ  । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विषय विशेषज्ञले बनाएको प्रश्नपत्र बैंकबाट प्रश्न सोध्ने गरी तयारी थालेको छ । बोर्डले लिखित र प्रयोगात्मक परीक्षा सुधार र गुणस्तरीय मूल्यांकन गर्न प्रश्नपत्र निर्माणमै मापदण्ड तय गर्न लागेको हो ।विश्वविद्यालयका विषय विज्ञहरूले जथाभावी प्रश्नपत्र निर्माण गरिएको भन्दै सुधारमा जोड दिँदै आएका छन् । सन् २०२० देखि एसईईमा प्रश्नपत्र बैंकबाट सोध्ने गरी तयारी अघि बढेको बोर्डका सदस्यसच ...

सामुदायिक विद्यालयले अब जग्गा बिक्री गर्न र सटर भाडामा लगाउन नपाउने

    रोशन क्षेत्री गाउँले/काठमाडौं   सामुदायिक विद्यालयहरुले आफ्नोे नाममा रहेका जग्गा बिक्री गर्न वा करार गरी व्यवसायिक प्रयोजनका लागि भाडामा दिन नपाउने भएका छन् ।सर्वोच्च अदालतले सामुदायिक विद्यालयको जग्गा सार्वजनिक भएको र भाडामा लगाउँदा वा बिक्री गर्दा विद्यार्थीको शैक्षिक वातावरण पाउने अधिकार खोसिने भएकाले यस्ता कार्य गर्नु कानूनविपरीत हुने फैसला सुनाएको हो ।विद्यालयको हाता खुला र फराकिलो, पर्याप्त खेल मैदान र बाग बगैँचा कायम रहँ ...

शिक्षा सुधार्न जागे सरोकारवाला

           जिल्लाका समग्र शिक्षाका समस्या समाधान गरी सिकाइ सुधार गर्न भन्दै  एकदिने अन्तर्क्रिया सम्पन्न भएको छ ।जिल्लाको शैक्षिक अवस्था तथा सामाजिक समावेशीकरणको अनुसन्धान गर्न आएका त्रिभुवन विश्वविद्यालय मानव शास्त्र विभागको टोली र जिल्लाका सञ्चारकर्मी सरोकारवालाहरुबीच अन्तर्क्रिया सम्पन्न भएको हो ।अन्तर्क्रिया कार्यक्रममा जिल्लाका संचारकर्मीहरुले शिक्षा क्षेत्रका विकृति र विस ...

एसईई त्रुटि प्रकरण : नियन्त्रकलाई सरुवा गरेर चोखिने दाउ

  काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन गर्दा भएको त्रुटिबारे अध्ययन गर्न गठन गरिएको समितिले प्रतिवेदन बुझाएको दुई साता भइसक्दा पनि शिक्षा मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको छैन ।असार ९ गते सार्वजनिक भएको नतिजामा त्रुटि देखिएपछि अध्ययन गर्न मन्त्रालयले शिक्षक सेवा आयोगका प्रमुख प्रशासकीय अधिकृत (सहसचिव) डा. तुलसीप्रसाद थपलियाको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो। उक्तसमितिले एक सातापछि प्रतिवेदन बुझाएको थियो। ...

विद्यालयको पक्की भवन बैंकलाई भाडामा, विद्यार्थी टहरामा

दोलखा । भूकम्पले भवन भत्काइदिएपछि टहरामा सरेका विद्यार्थीका लागि ९० लाखको भवन बन्यो । तर, विद्यार्थी टहरामै छन् । किनकि, व्यवस्थापन समिति र प्रधानाध्यापकले भवन भाडामा लगाएका छन् । सुविधासम्पन्न भवनमा मासिक १५ हजार तिरेर सानिमा बैंकले शाखा खोलेको छ, विद्यार्थीले चुहिने टहरामै कक्षा लिइरहेका छन् ।दोलखाको मेलुङ गाउँपालिका–४ स्थित भीम माध्यमिक विद्यालयको भवन हालै मात्र पुनर्निर्माण प्राधिकरणले ९० लाख खर्च गरेर बनाएको हो । दुई तल्ले पक्की भवन बन ...

बालबालिकाका लागि नेक्स्ट जेनेरेसन कार्यक्रम

           हुम्ला जिल्लामा नेक्स्ट जेनेरेसन नेपाल कार्यक्रम लागु भएको छ । १८ वर्ष भन्दा मुनिका बालबालिकाहरु परिवारवाट अलग्याएर अवैधानिक रुपमा बाल गृहमा ओसार पसार तथा बेचबिखन रोक्ने उद्देश्यका साथ यो कार्यक्रम जिल्लामा लागु गरिएको हो । एनजिएन प्रोजेक्टको आर्थिक सहयोगमा जिल्लाका सिमकोट, खार्पुनाथ, चंखेली र अदानचुली गाउँपालिकामा यो कार्यक्रम लागु भएको किर्डाक हुम्ला निमित्त जिल्ला संयोजक बलिराम ...

नेपाली संस्कृति अध्ययन गर्दै चिनियाँ विद्यार्थी

 काठमाडौं । पूर्वी चीनको छिन्ताओ प्रान्तका विद्यार्थी नेपाल र चीनबीच एकआपसमा सांस्कृतिक सम्बन्ध सुधार गर्न सातदिने नेपाल भ्रमणमा आएको छ ।२३ विद्यार्थी र २ शिक्षक तथा ३ टिम लिडरका साथ उनीहरु यति बेला काठमाडौंका विभिन्न ठाउँमा घुम्दै नेपालबारे जानकारी लिन व्यस्त छन् । ११ देखि २१ वर्ष उमेर समूहका उनीहरु नेपालको संस्कृति, रीतिरिवाजका बारेमा अध्ययन गर्दै छन् ।यही सन्दर्भमा काठमाडौं बसाइका क्रममा सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थीसँग उनीह ...

मन्त्री र मुख्यमन्त्रीले नै भर्ना गरेका बालबालिका विद्यालय जाँदैनन्

काठमाडौं । नयाँ वर्षको अवसरमा आयोजित रारा महोत्सव उद्घाटन गर्न मुगु पुगेका प्रधानमन्त्रीसँग मन्त्री, मुख्यमन्त्री र नेताहरूको लावालस्कर थियो । प्रधानमन्त्रीले स्थानीय ठिन्ले स्याङ्हु तामाङलाई र श्रीमती राधिका शाक्यले स्थानीय छिरिङ छेम्जोङ लामालाई स्थानीय बुद्ध माविमा कक्षा १ मा भर्ना गराएका थिए । दुवै विद्यार्थीले अहिले पढिरहेका छन् । तर, प्रधानमन्त्रीको टोली काठमाडौं फर्किएपछि अभिभावक र विद्यालयसँग कुनै सम्पर्क छैन । ‘दुवै बालकले नियमित कक ...

साउनदेखि शिक्षाका अस्थायी/करार कर्मचारीहरुको जागिर चट् !

काठमाडौं । यसै साउन महिना देखि अस्थायी र करार नियुक्ति पाएका शिक्षाका कर्मचारीहरुको जागिर चट् हुने भएको छ ।करार तथा ज्यालादारीमा लामो समयदेखि कार्यरत शिक्षाका कर्मचारीले मंगलबारदेखि सरकारी कार्यालयमा हाजिर गर्न नपाउने भएका हुन् । शिक्षा विभागले उनीहरूलाई मंगलबारदेखि कार्यालय नआउन सूचित गरेको छ । शिक्षा विभागले साउन १ गते देखि स्थायी/अस्थायी  दरवन्दीमा करारमा कार्यरत कर्मचारीहरुको साउन १ गते देखि करार नविकरण नगर्ने र साउन १ देखि हाजिर पनि नगर ...

‘मातृ भाषामा पढाए सिकाइ राम्रो हुने’

काठमाडौं । सरकारले देशका विभिन्न भाषा संरक्षण, विकास र उत्थान गर्न अध्ययन अनुसन्धान गरी रायसहित सिफारिस गर्ने उद्देश्यले गठन गरेको भाषा आयोगले विद्यालय स्तरको शिक्षा मातृ भाषामा उपलब्ध गराउन सके स्कुले नानीहरूको सिकाइ उपलब्धी राम्रो हुने सिफारिस गरेको छ।भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले सोमबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा विद्यालय शिक्षाको स्तरवृद्धि गर्न सरकारले अब संस्थागत तथा सार्वजनिक दुवैखाले विद्यालयको पठनपाठन मातृ भाषामा गराउनुपर्ने सु ...

दुई विद्यालयलाई कक्षा १० सञ्चालन अनुमति

 अदानचुली गाँउपालिकाका दुई वटा विद्यालयहरुले कक्षा १० सम्म अध्ययनका लागि अनुमति प्राप्त गरेका छन । कक्षा १० को अध्ययन गर्नका लागि निर्धारित सुचक पुरा गरेपछि ती विद्यालयहरुलाई अदानचुली गाउँपालिकाले कक्षा सञ्चालन अनुमति दिएको हो । यस अघि कक्षा ९ सम्म अध्ययन भइ रहेका र शैक्षिक सत्र २०७५ बाट कक्षा १० को अनुमति पाउने विद्यालयहरुमा अदानचुली गाउँपालिका वडा नम्बर ५ को ज्ञानोदय मावि र वडा नम्बर ६ को कैशाल पुरी मावि रहेको ज्ञानोदय माविका प्रधानाध्यापक ...

अस्थायी शिक्षकको अनशन स्थगित, महासंघका अध्यक्ष थापाले जुस खुवाएर अनशन तोडाए

काठमाडौं । परीक्षा स्थगित गर्न माग गर्दै ११ दिनदेखि काठमाडौंको खुलामञ्चमा अनशन बस्दै आएका अस्थायी शिक्षकहरुको अनशन तोडिएको छ । शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले जुस खुवाएर अनशन तोडाएका हुन् । यही असार २९ र ३० को आन्तरिक परीक्षा स्थगित गर्न माग गर्दै असार २१ गतेदेखि बाराका धर्मेन्द्र ठाकुर, रामेछापका सरस्वती आचार्य र अमृता केसी अनशन बस्दै आएका भएपनि शिक्षक सेवा आयोगले परीक्षा सम्पन्न गराएको थियो । पछि शिक्षक महासंघका अध्यक्ष थापाले अस्थायी शि ...

अस्थायी शिक्षक समस्या स्थायी समाधानको बाटोमा, तीनै तहको परीक्षा सम्पन्न

काठमाडौं । शिक्षक सेवा आयोगले असार २९ र ३० गते तीनै तहको अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षा सम्पन्न गरेको छ । परीक्षामा १६ हजार धेरै परीक्षार्थी मध्ये साढे १४ हजार धेरै सहभागी भएको आयोगले जनाएको छ ।योसँगै, दशकौंदेखिको अस्थायी शिक्षक समस्या स्थायी रुपमा समाधान हुने भएको छ । अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षा सम्पन्न गरेसँगै अस्थायी शिक्षक समस्या विधिवत् रुपमा समाधान हुने भएको हो । लामो समयदेखि नेपाली शिक्षा क्षेत्रकै ठूलो समस्याको रुपमा रहे ...

अपांगता भएका विद्यार्थीलाई घुम्ती कक्षा

 जिल्लाको दक्षिणी क्षेत्रका गाउँपालिकामा रहेका अपांगता भएका विद्यार्थीहरुका लागि घुम्ती कक्षा सञ्चालन गरिएको छ । विद्यालय बाहिर र भित्र रहेका विद्यार्थीहरुलाई उनीहरुका सेवा र सुविधा तथा हक अधिकारका बिषयमा कक्षा सञ्चालनका क्रममा जानकारी गरिएको हो । ताँजाकोट र अदानचुली गाउँपालिकाका २ सय १९ जना १८ बर्ष मुनीका बालबालिकाहरुलाई अपांगता परिचय पत्र, राज्यबाट उपलब्ध हुने सेवा र सुविधा, परिचय पत्र लिने प्रकृयाका बारेमा पचास दिने घुम्ती कक्षा सञ्चालन ग ...

दैनिक सात घन्टा हिँडेर विद्यालय

तनहुँ । ग्रामीण भेगका बालबालिका सात घन्टा हिँडेर विद्यालय आवतजावत गर्न बाध्य छन् । देवघाट गाउँपालिका–३ मा माध्यमिक तहको विद्यालय नहुँदा केही विद्यार्थी सात घन्टा हिँडेर आवतजावत गर्छन् भने केहीले बीचैमा छाड्ने गरेका छन् । वाटक गाउँका विद्यार्थी माध्यमिक तहको अध्ययनका लागि सराङघाटस्थित भृकुटी माविमा जान बाध्य छन् ।अध्ययनका लागि विद्यालय जाँदा बाटो ओरालो भएकाले तीन घन्टा र घर फर्किंदा चार घन्टा लाग्ने गरेको छ । कक्षा १० मा अध्ययनरत बबिसरा थाप ...

चिकित्सा शिक्षा विधेयकमा स्वार्थैस्वार्थ

काठमाडौँ । चिकित्सा शिक्षा सुधारको माग राखेर डा. गोविन्द केसीको १५ औ अनशन जुम्लामा १५ दिनदेखि जारी छ । हरेकपटकको अनशनमा चिकित्सा शिक्षाको गुणस्तर र सहज पहुँच व्यवस्थाको माग जोडिन्छ । सरकारले अनशन तोड्न केसीसँग माग पूरा गर्ने भन्दै सम्झौता पनि गर्छ । गुणस्तरीय चिकित्सा शिक्षामा असर पर्ने गरी चलखेल हुन थालेपछि फेरी अनशन चलिरहन्छ । यो चक्र तीन वर्षदेखि चलिरहेको छ । केसीकै माग पूरा गर्न सरकारले ०७१ पुस १८ मा चिकित्सा शिक्षाका समस्या र चुनौतीको ...

एक शिक्षिकाको भरमा ‘मदरसा’

दैलेख  । जिल्लाको दुल्लु नगरपालिका–१० मा ७० घरधुरी मुस्लिम समुदाय बसोबास गर्दैै आएका छन् । समुदायका बालबालिकाहरुका लागि १० वर्षदेखि मदरसा सञ्चालनमा छ । मदरसामा ६४ जना विद्यार्थी अध्ययनरत छन् ।एकजना शिक्षिकाको भरमा संचालनमा रहेको जिल्लाकै एकमात्र मदरसा आर्थिक समस्याका कारण बन्द हुने अवस्थामा पुगेको छ । आधारभूत तहसम्म सञ्चालन गरिएको मदरसा यस अघि पनि शिक्षकलाई तलब खुवाउन नसक्दा तीन महिना बन्द भएको थियो । तीन महिना बन्द भएको मदरसा अभिभावकले चन् ...

८ विद्यालय गाभिए

रामेछाप । रामेछापको नगरक्षेत्रमा विद्यार्थी संख्या न्यून भएका ८ विद्यालयलाई नगरपालिकाले पायक पर्ने अन्य विद्यालयमा गाभेको छ । विद्यार्थी संख्या न्यून भएकाले शिक्षकको तलबभत्ता तथा अन्य खर्च धेरै हुने भएकाले अन्य विद्यालयमा गाभिएको नगरपालिकाले जनाएको छ ।मन्थली नगरपालिकाका अनुसार मन्थली नगरपालिका–३ को जलकल्याण आधारभूत विद्यालय भदौरेलाई नीलकण्ठेश्वर मावि कठजोरमा, वडा नम्बर ६ को पञ्चकन्या आधारभूत विद्यालय नबुघाटलाई खाँडादेवी आधारभूत विद्या ...

विशेष शिक्षाका शिक्षक: ४२ वर्षदेखि एकै तहमा

काठमाडौँ  ।  पाटन माँपालटोलकी शुभद्रा श्रेष्ठ ‘ब्रेल शिक्षक’ हुन् । ४२ वर्षदेखि काठमाडौंको खगेन्द्र नवजीवन विशेष व्यावसायिक माध्यमिक विद्यालयमा पढाइरहेकी उनी स्वयं दृष्टिविहीन हुन् । हरेक दिन लगनखेलबाट रत्नपार्क र रत्नपार्कदेखि जोरपाटीसम्म दुइटा सार्वजनिक गाडी बदलेर उनी जोरपाटीस्थित विद्यालय पुग्छिन् । तर, अब उनले यसरी धाउनुपर्ने दिन धेरै छैनन् । किनभने, आगामी फागुनमा ६० वर्ष पुगेपछि उनले अनिवार्य अवकाश लिनुपर्नेछ । सामुदाय ...

सिमकोट पूर्ण खोप सुनिश्चित गाँउपालिका घोषित

         सिमकोट पूर्ण खोप सुनिश्चित गाँउपालिका घोषित भएको छ । पालिकामा रहेका आठवटै वडाहरु  पूर्ण खोप सुनिश्चित भएपछि सिमकोट पूर्ण खोप सुनिश्चित गाँउपालिका घोषित भएको छ । गाँउपालिकाका ९० प्रतिशत भन्दा बढि १५ महिनासम्मका बालबालिकाहरुले सात प्रकार खोप ११ प्रकारका रोग बिरुद्ध नियमित लगाउने गरेपछि गाँउपालिकालाई पुर्ण खोप सुनिश्चित गाँउपालिका घोषित गर्न सम्भव भएको जिल्ला अस्पतालका खोप सम्पर्क व्यक्ति मदन तिम ...

हाजिरीजवाफमा बालमन्दिर मावि प्रथम

गाउँपालिका स्तरको मावि स्तरिय हाजिरी जवाफ प्रतियोगितामा बालमन्दिर मावि  प्रथम भएको छ । २० नम्वर ल्याएर सो विद्यालय प्रथम भएको हो । त्यसैगरी, मानसरोवर मावि १२ नम्वर ल्याएर दोस्रो भएको र ७ नम्बर ल्याएर सैपाल मावि तेस्रो भएको विद्यालयका प्रधानाध्यापक कैलाश रोकायले बताए । कुल ८० वटा प्रश्न सोधिएकोमा ५७ वटा प्रश्नाको जवाफ प्रतियोगी विद्यालयका टिमले दिएको प्रअ रोकायाले बताए । हाजिरी जवाफ प्रतियोगितामा रलिङ्ग मावि र रामदेव माविको पनि सहभागीता ...

विद्यार्थीहरुले कवितामार्फत मुलुकको समृद्धि झल्काए

पूर्व निर्धारित कार्यक्रम नभएर संयोगले परेको भानुभक्तको जन्मजयन्तिको अवसरमा कविता तथा वक्तृत्व प्रतियोगिता सञ्चालन भएको छ । विद्यार्थीमा अन्तर निहित भएको प्रतिभालाई प्रफुष्टन गर्न अतिरिक्त कृयाक्लाप अन्र्तगत कविता र वक्तृत्व कला प्रतियोगिता सञ्चालन गरिएको हो ।सिमकोट गाउँपालिका भित्रका मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा छात्रातर्फ बालमन्दिर माविका मनिसा हमाल प्रथम भएकी छिन् । देश विकासमा पर्यटन उद्योगको महत्व शिर्षकमा सञ्चालन भएको वक्तृत्वकला प ...

मावि र निमावि तहको परीक्षा देशभर मर्यादित र शान्तिपूर्ण, आज प्रावि तहको परीक्षा हुँदै

भक्तपुर । शिक्षक सेवा आयोगले  शुक्रबार भएको अस्थायी शिक्षकको निम्न माध्यमिक र माध्यमिक तहका परीक्षा शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न भएको जनाएको छ । पटक–पटक स्थगित हुँदै आएको परीक्षा अन्ततः शुक्रवारदेखि सञ्चालनभएको थियो । शुक्रबार निम्न माध्यमिक र माध्यमिक तहका भएको र शनिवार प्राथमिक तहको परीक्षा हुने छ । एकथरीका अस्थायी शिक्षकहरुले परीक्षा बिथोल्ने धम्की दिएका भएपनि शुक्रवार देशभर शान्तिपूर्णरुपमा परीक्षा सम्पन्न भएको हो । यकिन तथ ...

साक्षर घोषणा हुने अवस्थामा मोरङ जिल्ला

विराटनगर । नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा सन् २०१५ भित्रमा नेपाल साक्षर देश घोषणा गरिसक्ने प्रतिबद्धता गरेपनि त्यो पूरा नभएपछि यो घोषणा सन् २०१९ सम्मका लागि सरेको छ । यो घोषणा गरेको समयमा नेपालमा त्यतिखेर करिब ५१ लाख ७३ हजार ९७७ जना निरक्षर रहेका थिए भने अहिले २ लाख ९७ हजार ९४३ जना मात्र निरक्षर रहेको अनौपचारिक शिक्षा केन्द्र सानोठिमीले जनाएको छ। त्यसताका नेपालमा साक्षरता ४३ प्रतिशत थियो भने अहिले करिब साक्षर देश घोषणा हुन सक्ने अवस्थामा ...

कानुन स्नातक तहको इन्ट्रान्सको उत्तर पुस्तिका च्यातियो

काठमाडौं । कानुन संकायअन्तर्गत स्नातक तह प्रथम वर्षका लागि लिइएको प्रवेशिका परीक्षा (इन्ट्रान्स)को उत्तर पुस्तिका च्यातिएको छ । बुधबार त्रिवीस्थित डिन कार्यालयमा कपी चेकजाँच गर्दागर्दै उत्तर पुस्तिका च्यातिएको विद्यार्थीले जनाएका छन्। सबै विद्यार्थीले पढ्न पाउनुपर्ने निर्णय कार्यान्वयन हुनुपर्ने माग गर्दै आएको स्वतन्त्र विद्यार्थी समूहले डिन कार्यालयले इन्ट्रान्स दिएकालाई मात्रै कोटाअनुसार पढाउने निर्णयसहित उत्तरपुस्तिका जाँच्न सुरु गरेपछि कपी च ...

महासंघका अध्यक्ष थापामाथि अस्थायी शिक्षकद्वारा भएको दूर्व्यवहारको चौतर्फी निन्दा

काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा माथि अस्थायी शिक्षकहरुद्वारा भएको हातपातको चौतर्फी निन्दा भएको छ । घटना लगत्तै प्रेसविज्ञप्ति जारी गर्दै महासंघले दोषिलाई तत्काल कानूनी कार्बाही गर्न समेत माग गरेको छ । बिहिवार नेपाल शिक्षक महासंघको कार्यालय केशरमहल पुगेका अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका संयोजक विन्दा दास थारु नेतृत्वका अस्थायी शिक्षकहरुले महासंघका अध्यक्ष थापा माथि सुनियोजित हातपात गर्ने काम भएको महासंघले जनाएको छ । अ ...

लोकतन्त्रले खोसेको न्याय दिलाइदिन भन्दै पूर्वराजालाई अस्थायी शिक्षकको 'विन्तिपत्र'

काठमाडौं । शिक्षक सेवा आयोगको परीक्षा स्थगित गराइ आफूहरुलाई न्याय दिन माग गर्दै अस्थायी शिक्षकहरुले पूर्वराजा ज्ञानेन्द्र शाह समक्ष विन्तिपत्र चढाएका छन् । विभेदपूर्ण स्थितीमा असार २९ र ३० गते सञ्चालन हुन लागेको परीक्षा स्थगित गराई आफुहरुलाई न्याय दिन भन्दै अस्थायी शिक्षकहरुले पूर्वराजासँग गुहार मागेका हुन् । अस्थायी शिक्षकहरुले यसअघि पनि न्यायका लागि भन्दै पुर्वराजा र नेपाली सेनासँग गुहार मागेका थिए । त्यतिबेला आयोगले परीक्षा स्थगित गराएको थियो ...

प्रगति शिक्षा सदन माविको उत्कृष्ट नतिजा, सर्वोत्कृष्ट शिक्षक र विद्यार्थी पुरस्कृत

ललितपुर । कुपण्डोल स्थित प्रगति शिक्षा सदन माविले २०७४ को एसइइ परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ ।   विद्यालयबाट एसइइ परीक्षा दिएका कूल ३४ जना विद्यार्थीहरुमध्ये ८ जनाले ३.६ देखि ४.० जिपिए र  ९ जनाले ३.२ देखि ३.६ जिपिए प्राप्त गर्न सफल रहेका छन् । यसैगरी, २.८ देखि ३.२ जिपिए ल्याउने विद्यार्थी संख्या ११ रहेका छन भने  ४ जनाले २.४ देखि २.८ जिपिए प्राप्त गरेका छन् । २ जना विद्यार्थीले २.२ देखि २.४  जिपिए प्राप्त गरेका हुन् । ...

मदानादेव मावि अब आवासीय विद्यालय हुने

 हुम्ला जिल्लाको ताँजाकोट गाँउपालिकाको वडा नम्बर पाँचको मदानादेव मावि अब आवासीय विद्यालय बन्ने भएको छ ।शिक्षा विभागबाट हिमाली जिल्ला आवासीय विद्यालय कार्यक्रम अन्तर्गत उक्त विद्यालय छनोट भएपछि  आवासीय विद्यालयका रुपमा सञ्चालन हुने भएको हो ।शिक्षा विभागले हिमाली सात वटा जिल्लामा यो कार्यक्रम लागु गरेको छ । यसका लागि विभागले विद्यालयहरुलाई व्यवस्थापन सञ्चालन खर्च दुई लाख ५० हजार रुपियाँ र आवासीय छात्रवृत्तिका लागि नियमअनुसार वजेट निकासा द ...

अस्थायी शिक्षकहरु परीक्षा दिन हिडेपछि विद्यालय खाली, पठन–पाठन प्रभावित

 शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षा नेपालगञ्जमा तोक्दा जिल्लाका अधिकांश विद्यालयहरुको पठन–पाठन प्रभावित भएको छ । जिल्लाका साढे तीन दर्जन विद्यालयका ७५ प्रतिशत अस्थायी शिक्षकहरु परीक्षाका लागि दुई हप्ता अगाडीबाटै परीक्षा दिन नेपालगञ्ज झरेपछि ती विद्यालयमा पढाई प्रभावित भएका हुन । नाम्खा गाँउपालिकाको बुद्ध निमावि हेक्पामा तीनजना शिक्षकको दरवन्दी भएको र दुई जना शिक्षक आयोगद्वारा असार ३० गते सञ्चालन हुने प्रावि तहको&nbs ...

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा एमफिल कक्षा शुरु

सुर्खेतको मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा एमफिल कक्षा शुरु भएको छ । विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत एमफिल कक्षा शुरु गरिएको हो ।  विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर उपेन्द्र कोइरालाले व्यवस्थापन संकायमात्र नभई अन्य संकायको स्तरोन्नति गर्न आफूहरु लागि परेको बताए । उनले शैक्षिक गुणस्तर बढाउनका लागि शिक्षकको गुणस्तर उच्च हुनुपर्ने बताउँदै एमफिल कक्षाले विद्यावारिधी र स्नातोकोत्तरलाई जोड्ने पुलको रुपमा काम गर्ने बताए । यसैगरि कर ...

प्राविधिक शिक्षालाई अब शिक्षाको ‘मूलधार’ बनाइने

काठमाडौं । सरकारले ‘प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान २०७५’ शुरु गर्दै अब शिक्षाको मूल धार प्राविधिक शिक्षालाई बनाउने घोषणा गरेको छ । एसइइ नतिजा प्राप्त गरी प्राविधिक शिक्षाको डिप्लोमा कार्यक्रममा भर्ना हुन लागेका विद्यार्थीलाई लक्षित गरी प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान थालिएको हो ।    प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)द्वारा राजधानीमा आयोजित अभियान घोषणा समारोहको शिक्षा, विज्ञान तथा प्रवि ...

बरगाँउ अब छाउपडी मुक्त गाउँ

हुम्ला जिल्लाको सिमकोट गाँउ पालिकाको वडा नम्बर तीनको बरगाँउ नमूना गाँउ घोषित भएको छ । गाँउमा जनताले आधारभुत सुविधा पाए पछि बरगाँउ नमूना गाँउ घोषित भएको हो ।   बरगाँउमा बहुपति प्रथा न्यूनिकरण, छाउपडी मुक्त र जातिय भेदभाव हटेपछि गाँउलाई नमूना गाँउ घोषित गरिएको सिमकोट गाँउपालिका वडा नम्बर तीनका अध्यक्ष ताक्ला जिग्मेत लामाले बताए । अब गाँउबासीलाई घोषित कार्यक्रमलाई दिगोपना दिन अवसर र चुनौती दुबै रहेको उनले बताए ।  बरगाँउ हुम्ला जिल्ला कै न ...

कर्णालीका आईटी पढ्ने सात विद्यार्थीलाई क्यानको छात्रवृत्ति

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले सुचना र प्रविधि (आईटी) पढन् चाहने कर्णाली प्रदेशका सात जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । क्यानले सूचना प्रविधि पढन् चाहने प्रदेशका गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति घोषणा गरेको हो । लर्ड वुद्ध एजुकेसन फाउण्डेसनको सहकार्यमा क्यानले सातै प्रदेशका ७ जनाका दरले ४९ जना विद्यार्थीहरुलाई १ करोड ८३ लाख ३६ हजार ५ सय रुपैयाँको छात्रवृत्ति घोषणा गरेको छ । आइतबार वीरेन्द्रनगरमा आयोजित ...

१७ बुंदे सहमतिसँगै विद्यार्थीले अनसन तोडे

आफ्ना माग सम्बोधन हुने भएपछी मध्यपश्चिम विश्वविद्यालय इञ्जिनियरिङ संकायका विद्यार्थीहरुले अनसन तोडेका छन् । आफ्ना विभिन्न शैक्षिक माग राख्दै ६ दिनदेखि आमरण अनसनमा बसेका विद्यार्थी र विश्वविद्यालयका पदाधिकारी बिच आइतवार भएको वार्तामा मागहरु सम्बोधन गर्ने सहमति भएपछि अनसन तोडिएको हो । इञ्जिनियरिङ संकायका रोशन बस्नेत, रत्नकुमार शर्मा र मिलन बिसी आमरण अनशनमा बसेका थिए । देउती अस्पतालमा विश्वविद्यालयका डिन गोविन्द लामिछाने, क्याम्पस प्रमुख सोनालाल याद ...

विद्यालयमा अझै छुवाछुत : दलित विद्यार्थीले छोएको पानी चल्दैन

  सरकारले छुवाछुत मूक्त गरिसकेको छ । यो अब कानूनी दायरामा आउने भएको छ । तर, सिमकोट गाँउपालिकाको वडा नम्वर २ को रामदेव माविमा भने अझैपनि छुवाछुत विद्यमान रहेको छ ।दलित विद्यार्थी र अन्य जातिका विद्यार्थीहरु सँगै बसेर खाजा त के पानी पनि  नखाँदा अहिलेको जमानामा पनि छुवाछुताले निक्कै ठूलो रुप लिएको हो ।घरबाट करिब १५ मिनेट टाढाको विद्यालयमा विद्यार्थीहरुले खाजा बोकेर विद्यालय मै ल्याउने गरेको तर अन्य जातिका विद्यार्थीले दलित छोएको खाजा नखाने ...

एमयुका विद्यार्थी भोक हड्ताल, अनसन र आइसियुमा, प्रशासन भने मस्तीमा

आन्दोलनरत मध्यपश्चिमाञ्चल विश्वविद्यालय इञ्जिनियरिङ संकायका विद्यार्थीहरुको माग सम्बोधन नभएको भन्दै थप नौ जना विद्यार्थीले भोक हड्ताल शुरु गरेका छन् । विश्वविद्यालय आफ्ना मागप्रति लचिलो नभएको भन्दै नौ जना विद्यार्थीहरुले भोक हड्ताल शुरु गरेका हुन । विद्यालयले राखेका मागहरुलाई सम्बोधन गर्नका लागि शनिबार राती  ९ जनाको विद्यार्थीहरुको टोली र उपकुलपति र रजिष्टारसहितको टोली वार्तामा बसेको थियो । करिब ११ बजेसम्म बसेको वार्ता विना निष्कर्ष टुं ...

अनसनरत विद्यार्थी आईसीयूमा, प्रशासनले उल्टै बर्सायो विद्यार्थी माथि प्रहरीको लाठी

विभिन्न शैक्षिक माग राख्दै आमरण अनसन बसेका मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरुको माग पुरा गर्न विश्वविद्यालय प्रशासन गम्भीर नदेखिएपछि विद्यार्थीहरु आक्रोशित भएका छन् । गत बुधबारदेखि अनसनरत् इञ्जिनियरिङ संकायका विद्यार्थीहरुको स्वास्थ्य अवस्था गम्भीर हुँदा पनि विश्वविद्यालय प्रशासनले माग पुरा गर्ने छाँटकाँट देखाएको छैन । विद्यार्थीहरुले तल्लो तहका कर्मचारीसँग नभई पदाधिकारीसँग नै वार्ता गर्न खोजिरहेका छन् । इञ्जिनियरिङ संकायका विद्यार्थी ...

आमरण अनसनरत विद्यार्थीको स्वास्थ्य अवस्था गम्भिर बन्दै

आमरण अनसन बसेका मध्यपश्चिम विश्वविद्यालयमा इञ्जिनियरिङ संकायका विद्यार्थी रोशन बस्नेतको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । तीन दिनदेखि आमरण अनसन बसेका विद्यार्थी बस्नेतको स्वास्थ्य नाजुक बनेपछि शुक्रबार विहान अस्पताल भर्ना गरिएको हो । विद्यार्थीहरुले इञ्जिनियरिङ संकायलाई स्वायत्त, विषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने, पूर्ण छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने भन्दै तीन दिन देखि रोशन बस्नेत सहित मिलन वि.सी. र रतन शर्मा आमरण ...

अस्थायी शिक्षकद्वारा फेरी आमरण अनसन

 काठमाडौं । अस्थायी शिक्षकहरुले  परीक्षा स्थगित गर्न माग गर्दै पुन: आमरण अनसन शुरु गरेका छन् ।अस्थायी शिक्षकहरुको आगामी असार २९ र ३० गते तोकिएको परीक्षा स्थगित गर्न माग गर्दै केही अस्थायी शिक्षकहरु आन्दोलमा उत्रिएका हुन् । उनीहरुले बिहीवार ४ बजेदेखि खुलामञ्चमा आमरण अनसन शुरु गरेका छन् ।बाराका धमेन्द्र ठाकुर ब्राह्मण, रामेछापका सरस्वति आचार्य र अमृता केसीले आमरण अनसन शुरुगरेका हुन् । उनीहरुले परीक्षा तयारीका लागि समय नपुगेको भन्दै अहिलेक ...

परीक्षा दिने अस्थायी शिक्षकलाई प्रत्येक उडानमा दुई टिकट

 अस्थायी शिक्षक परीक्षा प्रति हुम्ला जिल्लाको प्रशासन गम्भिर बनेको छ ।  आगामी असार २९ र ३० गते हुने अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षा दिन जानका लागि प्रशासनले टिकट उपलब्ध गराउने भएको छ ।परीक्षा दिन जाने अस्थायी शिक्षकहरुमध्ये प्रत्येक उडानमा  दुईले उड्न पाउने भएका छन । यसवाट शिक्षकलाई केही राहत हुने भएको छ ।अस्थायी शिक्षकहरुले परीक्षा दिन जान हवाइ टिकट नपाएको भन्दै जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाएका थिए ।अस्थायी शिक्षकको ज्ञापन ...

अनसन बसेका विद्यार्थीद्वारा सवारीसाधन बन्द

बुधबारदेखि आमरण अनसन बसेका मध्यपश्चिमाञ्चल विश्वविद्यालय इञ्जिनियरिङ संकायका विद्यार्थीहरुले आजदेखि विश्वविद्यालयमा रहेको सम्पुर्ण सवारीसाधन बन्द गराएका छन् । विगत १६ दिनदेखि शान्तिपूर्ण आन्दोलन गर्दा पनि विश्वविद्यालयका पदाधिकारीहरुले वेवास्ता गरेको भन्दै उनीहरुले सवारी साधन बन्द गर्नुका साथै केन्दीय प्रशासन कार्यालयमा समेत अनिश्चितकालीन तालाबन्दी गरेको अनशन बसेको संघर्ष समितिका सदस्य रोशन बस्नेतले बताए । उनीहरु वीरेन्द्रनगरस्थित विश्वविद्यालयक ...

अस्थायी शिक्षक परीक्षाको केही परीक्षा केन्द्र परिवर्तन, प्रवेश पत्र हराएकाले के गर्ने ?

भक्तपुर । शिक्षक सेवा आयोगले अस्थायी शिक्षक परीक्षाको निर्धारित परीक्षा केन्द्रमा केही संशोधन गरेको छ । आयोगले असार ३० गते दिउँसो साढे १ बजे सञ्चालन हुने प्राथमिक तहको ३ परीक्षा केन्द्र परिवर्तन गरेको हो । आयोगका अनुसार विज्ञापन नम्बर १०३ को महोत्तरी र बारा जिल्लाको पूर्व निर्धारित बालव्यवसायी माविको केन्द्र परिवर्तन गरी मंगलादेवी मावि गौशाला कायम गरेको छ । त्यस्तै, विज्ञापन नम्बर १०२ का स्यांजा र पाल्पाका जनप्रिय मावि सिमलचौर क र ख लाई परिवर्तन ...

शिक्षामन्त्रीको बक्रदृष्टी: नर्सिङ कलेज सम्बन्धनमा चलखेल

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मापदण्डविपरीत नर्सिङ कलेजलाई सम्बन्धन दिन चलखेल शुरु गर्नुभएको छ । आफ्ना सहयोगी सुदर्शन पराजुलीमार्फत व्यावसायिक शिक्षा तथा तालिम परिषद (सीटीईभीटी) का पदाधिकारीलाई २०६९ सालदेखि रोकिएका संस्थालार्ई तत्काल सम्बन्धन दिन दबाब दिनुभएको हो । मन्त्री पोखरेलले २० नर्सिङ, २ सामान्य चिकित्सा, १ ल्याब टेक्निसियन, १ रेडियोग्राफी र १ फार्मेसी गरी २५ संस्थालाई सम्बन्धन दिन चलखेल गर्नुभ ...

अनुमतिबिना सञ्चालित निजी विद्यालय बन्द गरिने

रौतहट । रौतहटमा नेपाल सरकार तथा स्थानीय तहबाट अनुमति नै  नलिइ तथा लिएको अनुमतिभन्दा बढी कक्षा सञ्चालन गर्ने निजी विद्यालयलाई गौर नगरपालिकाले कारबाही गर्ने भएको छ । अनुमति नलिएका विद्यालयहरूलाई बन्द गराइने नगरपालिकाले जनाएको छ । जिल्ला सदरमुकाम गौरमा चालू शैक्षिक सत्रमा मात्र करिब एक दर्जन नयाँ विद्यालय खोलिएका छन् । नगरपालिकाको अनुमति नै नलिइ ती विद्यालयहरूले कक्षा सञ्चालन गरिरहेका छन्। नयाँ विद्यालयले पहिलो वर्ष कक्षा १ को मात्रै अनुम ...

अवैध विद्यालय बन्द गराउँदै नगरपालिका

रौतहट । सञ्चालनको अनुमति नै नलिएका र अनुमति लिएको भन्दा बढी कक्षा संचालन गर्ने विद्यालयहरुमाथि गौर नगरपालिकाले कारबाही गर्ने भएको छ। अनुमति नलिएका विद्यालयहरुलाई नगरपालिकाले बन्द गराउन लागेको हो । जिल्ला सदरमुकाम गौरमा चालू शैक्षिक सत्रमा मात्र करिब एक दर्जन विद्यालयहरु खोलिएका छन्। नगरपालिकाले अनुमति नदिएको भए पनि दर्जनभन्दा बढी विद्यालयले अभिभावकलाई ठगेर कक्षा संचालन गरिरहेको पाइएको छ। शिक्षा ऐन अनुसार नयाँ विद्यालयले पहिलो वर्ष कक्षा एकको मात ...

एसईईमा लापरबाही : सैद्धान्तिकमा ई ग्रेड, प्रयोगात्मकमा शतप्रतिशत नम्बर

काठमाडौँ । एसईई परीक्षामा सामाजिक विषयमा सैद्धान्तिकतर्फ ग्रेड ‘ए’ अर्थात् ६५ अंक ल्याएकी विराटनगरकी एक छात्रालाई प्रयोगात्मकमा ‘ए प्लस’ अर्थात् २५ नम्बर दिइएको छ । सोही विषयको सैद्धान्तिक परीक्षामा ग्रेड ‘ई’ अर्थात् २० भन्दा कम अंक प्राप्त गर्ने धनकुटाका अर्का परीक्षार्थीलाई पनि प्रयोगात्मकमा २५ मा २५ नम्बर अर्थात् ‘ए प्लस’ ग्रेड दिइएको छ । सैद्धान्तिक ७५ र प्रयोगात्मक २५ गरी १०० पूर्णाङ्कको ...

विद्यार्थीले शुरु गरे आमरण अनसन

मध्यपश्चिमाञ्चल विश्वविद्यालय इञ्जिनियरिङ संकायका विद्यार्थीहरु आमरण अनसन शुरु गरेका छन् । विश्वविद्यालयले आफ्ना मागहरुको सुनुवाई नगरेको भन्दै उनीहरुले बुधवारदेखि आमरण अनसन सुरु गरेका हुन् । उनीहरु वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय महाविद्यालयको परिसरमा अनसन बसेका छन् । विद्यार्थीहरुले इञ्जिनियरिङ संकायलाई स्वायत्त गराइनुपर्ने, १० प्रतिशत विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने, सम्पूर्ण विषयगत शिक्षकहरुको उचित व्यवस् ...

अस्थायी शिक्षकलाई परीक्षाको चिन्ता, जिल्ला प्रशासनमा ज्ञापन पत्र पेश

अस्थायी शिक्षकहरुले आगामी असार २९ र ३० गतेको परीक्षामा सहभागी हुन यातायात व्यवस्थालाई सहज बनाइदिन प्रशासनसँग माग गरेका छन् ।परीक्षा आउन एक हप्ता मात्र वाँकी रहदा परीक्षा स्थल नेपालगञ्ज जान हवाई यातायातको समस्या भए पछि सहज बनाइदिन भन्दै अस्थायी शिक्षकहरुले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र पेश गरेका हुन । खराव मौसमको कारण नियमित उडान नहुनु र  भए पनि मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने भारतीय पर्यटकहरुले मात्र टिकट पाउँदा अस्थायी ...

निजीको भन्दा कम छैन ज्ञानोदय माविको नतिजा, ७४ जनाको जिपिए ३.६५ माथि

काठमाडौं । काठमाडौं बाफल स्थित ज्ञानोदय माविको एसइइ नतिजा कुनै निजी विद्यालयको भन्दा कम छैन । एसइइ परीक्षामा सहभागी  २ सय ६ जना विद्यार्थी मध्ये ७४ जनाले  ३.६५ बढी जिपिए प्राप्त गरेका छन् । त्यस्तै,  ५१ जनाले  ३.२५ देखि ३.६ र  ५९ जनाले २.८ देखि ३.२ जिपिए ल्याउन सफल भएका हुन् । त्यस्तै,  २० जनाले २.४ देखि २.८ र २ जनाले २.३ देखि २.३५ जिपिए ल्याउन सफल भएका प्रधानाध्यापक नातिकाजी महर्जनले  जानकारी दिए । प्राविधिकतर ...

निजी विद्यालयको बढेको शुल्क फिर्ता गर्ने सहमति, ३ दिने शैक्षिक हड्ताल फिर्ता

काठमाडौं । निजी विद्यालयको बढेको शुल्क फिर्ता गर्ने सहमति भएसँगै नौं विद्यार्थी संगठनले घोषणा गरेका तीनदिने शैक्षिक हड्ताल फिर्ता भएको छ । नौ विद्यार्थी संगठनहरुले असार २०, २१ र २२ गर्ने भनेको तीनदिने शैक्षिक हड्ताल फिर्ता लिएका हुन् । शिक्षा मन्त्रालयमा सोमबार अपराह्न साढे चार बजेदेखि राति साढे ११ बजे  सम्म भएको वार्तामा हड्ताल फिर्ता लिने सहितको नौ बुंदे सहमति भएको हो । वार्तामा संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ लाई कार्यान् ...

एसइईपछिको अन्योल, संवेदनशील छैन पदाधिकारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले असार ९ गते कक्षा १० को नतिजा सार्वजनिकमा त्रुटि हुँदा ९ हजार बढी विद्यार्थीको नतिजामा फेरबदल भयो। नतिजा प्रकासनसँगै ग्रेडवृद्धिका लागि (पूरक) परीक्षाको मिति साउन २३ लाई तोकियो। त्यसपछि असार १५ गते अर्को सूचना प्रकासित गरी दुई विषयमा डी, डीप्लस वा ई ल्याउने विद्यार्थीले ग्रेडवृद्धिका लागि पूरक परीक्षा दिन पाउने व्यवस्था गरिएको उल्लेख गरेको थियो। यो सूचना अक्षरांकन पद्धति कार्यान्वयन भएलगत्तै २०७२ को व्यवस ...

त्रिविका १५ क्याम्पस सुविलाई

काठमाडौँ  । सुदूरपश्चिम विश्वविद्यालय (सुवि) ले प्रदेश ७ का १५ क्याम्पसलाई आफ्नो आंगिक क्याम्पस घोषणा गरेको छ । घोषणासँगै विश्वविद्यालयले त्यहाँ कार्यरत शिक्षक र कर्मचारीलाई समायोजन गरेको छ । यसअघि ती क्याम्पस त्रिभुवन विश्वविद्यालयअन्तर्गत थिए ।सुविअन्तर्गत समायोजन गरिएका क्याम्पसमा कैलालीको टीकापुर बहुमुखी क्याम्पस र दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, दार्चुला क्याम्पस, बैतडीको पाटन बहुमुखी, जगन्नाथ बहुमुखी र मेलौली बहुमुखी क्याम्पस छन् ।त्य ...

एसईई नतिजा छानबिन समितिको ठहर : अंकलाई ग्रेडमा बदल्दा त्रुटि

काठमाडौँ  । एसईई परीक्षाको नतिजा प्रकाशनमा प्राविधिक त्रुटि हुँदा विद्यार्थीको ग्रेडसिट (मार्कसिट) मा परिवर्तन आएको छानबिन समितिले ठहर गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतका अनुसार परीक्षार्थीले प्राप्त गरेको अंकलाई ग्रेडमा बदल्दा त्रुटि भएको प्रतिवेदनमा उल्लेख छ ।अध्ययनकै क्रममा रहेको प्रतिवेदनमा मानवीय लापरबाही नभई प्राविधिक कारणबाट त्रुटि हुन पुगेको जनाइएको छ । ‘विद्यार्थीको प्राप्तांकमा कुनै परिवर्तन भएको छैन,&rsq ...

इञ्जिनियरिङ संकायका विद्यार्थी आमरण अनसन बस्दै

मध्यपश्चिमाञ्च विश्वविद्यालय सुर्खेतमा अध्ययनरत इञ्जिनियरिङ संकायका विद्यार्थीहरुले आजदेखि आमरण अनसन शुरु गर्ने भएका छन् ।   विश्वविद्यालयले आफुहरुका मागहरु सम्बोधन नगरेको भन्दै उनीहरुले आइतवार पत्रकार सम्मेलन गरेर सोमवारदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा आमरण अनसन बस्ने जानकारी दिएका हुन् । विश्वविद्यालयका पदाधिकारीहरुले आफ्ना मागहरुलाई वेवास्ता गरेको भन्दै उनीहरुले आफ्ना मागहरु पुरा नभएसम्म आज अपरान्ह ४ बजेदेखि आमरण अनसन ...

कालिका मानवज्ञान माविको उत्कृष्ट नतिजा, १०८ विद्यार्थीले ल्याए ३.६५ बढी जिपिए

रुपन्देही । नेपालकै नमूना विद्यालय बुटवलस्थित कालिका मानवज्ञान माविले २०७४ सालको एसइइ परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गरेको छ । परीक्षामा सहभागी भएका ३६४ विद्यार्थी मध्ये १०८ जनाले ३.६५ बढी जिपिए प्राप्त गरेका छन् । त्यस्तै, त्यसमा पनि ३.९ जिपिए ल्याउन ११ र ३.८ जिपिए ल्याउने ३७ जना रहेका विद्यालयका प्रधानाध्यापक घनश्याम पाठकले जानकारी दिए । पाठकका अनुसार १४१ जना विद्यार्थीले ३.२५ देखि ३.६, ८१ जना विद्यार्थीले २.८ देखि ३.२ जिपिए ल्याउन सफल भएका ...

मस्यौदा पारित नहुँदै पाठ्यक्रमको तयारीे

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप सार्वजनिक नगरी पाठ्यक्रम निर्माणमा लागेको छ। कक्षा ११ र १२ को विज्ञान समूहबाट गणित विषय हटाएपछि चौतर्फी विरोध आएपछि सरकार यस वर्ष प्रारुप कार्यान्वयन गर्न पछि हटेको थियो ।बिहीबारदेखि पाठ्यक्रम विकास केन्द्रले विज्ञहरुलाई पाठ्यक्रम निर्माणका सम्पर्क गेपछि विज्ञ समूह झस्केको नेपाल गणित समाजका अध्यक्ष टंकनाथ धमालाले बताए। पाठ्यक्रम प्रारुप नै सार्वजनिक नगरी केन्द्रले ...

३ कक्षा, ३ शिक्षक, ३ विद्यार्थी !

रामेछाप । मन्थली नगरपालिका–६ को नबुघाटस्थित पञ्चकन्या आधारभूत विद्यालयमा कक्षा, शिक्षक र विद्यार्थी संख्या बराबर छ । ३ कक्षासम्म अध्ययन हुने यो विद्यालयमा शिक्षक र विद्यार्थी पनि ३–३ जना नै छन् ।‘पढाउँदा बडो रमाइलो हुन्छ, हामी शिक्षक र विद्यार्थी बराबरी छौं,’ प्रधानाध्यापक सुन्दर बस्नेतले भने, ‘कक्षाकोठामा पस्दा एक शिक्षक र एकै विद्यार्थी हुन्छन् । कहिलेकाहीँ सबैलाई एकै ठाउँमा राखेर पढाउँछौं ।’ नगरपालिकाभ ...

शिक्षामन्त्रीद्वारा चिकित्सा शिक्षा विधेयकको बचाउ

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संसद्मा दर्ता भएको चिकित्सा शिक्षा विधेयकको बचाउ गरेका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले विधेयक आएपछि बन्ने चिकित्सा शिक्षा आयोगले यस क्षेत्रको समग्र विकृति, विसंगति अन्त्य गर्ने दाबी गरे । ‘असार २० भित्रै विधेयक स्वीकृत गरिसक्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘प्रतिपक्षी दलले नियमित प्रक्रियामा सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ ।’ प्रमुख प ...

एसईई नतिजामा त्रुटी : परीक्षा नियन्त्रक मन्त्रालय तानिए

काठमाडौँ ।  एसईई परीक्षाको नतिजा प्रकाशित गर्दा त्रुटी गरेको भन्दै परीक्षा नियन्त्रण कार्यालयका प्रमुख अम्बिकाप्रसाद रेग्मी मन्त्रालय तानिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार साँझ उनलाई कारबाहीस्वरुप मन्त्रालय तानिएको जनाएको छ । स्रोतका अनुसार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले रेग्मीलाई मन्त्रालय तान्न निर्देशन दिएका हुन् । परीक्षा नियन्त्रक मन्त्रालय तानिएका मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए । उनका अनुसार त ...

किन रमाए मानसरोवर माविका विद्यार्थी ?

                    सामुदायिक विकास कार्यक्रमले नयाँ भवन बनाइदिएपछि मानसरोवर माविका विद्यार्थीहरु रमाउँदै विद्यालय आउन थालेका छन् । कार्यक्रमले विद्यालयका तीन कोठे भवन निर्माण गरिदिएको हो ।तीन कोठे भवन गत शुुक्रवारदेखि सञ्चालनमा आएको हो । जसमा कक्षा ६ र ७ का विद्यार्थीको  पठन पाठन सुरु गरिएका विद्यालयका प्रधानाध्यापक अम्मर वहादुर शाहीले बताए ।  ...

शिक्षा मन्त्रालयमा स्वकीय सचिवको भीड !

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको कार्यकक्षमा स्वकीय सचिवहरुको भीड देखिन्छ । मन्त्री पोखरेलको ध्यान अहिले नीतिगत काममा भन्दा स्वकीय सचिवको भीड व्यवस्थापनमा गएको देखिन्छ । उनको स्वकिय सचिवको रुपमा कर्मचारी पुष्पराज ढकाल र पुरण केसी रहेका छन् । ढकाल मन्त्रालयकै कर्मचारी हुन्  भने केसी निजी सचिव । उनीहरूबाहेक अन्य एक दर्जन भन्दा बढी व्यक्तीले स्वकीय सचिवको नाम लिएर काम गर्ने गरेका छन् । मन्त्री पोखरेलले दाङका जी ...

सिकाइमा प्रविधिको प्रयोग शिर्षकमा वक्तृत्वकला

सिकाइमा इन्टरनेटको प्रयोग आजको आवश्यकता भन्ने विषयमा वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको हो । बालमन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा सदनात्मक प्रतिस्पर्धा अन्र्तगत सो कार्यक्रम सञ्चालन भएको विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले बताए ।पाँचवटा सदनबाट एक जना छात्र र एक छात्रा गरी जम्मा १० जनाले वक्तृत्वकलामा भाग लिएको प्रधानाध्यापक रोकायाले बताए । बदलिँदो परिस ...

विद्यालयमा बालमैत्री धारा बनेपछि विद्यार्थी हर्षित

        हुम्ला जिल्लाको सिमकोट गाँउपालिकाको कैलाश माविमा बालमैत्री धारा निर्माण गरिए पछि विद्यार्थीलाई पानी पिउन सहज भएको छ । बालमैत्री धारा नहुँदा साना साना विद्यार्थीलाई पानी पिउन असजिलो हुँदा विद्यालयको पहलमा उक्त बालमैत्री धारा निर्माण गरिएको हो । ट्याङ्की सहितको छ वटा धारा भएको बालमैत्री खानेपानीको धारा निर्माण भए पछि कक्षा सञ्चालन भएको बेला विद्यार्थी पानी पिउन कै लागि बाहिर जानु पर्ने समस्या हटेको विद्याल ...

नारायणी नमुना माविको उत्कृष्ट नतिजा

चितवन । नारायणी नमुना मावि भरतपुरले २०७४ को एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याएको छ । विद्यालयबाट एसइइ परीक्षामा सहभागिता जनाएका २८० विद्यार्थी मध्ये ७१ जनाले ३.६ देखि ४ जिपीए ल्याउन सफल भएका हुन् । त्यस्तै, ९६ जनाले ३.२ देखि ३.६ जिपीए, ५५ जनाले २.८ देखि ३.२ जिपीए ल्याएर उत्तीर्ण भएका शिक्षक महासंघका सह–अध्यक्ष समेत रहेका विद्यालयका प्रधानाध्यापक पूर्ण दवाडीले जानकारी दिए । ४१ विद्यार्थीले २.४ देखि २.८ जिपीए र १७ विद्यार्थी २.० देखि २ ...

परीक्षा र मूल्यांकनमा ट्रेडयुनियन अधिकार हुँदैन – मन्त्री पोखरेल

भक्तपुर । शिक्षा, विज्ञान तथा प्राविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीको परीक्षा, मूल्यांकनमा ट्रेड युनियन अधिकार नहुने बताएका छन् । कुनैपनि बहानामा एसइइ परीक्षाको नतिजा त्रुटिमा प्रकरणमा दोषि उम्कन नदिइने भन्दै मन्त्री पोखरेलले त्यस क्रममा कर्मचारीहरुको  ट्रेड युनियन अधिकार आफूलाई स्वीकार्य नहुने स्पष्ट पारेका हुन् । राष्ट्रिय परीक्षा बोर्डको तेस्रो वार्षिक उत्सवको उद्घाटन गर्दै मन्त्री पोखरेलले विद्यार्थीको जीवनमा खेलवाड गर्ने अधिक ...

तोडफोडमा उत्रिए इञ्जिनियरिङ्गका विद्यार्थी

आन्दोलनमा रहेका मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ्ग संकायका विद्यार्थी तोडफोडमा उत्रिएका छन् ।  विद्यार्थीले तोडफोड गर्दा विश्वविद्यालयको गाडीको सिसा फुटेको छ भने उपकूलपतिको कार्यालयमा झ्यालका सीसा पनि फुटेका छन् । तोडफोडमा उत्रिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले ६ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । संकाय स्वायत्त हुनुपर्ने लगायतका विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थीलाई विश्वविद्यालयका उपकूलपतिले वार्तामा बोलाएको ...

विद्यालयमा नियमित गर्न सिमिकोट गाउँपालिकाले दियो विद्यार्थीलाई छात्रवृत्ति र स्टेशनरी

सिमकोट गाँउपालिकाले विद्यार्थीलाई विद्यालयमा नियमित गर्न छात्रवृत्ति र स्टेशनरी वितरण गरेको छ । गाउँपालिकाले आधारभूत तहका दलित छात्रछात्राहरुलाई स्टेशनरी र  जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।   आफ्नो वार्षिक कार्यक्रम अनुसार नै पढाइमा पछाडी परेको दलित समुदायलाई विद्यालय शिक्षा प्रति आर्कषित गर्न स्टेशनरी वितरण गरिएको हो ।  दलित समुदायका विद्यार्थीहरु आर्थिक रुपमा पनि कमजोर र विद्यालयमा उपस्थिती पनि कम हुने अ ...

हुम्लाको कैलाश मावि जोखिममा

 सिमकोट गाँउपालिकाको वडा नम्बर ७ मा रहेको  कैलाश माविको भवन पछाडी रहेका ढुङ्गा खस्ने अवस्था भएपछि विद्यालय  जोखिममा परेको छ । भवन बनाउँदा जमिनमा दबिएका ढुङ्गा भूकम्पको कारण हल्लिएर बाहिर निस्किदा खस्न लागे पछि विद्यालय भवन जोखिममा परेको हो ।  अहिले त अलिकति पानी पर्यो कि कक्षा कोठाका डराई डराई पढाउनु पर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक मेज बहादुर बुढाले बताए ।एक वर्ष अगाडीको भूकम्पको धक्काले हल्लिएर ढुङ्गा बाहिर आई भव ...

एमयुका विद्यार्थी निरन्तर आन्दोलनमा, प्रशासन बेखवर

 मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) सुर्खेतमा इञ्जिनियरिङ्ग संकायका विद्यार्थीहरु लामो समयदेखि आन्दोलनमा रहेपनि विश्वविद्यालयले वेवास्ता गर्दै आएको छ । पाठ्यपुस्तक र पाठ्यक्रमको माग गर्दा गर्दै तीन वर्ष बिताउन बाध्य भएपछि उनीहरु आन्दोलित हुँदै आएका छन् । भविष्यमा इञ्जिनियर बन्ने अभिलाषा बोकेका  विद्यार्थीले आफ्ना माग राख्दै आएको लामो समय बितेपनि मागको कुनै सुनुवाइ हुन नसकेको गुनासो गरेका छन्  । विद्यार्थीले अहिले इञ्जिनियरिङ्ग सं ...

‘बूढो’ विद्यालयका मेधावी विद्यार्थी

सुर्खेत । ‘हेलो ! प्रदीप बोलेको ?’ उत्तर आयो– ‘हैन, म उसको बुवा, प्रदीप त वनतिर दाउरा ल्याउन गएको छ ?’ बल्लतल्ल पत्ता लगाएको मोबाइल नम्बरमा सोमबार बिहान फोन गर्दा प्रदीप राना भेटिएनन् । २०७४ को एसईईमा ४ जीपीए ल्याएका उनको जिल्लाभर चर्चा भइरहँदा उनी भने गाउँकै वनपाखामा थिए ।‘स्कुलले बोलाएपछि भर्खरै तल (वीरेन्द्रनगर) आएको छु,’ साँझपख सम्पर्कमा आएका प्रदीपले भने, ‘एसईई परीक्षा दिएपछि गाउँमै बसेर घरको ...

पुरुषले पनि नर्सिङ पढ्न पाउने

काठमाडौँ । अब पुरुषले पनि नर्स बन्न पाउने भएका छन् । नर्सिङ शिक्षामा पुरुषलाई विभेद गर्न नहुने माग उठिरहेका बेला सरकारले यस्तो निर्णय गरेको हो । नेपाल नर्सिङ परिषद्ले आर्थिक वर्ष २०७५/७६ देखि नर्सिङ अध्ययन हुने सबै कलेजमा १५ प्रतिशत पुरुषलाई पढाउने भएको छ । अन्य मेडिकल प्रोफेसनमा पुरुष र महिला सबैले पढ्न पाउने अधिकार भए पनि करिब २५ वर्षदेखि नर्सिङमा महिलाले मात्र यो अवसर पाएका थिए ।‘हामीले विश्वविद्यालय, सीटीईभीटी, प्रतिष्ठानलाई मातहत ...

९ हजार विद्यार्थीको नतिजा उल्टियो

काठमाडौँ । एसईई नतिजा प्रकाशनमा परीक्षा नियन्त्रण कार्यालयको त्रुटिले समग्र नतिजा नै परिवर्तन भएको छ । त्रुटि पत्ता लगाएपछि ९ हजार ६४ विद्यार्थीको ग्रेडसिटमा जीपीए थपघट भएको छ ।३.६५ देखि ४.० जीपीए, ३.२५ देखि ३.६० र २.८५ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको नतिजामा फेरबदल आएको परीक्षा नियन्त्रण कार्यालयले दाबी गरेको छ । पहिलो दिन नतिजा प्रकाशन गर्दा ३.६५ देखि ४.० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या १४ हजार ७ सय ७२ थियो । कार्यालयका ...

‘एसइइ नतिजामा त्रुटि आफैले पत्ता लगायौं, आफैले सच्यायौं’ – अध्यक्ष पौडेल

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलले  एसइइ नतिजामा भएको त्रुटि जानाजान नभएर प्राविधिक गडबडीका कारण भएको दावी गरेका छन् । ‘कसैले त्रुटि भयो भनेर नभइ आफैले त्रुटि पत्ता लगाएर सच्याइएको पौडेलले दावी गरेका छन् । शिक्षा पत्रकार समूहले एसइइ नतिजामा भएको त्रुटि सम्बन्धमा गरेको पत्रकार सम्मेलनमा बोल्दै बोर्ड अध्यक्ष पौडेलले नतिजा हेरफेर नभएको भन्दै माथिल्लो तहमा जानुपर्ने नतिजा सिस्टमको खरावीले तल्लो तहमा रहन गएक ...

गाउँपालिकाले सवै विद्यालयलाई प्राथमिक उपचारका सामग्री दिने

सिमकोट गाँउपालिकाले आफ्ना गाँउपालिका भित्रका सबै विद्यालयहरुमा प्राथमिक उपचारका सामग्री वितरण गर्ने भएको छ । सबै विद्यालयमा प्राथमिक उपचार गर्न सहज होस भनेर आगामी आर्थिक वर्षको बजेट मार्फत गाँउपालिकाले सो कार्यक्रम ल्याएको हो । गाँउपालिका भित्रका सबै विद्यालयहरुमा प्राथमिक उपचार गर्नका लागि ३० प्रकारका औषधी भएका किट बक्स  वितरणको कार्यक्रम बजेटमा समेटिएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताए ।  यो पहिलो चरणमा वितरण ग ...

एसइइ नतिजाका सम्बन्धमा भएको त्रुटि छानविन गर्न समिति गठन

काठमाडौं । कक्षा १० को एसइइ परीक्षाको नतिजामा भएको त्रुटि छानविनका लागि छानविन समिति गठन भएको छ । शिक्षा मन्त्रालयले २४ घण्टा भित्रै नतिजामा आएको परिवर्तनका सम्बन्धमा छानविन समिति गठन गरेको हो । शनिवार सार्वजनिक नतिजामा त्रुटि भएको भन्दै परीक्षा नियन्त्रण कार्यालयले आइतवार विज्ञप्ति जारी गरेको थियो । त्यस पश्चात् सोमवार राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका क्रममा देखिएको त्रुटिसम्बन्धमा छानविनका लागि शिक्षा मन्त्रालयमा पठाएको थियो । लगत्तै, ...

शिक्षा अस्तव्यस्त, शिक्षामन्त्री भने सयर र सरुवामै मस्त

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको ध्यान नीतिगत काममा भन्दा पनि विदेश सयर र सरुवा बढुवामा बढी पाइएको छ । केही दिनअघि भारत भ्रमणमा जानुभएको शिक्षामन्त्री पोखरेल गत ३० जेठमा चीनको युनान प्रान्तका शिक्षामन्त्रीको निमन्त्रणमा चीनको कुन्मिङ उड्नुभएको थियो । मन्त्रालयमा आवश्यकभन्दा बढी स्वकीय सचिवालयहरुको भिड लगाएको, शिक्षामा महत्वपूर्ण निर्णय गर्नुपर्ने बेला विदेश भ्रमणमा निस्कने गरेको भन्दै मन्त्री पोखरेलको आलोचना ...

एसईई परीक्षाको नतिजा त्रुटिपूर्ण, परीक्षा नियन्त्रण कार्यालयद्वारा गल्ती स्वीकार

काठमाडौँ । एसईई परीक्षाको शनिबार सार्वजनिक नतिजा त्रुटिपूर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले स्वीकार गरेको छ । नतिजा सार्वजनिक भएको २४ घण्टापछि कार्यालयले नतिजामा त्रुटि भएको जनाएको हो । कार्यालयले आइतबार साँझ सूचना जारी गर्दै भनेको छ, ‘नतिजाको वेबसाइटमा रहेको डाटामा प्राविधिक समस्या देखिएकाले पहिले ग्रेडसिट डाउनलोड गरिसकेका परीक्षार्थीले पुनस् डाउनलोड गर्न अनुरोध छ ।’ आइतबार दिनभर विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालयले ग् ...

एमयुका विद्यार्थी आन्दोलित : सडकमै पठनपाठन

इन्जिनियरिङ्ग संकायलाई पूर्ण स्वायत्त बनाइनुपर्ने माग राख्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ्गका विद्यार्थीहरु आन्दोलित भएका छन् । उनीहरुले विरोध स्वरुप सडकमै पठनपाठन गरेका हुन् । विद्यार्थीहरुका ७ बुदे मागसहितको ज्ञापनपत्रप्रति विश्वविद्यालयले सुनुवाई नगरेपछि  इन्जिनियरिङ्ग संघर्ष समिति चरणबद्धरुपमा आन्दोलनमा उत्रेका हुन् । हाइड्रोपावर इन्जिनियरिङ्गको पूर्ण पाठ्यक्रम उपलब्ध गराइनुपर्ने, गोल्डेन चान्स परीक्षाको व्यवस्था गरिनुपर्न ...

विद्यार्थीलाई सरसफाईका सामग्री वितरण

 खार्पूनाथ गाँउपालिकाको वडा नम्वर २ ले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सरसफाई सामग्री वितरण गरेको छ । विद्यार्थीमा सरसफाई गर्ने बानी बसाल्नका लागि वडा कार्यालयले ती सरसफाईका समानहरु वितरण गरेको हो । यसरी वडा कार्यालयले नवज्योति आधारभूत विद्यालय र हुम्ला माविका चार सय पचास जना विद्याथीलाई सरसफाई सामग्री वितरण गरिएको वडा नम्बर २ का अध्यक्ष गुुलाम रावलले बताए ।सो वितरण कार्यक्रममा विद्यार्थीले पनि अब पुर्ण रुपमा सरसफाईमा लाग्ने प्रतिबद्धता ब् ...

कम ग्रेड आएकालाई दुई विषयसम्म ग्रेडवृद्धिको मौका, पूरक परीक्षा साउन २३ गते

भक्तपुर । कक्षा १० को एसइइ परीक्षामा दुई विषय सम्म कम ग्रेड ल्याउने विद्यार्थीहरुले ग्रेड वृद्धिको मौका पाउने भएका छन् । परीक्षा नियन्त्रण कार्यालयले सैद्धान्तिक विषयतर्फ सि, डि प्लस, डि र इ  ग्रेड प्राप्त गर्ने परीक्षार्थीले जति विषयमा सि ग्रेड र सोभन्दा तल्लो ग्रेड प्राप्त गरेका छन्  त्यस्ता विषयमध्ये निजले चाहेका २ विषयमा ग्रेड वृद्धिका लागि पूरक परीक्षा दिन पाउने जनाएको छ । पूरक (ग्रेडवृद्धि) परीक्षा यही साउन २३ गते बुधबार बिहान ८ ब ...

एसइइ परीक्षाको नतिजा सार्वजनिक (नतिजाको लिंक सहित)

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइइ)को नतिजा सार्वजनिक गरेको छ । कार्यालयले शनिवार अवेर पत्रकार सम्मेलन गरी नतिजा सार्वजनिक गरेको हो । तीन बजे सार्वजनिक गर्ने भनिएको नतिजा झण्डै ८ बजे सार्वजनिक गरिएको हो । गत वर्ष चैत ८ गतेदेखि २० गतेसम्म एसइइ परीक्षा सञ्चालन भएको थियो । नतिजा अनुसार यसवर्ष नियमित तर्फ चार लाख ५१ हजार ५३२ जना परीक्षार्थी सहभागी भएकोमा १४ हजार २३४ जना जिपिए ३ दशमलव ६५ दे ...

एसइइको नतिजा आज सार्वजनिक हुँदै, ३ बजे पत्रकार सम्मेलन

भक्तपुर । कक्षा १० को माध्यमिक परीक्षा (एसइइ) को नतिजा आज प्रकाशित हुने भएको छ । ११ बजे परीक्षा बोर्डको बैठक बसेर दिउँसो ३ बजे नतिजा सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालयको तयारी रहेको स्रोतले जनाएको छ । गएको चैत ८ गतेदेखि भएको कक्षा १० को अन्तिममा लिइने एसइइ परीक्षामा देशभरबाट ४  लाख ८५ हजार ५ सय ८६ परीक्षार्थीले फारम भरेका थिए । परीक्षामा कति सहभागी भए भन्ने कुरा नतिजा सँगै सार्वजनिक हुने छ । यसअघि नै नतिजा सार्वजनिक भएको समाचार सार्व ...

शिक्षालाई श्रम र उत्पादनसँग जोड्नुपर्छ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले शिक्षालाई श्रमसँग जोड्नुपर्ने बताएका छन् । श्रमबिना विकास असम्भव भएको बताउँदै मुख्यमन्त्री शाहीले मुलुकको समग्र विकास र समृद्धिका लागि शिक्षालाई श्रमसँग जोड्नुपर्ने बताएका हुन् ।एसओएस बालग्राम सुर्खेतको आयोजनामा भएको अन्तर्राष्ट्रिय एसओएस दिवसलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले शिक्षा आर्जन गरिसकेपछि श्रमबाट भाग्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए । ‘अहिले पनि थुप्रै विद्वानहरु झोलामा ...

राष्ट्रिय दरवन्दी मिलान गर्न शर्माको नेतृत्वमा कार्यदल गठन

काठमाडौं । सरकारले शिक्षक दरबन्दी मिलानका लागि आवश्यक सुझाव दिन भन्दै कार्यदल गठन गरेको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार पूर्व सचिव महाश्रम शर्माको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदललाई सुझाव दिनका लागि ४५ दिनको म्याद दिइएको छ । कार्यदलले ७ सय ५३ वटै स्थानीय तहमा रहेका सामुदायिक विद्यालयको दरबन्दीको अवस्था पहिचान, राहत सहितको शिक्षक दरबन्दीको न्यायोचित पुनर्वितरण र दरवन्दी मिलानका लागि आवश्यक सुझाव सहितको प्रतिवेदन सरकारलाई ब ...

रलिङ्ग गुम्बामा रमाए विद्यार्थी

   जिल्ला कै पुरानो विद्यालय मानसरोवर माध्यामिक विद्यालयले आफ्ना विद्यार्थीलाई शैक्षिक भ्रमणका रुपमा  धार्मिक तथा ऐतिहासिक महत्वको रलिङ्ग गुम्बामा लगेको छ । नेपाली साहित्यको लिखित प्रमाणकारुपमा रहेको वि.स. १२१३ को असोक चल्लको ताम्रपत्र भएको कारण पनि विद्यार्थीलाई शैक्षिक जानकारीका लागि त्यहाँ भ्रमणमा लगिएको विद्यालयले जनाएको छ ।  हुम्ला जिल्लाको धार्मिक तथा पर्यटकीय स्थलका रुपमा रहेको रलिङ्ग गुम्बा आफैमा चार हजार मिटर भन्दा अग ...

जनज्योति माविको नमुना काम, विद्यार्थीलाई शिक्षासँगै दाम !

डोल्पाकी तिला थापा अहिले १८ महिने भेटेरिनरी जेटिए पढ्दै छिन् । उनीसहित उनका साथीहरु  विद्यालयमा पढेका मात्रै छैनन् सबैजना मिलेर तरकारी खेती पनि गरिरहेका छन् ।  विद्यालयबाट प्रत्येकले पाँच/पाँच हजार ऋण लिएर उनीहरु तरकारी खेति गरिरहेका छन् । तिला थापा भन्छिन् तरकारी खेतीबाट राम्रो आम्दानी पनि भइरहेको त छ नै पढ्दैै काम गर्नुको आनन्द पनि छुट्टैे छ ।   सुर्खेतको बराहताल गाउँपालिकाको बड्डीचौरमा रहेको जनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत ...

अस्थायी शिक्षक परीक्षा खुला विज्ञापन अगाडी नै गर्न शिक्षक महासंघको माग

काठमाडौं । नेपाल शिक्षक महासंघले खुला विज्ञापनको परीक्षा भन्दा अगाडी अस्थायी शिक्षकको आन्तरिक परीक्षा गर्न माग गरेको छ । महासंघको राष्ट्रीय समितिको दोश्रो पूर्ण बैठकले अस्थायी शिक्षक को आन्तरिक प्रतिस्पर्धा को परीक्षा खुला बिज्ञापनको परीक्षा भन्दा पहिले सम्पन्न गर्न सरकार र शिक्षक सेवा आयोगमा कडा दवाब दिने निर्णय गरेको महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीले जानकारी दिए । शिक्षक सेवा आयोगले  स्थगित अस्थायी शिक्षकको परीक्षा थाती राख्दै खुला ...

अस्थायी शिक्षकको स्थगित परीक्षा असार २९ र ३० मा हुने

भक्तपुर । अस्थायी शिक्षकको स्थगित परीक्षा यही असार २९ र ३० गते हुने भएको छ । शिक्षक सेवा आयोगले पटक पटक स्थगित हुँदै आएको परीक्षा मिति तय गरेको हो । आयोगको बुधबार बसेको बैठकले निम्न माध्यमिक र माध्यमिक तहको परीक्षा असार २९ गते र प्राथमिक तहको परीक्षा ३० गते गर्ने निर्णय गरेको हो । परीक्षा यसअघि तोकिएकै परीक्षा केन्द्रमा हुने आयोगले जनाएको छ । आयोगका अनुसार तीनै तहमा २२ हजार ७६ दरवन्दीमा २३ हजार २ सय ८६ अस्थायी शिक्षकको आवेदन परेको छ । आयोगले परी ...

सरोकारवाला भन्छन् : विद्यार्थीको सिकाइ सुधार्न अभियान खोइ ?

काठमाडौं । विद्यालय स्तरको खस्कदो सिकाइ उपलब्धि प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । सिकाइ सुधारका लागि विशेष अभियान सञ्चालन गर्न सरकारसँग उनीहरुको आग्रह थियो ।   आसमान नेपाल, प्याक नेपाल र शिक्षा पत्रकार समूहले राजधानीमा संयुक्त रुपमा आयोजना गरेको ‘विद्यार्थीको कमजोर सिकाइ स्तर कसरी सुधार्ने ?’ विषयक अन्तर्क्रियामा बोल्दै सरोकारवालाहरुले अब सरकारको ध्यान विशेष भर्ना अभियानबाट विद्यालय भित्राइएका बालबालिकाहरुको&nb ...

नमुना बन्दै नेपाल राष्ट्रिय आधारभूत विद्यालय

दैलेखको गुराँस गाउँपालिका–६ पिलाडीस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय एक नमुना विद्यालयको रुपमा स्थापित हुँदै आएको छ । विद्यालयको व्यवस्थापनमा सुधारसँगै विद्यार्थीहरुको सिकाइ स्तर समेत बढ्न थालेको छ । हामीले एकैपटक शैक्षिक र भौतिक सुधार गर्दै अघि बढेको व्यवस्थापन समितिका अध्यक्ष प्रेम विकले बताए । 'शिक्षकले शिक्षण विधि मात्रै सुधार गरेका छैनन् विद्यार्थीले समेत  रचनात्मक शैलीमा अध्ययन गर्न थालेका छन् ।' विकले भने । 'नजिकै बोर्डिङ्ग ...

हावाहुरीले विद्यालयको छाना उडायो, विद्यार्थी खुला आकाशमुनि पढ्न बाध्य

हावाहुरीले विद्यालयको छाना उडाएपछि सुर्खेतको पश्चिम चौकुने गाउँपालिका ९ मा रहेको बीरगौडा आधारभुत विद्यालयका विद्यार्थीहरु खुला आकाशमुनि पढ्न बाध्य छन् । गएको बैशाख ३१ गते आएको हावाहुरीले विद्यालयको ७ कोठे भवन भत्काउनुका साथै छाना उडाएपछि भवन अभावका कारण विद्यार्थीहरु खुला चहुरमा बस्न बाध्य भएका हुन । कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा करिब चारसय विद्यार्र्थी अध्ययनरत् छन् ।  सात कोठे भवनको भित्ता भत्काउनुका साथै टिनका छाना उडाएपछि अहिले ...

कक्षा ११ र १२ मा याे वर्ष किन लागू हुन सकेन नयाँ पाठ्यक्रम ?

काठमाडौँ । कक्षा ११ र १२ का लागि तयार पारिएको राष्ट्रिय पाठ्यक्रम एक वर्ष परीक्षण गरेपछि मात्रै पूर्ण कार्यान्वयनमा ल्याइने भएको छ । नयाँ पाठ्यक्रम २०७६ को शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याइने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।नयाँ पाठ्यक्रमबारे विवाद बढेपछि राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषद्ले तत्कालका लागि परीक्षणका रूपमा मात्रै कार्यान्वयन गर्ने निर्णय सोमबार गरेको हो। शिक्षाविद्, गणित/विज्ञानका विषयविज्ञ, निजी शैक्षिक संस्था र ...

समाजवादी शिक्षा नीति बनाउन उच्चस्तरिय राष्ट्रिय शिक्षा आयोग गठन

काठमाडौं  । सरकारले समाजवादी शिक्षा नीति निर्माणका लागि भन्दै  शिक्षा मन्त्रीको अध्यक्षतामा २१ सदस्यीय उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गरेको छ । नवगठित आयोगको सदस्यहरुमा  धनिराम पौडेल, गंगालाल तुलाधर, शिक्षाविद् विद्यानाथ कोइराला, शुसन आचार्य, टंकनाथ शर्मा, मीनबहादुर विष्ट, विमल फुँयाल, बाबुराम अधिकारी,  नन्दकुमार थापा र श्याम श्रेष्ठ रहेका छन् । यस्तै, मनिष पोखरेल, कृष्ण पौडेल,सुजन मरहठ्ठा, चक्रमान विक र राम स्वगारत रा ...

विभेद गरेको भन्दै विद्यार्थीहरु आन्दोलित

सुर्खेतको आइसिटिई क्लबले आइटी विद्यार्थीलाई विभेद गरेको भन्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । नेपाल सरकारले आइ.टि पढेका विद्यार्थीलाइ  विभेद गरेको भन्दै आन्दोलनको कार्यक्रमको घोषणा गरेको हो । आजको २१ औं शताब्दिमा आइपुग्दा र अन्तर्राष्ट्रिय जगत प्रविधिमय भइरहेको यो युगमा पनि सरकाले विभेद गरेका विज्ञप्तिमा उल्लेख गरेको छ ।  देश विकासको मेरुदण्ड भनेकै आइटी रहेको भन्दै क्लबले सरकारी सूचना अधिकृतमा इन्जिनियरिङ विद्यार्थीलाई मात्र समाव ...

विद्यालयबाट ‘रकम असुल्न’ शैक्षिक हडताल

काठमाडौं  । केही दिनअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनले काठमाडौं पश्चिम भेगमा नाम चलेको एक निजी विद्यालयसँग ‘मोटो रकम’ माग गर्यो । विद्यालय सञ्चालक र त्यहाँ पैसा माग्न पुगेका सो संगठनका विद्यार्थीबीच केहीबेर रकममा बार्गेनिङ भयो ।कुरा नमिलेपछि ती विद्यार्थी नेताहरू पछि आउने भनेर हिँडे । स्कुल सञ्चालक सकेसम्म कम रकम दिने र सो विद्यार्थी संगठन बढी असुल्ने प्रया ...

विद्यालय पुनर्निर्माणमा स्थानीयको अवरोध

काठमाडौँ । विद्यालय हाता प्रवेश गरी स्थानीयले नाराबाजी र हुलदंगा गरेपछि काठमाडौं महानगर–१० बानेश्वरस्थित रत्नराज्य माविको भवन पुनर्निर्माण अवरुद्ध भएको छ ।काभ्रेको पाँचखाल नगरपालिकाका मेयरसमेत रहेका स्थानीय महेश खरेलको नेतृत्वमा गएको समूहले विद्यालय निर्माण गर्दा मन्दिरको जग्गा मिचिएको भन्दै नाराबाजी गरेको हो । उक्त समूहले यसअघि पनि अवरोध गर्दै आएकाले पुनर्निर्माणमा ढिलाइ भएको विद्यालयले जनाएको छ ।जिल्ला अदालत, काठमाडौंले यसअघि विद्या ...

चीनको सम्मेलनमा शिक्षामन्त्रीले भने : नेपाल विज्ञान प्रविधिको विकासमा केन्द्रित

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको विकासमा सरकार केन्द्रित रहेको बताएका छन् । चीनको सम्मेलनमा सम्बोधन गर्दै मन्त्री पोखरेलले विज्ञान प्रविधिको प्रयोगगरी आर्थिक विकासको वातावरण तयार गर्नु नेपाल सरकारको उच्च प्राथामिकता रहेको समेत स्पष्ट पारेका हुन् । चीनको विज्ञान प्रविधि मन्त्रालय तथा युनान प्रान्तका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको निमन्त्रणमा चीनको कुन्मिङ पुगेका मन्त्री पोखरेलले कुन्मिङम ...

शिक्षक आयोगद्वारा मावि तहमा १ हजार १०८ दरवन्दीमा खुला विज्ञापन

भक्तपुर । शिक्षक सेवा आयोगले प्रावि र निमावि तहको खुला विज्ञापनपछि माध्यमिक तहको पनि विज्ञापन गरेको छ ।आयोगले प्रावि तहको बिहीवार र निमावि तहको शुक्रवार खुला विज्ञापन गरेको थियो । आयोगले शुक्रवार नै माध्यमिक तहको पनि विज्ञापन गरेको हो । आयोगका अनुसार मावि  तहमा १ हजार १०८ रिक्त दरवन्दीमा विज्ञापन गरिएकोे हो ।  २०७२ यता मावि तहमा खुला विज्ञापन भएको थिएन ।शिक्षा विभागले उपलब्ध गराएको २०७२ असोज ३ पछि २०७४ फागुन मसान्त सम्मको रिक्त दरबन्दी ...

शिक्षक आयोगद्वारा निमावि तहमा १ हजार ६३५ दरवन्दीमा खुला विज्ञापन

भक्तपुर ।  शिक्षक सेवा आयोगले प्रावि तहको खुला विज्ञापन गरेको भोलिपल्ट शुक्रवार निम्न माध्यमिक तहको पनि विज्ञापन गरेको छ ।आयोगका अनुसार निमावि तहमा १ हजार ६३५ रिक्त दरवन्दीमा विज्ञापन गरिएकोे हो । २०७१ यता निमावि तहमा खुला विज्ञापन भएको थिएन ।शिक्षा विभागले उपलब्ध गराएको २०७२ असोज ३ पछि २०७४ फागुन मसान्त सम्मको रिक्त दरबन्दी विवरण, त्यसअघिका २५ प्रतिशत दरवन्दी र सुविधा रोज्ने अस्थायी शिक्षकहरुको दरवन्दीमा आयोगले विज्ञापन गरेको हो । शिक ...

शिक्षक आयोगद्वारा प्राथमिक तहमा झण्डै १० हजार दरवन्दीमा खुला विज्ञापन

  भक्तपुर । शिक्षक सेवा आयोगल खुला विज्ञापन गर्न शुरु गरेको छ । आयोगले पहिलो चरण अन्तर्गत प्राथमिक तहका ९ हजार ९ सय ९६ पदमा विज्ञापन गरेको छ । प्राथमिक तहमा ६ बर्ष पछि बल्ल विज्ञापन भएको हो । यस अघि प्राविको विज्ञापन २०६९ सालमा भएको थियो भने मावि र निमाविको २०७२ सालमा भएको थियो । तीनै तहको खुला विज्ञापन गर्ने तयारी गरेको आयोगले निमावि र मावि तहको विज्ञापन एक दुई दिनमै क्रमैसँग गर्दै जाने जनाएको छ । शिक्षा विभागले यस अघि नै २०४९ सालदेखि २०७२ ...

सम्पत्ती विवरण नबुझाउनेमा शिक्षक बढी

काठमाडौं । हरेक वर्ष आफू र परिवारको नाममा रहेको चलअचल सम्पत्तिको विवरण बुझाउनुपर्ने प्रावधानलाई अवज्ञा गर्नेमा शिक्षकहरू सबैभन्दा अग्रपंक्तिमा रहेको देखिएको छ । राष्ट्रिय सतर्कता केन्द्रले तयार गरेको प्रदिवेदनमा सम्पत्ति विवरण नबुझाउनेमा शिक्षकहरूहरूको संख्या सबैभन्दा बढी छ । आर्थिक वर्ष २०७३/७४ मा सम्पत्ति विवरण नबुझाउने शिक्षकहरूको प्रतिशत १४ दशमलव २० प्रतिशत छ । सम्पत्ति विवरण नबुझाउने शिक्षहरूको प्रतिशत संख्या २०७२/७३ भन्दा २०७३/७४ ...

नयाँ पाठ्यक्रम लागू नगर्न लबिइङ

काठमाडौँ  । केही निजी विद्यालय सञ्चालक र पाठ्यपुस्तक प्रकाशकले कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री र नेताहरूलाई भेटेर लबिइङ थालेका छन् ।साउनबाट पढाइ हुने कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू हुँदै छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको राष्ट्रिय पाठ्यक्रम प्रारूप पारित भई कार्यान्वयनको अन्तिम चरणमा छ । निजी प्रकाशक र विद्यालय सञ्चालकले त्यसलाई रोक्नलाई दबाब दिएका हुन् । नेपाल पुस्तक तथा स्टेसनर ...

देवदहका विद्यालयमा बौद्ध शिक्षा

बुटवल ।रूपन्देहीको देवदह नगरपालिकाले बौद्ध शिक्षालाई स्थानीय पाठ्यक्रमका रूपमा लागू गरेको छ । अनिवार्य विषयका रूपमा ‘बौद्ध शिक्षा र देवदह परिचय’ लागू गरिएको हो । यसले विद्यार्थीलाई जन्मभूमिप्रति आस्था र चरित्रवान् बनाउने विश्वास लिएको छ । नगरपालिकाले गत वर्ष कक्षा ६ बाट यसको पढाइ सुरु गरेको थियो । यस वर्ष ७ कक्षामा समेत पढाउन थालेको छ । देवदहका ३० विद्यालयमा उक्त विषय पढाइ हुनेछ । अंग्रेजी र नेपाली भाषामा तयार पाठ्यपुस्तक स्थानीय सामु ...

शिक्षामन्त्री नीतिगत काममा भन्दा सरुवा बढुवामा नै ब्यस्त, आफु निकटकालाई मालदार निकाय !

काठमाडौं  । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको ध्यान नीतिगत भन्दा पनि सरुवा बढुवामा बढी पाइएको छ । केही समयअघि असार मसान्त पछि खारेज हुने शिक्षा विकास तथा समन्वय इकाईमा व्यापक कर्मचारी सरुवा गरेका उनले बुधबार चीन जानु अघि आफु निकटका सह–सचिवलाई मालदार निकायमा सरुवा गरेका छन् ।आफ्नो दल निकटको कर्मचारी संगठनलाई पनि पत्तो नदिई मन्त्री पोखरेलले बुधवार ६ सहसचिवको सरुवा गरेर चीनतर्फ उडेका हुन् ।उनले आफु निकटका भनिएका शिक्ष ...

शिक्षा नियमावली कार्यान्वयन नगर्न अदालतको आदेश

कपिलवस्तु । शिवराज नगरपालिका कपिलवस्तुको शिक्षा नियमावली कार्यान्वयन नगर्न उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश जारी गरेको छ । ऐन नबनाई एकैचोटी नियमावली बनाएको भन्दै अदालतले ऐन बिनाको नियमावली कार्यान्वयनमा रोक लगाएको हो । रानु सुनारले शिक्षा नियमावली कार्यान्वयनमा रोक लगाउन माग गर्दै दायर गरेको रिटमा सुनुवाई गर्दै उच्च अदालत तुलसीपुरले उक्त आदेश दिएको हो ।न्यायधीश शान्ता सेढाई सापकोटाको एकल ईजलासले नगरपालिका विरुद्ध अन्तरिम आदेश दिएको छ । नगरपालि ...

चीनको ताक्लाकोटमा काम गर्न गएका विद्यार्थीको मृृत्युु

 मानसरोवर माविमा कक्षा ११ को परीक्षा सकेर चीनको पुुराङ काउण्टीको ताक्लाकोटमा मजदुुरी काम गर्न गएका विद्यार्थीको मृत्युु भएको छ । यसरी मृृत्युु हुनेमा सर्केगार्ड गाँउपालिका वडा नम्बर पाँचका रामराज शाही रहेका छन । केही दिन अगाडी सम्पन्न भएको कक्षा ११ को परीक्षा सकेर केही दिनका लागि ताक्लाकोटमा काम गर्न गएका शाहीको चिसोले पेट दुुखेको ताक्लाकोट मै रहेका अर्का कामदार लोक भण्डारीले बताए । आफ्नै छ्यागी गाँउका आठ जना कामदारहरुसँगै बस्दै आएका शाहीलाई ...

यार्साका कारण दिवाखाजाको ३३ लाख गुम्यो

डोल्पा । हिमाली जिल्ला डोल्पामा प्रत्येक वर्ष जेठ पहिलो सातादेखि असार पहिलो सातासम्मको एक महिने अवधिमा डोल्पाका सम्पूर्ण विद्यालय बन्द हुने गर्छन् । सो अवधि बहुमूल्य जडीबुटी यार्सागुम्बाको समय भएकाले गाउँ नै रित्तो पारेर सम्पूर्ण स्थानीय बासिन्दा यार्सागुम्बाको खोजीमा यार्सापाटन पुग्ने हुँदा विद्यार्थी पनि नियमित कक्षा छाडेर वर्षभरिको पढाइ खर्च जुटाउन आफ्ना अभिभावकसँगै पछि लाग्छन्। बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनको समयमा डोल्पाका विद्याल ...

सेनाको राष्ट्रिय सेवा दलले विद्यार्थीलाई तालिम दिने

दुुर्गमका विद्यालयहरुमा अध्ययनरत छात्रछात्राहरुलाई नेपाली सेनाको राष्ट्रिय सेवा दलले शान्ति सुरक्षा र नैतिकता सम्वन्धि तालिम दिने भएकोछ । विद्यार्थीहरुमा विद्यालय स्तरदेखि नै  अनुुशासन, खोज, उद्धार तथा स्वयं सेवाको भावना बढाउनका लागि उक्त तालिम प्रदान गर्न लागिएकोे हो । विद्यार्थीमा दैवि प्रकोप तथा उद्धारका बेला नेपाली सेनाले गर्ने सबै प्रकारका स्वयंसेवाका कामहरु तालिम अवधिमा सिकाइने नयाँ भैरवी दल गुुल्मका गुुल्मपति देवबहादुुर क्षेत्रीले बता ...

शिक्षक टिकाउन आलुखेती

जुम्ला  । निजी स्रोतमा राखिएका शिक्षकलाई तलबभत्ता खुवाउन जिल्लाको एक सामुदायिक विद्यालयले तरकारीखेती गर्दै आएको छ। पातारासी गाउँपालिका–७ पटमारास्थित महारुद्र आधारभूत विद्यालयमा दरबन्दीभन्दा निजी स्रोतका शिक्षक दोब्बर भएपछि तलबभत्ताको जोहो गर्न विद्यालयले आलुखेती गरेको हो। पाँच रोपनीमा आलुखेती गरिएपछि निजी स्रोतमा राखिएका शिक्षक टिकाउन सहज भएको प्रधानाध्यापक चूडाराज न्यौपानेले बताए ।उनका अनुसार विद्यालयमा शिक्षक दरबन्दी कम हुँदा निजी स ...

कक्षा कोठामा नपढाउने शिक्षकको रेकर्ड राख्दै विद्यार्थी

पर्वत । पर्वत कुस्मा नगरपालिका–१२ स्थित जनता सुदर्शन माविका कक्षा ६ मा अध्ययनरत् विद्यार्थीलाई कक्षा कोठामा सबैभन्दा राम्रो पढाउने र सबैभन्दा कम पढाउने शिक्षक को होला? भनेर प्रश्न गर्दा सबैले एकै स्वरमा ती शिक्षकको नाम बताइदिए।कुस्मा नगरपालिकाका नगर शिक्षा शाखाबाट अनुगमनमा पुगेको टोलीसँग उनीहरुले राम्रो शिक्षण गर्ने र ठगेर हिँड्ने शिक्षकको रेर्कड प्रस्तुत गरेका हुन्।शिक्षकका दैनिक क्रियाकलाप विद्यार्थीले नजिकबाट नियालेर बसेका हुन्छन् ...

कक्षा ११ र १२ मा अनिवार्य गणित समेट्न माग

काठमाडौँ । कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा गणित विषय नसमेटिएको भन्दै सरोकारवालाले असन्तुष्टि जनाएका छन् । गणित विषय विज्ञान, प्रविधि क्षेत्र र दैनिक जनजीवनमा समेत जोडिएकाले पाठ्यक्रममा समावेश गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।गणित समाज र गणित शिक्षा परिषद्ले सबै धारका विद्यार्थीले अनिवार्य उक्त विषय पढ्न पाउनुपर्ने माग गरेका हुन् । विद्यालय तहमा गणित विषयलाई टुटाउँदा विज्ञान र अन्य भाषा विषयमा उच्च शिक्षा अध्ययन गर्न चाहनेका लागि समेत आघात प ...

चट्याङ लागेर दुई विद्यार्थीको मृत्यु

प्रभा रावत/सुर्खेत सुर्खेतको चिङ्गाड गाउँपालिका –४ स्थित  प्राथमिक विद्यालय धनापानीमा चट्याङ लागेर दुईजना विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा कक्षा २ मा अध्ययनरत ६ वर्षका विद्यार्थी अम्मरबहादुर चन्द र  ७ वर्षीया निर्मला चन्द रहेका छन् । चट्याङ लागेर एकजना शिक्षक र कार्यालय सहयोगीसहित अन्य १६ जना घाइते भएका छन् । आइतवार चट्याङ लागेर घाइते हुने विद्यार्थीहरूमा लक्ष्मी चन्द, दूरपदा चन्द, तारा कुमारी चन्द, सुरेश चन्द,  मी ...

विज्ञान पढ्नेले ११ र १२ कक्षामा गणित पढ्नु नपर्ने

काठमाडौं  । कक्षा ११ र १२ मा भर्ना हुने विज्ञानका विद्यार्थीले गणित विषय नपढे पनि हुने भएको छ। पाठ्यक्रम विकास केन्द्रले तयार गरेको विद्यालय तहको पाठ्क्रमको प्रारूपअनुसार ११ र १२ कक्षामा गणित विषय पढ्नैपर्ने विगतको प्रावधान हटाएको हो । शिक्षामन्त्री अध्यक्ष रहने पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले गत जेठ १८ गते यो पाठ्यक्रम पारित गरिसकेको छ। विज्ञहरूले भने गणित विषयको महत्व नै नबुझी हचुवाका भरमा पाठ्क्रम बनाइएको भन्दै सच्याउन ...

विद्यार्थीमा बढ्दै चुरोटको लत

काठमाडौं ।  पहिला पुरुषमा, पछि महिलामा लागेको धूमपानको लत पछिल्लो समय विद्यार्थीमा बढ्दै गएको विज्ञहरूले बताएका छन् । उनीहरूका अनुसार विद्यालयबाट सुरु हुने धूमपानको लत क्याम्पसमा पुगेपछि व्यापक हुने गरेको पाइएको छ। क्यान्सर परिषदका अध्यक्ष रुद्र कडरियाले पुरुषछि महिलामा सरेको धूमपानको लत पछिल्लो समय विद्यर्थाीमा बढेको बताए । ‘पछिल्लो समय स्कुल/कलेजका विद्यार्थीमा धूमपानको लत बढेको देखिन्छ,’ उनले भने, ‘नेपालका नाम चलेकै कले ...

‘दुईखाले शिक्षा प्रणाली निरुत्साहित’

सुर्खेत । कर्णाली प्रदेश सरकारले निजीस्तरमा सञ्चालित विद्यालय, क्याम्पस र शैक्षिक तथा परामर्श प्रदायक संस्थाको नियमन गर्दै दुईखाले शिक्षा प्रणाली निरुत्साहित गर्ने तयारी गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले तर्जुमा गरेको ‘प्रादेशिक शिक्षा नीति–२०७५’मा शिक्षा प्रणालीमा रहेको विषमता हटाई सामाजिक उत्तरदायित्व बढाउने उल्लेख छ ।   ‘निजीस्तरमा सञ्चालित विद्यालय, शैक्षिक तथा परामर्श प्रदायक संस्था सञ्चालनको लाग ...

कमजोर शिक्षक र विद्यालयलाई ठाँउका ठाँउ कार्बाही हुुने

  राजन रावत/हुम्ला जिल्लाको जिल्ला क्षेत्रको सुुधारका लागि थप प्रभावकारी अनुुगमन आवश्यक रहेको र अब इकाइले त्यसतर्फ कदम चाल्ने शिक्षा विकास तथा समन्वय अधिकारी वर्षबहादुुर फडेराले बताएका छन । यस अघि जिल्लाका विद्यालयहरुको अनुुगमन तथा मुूल्यांकनका लागि संरचना भए पनि खासै चलायमान नभएको अवस्थामा अब भने प्रमुुख जिल्ला अधिकारीसँगको परामर्शमा अनुुगमन संयन्त्रलाई प्रभावकारी बनाइने उनले बताए । जिल्लामा शिक्षा क्षेत्रले गुुणात्मक फड्को मार्न नसकेको स्व ...

मानविकी संकटग्रस्त

  काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि)को इतिहास विभाग यस वर्ष रित्तो रह्यो। विभाग सञ्चालनमा छ, विद्यार्थी छैनन्। भर्नाका लागि फाराम खुल्दा तीनचार जना विद्यार्थी बुझ्न आए पनि भर्ना हुन नआएको इतिहास विभागका प्रमुख शंकर थापा बताउँछन् । उनी भन्छन्, ‘गत सालसम्म थोरै विद्यार्थी भएपनि हामीले पढाएका थियौँ, अहिले कोही छैन।’ भाषाविज्ञानका चार सेमेस्टरमा जम्मा १८ विद्यार्थी छन्, पहिलो सेमेस्टरमा चार जना मात्रै। भाषविज्ञान व ...

कक्षा ११ र १२ मा गणित विषय हटाउने निर्णयको विरोध

अमृत बास्तोला/काठमाडौं   कक्षा ११ र १२ मा प्रायोगिक गणित विषय हटाउने निर्णयप्रति गणित केन्द्रीय विभाग र नेपाल गणित समाज त्रिभुवन विश्वविद्यालय कीर्तिपुरले आपत्ति जनाएका छन् । पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदले पास गरेको राष्ट्रिय पाठ्यक्रम प्रारुपमा कक्षा ११ र १२ मा प्रायोगिक गणित विषय हटाइएकोमा उनीहरुले विरोध जनाएका हुन् । गणित केन्द्रीय विभाग र नेपाल गणित समाज त्रिवि कीर्तिपुरले पाठ्यक्रम विकास तथा मूल्याङकन परिषद्सँग यस विषयमा छलफल स ...

  शिक्षा मन्त्रालयका कर्मचारीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका पौडेल साधारण तारेखमा रिहा

काठमाडौं । न्याय माग्न जाँदा शिक्षा मन्त्रालयका कर्मचारी माथि हातपात गरेको अभियोगमा सिंहदरवारबाटै पक्राउ परेका विद्यालय कर्मचारी गोविन्दबहादुर पौडेल रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले पौडेललाई साधारण तारेख मै रिहा गर्ने आदेश जारी गरेको हो । मन्त्रालयका कर्मचारीले ज्यानमारा उद्योग को मुद्दा दायर गरेपनि पक्राउ परेको २३ दिनपछि काठमाडौं जिल्ला अदालतले गत जेठ १७ गते पौडेललाई बिना धरौटी साधारण तारेखमा रिहा गर्ने आदेश जारी गरेको हो । जीवनभर विद्या ...

प्रदेशमा श्रम र सीप विकासका लागि विशेष विद्यालय स्थापना गरिन्छ : सामाजिक विकास मन्त्री रावल

  कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले प्रदेश स्तरमा श्रम र सीप विकासका लागि विशेष विद्यालय स्थापना गरिने बताएका छन् । श्रमको सम्मान र वेरोजगारी दर घटाउनका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले श्रम र सीप विद्यालय प्रदेश सरकारको पहलमा खोलिने रावलले जानकारी दिए । बुधबार मध्य नेपाल प्राविधिक शिक्षालय सुर्खेतले उद्यम विकास सहजकर्ता अध्ययनरत विद्यार्थीका लागि आयोजना गरेको आफ्नो व्यवसाय सुधार गर्नुहोस विषयक १० दिने प्रशिक्षक प्रश ...

फुर्सदिला भए तीन सय उपसचिव

काठमाडौं । शिक्षा मन्त्रालयले कर्मचारी व्यवस्थापन गर्न नसकेका कारण झन्डै तीन सय उपसचिवले एक महिनादेखि हाजिर मात्र गरेर तलब खाइरहेका छन्। स्थानीय तहमा कर्मचारी अभाव भएर कार्यसम्पादनमा समस्या परे पनि शिक्षाका कर्मचारी भने काम नपाएर मन्त्रालय तथा मातहतका निकायमा भौंतारिन बाध्य छन् । नीतिगत तहमै रहेर शिक्षाका सम्भावित कार्यक्रमबारे छलफल, अध्ययन र अनुसन्धानमा लगाउनुपर्ने कर्मचारीले काम नपाउँदा उनीहरूको मनोबलसमेत गिरेको छ। मन्त्रालयअन्तर्गत विभिन्न नि ...

कक्षा ११ मा नयाँ पाठ्यक्रमले अन्योल

काठमाडौँ  । सरकारले आउँदो साउन १५ बाट कक्षा ११ मा लागू गर्न लागेको पाठ्यक्रमबारे शिक्षक र शैक्षिक संस्थाहरूले अनभिज्ञता प्रकट गरेका छन् । पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारूपअनुरूप नयाँ पाठ्यक्रम लागू गरेपछि संकाय प्रणालीअन्तर्गत पढाइरहेका शैक्षिक संस्थामा अन्योल बढेको हो । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) का वरिष्ठ उपाध्यक्ष युवराज शर्माले सरकारले हतारमा पाठ्यक्रम परिवर्तन गरेको बताए । ‘यसै वर्षदेखि पा ...

ढुंगा खसेर शौचालय भत्किदा विद्यार्थीलाई सास्ती

  राजन रावत/हुम्ला मंगलवार राती ११ बजे परेको वर्षासँगै माथिबाट खसेको ढुुंगाले विद्यालयको शौचालय भत्किदा विद्यार्थीहरुलाई सास्ती भएको छ । वर्षसँगै खसेको पहिरोले खार्पुुनाथ गाँउपालिकाको मान्धारा माविको शौचालय पुुर्ण रुपमा भत्काएको हो । विद्यालयमा रहेको दुुई कोठे छात्रा र छात्रका लागि छुट्टा छुुट्टै शौचालय भत्किए पछि विद्यार्थीलाई शौचालय जान समस्या भएको हो । शौचालयको छतमा ढुुंगा खसेको र त्यसवाट भवनको ढोका तथा पर्खाल समेत भत्केकाले विद्यार्थीलाई ...

बिनाअध्ययन विश्वविद्यालय थपिँदै

खुल्न लागेको विश्वविद्यालय राष्ट्रिय, प्रदेश वा मानित कुन हो, टुंगो गर्न विज्ञको सुझाव   काठमाडौँ । सरकारले यसअघि स्थापित विश्वविद्यालयहरूलाई व्यवस्थित गर्न नसकिरहेका बेला थप विश्वविद्यालय खोल्ने निर्णय गरेको छ । अर्थमन्त्रीले आर्थिक वर्ष २०७५/७६ को बजेटमै ‘विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना र सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको’ उल्लेख छ । उक्त विश्वविद्यालय कहाँ रहने भन्ने निर्णय भइसकेको छैन । भोजपुरकी ...

प्रारम्भिक बालविकास शिक्षामा फड्को मार्दै नेपाल

काठमाडौं । डेढ दशकमा नेपालले प्रारम्भिक बालविकास शिक्षामा फड्को मारेको छ। नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार आयोजना गरेको एसिया प्रशान्त क्षेत्रीय बालविकास तथा तेस्रो एशिया प्रशान्त क्षेत्रीय नीति मञ्चको बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेपालमा हाल प्रारम्भिक बालविकास (इसिडि) शिक्षामा ४ वर्षसम्मका बालबालिकाको ८४ प्रतिशत पहुँच पुगेको तथ्यांक प्रस्तुत गरे। सन् २००२ मा १२ प्रतिशत बालबालिकाले मात्र इसिडिको अनुभव ...

न्यायिक सम्वाद कार्यक्रममा विद्यार्थी

  राजन रावत/ हुम्ला विद्यार्थी र अदालत बीच समन्वय गर्नका लागि सञ्चालन हुुँदै आएको न्यायिक सम्वाद कार्यक्रममा विद्यार्थीहरुको सहभागीतामा भएको छ । कार्यक्रममा मानसरोवर माविका विद्यार्थी उपस्थित भएका हुन् । कानून सम्वन्धी कुुरामा जनता पहुुँच वृृद्धि गर्न अदालतले यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ । अदालतका न्यायधिशसँग विद्यार्थीको पहुुँच र अदालती प्रकृृयाका बारेमा जानकारी दिनका लागि कार्यक्रममा विद्यार्थीलाई प्रत्यक्ष सम्वाद कार्यक्रममा उपस् ...

खुल्यो शिक्षक सरुवा, समन्वय इकाइलाई जिम्मेवारी

काठमाडौं । शिक्षा विभागले शिक्षक सरुवा खुला गरेको छ । विभागकै निर्देशनमा दुई महिना देखि शिक्षक सरुवाको काम रोकिँदै आएको थियो । विभागले शिक्षक  दरबन्दी मिलानको काम सकेपछि मात्रै गर्ने गरी रोकिएको शिक्षक सरुवा खुला गर्ने मंगलवार निर्णय गरेको हो । शिक्षा मन्त्री गिरिराजमणी पोखरेल ५ दिने भारत भ्रमणमा जानु अघि पोखरेलकै निर्देशनमा विभागले सरुवा फुकुवाको निर्णय गरेको हो ।  यसअघि विभागले ७७ वटै तत्कालीन जिल्ला शिक्षा कार्यालयहरु ...

पढ्नै नपाउने ?

काठमाडौँ  ।  विद्यालय हिँडेका बालबालिका सोमबार अचानक फर्काइए । कोही बाटैबाट, कोही स्कुल पुगेर । बेला–बेला दु:ख दिने शैक्षिक हडताल अचानक थाहा दिइयो, जसले लाखौं बालबालिका प्रभावित बने । निजी विद्यालयले गरेको शुल्कवृद्धिलगायत मुद्दालाई लिएर साना आठ विद्यार्थी संगठनले निजीमा पठनपाठन रोकेका हुन् । यसले देशभरका ६ हजार विद्यालयका करिब २० लाख बालबालिकाको पढाइ बिग्रियो । धेरैजसोले अनावश्यक दु:ख पाए । विद्यार्थी ओसार्ने गाडी चलेनन्, पूर्वस ...

समन्वय इकाइमा जुुनियरलाई जिम्मेवारी दिँदा तनाव

  राजन रावत/हुुम्ला शिक्षा विकास तथा समन्वय इकाइ हुुम्लामा एक महिना अगाडी प्राशबाट बढुुवा भएका शाखा अधिकृत वर्ष बहादुुर फडेरालाई इकाइ प्रमुुख हेर्ने जिम्मेवारी दिइएपछि उनी भन्दा सिनीयर शाखा अधिकृत विष्णु बहादुुर शाही विभाग तिर लागेका छन् । कँही नभएको जात्रा सरकारले गरेको भन्दै धेरै अन्याय भएको महशुुस भएपछि जुुनियरसँग बस्न नैतिक रुपमा नमिल्ने देखेर विभागमा काजमा जान लागेको काठमाडौं जानुु अगाडी शाहीले बताए । यता नयाँ समन्वय इकाइ संयोजकको जिम्म ...

बारामा नीतिविपरीत शिक्षक दबरन्दी वितरण र नियुक्ति

बारा । जिल्ला शिक्षा कार्यालयहरूबाट गरिँदै आएको शिक्षक सरुवा, नियुिक्त, अभिलेख कायम लगायतका काम शिक्षा मन्त्रालयले रोकेको भए पनि बारामा त्यसको अवज्ञा गरेको पाइएको छ। मन्त्रालयको निर्देशनविपरीत बारामा शिक्षकहरूको दरबन्दी वितरण तथा नियुक्ति गरेको पाइएको हो। वैशाख अन्तिम हप्ता मात्रै बारामा अस्थायी करार र राहत दरबन्दी वितरण गरी धेरैको नियुक्तिसमेत गरिएको शिक्षा कार्यालयकै कर्मचारीहरूले खुलासा गरेका छन्। साविक जिल्ला शिक्षा कार्यालयका धेरै अधिका ...

विशेष भर्ना अभियान चलाइँदै

काठमाडौँ  । सरकारले विद्यालयबाहिर रहेका ६० हजार बालबालिकालाई विद्यालयमा ल्याउन ‘विशेष भर्ना अभियान’ सञ्चालन गर्ने भएको छ ।  मन्त्रिपरिषद् बैठकले आइतबार असार १५ गतेसम्म सक्ने गरी दोस्रो चरण भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । गत वैशाखको अभियानमा छुटेका बालबालिकालाई लक्षित गर्दै भर्ना अभियान सञ्चालन गर्न लागिएको सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए । वैशाखमा भर्ना भएका मुलुकभरका विद्यार्थीको तथ्यांक स ...

विद्यार्थी दिनहुँ बिरामी

रुकुम (पश्चिम) । बाँफिकोट गाउँपालिका–१, लागिमको जनएकता आधारभूत विद्यालयका विद्यार्थी सातादेखि विरामी पर्न थालेका छन् । दैनिकजसो विद्यार्थी विरामी हुन थालेपछि अभिभावक चिन्तामा छन् । जेठ १३ गतेदेखि हरेक दिनजसो विरामी विद्यार्थी पर्न थालेका हुन् । विशेष गरी छात्रा बढी ग्रस्त छन् । विद्यार्थीमा आँखा रातो हुने, मुटु दुख्ने, भुइँमा लड्ने, मुर्छा पर्ने, हातखुट्टा बाङ्गिने समस्या देखिएको प्रधानाध्यापक गोविन्द मल्लले बताए । उनले पछिल्लो पटक आइ ...

कक्षा ११ मा नयाँ पाठ्यक्रम

काठमाडौँ  । राष्ट्रिय पाठ्यक्रम प्रारूप पारित भएसँगै कक्षा ११ मा यसै वर्षदेखि नयाँ पाठ्यक्रम र पाठ्यपुस्तकका आधारमा पढाइ हुने भएको छ । यसपालि एसईई परीक्षा उत्तीर्ण हुने विद्यार्थीलाई नयाँ पाठ्यक्रमका आधारमा पढाइने पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले बताए । उनका अनुसार राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले प्रारूप स्वीकृत गरिसकेकाले कक्षा ११ बाट कार्यान्वयनमा ल्याउन लागिएको हो । आगामी शैक्षिकसत्रमा कक्षा १ ...

विद्यालय भर्नामा सरकारलाई ऐतिहासिक सफलता, दुईमहिनामा साढे दुई लाख भर्ना भए

काठमाडौं । विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउन सरकारलाई ऐतिहासिक सफलता मिलेको छ । सरकारले यसवर्षको भर्ना अभियानबाट विद्यालय बाहिर रहेका दुई लाख ५३ हजार ५ सय ५६ बालबालिका विद्यालयमा भर्ना गराउन सफल भएको हो । अब देशभरमा मात्रै ६० हजार बालबालिका मात्रै विद्यालय बाहिर रहेका छन् । उनीहरुलाई पनि यसैवर्ष विद्यालयमा भर्ना गराइने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले जानकारी दिए । शुक्रबार पत्रकार सम्मेलन गरी मन्त ...

शिक्षक संगठनको अध्यक्षमा शर्मा र महासचिवमा शाही निर्वाचित

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा लक्ष्मण शर्मा निर्वाचित भएका छन् । संगठनको १२ औं राष्ट्रिय महाधिवेशनले निवर्तमान महासचिव समेत रहेका शर्माको अध्यक्षतामा ३२ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । शर्माले अध्यक्षका अर्का प्रत्यासी भिम बहादुर बस्नेतलाई ४८ मतले पराजित गरेका हुन् । शर्माले २२८ मत ल्याउँदा बस्नेतले १८० मत मात्रै पाएका थिए । पूर्व नेकपा एमाले निकट मानिने संगठनमा केपी ओली गुट र माधव नेपाल गुट बीच प्यानलै बनाएर प ...

शिक्षक संगठनको अध्यक्षमा शर्मा र बस्नेत भिड्दै, निर्वाचन जारी

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनमा नेतृत्वका लागि दलीय गुटगत प्रतिस्पर्धा हुने भएको छ । पूर्व नेकपा एमाले निकट मानिने संगठनमा केपी ओली गुट र माधव नेपाल गुट बीच प्यानलै बनाएर प्रतिस्पर्धा हुने भएको छ । संगठनको अध्यक्षका लागि ओली गुटबाट निर्वतमान महासचिव लक्ष्मण शर्मा र निवर्तमान उपाध्यक्ष भिमबहादुर बस्नेत बीच प्यानलै बनाएर प्रतिस्पर्धा हुने भएको हो । यसअघि अध्यक्षमा उम्मेदारी दिएका मधु तिमल्सिनाले उम्मेदवारी फिर्ता लिएपछि दुईजना बीच मात्रै ...

शिक्षामा बजेट नबढेकामा चिन्ता

काठमाडौँ  । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) आव २०७५/७६ का लागि प्रस्तुत बजेटमा शिक्षा क्षेत्रमा चुनावी प्रतिबद्धताबमोजिम बजेट वृद्धि हुन नसकेकामा चिन्ता व्यक्त गरेको छ । अर्थमन्त्रीले संघीय संसद्मा यही जेठ १५ गते पेश गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा शिक्षामा क्षेत्रमा बजेटको आकार सामान्य वृद्धि भए पनि अन्तर्राष्ट्रिय मान्यताअनुसार कूल बजेटको २० प्रतिशत विनियोजन नभएको सो अभियानले जनाएको छ । बजेटमा शिक्षाका लागि रू एक खर्ब ३४ अर्ब ...

विश्वविद्यालयका सम्पर्क कार्यालय अलमलमा

काठमाडौं । सरकारले उच्च शिक्षामा दूरदराजका नागरिकको पहुँच बढाउने उद्देश्यका साथ देशका विभिन्न भागमा स्थापना गरेका विश्वविद्यालयले काठमाडौंस्थित सम्पर्क कार्यालयबाट अधिकांश काम गरिरहेका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असार मसान्तसम्म सम्पर्क कार्यालय हटाउन विश्वविद्यालयहरूलाई निर्देशन दिएको छ। तर, सम्पर्क कार्यालय हटाउनेबारे विश्विद्यालयहरू अन्योलमा छन् । विश्वविद्यालयका काठमाडौंस्थित सम्पर्क कार्यलयबाट अहिले पनि रजिस्ट्रेसन, भर् ...

एसइईको नतिजा असार दोस्रो साता

भक्तपुर । कक्षा १० को अन्तिम परीक्षाका रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको नतिजा यस वर्ष ढिलो हुने भएको छ। परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले गत वर्ष असार २ गते नतिजा प्रकाशित गरेको कार्यालयले यस वर्ष भने असारको दोस्रो सातामा मात्रै नतिजा प्रकाशित गर्ने तयारी गरेको जानकारी दिए । उनले भने, “यस वर्ष जिल्ला शिक्षा कार्यालयमा कर्मचारीको अभाव भयो, समयमै जिल्लाबाट परीक्षण सकिएको उत्तर पुस ...

आजदेखि दुईदिने भारतीय शैक्षिक मेला हुँदै

काठमाडौं ।आजदेखि भारतीय शैक्षिक मेला शुरु हुने भएको छ । भारतीय उच्च शिक्षा र शिक्षालय बारे जानकारी दिने उद्देश्यले  दरवारमार्ग स्थित होटल अन्नपूर्णमा आयोजना हुने मेला दुईदिनसम्म चल्ने छ । नि:शुल्क प्रवेशको व्यवस्था गरिएको मेलामा विद्यार्थी, अभिभावकसँगै शिक्षक र शैक्षिक सरोकारवालाहरुले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ । द हिन्दू गु्रप भारतको प्रमुख आयोजना तथा द नलेज नेटवर्कको सहकार्यमा हुनलागेको  ईण्डिया एजुकेशन फेयर २०१८ मा विद्यार् ...

विद्यार्थी नभए पछि चार महिनासम्म पनि विद्यालय सञ्चालनमा आउन सकेन

राजन रावत/हुुम्ला शैक्षिक सत्र सुुरु भएको साढे तीन महिना बिति सक्दा पनि सिमकोट गाँउ पालिकाको हिमगिरी आधारभूत विद्यालय हालसम्म सञ्चालनमा आउन सकेको छैन । दुुई जना शिक्षक दरवन्दी र तीन जना विद्यार्थी भएपनि विद्यार्थीको उपस्थिती विद्यालयमा नहुुँदा शैक्षिक सत्र सुुरु भएको साढे दुुई महिना बित्दा पनि सो विद्यालय सञ्चालनमा आउन नसकेको हो । विद्यार्थी कम मात्र होइन विद्यार्थी नै विद्यालयमा नआए पछि हालसम्म विद्यालय नखुुलेको स्थानीय छपाल लामाले बताइन । अभिभ ...

शिक्षक संगठनको महाधिवेशनः को बन्ला अध्यक्ष ?

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औं राष्ट्रिय महाधिवेशन राजधानीमा शुरु भएको छ । बुधवार प्रधानमन्त्री केपी ओलीले महाधिवेशनको उद्घाटन गरेका हुन् । देशकै सवैभन्दा पुरानो शिक्षक संगठनका रुपमा रहेको यस संगठनमा महाधिवेशनको रौनकसँगै नयाँ नेतृत्व चयनको विषयले माहौल तातेको छ । बिहीवार बन्दसत्र चलिरहँदा समेत भावि अध्यक्ष को होला भन्ने गाइँगुइँ चलिरहेको छ । २०३६ सालमा स्थापना भएर निरन्तर क्रियाशिल रहँदै आएको यस ऐतिहासिक शिक्षक संगठनको नेतृत्वको ...

शिक्षामन्त्री मन्त्री पोखरेल र न्युजिल्याण्डका राजदूत केम्पर्स बिच शिष्टाचार भेट

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि न्युजिल्याण्डका राजदूत जोना केम्पर्स बिच शिष्टाचार भेट भएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज भएको भेटमा दुई देशबिचको सम्बन्ध सुमधुर राख्न सहकार्य र साझेदारी गर्ने बिषयमा छलफल भएको हो । भेटमा राजदूत केम्पर्सले नेपालको शैंक्षिक अवस्थाको विकासको लागि न्युजिल्याण्ड सरकार सहयोग गर्न तयार रहेको बताइन ।   शिक्षा क्षेत्रको विकास सँगैं नेपालको खेल विज्ञान, पर ...

विद्यालय भवन जीर्ण हुँदा विद्यार्थीहरु रुझेर पढ्न बाध्य

  प्रभा रावत/सुर्खेत वीरेन्द्रनगर सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं १ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय हासेगाउँको भवन जिर्ण हुँदा रुझेर पढ्न बाध्य छन् ।  सामान्य खालको वर्षातमा पनि छानो चुहिने पर्खाल चर्केको, जस्ता पातामा प्वालै प्वाल परेको कारण पठनपाठनमा समस्या भएको हो । २५० जना विद्यार्थी अध्ययन गर्ने गरेका उक्त विद्यालयमा  स्थानीय स्रोतको भरमा शिक्षक नियुक्ति गरेर पठनपाठन हुँदै आएको छ । विद्यालयको भवन जीर्ण हुँदा पठनप ...

बजेट समाजवाद उन्मुख र प्रगतिशिलः प्राध्यापकहरु

प्रभा रावत/सुर्खेत प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापकहरुले नेपाल सरकारले विनियोजन गरेको आर्थिक वर्ष २०७५/०७६ को बजेट समाजवाद निर्माणको आधारशिला रहेको टिप्पणी गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्रध्यापकले बजेटमा रहेका धेरै नयाँ नीति र कार्यक्रमले अव समाजवाद निर्माणका लागि ढोका खोलेको भन्दै प्रशंसा गरेका छन् ।  मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय डिनको कार्यालयले आयोजन ...

‘पढाउन नजान्ने शिक्षक आउट’– प्रधानमन्त्री ओली

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाहरु क्षमतावान भएपनि शिक्षकहरुले राम्रा नपढाएका कारण शैक्षिक गुणस्तर बढ्न नसकेको बताएका छन् । विद्यालयहरुमा बालबालिकाको क्षमता र प्रतिभा अनुसारको शिक्षण सिकाइ नहुँदा सार्वजनिक शिक्षा कमजोर भन्दै गएको उनको आरोप थियो । नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले धर्ती बनाउँला भनेर उठेका बालबालिकाहरुलाई शिक्षकहरुको कमजोर सिकाइका कारण फेल बनाइएको ...

नयाँ विद्यालय भवन बनेपछि विद्यार्थीहरु उत्साही

                           राजन रावत/हुम्ला भवनको अभाव झेल्दै आएका विद्यार्थीहरु नयाँ विद्यालय भवन बनेसँगै उत्साही बन्न थालेका छन् । झ्याल ढोका नभएका कक्षा कोठामा अध्ययन गर्दा गर्दै आजित भएका विद्यार्थीहरु नयाँ विद्यालय भवनमा पढ्न पाउँदा उत्साही भएका हुन् ।  जिल्लामा आयआर्जन तथा सीप विकासका क्षेत्रमा काम गर्दै आएको साम ...

शिक्षक संगठनको १२ औं महाधिवेशन आजबाट शुरु हुँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औं राष्ट्रिय महाधिवेशन बुधवारदेखि शुरु हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार राष्ट्रिय सभागृहमा महाधिवेशनको उद्घाटन गर्ने संगठनले जनाएको छ । मुलुककै सवैभन्दा पुरानो शिक्षक संगठनको महाधिवेशनमा देशभरबाट ४ बढी प्रतिनिधि र पर्यवेक्षकहरुको सहभागिता रहने जनाइएको छ । जेठ, १६, १७, १८ सम्म चल्ने महाधिवेशनमा १६ गते उद्घाटन र अन्यदिन बन्दसत्र र नेतृत्व चयनका लागि निर्वाचनलगायतका कार्यक्रम  हुन ...

१ खर्ब ३४ अर्बको शिक्षा बजेट सार्वजनिक, शिक्षक दरवन्दी पुनर्वितरण गरिने

  सूर्यकुमारी सुवेदी काठमाडौं । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब ३४ अर्ब ५० करोड ८७ लाख रकम विनियोजन गरेको छ । मंगलबार संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले शिक्षामा आगामी वर्षका लागि सो बजेटघोषणा गरेका हुन् । अर्थमन्त्री खतिवडाले शिक्षा बजेट सार्वजनिक गर्दै शिक्षक दरबन्दीको न्यायोचित पुनर्वितरण गरिने बताएका हुन् । विद्यार्थी संख्या, विषयगत आवश्यकता र भौगोलिक अवस ...

विद्यालय समायोजनको विरोधमा धर्ना

  प्रभा रावत/दैलेख दैलेखको गुराँस गाउँपालिमा केहि दिन अगाडी गरिएको विद्यालय समायोजनको विरोधमा गाउँपालिका कार्यालयमा केहि शिक्षक र अविभावकले धर्ना दिएका छन् । विद्यार्थी संख्या के कती छ भनि अनुगमन नै नगरी दरबन्दी कटौती गरेको तथा विद्यालयहरु घटुवा गरेको भन्दै उनीहरुले धर्ना दिएका हुन् । धर्ना दिन नेतृत्व गरेर आएका अविभावक समितिका अध्यक्ष एवं वार्ता टोलीका संयोजक प्रजापती न्यौपानेले गाउँपालिकाले हचुवाको भरमा दरबन्दी कटौती र विद्यालय घटुवा गरेक ...

अभिभावकले थुने कर्मचारी

  दैलेख । कक्षा घटाएको विरोधमा गाउँपालिकाका कर्मचारीलाई अभिभावकले सोमवार कार्यालयमै थुनेका छन् । गाउँ शिक्षक समिति गुराँस गाउँपालिकाले हचुवाको भरमा जनसहयोग आधारभूत विद्यालय तामातडा पिलाडीको कक्षा घटाएपछि अभिभावकले विरोध गर्दै गाउँपालिकाका कर्मचारीलाई कायकक्षमै दिनभर थुनेका हुन्। अभिभावकहरुले गाउँपालिका भवन बाहिर गेटदेखि भित्र कार्यकक्षसम्म बाहिर निस्किन नमिल्ने गरी घेरेर बसेका थिए । उनीहरुको धर्नाले सेवाग्राहीभित्र जान सकेका थिएनन्। सोम ...

थेसिस अनियमितताको छानबिन प्रतिवेदन पेश

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत थेसिस (शाेधपत्र) सम्बन्धी अनियमितताको छानबिन गर्न गठित समितिले साेमबार त्रिवि उपकुलपति प्रा डा तीर्थराज खनियालाई प्रतिवेदन पेश गरेको छ ।  त्रिवि कार्यकारी परिषद्को २०७३ भदौ ३० गतेको बैठकबाट भूगोल केन्द्रीय विभागका प्राध्यापक भीम सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो। समितिले सम्बन्धित सरोकारवालासँग छलफल, अन्तक्रिया तथा स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको जनाएको छ। समि ...

शिक्षाका २२ उपसचिव कामविहीन

काठमाडौँ  । शिक्षा विभागका २२ उपसचिव कामविहीन भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ संरचनाअनुसार जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमा प्रमुख खटाएपछि विभागमा काज सरुवा भएका उपसचिवहरू कामविहीन भएका हुन् । मन्त्रालयले ४१ जिल्लामा उपसचिव र ३६ जिल्लामा शाखा अधिकृतलाई प्रमुख बनाएर खटाएको हो । यसअघि उपसचिव जिल्ला शिक्षा अधिकारी रहेका केही जिल्लामा इकाइ प्रमुखमा अधिकृत पठाइएको छ । साबिकको जिल्ला शिक्षा कार्यालयलाई नै जिल्ला ...

मालिका माविमा २ दिन यतादेखि छात्राहरुमा बेहोस

प्रभा रावत/सुर्खेत दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ८ मा रहेको मालिका माध्यमिक विद्यालयमा २ दिन यतादेखि छात्राहरुमा बेहोस हुने समस्या देखा परेको छ । छात्राहरु रुने, चिच्चाउने टाउको दुख्ने अनि बेहोस भएर ढल्ने गरेका हुन् । यस्तो समस्या देखा परेपछि त्यहाका स्थानिय अच्चमित परेका छन् । यस्तो समस्या छात्राहरुमा मात्र देखा परेको छ । त्यस विद्यालयका प्रधानध्यापक भक्त बहादुर बस्नेतले भने– ‘यस्तो अहिले सम्म देखेका थिएनौं । घरबाट सन्चै आएका ...

विद्यार्थी फेल भए शिक्षक दण्डित हुने

काठमाडौं  । काठमाडौं महानगरपालिकाले सार्वजनिक शिक्षा सुधार गर्न विद्यार्थी अनुत्तीर्ण भएमा शिक्षकको तलब वृद्धि रोक्का गरिने प्रवधानसहितको शिक्षा नियमावली २०७४ कार्यान्वयनमा ल्याएको छ । राजपत्रमा ‘विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४’ जारी गरी सो व्यवस्था गरिएको हो। नियमावलीमा कुनै पनि शिक्षकले अध्यापन गराएको विषयमा लगातार तीन वर्षसम्म १५ प्रतिशतभन्दा बढी विद्यार्थी अनुत्र्तीण भएमा त्यस्ता शिक्षकको तलब वृद्धि दुई वर्षसम् ...

आधारभूत तहमै टिक्दैनन् विद्यार्थी

काठमाडौँ । सरकारले भर्ना अभियानमा जोड दिइरहेका बेला अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा विद्यालयमा विद्यार्थी टिकाउनु चुनौतीपूर्ण देखिएको औंल्याइएको छ । सर्वेक्षणले आधारभूत तह (कक्षा ८) पनि पास नगरी पढाइ छाड्नेको संख्या उच्च रहेको जनाएको छ । ८ कक्षा पास नगरेकालाई सरकारले दिने सेवाबाटै वञ्चित गर्ने गरी शिक्षाको अधिकारसम्बन्धी ऐन मस्यौदा भइरहँदा सर्वेक्षणले भने ७७ प्रतिशत विद्यार्थी मात्रै ८ कक्षासम्म टिक्ने गरेको देखाए ...

ठेकेदारको लापर्बाहीको कारण विद्यालय भवन अलपत्र

प्रभा रावत/सुर्खेत ठेकेदारको लापरवाहीका कारण दैलेखको गुराँस गाउँपालिका ८ स्थित मालिका माध्यमिक विद्यालयको भवन निर्माण अलपत्र परेको छ । १२ कोठे भवन निर्माणका लागि पाँच वर्षअघि सम्झौता भएपनि अझैसम्म पुरा नहुँदा पठनपाठनमा समस्या भएको छ । तीन वर्षमै निर्माण सम्पन्न गर्नेगरि भवन निर्माण सुरु गरिएको थियो । भारतीय राजदूतावासको सहयोगमा निर्माण सुरु भएको भवनको ढलानमात्र पुरा भएको छ । खानी निर्माण सेवा, बानेश्वर काठमाडौंले ठेक्का लिएको भवन अझै निर्माणाधीन ...

कक्षामा पहिलो हुनेलाई निःशुुल्क पढाउनुुपर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये कक्षामा पहिलो हुुनेलाई विद्यालयले निःशुुल्क पढाउनुुपर्ने बाध्यकारी कानुुनी व्यवस्था गरेको छ। महानगरले हालै जारी गरेको शिक्षा नियमावलीमा यस्तो व्यवस्था गरिएको हो। महानगरले प्रत्येक कक्षामा दोस्रो हुुने विद्यार्थीलाई पनि ५० प्रतिशत शुुल्क मिनाहा गरी विद्यालय सञ्चालकले जेहेनदार छात्रवृत्ति उपलब्ध गराउनुुपर्ने बाध्यकारी व्यवस्था गरेको छ। व्यवस्था कार्यान्वयन भए ...

मेडिकल स्नातक प्रवेश परीक्षा आयोगले लिने

काठमाडौं । चिकित्साशास्त्रतर्फ स्नातक तहका लागि एकीकृत प्रवेश परीक्षा पद्धति लागू हुने भएको छ। चिकित्साशास्त्र अध्ययन हुने विभिन्न शैक्षिक निकायमा फरकफरक मापदण्ड र क्यालेन्डरका आधारमा प्रवेश परीक्षा सञ्चालन हुँदै आएकाले मेडिकल शिक्षा व्यवस्थापनमै चुनौती थपिएको औंल्याउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो। अहिले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, बिपी कोइराला स्वास्थ्य विज ...

साढे १२ हजार बढी शिक्षक दरवन्दीमा तीनै तहको खुला विज्ञापन हुँदै

भक्तपुर । शिक्षक सेवा आयोगले साढे १२ हजार बढी शिक्षक दरवन्दीमा तीनै तहका लागि खुला विज्ञापन गर्ने तयारी गरेको छ । शिक्षा विभागले रिक्त दरवन्दी विवरण आयोगमा पठाएसँगै आयोग खुला विज्ञापनको तयारीमा जुटेको हो । शिक्षा विभागले यस अघि नै २०४९ अघि देखि २०७२ असोज २ सम्मको रिक्त दरवन्दी विवरण आयोगमा पठाइ सकेको थियो । पछिल्लो पटक विभागले २०७२ असोज ३ देखि २०७४ फागुन मसान्त सम्मको रिक्त शिक्षक दरवन्दी विवरण आयोगमा पठाएको हो । आयोगले २०७२ असोज ३ देखि २०७४ फागु ...

शिक्षक दरबन्दी मिलान हुुन नसक्दा पठन–पाठन प्रभावित

  राजन रावत/हुम्ला हुुम्ला जिल्लाका विद्यालयहरुमा लामो समय देखि विद्यार्थी शिक्षक अनुुपातमा शिक्षक दरबन्दी मिलान हुुन नसक्दा पठनपाठन प्रभावित बन्दै आएको छ । विगत १५ वर्ष देखि विद्यार्थी शिक्षक अनुुपातमा शिक्षक दरवन्दी मिलान नहुुँदा जिल्लाको माथिल्लो क्षेत्रका विद्यालयमा विद्यार्थी कम र शिक्षक दरवन्दी बढी देखिएको छ भने दक्षिणी क्षेत्रका विद्यालयहरुमा विद्यार्थी बढी र शिक्षक कम पाइएको छ । शिक्षक दरवन्दी मिलान हुन नसक्दा यस्तो समस्या देखिएको शि ...

विश्व विद्यालयहरुका सम्पर्क कार्यालय खारेज

काठमाडौं । सरकारले उपत्यका बाहिर केन्द्रीय कार्यालय रहेका विश्व विद्यालयहरुकोे सम्पर्क कार्यालय खारेज गरेको छ । विहिवार शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले मन्त्री स्तरिय निर्णय गर्दै ११ वटा विश्व विद्यालयका काठमाडौं उपत्यका भित्र रहेका सम्पर्क कार्यालय खारेज गरेका हुन् । उपत्यका बाहिर केन्द्रीय कार्यालय रहेका विश्व विद्यालयहरुले काठमाडौं उपत्यकामा केन्द्रीय सम्पर्क कार्यालय स्थापना गरेका थिए । यस्ता सम्पर्क कार्यालयहरुको खास ...

८ कक्षा पास नगरे अयोग्य !

काठमाडौँ । सरकारले कुनै पनि सार्वजनिक पदमा रहन कक्षा ८ उत्तीर्ण हुनैपर्ने व्यवस्था गर्न लागेको छ । २०८३ वैशाख १ गतेपछि आधारभूत शिक्षा नलिएका व्यक्ति राज्यले प्रदान गर्ने अवसर लिनसमेत अयोग्य हुनेछन् । शिक्षाको अधिकारसम्बन्धी ऐनको मस्यौदामा यस्तो व्यवस्था गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको मस्यौदा सहमतिका लागि कानुन आयोग पठाइएको छ । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, गैरसरकारी वा निजी क्षेत्रमा स्थापित कुनै ...

शिक्षा मन्त्रालयद्वारा १४० कर्मचारी सरुवा (विवरण सहित)

काठमाडौं । शिक्षा मन्त्रालयले एकैपटक १४० कर्मचारीहरुको काज सरुवा गरेको छ । शिक्षा सचिव खगराज बराल बिहीवार चीन भ्रमणमा जाने भएपछि बुधवार साझ अवेर कर्मचारी सरुवाको टुंगो लगाइएको हो । तत्कालीन जिल्ला शिक्षा कार्यालयहरु शिक्षा विकास तथा समन्वय इकाइमा रुपान्तरण भएपछि इकाइहरु जिल्ला प्रशासन कार्यालय मातहतमा पुगेका थिए । प्रमुख जिल्ला  अधिकार प्रथम श्रेणीका भएका स्थानमा इकाइ प्रमुख उपसचिव र द्वितीय श्रेणीका भएका स्थानमा शाखा अधिकृतहरुलाई सरुव ...

शिक्षक सरुवाविरुद्ध सर्वोच्चको अन्तरिम आदेश

सिन्धुपाल्चोक । सर्वोच्च अदालतले त्रिपुरासुन्दरी गाउँपालिकाले गरेको शिक्षक सरुवा कार्यान्वयन नगर्न मंगलबार गाउँपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले सरुवा कार्यान्वयन नगरी निवेदकलाई पूर्ववत् विद्यालयमा सेवा गर्न दिन गाउँपालिकाको नाममा अन्तरिम आदेश दिएको हो ।गाउँपालिकाले वैशाख २६ गते आठ शिक्षक सरुवा गर्ने निर्णय गरेको थियो । त्यसको दुई दिनपछि उनीहरूलाई गाउँपालिका अध्यक्ष भूपेन्द ...

शुल्क वृद्धि फिर्ता भएन

काठमाडौँ  । शैक्षिक सत्रको सुरुमै निजी विद्यालयहरूले मनोमानी वृद्धि गरेको शैक्षिक शुल्क अनुगमन समिति बनाएर फिर्ता लिने सर्वपक्षीय निर्णय दुई सातासम्म कार्यान्वयन सुरु हुन सकेको छैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्थानीय तहहरूको समन्वयमा निजी विद्यालयहरूले बढाएको शुल्क फिर्ता लिन अनुगमन समिति बनाउने सर्वपक्षीय निर्णय वैशाख २२ गते भएको थियो । दुई सातासम्म अनुगमन समिति गठन नहुँदा विद्यार्थी र अभिभावक चर्काे शुल्कको मारमा छन् । शुल्क ...

सरकारको भर्ना अभियान 'अप्रभावकारी'

काठमाडौं ।  यो वर्ष सरकारले एक महिनाभर गरेको विद्यार्थी भर्ना अभियानमा प्राथमिक तहमा ६० प्रतिशत भन्दा बढी बालबालिकाहरू समेटिन नसकेको शिक्षा विभागको प्रारम्भिक आँकडाले देखाएको छ। गत वर्ष प्राथमिक तहमा भर्ना हुनुपर्ने ५ देखि ९ वर्ष उमेरका ८८ हजार भन्दा बढी बालबालिकाहरू विद्यालय बाहिर थिए। त्यस्ता विद्यार्थीहरूलाई विद्यालयमा ल्याउन भन्दै सरकारले चलाएको विद्यालय भर्ना अभियान प्रभावकारी हुन नसकेको भन्दै त्यसलाई सुधार गर्नुपर्ने तर्क शिक्षासम्बन् ...

महिलाहरू विद्यालयमा भर्ना

स्याङ्जा  । वालिङ नगरपालिका १३ थुमपोखराका कमला थापा उमेरले ४५ वर्ष पुगिसकिन्। उनका छोराछोरीले एमएसम्मको शिक्षा पूरा गरिसके। आफूले कक्षा ५ मा पढ्दै गर्दा बीचमै छोड्नुपरेको पीडा भुल्न नसकेकी उनले अहिले कक्षा ५ मै भर्ना भएर पढ्न थालेकी छन् । यसैगरी, थुमपोखरास्थित पीपलछापकी ४३ वर्षीया पार्वता गैरे पनि कक्षा ९ मा पढ्दै छिन्। उनीलगायत २० जना महिला मिलेर पढ्ने निर्णय गरे र थुमपोखरास्थित लक्ष्मी माध्यमिक विद्यालयमा भर्ना भए। उमेरले ३५ वर्ष उमेर ...

स्थगित शिक्षक परीक्षाको मिति तत्काल तय गर्न माग गर्दै शिक्षक महासंघ आन्दोलित

काठमाडौं । अस्थायी शिक्षकहरुको स्थगित परीक्षाको मिति तत्काल तय गर्नुपर्नेलगायतका समसामयिक माग राख्दै शिक्षक महासंघ आन्दोलित भएको छ । महासंघको वैठकले तत्कालका लागि पहिलोचरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । यसअघि महासंघले नेपाल नेपाल सरकार र महासंघ बिच विगतमा पटक–पटक गरिएका सहमति सम्झौताहरु कार्यान्वयन नभएका भन्दै तत्कालिन जिल्ला शिक्षा कार्यलय, क्षेत्रीय शिक्षा निर्देशनालय, शिक्षा विभाग र शिक्षा मन्त्रालय हुँदै प्रधानमन्त्री समक्ष ध्या ...

विद्यालय पुनर्निर्माणको काम दुई वर्ष भित्रै सक्छौं : मन्त्री पोखरेल

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले दुई वर्ष भित्र विद्यालय पुनर्निर्माणको काम सक्ने बताएका छन् ।  काठमाडौंको रानीपोखरीमा रहेको भूकम्पले भत्केको दरबार हाईस्कुलको पुनर्निर्माणको सन्र्दभमा भएको छलफल तथा निरीक्षणको क्रममा मन्त्री पोखरेलले हरेक विद्यालयकोे समस्या समाधानको निम्ति आफैंले पहल लिएर तुरुन्तै पुनर्निर्माण प्राधिकरणसँग समन्वय गर्दै २ वर्षभित्र सुरक्षित विद्यालय निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे । सुविधा ...

सरकारको नीति तथा कार्यक्रममा शिक्षा : अब विद्यालयतहदेखि नै प्राविधिक शिक्षा

काठमाडौं । सरकारले विद्यालयतहदेखि नै प्राविधिक एवं व्यवसायिक शिक्षा सञ्चालन गर्ने भएको छ । सातै प्रदेशमा प्राविधिक तथा महाविद्यालय तथा स्थानीय तहहरुमा पोलिटेक्निक स्थापना गर्ने सरकारको योजना रहेको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा विद्यालयतहदेखि नै जीवनउपयोगी व्यवसायिक एवं प्राविधिक शिक्षा जोड दिने तथा प्राविधिक तथा व्यवसायिक शिक्षाको अनुपात बढाउने उल्लेख छ । बम गठबन्धनले ...

शिक्षक संगठन हुम्लामा जोशी

राजन रावत/हुम्ला नेपाल राष्ट्रिय शिक्षक संगठन हुम्लाका अध्यक्षमा  हरि प्रसाद जोशी निर्वाचित भएका छन् । संगठनको सातौं जिल्ला अधिवेशनले जोशीको नेतृृत्वमा २२ सदस्यीय नयाँ नेतृृत्व चयन गरेको हो । यसैगरी, संगठनको  उपाध्यक्षमा दल वहादुुर ऐडी, महिला उपाध्यक्षमा हिरा बोहोरा, कोषाध्यक्षमा बीर वहादुुर रावल र सह–कोषाध्यक्षमा निर्मला सुुनुुवार निर्वाचित भएका छन् ।संगठनको  सचिवमा भक्त थापा, सह–सचिवमा लक्ष्मी कुुमारी कँडेल निर्वाचित ...

दुर्व्यवहार आरोपमा प्रधानाध्यापक बर्खास्त

रामेछाप । विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा जिल्लाको लिखु तामाकोसी गाउँपालिका–५, नागदहमा रहेको झट्टेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक केवलबहादुर तिमिल्सिनालाई पदबाट हटाउने निर्णय भएको छ। विद्यार्थीलाई कुटपिट गर्दै पिसाब खुवाएको आरोपमा उनलाई विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापकबाट हटाउने निर्णय गरेको हो। प्रधानाध्यापक तिमिल्सिनाले कक्षा ७ का बुद्ध तामाङ र लाक्पा तामाङलाई कुटपिट गरी गरी पिसाब खान बाध्य बनाएको गाउँपालिका अध ...

विद्यार्थी यार्सा टिप्न लेकतिर, पठनपाठन ठप्प

जुम्ला ।  जिल्लाको पातारासी गाउँपालिकास्थित विद्यालयमा अध्ययनरत विद्यार्थी यार्सा टिप्न लेकतिर गएपछि विद्यालय सुनसान छन्। बहुमूल्य जडीबुटी यार्सा टिप्ने मौसम सुरु भएकाले जिल्ला तथा जिल्लाबाहिरका व्यापारी तथा सर्वसाधारण लेकतिर गएका छन् । यार्सा टिप्न अभिभावकसँगै बालबालिका पनि लेकतिर गएकाले पठनपाठन ठप्प भएको हो । पातारासी गाउँपालिकामा पाँच मावि, २० निमावि र ६ प्रावि छन्। अभिभावकसँगै बालबालिका डोल्पा, जुम्ला र मुगु जिल्लाका यार्सा पाइने क् ...

सामुदायिक विद्यालयमै मासिक शुल्क !

कतै मासिक शुल्क तोकेरै त कतै ‘चन्दा सहयोग’का रुपमा राम्रा भनिएका सामुदायिक विद्यालयहरुले अभिभावकबाट शुल्क लिइरहेका छन् । ‘स्वेच्छिक’ र ‘चन्दा सहयोग’ जुनसुकै नाममा भएपनि घुमाइफिराइ अभिभावकबाटै रकम असुल्ने विद्यालयहरुको नीति देखिन्छ । यसले सीमान्तकृत र सर्वसाधारण अभिभावकका बालबालिकाको पहुँच राम्रा ठानिएका सामुदायिक विद्यालयमा क्रमशः खुम्चिँदै गएको छ ।       रोशन गाउँले/काठमाडौं नेपालको संविधानमा कक ...

यस्तो बन्दै छ नयाँ पाठ्यक्रम(मस्यौदा सहित)

काठमाडौँ  । अब कक्षा १ देखि ३ सम्म एकीकृत पाठ्यक्रम लागु हुने भएको छ । यस्तै,  कक्षा ९ देखि १२ सम्म एकलपथीय पाठ्यक्रम लागू गर्ने तयारी भएको हो । पाठ्यक्रम विकास केन्द्रले सार्वजनिक गरेको नयाँ संरचनाअनुसार परिमार्जन गरिएको विद्यालय शिक्षाको पाठ्यक्रम मस्यौदामा सो व्यवस्था गरिएको हो । नयाँ संविधान, शिक्षा ऐनको आठौं संशोधन, संघीय संरचना र कक्षा ११–१२ पनि विद्यालय शिक्षामा समाहित भएपछि नयाँ पाठ्यक्रम जारी गर्न लागिएको हो । प्रारम्भिक ...

कुटपिट घटनाको सत्यतथ्य छानवीन गर्न मानव अधिकार आयोगसँग आग्रह

काठमाडौं । विद्यालय कर्मचारीहरुले गत बैशाख २७ गते शिक्षा मन्त्रालयमा भएको कुटपिट घटनाको सत्यतथ्य छानवीन गर्न राष्ट्रिय मानव अधिकार आयोगसँग आग्रह गरेका छन् । मंगलवार उनीहरुले आयोगमा पुगेर निवेदन दर्ता गराउँदै घटनाको सत्यतथ्य छानवीन गर्न आग्रह गरेका हुन् । मन्त्रालयको कुटपिट घटनाका प्रत्यक्षदर्शी बाजुराका ६५ वर्षिय अस्थायी शिक्षक टीकाबहादुर घर्ती र दुल्लव मावि गोरखाका ७३ वर्षिय पियन लालबहादुर श्रेष्ठले आयोगमा निवेदन दिएका हुन् । शिक्षा मन्त्रालयले ...

शिक्षक दरवन्दी मिलान अब स्थानीय तहबाटै हुने

  राजन रावत/हुम्ला  स्थानीय स्तरमै शिक्षक दरवन्दी मिलानको व्यवस्था सहित खार्पुुनाथ गाँउपालिकाले शिक्षा नियमावली २०७४ कार्यान्वयनमा ल्याएको छ । नियमावली राजपत्रमा प्रकाशन भएसँगै   कार्यान्वयनमा आएको हो । शिक्षा नियमावली कार्यान्वयनमा आएसँगै शिक्षा क्षेत्रका गतिविधिहरु सञ्चालन गर्न कानूनी बाधा अड्चनहरु  खुुलेको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले जानकारी दिए । उनका अनुसार, नियमावलीले विद्यालय खोल्ने अनुुमति र स्वीकृिृत सम्वन्धि व्यवस्था, दरबन्दी ...

विद्यालय शिक्षाका लागि नयाँ पाठ्यक्रम आउँदै

काठमाडौं । विद्यालय तहको शिक्षा विद्यार्थी केन्द्रित बनाउन शिक्षा मन्त्रालयले १२ कक्षासम्म अध्यापन हुने सबै विषयमा प्रयोगात्मक कार्य (प्राक्टिकल) को व्यवस्था गर्न लागेको छ। शिक्षा ऐनमा संशोधन गरी १२ कक्षासम्म विद्यालय शिक्षामा समायोजन गरेसँगै पाठ्यक्रम विकास केन्द्रले बनाउन लागेको नयाँ पाठ्यक्रमको प्रारूपमा यस्तो व्यवस्था गरिएको हो। ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप’ मा कक्षा ८, १० र १२ को अन्तिम परीक्षामा कुल सय पू ...

सामुदायिक विद्यालयले शुल्क लिन नपाउने

रुकुम (पश्चिम)  । बाँफिकोट गाउँपालिकाका सामुदायिक विद्यालयले अभिभावकबाट शुल्क लिन नपाउने भएका छन् । गाउँ कार्यपालिकाको बैठकले सामुदायिक विद्यालयमा अभिभावकबाट कुनै वहानामा शुल्क लिन नपाउने निर्णय गरेको हो ।  बाँफिकोटमा ४४ सामुदायिक विद्यालय छन् । अस्थायी अनुमति मात्रै पाएका तर, निजी स्रोतबाट तलव भत्ता खुवाउने गरी नियुक्त गरिएका शिक्षकको तलव, कार्यालयको अन्य व्यवस्थापन तथा भौतिक निर्माणका लागि भन्दै विद्यालयहरूले अभिभावकबाट शुल्क लिने गर ...

इसिडि शिक्षक पनि न्याय माग्दै सिंहदरवारमा

काठमाडौं । अस्थायी शिक्षक, विद्यालय कर्मचारी पछि प्रारम्भिक बाल विकास(इसिडि)मा कार्यरत शिक्षक पनि न्यायका लागि सिंहदरवार धाएका छन् । शिक्षा ऐनको आठौं संशोधनले इसिडीलाई विद्यालय तहमा समायोजन गरेपनि मासिक ६ हजारमा काम गर्न बाध्य देशभरका इसिडीका शिक्षकहरु न्याय माग्दै सिंहदरवार पुगेका हुन् । उनीहरु दुई महिनाको तलव खर्च बोकेर न्यायका लागि सिंहदरवार आएका हुन् । सयौंका संख्यामा रहेका इसिडी शिक्षकहरुले सोमवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराज ...

समता स्कूल प्रति विद्यार्थीको आकर्षण बढ्दो

  राजन रावत/हुम्ला गरिब तथा न्यून आयश्रोत भएका विद्यार्थीलाई न्यून शुल्कमा शिक्षा दिएर प्रख्यात समता स्कूलको शाखा हुम्लामा खुलेसँगै विद्यार्थीहरुको चाँप बढेको छ । न्यून शुल्कमा अंग्रेजी माध्यममा पठनपाठन गराउन थालेपछि स्कूलमा विद्यार्थीको चाँप बढेको हो । निकै सस्तोमा नयाँ विधि र अंग्रेजी माध्यमबाट पठन–पाठन हुने भए पछि छोरालाई नर्सरीमा भर्ना गरेको अभिभावक सुुरिकला रावतले बताइन् । सामुदायिक विद्यालयहरुले पनि शुल्क लिन थालेपछि गुणस्तरीय शि ...

खुट्टाले लेखेरै कक्षामा प्रथम

गुल्मी । छत्रकोट गाउँपालिका-४ शृंगा रुपसे गुल्मीका ऋषिराम कँडेलका दुवै हातखुट्टा चल्दैनन् । उनी न हिँड्न सक्छन्, न त राम्रोसँग लेख्न नै । घरका एक्ला छोरा उनी जन्मजातै पूर्ण अपांग भए । १३ वर्षीय कँडेलले चार कक्षासम्म गाउँकै शारदा विद्या मन्दिर प्राथमिक विद्यालय रुपसेमा अध्ययन गरे । विद्यार्थी थोरै भएपछि उक्त विद्यालयमा पाँच कक्षासम्मको पढाइ संचालन हुन सकेन । त्यसपछि उनी शृंगा जनता माध्यमिक विद्यालयमा दिगाममा कक्षा पाँचमा भर्ना भए । कँडेलको अन्य श ...

अध्ययनमा कसरी बानी लगाउने ?

१) उपयुक्त ठाउँ रोज्नुहोस् डिस्टर्ब’ नहुने ठाउँको वातावरण तपाईंले रोज्नुपर्ने हुन्छ। त्यस्तो वातावरण, जसले तपाईंको ध्यान पढाइमै मात्र केन्द्रित गरोस्। त्यसका लागि पुस्तकालय एउटा उपयुक्त स्थान हुन सक्छ। पुस्तकालय त एउटा उदाहरण भयो, तपाईंको ध्यान अन्यत्र नमोडिने जुनसुकै ठाउँमा बसेर अध्ययन गर्न सक्नुहुन्छ। तपाईंले अध्ययन गर्ने विश्वविद्यालय वा क्याम्पसमा पनि अध्ययनका लागि उपयुक्त स्थान हुन सक्छ। त्यस्ता स्थानहरूले तपाईंलाई अध्ययनका लागि प्रेर ...

विद्यालयमा पुस्तक प्रयोग गर्न कमिसन

तुलसीपुर । विद्यालयमा नयाँ पाठ्यपुस्तक प्रयोग गर्ने विषयमा ठूलो कमिसनको खेल हुने गरेको पाइएको छ। विशेष गरी निजी विद्यालयमा र अंग्रेजी माध्यम सञ्चालन गरेका सरकारी केही विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भएसँगै कमिसनको चक्कर देखिएको हो। संस्थागत तथा व्यक्तिगत रूपमा पाठ्ययुस्तक प्रयोग गर्न पब्लिकेसनले कमिसन दिने र विद्यालयमा प्रयोग गरिदिने भन्दै विद्यालय सञ्चालक, प्रिन्सिपल र छाता संगठनले कमिसन लिने विषयमा स्थानीय शिक्षा शाखामा समेत उजुरी पर्न थ ...

इँटाभट्टामा भर्ना अभियान : विद्यार्थीले उद्योग परिसरमै पढ्न पाउने

धादिङ । बालश्रम मुक्त गरी मजदुरका बालबालिकालाई शिक्षित बनाउन जिल्लाका इँटा उद्योगमा भर्ना अभियान चलाइएको छ । इँटा उद्योगमा कार्यरत हजारौं मजदुरका बालबालिकालाई भर्ना गरी उद्योग परिसरमै पढ्ने व्यवस्था समेत मिलाइएको छ । प्रयास नेपाल नामक गैरसरकारी संस्था र ग्लोबल फेयर नेसनल साझेदारीमा बेटर ब्रिक परियोजनाअन्तर्गत इँटा उद्योगका बालबालिकालाई भर्ना अभियान सञ्चालन गरिएको हो । यसै शैक्षिक सत्रबाट नेपाल सरकारले विद्यालय भर्ना अभियानलाई कडाइसाथ लागू ग ...

तीन महिनापछि खुले लिमीका स्कुल

हुम्ला  । चीन सीमा जोडिएको नाम्खा गाउँपालिका–६, लिमीका सामुदायिक विद्यालय शैक्षिक सत्र सुरु भएको तीन महिनापछि खुलेका छन् । हुम्लामा फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुन्छ । लिमी आवतजातवत गर्ने बाटो खुलेपछि बस्तीका तीनवटै विद्यालय खुलेका हुन् । लिमी आउजाउ गर्न सदरमुकामबाट झन्डै पाँच हजार मिटर उचाइको नारा र न्यालु लेक पार गर्नुपर्ने बाध्यता छ । दुवै लेकमा भारी हिमपात हुने भएकाले हिउँदमा बाटो बन्द हुने गरेको छ । गाउ‘बाट अन्य बस्तीमा ...

सदरमुकामकै विद्यालय नाजुक

रुकुम पश्चिम  । मुसिकोट नगर, शिक्षा शाखाको टोली वैशाख २८ गते मुसिकोट–४, स्थित आधारभूत विद्यालय कोटचौतारा पुग्यो । विद्यालय समयमा उक्त टोली पुग्दा कार्यालयसहित सबै कक्षाकोठा बन्द थिए । विद्यालय सुनसान थियो । कार्यालय सहयोगी विद्यालयभन्दा टाढाको घरमा गएर सुतेका भेटिए । कार्यालय सहयोगीलाई ब्युँझाएर ल्याउँदा थाहा भयो कि चालु शैक्षिक सत्रमा एक जना पनि विद्यार्थी भर्ना भएका रहेनछन् । बाल विकासदेखि कक्षा ५ सम्म पठनपाठन हुने उक्त विद्यालयमा त ...

बालविकास सहयोगीका भरमा हुुम्लाका १३ विद्यालय

राजन रावत/हुम्ला दुुर्गम हिमाली जिल्ला हुुम्लाका १३ वटा प्राथमिक विद्यालयहरु दरवन्दी बिनै बाल विकासका शिक्षकको भरमा संचालन हुन बाध्य रहेका छन् । विद्यार्थी संख्या पुुगेपछि तत्कालीन जिल्ला शिक्षा कार्यालयले दरवन्दी बिनै विद्यालय सञ्चालनको अनुुमति दिँदा बाल विकासको नाममा आएका शिक्षकको भरमा ती विद्यालय सञ्चालन हुन बाध्य भएका हुन् । कक्षा १० सम्म अध्ययन गरेका न्यून पारिश्रमिक पाउने बाल विकासका शिक्षकहरुको भरमा पछिल्लो समय सञ्चालन अनुुमति पाएका प्राथ ...

राष्ट्रिय पाठ्यक्रम प्रारुपको मस्यौदा सार्वजनिक गरिने

  काठमाडौं । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ को मस्यौंदालाई सार्वजनिक गरिने भएको छ । थप परिस्कृत गरी सम्बन्धित सबैं सरोकारवालाको राय सुझाव समेट्नका लागि मस्यौदा सार्वजनिक गर्न लागिएको हो । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको आइतवार सम्पन्न बैंठकले मस्यौदा सार्वजनिक गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिने निर्णय गरेको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा सम्पन्न बैंठकमा विद्यालय शिक्षाको ...

शिक्षकलाई कक्षाकोठामा केन्द्रित हुन सरोकारवालाको आग्रह

राजन रावत / हुम्ला शिक्षकहरुलाई कक्षाकोठामा केन्द्रित रहन सरोकारवालाहरुले आग्रह गरेका छन् । उनीहरुले जिल्लाको शैक्षिक समृद्धिका लागि कक्षाकोठाबाटै सुधारको शुरुवात हुनुपर्नेमा जोड दिएका हुन् । शिक्षकहरुले राजनीति गरेकाले सामुदायिक विद्यालयको शिक्षा कमजोर रहेको आरोप लागिरहेको अवस्थामा शिक्षकहरुलाई कक्षाकोठाको सिकाइ सुधारमा केन्द्रित हुन आग्रह गरिएको हो । नेपाल शिक्षक संघको २९ औं स्थापना दिवसको अवसरमा ‘शिक्षकको मर्यादित पेशा, विद्यार्थीलाई जी ...

झोलाको भारीले थिचिँदै निजी स्कुलका विद्यार्थी

काठमाडौं ।  उनीहरू सानो कक्षामा पढ्छन्, तर झोलाको ठूलो भारीले थिचिएका हुन्छन् । पीडा निजी स्कुलमा पढ्ने बालबालिकाको हो । स्कुलले धेरै पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री, कापी, खाजा अनिवार्य गरेका कारण साना नानीहरूको झोला ठूलै भारी बन्ने गरेको छ ।  सरकारले बालमैत्री विद्यालय र कक्षाकोठाको नीति अवलम्बन गरेको छ । तर, निजी विद्यालयले पूर्वप्राथमिकदेखि माध्यमिक तहसम्मका विद्यार्थीलाई थेग्नै नसक्ने झोलाको भारी बोकाउने गरेका छन् । कापी–किता ...

मन्त्रालयका कर्मचारीमाथि उल्टै मुद्दा दायर गर्ने विद्यालय कर्मचारीको तयारी

काठमाडौं । विद्यालय कर्मचारीहरुले सर्वोच्च अदालतको आदेश कार्यान्वयन नगर्नु नै बिहिवार शिक्षा मन्त्रालयमा घटना घट्नुको कारण भएको बताएका छन् । विद्यालय कर्मचारी नारायणी नमुना मावि चितवनका पूर्व लेखापाल गोविन्द बहादुर पौडेलले बिहिवार मन्त्रालयका उप–सचिव विदुरराज गिरीमाथि आक्रमण गरेका थिए । सिसाको जगले टाउकोमा हान्दा उपसचिव गिरीको टाउकोमा चोट लागेको थियो । शनिवार पत्रकार सम्मेलन गरेर उनीहरुले घटना योजनावद्ध नभएर विद्यालय कर्मचारी व्यवस्थापनका स ...

शिक्षा मन्त्रालयद्वारा कर्मचारी माथि भएको आक्रमणको निन्दा

काठमाडौं । शिक्षा मन्त्रालयले बिहिवार मन्त्रालयका उप–सचिव विदुरराज गिरीमाथि विद्यालय कर्मचारीहरुबाट भएको  आक्रमणको निन्दा गरेको छ । साथै, दोषीलाई कानून बमोजिम हदैसम्मको कानूनी कारबाही गर्न समेत माग गरेको छ । मन्त्रालयले शुक्रवार एउटा प्रेस विज्ञप्ति जारी गर्दै विहीवार अपरान्ह ४ः५० बजे मन्त्रालयका शैक्षिक व्यवस्थापन महाशाखा अन्तरगत विद्यालय शिक्षा शाखामा कार्यरत उप–सचिव श्री विदुरराज गिरीमाथि गोविन्दबहादुर पौडेललगायतका विद्यालय क ...

कक्षा ११ र १२ मा प्राविधिक विषय अनिवार्य गर्न डा. पौडेलको सुझाव

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलले कक्षा ११ र १२ मा प्राविधिक विषय अनिवार्य गर्न सुझाव दिएका छन् । उनले कक्षा ११ र १२ मा ६००/६०० पूर्णांकको पाठ्यक्रम बनाउन समेत सुझाव दिएका हुन् । हाल, पाठ्यक्रम विकास केन्द्रले नयाँ राष्ट्रिय पाठ्यक्रम प्रारुप निर्माण गर्दै छ । यसका लागि केन्द्रले विभिन्न विज्ञ र सरोकारवालाहरुसँग छलफल र सुझाव लिने काम गरिरहेको छ । केही सरोकारालाहरुले कक्षा ११ र १२ विद्यालय तहमा आइसकेपछि त्यसमा ९०० ...

किन बीचैमा विद्यालय छाड्छन् विद्यार्थीे

काठमाडौं । त्रिपुरेश्वरस्थित बागमती किनारस्थित सुकुमबासी बस्तीका राजकुमार जिम्बाले पारिवारिक कारण पढाइलाई निरन्तरता दिन नसकेपछि बीचमै विद्यालय छाडे । पाठ्यपुस्तक र शुल्क निःशुल्क भए पनि विद्यालय जानका लागि आवश्यक पोसाक, खाजाको जोहो परिवारले गर्न नसकेपछि उनी बीचैमा विद्यालय छाड्न बाध्य भएका हुन् । सरकारले सामुदायिक विद्यालयमा पाठ्यपुस्तक निःशुल्क गरे पनि अंग्रेजी माध्यममा पढाउने निहुँमा विद्यालयहरूले विद्यार्थीलाई थप पुस्तक किन्न बाध्य पार्छ ...

विशेष शिक्षा गुरुयोजना तयार

काठमाडौँ । शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयले अपांगता भएका बालबालिकाका निम्ति चार वर्षे विशेष शिक्षा गुरुयोजना बनाएका छन् । दक्षिण कोरियाको छाङओन नेसनल युनिभर्सिटीको सहयोगमा तयार गुरुयोजनामा एउटा प्रदेशमा कम्तीमा एउटा विशेष नमुना विद्यालय सञ्चालन गर्ने जनाइएको छ । शिक्षाविद् डा. हृदयरत्न वज्राचार्यले मन्त्रालयका तर्फबाट बिहीबार गुरुयोजना (सन् २०१९–२०२३) प्रस्तुत गर्दै संघ, प्रदेश र स्थानीय सरकारको उत्तरदायित्वसहित अघि बढ्ने ब ...

न्याय माग्न गएका विद्यालय कर्मचारी सिंहदरवारबाटै पक्राउ

काठमाडौं । न्याय माग्न शिक्षा मन्त्रालय पुगेका एकजना विद्यालय कर्मचारीलाई प्रहरीले मन्त्रालयबाटैे गिरफ्तार गरेको छ । जीवनभर विद्यालयमा सेवा गरेर ६० वर्षे उमेरहदका कारण अवकाशित नारायणी नमूना मावि चितवनका लेखापाल ७३ वर्षिय गोविन्द बहादुर पौडेल विहीवार मन्त्रालयबाटै गिरफ्तार भएका हुन् । पौडेललाई प्रहरी प्रभाग अनामनगरमा राखिएको छ । विहीवार मन्त्रालयका विद्यालय कर्मचारी प्रशासनका उपसचिव विदुरराज गिरीलाई दुव्र्यवहार गरेको आधारमा पौडेललाई प्रहरीले गिरफ ...

सामुदायिक विद्यालयमा आकर्षण: केहीमा लक्ष्यभन्दा बढी

परासी । पश्चिम नवलपरासीका अधिकांश सामुदायिक विद्यालयमा भर्नाका लागि शिक्षक, अभिभावक घरदैलोमा छन् । जेठ १४ सम्म सरकारले अभियान चलाएर पहुँचभन्दा बाहिरका बालबालिकालाई विद्यालय ल्याउनेछ । सुनवलस्थित देवकोटा माविमा अभियानअगावै लक्ष्यभन्दा बढी भर्ना हुन आएपछि अन्यत्र पठाउनुपर्ने बाध्यता छ ।  अंग्रेजी माध्यमबाट पढाइ हुने विद्यालयको शैक्षिक गुणस्तर निजीको भन्दा अब्बल भएकाले आकर्षण बढेको हो । टाई, बेल्ट, जुत्तामा सजिएर सन्तान पढ्न जाँदा अभिभावक ...

भूकम्पमा जोगिएका विद्यालय पनि भत्काइने

काठमाडौं । भूकम्पमा जोगिएका तर कमजोर संरचना भएका विद्यालय भवन सरकार आफैंले भत्काएर पुनर्निर्माण गर्ने भएको छ । बाहिरी रूप राम्रो देखिए पनि भूकम्पीय दृष्टिले जोखिमयुक्त विद्यालयको आवश्यकताअनुसार पुनर्निर्माण र रेट्रोफिटिङ गर्न लागिएको भूकम्पप्रभावित विद्यालयको पुनर्निर्माणको जिम्मेवारी लिएको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (सीएलपीआईयू)ले जानकारी दिएको छ । भूकम्पबाट जोगिए पनि भविष्यमा आउन सक्ने सानो धक्काबाटै भत्किन सक्ने खतरा भएका विद्यालय बनाउ ...

ऐन,नियम, सर्वोच्चको आदेश र विगतको आफ्नै पत्र लत्याउँदै अर्थलाई शिक्षा मन्त्रालयको पत्र

    सूर्यकुमारी सुवेदी   काठमाडौं । शिक्षा मन्त्रालयले विद्यालयमा कार्यरत पियन, पालेहरुको स्वीकृत दरवन्दी नै नभएको साथै, उनीहरुलाई पेन्सन नभई अस्थायी शिक्षक समान सुविधा दिएर बिदा गर्नुपर्ने व्यहोरा सहितको पत्र अर्थ मन्त्रालयमा पठाएको छ । मन्त्रालयले संशोधित शिक्षा ऐन, सर्वोच्च अदालतको आदेश र यस अघि आफैले पठाएको पत्रको विपरीत अर्थ मन्त्रालयलाई नयाँ पत्र पठाएको हो । मन्त्रालयले २०३८ र २०३९ मा आफैले विद्यालय पियनको दरवन्दी वितरण गरेको ...

शैक्षिक अवस्था सुधार्न जनप्रतिनिधिको चासो

रोल्पा । अघिल्लो शैक्षिक सत्रको कक्षा ८ को वार्षिक परीक्षामा निकै थोरै विद्यार्थी मात्रै उत्तीर्ण भएपछि पश्चिमी रोल्पाको त्रिवेणी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार्न विशेष कार्यक्रम चलाउने भएको छ । गाउँपालिकाको शिक्षा समितिले शिक्षक र विद्यार्थीबीचको अनुपात मिलाउन तथा शिक्षकलाई व्यावहारिक शिक्षणमा लाग्न आग्रह गरेको छ ।  कक्षा ८ को परीक्षामा गाउँपालिकाभित्रका २१ विद्यालयमा ६ दशमलव १६ प्रतिशत मात्रै विद्यार्थी उतीर्ण भएपछि शैक्षिक अवस्थ ...

कृषिका कक्षामा प्रयोगात्मक सिकाइ

बागलुङ । त्रिभुवन माध्यमिक विद्यालयले माध्यमिक तहमा प्राविधिक विषयमा कृषि तथा बाली विज्ञान पढाउन सुरु गरेको छ । कक्षा ९ र १० मा ९० विद्यार्थीले कृषि तथा बाली विज्ञान अध्ययन गरिरहेका छन्  । विद्यार्थीले कृषि विषयको कक्षा रुचिकर र उपयोगी मानिरहेका छन् । एकोहोरो सैद्धान्तिक पढाइभन्दा प्रयोगात्मक भएकाले उच्च शिक्षामा पनि कृषि नै पढ्ने चाहना राख्ने बढेका छन् । ‘सानो कक्षामा पढदा स्टाफ नर्स बन्ने चाहना थियो । अहिले कृषि विषय नै पढेर केही गर् ...

विद्यालय कर्मचारीको दरबन्दी नभएको होइन, लुकाइयो

      रोशन गाउँले/काठमाडौं शिक्षा मन्त्रालयले विद्यालय कर्मचारीका दरबन्दी, नियुक्तिका किसिम र पेन्सन सुविधाका लागि आवश्यक बजेटसहितको विवरण यही वैशाख १३ गते अर्थ मन्त्रालयमा पठाइसकेको छ । अर्थ मन्त्रालयले पटक–पटक गरेको आग्रह पछि शिक्षाले सो विवरणसहितको पत्र अर्थमा पठाएको हो । अर्थ मन्त्रालयले विद्यालय कर्मचारीको विवरण माग गर्दै शिक्षामा पत्र लेखेपछि सो जानकारीका लागि भन्दै शिक्षा मन्त्रालयले विभागमा पत्र पठाएको थियो । शिक ...

शिक्षक महासंघ खारेजी मुद्दाको फैसला जेठ ३१ मा हुने

काठमाडौं । नेपाल शिक्षक महासंघ खारेजी मुद्दाको फैसला आगामी जेठ ३१ मा हुने भएको छ । दिपेश कार्की समेतका शिक्षकहरुले नेपाल शिक्षक महासंघ खारेज गर्न भन्दै २०७१ सालमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सो बैशाख ११ गते बहस हुने भनिएपनि पछि बहस सरेको थियो । शिक्षकहरु राज्यकोषबाट तलवभक्ता पेन्सन खाने वर्ग भएकाले शिक्षकहरुलाई विधान बनाई संघ÷संगठन÷परिषद÷मञ्च बनाउने अधिकार नभएको हुँदा विधान खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा ...

निजीमा पढेकाले सरकारी जागिरमा समावेशी कोटा नपाउने

काठमाडौं । अब निजामती सेवामा समावेशी (आरक्षण) सुविधा लिन सामुदायिक तथा सरकारी विद्यालयमा अध्ययन गरेकै हुनुपर्ने गरी सरकारले संघीय निजामती सेवा ऐनको मस्यौदा बनाउने गृहकार्य थालेको छ। विभिन्न सरोकारवाला निकाय र सरकारद्वारा गठित प्रशासनिक समितिको सुझावका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बोर्डिङ स्कुलमा पढेकालाई आरक्षण कोटामा बन्देज लगाउने गरी कानुनको मस्यौदा अघि बढाउने तयारी गरेको हो। संघीय मामिला मन्त्रालयका सहसचिव सुरेश अध ...

निःशुल्क शिक्षाका लागि साढे दुई खर्ब चाहिने

काठमाडौं । संविधानमा उल्लेख गरिएअनुसार माध्यमिक तहसम्मको शिक्षा पूर्ण निःशुल्क बनाउन साढे दुई खर्ब रुपैयाँ रकम आवश्यक हुने देखिएको छ। संविधानमा नागरिकलाई कक्षा आठसम्मको शिक्षा निःशुल्क तथा अनिवार्य र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क प्रदान गरिने उल्लेख छ। दश कक्षासम्म मानिएको विद्यालय शिक्षालाई दुई वर्षअघि भएको शिक्षा ऐनको आठौं संशोधनले कक्षा १२ सम्म बनाएपछि राज्यलाई निःशुल्क शिक्षाको नाममा व्ययभार थपिने देखिएको छ। शिक्षाका लागि राष्ट्रिय अभिया ...

त्रिविको सिनेट स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको निर्देशनमा त्रिभुवन विश्वविद्यालयको सिनेट (सभा) को बैठक स्थगन भएको छ । आइतबार बिहान ९ बजे बस्ने बैठक त्रिविका उपकुलपति प्राडा. तीर्थराज खनियाँले साढे ९ बजे स्थगन भएको घोषणा गरेका थिए । स्वास्थ्य समस्याका कारण विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओली उपस्थित हुन नसकेकाले बैठक स्थगन भएको घोषणा उनले गरेका थिए । त्रिविका सहकुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्रीको सन्देश पठाएपछि प ...

त्रिविका आंशिक प्राध्यापकद्वारा कक्षा बहिष्कार

काठमाडौँ  । दैनिक ज्यालादारीमा अध्यापन गराइराखेका प्राध्यापकले करार नियुक्ति माग गर्दै कक्षा बहिष्कार गरेपछि त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा सातादेखि पठनपाठन प्रभावित भएको छ । आंशिक प्राध्यापक संघले सरकार र विश्वविद्यालयसँग भएको पूर्वसहमतिअनुसार दैनिक ज्यालादारीमा पढाइरहेका प्राध्यापकलाई मासिक ज्यालादारीमा नियुक्त गर्नुपर्ने माग गरेको छ । ‘दैनिक ज्यालामा पढाइरहेका छौं, मासिक ज्याला चाहियो भनेर कक्षा बहिष्कार गरेका हौं ...

शिक्षा मन्त्रालय, विभाग र लेखापालले नै लुकाए पियन र पालेको दरवन्दी

काठमाडौं । शिक्षा मन्त्रालय, विभाग र लेखापालहरुले मन्त्रालयले विगतमा  सिर्जना गरेको दरवन्दी विवरण लुकाएको विद्यालयका पियन र पालेहरुले आरोप लगाएका छन् । विगतमा आफैले सिर्जना गरेको दरवन्दी नदेखे जस्तो, नभए जस्तो गरी मन्त्रालयलाई पत्र लेख्ने शिक्षा विभागका महानिर्देशकलाई कार्बाही गर्न समेत उनीहरुले नेपाली सेनासँग आग्रह गरेका छन् । शनिवार राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरुले ५ चैत २०७४ मा पियन पालेको दरवन्दी नै छैन भनेर विभागले मन्त्रालयलाई ल ...

तत्काल अस्थायी शिक्षक परीक्षाको मिति तय गर्न शिक्षक महासंघको माग

काठमाडौं – नेपाल शिक्षक महासंघले अस्थायी शिक्षकहरुको स्थगित परीक्षाको मिति तत्काल तय गर्न सरकार सँग माग गरेको छ । महासंघले तत्काल परीक्षाको मिति तय गर्न माग गर्दै शिक्षामन्त्रीलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको हो । शनिवार महासंघको कार्यालय राष्ट्रिय समितिका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा बसेका कार्यदलीय बैठकले स्थगित गरिएको अस्थायी शिक्षकको आन्तरिक परीक्षाको मिति तोक्न तथा गिरफ्तार गरिएको अखिल नेपाल शिक्षक संगठनका पदाधिकारी सदस्यहरु ...

निजी विद्यालयमा बढेको शुल्क फिर्ता गर्ने सहमति

काठमाडौं । निजी विद्यालयहरुले मनोमानी ढंगमा बढाएका शुल्क फिर्ता गर्ने सहमति जुटेको छ । आन्दोलनरत विद्यार्थी र सरकार बीच ५ बुंदे सहमति भएको हो । शनिवार शिक्षा विभागमा भएको शिक्षामन्त्री, निजी विद्यालय सञ्चालक, विद्यार्थी संगठन, स्थानीय तहका जनप्रतिनिधि, अभिभावक र शिक्षा सचिव सहितको वार्तामा निजी विद्यालयहरुले बढाएको शुल्क फिर्ता गर्ने सहमति भएको हो । बढेको शुल्क फिर्ता गर्न भन्दै लामो समय देखि विद्यार्थी संगठनहरु चरणवद्ध आन्दोलनमा थिए । उनीहरुले ...

१. नेपालमा जनवादी शिक्षा सम्भव छ ? यस्तो छ उत्तर कोरियाको शिक्षा प्रणाली

                यादव आचार्य दोस्रो विश्वयुद्धसँगै कोरिया दुईभागमा बाँडियो । कोरियाको उत्तरपट्टिक भाग सोभियत सङ्घका सैनिकको कब्जामा आयो । दक्षिणपट्टिको भाग अमेरिकी सैनिकको कब्जामा गयो । सन् १९४५ मा यी दुई भाग दुई वटा देशको रूपम जन्मिए । सन् १९४८ मा किम इल सुङले नेतृत्व गरेको कोरियन वर्कस पार्ट (KWP) बलियो बन्यो । सोभियत सङ्घको पूर्ण सहयोगमा सुङले जनवाद गणतन्त्र कोरिया घोषणा गरे । कम्युनिस्ट पार्टीको सत्ता आ ...

शिक्षा ऐन खारेजी मुद्दाको बैशाख २१ को बहस स्थगित, अर्को बहस जेठ १८ मा हुने

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलाशमा आज बैशाख २१ गते हुने भनिएको शिक्षा ऐन आठौं र नवौं संशोधन खारेजीको मुद्दाको बहस स्थगित भएको छ । स्थगित बहस अब आगामी जेठ १८ गते हुने अधिवक्ता कोषराज काफ्लेले जानकारी दिए । आज २१ गते एकै दिन अस्थायी शिक्षकका १३ मुद्दामा बहस हुने र आजै फैसला हुने जनाइएको थियो । प्रधानन्यायधीशको समय अभावका कारण आज संवैधानिक इजलाश बस्न नसकेको हो । संवैधानिक इजलाशमा प्रधानन्यायधीश सहित पाँच जना न्यायधीश आवश्यक हुने गर्दछ । श ...

निजी विद्यालय पनि निःशुल्क शिक्षाको दायरामा

काठमाडौँ । सरकारले निजी विद्यालयलाई पनि निःशुल्क शिक्षाको दायरामा ल्याउन प्रस्ताव गरेको छ । संवैधानिक व्यवस्थाअनुसार शिक्षासम्बन्धी हक कार्यान्वयनका लागि तयार पारिएको प्रस्तावित कानुनमा निजी विद्यालयले २५ प्रतिशत विद्यार्थीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ । कानुन आयोगले मस्यौदा गरेको विधेयक शिक्षा मन्त्रालयमा पठाइएको छ । कानुन मन्त्रालयको स्वीकृति र सरोकारवालासँगको छलफलपछि मन्त्रालयले विधेयक दर्ता अनुमतिका लागि मन्त्रि ...

शैक्षिक अनुदानको सवा ४ अर्ब खर्च भएन

काठमाडौं । शिक्षा क्षेत्रका लागि छुट्याएको बजेट कम भएको आवाज उठिरहेको बेला उच्च शिक्षाको गुणस्तरका लागि छुटयाएको बजेट नै खर्च नभएको पाइएको छ । विश्वविद्यालय अनुदान आयोगलगायत ५ वटा विश्वविद्यालयलाई दिइएको अनुदानमध्ये ४ अर्ब रुपैयाँभन्दा बढी खर्च नभएको पाइएको हो । अघिल्लो आर्थिक वर्ष ११ शैक्षिक संस्थामा सञ्चालन भएका विभिन्न शैक्षिक कार्यक्रमका लागि १४ अर्ब ८० करोड रुपैया ८१ लाख रुपैयाँ बराबर अनुदान निकासा भएकोमा ४ अर्ब ३८ करोड ९९ लाख रुपैया ख ...

व्यावसायिक तालिम दिने नाममा दाताको ऋणमा रजगज

काठमाडौँ । युवालाई तीनमहिने व्यावसायिक तालिम दिएर स्वरोजगार बनाउने बजेटमा सीप विकास परियोजनाका कर्मचारीदेखि शिक्षामन्त्रीसम्मले अनियमितता गरेको पाइएको छ । ४५ हजार जनालाई बजारमुखी व्यावसायिक तालिम सञ्चालन गर्न दातृ निकायको ऋण सहयोगमा यो परियोजना सञ्चालन भएको हो । एसियाली विकास बैंकको २ करोड अमेरिकी डलर ऋण सहयोग र नेपाल सरकारको ५० लाख अमेरिकी डलर लगानीमा ५ वर्षअघि सुरु यो परियोजनामा गत वर्षको बजेटमा मात्रै ६२ प्रतिशत रकम अनियमितता भएको पाइएको ...

पचास हजार विद्यालय कर्मचारीहरुले पेन्सन र सुविधा पाउँदै

  रोशन क्षेत्री गाउँले/काठमाडौं मुलुकभरका सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरु पेन्सन र सुविधा पाउने भएका छन् । यसै वर्ष कार्यरत र अवकाश भएका गरी झण्डै ५० हजार विद्यालय कर्मचारीहरुले पेन्सन र सुविधा पाउन लागेका हुन् । शिक्षा विभागका अनुसार हाल ३०,३०० सामुदायिक विद्यालयमा ३०,३०० विद्यालय सहयोगी (पाले, पियन) र ६,३०० विद्यालय सहायक कर्मचारी (लेखापाल) गरी ३६,६०० विद्यालय कर्मचारी कार्यरत रहेका छन् । त्यस्तै, १३ हजार बढी कर्मचारी सं ...

शिक्षक बनाइदिने भन्दै दुई लाख सत्तरी हजार घुस खाने स्रोत व्यक्तिलाई प्रहरी संरक्षण

रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं १२ जनआस्था आधारभुत विद्यालय पुरानापानीमा निजी दरबन्दीमा अध्यापन गराइरहेका सोही ठाँउका गोपाल प्रसाद देवकोटा रुकुम पूर्वको पुथाउत्तरगंगा गाँउपालिका आधारभुत विद्यालय काजारजंग हुकाममा शिक्षक पदको लागि बिज्ञापन आह्वान भएपछि दरखास्त दिन सो बिद्यालयमा गए । खुल्ला प्रतिस्पर्धामा शिक्षक भर्ना गरिने भनिए अनुसार देवकोटाले दरखास्त दिए । दरखास्त दिएपछि सोही बिद्यालय हेर्ने स्रोत व्यक्ति बिरबहादुर रावलसँग देवको ...

यस्तो पो स्कुल भवन

दोलखा । पहाडको चिसो सिरेठोका बीचबाट एउटा सामुदायिक विद्यालयको हाताभित्र पुग्नेबित्तिकै कुनै उच्च तहको होटलभित्र छिरेजस्तो आभास हुन्छ । समुद्री सतहबाट २ हजार ६ सय मिटर उचाइको लाकुरीडाँडास्थित सुर्के माविको मूल ढोकाबाटै विद्यार्थीलाई सुविधा र आकर्षण दिने सजावट गरिएका छन् । स्थानीय कला संस्कृति र वातावरणअनुकूल पर्खालले घेरिएका मैदान र घरहरू छन् । व्यवस्थित कक्षाकोठा, पुस्तकालय, विज्ञान र कम्प्युटर ल्याबहरू छन् । आधुनिक सुविधायुक्त शौचालय छ । भ ...

नीजि स्कुलमा ब्रह्मलुट

काठमाडौं । नक्सालस्थित वृहस्पति विद्या सदनले एकतर्फी रूपमा शुल्क बढाएपछि गत शनिबार अभिभावकले स्कुल घेराउ गरे। वृद्धि भएको शुल्क समायोजन गरिनुपर्नेलगायत माग राखेर उनीहरू अझै आन्दोलनमै छन्। व्यवस्थापन परिवर्तनसँगै शुल्क वृद्धि गरेको भन्दै अभिभावकले गुनासो गरे पनि प्रशासनले शुल्क घटाउने विषयमा चासो दिएको छैन। अभिभावकहरू जसरी पनि वृद्धि गरिएको शुल्कलाई घटाएरै छाड्ने पक्षमा छन्। स्कुलले प्रत्येक कक्षामा ३५ देखि ४२ प्रतिशतसम्म शुल्क बढाएको उनीहरू ...

बिना इजाजत च्याउझैँ उम्रिए बोर्डिङ स्कूल

रौतहट। रौतहटमा बिना इजाजत धमाधम नयाँ बोर्डिङहरु संचालनमा आएका छन्। यसै शैक्षिक सत्रदेखि संचालनमा आएका बोर्डिङहरुले कक्षा ८ सम्म एकैचोटी भर्ना लिएका छन्। रौतहटको सदरमुकाम गौर, गरुडा र चन्द्रपुर लगायत मुख्य सहरी क्षेत्रका साथै ग्रामीण क्षेत्रका बजारहरुमा पनि दर्जनौं बोर्डिङ थपिएका छन्। कक्षा १ संचालनको लागि स्थानीय नगरपालिकामा अनुमतिको लागि आवेदन गरेका संचालकहरुले आकर्षक विज्ञापन गरेर कक्षा ८ सम्मको विद्यार्थी संकलन गरेर विद्यालय संचालन गरेका छन् ...

शिक्षक नियुक्ति, बढुवा र पदस्थापन शिक्षा इकाइबाटै हुने

  काठमाडौं । शिक्षक नियुक्ति, बढुवा र पदस्थापनासम्बन्धी काम शिक्षा विकास तथा समन्वय इकाइबाटै हुने भएको छ । शिक्षा मन्त्रालयले यि काम गर्ने जिम्मेवारी परिवर्तित जिल्ला शिक्षा कार्यालय अर्थात इकाइलाई दिने निर्णय गरेको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यही बैशाख ११ गतेको मन्त्रीस्तरीय निर्णय भन्दै बुधवार एक पत्र लेखी इकाइमा रुपान्तरण भएका पूर्व जिल्ला शिक्षा कार्यालयहरुलाई २१ वटा कामको जिम्मेवारी तोकेको हो । त्यस्तै, बैठकले १३ बु ...

सरकारले पेन्सन दिन ढिलाई गरे सेना र राजा गुहार्ने विद्यालय कर्मचारीहरुको धम्कि

काठमाडौं । सरकारले पेन्सन र सुविधा दिन ढिलाइ गरे आफुहरुले न्यायका लागि नेपाली सेना र राजा गुहार्ने विद्यालय कर्मचारीहरुले धम्कि दिएका छन् । विश्व श्रमिक दिवसका दिन मंगलवार पुनरुत्थानवादी समुह नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा सामुदायिक विद्यालयमा कार्यरत पियन, पाले र लेखापालहरुले शिक्षा ऐन र सर्वोच्चको आदेश अनुसार तत्काल आफुहरुलाई पेन्सन र सुविधा दिन माग गरेका हुन् । दुल्लव मावि ध्याम्पेसाल गोरखाका ७३ वर्षे पियन लालबहादुर श्रेष्ठले आफुहरु श ...

शिक्षा ऐन खारेजी मुद्दाको फैसला बैशाख २१ मा हुने

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलाशमा शिक्षा ऐन आठौं र नवौं संशोधन खारेजीको मुद्दाको फैसला आगामी वैशाख २१ मा हुने भएको छ । २१ गते  एकै दिन अस्थायी शिक्षकका १३ मुद्दामा बहस हुने र सोही दिन फैसला हुने जनाइएको छ । शतप्रतिशत दरवन्दीमा परीक्षा हुनुपर्ने, शिक्षक लाइसेन्स, तालिम र शिक्षा विषय नभएका तथा लियन राख्ने बस्ने शिक्षकहरुलाई समेत परीक्षामा सहभागी गराउनुपर्ने साथै अस्थायी शिक्षकलाई प्रतिशत, प्रकार र समयसीमामा विभाजित गर्ने शिक्षा ऐनक ...

परीक्षा बोर्डले बैठक खर्चका नाममा ४० लाख बाँड्यो

काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले गएको वर्ष बैठकको लागि बैठक खर्च भनेर मात्रै ४० लाखभन्दा बढी रकम खर्च गरेको पाइएको छ । आर्थिक कार्यविधि नियमावली २०६४ को नियम ४५ मा अधिकार प्राप्त अधिकारीले सरकारी रकम खर्च गर्दा नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यलाई समेत ध्यान दिनुपर्ने उल्लेख भएपनि बोर्डले गएको वर्ष ४६३ बैठकका लागि बैठक भत्तावापत् ४० लाख ११ हजार खर्च गरेकोे पाइएको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गर ...

खुला दिसामुक्त क्षेत्रका शिक्षक नै शौच गर्न जंगल छिर्छन्

तेह्रथुम । खुला दिसामुक्त जिल्लाका शिक्षक नै शौच गर्न जंगलतिर जान्छन्भन्दा तपाईलाई अचम्म लाग्न सक्छ। तर तपाई अचम्मित नहुनुहोस्, यो घटना यथार्थ हो । शौच गर्न जंगलतिर जानु शिक्षकको रहर होइन्, यो उनीहरुको बाध्यता हो। खुला दिसामुक्त घोषित जिल्ला तेह्रथुमका दर्जन बढी सुख्खाग्रस्त गाउँका विद्यालयमा अध्यापनरत शिक्षक शौच गर्न जंगल छिर्छन्। शौच गरिसकेपछि सरसफाइ गर्ने पानी नहुँदा जिल्लाका गाउँगाउँमा रहेका विद्यालयका शिक्षक नै शौच गर्न जंगलतिर जानुपर् ...

खुला आकाशमुनि पढ्न बाध्य विद्यार्थीले पाए पक्की भवन

धादिङ  । भूकम्पपछि खुला आकाशमुनि पढ्न बाध्यदक्षिणी धादिङका विद्यार्थीले नयाँ भवन पाएका छन्। दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. १, चिम्माङस्थित महादेवस्थान आधारभूत विद्यालय र वडा नं २ मा रहेको सीतामाई आधारभूत विद्यालयका विद्यार्थी नयाँ भवनमा सरेका हुन्। घामपानी सहँदै खुला ठाउँमा पढ्दै आइरहेका विद्यार्थीनयाँ भवनमा सर्न पाएपछि उत्साहित भएका छन् । २०७२ साल वैशाखमा गएको विनाशकारी भूकम्पले विद्यालय भत्काएपछि उनीहरू खुला आकाशमुन ...

‘मातृभाषीकै सिकाइ राम्रो'

काठमाडौं । अंग्रेजी भाषामा राम्रोसँग बोल्न र लेख्न सिकाउने शिक्षा मात्र गुणस्तरीय शिक्षा हो भन्ने आमअभिभावकको बुझाइ रहे पनि विभिन्न अध्ययनले भने यसलाई अस्वीकार गरिदिएको छ। अध्ययनअनुसार घरमा बोलिने भाषामा पढेका बालबालिकाको पढाइको उपलब्धि अन्य भाषामा पढ्नेको भन्दा उच्च हुने गर्छ। शिक्षा मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) ले विभिन्न समयमा गरेको अध्ययनले यसलाई पुष्टि गरेको छ। ईआरओले दुई वर्षअघि गरेको अध्ययनमा नेपाली मातृभाषा भए ...

सामुदायिक विद्यालयमै गरिबका छोराछोरीले पढ्न पाएनन्

सुर्खेत । गरिबका छोराछोरीले निःशुल्क रूपमा गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउने अधिकारबाट वञ्चित भएका छन् । सुर्खेतका नाम कहलिएकासामुदायिक विद्यालयले कोटा प्रणाली अपनाउँदै प्रवेश परीक्षामा पास भएकालाई मात्रै भर्ना दिँदा गरिबका बालबच्चा गुणस्तरिय शिक्षा लिनबाट वञ्चित भएका हुन् । कक्षा एकमा भर्ना हुन आएकी दैलेख मालिकाका टेकबहादुर शाहीकी छोरी अवगति शाहीले प्रवेश परीक्षा पास गर्न नसक्दा उनी सरकारी विद्यालय नै प्रवेश गर्नुअघि नै निषेधमा परिन् । सुर्खे ...

विद्यालयका जग्गा भाडामा, विद्यार्थी साँघुरो कोठामा

महेन्द्र आदर्श विद्या श्रमले भाडामा लगाएको १२ रोपनी जग्गामा ठडिएको सेल्सबेरी डिपार्टमेन्ट स्टोर ललितपुर । शिक्षा ऐनले १ देखि ८ कक्षामा अध्ययनरत एक विद्यार्थीका लागि एक स्क्वायर मिटर तथा ९ देखि १२ कक्षाका लागि १.२ स्क्वायर मिटर स्थान आवश्यक पर्ने स्पष्ट व्यवस्था गरेको छ। एक स्क्वायर मिटरमा (एक मिटर लम्बाइ र एक मिटर चौडाइ) ठाउँ हुन्छ। यद्यपि, ललितपुरका विद्यालयले यो मापदण्ड पूरा गरी विद्यालय भवन निर्माण गरेका छैनन्। यहाँका विद्यालयले आफ्नो स् ...

विद्यालय कि गोठ ?

महोत्तरी  । न भवन छ, न विद्यार्थी बस्ने डेस्क बेन्च नै ! हिउँद होस् या गर्मी, बोरा ओच्छ्याएर पढ्न बस्छन् विद्यार्थी । यो दृश्य शिशुदेखि कक्षा दुईसम्म पढाइ हुने महोत्तरी गौशाला नगरपालिका—६ फूलकाहास्थित दलित बस्तीमा रहेको जनता आधारभूत विद्यालयको हो । यो विद्यालय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल निर्वाचित भएको क्षेत्रमा पर्छ । यस्तै दुई पटक संविधानसभा सदस्य र अहिले प्रदेश सांसदमा निर्वाचित माओवादी केन्द्रका नेता ...

छात्रवृत्तिको अधा अर्ब खातामै अलप

काठमाडौं । सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा तथा लक्षित वर्गका बालबालिकाको पढाइमा सहयोग गर्न सरकारले छुट्ट्याएको ५६ करोडभन्दा बढी रकम सदुपयोग नहुँदा सरकारी खातामै थन्किएको छ। आर्थिक अभावले विद्यार्थी विद्यालय भर्ना हुन नपाएको र भर्ना भएका विद्यार्थी पनि बीचैमा पढाइ छाड्न बाध्य भएको प्रशस्त घटना सार्वजनिक भइरहँदा सार्वजनिक शिक्षामा सरकारी उदासीनता र बेथिति झल्केको छ। शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राको पढाइ प्रभावकारी बना ...

शिक्षक शहर केन्द्रित, ग्रामीण भेगमा अपुग

विराटनगर  । सहरका सामुदायिक विद्यालयमा शिक्षक संख्या पर्यात छ । तर विद्यार्थी छैनन् । ग्रामीण क्षेत्रमा भने विद्यार्थीका अनुपातमा शिक्षक छैनन् । पहुँच र प्रभावका कारण शिक्षकहरू शहरी क्षेत्रका विद्यालयमा केन्द्रित हुँदा ग्रामिण क्षेत्रका विद्यालयले शिक्षकको अभाव खेप्नु परेको छ ।  शिक्षा नियमावलीमा एक शिक्षक बरावर ४० जना विद्यार्थी अनुपात हुनु पर्ने प्रावधान छ । तर शिक्षक सहरमुखी भएका मोरङका ग्रामिण क्षेत्रका विद्यालयमा एक शिक्षक वरावर १ ...

विश्व शिक्षक महासंघको १९ औं अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालमा हुने

काठमाडौं । विश्व शिक्षक महासंघको १९ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । सम्मेलन आगामी असोज ६ र ७ गते काठमाडौंमा हुने भएको हो । नेपालमा पहिलो पटक हुन लागेको सम्मेलनमा १५० बढी देशका शिक्षकहरु दुईसय बढी शिक्षक प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ । शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गरेर महासंघले १९ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा गर्ने तय भएको जनाएको हो । महासंघकी अध्यक्ष मफुजा खानामले १९ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालले आयोजना ...

अस्थायी शिक्षकका सम्बन्धमा शिक्षा मन्त्रालयको खेलाची

काठमाडौं । शिक्षा मन्त्रालयले अस्थायी शिक्षकका सम्बन्धमा खेलाची गर्दै आएको पाइएको छ । सर्वोच्च अदालतलाई कहिले अस्थायी शिक्षकले सुविधा पाइसकेको त कहिले नेपालमा अस्थायी शिक्षक नै नरहेको पत्र लेखेको शिक्षा मन्त्रालयले पछिल्लो पटक सर्वोच्चको  एउटा सवालमा अर्को जवाफ पठाएको पाइएको छ । अस्थायी शिक्षकका सम्बन्धमा सर्वोच्च अदालतले २०६६ माघ २४ मा सवै अस्थायी शिक्षकहरुलाई एकपटक परीक्षाको मौका दिने र असफल हुनेहरुलाई सुविधा सहित बिदा गर्न परमा ...

प्रचण्डले भने, ‘हाम्रो पार्टीका अधिकांश नेताहरु शिक्षक पृष्ठभूमिकै’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र विश्व शिक्षक महासंघका प्रतिनिधिहरु बीच भेटवार्ता सम्पन्न भएको छ । शुक्रबार बिहान विश्व शिक्षक महासंघका अध्यक्ष मफुजा खानमसहितको टोली प्रचण्डलाई भेट गर्न प्रचण्ड निवास खुमलटार पुगेको थियो ।विश्व शिक्षक महासंघका टोलीसँग भेटवार्ता गर्दै अध्यक्ष प्रचण्डले नेपालको परिवर्तनमा शिक्षकहरुको भूमिका महत्वपूर्ण र निर्णायक भएको बताए । अध्यक्ष प्रचण्डले निरंकुश व्यवस्था विरुद्धका विभिन्न आन्दोलन र १० व ...

कक्षा १२ को परीक्षा आजदेखि

काठमाडौँ । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाअन्तर्गत देशभरका एक हजार ८१ केन्द्रमा शुक्रबारबाट कक्षा १२ को परीक्षा सुरु हुँदै छ । परीक्षाको तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताए ।  परीक्षामा ४ लाख १५ हजार दुई सय ५२ जना सहभागी हुँदै छन् । तीमध्ये २ लाख ८ हजार २ सय ७६ छात्र र २ लाख ६ हजार ९ सय ७५ छात्रा रहेको बोर्डले जनाएको छ । ‘प्रश्नपत्र परीक्षा केन्द्रमा पुगिसकेको छ,’ अर्यालले भने, &l ...

चर्को शुल्क तिरेर बोर्डिङतिर

जाजरकोट/सल्यान/जुम्ला । सामुदायिक विद्यालय स्तरोन्नति हुन नसक्दा सहरदेखि गाउँसम्म निजी विद्यालय (बोर्डिङ) झाँगिएका छन् । यसले सरकारी शिक्षाको गुणस्तर र सर्वसुलभतामाथि प्रश्नमात्र उठाएको छैन, गरिब अभिभावकको थाप्लोमा आर्थिक भारसमेत थोपरेको छ । माध्यमिक शिक्षासम्मको दायित्व ग्रहण गरेका स्थानीय तह भने मौनता साँधेर बसिरहेका छन् । जाजरकोट जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइका अनुसार जिल्लामा बोर्डिङ स्कुलको संख्या १८ छ । जिल्लाका सात ...

विद्यार्थी नपाएपछि सरकारी विद्यालय बन्द

पाल्पा । शैक्षिक सत्रको सुरुवातमै विद्यार्थी नभएपछि जिल्लाको एक विद्यालय बन्द गरिएको छ। रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा रहेको सिद्ध प्राथमिक विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ । रम्भा गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भण्डारीले विद्यालयमा विद्यार्थी नआएको भन्दै विद्यालयमा अनुगमन गरि तत्कालका लागि बन्द गर्ने निर्णय गरिएको बताए। ‘विद्यालय बन्द गर्ने भनेर गाउँपालिकामा पत्र प्राप्त भयो। अर्को शैक्षिक सत्रमा विद्यार्थी भए खोल्न ...

‘झोले क्याम्पस’ खारेज गर्दै त्रिवि

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सम्बन्धन लिएका तर सञ्चालनमा नरहेका ‘झोले’ क्याम्पस खारेज गर्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमार्फत् आएका उजुरीमाथि त्रिविले कारबाही प्रक्रिया अघि बढाएको हो ।  त्रिवि अनुगमन निर्देशनालयले अनुगमन तथा नियमन प्रक्रिया थालेको कार्यकारी निर्देशक विष्णुप्रसाद खनालले बताए । अनुगमन गर्दा त्रिविको रेकर्डमा क्याम्पसको नाम, सञ्चालन गर्ने ठाउँ र सञ्चाल ...

बोर्डिङ छाडेर सामुदायिक विद्यालयमा विद्यार्थीको घुइँचो

म्याग्दी । जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या न्यून छ। नगर तथा गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या कम हुँदा मर्जर वा बन्द हुने अवस्थामा पुगेका छन्। विद्यार्थीभन्दा शिक्षकको संख्या धेरै भएका विद्यालयसमेत भेटिन्छन्। तर, म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी सामुदायिक माध्यमिक विद्यालयमा भने हरेक वर्ष भर्ना हुन आउने विद्यार्थीको लर्को लाग्ने गरेको छ। सहरदेखि गाउँमा रहेका निजी विद्यालय छाडेर उक्त विद्या ...

रूखमुनि पढ्न बाध्य विद्यार्थी पक्की भवन पाएपछि दंग

रामेछाप । भूकम्पपूर्व विद्यालयको सामान्य भौतिक पूर्वाधार भएता पनि त्यही संरचनालाई भूकम्पले लथालिङ्ग बनाएको तीन वर्षपछि मन्थली नगरपालिका–७, भटौलीको रुद्राक्षेश्वर माध्यमिक विद्यालयका विद्यार्थीले बुधबारबाट सुविधासम्पन्न पक्की विद्यालय भवन पाएका छन् । ‘मैलै त कल्पना पनि गरेको थिइनँ, यत्तिको विद्यालय भनव बन्ला भनेर,’ एसइई परीक्षा दिएकी मनिषा पौडेलले खुसी हुँदै भनिन्। गाउँमा सुविधासम्पन्न विद्यालय बने सिंगो गाउँकै मुहार फेरिएको महस ...

सरकारसँग युएण्टोको प्रश्नः अस्थायी शिक्षक र विद्यालय कर्मचारीको समस्या समाधान कहिले हुन्छ ?

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)ले अस्थायी शिक्षक र विद्यालय कर्मचारीहरुको समस्याको स्थायी समाधान गर्न सरकारसँग माग गरेको छ । सरकार सामु १८ बुंदे समसामयिक शैक्षिक सवालहरु अघि सार्दै संगठनले अस्थायी, राहत, पिसिएफ, निजी विद्यालयमा कार्यरत, इसिडि, उमावि शिक्षक र विद्यालय कर्मचारीहरुको समस्या तत्काल समाधान गर्न माग गरेको हो । युएण्टोका अध्यक्ष शंकर अधिकारीले सरकारसँग अस्थायी राहतलगायतका शिक्षक र विद्यालय कर्मचारीहरुको समस्याको समाध ...

विद्यार्थी टहरामै

काठमाडौँ । रानीपोखरीस्थित दरबार हाईस्कुल (भानु मावि) का विद्यार्थी तीन वर्षदेखि टहरामा छन् । भूकम्पले जीर्ण भएको विद्यालय भवन बनाउने सुरसार अझै छैन । यही कारण विद्यार्थी संख्या ह्वात्तै घटेको छ । यही भवनमा संस्कृत माविसमेत सञ्चालित छ । दुवै विद्यालयमा अहिले करिब ३ सयमात्र विद्यार्थी रहेको भानु माविका प्रधानाध्यापक हेमचन्द्र महतो बताउँछन् । पुरातात्त्विक महत्त्वको यो भवन चीन सरकारले बनाइदिने भनेको छ । ललितपुरको पाटन मावि पनि टहरामै चलिरहेको ...

बोर्डिङ छाडेर सामुदायिकमा ओइरो

काठमाडौँ । यतिखेर देशभरका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान जारी छ । त्यसैले शिक्षकहरू आफ्नो सेवा क्षेत्रभित्र अभियानलाई लिएर सचेतना र्‍याली प्रदर्शनमा व्यस्त छन् । नक्सालस्थित नन्दी माध्यमिक विद्यालयले विद्यार्थी भर्ना लिन थालेको तेस्रो दिनमा ४० भन्दा बढी विद्यार्थी भर्ना भएका छन् । तीमध्ये ३५ जना बोर्डिङ स्कुलबाट भर्ना हुन आएका छन् । राजधानीको एक बोर्डिङमा पढ्दै गरेका करणकुमार मण्डल र उनकी बहिनी अर्चना मण्डल नक्सालस्थित नन्दी मा ...

शिक्षक महासंघ खारेजी मुद्दाको मंगलवारको सर्वोच्चको बहस सर्यो

काठमाडौं । नेपाल शिक्षक महासंघ खारेजीको मुद्दामा मंगलवार तय भएको सर्वोच्च अदालतको बहस सरेको छ । दिपेश कार्की समेतका शिक्षकहरुले नेपाल शिक्षक महासंघ खारेज गर्न भन्दै २०७१ सालमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।सोही मुद्दामा मंगलवार बहस हुने भनिएपनि बहस सरेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायधीशहरु विश्वम्भर प्रसाद श्रेष्ठ र डम्बरबहादुर शाहीको संयुक्त इजलाशमा उक्त रिटहरुको बहस तय भएको थियो । उक्त इजलाशमा २ वटा लिस्टहरु राखिएक ...

विद्यालय पुनर्निर्माण : तीन वर्षमा आधा पनि बनेनन्

काठमाडौं । तीन वर्षअघिको भूकम्पबाट भत्किएका विद्यालयको पुन निर्माणमा ढिलाइ हुँदा सामूदायिक विद्यालयका विद्यार्थीहरु अझै पनि अस्थायी टहरा र भग्नावशेष भवनमा बसेर पढ्न बाध्य छन्। भत्केका र क्षति पुगेका सम्पूर्ण विद्यालयहरु तीन वर्षभित्रमा पुन निर्माण गरिसक्ने सरकारी योजना भएपनि हालसम्म तीन हजार ६ सय १३ वटा विद्यालय मात्र बनेका छन्। राष्ट्रिय पुन निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ ९शिक्षा० का अनुसार तीन वर्षभित्रमा पूर्ण रुपमा ...

विद्यालय कर्मचारीहरुको स्थायी प्रक्रिया तत्काल शुरु गर्न मानव अधिकार आयोगको निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले तत्काल विद्यालय कर्मचारीहरुलाई स्थायी प्रक्रियामा लगी उनीहरुको श्रमसम्बन्धी र मानव अधिकारको रक्षा गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।बैशाख ७ गते चलानी नम्बर १०० को पत्र लेखी आयोगले विद्यालय कर्मचारीहरुको यकिन दरवन्दी संख्या तत्काल अर्थ मन्त्रालयमा पठाउन समेत निर्देशन दिएको हो ।२०६३ चैत्र ६ गते अर्थ मन्त्रालयले विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको यकिन दरवन्दी पठाउन शिषा मनत्रालयलाई निर्देशन दिए ...

‘स्कुल पठाएर के पाइन्छ ?’

महोत्तरी । शनिबार अपराहनको चर्को घाम । गौशालाको इँटाभट्टामा केही बालबालिका कलिला हातले पसिना पुछदै इँटा बनाउँदै गरेका देखिए । सरकारले देशभर भर्ना अभियान चलाइरहँदा यी बालबालिका भने त्यसबाट बेखबर थिए । तस्बिर खिच्न थालेपछि उनीहरूले मुस्कुराउँदैं उत्सुकतापूर्वक हेरे । विद्यालयबाहिर रहेका ६ देखि १० वर्ष उमेरका उनीहरूले आफनो नाम भने नहिच्किचाइकन बताए । आरती सदा, राधिका, ज्योति, कृष्ण, किसुन, रोशन र रविले पालैपालो आफ्नो पीडा सुनाए । विद्यालय जाने इच्छ ...

विद्यालय कर्मचारीहरु भन्छन् : लोकतन्त्रको १२ वर्ष नेपालको इतिहासकै कालो काल

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुले लोकतन्त्रको १२ वर्ष आफुहरुको लागि इतिहासकै कालो काल भएको बताएका छन् ।लोकतन्त्रको १२ वर्षमा विद्यालय कर्मचारीमाथि अन्याय मात्रै भएको तथा सर्वोच्च अदालतले दिएको न्याय समेत लोकतन्त्रले खोसेको भन्दै उनीहरुले त्यसको विरोध गरेका छन् । पुनरुत्थान वादी समूहमा आवद्ध विद्यालय कर्मचारीहरुले शनिवार एउटा प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो खोसेको भन्दै लोकतन्त्रको विरोध गरेको हो ।लोकतन्त्र आएकै वर्ष ...

विद्यार्थीको सिकाइ स्तर नबढ्नुमा शिक्षक दोषी

काठमाडौं । शिक्षकहरूको कम मिहिनेतका कारण विद्यार्थीको सिकाइ स्तर खस्किएको विज्ञहरूले बताएका छन्। सरकारकै शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) ले बिहीबार सार्वजनिक गरेको विद्यार्थी सिकाइसम्बन्धी नतिजामा पाँच वर्षअघिको सिकाइ स्तर झन् खस्कँदो देखाएको थियो। केन्द्रले कक्षा ८ मा अध्ययनरत विद्यार्थीमध्ये अनिवार्य गणित, नेपाली र विज्ञान विषयको सिकाइस्तरबारे परीक्षा गरेर नतिजा विश्लेषण गरेको थियो। शिक्षाको गुणस्तर उकास्ने उद्देश्यले शिक्षा मन्त्रालयले ...

असहायका कोटामा नेताका छोराछोरी

काठमाडौँ । अभिभावकविहीन, असहाय र टुहुरा बालबालिकाको अभिभावकत्व लिइरहेको नेपाल बाल संगठन (बाल मन्दिर) ले यस्ता बच्चाहरूको छात्रवृत्ति कोटाको चरम दुरुपयोग गरेको पाइएको छ ।  पहुँचका आधारमा उक्त कोटा दुरुपयोग गर्दै कांग्रेस नेता एवं काठमाडौं निर्वाचन क्षेत्र १० बाट प्रदेशसभामा निर्वाचित सांसद पुकार महर्जनले आफ्नी छोरीलाई नि:शुल्क पढाइरहेका छन् । बाल संगठनको मुख्य कार्यालय रहेको नक्सालको १४ रोपनीभन्दा धेरै जग्गा भाडामा लिएबापत बृहस्पति शिक् ...

साक्षर जिल्लामै बालबालिका विद्यालयबाहिर

स्याङ्जा । सबभन्दा बढी साक्षरता प्रतिशत भएको जिल्ला स्याङ्जामा अझै १ दशमलव ४ प्रतिशत बालबालिका विद्यालयको पहुँचबाहिर रहेको शिक्षा कार्यालयले जनाएको छ। विद्यालय जाने उमेरका तर शिक्षाको पहुँचबाहिर रहेका बालबालिकाले शिक्षा पाउनु नैसर्गिक अधिकार हुँदाहुँदै पनि विद्यालयसम्म पुर्‍याउन नसक्नु चुनौती बनेको छ। ४ वर्षअघि स्याङ्जा साक्षर जिल्ला घोषणा गरिएको थियो। शिक्षा कार्यालयका उपसचिव बाबुराम सापकोटाका अनुसार जिल्लामा ६ सय ११ सार्वजनिक विद्यालयक ...

एसडीजीमा शैक्षिक उपलब्धि निराशाजनक

काठमाडौं । सरकारले दिगो विकास लक्ष्य (एसडीजी) आधार शिक्षालाई मानेर सोहीअनुसार नयाँ कार्यक्रम र लगानी बढाए पनि शैक्षिक उपलब्धि भने निराशाजनक देखिएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले बिहीबार सार्वजनिक गरेको विद्यार्थी उपलब्धिको राट्रिय परीक्षणको नतिजाले शिक्षामा गरेको सरकारी लगानी खेर गइरहेको देखिएको छ । यसले एसडीजीको लक्ष्य प्राप्तिमा पनि चुनौती देखिएको छ । एसडीजीको लक्ष्य प्राप्तीका लागि सामुदायिक विद्यालयको सिकाइ उपलब्धिसुधार गर्नु अनि ...

चर्चामा विद्यार्थी भर्ना अभियान : मुख्यमन्त्रीकै गृहजिल्लामा शून्य दरबन्दी

दाङ ।  यतिबेलामा सरकारी विद्यालयहरुमा राज्यस्तरबाट नै विद्यार्थी भर्ना अभियान धमाधम चलिरहेको छ । स्वयम सरकारका मन्त्रीहरु नै भर्ना अभियानलाई सफल पार्न विद्यार्थीहरुलाई विद्यालयमा भर्ना गरिरहेका छन् । यसैक्रममा बुधबार ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफनो गृहजिल्ला एवं निर्वाचन क्षेत्रमा रहेको गोरक्ष रत्ननाथ माध्यमिक विद्यालयमा ५ जना अति विपन्न बालबालिकालाई आफनो अभिभावकत्व रहने गरी भर्ना गराए ।  यस्तै पूर्वसामान्य प्रशासनमन्त ...

खस्कियो स्कुलको सिकाइ

काठमाडौँ  । विद्यालय तहको सिकाइ स्तर तीन वर्षअघिको भन्दा खस्किएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गत वर्ष गरेको परीक्षणमा २०७० सालको तुलनामा विद्यार्थीको सिकाइ स्तर घटेको पाइएको हो ।  केन्द्रले गत वर्ष कक्षा ८ का ४६ हजार विद्यार्थीको सिकाइ स्तर परीक्षण गरेको थियो । अध्ययनमा हरेक विषयको औसत पाँच सय अंक निर्धारण गरेर सिकाइ स्तर तुलना गरिएको थियो । सामुदायिकको तुलनामा निजी विद्यालयको सिकाइ राम्रो पाइएको छ  ...

शिक्षकको हाजिरी मेयरले हेर्ने

लमजुङ  । बेंसीसहर नगरपालिकाभित्रका विद्यालयमा कार्यरत शिक्षकले हाजिर गरे/नगरेको अब नगरपालिका प्रमुख (मेयर) ले हेर्ने भएका छन् । यसका लागि शिक्षकको हाजिरी हेर्न मिल्नेगरी १४ माध्यमिक र २ आधारभूत विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरिएको छ । नयाँ शैक्षिक सत्रको सुरुवातसँगै जडान गरिएका मेसिनमा दर्ता भएका शिक्षकका हाजिरी रेकर्ड हरेक महिना नगरप्रमुखले हेर्ने भएका हुन् । नगरप्रमुख गुमानसिंह अर्यालले हाजिरी मेसिनमा दर्ता भएको शिक्षकको हाजिरीलाई ...

सामुदायिक विद्यालयको ध्यान प्राविधिक विषयतिर

सुनसरी । विभिन्न सामुदयिक विद्यालय र बोर्डिङ स्कुलबाट कक्षा आठ पास गरेर आएका मध्ये धरानका प्रसिद्धिका अधिकारी, रितेस बन्जारा, निश्चल काफ्लेलगायत २५ जनाको इन्जिनियर बन्ने बाटो खुलेको छ । धरानको सामुदयिक विद्यालय शिक्षा निकेतन उमाविले संचालन गरेको सिभिल इन्जिनियरिङ प्राविधिक शिक्षाको कक्षा नौ मा भर्ना हुनका लािग बुधबार दिएको प्रवेशिका परीक्षा उत्तिर्ण भएपछि उनीहरूको इन्जिनियर बन्ने बाटो खुलेको हो । कम खर्चमा कक्षा नौ देखि अंग्रेजी माध्यमबाट प ...

शिक्षकले आँटे बढ्छ सामुदायिकमा आकर्षण

पर्वत । कुश्मा नगरपालिका ९ को सार्वजनिक माध्यमिक विद्यालयले गत वर्ष एउटा निर्णय गरेको थियो, शिक्षकका छोराछोरी अनिवार्य आफ्नै विद्यालयमा पढाउनुपर्ने । विद्यालयका अधिकांश शिक्षक स्थानीय भएकाले त्यो सम्भव पनि थियो । स्थानीय शिक्षकले निजी विद्यालयबाट छोराछोरी आफैंले अध्यापन गर्ने विद्यालयमा ल्याएर पढाए । पहिलो वर्षमै अपेक्षाभन्दा धेरै राम्रो नतिजा आयो । सामुदायिक विद्यालयमा आएका विद्यार्थीले राम्रो नतिजा ल्याए । साताअघि २०७४ को वार्षिक परीक्षाक ...

काठमाडौँमा मात्रै ५ सय बालबालिका ‘खलासी’

काठमाडौँ  । सार्वजनिक यातायातमा बालबालिकाको प्रयोग बढ्दो छ । सिन्डिकेटको आरोप खेपिरहेका सार्वजनिक यातायातमा खलासी (सह-चालक) का रुपमा ठूलो मात्रामा बालबालिकाको प्रयोग हुँदै आएको छ । काठमाडौं उपत्यकामा मात्रै बस, मिनिबस, माइक्रो, टेम्पो र ढुवानीका साधनमा ५ सय भन्दा धेरै बालबालिकाको प्रयोग भइरहेको केन्द्रीय बालकल्याण समितिले जनाएको छ । बालश्रम (निषेध र नियमित गर्ने) ऐन २०५६ मा सार्वजनिक यातायातमा बालबालिकालाई श्रममा लगाउनु हुँदैन भन्ने स्पष्ट ...

शिक्षक महासंघका अध्यक्ष थापा बने चार विद्यार्थीका अभिभावक

ललितपुर । नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा चारजना विद्यार्थीका अभिभावक बनेका छन् । उनले बुधवार चारजना विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई रुद्रायणी मावि खोकना ललितपुरमा भर्ना गरिदिएका हुन् ।नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष समेत रहेका थापाले दर्जी लामालाई कक्षा २ मा, गोइजिना लामालाई केजीमा, रविन कार्कीलाई कक्षा ३ मा र प्यासिफिक महर्जनलाई कक्षा ८ मा भर्ना गरिदिएका हुन् । उनले ती विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गर्दै वि ...

सामुदायिक स्कुलमा विद्यार्थी घट्दै, शिक्षक बढ्दै

दोलखा । भीमेश्वर नगरभित्रका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या निरन्तर घटिरहे पनि शिक्षकको संख्या बढ्दो छ । पहुँचवाला शिक्षकले नेतृत्व गर्ने विद्यालयमा त झन् शिक्षक आवश्यकभन्दा निकै बढी छन् । नगरभित्रका प्राथमिक विद्यालयमा एकजना शिक्षकको भागमा औषतमा ९ विद्यार्थी छन् । तर पनि शैक्षिक गुणस्तर भने चित्त बुझ्दो नभएर अभिभावकले आफ्ना बच्चालाई निजी विद्यालयमा भर्ना गर्छन् । जिल्ला शिक्षा कार्यालयले हातहातै पुस्तक दिएर विद्या ...

भर्नाका लागि बालबच्चा डोर्‍याउँदै अभिभावक

खोटाङ। हलेसी तुवाचुङ नगरपालिका–३, च्यास्मीटार लुम्बुरछाङकी लीलासरी राईले ५ वर्षीया छोरी मनिकलालाई सोमबार च्यास्मीटारमा माविमा पु¥याएर कक्षा १ मा भर्ना गरिदिइन्। लीलासरीले छोरीको उच्च शिक्षाको कामना गर्दै भर्ना गरिदिएको च्यास्मीटार माविका प्रधानाध्यापक दानकुमार राईले बताए । वैशाख २ गतेदेखि थालिएको भर्ना अभियानका क्रममा च्यास्मीटार माविमा दैनिक ५÷६ जना विद्यार्थी भर्ना भइरहेका छन् । जिल्लामा वैशाख १४ गतेसम्म भर्ना अभियान सञ्चालन ग ...

अंग्रेजी माध्यमका पाठ्यपुस्तक अपुरो

खोटाङ । नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि खोटाङमा अंग्रेजी माध्यमका पाठ्यपुस्तकको पूर्ण सेट आउन सकेको छैन। जिल्लामा नेपाली माध्यमका नयाँ पाठ्यपुस्तक आइसके पनि छपाइमा ढिलाइ हुँदा अंग्रेजी माध्यमका गणित र विज्ञान विषयका पाठ्यपुस्तक आउन बाँकी रहेको पाइएको छ । गणित र विज्ञान विषयका पाठ्यपुस्तक नआउँदा अंग्रेजी माध्यमबाट पठनपाठन गर्दै आएका विद्यालयलाई समस्या परेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका शिक्षा समितिका संयोजक पञ्चुकुमार राईले बताए। अंग्रेज ...

प्रहरीकै पैसा चोरेको आरोपमा प्रधानाध्यापक पक्राउ

उदयपुर । उदयपुरका एक प्रधानाध्यापक प्रहरीको नगद रकम चोरी आरोपमा पक्राउ परेका छन्। सोमबार दिउँसो राष्ट्रिय बाणिज्य बैंक गाईघाट शाखाबाट ७० हजार रकम चोरी आरोपमा जिल्लाको रौतामाई गाउँपालिका ८ स्थित जनता प्रावि गुराँसेका प्रधानाध्यापक श्रीप्रसाद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरका हवल्दार सुरेन्द्रप्रसाद लम्सालले जम्मा गर्न ल्याएको ७० हजार रुपैंया भौचर भर्ने क्रममा चौधरीले पर्समै लिएर हिडेको प्रहरीको आरोप छ। हवल्दार ...

अस्थायी शिक्षक परीक्षा रद्द भएको होइन स्थगित मात्रै गरिएको हो : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षा रद्द नै नभइ स्थगित मात्रै भएको बताएका छन् ।अस्थायी शिक्षकको परीक्षा नै नहुने समाचारहरु सार्वजनिक हुन थालेको प्रति रुष्ट हुँदै मन्त्री पोखरेलले परीक्षा रद्द नभई तत्कालका लागि स्थगित मात्रै भएको स्पष्ट पारेका हुन् ।एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको एक दिवशीय शैक्षिक कार्यशालामा बोल्दै मन्त्री पोखरेलले छिट्टै अस्थायी शिक्षकहरुकालागि आन ...

निजी स्कुल नियमनमा सरकार उदासिन

काठमाडौं । निजी विद्यालयको शुल्क निर्धारण तथा अनुगमनमा शिक्षा मन्त्रालय र मातहतका निकाय उदासिन रहेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।कार्यालयको ५५ औं वार्षिक प्रतिवेदनले शुल्कमा एकरूपता ल्याउन र प्रचलित कानुनविपरीत शुल्क लिने स्कुलमाथि कारवाही गर्न मन्त्रालय असफल रहेको ठहर गरेको छ । शुल्कको अवस्था बुझ्न महालेखाले उपत्यकाका १० विद्यालयलाई नमूना छनोट गरी अध्ययन गरेको थियो । महालेखाले शिक्षा ऐन र नियमावलीका व्यवस्थाअनुसार ती विद्यालयले श ...

समाजवादी शिक्षाबाट मात्रै मुलुकको समृद्धि सम्भव : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी शिक्षाबाट मात्रै मुलुक समृद्ध बन्ने बताएका छन् । वर्तमान शिक्षामा रहेको अवैज्ञानिकताका कारण समाजमा अन्धविश्वास कायमै रहेको भन्दै प्रचण्डले समाजवादी शिक्षाको विकल्प नै नभएको बताए । एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा राजधानीमा आयोजित ‘नेपालको विशिष्टतामा समाजवादी शिक्षाको प्रारुप’ विषयक एक दिवसीय शैक्षिक कार्यशालामा पूर्व प्रधानमन्त्री समेत रहेक ...

शिक्षा मन्त्रालयको तीन महिने मार्गचित्र सार्वजनिक

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम कार्यान्वयन योजनासहितको तीन महिने मार्गचित्र सार्वजनिक गरेको छ ।  शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मार्गचित्र बारे जानकारी दिएका हुन्। आगामी असार मसान्तसम्म मन्त्रालयले गर्ने ३० बुँदे काम, कार्यक्रम र समय सीमा तोकिएको छ। विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान सञ्चालन लगत्तै मन्त्री पोखरेलले मन्त्रालयले तत्काल गर्ने कामहरुको सुच ...

अस्थायी शिक्षकका लागि तत्काल आयोग नखुल्ने

काठमाडौं । अस्थायी शिक्षकहरुका लागि तत्काल आन्तरिक विज्ञापन नहुने भएको छ । शिक्षा मन्त्रालयले तत्काल अस्थायी शिक्षकहरुको विज्ञापन नहुने संकेत गरेको हो ।परीक्षा हुन ८ दिन बाँकी रहँदा स्थगित भएको अस्थायी शिक्षकहरुको विज्ञापन अन्योलमा परेको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आगामी असार यता शिक्षक सेवा आयोगको विज्ञापन नखोल्ने संकेत गरेका छन् । नेतृत्व सम्हालेको एक महिना पूरा भएको अवसरमा आईतबार मन्त्रालयमा आयोजित पत्रकार ...

न्यायका दिलाइदिन भन्दै विद्यालय कर्मचारीहरुको मानवअधिकार आयोगसँग गुहार

काठमाडौं । विद्यालय कर्मचारीहरुले शिक्षा मन्त्रालयका कारण आफुहरु अन्यायमा परेको भन्दै न्याय दिलाइदिन भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन् ।अर्थमन्त्रालयले पटक–पटक विद्यालय कर्मचारीको दरवन्दी विवरण माग गरेपनि शिक्षा मन्त्रालयले पठाउन ढिलाइ गरेका कारण विद्यालय कर्मचारी व्यवस्थापन प्रक्रियाले गति लिन नसक्दा आफुहरुको मानव अधिकार हनन् भएको उनीहअरुले जिकिर गरेका छन् ।चैत ३० गते शुक्रवार दुल्लव मावि ध्याम्पेसाल गोरखाका पियन ७३ वर्षि ...

पहिले शतप्रतिशत दरवन्दीमा आन्तरिक विज्ञापन नगरि खुला विज्ञापन गरे अदालतको मानहानी !

काठमाडौं । सरकारले पहिले शतप्रतिशत दरवन्दीमा आन्तरिक विज्ञापन नगरी खुला विज्ञापन गरे सर्वोच्च अदालतको मानहानी हुने भएको छ ।सर्वोच्च अदालतमा यस सम्बन्धी मुद्धा चलिरहेको र त्यस अगाडी खुला विज्ञापन गरिए अदालतको मानहानी हुने दावी गर्दै अस्थायी शिक्षकहरुले विहीवार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।शिक्षामन्त्रीको  पहिले खुला विज्ञापन गर्ने  अभिव्यक्ति प्रति आक्रोशित अस्थायी शिक्षकहरुले बिही ...

बैशाख पहिलो हप्ताभित्र अस्थायी शिक्षक परीक्षाको मिति तय गर्न शिक्षक महासंघको माग

  काठमाडौँ । नेपाल शिक्षक महासंघले अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षाको मिति तय गर्न सरकारलाई बैशाख पहिलोहप्ता सम्मको अल्टिमेटम दिएको छ । बैशाख पहिलो हप्ताभित्र अस्थायी शिक्षकको आन्तरिक परीक्षा मिति तय नभए महासंघले चरणबद्ध आन्दोलन गर्ने जनाएको हो । नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले तत्काल अस्थायी शिक्षकको आन्तरिक परीक्षाको मिति तय नगरिए महासंघले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् । नेपाल राष्ट्रिय शिक्षक संगठन काठमाडौँ जिल ...

शिक्षा मन्त्रालय किन गर्दैछ विद्यालय कर्मचारी व्यवस्थापनमा ढिलाइ ?

काठमाडौं । शिक्षा मन्त्रालयले स्वीकृत दरवन्दी विवरण अर्थमन्त्रालयमा पठाउन ढिलाइ गरेका कारण विद्यालय कर्मचारीका व्यवस्थापन पक्रिया अगाडी बढ्न सकेको छैन । अर्थमन्त्रालयमा विद्यालयकर्मचारीको स्वीकृत दरवन्दीको प्रमाणपत्र पठाइसकिएको भए सोको सूचना पाउँ नपठाएको भए तत्काल पठाइ पाउँ भन्दै विद्यालय कर्मचारीहरुले मंगलवार शिक्षा सचिव खगराज बराललाई निवेदन दिएका छन् । नारायणी नमुना मावि चितवनका लेखापाल गोविन्द बहादुर पौडेल, नमुना मच्छिन्द्र मावि लगनखेलमा पियन ...

६ महिनामा नयाँ शिक्षा नीति

काठमाडौं । शिक्षा मन्त्रालयले आगामी पाँच वर्षभित्र प्राथमिकदेखि उच्च तहको शैक्षिक स्तर उकास्न ७२ वटा काम गर्ने योजना बनाएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बुधबार मन्त्रालयमा पाँचबर्से कार्यकालमा गर्ने कामको मार्गचित्र (रोडम्याप) सार्वजनिक गर्दै यस्तो बताएका हुन्। दोस्रो पटक शिक्षा मन्त्रालयको कार्यभार सम्हालेका पोखरेलले यसअघि मन्त्री बन्दा सार्वजनिक गरेका १८ वटा प्रतिबद्धताअनुसार काम हुन नसकेका विषय थपेर नयाँ मार् ...

खुलापछि मात्र शिक्षकको आन्तरिक प्रतिस्पर्धा गर्ने शिक्षा मन्त्रालयको तयारी

काठमाडौं । अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन निर्धारण गरिएको परीक्षा चार पटकसम्म स्थगन भएपछि शिक्षा मन्त्रालयले अस्थायीका मुद्दा थाती राखेर पहिलो चरणमा खुला प्रतिस्पर्धाबाटै शिक्षक नियुक्ति गर्ने तयारी गरेको छ। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले यसबारे आन्तरिक तयारी भइरहेको बताएका छन् । शिक्षा ऐनको आठौं र नवौं संशोधनको प्रावधानअनुसार शिक्षक सेवा आयोगले आन्तरिक प्रतिस्पर्धाबाट नियुक्तिका लागि यही चैत २३ गतेलाई परीक्षा तोक ...

शिक्षक दरवन्दी थप्ने शिक्षा मन्त्रालयको तयारी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री मन्त्रालयले शिक्षक दरवन्दी थप गर्ने तयारी गरेको छ । देशभर शिक्षक दरवन्दी अभावमा सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्कदै गइरहेको भन्दै मन्त्रालयले तत्कालै शिक्षक दरवन्दी पुनर्वितरण र थप दरवन्दी सिर्जना गर्न लागिएको जनाएको हो ।वर्षेपिच्छे नयाँ विद्यालयहरु खुल्दै आएको भएपनि २०५७ सालदेखि शिक्षक दरवन्दी थपिएको छैन ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले आगामी ५ वर्षका लागि मन्त्रालयको १० ब ...

सट्टा प्रधानाध्यापक श्रीमती

सिमकोट । केही दिनअघि अपराह्न एक बजे चंखेली गाउँपालिकाको विद्याज्योति आधारभूत विद्यालयमा एक अधबैंसे शिक्षिकाले विद्यालयको अफिस कोठाबाट निस्केर आज मलाई पढाउन मन छैन भन्दै बिदा गरिन्। समय छँदै छ, पछि पढाइ भइहाल्छ नि ! भनेर उनले अफिस कोठामा बाल सहजकर्ता रमिता जैसी र छायादेवी जैसीसँग कानेखुसी गरिन् । विद्यालय सुरु भएको डेढ महिना बितिसक्दासमेत मनपरी विद्यालय खोल्ने र बिदा गर्ने शिक्षिका प्रधानाध्यापक कीर्तिबहादुर शाहीले आफ्नो सट्टामा राखिएकी सट्टा प्र ...

शिक्षाबाट वञ्‍चित बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न आह्‍वान

काठमाडौं । सरकारले शिक्षाबाट वञ्चित गरीब, विपन्न, सीमान्तकृत, लोपोन्मुख समुदायलगायतका बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न सबैमा आह्वान गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले शिक्षाको अवसरबाट वञ्चित त्यस्ता समुदाय र वर्गका बालबालिकामध्ये एकरएक बालक र बालिका खोजी गरी विद्यालयमा भर्ना गरिदिन र स्वेच्छिक अभिभावकत्व ग्रहण गरी दिन सबैमा आह्वान गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिएका छन्। मन ...

जुद्धोदय मावि ७९ वर्षमा

  काठमाडौं । काठमाडौं ठमेल स्थित जुद्धोदय माध्यमिक विद्यालयले एक भव्य समारोहका बीच आफ्नो ७९ वार्षिकोत्सव मनाएको छ । सोमवार विद्यालय परिसरमै केक काटेर ७९ स्थापना दिवस मनाइएको हो । सर्वसाधारणका लागि सवैभन्दा पहिले खुलेको यस विद्यालय शैक्षिक र भौतिक पक्षमा उत्कृष्ट रहँदै आएको छ । काठमाडौंका जिल्ला शिक्षा अधिकारी प्रकाश सापकोटाले केक काटेर वार्षिकोत्सव समारोहको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बोल्दै जिशिअ सापकोटाले विद्यालयले आफ्नो ऐतिहासिक ...

प्रतिबन्धित संस्थामा झुक्याएर विद्यार्थी भर्ना

काठमाडौं । पोखराको बालकल्याण स्कुलबाट एसएलसी उत्तीर्ण लक्ष्मी गुरुङ दुई वर्षअघि स्थानीय पाइथागोरस इन्स्टिच्युट (शैक्षिक परामर्शदाता) को परामर्शमा भारतको नेसनल इन्स्टिच्युट अफ ओपन स्कुलिङ (एनआईओएस) मा भर्ना भइन्। पाइथागोरसले एनआईओएसमा भर्ना भए एक वर्षमा पढाइ सकिने र त्यसले नेपालमा प्लसटुसरह मान्यता पाउने बताएपछि लक्ष्मीजस्ता धेरै विद्यार्थी भारतको एनआईओएसमा अध्ययन गर्न इच्छुक भए। पाइथागोरसले त्यसका लागि उनीहरूसँग प्रमाणपत्र र रकम लिएर उक्त संस्था ...

सामुदायिक विद्यालयमा भर्ना नगरे तलब रोक्ने नगरपालिकाको निर्णय

स्याङ्जा  । स्याङ्जाको चापाकोट नगरपालिकाभित्रका शिक्षकशिक्षिकाले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना नगरेमा तलब रोक्का गर्ने निर्णय गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिकाले शिक्षक शिक्षिकाले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा पढाउनुपर्ने नियम बनाएको हो। ‘आइतबार बसेको नगर शिक्षा समितिको निर्णयअनुसार हामीले विशेष गरी सरकारी विद्यालयमा अध्यापनरत शिक्षक शिक्षिकाले आफ्ना बालबालिकालाई अनिवार्यरुपमा सरकारी विद्यालयमै भर्ना गर्नुपर्न ...

शिक्षक आयोगद्वारा गल्ति स्वीकार : परीक्षाको फारम भर्न नपाएकाहरुको अब के हुन्छ ?

  रोशन क्षेत्री गाउँले/काठमाडौं शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुको पहिलो विज्ञापनको सन्दर्भमा आफूबाट गल्ति भएको स्वीकारेको छ । आयोगले पहिलो विज्ञापनका सन्दर्भमा फरक–फरक पत्र सर्वोच्च अदालतमा पठाउँदा हजारौं अस्थायी शिक्षकहरुले परीक्षाको फारम भर्न पाएका थिएनन् । शिक्षक सेवा आयोग नियमावली २०५७ मा पहिलोपटक अस्थायी शिक्षकहरुका लागि खुलेको शिक्षक विज्ञापनमा एक पटकका लागि परीक्षामा सहभागी हुन अस्थायी शिक्षकहरुलाई शिक्षक लाइसेन्स, तालिम, ...

भर्ना महाअभियान: ३ लाख बालबालिका स्कुलबाहिरै

काठमाडौँ । सरकारले हरेक वर्ष शैक्षिक सत्र सुरु भएदेखि वैशाख १५ सम्म ‘भर्ना अभियान’ सञ्चालन गर्दै आएको छ । यस वर्ष त विद्यार्थी भर्नाको ‘महाअभियान’ नै चलाइँदै छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलका अनुसार प्रधानमन्त्री केपी ओलीले कर्णालीमा एक जनालाई विद्यालय भर्ना गराएर यो अभियान शुभारम्भ गर्दै छन् । महाअभियानले विद्यालयबाहिर रहेका लाखौं बालबालिकालाई यही वर्ष विद्यालय भर्ना गराउला त ? शिक्षा विभागका अनुसार ५ देखि १२ वर ...

सरिता अर्यालको ‘पुरुष’ सार्वजनिक

काठमाडौं । अभिभावक संघ नेपालकी वरिष्ठ उपाध्यक्ष समेत रहनुभएकी कथाकार सरिता अर्यालको दोस्रो कथा संग्रह ‘पुरुष’ सार्वजनिक भएको छ । शनिबार शिल्पी थिटएर बत्तीसपुतलीमा व्यवस्थापिका सांसद पम्फा भुसाल, साहित्यकार कुन्ता शर्मा, सूचना आयुक्त यसोदा तिम्सिना, गुञ्जनकी अध्यक्ष हिरण्यकुमारी पाठक, सुस्मा ओमाटा र स्मीता घिमिरेले पुस्तक संयुक्त रूपमा विमोचन गर्नुभएको छ । पुस्तक माथि साहित्यकार महेश पौड्याल र यशोदा तिम्सनाले टिप्पणी गर्नुभएको थियो । ...

प्रदेशका शिक्षा मन्त्रीहरुले भने ‘प्रदेश सरकार सेनाबिनाकाे सेनापति जस्ताे भयाे’

काठमाडौँ । शिक्षा क्षेत्र समेत हेर्ने सातवटै प्रदेशका सामाजिक विकास मन्त्रीहरुले निति नियम, कर्मचारी र स्रोत साधनको अभावमा प्रदेश सरकार र मन्त्रालयहरु ‘सेनाबिनाको सेनापति जस्तो’ भएको गुनासो गरेका छन् ।नुमना कानुन निर्माण, कर्मचारी व्यवस्थापन र स्रोत साधनको प्रबन्ध गरिदिन उनीहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँग आग्रह गरे। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी दिनका लागि नीति कार्यक्रम बनाउन सात व ...

महिनावारीले छात्रा ५० दिन विद्यालय बाहिर

बाजुरा । छाउ कुप्रथाको कारण देखाउँदै अधिकांश छात्राहरु नियमित विद्यालय जानबाट वञ्चित भएका छन्। अभिभावकदेखि सामाजिक कुसंस्कारका कारण छात्राहरु वर्षमा करिब ५० दिन विद्यालय जानबाट वञ्चित बन्ने गरेका छन् ।  उनीहरु मासिक ५ दिन विद्यालय जाँदैनन्। कोहीको अभिभावकको दबाब छ भने कसैले आफ्नो कारण पनि विद्यालय नजाने गरेको पाइएको छ। विदाको समय बाहेक महिनावारी भएको बेला छात्राहरुको विद्यालयको पढाई छुट्ने गरेको शिक्षकहरुले स्वीकार गर्ने गरेका छन्। बडिमालिक ...

क्रान्तिकारीको शैक्षिक गोष्ठीमा समाजवादी शिक्षाको बहस

काठमाडौं ।  माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले समाजवादी शिक्षा प्राप्तिको बहस अघि बढाएको छ। जनवादी शिक्षालाई आफ्नो रणनीतिक लक्ष्य मान्दै आएको क्रान्तिकारीले गत राष्ट्रिय सम्मेलनवाट समाजवादी शिक्षाको नीति अघि सारेको थियो । क्रान्तिकारीको शैक्षिक विभागद्वारा भक्तपुरमा आयोजित शैक्षिक गोष्ठीमा समाजवाद उन्मुख शिक्षा नीतिमा आधारित पाँच वटा फरक–फरक कार्यपत्रमाथि छलफल भएको क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङले जानकारी दिए । गोष्ठीमा राष ...

दरबन्दीको अभावमा गुज्रदै हुम्लाका अधिकांश सरकारी विद्यालय !

हुम्ला ।  सरकारले यस आर्थिक वर्षलाई शैक्षिक सुधारको वर्षको रुपमा लिएर कामकारबाही अगाडि बढाउने बताइरहेको छ । ५ कक्षासम्मको सादा पुस्तकलार्इ विस्थापित गरी रंगिन पुस्तक हुने पनि बताइसकेको छ । तर, आवश्यक दरबन्दीकाे अभावमा गुज्रिरहेका छन्- हुम्लाका अधिकांश सरकारी विद्यालय । हुम्लामा ५५ वटा माध्यामिक तह, ५४ वटा निम्न माध्यमिक तह र ९० वटा प्राथामिक तहका विद्यालयहरु छन् । माध्यमिक अन्तर्गत एक विद्यालय बराबर ५ जना दरबन्दी हुनुपर्ने शिक्षा निमावलीमा ...

हिस्टानको अध्यक्षमा न्यौपाने

काठमाडौं । माध्यमिक विद्यालय शिक्षक एसोसियशन नेपाल(हिस्टान)को अध्यक्षमा पुष्प न्यौपाने निर्वाचित भएका छन् । हिस्टानको पाँचौं राष्ट्रिय महाधिवेशनले न्यौपानेको नेतृत्वमा ९५ सदस्यीय केन्द्रिय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । चैत २३ र २४ मा सम्पन्न पाँचौं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ऋषिराम कँडेल, उपाध्यक्षमा गणेश लामीछाने, महासचिवमा विक्रम पोखरेल र कोषाध्यक्षमा पुष्प लोहनी निर्विरोध निर्वाचित भएका छन् । २०६१ म सम्पन्न हिस्टानको पहिलो मह ...

दुई शिक्षिका ६ महिनासम्म विद्यालयमा हाजिर नभएको खुलासा

बाजुरा । बाजुरा जिल्लाको गौमुल गाउँपालिका–१ अन्द्राडीमा रहेको प्रभात आधारभूत विद्यालय अन्द्राडीमा कार्यरत २ जना शिक्षिका ६ महिनादेखि विद्यालयमा हाजिर नभएको खुलासा भएको छ । अस्थायी दरबन्दीमा कार्यरत शिक्षिका देवकी शाह र पार्वती शाह कात्तिक २७ गतेदेखि विद्यालयको सम्पर्कमा नरहेको विद्यालयले जानकारी दिएको छ । परीक्षाका लागि बिदा माग गरेपनि त्यसभन्दा पछि सम्पर्कमा नरहेको विद्यालयका प्रधानाध्यापक भक्तराज गिरीले बताएका छन् । कक्षा पाँचसम्म पठन पाठ ...

अब खुला कि आन्तरिक विज्ञापन ?

  रोशन क्षेत्री गाउँले /काठमाडौं   अस्थायी शिक्षकलाई स्थायीका निम्ति यही चैत २३ गतेका लागि तोकिएको परीक्षा अनिश्चितकालसम्म स्थगित भएको छ । शिक्षक सेवा आयोगले शुक्रबार एक सूचना जारी गर्दै चौथोपटक परीक्षा स्थगित गरेको हो । आयोगले यसअघि पनि पटक–पटक परीक्षाको मिति तय गर्नुका साथै स्थगित गर्दै आएको थियो । शुरुमा २०७४ साल असार २४ गते परीक्षाको मिति तय गर्दै २०७३ साल चैत १९ मा अस्थायी शिक्षकहरुका लागि विज्ञापन खोलिएको थियो । आयोगले आन्त ...

शिक्षक सेवा आयोगका अध्यक्ष गौतमलाई कार्बाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले शिक्षक सेवा आयोगका अध्यक्ष ताना गौतमलाई कार्बाही गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयले चैत २१ गते बुधवार एक पत्र लेखि शिक्षा मन्त्रालयलाई आयोगका अध्यक्ष गौतमलाई आवश्यक कार्बाही गर्न आदेशानुसार अनुरोध गरेको हो । शिक्षक सेवा आयोगका अध्यक्ष गौतमले सर्वोच्च अदालतमा झुठो प्रमाण पेश गर्दा हजारौं शिक्षक लाइसेन्स, शिक्षा विषय र तालिम नभएका साथै लियन राख्ने बस्ने शिक्षक ...

जिशिकालाई शिक्षक नियुक्ति, सरुवा र दरबन्दी मिलान गर्न रोक

भक्तपुर । जिल्ला शिक्षा कार्यालयहरुले अब शिक्षक नियुक्ति, सरुवा र दरबन्दी मिलानका काम गर्न नपाउने भएका छन् । सरकारले चैत २८ मा विघटन हुन लागेको जिशिकाहरुको म्याद असार मसान्त सम्म थप गरेको भोलिपल्ट शिक्षा विभागले बुधवार उक्त तीन कार्य नगर्न जिशिकाहरुलाई निर्देशन दिएको हो । विभागका महानिर्देशक बाबुराम पौडेलले ७७ वटै जिल्ला शिक्षा कार्यालयहरुलाई शिक्षक नियुक्ति, सरुवा र दरबन्दी मिलानका काम नगर्न निर्देशन दिईएको जानकारी दिए । पौडेलका अनुसार शिक् ...

कक्षा ११ र १२ मा परीक्षा फारम भर्न छुटेकालाई पुनः मौका, जरिवाना सहित चैत २५ सम्म भर्न पाउने

भक्तपुर । कक्षा ११ र १२ मा परीक्षा फारम भर्न छुटाएका विद्यार्थी एवं विद्यालयहरुले पुनः फारम भर्ने अन्तिम मौका पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डको बुधवार बसेको बैठकले परीक्षा फारम भर्न छुटाएका विद्यार्थी र विद्यालयलाई पुनः फारम भर्ने अन्तिम मौका दिने निर्णय गरेको हो । परीक्षा फारम भर्न छुटाएका विद्यालय एवं विद्यार्थीहरुले दोव्वर दस्तुर र जरीवाना सहित आगामी चैत्र २५ गते भित्र पुनः बुझाउन सक्ने बोर्डले जनाएको छ । निर्धारित र दोव्वर दस्त ...

सामुदायिक स्कुलमा कमजोरलाई भर्ना निषेध

बुटवल । शिक्षा मन्त्रालयबाट उत्कृष्टताको पुरस्कार पाएका रूपन्देहीका केही सामुदायिक विद्यालयले कमजोर विद्यार्थीलाई भर्नाबाट निषेध गर्ने गरेका तथ्य बाहिर आएको छ। त्यस्ता विद्यालयले शैक्षिक सत्र सुरु भएसँगै भर्ना अभियान चलाउने तर प्रवेश परीक्षाका नाममा कमजोर विद्यार्थीलाई पढ्नबाट वञ्चित गर्ने गरेका छन् । गत वर्ष उत्कृष्ट बनेको कालिका मानविज्ञान मावि, प्रदेशको उत्कृष्ट कान्ति मावि, शान्ति नमुना माविलगायत विद्यालयले प्रवेश परीक्षा लिँदै छन्। यी ...

जिशिका तत्काल खारेज नगर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । जिल्ला शिक्षा कार्यालयहरु तत्काल खारेज नहुने भएका छन् । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मका लागि जिल्ला शिक्षा कार्यालयहरु खारेज नगर्ने निर्णय गरेको हो । कानूनतः चैत २८ देखि जिल्ला शिक्षा कार्यालयहरु खारेज हुने भएपनि मन्त्रिपरिषद्को निर्णय पछि अब यथावत रहने भएका छन् । आगामी चैत्र २८ गतेदेखि म्याद सकिन लागेको जिल्ला शिक्षा कार्यालयको म्याद जिल्ला शिक्षा समन्वय समिति नबनेसम्मका लागि असार मसान ...

किन सुटुुक्क तोडियो अस्थायी शिक्षकको आमरण अनशन ?

काठमाडौं । अस्थायी शिक्षकहरुको भद्रकालीको आमरण अनशन बीचमै तोडिएको छ । अस्थायी शिक्षकहरुले सुटुक्क अनशन तोडेका हुन् । चैत २३ को परीक्षा स्थगित गर्नेलगायतका माग राखि छुट करार अस्थायी शिक्षक र विद्यार्थीहरु अनशन बसेका थिए । आयोगले परीक्षा स्थगित गर्न साथै विद्यार्थीहरुले अनशन तोडेपनि अस्थायी शिक्षकहरु भने शतप्रतिशत दरवन्दीमा आन्तरिक विज्ञापन नभएसम्म जारी राख्ने भन्दै अनशन तोडेका थिएनन् । तर, गत १६ गते परीक्षा स्थगित भएपनि जारी अस्थायी शिक्षकको अनशन ...

२४ घण्टाभित्र हाजिर नभए कारबाही

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काजमा खटाइएको शिक्षा मन्त्रालयअन्तर्गतका कर्मचारीलाई २४ घण्टाभित्र हाजिर हुन निर्देशन दिँदै हाजिर नभए कारबाही अघि बढाउने चेतावनी दिएको छ। प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभा सचिवालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत प्रदेशका अन्य मन्त्रालय र स्थानीय निकायमा काजमा गएका कर्मचारीलाई यस्तो चेतावनी दिइएको हो। मन्त्रालयले सबै कार्यालयमा रमाना लिएर हाजिर हुन निर्देशन दिएपछि राजनीतिक ...

शिक्षा मन्त्रालयले फेरी ढाँट्यो सर्वोच्चलाई, आदेश अनुसार नै ऐन संशोधन गरिएको दावी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सर्वोच्च अदालतकै आदेश अनुसार शिक्षा ऐनको आठौं र नवौं संशोधन गरिएको दावी गरेको छ । मन्त्रालयले २०६६ मा २४ गतेको फैसला अनुसार नै शिक्षा ऐनको आठौं र नवौं संशोधन गरेको भन्दै तेस्रोपटक सर्वोच्च अदालतलाई ढाँटेको हो । मन्त्रालयले २०७४ फागुन २३ गते सर्वोच्चको कारण देखाउ आदेशको १० बुंदामा जवाफ दिने क्रममा गत चैत ८ गते पठाएको पत्रमा २०६६ माघ २४ को फैसला अनुसार नै आठौं र नवौं संशोधन भएको साथै सोही संशोधन अ ...

अस्थायी शिक्षकलाई परीक्षा होइन सुविधा दिनुपर्ने भन्दै विद्यार्थीले आमरण अनशन तोडे

काठमाडौं । शिक्षक सेवा आयोगले चैत २३ को शिक्षक परीक्षा स्थगित गरेसँगै माइतिघरमा पाँचदिन देखि जारी विद्यार्थीहरुको अनशन पनि तोडिएको छ । शनिवार एक बालिकाले जुस खुवाएर आमरण अनशन तोडाएकी हुन् । शिक्षा ऐनको नवौं संशोधन र सोही आधारमा भएको विज्ञापनको चैत २३ को परीक्षा स्थगित हुनु पर्ने माग राख्दै चैत १२ देखि ३ जना विद्यार्थीहरु आमरण अनशन बस्दै आएका थिए । शिक्षक सेवा आयोगले बिहीवार शिक्षा मन्त्रालयको पत्रको हवाला दिँदै चैत २३ को अस्थायी शिक्षकहरुको आन्त ...

परीक्षा स्थगित धोका भन्दै युएण्टो आन्दोलित, तत्काल नयाँ मिति तय गर्न माग

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)ले चैत २३ को अस्थायी परीक्षा स्थगित गर्नुलाई धोका भन्दै तत्काल परीक्षाको मिति तय गर्न माग गरेको छ । संगठनका अध्यक्ष शंकर अधिकारीले परीक्षा स्थगित हुनु भनेको शिक्षा क्षेत्र अस्तब्यस्त पार्दै निजीकरण तर्फ धकेल्ने षड्यन्त्र र शिक्षक कर्मचारी माथिको धोका भएको बताएका छन् ।लामो आन्दोलनको उपलब्धि एक थोपा रगत रहे सम्म गुम्न नदिने भन्दै अधिकारीले तत्काल परीक्षाको मिति तय नभए शिक्षक महासंघको नेतृत्वमा आन्द ...

चैत २३ को परीक्षा स्थगित प्रति शिक्षक महासंघ आक्रोशित, तत्काल नयाँ मिति तय गर्न माग

काठमाडौं । चैत २३ को अस्थायी शिक्षक परीक्षा स्थगित गरेको प्रति नेपाल शिक्षक महासंघले आक्रोश व्यक्त गरेको छ । महासंघले तत्काल आन्तरिक विज्ञापन सम्पन्न गरी खुला विज्ञापन गर्न समेत माग गरेको छ । परीक्षा स्थगित भएको प्रति आफ्नो गम्भिर ध्यानाकर्ण भएको भन्दै महासंघका अध्यक्ष बाबुराम थापाद्वारा जारी प्रेस विज्ञप्तिमा सम्पूर्ण तयारी पूरा भएको शिक्षकहरुको आन्तरिक परीक्षा शिक्षा मन्त्रालयको पत्रको आधारमा हठात स्थगित गरेको सूचनाले आम नेपाली शिक्षकहरुलाई मर् ...

शिक्षक आयोगद्वारा चैत २३ को परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौं । शिक्षक सेवा आयोगले चैत २३ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको च.नं. ४७ पत्र अनुसार परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको आयोगले जनाएको छ । विज्ञापनबाट सवै रिक्त पदहरु पूर्ती हुन नसक्ने र यसबाट नियमित पठनपाठन प्रभावित हुनसक्ने देखिएकाले आन्तरिक र खुला विज्ञापन सँगसँगै गरी शिक्षक पदपूर्तिलाई व्यवस्थापन गर्दा उपयुक्त हुने हुँदा चैत २३ को परीक्षा स्थगित गर्न भन्दै शिक्षा सचिव मधुप्रसाद रेग्म ...

अन्तत: चैत २३ को परीक्षा स्थगित, अब खुला र आन्तरिकको एकैपटक विज्ञापन हुने

काठमाडौं । चैत २३ को परीक्षा स्थगित भएको छ । खुला र आन्तरिक विज्ञापन एकैपटक गर्ने गरी चैत २३ को परीक्षा स्थगित गर्ने निर्णय भएको हो । शिक्षा मन्त्रालयले मन्त्रिस्तरीय निर्ण गर्दै शुक्रवार परीक्षा सार्ने निर्णय गरेको मन्त्रालय स्रोतले जनाएको छ । दिउँसो यसवारे शिक्षक सेवा आयोगलाई जानकारी गराउने र आयोगले साझँ परीक्षा स्थगित भएको घोषणा गर्ने जनाइउको छ । स्रोतका अनुसार आयोगले परीक्षा स्थगित गरेर आजै खुला र आन्तरिकको विज्ञापन एकैपटक खोल्ने निर्णय गर्ने ...

शिक्षा ऐन संशोधनको माग गर्दै शैक्षिक हडताल घोषणा

काठमाडौं ।  तीन ठूला विद्यार्थी संगठनले शिक्षा ऐनको नवौँ संशोधन खारेज नगरे अनिश्चितकालीन शैक्षिक हडताल गर्ने निर्णय गरेका छन् । अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीको बिहीबार सम्पन्न संयुक्त बैठकले शिक्षा ऐन नवाैँ संशोधन खारेज र २३ चैतमा शिक्षक सेवा आयोगले लिन लागेको परीक्षा स्थगित गर्न माग गरेको छ । अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार माग पूरा गराउन १६ चैतमा देशभरका कलेजअगाडि प्रदर्शन र आधा घन्टा चक्काजाम गर्ने र स ...

शिक्षक विज्ञापनमा मागभन्दा आवेदन कम, ४० अंक ल्याउने सवै स्थायी हुने

काठमाडौं । सामुदायिक विद्यालयका अस्थायी शिक्षकलाई स्थायी गराउन आह्वान गरिएको विज्ञापनमा मागभन्दा कम आवेदन परेको छ। शिक्षक सेवा आयोगले दुई पटकसम्म विज्ञापन गरे पनि आवश्यक संख्यामा आवेदन नपरेपछि प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा स्थायी प्रतिस्पर्धाका लागि फाराम भरेका शिक्षकले स्थायी हुन न्यूनतम अंक मात्रै ल्याए पुग्ने भएको छ। आयोगका अनुसार कुल एक सय पूर्णांकको परीक्षामा उत्तीर्ण हुन ४० नम्बर ल्याउनुपर्ने हुन्छ । चालिस प्रतिशत वस्तुगत र ...

अध्यापनशैली सुधारले विद्यार्थी आकर्षित

खोटाङ । कक्षाकोठाभित्रका डेस्कबेन्च हटाएर कार्पेट बिछ्याइएको छ। कार्पेटमा बसेर लेखपढ गर्न मिल्ने गरी राउन्ड टेबल राखिएको छ। भित्ताभरि शैक्षिक सामग्रीले सिँगारिएका छन् । कक्षाकोठामा पुस्तक राख्ने ¥याक, काठ, बाँस, माटो तथा कागजका थरीथरीका शैक्षिक सामग्री छन् । राउन्ड टेबलको चारैतिर कुहिनाले टेकेर कुनै विद्यार्थी चित्र कोरिरहेका हुन्छन्। कोही अभ्यास पुस्तिकामा अक्षर खिपिरहेका हुन्छन्। कोही छलफल गरिरहेका हुन्छन्। कोही छात्रछात्रा चित्र कोर् ...

झण्डै चारलाख बालबालिका अझैं विद्यालय बाहिर, कर्मकाण्डी बन्दै भर्ना अभियान

काठमाडौं । विद्यालय उमेर समुहका झण्डै चारलाख बालबालिका अझैपनि विद्यालय बाहिर रहेको पाइएको छ । तर, सरकारले उनीहरुलाई विद्यालयसम्म ल्याउने विशेष कार्यक्रम तर्जुमा गर्न सकेको छैन । शिक्षा विभागका अनुसार प्राथमिक तह उमेर समूह(५–९ वर्ष) का ८८ हजार २०७ र आधारभूत तह उमेर समह(५–१२) का ३ लाख १३ हजार २८९ बालबालिका अझै विद्यालय टेक्न पाएका छैनन् । प्राथमिक उमेर समूहका २.८ र आधारभूत तह उमेर समूहका ७.७ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका हुन् ...

शिक्षा मन्त्रालय, अस्थायी शिक्षक र विद्यार्थी बीच वार्ता भए अदालतमा मुद्दा !

काठमाडौं । शिक्षा मन्त्रालयले कानूनी रुपमा अनसनरत अस्थायी शिक्षक र विद्यार्थीहरुसँग वार्ता र सहमति गर्न नपाउने भएको छ । यदी मन्त्रालयले अनशनरत अस्थायी शिक्षक र विद्यार्थीहरुसँग वार्ता गरे सर्वोच्च अदालतमा मुद्दा पर्ने भएको छ । सर्वोच्च अदालतले २०६७ माघ २३ मा सहमति सम्झौता नगर्न र त्यसको कार्यान्वयन नगर्न भन्दै निर्देशनात्मक आदेश जारी गरेको थियो । कानूनलाई पन्छ्याएर सहमति र सम्झौता गर्ने र सोही अनुसार कार्यान्वयनमा जाँदा कानूननी राज्यको खिल्ली उड ...

बिहीवार उपत्यका र शुक्रवार मुलुकभरका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द !

काठमाडौं । बिहीवार काठमाडौं उपत्यकाका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द हुने भएका छन् । विद्यार्थी संघर्ष समितिले आन्दोलनका कार्यक्रम अन्तर्गत विहिवार उपत्यकाका सम्पूर्ण शैक्षिक संस्थाहरुको बन्द आह्वान गरेको हो । विद्यार्थीहरुले बुधवार ४ देखि ६ बजेसम्म माइीघर मण्डलामा चक्काजाम समेत गरेका थिए । उनीहरुले बिहिवार उपत्यकाका र शुक्रवार मुलुकभरका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्दको आह्वान गरेका छन् । शिक्षा ऐनको नवौं संशोधन खारेज र चैत २३ को परीक्षा ...

शिक्षक परीक्षा नसर्ने निश्चित, आयोगले परीक्षा केन्द्र तोक्यो

काठमाडौं । अस्थायी शिक्षक परीक्षा नसर्ने निश्चित भएको छ । शिक्षक सेवा आयोगले परीक्षा नसर्ने निश्चित भएको जनाएको हो ।आयोगले बुधवार पत्रकार सम्मेलन गरेर चैत २३ गते हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष ताना गौतमले परीक्षा अब कुनै हालतमा नसर्ने बताए । अब परीक्षा सर्न आकाश खस्नुपर्ने उनको जिकिर थियो । परीक्षा नै नदिई ६० वर्ष कटाउन चाहने, परीक्षामा उत्तीर्ण हुन सक्दिन भन्ठान्ने र २०७२ पछि नियुक्ति पाएकाहर ...

अब पनि स्थगित गरिए अस्थायी शिक्षक स्थायीको परीक्षा सधैंलाई टर्ने

  आन्तरिक ७५ र खुला २५ प्रतिशत दरबन्दीमा स्थायीका लागि शिक्षक सेवा आयोगद्वारा यही २३ चैतमा गर्न लागिएको परीक्षालाई अस्थायी शिक्षकहरुका निम्ति अन्तिम अवसरका रुपमा लिइएको छ । सार्दा–सार्दा पुनः गर्न लागिएको यो परीक्षा यदि स्थगित भयो भने अस्थायी शिक्षकले अहिलेसम्म पाएको उपलब्धि सबै गुम्ने निश्चित छ ।    रोशन क्षेत्री गाउँले /काठमाडौं अस्थायी शिक्षकहरुले लामो संघर्ष पछि प्राप्त गरेको उपलब्धि आफ्नै कारणले गुम्ने देखिएको छ । २०५५ स ...

प्रोलिफिक विद्यालयको परीक्षाकेन्द्रमा परीक्षार्थीलाई मनोवैज्ञानिक ‘टर्चर’

काठमाडौं । परीक्षाका बेला विद्यार्थीमाथि कुनैपनि दबाब र त्रास दिइनु हुँदैन । परीक्षाका बेला दिइने दबाब र त्रासले उनीहरुमा मनोवैज्ञानिक असर पर्ने गर्छ । जुन नतिजामा देखिन सक्छ । तर, अहिले सञ्चालन भइरहेको एसइइ परीक्षामा केही परीक्षा केन्द्रहरुमा विद्यार्थीमाथि अस्वभाविक त्रास फैलाइएको आरोप लागेको छ । काठमाडौंको धुम्रबराहीस्थित प्रोलिफिक स्कूलमा रहेको परीक्षा केन्द्रमा केही विद्यालयका विद्यार्थीमाथि नामै तोकेर अस्वाभाविक दबाब दिने, त्रास फैलाउने काम ...

प्रविधिमा आधारित पद्धतिबाट पठनपाठन

रसुवा । जिल्लाको कालिका गाउँपालिकाभित्रका विद्यालयमा प्रविधिमा आधारित आधुनिक शिक्षण पद्धति सुरु भएको छ । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर वृद्धिका लागि गाउँपालिकाका १७ वटा विद्यालयमा नयाँ प्रविधिको सुरुवात गरिएको हो। शैक्षिक सत्र सुरु हुने समय नजिकिँदै जाँदा विद्यालयहरूले यसको परीक्षण सुरु गरेका हुन्। प्रविधि सञ्चालनका लागि आवश्यक पर्ने शिक्षण सामग्री विद्यालयहरूमा पुगिसकेको गाउँपालिका अध्यक्ष सीताकुमारी पौडेलले जानकारी दिइन्। प्रविधि प्रयो ...

तीन विद्यार्थी संगठनको माग:अस्थायी शिक्षक परीक्षा स्थगित होस्

काठमाडौँ  ।तीन विद्यार्थी संगठनले आगामी चैत २३ गतेको अस्थायी शिक्षक परीक्षा स्थगित गर्न माग गर्दै मंगलबार शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । परीक्षा स्थगित गरेर खुला प्रतिस्पर्धामा शिक्षक नियुक्त गर्न उनीहरूले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको ध्यानार्कषण गराएका हुन् । अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीले शिक्षण अनुमतिपत्र प्राप्त करिब ६ लाख विद्यार्थीलाई बाहिर राखेर आन्तरिक प्रतिस्पर्धाबाट शिक्षक स्थायी गर्न लिन लागिएको परीक् ...

चैत २३ को परीक्षा स्थगित गराइदिन नेपाली सेनासँग आग्रह

  काठमाडौं । चैत २३ को शिक्षक परीक्षा स्थगित गर्दै २०६६ को सर्वोच्चको फैसला अनुसार विज्ञापन गराइदिन भन्दै अस्थायी शिक्षकहरुले नेपाली सेनासँग आग्रह गरेका छन् । मंगलवार शान्तिवाटीकामा प्रदर्शन गर्दै अस्थायी शिक्षकहरुले लोकतन्त्रले खोसेको न्याय पुन दिलाइदिन भन्दै नेपाली सेनासँग आग्रह गरेका हुन् । पुनरुत्थानवादी समूह नेपालले आयोजना गरेको प्रदर्शनमा सहभागी अस्थायी शिक्षकहरुले राणा र पञ्चायतकालले दिएको न्याय प्रजातन्त्रले र पूर्व राजा ज्ञानेन्द्र ...

शिक्षक आयोगलाई ०६६ कै फैसला अनुसार विज्ञापन गर्न सर्वोच्चको ताकेता

काठमाडौं । सर्वोच्च अदालतले २०६६ माघ २४ को फैसला अनुसार शिक्षक विज्ञापन गर्न शिक्षक सेवा आयोगलाई ताकेता गरेको छ । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले चैत १२ गते सोमवार एक पत्रलेखी २०६६ कै फैसला अनुसार शिक्षक विज्ञापन गर्न ताकेता गरेको हो । निर्देशनालयका शाखा अधिकृत माया पोखरेल रिजालले लेखेको चलानी नम्बर २२३ को पत्रमा २०६६ को आदेश अनुसार विज्ञापन गर्न निर्देशन सहितको अनुरोध गरिएको छ । २०६६ सालको फैसला कार्यान्वयन गर्न भन्दै सर्वोच्च ...

०६६ कै फैसला अनुसार विज्ञापन गर्न शिक्षा मन्त्रालयलाई सर्वोच्चको ताकेता

काठमाडौं । सर्वोच्च अदालतले २०६६ माघ २४ को फैसला अनुसार शिक्षक विज्ञापन गर्न शिक्षा मन्त्रालयलाई ताकेता गरेको छ । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले मंगलबार एक पत्रलेखी २०६६ कै फैसला अनुसार शिक्षक विज्ञापन गर्न ताकेता गरेको हो । सर्वोच्च अदालतले २०६६ माघ २४ गते सवैखाले अस्थायी शिक्षकहरुलाई एकपटक परीक्षाको मौका दिएर असफलहुनेहरुलाई सुविधा सहित बिदा गर्न परमादेशको आदेश जारी गरेको थियो । तर, शिक्षा मनत्रालयले शिक्षा ऐनको आठौं र नवौं संश ...

लोकतन्त्रले खोसेको अधिकार पुनर्स्थापित गर्न भन्दै अस्थायी शिक्षकले आज प्रदर्शन गर्दै

काठमाडौं । लोकतन्त्रले अस्थायी शिक्षकको अधिकार खोसेको भन्दै अस्थायी शिक्षकहरुले मंगलवार शान्तिवाटीकामा प्रदर्शन गर्ने भएका छन् । उनीहरुले २०६६ माघ २४ को सर्वोच्च अदालतको फैसला अनुसार सवैखाले अस्थायी शिक्षकलाई परीक्षा र सुविधाको मौका दिनुपर्ने माग अघि सार्दे आन्दोलित भएका हुन् । राणा र पञ्चायतकालमा अस्थायी शिक्षकले पाएका अधिकार २०६० सालमा प्रजातन्त्रले खोसेको आरोप लगाउँदै अस्थायी शिक्षकहरु आन्दोलित भएका हुन् । प्रजातन्त्रले खोसेको अधिकार तत्कालीन ...

अस्थायी शिक्षक अनसन विरुद्ध विद्यार्थी पनि अनसनमा, खुला विज्ञापनको माग

काठमाडौं । अस्थायी शिक्षकहरुको अनसनका विरुद्ध विद्यार्थीहरुले पनि आमरण अनसन शुरु गरेका छन् । ३ जना अस्थायी शिक्षकका विरुद्ध ५ जना विद्यार्थीहरु अनसनमा बसेका हुन् । शतप्रतिशत दरवन्दीमा आन्तरिक विज्ञापन हुनुपर्ने भन्दै भद्रकालीमा अस्थायी शिक्षकहरुले आमरण अनसन बसेपछि त्यसको विरुद्धमा शतप्रतिशत दरवन्दीमै खुला विज्ञापन हुनुपर्ने भन्दै विद्यार्थीहरुले माइतीघर मण्डलामा अनसन शुरु गरेका हुन् । शिक्षा ऐनको नवौं संशोधनले ७५ प्रतिशत दरवन्दीमा आन्तरिक विज्ञा ...

शिक्षामा प्रतिस्पर्धी बन्दै चितवन

भरतपुर । नतिजाकै कारण संस्थागतभन्दा कमजोर देखिएपछि सामुदायिक विद्यालयले आलोचना खेप्नुपर्‍यो। प्रवेशिका परीक्षाको नतिजासँग तुलना गर्दै मूल्यांकन गर्दा सन्तोषजनक अवस्था नभेटिएपछि ठूलै बहसको विषय बन्यो। तर, केही वर्षयता निजीको सिको गर्न थालेपछि शिक्षामा प्रतिस्पर्धा भित्रिएको छ। शैक्षिक उपलब्धि हासिल गर्नकै लागि विद्यालयबीच प्रतिस्पर्धा सुरु हुन थालेको छ। मुख्य गरेर माध्यमिक तहको पढाइमा प्रतिस्पर्धा देखिन सुरु भएको छ । अभिभावक पनि माध्यमिक शिक् ...

कक्षा एकमा भर्ना हुने घटे

काठमाडौं । सरकारले विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालयभित्र ल्याउने उद्देश्यसाथ बर्सेनि वैशाख १ गतेदेखि भर्ना अभियानै सुरु गर्छ। अभियानअन्तर्गत स्कुलहरूले विभिन्न कार्यक्रम गरी नानीहरूलाई सकेसम्म स्कुलमा भर्ना गराएर पढाउने लक्ष्य हुन्छ । यो वर्ष पनि वैशाख १ गतेका दिन ‘हामी सबैको इच्छा, सबैको पहुँचमा समन्यायिक गुणस्तर शिक्षा’ भन्ने नारासहित स्कुलहरूमा भर्ना अभियान गर्न सरकारी निर्देशन छ। तर, सरकारी तथ्यांक हेर्दा बर्सेनि कक ...

अस्थायी शिक्षकको विरुद्ध विद्यार्थी पनि आमरण अनसनमा, आन्तरिक विज्ञापन खारेजीको माग

काठमाडौं । अस्थायी शिक्षकहरुको अनसन विरुद्ध विद्यार्थीहरु पनि आमरण अनसन बस्ने भएका छन् । शिक्षा शास्त्र पढेका र लाइसेन्स लिएका विद्यार्थी सोमबारदेखि शतप्रतिशत दरवन्दीमा खुला विज्ञापनको माग राख्दै माइतीघर मण्डलामा अनसन बस्न लागेका हुन् । नवौं शिक्षा ऐन संशोधन खारेज गर्दै शतप्रतिशत दरवन्दीमा खुला विज्ञापन गर्नुपर्ने माग राख्दै संघर्षरत विद्यार्थीहरु अनसन बस्न लागेका हुन् । मोरङका राजन लम्साल, भोजपुरका मिलन बास्तोला र बाजुराका हेमराज थापा ...

अस्थायी शिक्षकको आमरण अनसन बारे बुझ्नै पर्ने तथ्य

काठमाडौं । चैत २३ गतेको परीक्षा स्थगित गर्न माग गर्दै भद्रकालीमा चारदिन देखि अस्थायी शिक्षकहरु आमरण अनसन बस्दै आएका छन् । गत बुधवार देखि बारा कोल्वीस्थित नेपाल राष्ट्रिय प्राविका शिक्षक धर्मेन्द्र ठाकुर र नुवाकोट शिवपुरीको स्याउरीभूमि माविका शिक्षक नरबहादुर बस्नेत बुधबार परीक्षा स्थगित गर्ने सहितका चारबुँदे माग राखेर आमरण अनसन बसेका हुन् । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएका अनसनरत शिक्षकहरु चैत २३ को परीक्षा स्थगित नभएसम्म अनसन नतोड्ने बताउँछन् ...

मन्टेश्वरी : भ्रम र यथार्थ

अभिषेक घिमिरे काठमाडौं । मन्टेश्वरी भनेको त्यस्तो आधुनिक शिक्षा विधि हो जहाँ विद्यार्थीहरु आत्म-निर्दे्शित अर्थात् रुचिकर गतिविधिहरुमा तल्लीन रहन्छन। सबै इन्द्रीयहरुको प्रयोग मार्फत आफैंले छोएर, हेरेर, गरेर अनि व्यक्तिगत वा समुहगत रुपमा विभिन्न क्रियाकलाप अथवा खेलमा सहभागी हुँदै सिक्न अग्रसर रहन्छन । मन्टेश्वरी कक्षामा विद्यार्थीहरुले के सिक्ने भन्ने आफैं निर्धारण गर्दछन र शिक्षकले विद्यार्थीको उमेर समूहको आधारमा सोही किसिमको सहजीकरण तथा वा ...

एसईई अंग्रेजी प्रश्नपत्रमा त्रुटि

लमजुङ  । यसवर्षको एसईई परीक्षाको पहिलो दिन बिहीबारका लागि परीक्षार्थीलाई बाँडिएको अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्रमा त्रुटि भेटिएको छ । बेंसीसहरस्थित भूपू सैनिक आवासीय माविका प्रधानाध्यापक एवं केन्द्राध्यक्ष विनोद गुरुङले प्रश्नपत्रमा त्रुटि भेटेपछि शिक्षा कार्यालयका उपजिल्ला शिक्षा अधिकारी श्रीप्रसाद भट्टराईलाई भनेका थिए । उनले शिक्षा अधिकारी गोपालप्रसाद कँडेललाई खबर गरी त्रुटिबारे बताएको र त्यसपछि परीक्षा नियन्त्रण कार्यालयमा सम्प ...

चैत २३ को परीक्षा तोकीएकै समयमा गर्न युएण्टोको माग

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)ले अस्थायी शिक्षकहरुको परीक्षा चैत २३ मै गर्न सरकारसँग माग गरेको छ । संगठनले शिक्षा ऐनले व्यवस्था गरे बमोजिम ७५ प्रतिशत दरवन्दीमा कानूनीरुपले नै आन्तरिक प्रतिस्पर्धा हुनेगरी तोकिएकै समयमा परीक्षा गर्न माग गरेको हो । संगठनका अध्यक्ष शंकर अधिकारीले विधिसम्मत र व्यवहारिक रुपमा ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धा हुनेगरी तोकिएकै मितिमा परीक्षा हुनुपर्ने बताएका हुन् । परीक्षा नहुँदा उमेरहदका कारण अस्थायी श ...

नेपालमै पहिलो पटक अन्तर्राष्ट्रियस्तरको अंग्रेजी भाषाको प्रशिक्षण केन्द्र सञ्चालन हुँदै

काठमाडौँ । तपाईंको अंग्रेजी कमजोर छ ? चिन्ता नलिनुस् ‘न्यो लिङ्वा इन्टरनेशनल करियर सेन्टर’ (एनएलआइसीसी)ले नेपालमा पहिलो पटक आउँदो सातादेखि अन्तर्राष्ट्रियस्तरको अंग्रेजी भाषाको प्रशिक्षण केन्द्रको सञ्चालन गर्ने भएको छ। काठमाडौंमा 'युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी यु टि एस इन्सर्च 'को संयुक्त प्रयासमा अंग्रेजी भाषाको प्रशिक्षण केन्द्रको स्थापना गरिने भएको हो । सोही अवसरमा समुद्घाटन समारोह पूर्वसन्ध्यामा एनएलआइसीसीले आफ्नै कार्यालय महा ...

निजीका प्रतिस्पर्धी सामुदायिक विद्यालय

काठमाडौं । बाफलमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा दुई हजार एक सय विद्यार्थी अध्ययनरत छन्। यस विद्यालयमा हरेक वर्ष भर्ना हुन जम्मा भएका विद्यार्थीको भीडले कुनै नाम चलेका निजी विद्यालयको झल्को मेटाइदिन्छ। नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुने यस विद्यालयमा दैनिक ४४ वटा कक्षामा पढाइ हुन्छ। नर्सरीदेखि नै हरेक कक्षामा तीन वटासम्म सेक्सन छन्। ‘विद्यार्थी चाप थेगिनसक्नु छ, सीमित स्रोत र साधन भएका कारण चाहेर पनि हरेक वर्ष भर्ना हुन आउने सबै व ...

आजदेखि एसईई परीक्षा शुरु, झण्डै पाँचलाखले परीक्षा दिँदै

काठमाडौँ । आजबाट देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । परीक्षाको पहिलो दिन बिहीबार विद्यार्थीले बिहान ८ बजे देखि अनिवार्य अंग्रेजी र वेद विद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा दिइरहेका छन् । परीक्षामा ७७ वटै जिल्लाका ९ हजार ९ सय ८८ विद्यालयका ४ लाख ८५ हजार ५ सय ८६ विद्यार्थीेले एक हजार ९ सय ५६ केन्द्रमा परीक्षा दिइरहेका छन् ।जसमा नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ रहेका परीक्षा नियन्त्रण क ...

शिक्षा मन्त्रालयले शिक्षक विज्ञापनका सम्बन्धमा सर्वोच्चलाई लिखित जवाफ पठाउँदै

काठमाडौं । शिक्षा मन्त्रालयले २०६६ माघ २४ को फैसला अनुसार किन विज्ञापन नगरी ऐन संशोधन गर्नु परेको हो भन्ने सर्वोच्च अदालतको कारण देखाउ आदेशको लिखित जवाफ विहिवार पठाउने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलाशले अस्थायी शिक्षकहरुलाई २०६६ को सर्वोच्चको आदेश अनुसार व्यवस्थापन नगरी किन ऐनको नवौं संशोधन गर्नुपरेको हो ? नवौं संशोधन किन खारेज गर्न नपर्ने हो ? भन्दै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको थियो । सो आदेश सर्वोच्चले चैत २ मै पठाएपनि मन ...

शिक्षक संघका अध्यक्ष पौडेललाई एकजना शिक्षकको २० प्रश्न

दीपकचन्द्र ओझा सर्वप्रथम त नेपाल शिक्षक संघको संघीय कार्यसमतिको अध्यक्ष जस्तो गरिमामय पदमा राजेन्द्रराज पौडेलज्यू निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा कार्यकालको पूर्ण सफलताको शुभकामना दिन चाहन्छु । नेपाल शिक्षक संघ नेपाली कांग्रेसको सुभेच्छुक तथा शिक्षकहरुको पेशागत संस्था हो । विभिन्न गुट उपगुटमा विभाजित नेपाल शिक्षक संघको आठौं महाधिवेशनबाट राजेन्द्रराज पौडेलको अध्यक्षतामा नयाँ नेतृत्वको चयन भएको छ । नेपालका शिक्षकहरुको नाममा राजनीति गरेर सेवा ...

शिक्षक लाइसेन्स परीक्षा अब विषयगत रूपमा

काठमाडौँ । शिक्षक सेवा आयोगले शिक्षण अनुमतिपत्र (लाइसेन्स) को आगामी परीक्षा विषयगत रूपमा लिने गरी तयारी अघि बढाएको छ ।   निम्न माध्यमिक र माध्यमिक तहका शिक्षकले उक्त परीक्षा उत्तीर्ण गरेर विषयगत रूपमा लाइसेन्स पाउनेछन् । त्यसैका आधारमा उनीहरूले अध्यापन गराउन पाउनेछन् । आयोगका प्रशासकीय अधिकृत तथा सहसचिव तुलसीप्रसाद थपलियाले विषयगत रूपमा अनुमतिपत्रको परीक्षाका लागि पाठ्यक्रम बन्ने क्रममा रहेको जानकारी दिए । ‘यसअघि एउटै पाठ्यक्रमका आधार ...

निजी विद्यालयमा चर्को शुल्क : सरकारी वकिलद्वारा फाइल फिर्ता

काठमाडौं । विद्यार्थीसँग चर्को शुल्क उठाइरहेका निजी विद्यालयविरुद्ध ठगी मुद्दा चलाउन आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले दर्ता गराएको अभियोगपत्र सरकारी वकिलको कार्यालयले विभागमै फिर्ता पठाएको छ। ठगीअन्तर्गत मुद्दा दायर गर्न राय माग गर्दै विभागले दर्ता गरेको अभियोगपत्रमा पर्याप्त प्रमाण नपुगेको भन्दै वकिलको कार्यालयले फिर्ता पठाइदिएको हो। विभागले दुई साताअघि द चाँदबाग स्कुलविरुद्ध काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालय र रातो बंगल ...

जहाँ ७७ जिल्लाकै विद्यार्थी पढ्छन्

काठमाडौं । काठमाडौंमा एउटा यस्तो विद्यालय छ, जहाँ ७७ जिल्लाका विद्यार्थी पढ्छन् । काठमाडौंका धनाढ्यदेखि सामान्य किसानका छोराछोरीसम्मले अध्ययन गर्ने विद्यालय हो, काठमाडौंको बूढानीलकण्ठ नगरपालिकास्थित बूढानीलकण्ठ माध्यमिक विद्यालय । यो विद्यालयमा तत्कालीन युवराज दीपेन्द्र शाहले पनि पढेका थिए। देशकै नामी यस विद्यालयको शैक्षिक गुणस्तर आधुनिक प्रणालीको छ । हरेक कक्षामा कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला तथा अन्य अतिरिक्त प्रयोगात्मक कक्षाकोठा छन् । ...

बढ्यो स्ववियु चुनावको रौनक

  लेखनाथ । पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन चुनावको सरगर्मी ह्वात्तै बढेको छ । चैत २१ का लागि तोकिएको चुनाव पहिलोपल्ट हुन लागेकाले पनि विद्यार्थीहरू उत्साही छन् । विद्यार्थी संगठनका तुल, ब्यानर र झन्डाले क्याम्पस रंगीचंगी देखिएको छ । बिहानको चियादेखि दिउँसोको खाजासम्म विद्यार्थीबीच चुनावकै विषयमा छलफल चल्छ । क्याम्पसमा एमालेनिकट अनेरास्ववियु, कांग्रेसनिकट नेपाल विद्यार्थी संघ, माओवादीनिकट अखिल क्रा ...

चैत २३ को परीक्षा स्थगित गर्न नेपाली सेनाको सहयोग मागिने

काठमाडौं । अस्थायी शिक्षकहरुले चैत २३ गतेको परीक्षा स्थगित गर्न नेपाली सेनासँग सहयोग माग्ने भएका छन् । सरकारले २०६६ माघ २४ को सर्वोच्च अदालतको फैसला बमोजिम विज्ञापन नगरेर अस्थायी शिक्षकहरु माथि अन्याय गरेको भन्दै अस्थायी शिक्षकहरुले न्यायका लागि नेपाली सेनाको गुहार माग्ने भएका हुन् । अस्थायी शिक्षकहरुले यसअघि पनि न्यायका लागि भन्दे नेपाली सेना र पूर्व राजा ज्ञानेन्द्रसमक्ष न्यायको लागि निवेदन दिएका थिए । शिक्षा ऐनको आठौं र नवौं संशोधन खारेज गर्न ...

जिल्ला शिक्षा कार्यालय तत्काल खारेज नहुने

काठमाडौं । जिल्ला शिक्षा कार्यालयहरु तत्काल खारेज नहुने भएका छन् । आगामी चैत्र २८ गतेपछि जिल्ला शिक्षा खारेज हुने भनिएपनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल जिल्ला शिक्षा कार्यालय खारेज नगरिने जनाएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले चैत्र २८ मै जिल्ला शिक्षा कार्यालयहरु भंग नगरिने बताए । जिल्ला शिक्षा कार्यालयहरु अहिलेकै अवस्था र स्वरुपमा नरहने भएपनि तत्काल भंग नगरिने उनले स्पष्ट पारे । एकीकृत अखिन नेपाल शि ...

सवा लाख युवालाई सीप दिन ६ अर्बको कार्यक्रम

काठमाडौं ।  शिक्षा मन्त्रालय अन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट दोस्रो)ले एक लाख १५ हजार युवालाई सीपयुक्त जनशक्ति तयार पार्ने भएको छ । नतिजा र भौचरमा आधारित तालिम दिएर सीपयुक्त जनशक्ति तयार पार्ने कार्यक्रम सुरु गरेको हो । इभेन्ट परियोजनाका निर्देशक टेकनारायण पाण्डेले बजारमा माग भएका विषयमा छोटो अवधिको तालिम दिने बताए । सीपयुक्त तथा रोजगार उन्मुख जनशक्तिको आपूर्ति बढाउन गुणस्तरीय तालिमको पहुँच वृद्धि गरी प्राव ...

‘अदालतको आदेश बाहेक अन्य कुनै कारणले परीक्षा रोकिन्न’

काठमाडौं । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुको परीक्षा सञ्चालनमा बाधा हुने गरी कतैबाट अवरोध नभएको जनाएको छ । परीक्षा निर्धारित समयमै हुनेसमेत आयोगले स्पष्ट पारेको छ । आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलिया परीक्षा नै स्थगित हुनेगरी कतैबाट समस्या नआएको भन्दै सानातिना अवरोधहरु छिचोल्दै परीक्षा निर्धारित समयमै गराएरै छाड्ने बताए । शिक्षक विद्यार्थीको आन्दोलन के का लागि भइरहेको भन्ने आफूलाई जानकारी नभएको र अदालतले समेत अहिलेसम्म परीक्षाका बारेम ...

३७ वर्षसम्म स्थायी तर पाएनन् पेन्सन

  रोशन क्षेत्री गाउँले /काठमाडौं आदर्श मावि परासी, नवलपरासीका लेखापाल चन्द्रभुषण उपाध्यायले २०३५ सालमा तत्कालीन जिल्ला शिक्षा आयोग उत्तीर्ण गरी स्थायी नियुक्ति लिनुभयो । २०३५ सालमा विद्यालयमा नियुक्त हुनुभएको उहाँले २०३७ असार ७ गते जिल्ला शिक्षा आयोगमा नाम निकाल्न सफल हुनुभयो । पछि उहाँलाई तत्कालीन जिल्लास्थित शिक्षा शाखाले २०३७ असोज २ गते देखि लागू हुनेगरी स्थायी नियुक्ति दियो । नियुक्ति अनुसार उहाँलाई विद्यालयले खरदारसरहको तलब दिन थाल्यो ...

१० पढ्दै, छाड्दै

काठमाडौँ । सरकारले दुई वर्षदेखि कक्षा १० मा अनुत्तीर्ण हुने प्रणाली खारेज गरेर ग्रेडिङबाट नतिजा सार्वजनिक गर्न सुरु गर्‍यो । शिक्षामन्त्रीदेखि कर्मचारीसम्मले यो प्रणालीमा कोही पनि फेल नहुने हल्ला चलाए । परीक्षा दिएका सबैले पढ्न पाउने प्रचार गर्न पनि भ्याए । तर, त्यसयता विद्यार्थी र शिक्षक दुवैमा पठनपाठनप्रति विगतमा भन्दा बढी ‘अल्छीपन’ देखिएको छ । त्यसको असरसमेत देखिन थालेको छ । सरकारको नीतिगत कमजोरीका कारण पछिल्ला दुई वर्षमा ...

एसईईमा ४ लाख ८५ हजार परीक्षार्थी

काठमाडौँ । चैत ८ देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । नयाँ पाठ्यक्रममा आधारित यो पहिलो परीक्षा हो । बोर्डका अनुसार ७७ वटै जिल्लामा सञ्चालन हुने परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी हुनेछन् । एक हजार ९ सय ५६ परीक्षा केन्द्रमा सञ्चालन हुने एसईईमा नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ विद्यार्थी रहेको जानकारी परीक्षा नियन्त्रक अम्बिका रेग्मीले ...

शिक्षक संघको अध्यक्षमा पौडेल निर्वाचित

काठमाडौं । नेपाल शिक्षक संघको अध्यक्षमा राजेन्द्र राज पौडेल निर्वाचित भएका छन् । पौडेलले अध्यक्षमा केशव निरौलालाई पराजित गरेका हुन् । संघको आठौं महाधिवेशनमा पौडेल र निरौला समुह बनाएर प्रतिस्पर्धा गरेका थिए । पौडेल समुहका अधिकांश विजयी भएका हुन् । पौडेलले ३२४ मत ल्याउदा निरौलाले २५६ मत मात्रै पाएका हुन् । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा यम पि भुसाल विजयी भएका छन् । भुसालले ३१५ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी विष्णुदेवि पाण्डेले २५३ मत मात्रै प ...

बदलिँदै पाठ्यक्रम : कक्षा १ र ११ को पुस्तक यसै वर्ष फेरिने

काठमाडौँ  । कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ । शिक्षा ऐनको आठौं संशोधनसँगै उच्च माध्यमिक शिक्षा परिषद् खारेज भएपछि संघीय संरचनाअनुकूल हुने गरी विद्यालय तहको नयाँ पाठ्यक्रम बनाउन लागिएको हो ।   ‘संघ, प्रदेश र स्थानीय तहलाई जोड्ने गरी विद्यालय तहको नयाँ पाठ्यक्रम ल्याउन लागेका हौं,’ पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले भने । परिषद् गठन भएको १७ वर्षपछि कक्षा ११ र १२ को पुस्तक ...

परीक्षा शुल्क नगरपालिकाले तिर्ने

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगर क्षेत्रमा रहेका निजी विद्यालयले कक्षा ८ को परीक्षा शुल्कबापत विद्यार्थीबाट लिँदै आएको शुल्क व्यहोर्ने भएको छ। चैत ८ गतेदेखि कक्षा ८ को आधारभूत तहको अन्तिम परीक्षा सञ्चालन हुँदै छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा शिक्षासम्बन्धी २३ वटा अधिकार स्थानीय तहलाई दिएको छ। शिक्षासम्बन्धी अधिकारअन्तर्गत विद्यार्थीबीच समान पहुँच पुर्‍याउने उद्देश्यले निजी विद्यालयको परीक्षा व्यवस्थापन र सञ्चालन खर्च नग ...

सरकारी र निजी स्कुलमा एउटै पोसाक

काठमाडौं । दोलखाको भीमेश्वर नगरपालिका भित्रमा रहेका सम्पूर्ण सरकारी तथा निजी स्कुलमा अध्ययनरत विद्यार्थीले एकै प्रकारको पोसाक लगाउने भएका छन् । आउने शैक्षिक सत्रदेखि यो व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका मेयर भरतबहादुर केसीका अनुसार सरोकारवालासँग समेत छलफल गरेर यस्तो निर्णय गरिएको हो। ‘निजी स्कुल सञ्चालकसँग पनि यसबारे सहमति भइसकेको छ। वैशाखदेखि कार्यान्वयनमा जान्छौं’, केसीले भने।संविधानले माध ...

शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण

काठमाडौं  । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले पदभारग्रहण गरेका छन् । राष्ट्रपतिसँग सपथ लिएसँगै पार्टी कार्यालय पुगी सहिदहरुको शालिकमा माल्यार्णपण गरि उनी साँझ साढे सात बजेतिर मन्त्रालय पुगेका थिए । मन्त्रालयमा विज्ञान तथा प्रविधिका सचिव डा. सञ्जय शर्मा र शिक्षा सचिव मधुप्रसाद रेग्मीले संयुक्त रुपमा स्वागत गरेका थिए । साँझ मन्त्रालयमा मनत्री पोखरेललाई स्वागत तथा बधाइदिन कर्मचारीहरुको भिड नै लागेको थियो । शिक्षाका सहस ...

शिक्षक संघको महाधिवेशन शुरु, नेतृत्वमा गुटगत प्रतिस्पर्धा

काठमाडौं । नेपाल शिक्षक संघको आठौं संघीय महाधिवेशन बिहिवार देखि काठमाडौंमा सुरु भएको छ । संघका संस्थापक अध्यक्ष देवेन्द्रप्रसाद उपाध्यायले राष्ट्रिय सभार्गहमा आयोजित भव्यसमारोहका बीच महाधिवेशनको उद्घाटन गरेका हुन् । महाधिवेशनको उद्घाटन गर्दै उपाध्यायले शिक्षकहरु अब गुरु बन्नुपर्ने बताए । विद्यार्थीहरुलाई कक्षाकोठामा पढाउने होइन जीवनउपयोगी सीप सिकाउनुपर्नेमा जोड दिँदै उपाध्यायले शिक्षक स.घले अब शिक्षक मर्यादा रषाको लागि काम गर्नुपर्ने धारणा व्यक्त ...

मन्त्री नहुँदा शिक्षा मन्त्रालय अस्तव्यस्त

काठमाडौं ।‘मन्त्री वा उच्च राजनीतिक नेतृत्वको सिफारिसबिना काम लिएर आउने सेवाग्राही त १० प्रतिशत पनि रहेनछन्’, विभागीय मन्त्री नपाउँदा सुनसान शिक्षा मन्त्रालयका एक सहसचिव भन्दै थिए, ‘हामीलाई कामको चाप त घटेको छ नै, महत्वपूर्ण काम गर्ने बेलामा मन्त्री नहुँदा धेरै काम अड्किएका छन्।’ मन्त्रालय समायोजनसँगै अहिले अन्य दुई मन्त्रालय गाभिएर बनेको शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय हिजोआज सुनसानप्रायः बनेको छ। ...

सर्वोच्च अदालतले भन्यो– ‘विद्यालय कर्मचारीहरुको स्थायी प्रक्रिया तत्काल शुरु गर’

काठमाडौं । सर्वोच्च अदालतले विद्यालयका कर्मचारीहरुलाई तत्काल सुविधा दिन शिक्षा मन्त्रालयको नाममा आदेश जारी गरेको छ । सर्वोच्चले बुधवार यसअघि अदालतले गरेको फैसला सदर गर्दै तत्काल स्थायी प्रक्रिया शुरु गर्न आदेश जारी गरेको हो । देवी मावि छम्पी ललितपुरका पियन हरिप्रसाद सापकोटाले सर्वोच्च अदालतले पटक–पटक फैसला र आदेश जारी गर्दा पनि शिक्षा मन्त्रालयले विद्यालय कर्मचारीको स्थायी प्रक्रिया शुरु नगरेको भन्दै तत्काल कार्यान्वयनको माग गर्दै सर्वोच्च ...

‘शिक्षकहरुबीच लोकप्रिय भएपनि दलीय गुटमा नहुँदा अन्यायमा परेँ’

  विष्णुदेवि पाण्डेमहिला उपाध्यक्ष एवं अध्यक्षकी उम्मेदवारनेपाल शिक्षक संघ काठमाडौं । शिक्षकहरुबीच लोकप्रिय हुँदा हुँदै पनि दलिय गुटमा नुहँदा आफु माथि अन्याय भएको नेपाल शिक्षक संघकी महिला उपाध्यक्ष विष्णुदेवि पाण्डेले बताएकी छन् । २०५३ देखि शिक्षक संघको केन्द्रिय राजनीतिमा भिजेकी उनलाई यसपटक शिक्षक संघको अध्यक्षको उम्मेदवारको रुपमा हेरिएको थियो । कांग्रेसका वरिष्ठ नेताहरुले समेत अध्यक्ष बनाउने आश्वासन दिएको उनी बताउँछिन् । तर, कांग्रेसका वरि ...

'गुटमुक्त, अनुसन्धान र प्रविधिमुखी शिक्षकसंघ निर्माणका लागि मेरो उम्मेदवारी'

नेपाल शिक्षक संघको ८ औं संघीय महाधिवेशन भोलि ११ बजे राष्ट्रिय सभागृहमा ११ बजे उद्घाटन हुँदैछ । संघको महाधिवेशनमा विभिन्न नेताहरुले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । हामी क्रमिकरुपमा अध्यक्षका उम्मेदवारहरुका आगामी कार्ययोजना प्रस्तुत गर्दै जानेछौं ।सं     किशोरदत्त बरालअध्यक्षका उम्मेदवारनेपाल शिक्षक संघ तपाईंको उम्मेदवारी केका लागि ? सवैभन्दा पहिले शिक्षकहरुको हक अधिकार सुनिश्चित बनाउँदै पेशागत आन्दोलनलाई मर्यादित बनाउनु नै मेरो उद्देश्य हो ...

अब स्थानीय तहले शिक्षकलाई कार्बाही पनि गर्न पाउने

काठमाडौँ । स्थानीय तहहरुले कर्तव्य पुरा नगर्ने शिक्षकहरुलाई कार्बाही गर्न पाउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तहले कर्तव्य पुरा नगर्ने शिक्षकहरुलाई कार्बाही गर्न सक्ने बताएका हुन् । अब शिक्षक कर्मचारीहरु स्थानीय तह प्रति नै उत्तरदायी हुनेभएकाले कार्बाहीको अधिकार पनि स्थानीय तहलाई नै भएको थपलियाले स्पष्ट पारे ।  शिक्षा पत्रकार समूहले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै थ ...

चैत्र २३ को परीक्षा स्थगित नगरिए परीक्षा केन्द्र नै कव्जा हुने

काठमाडौं । अस्थायी शिक्षकहरुले शिक्षक सेवा आयोगले चैत २३ को परीक्षा स्थगित नगरे परीक्षा केन्द्र नै कव्जा गर्ने चेतावनी दिएका छन् । उनीहरुले परीक्षा केन्द्र नै कव्जा गरेर भएपनि परीक्षा हुन नदिने जनाएका हुन् । अस्थायी शिक्षक संघर्ष समिति, छुट, करार तथा अस्थायी शिक्षक संघर्ष समितिले तत्काल परीक्षा खारेज गरेर शिक्षा ऐनको दशौं संशोधन मार्फत सवै अस्थायी शिक्षकहरुलाई समानरुपमा परीक्षा र सुविधाको मौका दिन माग गरेको हो । यदी परीक्षा स्थगित नगरिए परीक्षा ...

ग्रेड बढाउन सबै विषयमा प्राक्टिकल

  काठमाडौं । आउँदो चैत ८ गतेदेखि सुरु हुने कक्षा १० माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सहभागिता जनाउने सबै विद्यार्थीले यस वर्षदेखि गणितबाहेक सबै अनिवार्य विषयमा प्राक्टिकल दिनुपर्ने भएको छ ।पाठ्यक्रम विकास केन्द्रका अनुसार यो वर्ष कक्षा १० को सबै विषय परिवर्तन भएको छ । सो अनुसार २५ नम्बरको प्राक्टिकल र ७५ नम्बरको सैद्धान्तिक परीक्षा हुनेछ । पाठ्यक्रम विकास केन्द्रका उप–निर्देशक युक्तप्रसाद शर्माले सबै विद्यार्थीको राम्रो ग्रेड आउने ल ...

छिट्टै प्रादेशिक शिक्षा ऐन जारी हुने

काठमाडौं । ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले प्रादेशिक शिक्षा ऐन छिट्टै जारी हुने बताएका छन् । समृद्ध प्रदेश शिक्षा सुधार बिना सम्भव नभएको भन्दै उनले शिक्षामा रुपान्तरणका लागि छिट्टै प्रादेशिक शिक्षा ऐन जारी हुने बताएका हुन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनको  ३ नम्बर प्रदेशले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै मन्त्री दुलालले शिक्षामा सुधार भन्दा रुपान्तरण आवश्यक रहेको बताए । बामपन्थी प्रदेश सरकारले निर्वाचनका बेला ग ...

शिक्षा सुधार्ने १० खर्बको योजना संकटमा

काठमाडौं । विद्यालय शिक्षाको गुणात्मक विकासका लागि शिक्षा मन्त्रालयले अघि सारेको महत्वाकांक्षी कार्यक्रम विद्यालय क्षेत्र सुधार योजना (एसएसडीपी) समस्यामा परेको छ। विश्व बैंक, एसियाली विकास बैंक, नर्वेलगायत विदेशी विकास साझेदार निकाय र सरकारको संयुक्त लगानीमा ल्याइएको सातबर्से योजना कार्यान्वयन गर्न शिक्षा मन्त्रालयले समयमै कार्ययोजना नबनाउदा संकटमा परेको हो। देश संघीय संरचनामा जानुअघि नै बनाइएको योजना संघीय संरचनाअनुसार कसरी अघि बढाउने स्पष ...

शिक्षा मन्त्रालयमा तीन सचिव, नौ महाशाखा, ४० शाखा प्रस्ताव

काठमाडौं ।  तीनवटा मन्त्रालय गाभिएपछि शिक्षा मन्त्रालयको नयाँ सांगठनिक संरचनाको प्रस्ताव तयार भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयमा तीन सचिव र नौवटा महाशाखा रहने सांगठनिक प्रस्ताव तयार भएको हो अहिले समायोजन भएका शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुल मन्त्रालय छुट्टाछुट्टै हेर्ने गरी तीन सचिव रहने प्रस्ताव छ ।   तीन सचिवले आ–आफ्नो काम र जिम्मेवारीका लागि सीधै मन्त्रीसँग सम्पर्क हुने गरी सांगठनिक संरचनाको प्रस् ...

शिक्षक महासंघको अध्यक्षमा थापा

काठमाडौं । नेपाल शिक्षक महासंघको अध्यक्षमा बाबुराम थापा निर्वाचित भएका छन् । महासंघको प्रथम महाधिवेशनले रुद्रायणी मावि खोकना ललितपुरका प्रधानाध्यापक समेत रहेका थापालाई सर्वसम्मतरुपमा निर्वाचित गरेको हो । महासंघको महाधिवेशनले थापाको अध्यक्षतामा १९ पदाधिकारी सहित ६१ सदस्यीय नयाँ कार्यसमिति सहमतिका आधारमा सर्वसम्मत चयन गरेको हो । थापा सार्क शिक्षक महासंघका पूर्व अध्यक्ष एवं नेपाल राष्ट्रिय शिक्षक संगठनका वर्तमान अध्यक्ष हुन् । खरो र निडर स्वाभावका म ...

मध्यरातमा महासंघमा सहमति : संगठनले अध्यक्ष, संघले महासचिव र युएण्टोले सह–अध्यक्ष पाउने

  काठमाडौं । मध्यरातमा नेपाल शिक्षक महासंघको पदाधिकारीमा सहमति जुटेको छ । आइतबार राती ११ बजे महासंघको पदाधिकारीमा सहमति जुटेको हो । सहमति अनुसार नेपाल राष्ट्रिय शिक्षक संगठनले अध्यक्ष, एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)ले सह–अध्यक्ष, नेपाल शिक्षक संघले महासचिव पाउने भएका छन् । यसैगरी अखिल नेपाल शिक्षक संगठन(एण्टो)ले महिला उपाध्यक्ष र अखिल नेपाल शिक्षक संघले उपाध्यक्ष पाउने सहमति भएको महासंघले जनाएको छ । सहमती अनुसार शिक्षक संगठनले अध्यक्ष सह ...

शिक्षक महासंघको महाधिवेशन : नेतृत्व चयनमा विवाद

काठमाडौं । नेपाल शिक्षक महासंघको प्रथम महाधिवेशनमा नेतृत्व चयनमा विवाद देखिएको छ । शुक्रवार उद्घाटन भएको महाधिवेशनले सोमबार पदाधिकारी घोषणा गर्ने भनिएपनि सम्भव नहुने देखिएको हो । उदघाटन भएकै दिनदेखि नेतृत्वमा सहमति खोज्ने प्रयास भएपनि आजसम्म सहमति भइसकेको छैन । आइतवार अवेर रातीसम्म महासंघका आवद्ध र सम्वद्ध संगठनहरुका अध्यक्ष मण्डलको वैठक बसेपनि नेतृत्व बारे सहमति हुन सकेको छैन । महासंघको अध्यक्ष पदमा अझै सहमति जुटेको छैन भने पदाधिकारमिा समेत विवा ...

ताप्लेजुङका प्रधानाध्यापकद्वारा शैक्षिक सुधारका ४२ बुँदा

ताप्लेजुङ । १० दिनसम्म सदरमुकाम फुङलिङमा बसेर छलफल गरेका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकले ४२ बुँदे शैक्षिक विकास घोषणापत्र तयार पारेका छन् । उनीहरूले त्यसलाई कार्यान्वयनमा ल्याउने र तत्काल प्रगति देखाउने प्रतिबद्धता पनि जनाएका छन्। छलफलको वातावरण ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले मिलाइदिएको हो। जिल्ला शिक्षा कार्यालय र शैक्षिक जनशक्ति विकास केन्द्रसँगको समन्वयमा विज्ञहरूको उपस्थितिमा नेतृत्व तथा व्यवस्थ ...

चुहिने छानोमुनि पढाइ

  बाजुरा । हिमाली गाउँपालिकाको भवनसँगै जोडिएको छ, भवानी प्रस्तावित निम्न माध्यमिक विद्यालय । २०२६ सालमा स्थापना भएको विद्यालयको भवन जीर्ण छ । छानो पूरै चुहिने भएको छ । पुरानो भवन जीर्ण भएको नयाँ भवनको लागि जिल्लाका विभिन्न निकायसँग माग गर्दा पनि कुनै सरोकारवालाहरुको ध्यान नगएको विद्यालयका प्रधानाध्यापक दलबहादुर मल्ल बताउँछन् । १ सय १५ जना विद्यार्थी अध्ययनरत रहेकोमा कक्षा ८ सम्मको पढाइ हुन्छ । “भौतिक संरचना जिर्ण भएका कारण विद्यार्थीहर ...

कानूनविपरित विद्यालयको जग्गा बिक्री

रोशन क्षेत्री गाउँले/काठमाडौं  सामुदायिक विद्यालयको सम्पत्ति बेच्ने र भाडामा लगाएर आम्दानी गर्ने प्रवृत्ति बढ्दै गइरहेको छ । कानूनतः शिक्षा विभागको स्वीकृतिबिना विद्यालयको जग्गा बिक्री गर्न र भाडामा लगाउन पाइदैन । तर, विद्यालय प्रशासक (व्यवस्थापन समिति/प्रधानाध्यापक)हरुले आफूखुशी स्कूलको जग्गा बेच्ने र भाडामा लगाउने गर्दै आएको प्रमाण भेटिएका छन् । शिक्षा नियमावलीमा विद्यालयको सम्पत्ति बेच्न वा धितो राख्न नपाइने स्पष्ट कानूनी प्रावधान रहेको ...

'शिक्षकका संघसंगठन विघटन गरेर महासंघमा समाहित हुनुपर्छ'

  काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले शिक्षकका संघसंगठन विघटन गरेर शिक्षक महासंघमा समाहित हुनुपर्ने बताएका छन् । अधिकारीले शिक्षक महासंघको प्रथम महाधिवेशनमा स्वागत भाषणका क्रममा संघसंगठनमा विभाजित हुँदा शिक्षक आन्दोलन कमजोर र कलंकित भएको भन्दै एउटै शिक्षक महासंघमा संगठित हुनुपर्ने बताएका हुन् । 'स्थानीय तहमा शिक्षा पुगेपछि सबैभन्दा धेरै प्रहार शिक्षकमा भएका छन्, हाम्रा हाजिरीमा रातो लागेका छन्, अवकाशको पत्र थमा ...

प्राविधिक शिक्षा गाउँ–गाउँ पुर्‍याइँदै

काठमाडौँ  ।सरकारले शिक्षाका संघीय ऐनहरू एक वर्षभित्रै ल्याउने तयारी गरेको छ । रक्षामन्त्री ईश्वर पोखरेलले सबै स्थानीय तहमा व्यावसायिक तथा प्राविधिक शिक्षालय खोल्ने गरी नीतिगत व्यवस्था गर्न लागिएको जानकारी दिए । संघीय ऐन आएपछि क्रमश: प्रादेशिक ऐन बन्दै जाने उनले बताए ।  शिक्षा क्षेत्र सरकारको पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै पोखरेलले मन्त्रिपरिषद्को पहिलो बैठकबाटै शिक्षासम्बन्धी महत्त्वपूर्ण निर्णय लिइएको जनाए । ‘व्यावसायिक, प्राव ...

'शिक्षा बजेट कम्तिमा २० प्रतिशत पुर्याउने सरकारको तयारी'

  काठमाडौं । सरकारले आगामी बजेटमा सार्वजनिक शिक्षामा कम्तिमा २० प्रतिशत वजेट विनियोजन गर्ने भएको छ । बाम गठबन्धनको स्थिर सरकार बनेसँगै शिक्षामा बजेट बढाउन लागिएको हो । रक्षामन्त्री ईश्वर पोखरेलले आगामी वर्ष शिक्षामा कुल बजेटको कम्तिमा पनि २० प्रतिशत शिक्षामा विनियोजन गर्ने सरकारले ततयारी गरेको जानकारी दिए । सत्ताधारी दल नेकपा एमालेका महासचिव समेत रहेका रक्षामन्त्री पोखरेलले निर्वाचन घोषणापत्रको प्रतिवद्धता अनुसार २० प्रतिशत बजेट शिक्षामा खर् ...

महासंघको महाधिवेशन आज, अध्यक्षमा क–कस्को दाबी ?

काठमाडौं । नेपाल शिक्षक महासंघको प्रथम महाधिवेशन आजबाट शुरु हुँदैछ । महाधिवेशन सँगै महासंघको नयाँ नेतृत्वमा को आउला भन्ने चर्चा र चासो शुरु भएको छ । शुक्रवार भृकृतिमण्डपमा प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महाधिवेशनमा देशभरका झण्डै ६ सय प्रतिनिधि पर्यवेक्षकहरुको सहभागीता रहने जनाइएको छ । समानान्तर गतिविधि सञ्चालन गर्दै आएका नेपाल शिक्षक युनियन, शैक्षिक गणतान्त्रिक मञ्च र मधेशी शिक्षक युनियनको व्यानरमा २० ...

‘३ वर्षभित्र नयाँ शिक्षा ऐन’

काठमाडौँ  । कांग्रेस नेता एवं सांसद गगन थापाले अबको ३ वर्षभित्र नयाँ शिक्षा ऐन निर्माण गरिसक्नुपर्ने बताएका छन् । ‘यो काम गर्ने समय हो,’ सांसद थापाले भने, ‘संघीयता अनुकूल हुने गरी शिक्षा क्षेत्रका काम गर्छौं ।’ संविधानले ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र नि:शुल्क तथा माध्यमिक तहसम्मको शिक्षा नि:शुल्क पाउने हक’ को ग्यारेन्टी गरेको भन्दै थापाले त्यसैअनुकूलको शिक्षा ऐन अहिलेको आ ...

खुम्चँदै शिक्षाका संरचना : जिल्ला शिक्षा कार्यालय खारेज गरी डिभिजन बनाइँदै

काठमाडौँ । केन्द्रका अधिकार स्थानीय तहहरूलाई दिइएपछि शिक्षा मन्त्रालयअन्तर्गतका केन्द्रीय निकायको संरचना खुम्चने भएको छ । सरकारको निर्णयमा ३ मन्त्रालय गाभेर शिक्षा, विज्ञान प्रविधि र युवा तथा खेलकुद मन्त्रालय बनाइए पनि संरचना भने चुस्त बनाउने तयारी छ ।   मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीका अनुसार ३ मन्त्रालयको समान महाशाखा रहेको प्रशासन, अनुगमन तथा मूल्यांकन र योजनालाई एउटै बनाउन लागिएको छ । विज्ञान तथा प्रविधि मन्त्रालयले गर्दै आएका क ...

सटरभाडा करोड, संरचना भने जर्जर

काठमाडौँ । दरबारमार्गस्थित तीनधारा पाकशाला (संस्कृत छात्रावास) को सटर भाडाबाट मात्र वार्षिक १ करोड २७ लाख रुपैयाँ उठ्छ । तर ऐतिहासिक महत्त्व बोकेको यसको भित्री अवस्था भने दयनीय छ । विद्यार्थी बस्ने कोठा कामचलाउ छन् भने पुस्तकालय भवन चुहिने बनेको छ । छात्रावासभन्दा पूर्वतर्फ पुराना नुहाउने कोठा छन् । शौचालयहरू कोठाभन्दा टाढा रहेकाले विद्यार्थीले समस्या भोगेका छन् । न यहाँ विद्यार्थीका लागि अतिरिक्त क्रियाकलाप नै छ । सटर भाडाबाट वार्षिक एक कर ...

विद्यालयले जग्गा बिक्री तथा भाडामा लगाउन नपाउने मुद्दामा आज सर्वोच्चमा बहस

काठमाडौं । विद्यालयको सम्पति बिक्री तथा करार गर्न नपाउने मुद्दामा शुक्रवार सर्वोच्च अदालतमा बहस हुने भएको छ । भरतपुरको चितवन माविले गैर कानूनी रुपमा जग्गा बिक्री गरेको तथा जग्गा करार गरेको भन्दै त्यसको बदरको माग राख्दै परेको मुद्दामा शुक्रवार बहस हुने भएको हो । चितवन माविले कानून विपरीत २ विघा १५ कठ्ठा जग्गा चितवन मेडिकल कलेजलाई करार गरेको र ८ कठ्ठा राष्ट्रिय वाणिज्य वैंकलाई र मैयादेवी कन्या कलेजलाई जग्गा बिक्री गरेको जग्गा साथै, २०७४ पौष ७ गते २ ...

यस्तो छ सर्वोच्चको कारण देखाउ आदेशको अर्थ

  काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलाशले बुधवार अस्थायी शिक्षकहरुको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । शतप्रतिशत दरवन्दीमा परीक्षा हुनुपर्ने, शिक्षक लाइसेन्स, तालिम र शिक्षा विषय नभएका तथा लियन राख्ने बस्ने शिक्षकहरुलाई समेत परीक्षामा सहभागी गराउनुपर्ने साथै अस्थायी शिक्षकलाई प्रतिशत, प्रकार र समयसीमामा विभाजित गर्ने शिक्षा ऐनको आठौं र नवौं संशोधनको व्यवस्था खारेज हुनुपर्ने माग राख्दै संवैधानिक इजलाशमा मुद्दा परेको थियो । मु ...

बढी शुल्क लिने स्कुललाई ठगी मुद्दा

काठमाडौं । प्रचलित कानुनलाई बेवास्ता गर्दै अभिभावकसँग चर्को शुल्क लिइरहेका राजधानीका चार निजी स्कुलविरुद्ध सरकारले ठगी मुद्दा दर्ता गर्ने भएको छ । आपूर्ति मन्त्रालयअन्तर्गत रहेको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले रातोबंगला, प्रिमियर, युलेन्स, जेम्स र द चाँदवाग स्कुलविरुद्ध सरकारी वकिल कार्यालयमार्फत मुद्दा चलाउन लागेको हो। राजधानीका १५ स्कुलको अनुगमन गर्दा प्रचलित कानुनभन्दा धेरै शुल्क लिएको पाइएपछि विभागले पहिलोपटक चार स् ...

नवौं ऐन संशोधन खारेजीको मुद्दामा कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलाशले अस्थायी शिक्षकहरुलाई २०६६ को सर्वोच्चको आदेश अनुसार व्यवस्थापन नगरी किन ऐनको नवौं संशोधन गर्नुपरेको हो ? नवौं संशोधन किन खारेज गर्न नपर्ने हो ? भन्दै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ । संवैधानिक इजलाशले अस्थायी शिक्षकहरुको शतप्रतिशत दरवन्दीमा आन्तरिक परीक्षा र उपदानका लागि शतप्रतिशत अस्थायी सेवाअवधि गणना किन गर्न नपर्ने हो ? भन्दै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो । अब विपक्षी ...

ढल्यो तेस्रो आयामको खम्बा

काँकडभिट्टा । मूर्धन्य साहित्यकार इन्द्रबहादुर राईको ९० वर्षको उमेरमा मंगलबार अपराह्न दार्जिलिङस्थित निवासमा निधन भएको छ । तेस्रो आयाम र लीला लेखनजस्ता साहित्यिक अभियानका अगुवा राई दुई वर्षदेखि थलिएका थिए । कथा, निबन्ध, उपन्यास, नाटक र समालोचनालगायत विधामा कलम चलाएका राई राजनीतिक चिन्तक पनि थिए । गत २७ अगस्टमा श्रीमती मायादेवीको निधनपछि उनी बढी खस्किँदै गएका थिए । ‘पत्नीको निधनअघिसम्म फाट्टफुट्ट लेखपढ पनि गर्नुहुन्थ्यो,’ सिलिगुड ...

सर्वोच्चमा आजको अस्थायी शिक्षकको मुद्दाको पेशी दोस्रो नम्बरमै

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलाशमा आज अस्थायी शिक्षकको मुद्दाको पेसी दोस्रो नम्बरमै परेको छ । पछि पेसी पर्ने गरेका कारण बहस स्थगित हुँदै आएकामा आजको बहस भने दोस्रो नम्बरमै हुने भएको हो । आज संवैधानिक इजलाशमा हुन लागेको बहसले अस्थायी शिक्षकको भाग्यको फैसला गर्ने भएको छ । सो बहस पछिको फैसलाले नै अस्थायी शिक्षकको चैत्र २३ को परीक्षा हुने–नहुने र सवै अस्थायी शिक्षकले परीक्षा दिन पाउने– नपाउने टुंगो लाग्ने भएको हो । यदी आजको बह ...

शैक्षिक सामग्रीको कमिसन चक्करमा बोर्डिङ स्कुल

नेपालगन्ज । संस्थागत विद्यालयका पोसाक खरिदको विषयलाई लिएर नेपालगन्जका व्यवसायी र विद्यालयबीच आरोप/प्रत्यारोप चर्किएको छ। नयाँ शैक्षिक सत्र सुरु हुन एक महिना बाँकी रहँदा निजी विद्यालयले नेपालगन्जकै व्यवसायीबाट पोसाक खरिद गर्नुपर्ने व्यवसायीको माग छ भने उनीहरूबाट गुणस्तरीय र सहुलियत पोसाक नपाइने निजी विद्यालयको आरोप छ । प्रत्येक वर्ष निजी विद्यालयले विद्यार्थीलाई नयाँ पोसाक खरिद गर्न लगाउँछन्। तर, निजी विद्यालयको सिन्डिकेटका कारण अभिभावक र वि ...

शिक्षा मन्त्रालयले सर्वोच्चलाई ढाँट्यो, सवै अस्थायी शिक्षकले सुविधा पाइसकेको दाबी

काठमाडौं । शिक्षा मन्त्रालयले नेपालका सवैखाले अस्थायी शिक्षकहरुले स्थायी हुने मौका र अवकाशित सुविधा पाइसकेको भन्दै सर्वोच्च अदालतलाई दोस्रो पटक ढाँटेको छ । मन्त्रालयले सर्वोच्चको २०६६ माघ २४ को फैसला अनुसार सवैखाले अस्थायी शिक्षकहरुले स्थायी हुनका लागि परीक्षा दिने मौका र असफल हुनेहरुले सुविधा पाइसकेको जिकिर गर्दै अदालतमा जारी यस सम्बन्धी सम्पूर्ण मुद्दाको लगत कट्टा(खारेज) गर्न माग गर्दै पत्र लेखेको हो । मन्त्रालयले गएको बैशाख ११ गते पनि यस्तै व ...

स्रोतव्यक्तिलाई चलाउने दुस्साहस नगर्न चेतावनी

काठमाडौं । स्रोतव्यक्तिहरुले आफुहरुलाई पदमुक्त गर्ने वा काज फिर्ता गर्ने दुस्साहस नगर्न चेतावनी दिएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्रोतव्यक्तिका रुपमा काजमा खटेका शिक्षकहरुलाई १५ दिनभित्र काज फिर्ता गर्न शिक्षा मन्त्रालयलाई पत्र काटे पछि आन्दोलित भएका उनीहरुले राजधानीमा भेला गरी स्रोत केन्द्रहरुलाई स्थानीय तहकै एकाइका रुपमा कायम गरी आफूहरुलाई त्यसको प्रमुखको रुपमा राख्न माग गरेका हुन् । स्रोतव्यक्तिहरुको भेलाले स्रोतव्यक्ति ...

२९ लोपोन्मुख भाषाको शब्दकोश बन्दै

  काठमाडौं । भाषा आयोगले लोपोन्मुख २९ वटा भाषाको शब्दकोश बनाउने भएको छ। यसका लागि आयोगले अनुसन्धान सुरु गरिसकेको छ।शब्दकोश निर्माणका लागि बोलचाल र लेखाइ केही पनि नभएको, समुदायमा बोलिने तर लेख्य परम्परा नभएको भाषाबारे अध्ययन सुरु गरिएको हो। यी विषयमा अध्ययन सकिएपछि शब्दकोश निर्माण कार्य सुरु गरिने भाषा आयोगका अध्यक्ष डा.लवदेव अवस्थीले बताए। उनका अनुसार २९ भाषामध्ये पहिलो चरणमा १३ वटाको शब्दकोश बनाइनेछ । भाषा आयोग अझै अपूर्ण स्थापनाको दुई वर्ष ...

श्रीलंकामा पनि खुल्यो समता स्कुल

काठमाडौँ  । सबै सार्क मुलुकमा स्कुल सञ्चालन गर्ने उद्देश्यका साथ श्रीलंकामा पनि समता स्कुल खोलिएको छ । श्रीलंकाका लागि नेपाली राजदूत विश्वम्भर प्याकुरेलले सोमबार स्कुलको उद्घाटन गरेको समता स्कुलका संस्थापक उत्तम सञ्जेलले जानकारी दिए ।   समता स्कुलले मासिक १ सय रुपैयाँ शुल्क लिएर विद्यार्थी पढाउने गर्छ । श्रीलंकामा पनि यही शुल्कमा पढाउने सञ्जेलले बताए । ‘सार्क राष्ट्रभित्र शैक्षिक समस्या उस्तै छन्,’ उनले भने, ‘सन् २०२० ...

शिक्षा मन्त्रालयको नाम परिवर्तन, थप दुई मन्त्रालय गाभिए

काठमाडौं । शिक्षा मन्त्रालयको नाम परिवर्तन भएको छ । सरकारले शिक्षा मन्त्रालयमा अन्य मन्त्रालयसमेत गाभेर शिक्षा, विज्ञान प्रविधि एवं युवा तथा खेलकुद मन्त्रालय बनाएको हो । संघीय सरकारमा मन्त्रालयको संख्या घटाउनु पर्ने संवैधानिक ब्यवस्था अनुसार मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको संख्या ३१ बाट घटाएर १८ मा झारेपछि शिक्षा मन्त्रालयमा अन्य मन्त्रालय गाभिएको हो । विद्यालयहसम्मको शिक्षाका सम्पूर्ण अधिकार स्थानीय तहमा गएपछि यसअघि शिक्षा मन्त्रालय नै नरहने ...

शिक्षक–कर्मचारी काज फिर्ताको निर्णय नयाँ शिक्षामन्त्री नियुक्ति पछि हुने

काठमाडौं । काजमा खटिएका शिक्षक कर्मचारीहरुलाई फिर्ता गर्ने विषयमा शिक्षा मन्त्रालय छलफलमा जुटेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले काजमा खटिएका शिक्षक–कर्मचारीलाई १५ दिन भित्र फिर्ता गर्न भन्दै पत्र काटेपछि त्यसको तयारीमा मन्त्रालय जुटेको हो । यदि काजमा खटिएका शिक्षक–कर्मचारी फिर्ता गरिए देशभर रहेका १ हजार ५३ स्रोतव्यक्ति (आरपी) र आफ्नो विद्यालय छाडेर घरपायक काज मिलाएका करिव २ हजार शिक्षक बढी शिक्षकहरु फिर्ता हुनु प ...

सामुदायिक क्याम्पसलाई ६५ करोड

काठमाडौं ।  सरकारले जनस्तरबाट सञ्चालित सामुदायिक क्याम्पसलाई दिँदै आएको अनुदान वृद्धि गरी चालू आवमा ६५ करोड पुर्याएको छ । अघिल्लो वर्षभन्दा करिब ७५ प्रतिशतले वृद्धि गर्दै यो सामुदायिक क्याम्पसको गुणस्तर वृद्धिका लागि प्रयत्नशील रहेको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ । आयोगका अनुसार गत आर्थिक वर्षको तुलनामा चालू आवमा सामुदायिक कलेजका लागि नियमित र भौतिक विकास दुवैतर्फ अनुदान वृद्धि भएको छ । आयोगका अनुगमन तथा मूल्यांकन अधिकृत डुलराज चिमोर ...

गुणस्तरका लागि विद्यालय गाभिँदै

बुटवल ।  सरकारी विद्यालय एकआपसमा गाभिने नीतिअनुसार बुटवलका दुईवटा सरकारी माध्यमिक विद्यालय गाभिने भएका छन् । बुटवलका कालिका र मानव ज्ञान माध्यमिक विद्यालय गाभिने भएका हुन् । गाभिएर विद्यालय बनाउनको लागि दुवै विद्यालयका व्यवस्थापन समिति र स्थानीय बासिन्दाबीच छलफल र सहमतिमा बुटवल उपमहानगरपालिकामा निवेदन गरिएको छ । वडा हुँदै आएको निवेदनलाई आवश्यक प्रक्रियापछि उपमहानगरले गाभिएको निर्णय गर्ने कालिकाका प्रधानाध्यापक घनश्याम पाठकले बताए । कालिका उ ...

शिक्षक सेवा आयोगलाई तीन मुख्य बाधा

काठमाडौं ।  शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुको परीक्षाको मिति तय गरेको छ । परीक्षाकेन्द्र पछि नै तोक्नेगरी आयोगले विज्ञापन गरेको छ महिनापश्चात् परीक्षा मिति तय गरेको भएपनि यसको विरुद्ध त्रिपक्षीय अवरोध शुरु भएको छ । परीक्षा स्थगित हुनुपर्ने माग राखेर सर्वोच्च अदालतमा मुद्दा पर्ने र विद्यार्थीहरु आन्दोलित हुनु त छँदै थियो, स्वयं अस्थायी शिक्षकहरु नै आन्दोलनमा जुटेपछि परीक्षा अन्योलमा परेको छ । अहिले निर्धारित समयमा परीक्षा सञ्चालन गर्न आ ...

विद्यार्थी संगठनकै हड्तालका कारण लाखौं विद्यार्थी पढाइबाट बञ्चित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव निकट अनेरास्ववियु(क्रान्तिकारी)ले घोषणा गरेको शैक्षिक आम हड्तालका कारण मुलुकभरका लाखौं विद्यार्थी पढ्नबाट बञ्चित भएका छन् । क्रान्तिकारीको हड्तालका कारण देशभरका शैक्षिक संस्था ठप्प भएका हुन् । संगठनका महासचिव दिपेन्द्र चलाउने सहितका नेताहरुको गिरफ्तारीको विरोधमा संगठनले शैक्षिक आमहड्ताल घोषणा गर्दा झण्डै ७५ लाख विद्यार्थीले आज पढ्न पाएका छैनन् । संगठनका अध्यक्ष पूर्णबहादुर सिंहले विज्ञप्ती जारी गर्दै पक् ...

शिक्षाका संयन्त्र शून्य हुँदै

काठमाडौँ  । स्थानीय विकास मन्त्रालयले शिक्षकबाट स्रोत व्यक्ति भएकाहरूलाई १५ दिनभित्र कक्षाकोठामा काज फिर्ता गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गरेको छ । स्थानीयको यो आग्रह कार्यान्वयन गर्दा ३ सय ६१ स्थानीय तहमा शिक्षामा काम गर्ने कर्मचारी शून्य हुनेछन् । शिक्षा मन्त्रालयका अनुुसार ७ सय ५३ स्थानीय तहमध्ये ३ सय ९१ तहमा मात्रै शिक्षाका कर्मचारी खटाइएको छ । पहिलो चरणको स्थानीय तहको निर्वाचन भएको १० महिना हुँदा पनि सरकारले स्थानीय तहमा शिक्षाका क ...

'फागुन २३ गतेको सर्वोच्चको बहसले अस्थायी शिक्षकको भाग्यको फैसला गर्ने'

काठमाडौं । आगामी फागुन २३ गते सर्वोच्च अदालतको संवैधानिक इजलाशमा हुन लागेको बहसले अस्थायी शिक्षकको भाग्यको फैसला गर्ने भएको छ । सो बहस पछिको फैसलाले नै अस्थायी शिक्षकको चैत्र २३ को परीक्षा हुने–नहुने र सवै अस्थायी शिक्षकले परीक्षा दिन पाउने– नपाउने टुंगो लाग्ने भएको हो । यदी सो दिनको बहस पछि फैसला जेसुकै आएपनि परीक्षा निर्धारित समयमा नै हुने तर, बहस स्थगित वा सरे चैत २३ को परीक्षा पनि सर्ने अधिवक्ता कोषराज काफ्लेले जानकारी द ...

पुस्तकालय प्रयोगले बिद्यार्थीमा पढ्ने सिपको विकास

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिका–२ कलरामपुरस्थित नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयको कक्षा ४ मा पढ्ने छात्रा नम्रता राना हरेक बुधबार पुस्तकालय कोठामा अनिवार्य रुपले पुग्छिन्। यस शैक्षिक शत्रको जेठ महिनादेखि हालसम्म ५३ वटा पुस्तक घरमै लगेर उनले पढिसकेकी छन्। ‘हप्तामा एक घण्टासम्म स्कुलको पुस्तकालयमा बसेरै किताब पढ्छु, अरुभन्दा पुस्तकालयमा रहेका किताब पढ्दा रमाईलो लाग्छ,’ उनले  भनिन्। पुस्तकालयमा बिद्यार्थीको स्तर सिकाई ...

अस्थायी शिक्षक मुद्दाको शुक्रवार हुने भनिएको फैसला स्थगित, चैतको परीक्षा अन्योलमा

काठमाडौं । शतप्रतिशत दरवन्दीमा आन्तरिक परीक्षा हुनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर मुद्दाको शुक्रवार हुने भनिएको बहस स्थगित भएको छ । शुक्रवार नै सर्वोच्च अदालतको संवैधानिक इजलाशमा बहस र फैसला हुने तय भएको थियो । शुक्रवारको बहस स्थगित भएसँगै आगामी चैत २३  गते हुने भनिएको अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षा पनि अन्यौलमा परेको छ । मुद्दाको टुंगो नलागेसम्म परीक्षा नगर्न माग गर्दै यसअघि नै सर्वोच्चमा मुद्दा परिसकेको अवस्था थियो । अब प ...

विद्यालय पुनर्निर्माण: बजेट अभावले काम सुस्त

  काठमाडौँ  । आवश्यक बजेट नहुँदा भूकम्पले क्षति पुगेका विद्यालय भवन पुनर्निर्माण रोकिएको छ । ३ हजार २ सय ४ विद्यालयको निर्माण प्रक्रिया अझै सुरु हुन सकेको छैन । रकम अभावमा काम अघि बढाउन नसकिएपछि पुनर्निर्माण प्राधिकरणसँग बजेट माग गरिएको शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जनाएको छ । ‘चालु आर्थिक वर्षका लागि ४ अर्ब बजेट छुटयाइएको थियो, त्यही पनि पूरै पाएका छैनौं,’ एकाइका उपनिर्देशक दिलिपशेखर श्रेष् ...

चारकोसे झाडीभित्र गोठजस्तो विद्यालय : ४ कक्षासम्मका विद्यार्थीलाई एउटै कोठा, एउटै शिक्षक

बारा । राहुल पासवान (कक्षा–२) कापी र सिसाकलमसँगै बोरा पनि बोकेर चारकोसे झाडी छिर्छन् । उनले पढ्ने नेपाल दलित प्राथमिक विद्यालय चारकोसे झाडीभित्र छ । गोठजस्तो विद्यालयमा बस्ने बेन्च र चकटी तथा पुस्तक राख्ने डेस्क र टेबल केही छैन ।   विद्यालयमा न त लेख्नका लागि कालोपाटी र चक नै छ, न त पढाउने स्थायी शिक्षक । विद्यालय सहयोगी कार्यकर्ता लक्ष्मी चौधरीको भरमा चलेको छ विद्यालय । उनले कक्षा १ देखि चारसम्म पढ्ने ७० बालबालिकालाई एकै ठाउँ राखेर प ...

संघीय शिक्षा ऐन र निःशुल्क शिक्षा कानूनको तयारी

काठमाडौं । नेपालको संविधानको कार्यान्वयनका लागि नेपाल सरकारले शिक्षासम्बन्धी दुई नयाँ कानूनको तर्जुमा शुरु गरेको छ। विसं २०२८ मा बनेको शिक्षा ऐन पटक पटक संशोधन हुँदै शैक्षिक व्यवस्थापन गरिएका सन्दर्भमा त्यसलाई विस्थापन गर्न नेपालको संविधानानुकूल नयाँ संघीय शिक्षा ऐन र माध्यमिक तहसम्म निःशुल्क शिक्षा हुनुपर्ने संविधानको मौलिक हकको कार्यान्वयन गर्न शिक्षा अधिकारसम्बन्धी अलग्गै कानून बन्ने भएको हो। गत वर्ष सरकारले विद्यमान शिक्षा ऐनमा नवौँ संश ...

शतप्रतिशत दरवन्दीमा आन्तरिक परीक्षा हुनुपर्ने मुद्दाको फैसला आज

काठमाडौं । शतप्रतिशत दरवन्दीमा आन्तरिक परीक्षा हुनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर मुद्दाको फैसला आज हुने भएको छ । अस्थायी शिक्षकहरुको शतप्रतिशत दरवन्दीमा आन्तरिक परीक्षा हुनुपर्ने, औषधिउपचार खर्च दिनुपर्ने साथै, पेन्सन उपदानका लागि शतप्रतिशत सेवा अवधि गणना हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर मुद्दाको फैसला आज हुने भएको हो । शिक्षा ऐनको नवौं संशोधनले आन्तरिक परीक्षा ४९ प्रतिशत बाट बढाएर ७५ प्रतिशत पुर्याएको भन्दै शिक्षाविद् ...

शिक्षक तालिममा साढे १ अर्ब खर्च, उपलब्धि न्यून

काठमाडौं । विगत चार वर्ष अवधिमा सरकारले सार्वजनिक विद्यालयमा कार्यरत शिक्षकलाई तालिम दिन १ अर्ब ६७ करोड खर्च गरेको छ । शिक्षकले तालिम पाए पनि विद्यार्थीको सिकाइ उपलब्धि भने ५० प्रतिशतभन्दा कम देखिएको छ । शैक्षिक जनशक्ति विकास केन्द्रका अनुसार शिक्षक तालिमका लागि चार वर्षमा १ अर्ब ६६ करोड ८६ लाख ४२ हजार रुपैयाँ खर्च भएको छ । तीमध्ये देशभरका २९ शैक्षिक तालिम केन्द्रमार्फत ९६ करोड ८७ लाख ९१ हजार खर्च भएको थियो । बाँकी रकम प्रशासनिक, पाठ्यक्रम ...

शिक्षकहरु कुनै पनि राजनीतिक दलको सदस्य हुन नपाउने

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिकाले जनताको करबाट तलब खाने सरकारी शिक्षकहरु कुनै पनि राजनीतिक दलको सदस्य हुन नपाउने गरि प्रतिबद्धता जारी गरेको छ। राज्यद्धारा विभिन्न समयमा गराइने चुनावमा यो गाउँपालिकाका शिक्षकहरु विद्यालयनै बन्द गरेर राजनीति कार्यक्रममा सक्रिय हुने गरेकोले पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घ बोगटीले आफ्नो रोहबरमा अबदेखि सरकारी तलब खाने शिक्षकले कुनै पनि दलको सदस्य समेत नरहने प्रतिबद्धता जारी गराएका छन्। फागुन ३ गते पूर्व ...

शिक्षक संघको १ नम्बर प्रदेश अध्यक्षमा गौतम र महासचिवमा कोइराला निर्वाचित

मोरङ । नेपाल शिक्षक संघ १ नम्बर प्रदेशको अध्यक्षमा पूर्ण गौतम निर्वाचित हुनुभएको छ । संघको प्रथम प्रदेश सम्मेलनले गौतमको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । सम्मेलनबाट वरिष्ठ उपाध्यक्षमा तिलकसिंह पाण्डे(झापा), महिला उपाध्यक्षमा निर्मला कोइराला(मोरङ) तथा अन्य उपाध्यक्षहरुमा हेमराज खतिवडा(ताप्लेजुङ) र गंगा ढुंगाना(धनकुटा) निर्वाचित भएका छन् । यसैगरी प्रदेश महासचिवमा ऋषिकेश कोइराला(मोरङ) निर्विरोध निर्वाचित भएका छन् । सम्मेलनले अर्थमहासच ...

डिजिटल युग: घोकन्ते विद्या होइन, प्रतिभालाई महत्व दिन आवश्यक

चौथो औद्योगिक क्रान्ति अघिल्ला क्रान्तिहरूभन्दा निकै भिन्न छ । वर्तमान समयमा (डिजिटल युगमा) प्रविधिले मानिसको दैनिकीलाई सहज बनाउनुको सट्टा मानिसको रोजगारी खोसिरहेको छ । यसरी हेर्दा प्रविधिबाट कसले फाइदा लिने त भन्ने प्रश्न अहिले हाम्रा सामु तेर्सिएको छ । स्वचालित तथा प्रविधि सक्रिय सेवाको प्रयोगले कम्पनीहरूको नाफा बढेको छ । प्रविधिको प्रयोगबाट उत्पादन गरिएका वस्तु मानव श्रमबाट उत्पादन गर्नभन्दा सस्तो, सुविधाजनक, र भरपार्दो हुने भएकाले नाफा बढ्नु ...

२२२ स्कुलको गुरुयोजना शुरू

काठमाडौं । सरकारले देशभर निर्माण हुन लागेको २ सय २२ वटा नमुना विद्यालयको गुरुयोजना तयार गर्ने भएको छ। गुरुयोजना पास भएपछि ती विद्यालयहरूको निर्माण शुरू हुनेछ। शिक्षा विभागले नमुना विद्यालय विकास विद्यालय सुधार गुरुयोजना तयार गर्न स्थानीयस्तरलाई नै जिम्मा दिएको छ। विद्यालयका तर्फबाट कन्सल्टेन्ट तोक्ने र कन्सल्टेन्टले विद्यालय सुधार योजना निर्माण सहयोगी पुस्तिका र लक्ष्य निर्धारणका लागि नमुना विद्यालय व्यवस्थापन निर्देशिका, २०७४ को आधार ...

कर नतिर्ने विद्यालयमा महानगरको अनुगमन

ललितपुर । करको दायरामा नआएका ललितपुरका विद्यालयमा महानगरपालिकाको टोलीले सोमबारदेखि अनुगमन थालेको छ। अनुगमनमा महानगरको आर्थिक समिति संयोजक, राजस्व महाशाखा प्रमुख, वडाध्यक्ष र नगर प्रहरी संलग्न टोली खटिएको छ। टोलीले झम्सीखेलस्थित द ब्रिटिस स्कुल, धोबीघाटमा रहेको डीएभी स्कुल र मानभवनमा रहेको आदर्श विद्यामन्दिर (एभीएम) मा अनुगमन गरेको छ । अनुगमनका क्रममा सबै विद्यालय महानगरमा दर्ता नभई सञ्चालनमा आएको भेटिएको ललितपुर महानगरका आर्थिक कमिटी संयोजक ...

निजी स्कुलमा अत्यासलाग्दो शुल्क : कक्षा १ पढ्न ५ लाख !

काठमाडौं  । ललितपुर सातदोबाटोस्थित प्रिमियर इन्टरनेसनल स्कुलमा कक्षा १ का विद्यार्थीको भर्ना शुल्क ५० हजार रुपैयाँ छ। त्यसबाहेक सुरक्षा धरौटी भन्दै स्कुलले वार्षिक ४० हजार रुपैयाँ लिन्छ।त्यसैगरी, पुस्तकालय शुल्क शीर्षकमा सात हजार पाँच सय, वार्षिक स्टेसनरी शीर्षकमा २५ हजार दुई सय, आईबी कोर्स तथा आईसीटी शीर्षकमा १४ हजार चार सय, मासिक ट्युसन शुल्कबापत २५ हजार र लन्च तथा स्न्याक्स शीर्षकमा ६ हजार पाँच सय रुपैयाँ पनि कक्षा १ का विद्यार्थीबा ...

शिक्षा मन्त्रीमा नेताहरुको अरुची, पुन: गिरिराजमणीको संभावना !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रिमण्डल विस्तार गरेपनि अझै शिक्षामन्त्री चयन हुन सकेको छैन । शिक्षा मन्त्रालय प्रति नेताहरुको अरुचीका कारण शिक्षा मन्त्री नियुक्त हुन नसकेको हो । वाम गठबन्धनका दलहरु नेकपा एमाले र नेकपा माओवादी बीच यसअघि मन्त्रालय भागवण्डामा शिक्षा मन्त्रालय एमालेले लिने सहमति भएको थियो । तर, एमालेका नेताहरुले शिक्षा मन्त्रालयमा खासै रुची नदेखाएपछि शिक्षा मन्त्रीको टुंगो लाग्न सकेको छैन । शिक्षाका धेरै अध ...

काम गर्ने बेला विद्यालयहरुको भ्रमणमा

ताप्लेजुङ । धमाधम योजना सम्झौता गरी विकास निर्माणमा लाग्ने बेला जिल्लाका जनप्रतिनिधि र कर्मचारी भने भ्रणमा निस्किएका छन्। सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्ने भन्दै दुईवटा गाडी लिएर ५५ जनाको जम्बो टोली भ्रमणमा निस्किएको हो। ‘देशका नाम चलेका सामुदायिक विद्यालयको अनुगमन नीति, नियम बुझ्न भ्रमणमा गएका हौं’, जिल्ला शिक्षा अधिकारी चैतन्यप्रसाद निरौलाले भने, ‘हामी रहरले घुम्न गएका होइनौं।’ सबै स्थानीय तहलाई शिक्षासम्बन् ...

अस्थायी शिक्षकका कक्षाकोठाबाटै बिदा हुने इच्छा अधुरै

काठमाडौँ  । सुविधा लिएर कक्षाकोठाबाट बिदा हुन चाहने सामुदायिक विद्यालयका ३ हजार अस्थायी शिक्षकको इच्छा शिक्षा मन्त्रालयको बेवास्ताका कारण अधुरै हुने भएको छ । उनीहरू एक वर्षदेखि बाहिरिन चाहे पनि सरकारले जबर्जस्ती परीक्षामा सहभागी हुने गरी ऐन संशोधन गराएर रोकेको छ ।  खुला प्रतिस्पर्धाबाट छानिएका शिक्षक विद्यालय नपठाएसम्म उनीहरूलाई बिदा नगर्ने शिक्षा मन्त्रालयले जनाएको छ । खुला विज्ञापन गर्न पनि शिक्षक सेवा आयोगको नियमावली संशोधन हुनुपर्न ...

परीक्षा स्थगित गर्न माग गर्दै आयोगमा अस्थायी शिक्षकको धर्ना

भक्तपुर । शिक्षक परीक्षा स्थगित गर्न माग गर्दै अस्थायी शिक्षकहरुले शिक्षक सेवा आयोगमा धर्ना दिएका छन् । आइतवार आयोग पुगेर छुट अस्थायी करार शिक्षक संघर्ष समितिले प्लेकार्ड सहित दुईघण्टा धर्ना दिएको हो । समितिले परीक्षा तत्काल स्थगित गर्न माग गर्दै आयोगका अध्यक्ष ताना गौतमलाई ज्ञापन पत्र समेत बुझाएका छन् । शिक्षक संघर्ष समितिका सचिव एवं प्रवक्ता नरबहादुर बस्नेतले शिक्षकहरु माथि विभेद गर्ने गरी सञ्चालन हुन लागेको परीक्षा स्थगित नभएसम्म आफुहरुको आन् ...

यसरी बन्यो प्रदेशको उत्कृष्ट विद्यालय

पोखरा । यहाँको बालमन्दिर माध्यमिक विद्यालय यो वर्ष प्रदेशकै उत्कृष्ट ठहरिएको छ । त्यसबापत सरकारले ३८ औं राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा बिहीबार १ लाख रुपैयाँ दिएको छ । चार नम्बर प्रदेशमा नै उत्कृष्ट भएर उक्त विद्यालयले सामुदायिक विद्यालयको गरिमा बढाउने काम गरेको जिल्ला शिक्षा अधिकारी नरेन्द्रराज पौडेलले बताए । शिक्षकहरूको परिश्रम, विद्यार्थीको मेहनत र अभिभावकको चासोले गर्दा उक्त विद्यालयले शैक्षिक गुणस्तर बढाउन स ...

शिक्षकले पनि अब बन्दुक बोक्न पाउने !

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गतहप्ता एउटा ट्वीट गरे र्नुभयो र भने, ‘अब विद्यालयमा पढाउने शिक्षकले पनि बन्दुक बोक्न पाउने छन् र उनीहरुले आफू र आफ्ना विद्यार्थीहरुलाई पनि सुरक्षित बनाउन सक्नेछन् । कानूनले फ्लोरिडाका शिक्षकलाई बन्दुक बोक्न पाउने अनुमति दिनेछ र उनीहरु कक्षा कोठामा बन्दुकसहित रहन पाउने छन् ।’ अमेरिकाको फ्लोरिडा राज्यमा अवस्थित एक विद्यालयमा गत फेबु्रअरी १४ मा पार्कल्याण्डको मार्जरी स्टोनम्यान उच्च माध्या ...

कक्षा ११ ग्रेड वृद्धिको नतिजा सार्वजनिक, ३० हजार बढीको नतिजामा सुधार

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ ग्रेड वृद्धिको नतिजा सार्वजनिक गरेको छ । शनिबार बसेको बोर्डको परीक्षा समितिको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ३९ हजार ९ सय ९० मध्ये ३० हजार ७ सय ५५ विद्यार्थीको ग्रेड वृद्धि भएको छ । बाँकी ९ हजार २ सय ३५ विद्यार्थीको भने ग्रेड वृद्धि हुन नसकेको बोर्डले जनाएको छ । बोर्डका अनुसार १२ जना विद्यार्थीको ए प्लस, १ सय ८२ को ए , एक हजार ...

इसिसि ललितपुरको अध्यक्षमा महर्जन

ललितपुर । जिल्लाको शैक्षिक विकासमा निरन्तर क्रियाशिल रहँदै आएको शैक्षिक समन्वय केन्द्र(इसिसि) को अध्यक्षमा गम्भिर समुन्द्र सेतु माविका शिक्षक देवेन्द्र महर्जन निर्वाचित भएका छन् । शनिवार बगैँचा पार्टी प्लालेसमा सम्पन्न केन्द्रको १६ औं वार्षिक साधारण सभा एवं अधिवेशनले महर्जनको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । केन्द्रको उपाध्यक्षमा सरोजभक्त आचार्य, सचिवमा कुलचन्द्र आचार्य, कोषाध्यक्षमा अम्विका लिम्बु र सहसचिवमा ईश्वरध् ...

औषधिउपचार र शतप्रतिशत सेवाअवधि गणनाको मुद्दाको फैसला फागुन १८ मा हुने

काठमाडौं । अस्थायी शिक्षकहरुलाई औषधिउपचार खर्च दिनुपर्ने साथै, पेन्सन उपदानका लागि शतप्रतिशत सेवा अवधि गणना हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर मुद्दाको फैसला आगामी फागुन १८ गते हुने भएको छ । उमेर पुगेर अनिवार्य अवकाश भएका तथा अन्य अस्थायी शिक्षकहरुलाई औषधिउपचार तथा पेन्सन उपदानका लागि शतप्रतिशत अस्थायी सेवा अवधि गणना हुनुपर्ने, शिक्षा ऐनको आठौं र नवौं संशोधन खारेज गरेर २०६६ माघ २४ को सर्वोच्चको आदेश अनुसार अस्थायी शिक्षक व्यवस्थापन हुनुपर ...

विद्यार्थी घटे, बजेट बढ्यो

काठमाडौं । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या २ लाख २७ हजारले घटे पनि पाठ्यपुस्तकको लागि सरकारी अनुदान भने बढेको छ । विद्यार्थी संख्या घटे पनि पुस्तकको मूल्यवृद्धि लगायतका कारणले पाठ्यपुस्तकको अनुदान रकम बढेको हो । गत वर्षको तुलनामा यो वर्ष पाठ्यपुस्तको अनुदानमा ३९ करोड रुपैयाँ वृद्धि भइ २ अर्ब २२ करोड रुपैयाँ पुगेको शिक्षा विभागले जनाएको छ । सरकारले सामुदायिक विद्यालयका विद्यार्थीको पाठ्यपुस्तक खरिद गर्न गत वर्ष १ अर्ब ८३ लाख विनियोजन गरे प ...

ललितपुरका स्कुलमा तीन सय कोठा अपुग

ललितपुर । प्राथमिक विद्यालय संचालन गर्नका लागी न्युनतम आठ वटा कक्षा कोठा आवश्यक हुन्छन्। एउटा कोठामा सामान्यत ४५ जना विद्यार्थी राखिन्छ। त्यो भन्दा बढी संख्या हुन गएमा अर्को ‘सेक्सन’ मा राख्नुपर्ने मापदण्ड छ। जसका लागी थप अर्को कक्षा कोठा चाहिन्छ। प्राविधिक दृष्टीले ललितपुरमा अझै तीन सय ७ वटा कक्षा कोठा निर्माण गर्न आवश्यक रहने अनुमान गरिएको ललितपुर जिल्ला शिक्षा कार्यालय अन्तर्गत रहेको आयोजना कार्यान्वयन इकाई (डिएलपिआई) का प्रम ...

भारतमा एमविविएस भर्ना गरीदिन्छु भन्दै लाखौ ठगी

काठमाडौँ । प्रहरीले भारतको बनारसमा एमबिबिएस कक्षामा भर्ना गरिदिने भन्दै लाखौ ठगि गर्दै हिड्ने एक नेपालीलाई पक्राउ गएको छ । विस्तृत घटना विवरण यस्तो छ जिल्ला पर्सा विन्दबासिनी गाउँपालिका बअरुवाभाटा घर भई हाल ललितपुर धोविघाट स्थित डेरा गरी बस्ने वर्ष २९ को रमेश प्रसाद चौहानले भारतको बनारस स्थित बनारस हिन्दु युनिभर्सिटी अन्तर्गतको मेडिकल कलेजमा एमविविएस पढ्न भर्ना गराईदिन्छु भनी शैक्षिक योग्यताको प्रमाणपत्रहरु साथै रकम समेत लिई भर्ना नगरी ठगी गरेको ...

शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचोः प्रधानमन्त्री ओली

काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो रहेको बताएका छन् । उच्च माध्यामिक विद्यालय संघ नेपाल (हिसान)ले आयोजना गरेको ‘नेपालको संघीय संरचनामा गुणस्तरीय शिक्षा’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले भने, 'शिक्षा क्षेत्रमा नीतिगत सुधार गरेर गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता छ।' प्रधानमन्त्री ओलीले सरकार अब आर्थिक समृद्धिको बाटोमा लाग्ने बताउँदै विश्वका अन्य मुलुकजस्तै ...

विज्ञान/गणित शिक्षकविहीन विद्यालय

काठमाडौँ । सामुदायिक विद्यालयको आधारभूत तथा माध्यमिक तहमा गणित, विज्ञान विषयगत शिक्षकको अभाव धेरैतिर देखिएको छ । पूर्वी पहाडी एक जिल्लाका १ सय ५२ वटा सामुदायिक विद्यालयमध्ये माध्यमिक तहका ५ र आधारभूत तहका १८ वटा विद्यालयमा गणित, विज्ञानको दरबन्दी खाली छ, जसका कारण करिब ७ सय विद्यार्थी कम्तीमा एक वर्षदेखि गणित, विज्ञान विषयको पढाइबाट बञ्चित छन् । यसलाई आधार मान्ने हो भने मुलुकमा कम्तीमा १५ प्रतिशत विद्यालयमा विज्ञान शिक्षक अभाव छ वा ६ जनामा ...

सामुदायिक विद्यालयमा छात्रा बढी

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित दुर्छिम माविमा छात्रभन्दा छात्राको संख्या बढी छ । हाल अध्ययतरत ४१५ विद्यार्थीमध्ये छात्राको संख्या २३७ र छात्रको संख्या १७८ जना रहेको विद्यालयले जनाएको छ । यस्तै दिप्रुङ गाउँपालिका–५ सछितापोखरी कुलागाउँस्थित सरस्वती माविमा पनि छात्रभन्दा छात्राको संख्या बढी छ । यी केही उदाहरणमात्र हुन्, जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा छात्रको संख्याभन्दा बढी छात्राको संख्या देखिएको छ । ...

तत्काल संघीय शिक्षा ऐन जारी गर्न युएण्टोको माग

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)ले तत्काल संघीय शिक्षा ऐन जारी गर्न सरकारसँग माग गरेको छ । संगठनले स्थानीय तहहरुले आफुखुसी बनाउँदै आएको शिक्षा ऐनको बिरोध गरेको हो । मंगलवार पाँचौ राष्ट्रिय सम्मेलनको निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै संगठनले पहिले संघीय शिक्षा ऐन बन्नुपर्ने, त्यसैको आधारमा प्रदेश शिक्षा ऐन र प्रदेश शिक्षा ऐनको आधारमा मात्रै स्थानीयतहहरुले शिक्षा ऐन बनाउनुपर्ने जनाएको हो । संघीय र प्रदेश ऐन नबन्दै स्थ ...

जिल्ला शिक्षा कार्यालयको वैकल्पिक संरचना तयार पारिँदै

काठमाडौं ।  आगामी २८ चैतबाट जिल्ला शिक्षा कार्यालय खारेज हुने भएपछि सोही कार्यालयबाट हुँदै आएका काम गर्न शिक्षा मन्त्रालयले चार विकल्पसहितको संरचना तयार पारेको छ । शिक्षामा देखिएका अन्योल हटाउन स्थानीय तहले गर्ने २३ वटाबाहेकका काम गर्न शिक्षा मन्त्रालयले विभिन्न विकल्प तयार पारेको हो । समन्वय नहुँदा परीक्षा प्रभावित हुनेराष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जिशिका खारेजपछिको विकल्पमा तत्काल ठोस निर्णय नभए एसइई, कक्षा ...

आन्तरिक परीक्षाको बिरुद्ध अस्थायी शिक्षक नै आन्दोलित, परीक्षा अन्योलमा

काठमाडौं । अस्थायी शिक्षकहरु नै आन्दोलनमा उत्रिपछि शिक्षक सेवा आयोगले आगामी चैत २३ गते निर्धारण गरेको अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षा नहुने सम्भावना बढेको छ । अस्थायी शिक्षकहरुको एउटा समूह परीक्षा स्थगित गर्न माग गर्दै आन्दोलनमा उत्रिएपछि परीक्षा अन्यौलमा परेको हो ।  सबै अस्थायी शिक्षकहरुलाई परीक्षामा सहभागी हुनबाट बञ्चित गराइएको भन्दै छुट अस्थायी करार शिक्षक संघर्ष समितिले तत्काल परीक्षा स्थगित गर्न माग गरेको छ । अस्थायी शिक्षकहरुका सम ...

युएण्टोको अध्यक्षमा अधिकारी निर्वाचित

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को अध्यक्षमा शंकर अधिकारी निर्वाचित भएका छन् । संगठनको पाँचौं राष्ट्रिय सम्मेलनले अधिकारीको अध्यक्षतामा १५ सदस्यीय पदाधिकारी निर्वाचित गरेको हो । निर्वाचित अन्य पदाधिकारीहरुमा  उपाध्यक्ष तर्फ ऋषिराम चापागाई(चितवन),   नानुमाया पराजुली(लमजुङ) र बसन्त अधिकारी(दाङ) रहेका छन् । यसैगरी सीताराम अधिकारी(झापा),  झपेन्द्र क्षेत्री(बाग्लुङ), मानबहादुर पाण्डे (अर्घाखाची), कृष्णदत्त जो ...

समग्र पाठ्यक्रम फेर्ने तयारी

केन्द्रले कक्षा १–३ को पाठ्यक्रम एकीकृत गर्ने, ९ र १० को पूर्णाङ्क घटाउने र ११ र १२ को पूर्णाङ्क बढाउनेगरी मस्यौदा तयार पारेको छ । केन्द्रले गठन गरेको विज्ञ समूहको कार्यदलले विकल्पसहितको पाठ्यक्रम प्रारूप तयार पारेको हो । सानो कक्षामा विषयगत पढाइ नगरी आंशिक रूपमा एकीकृत गर्नेगरी प्रारूप मस्यौदा तयार पारिएको केन्द्रले जनाएको छ ।   रोशन क्षेत्री गाउँले/काठमाडौं  शिक्षा ऐनको आठौं संशोधनले माध्यमिक शिक्षालाई ९ देखि १२ कक्षासम्म भनी पर ...

चार दशकदेखि निरन्तर विव्यस अध्यक्ष

बागलुङ  । जिल्लाको निसीखोला–२ स्थित रत्नराज्य माविमा चार दशकयता थुप्रै विद्यार्थी फेरिए । शिक्षकको पनि एउटा पुस्तै फेरिइसक्यो । तर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भने ४३ वर्षदेखि एकै व्यक्ति छन् । अभिभावक नै हरेकपटक उनैलाई निर्विरोध अध्यक्ष चुन्छन् । २०३१ सालमा पहिलोचोटि अध्यक्ष बनेका स्थानीय भवीन्द्र कुँवर त्यसयता कहिल्यै टुटेका छैनन् । उक्त विद्यालय कुँवरका बुवाले २०२० सालमा सञ्चालनमा ल्याएका थिए । बुवाले जग्गादान गरेर खोलेको व ...

विस्मृतिले थलिँदै लेखक–प्राध्यापक

काठमाडौँ । प्राज्ञिक र साहित्यिक सत्संगमा देखा परिरहने लेखक डा.बानिरा गिरी झन्डै ६ महिनायता बानेश्वरको आफ्नै घरमा ‘गृहबन्दी’ झैं बनेकी छन् । नारी लेखन र हस्ताक्षरमा सशक्त नाम बनाएकी गिरीमा एकाएक कामकुरा भुल्दै जाने लक्षण (एप्रेक्सिया) देखा परेपछि उनी घरेलु रेखदेखमा कोठैभित्र बसिरहन्छिन् । ‘म यही बाटो भएर आवतजावत गरिरहन्छु, उहाँ (बानिरा) लाई भेट्न जाने साहस जुटाउन सकेकी छैन,’ गिरी निवास आसपासमै बस्ने कवयित्री तोया गुर ...

शिक्षा मन्त्रालयले महान्यायाधिवक्तालाई सोध्यो– ४३ जनालाई कुन कानुनले कारबाही गर्ने ?

काठमाडौँ । चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगद्वारा पदअनकूल आचरण नगरेको र अनियमितता गरेको आरोपमा कारबाही सिफारिस गरिएका ४३ जनालाई कुन कानुनअनुसार कारबाही गर्ने भन्दै शिक्षा मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयसँग राय मागेको छ । महान्यायाधिवक्ताको रायका आधारमा मात्रै कारबाहीको प्रक्रिया अघि बढाइने जानकारी मन्त्रालयले दिएको छ । आयोगले मेडिकल कलेजको सम्बन्धन, शुल्क, सिट निर्धारणलगायतमा अनियमितता गरेको ठहर गर्दै छानबिनमा पाइएको प्रमाणका आध ...

स्कुल नआएको भन्दै विद्यार्थीलाई निर्मम कुटपिट

गोरखा  । गोरखाको मान्बुस्थित भवानी माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई शिक्षकले मरणासन्न हुने गरी कुटेका छन् । विद्यालयमा अनुपस्थित भएको निहुँमा ७ कक्षा पढ्ने १४ वर्षीय सुपारे कार्की पिटिएका हुन् । पिटाइबाट उनको औँला सुन्निएको र रगत जम्ने अवस्थामा पुगेपछि अप्रेसन गरिएको छ । कार्कीलाई शिक्षक भरतमणि तिमल्सिनाले ढाडमा लठीले कुटेको र तेस्रोपटकमा रोक्न खोज्दा हातको आैँलामा लागेर पूरै हात सुन्निएको उनका अभिभावकले बताए । हातै नचल्ने अवस्था भए ...

‘नयाँ सरकारले शिक्षक कर्मचारीहरुका सबै समस्या समाधान गर्छ’–प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारले शिक्षक कर्मचारीहरुका सबै समस्या समाधान गर्ने बताएका छन् । नयाँ वामपन्थी सरकारप्रति जनताको अपेक्षा बढी रहेकाले सवै सुधार गर्न नसकेपनि सुधारको शुरुवात शिक्षा क्षेत्रबाटै गरिने उनले स्पष्ट पारे । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को पाँचौं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सके २० प्रतिशत पु¥याउने नसकेपनि पहिले भन्दा शिक्षा बजेटमा देखिने गरी व ...

अन्ततः अस्थायी शिक्षकको आन्तरिक परीक्षा मिति तोकियो, परीक्षा चैत २३ मा हुने

भक्तपुर । शिक्षक सेवा आयोगले अन्ततः अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षाको मिति तय गरेको छ । परीक्षा आगामी चैत २३ गते शुक्रवार हुने भएको छ । आयोगले शिक्षा ऐनको नवौं संशोधन अनुसार परिमार्जित विज्ञापनका लागि परीक्षाको मिति तय गरेको हो । आयोगले यसअघि पनि पटक–पटक परीक्षाको मिति तय गरेपनि स्थगित हुँदै आएको थियो । आयोगले केहि दिन अघि परीक्षाका लागि फारम बुझाएका मध्ये अपुग कागजात बुझाएका परीक्षार्थीहरुलाई कागजात बुझाउने अवसर दिएको थियो । परीक्षा द ...

विद्यार्थी हत्याको आरोपमा प्रअ राेकाया पक्राऊ

  मृतक सिचुडोमा लामा   हुम्ला । एसइई परीक्षाको तयारी गर्दै आएकी १७ वर्षीय सिचुडोमा लामाको हत्या अाराेपमा प्रधानाध्यापक धनलाल रोकायालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान ९ बजे हुम्ला जाने क्रममा सुर्खेतका विमान स्थलबाट पक्राउ परेका हुन । हुम्ला महावौद्ध विद्यालयमा एसईइको तयारीका लागि ट्युसन पढन विद्यालयमा बस्दै आएकी नाम्खा गाँऊपालिका ५ तुम्कोटकी १७ वर्षीय सिचुडोमा लामाको रहस्य मृत्यु भएको भन्दै उनका परिवारले छानविनको माग लागि जिल्ला प्र ...

युएण्टोको पाँचौं राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पुरा, प्रचण्डले उद्घाटन गर्ने

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को पाँचौं राष्ट्रिय सम्मेलन फागुन ४, ५ र ६ मा काठमाडौंमा हुने भएको छ । संगठनले बुधवार पत्रकार सम्मेलन गरेर राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा फागुन ४ गते भृकुटीमण्डप स्थित नेपाल पुलिस क्लवको सभाहलमा उद्घाटन समारोह हुने संगठनले जनाएको छ । त्यस्तै, फागुन ५ र ६ गते सोही हलमा बन्द सत्र सञ्चालन ...

अनिवार्य शिक्षासम्बन्धी कानुनको तयारी

काठमाडौं । अब नेपालमा पनि आधारभूत तह कक्षा (१–८) मा बालबालिका नपठाउने अभिभावकलाई सुविधाबाट वञ्चित गर्ने गरी कानुन बन्दै छ । नेपालमा शिक्षाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा विद्यालयमा बालबालिकालाई विद्यालय नपठाएमा स्थानीय तहबाट प्राप्त गर्ने सबै सुविधा रोक्ने प्रस्ताव गरेको छ । नेपाल कानुन आयोगसँग मिलेर शिक्षा मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा आधारभूत तहको अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था गरेको हो । संविधानले ...

अधुरै रह्यो 'बलिराम सर'को स्थायी भएर पेन्सन पाउने इच्छा

नवलपरासी । स्थायी नियुक्ति लिएर पेन्सन खाने बलिराम सरको इच्छा अधुरै रहने भएको छ । कावासोती–१६, डण्डा, टाँडी स्थित दीपेन्द्र आधारभूत विद्यालय नवलपुमा लामोसमय देखि विद्यालय कर्मचारी(पियन)का रुपमा कार्यरत उनको ५९ वर्षको उमेरमा मंगलवार बिहान निधन भएको छ । उनको मंगलबारै अन्टेष्टि गरिएको पारिवारीक  स्रोतले जनाएको छ । उनी दुईवर्षदेखि भित्रि गाला र घाँटीको क्यान्सरबाट पीडित रहँदै आएका थिए । एजुकेशन पाटीले केही वर्ष पहिले उनको फिचर ले ...

अब शिक्षक आन्दोलन ‘कर्तव्यमुखी’ बन्ने

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठनले लामो समयदेखि अधिकारमुखी बन्दै आएको शिक्षक आन्दोलनलाई अब ‘कर्तव्यमुखी’ बनाउने भएको छ । संगठनले कक्षाकोठामा नियमित उपस्थित नहुने, निरन्तर खराब नतिजा ल्याउने साथै दलको झोला बोकेर ‘नेतागिरी’ गर्ने शिक्षकलाई कार्बाही गर्ने निर्णय गरेको हो । सबैभन्दा पहिले संगठनका सदस्यहरुबाट निर्णय कार्यान्वयनको शुरु गरिने र पछि अन्यमा बिस्तार गर्दै जाने संगठनले जनाएको छ । संगठनको प्रदेश नम्बर ३ ...

बाग्लुङमा ५०० शिक्षक अपुग

बागलुङ । सबै सामुदायिक विद्यालयका कक्षा नियमित सञ्चालन हुनका लागि यहाँ पाँच सयजनाको संख्यामा शिक्षक अभाव भएको छ । कक्षा १ देखि ५ सम्म सञ्चालित विद्यालयहरूमा न्यूनतम ३ जना, कक्षा ६ देखि ८ कक्षा चल्नेमा ४ र ८ देखि १० कक्षा पढाइ हुनेमा कम्तीमा ५ जनाका दरले शिक्षक दरबन्दी पुर्‍याउन उक्त संख्या कम भएको हो । जिल्ला शिक्षाको अधिकार स्थानीय तहमा पुर्‍याउनका लागि गरिएको गृहकार्यको क्रममा यो तथ्यांक सार्वजनिक भएको हो । दरबन्दी अभावमा गुणस्तर ...

उत्कृष्ट सामुदायिक विद्यालयमा विश्व निकेतन र कालिका

काठमाडौँ  । शिक्षा मन्त्रालयले यसवर्षको उत्कृष्ट विद्यालयलाई प्रदान गर्ने पुरस्कार आइतबार वितरण गरेको छ । ३५ हजार विद्यालयमध्येबाट सामुदायिक र निजी गरी २० वटा विद्यालयलाई नतिजाको आधारमा उत्कृष्ट पुरस्कार प्रदान गरेको हो । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा १२ को नतिजाको आधारमा सामुदायिकतर्फ काठमाडौं त्रिपुरेश्वरको विश्व निकेतन माविले राष्ट्रिय पुरस्कार पाएको छ । यो विद्याययले ११ र १२ कक्षा सञ्चालन गर्ने २ हजार ७ सय सामुदायक विद्यालयलाई पछाडि ...

कारागारबाटै एसइई परीक्षाको तयारीमा१९ कैदी

ललितपुर । औपचारिक अध्ययन पूरा गर्न नपाएका नख्खु कारागारका कैदीबन्दीले अहिले औपचारिक शिक्षालाई निरन्तरता दिन थालेका छन् । कारागारमा रहेका कैदीबन्दीमध्ये धेरै विभिन्न तहमा अध्ययन गरिरहेको जेलर टेकबहादुर केसीले बताउनुभयो । पहिले अध्ययन गरिरहेकाहरुले निरन्तरता दिएको तथा लामो समयदेखि पढाइ छाडेकाहरुले समेत अहिले शुरु गरेका छन् । कैदीबन्दी विद्यालय र कलेज तह दुवैमा अध्ययनरत छन् । जेलर केसी भन्नुहुन्छ, “बाहिर हुँदा विभिन्न काम र पेशाले गर्दा पढ्न ...

जातीय विभेदले शिक्षकदम्पतीको जागिर खोसियो, घर जलाइयो, गाउँबाट लखेटियो

बैतडी ।  नेपालको संविधानले जातीय विभेदलाई अपराध मानेको छ । तर, बैतडीको शिवनाथ गाउँपालिका–६ कनालीका शिक्षकदम्पती करन र राजु रानालाई जातीय विभेदकै कारण जागिरबाट निकालियो, घर जलाइयो र गाउँबाट विस्थापित बनाइएको छ । दश महिनादेखि न्यायका लागि सरकारी कार्यालय धाइरहेको यो दम्पती बिचल्लीमा छ । यो दम्पतीलाई गत चैतमा स्थानीय बासिन्दाले शिक्षकबाट निकालेका थिए । त्यसपछि घरमा आगो लगाए भने ज्यान मार्ने धम्की दिए । चार छोराछोरीसहित बैतडी सदरमुकाम शाह ...

सबै सामुदायिक विद्यालयको व्यवस्थापन समिति भंग

भक्तपुर । सूर्यविनायक नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयका व्यवस्थापन समिति भंग गरेको छ । माध्यमिक तहसम्मको शिक्षाका अधिकार स्थानीय सरकार मातहत आएसँगै सामुदायिक विद्यालयको गुणस्तरमा वृद्धि गर्दै व्यवस्थापनलाई चुस्त बनाउन यस्तो निर्णय गरेको नगरप्रमुख वासुदेव थापाले जानकारी दिनुभयो । गत पुस २८ गते बसेको नगरसभाले शिक्षा नियमावली पारित गर्दै विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सम्बन्धित वडाका अध्यक्ष वा सदस्यमध्ये ...

अन्यौलमै शिक्षक विज्ञापन : अस्थायी शिक्षकहरुलाई न स्थायीत्व न त सुविधा

रोशन क्षेत्री गाउँले/काठमाडौं अस्थायी शिक्षकहरुलाई व्यवस्थापन गर्न भनेर दुईपटक शिक्षा ऐन संशोधन भएपनि यस प्रक्रियाले अझै पूर्णता पाउन सकेको छैन । परीक्षा दिन चाहने अस्थायी शिक्षकहरुले न परीक्षा दिएर स्थायी हुन पाएका छन् न त सुविधा लिएर विदा नै । उनीहरुलार्ई व्यवस्थापन गर्न भनेर पटक–पटक ऐन संशोधन भएपनि समस्या समाधानको साटो झनै थप्ने काम मात्रै भएको छ । ऐन संशोधन पछि सुविधा रोजेर जागिर छाडेका शिक्षकहरु न जागिर न सुविधाको अवस्थामा पुगेका छन् ...

स्वत्तः स्थायी हुने सपना नदेख्न अस्थायी शिक्षकलाई शिक्षामन्त्रीको चेतावनी

भक्तपुर । उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले अस्थायी शिक्षकहरुलाई स्वत्तः स्थायी हुने सपना नदेख्न चेतावनी दिएका छन् ।अस्थायी शिक्षकलाई प्रतिष्पर्धाबाटै स्थायी प्रक्रियामा लगिने स्पष्ट पार्दै मन्त्री श्रेष्ठले प्रतिस्पर्धामा असफल हुने अस्थायी शिक्षकहरु स्थायी बन्नै नसक्ने बताए । शिक्षक सेवा आयोगको स्थापना दिवसका अवसरमा बिहीवार आयोजित कार्यक्रमको उद्घाटन गर्दै शिक्षामन्त्री श्रेष्ठले जिन्दगीभर शिक्षामा लगानी गर्ने शिक्षकलाई एकपटक ...

शिक्षाका अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न चुनौती

काठमाडौं । सरकारले उच्च शिक्षामा लगानी बढाउन नसक्दा नेपाललाई सन् २०२२ सम्म अल्पविकसितबाट विकासशील राष्ट्रमा स्तोरन्नती गर्ने तथा २०३० सम्म मध्यम आय भएको मुलुकमा पुर्याउने लक्ष्य हासिल गर्न चुनौती देखिएको छ । सरकारले उच्च शिक्षाको विकास र गुणस्तर सुधारका लागि छुट्याइएको विगत २ वर्षको बजेटले लक्ष्य हासिल नहुने देखिएको हो । सरकारले उच्च शिक्षामा गत र यो वर्षको विनियोजित बजेटको वृद्धिदर स्थिर देखिएपछि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता ...

मेडिकल शिक्षामा अनियमितता - के–के गरे नीलमणिले ?

काठमाडौँ । चिकित्सा शिक्षा जाँचबुझ आयोगले नेपाल मेडिकल काउन्सिलका पूर्वरजिस्ट्रार नीलमणि उपाध्यायमाथि पदको दुरुपयोग गरी सम्बन्धन तथा सिट निर्धारणमा चलखेल र अनियमितता भएको ठहर गरेको छ । पहिलो कार्यकाल विवादास्पद हुँदाहुँदै दोस्रोपटक काउन्सिलको रजिस्ट्रार बनेका उपाध्यायमाथि भ्रष्टाचारमा समेत छानबिन गरी कारबाही गर्न आयोगले सिफारिस गरेको छ । प्रतिवेदनमा उपाध्यायले एकै अवधिमा दुई सरकारी पदमा रही दोहोरो सुविधा लिएको भन्दै उनीमाथि भ्रष्टाचारमा समेत छान ...

सर्वोच्चलाई शिक्षा मन्त्रालयको जवाफ : ‘अस्थायी शिक्षकले नयाँसँग प्रतिस्पर्धा गर्न सक्दैनन्’

काठमाडौँ । शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत अस्थायी शिक्षकले नयाँ जनशक्तिसँग प्रतिस्पर्धा गर्न नसक्ने जवाफ सर्वोच्च अदालतलाई दिएको छ । राजनीतिक भनसुन र तोक आदेशबाट अस्थायी शिक्षक भएकालाई सीमित आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने शिक्षा ऐन आठौं, नवौं संशोधन संविधान र अदालतबाट प्रतिपादित नजिरसँग बाझिएको भन्दै बदरको माग राखी दायर रिटको सुनवाइ क्रममा सर्वोच्चले मन्त्रालयसँग जवाफ मागेको थियो । आफैंले पढाएका विद्यार्थीसँग शिक्षकला ...

एसईई तयारीमा चिसो बाधक

दुनै  । बर्सेनि हिउँ पर्ने र अत्यधिक जाडो हुने भएकाले डोल्पामा कक्षा १० का विद्यार्थीलाई माध्यमिक शिक्षा परीक्षा तयारीमा समस्या हुने गरेको छ। हिमपातपछि चिसो धेरै बढेकाले तयारीमा बाधा पुगेको जनप्र्रभा माध्यमिक विद्यालयकी छात्रा रञ्जना केसीले बताइन् । जिल्लाका आधा दर्जनजति माविका विद्यार्थीले एसईई तयारी कक्षा लिइरहेका छन्। अधिकांश विद्यालयमा कम समय मात्रै घाम लाग्ने भएकाले चिसोमा पढाउनुपरेको तयारी कक्षा शिक्षक भूपेन्द्र राणाको भनाइ छ। शैक्षिक ...

अस्थायी शिक्षकहरुको परीक्षाको मिति चैत अगाडी नै तोक्ने आयोगको तयारीे

भक्तपुर । शिक्षक सेवा आयोगले आउँदो चैत अघि नै शिक्षक परीक्षाको मिति तय गर्ने जनाएको छ । आयोगले सर्वोच्च अदालतमा परेको मुद्दा र चलिरहेको विद्यार्थी आन्दोलनको अवरोधका बीच परीक्षाको मिति तय गर्न लागेको हो । आयोगका प्रशासकीय प्रमुख तुलसी थपलियाले परीक्षाको मिति चैत अगाडी नै तय गर्ने तयारीमा आयोग जुटेको जानकारी दिए । उनले परीक्षा दिने सबै शिक्षकहरुको टुङ्गो नलागेकाले परीक्षा मिति तय गर्न केही कठिनाइ भएको बताए । ‘अहिले ठ्याक्कै मिति त नतोकौं तर ...

जुम्लामा विद्यालय भर्ना अभियान शुरु

जुम्ला । विद्यालय बाहिर रहेका बालबालिकाहलाई विद्यालयको पहुचमा ल्याउनको जुम्लामा भर्ना अभियान शुरु भएको छ। हिउँदे विदा सकिएलगत्तै भर्ना अभियान शुरु भएको हो। मंसिरमा वार्षिक परीक्षा सकेर फागुन पहिलो सातासम्म जुम्लाका विद्यालयमा हिउँदे विदा गरिँदै आएको छ । गुणस्तरीय, समावेशी र समतामुलक शिक्षा समृद्धिको आधार, शिक्षामा पहुँच सबै बालबालिकाको अधिकार, भन्ने नाराका साथ जिल्लाभर भर्ना अभियान शुरु भएको हो। जिल्ला स्थित सवै स्थानीय तह संग समन्वय गरेर व ...

शिक्षामा वार्षिक १ खर्ब २६ अर्बको सरकारी बजेट

-आव ०७४-७५ मा शिक्षामा कुल बजेट : १ खर्ब २६ अर्ब– विद्यालय तहमा खर्च हुने बजेट : ८६% अर्थात् १ खर्ब ८ करोड– विद्यालय तहमा कुल विद्यार्थी संख्या (कक्षा १–१२) : ७४ लाख १९ हजार -एक विद्यार्थीका नाममा राज्यबाट खर्च हुने रकम : १३ हजार ४८९ रुपैयाँ तर, अनिवार्य कक्षाका साढे चार लाख बालबालिका विद्यालयबाहिर काठमाडौं उपत्यकामै २६ हजार बालबालिका पढाइबाट वञ्चित काठमाडौं । संविधानले आधारभूत तह (कक्षा ८ सम्म) लाई अनिवार्य र निःशुल्क घोषणा गरे ...

एक्काइसौँ शताब्दीको विद्यालय

सिन्धुली । टिनको टहरा, ह्वांगै कोठा । चिसो ढुंगामा बसेर ससाना नानीहरू कापीमा आफ्नो भविष्य कोर्दै छन् । शिक्षाका नाममा वर्षमा सवा खर्ब खर्च गर्ने देशका बालबालिकाको यो नियति देख्ने जोकोहीलाई पनि आश्चर्य लाग्छ । सिन्धुलीको घ्याङलेक गाउँपालिका–५ बगरटोलस्थित माटोखानी बालज्योति प्राथमिक विद्यालयमा पाँचदेखि ९ वर्षका ३३ बालबालिका अध्ययनरत छन् । पुस–माघको चिसोमा पनि उनीहरू बगरको ढुंगामा बसेर पढ्न विवश छन् । यहाँ पढ्ने अधिकांश बालबालिका दलित स ...

१५ वटा ऐच्छिक विषयको पाठ्यक्रम परिमार्जन

काठमाडौँ  । पाठ्यक्रम विकास केन्द्रले माध्यमिक तहमा पढाई हुने १५ वटा ऐच्छिक विषयको पाठ्यक्रम परिमार्जन गरेको छ । केन्द्रका अनुसार १५ वर्षदेखि पुरानो पाठ्यक्रम पढाई भइरहेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले पत्रकारिता, इतिहास, भूगोल, नागरिकशास्त्र, समाजशास्त्र, वातारण विज्ञान, कम्प्युटर शिक्षा, फोटोग्राफी, फाइन आर्ट, ऐच्छिक अंग्रेजी, मैथली, जनसंख्या, स्वास्थ्य र शारीरिक शिक्षा, लेखापरीक्षण विषयको परिमार्जित पा ...

कसरी भयो विद्यालयको जमिन कब्जा ?

बाँके । आदर्श माध्यमिक विद्यालय राँझासँग नेपालगन्ज उपमहानगरपालिका–२०, गायत्रीनगरमा रहेको तीन बिघा सात कट्ठा जमिनको लालपुर्जा छ । तर, तीन बिघा जग्गा सुकुमबासीका घर र टहराले भरिएका छन् । उनीहरूले जग्गा छाड्न नमानेपछि विवाद बढेको छ । आफूहरू बस्दै आएको जमिन जबर्जस्ती विद्यालयले आफ्नो नाममा गराएर विस्थापित गराउन खोजेको त्यहाँ बसोवास गर्नेको गुनासो छ । विद्यालयले भने शनिबार पत्रकार सम्मेलन गरेर सुकुमबासीको नाममा जग्गा जमिन, घर र गाडी भएकाले समेत ...

माघ २५ भित्र थप कागजात नबुझाए २०१ अस्थायी शिक्षकले परीक्षा दिन नपाउने

भक्तपुर । अस्थायी शिक्षकको परीक्षामा सहभागी हुन आवेदन दिएका २०१ अस्थायी शिक्षकहरुको आवश्यक कागजात अपुग पाइएको छ । आगामी माघ २५ भित्र आवश्यक कागजात नबुझाए उनीहरुलाई परीक्षाबाट बञ्चित गरिने शिक्षक सेवा आयोगले जनाएको छ । आयोगले शुक्रवार एक सूचना प्रकाशित गर्दै परीक्षाका लागि दरखास्त दिएका मध्ये २०१ जना शिक्षकले आवेदनमा आवश्यक कागजात संलग्न नगरेकाले आवेदन स्वीकृत नगरिएको जनाएको हो । साथै, आयोगले माग भएबमोजिमको कागजात माघ २५ गते कार्यालय समयभित्र पेश ...

शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो, परीक्षा चैत २४ मा

भक्तपुर । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स)को विज्ञापन खुलाएको छ । आयोगले शुक्रवार माध्यमिक तहको अस्थायी अध्यापन अनुमति पत्रको लागि लिइने लिखित परीक्षाको दरखास्त आह्वान गरेको हो । परीक्षाका लागि आगामी २० गतेभित्र दरखास्त बुझाइसक्नुपर्ने तथा दोब्बर दस्तुर तिरेर फागुन २७ गतेसम्म बुझउन सकिने आयोगले जनाएको छ । परीक्षा आगामी चैत २४ गते बिहान ११ बजे हुने आयोगले जनाएको छ । १८ वर्ष उमेर पुगेका स्नाकोत्तर तहवा सो सरहको परीक्षा उत्तीर ...

विद्यालयमै दालभात !

जाजरकोट । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमको सहयोगमा सरकारले मध्य तथा सुदूरपश्चिमका १० जिल्लामा सञ्चालन गरिरहेको शिक्षाका लागि खाद्य परियोजनाअन्तर्गत अबदेखि विद्यार्थीलाई दिवा खाजास्वरूप दालभात खुवाउन थालिएको छ। यसअघि उनीहरूलाई दिवा खाजाका रूपमा हलुवा खुवाउने गरिएको थियो । २०५७ सालदेखि गत मंसिरसम्म हलुवाका लागि पीठो, तेल र चिनी उपलब्ध गराउँदै आएको परियोजनाले माघदेखि भिटामिन र मिनरल्स मिसाइएको चामल, दाल, तेल र नुन उपलब्ध गराउन थाले ...

प्रधानन्यायधिश अनुपस्थित भएपछि संशोधित शिक्षा ऐन खारेजीको मुद्दाको बहस स्थगित

काठमाडौं । शिक्षा ऐन २०२८ को आठौं संशोधन खारेज गर्न माग गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलाशमा परेको मुद्दाको माघ १७ गतकोे बहस स्थगित भएको छ । प्रधानन्यायधिश गोपाल प्रसाद पराजुली उपत्यका बाहिर रहेकाले बहस स्थगित भएको हो । संवैधानिक इजलाशमा प्रधानन्यायधिश अनिवार्य उपस्थित हुनुपर्ने भएपनि उनी जिल्ला बाहिर रहेकाले बहस स्थगीत भएको अधिवक्ता कोषराज काफ्लेले जानकारी दिए । अब सर्वोच्च अदालतले बहसको नयाँ मिति कायम गर्ने काफ्लेले जानकारी दिए । यसअघि पौष ...

बालबालिकालाई विद्यालय नपठाए सरकारी सेवा सुविधा बन्द

बुटवल । तिलोत्तमा नगरपालिकाले ५ वर्ष पुरा भएका वालवालिकालाई अनिवार्य रुपमा आधारभूत शिक्षाका लागि विद्यालय पठाउनु पर्ने नपठाए स्थानिय तहवाट उपलब्ध गराउने सवै सेवा सुविधावाट त्यस्ता अभिभावकलाई बञ्चित गराउने गरि शिक्षा नियमावली २०७४ पारित गरेको छ । नगरपालिकाको दोस्रो नगर सभाले स्थानिय तहको कानुन निर्माणको संवैधानिक प्रावधान अनुसार यही माघ ८ गते शुरु भै १४ गते सम्पन्न भएको सभाबाट संवैधानिक रुपमा प्राप्त अधिकारका सवालमा कानुन निर्माण गरेका जनाएको छ । ...

शिक्षक काजमा मन्त्रालयको मनोमानी

रोशन क्षेत्री 'गाउँले' काठमाडौं ।  शिक्षा मन्त्रालयले शिक्षकहरुको काजको सम्बन्धमा मनलाग्दी गर्ने गरेको पाइएको छ । मन्त्रालयले केही पहुँचवाला शिक्षकहरुलाई निरन्तर कानूनविपरीत काज स्वीकृति दिने तर केही शिक्षकहरुले कानूनतः पाएको काज पनि खोस्ने गरेको देखिन्छ । शिक्षा मन्त्रालयले यस अघि शिक्षक युनियनका लागि २ जना मात्रैलाई काज दिने कानूनी व्यवस्था भएपनि ४ जनासम्मलाई दिएको पाइएको छ । त्यसो त, ‘अर्काे कानूनी व्यवस्था (शिक्षा नियमावली संशोधन) ...

विद्यालय क्षेत्र विकास कार्यक्रमको अनुगमन केन्द्रले गर्ने

काठमाडौं ।  शिक्षाका अधिकांश कार्यक्रम स्थानीय तहमा गए पनि अन्तर्राष्ट्रिय विकास साझेदारको सहयोगमा सञ्चालन गरिएको ११ खर्ब रुपैयाँभन्दा बढीको विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) कार्यसम्पादनको अनुगमन केन्द्रीय तहले नै गर्ने भएको छ । कार्यसम्पादनका आधारमा बर्सेनि विकास साझेदारद्वारा सहयोग लिनुपर्ने कार्यक्रमको वित्तीय प्रगतिमा आशंका सिर्जना भइ सहयोग रकम रोकिने भएपछि शिक्षा विभागले अनुगमन गर्नेगरी काम अघि बढाइने भएको छ । अन्तर्राष ...

संशोधित शिक्षा ऐन खारेजीको मुद्दामा संवैधानिक इजलाशमा आज पुन: बहस हुँदै

काठमाडौं । शिक्षा ऐन २०२८ को आठौं संशोधन खारेज गर्न माग गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलाशमा परेको मुद्दामा माघ १७ गते दोस्रोपटक बहस हुने भएको छ । यसअघि पौष १४ गते पनि संवैधानिक इजलाशमा बहस भएको थियो । त्यसबला इजलाशले प्रमाण पेश गर्न आदेश दिएको थियो । अस्थायी शिक्षकहरुको तर्फबाट बहस गरेका अधिवक्ता कोषराज काफ्लेले इजलाशले मागे बमोजिमका प्रमाणहरु पेश गरी सकेको जानकारी दिए । शिक्षक सेवा आयोगले अदालतमा झुठोपत्र पठाई त्यसैको आधारमा आदेश हुँदा धेर ...

नियुक्ति स्थायी, पेन्सन खोइ ?

अदालतभन्दा शिक्षा मन्त्रालय ठूलो हो ? रोशन क्षेत्री 'गाउँले' काठमाडौं । कपाल र दाह्री हिमाल झैँ सेतै फुलेका छन् । हिँड्डुल गर्न लौरोको सहारा छ । आँखाले पनि ठम्याउन मुस्किल पर्न थालेको छ । उमेरले ६ दशक नाघेको धेरै भइसक्यो । तर, जागिरबाट अवकाश छैन । स्थायी नियुक्ति र सरकारी जागिरबाट उहाँले ६० वर्ष कटेपनि अवकाश पाउनुभएको छैन । यदि अदालतको आदेश कार्यान्वयन हुँदो हो त अहिले उहाँ घरमै नाती खेलाएर पेन्सन बुझेर रमाउनुहुन्थ्यो होला । तर, सर्वोच्च अदालत पर ...

झमेलै झमेला

काठमाडौं ।  स्थानीय सरकार सञ्चालन ऐनमा चैत २८ गतेभित्र देशभरका जिल्ला शिक्षा कार्यालय खारेज हुने उल्लेख गरिएको छ। तर, कसरी खारेज गर्ने त ? भन्ने विषयमा कुनै कानुन बनेको छैन। ऐनले जारी गरेको २३ वटा कामबाहेक सम्पूर्ण काम जिल्ला शिक्षा कार्यालयबाट हुँदै आएको छ। विशेष गरी विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) मा तोकिएका काम हालसम्म जिल्ला शिक्षा कार्यालयबाटै भइरहेका छन्। अब ती काम कसले गर्ने ? निश्चित भएको छैन। मुलुकमा संघीयता लागू भएसँगै ...

आईएलटीएसको प्रश्नपत्र किनबेच भएको पुष्टि

काठमाडौँ । प्रहरी अनुसन्धानले अन्तर्राष्ट्रियस्तरको अंग्रेजी भाषा परीक्षा (आईएलटीएस) को प्रश्नपत्र किनबेच भएको पुष्टि गरेको छ । २२ पुसमा लिइएको आईएलटीएस परीक्षाको उत्तर बेचेको आशंकामा प्रहरीले सोही दिन ३ जनालाई पक्राउ गरी छानबिन गर्दा प्रश्नपत्र बाहिरिएको निष्कर्ष आएको हो । यसअघि अनुसन्धान नटुंगिएकाले प्रहरीकै अनुरोधमा माघ ६ को निर्धारित परीक्षा रद्द गरिएको थियो । नेपालमा ब्रिटिस काउन्सिल र इन्टरनेसनल डेभलपमेन्ट प्रोगाम (आईडीपी) ले आईएलटीएस परीक् ...

१५ करोड बाँड्ने शिक्षामन्त्रीको तयारी

काठमाडौं  । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले राज्यकोषबाट झन्डै १५ करोड रुपियाँ बाँड्ने तयारी गर्नुभएको छ। मन्त्री श्रेष्ठले आफ्नो जिल्ला र आफूनिकटका विद्यालयलाई उक्त रकम बाँड्न लाग्नुभएको समाचार स्रोतले बतायो। ‘नयाँ सरकार बन्ने दिन नजिकिँदै जाँदा उहाँले मापदण्ड नपुगेका आफ्ना तजबिजीका विद्यालयलाई पुस्तकालय भवन, ल्याब निर्माणलगायतका विषयमा रकम बाँड्न लाग्नुभएको हो।’ –स्रोतले भन्यो । मन्त्रालयमै बजेट अभाव भइ ...

त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर तहको पढाइ हुने सबै क्याम्पसमा यसै वर्षदेखि सेमेस्टर प्रणाली सुरु भएको छ । केन्द्रीय विभागहरूबाट सुरु गरिएको सेमेस्टर प्रणालीअनुसार नै अहिले आंगिक क्याम्पसमा भर्ना लिन थालिएको छ । त्रिवि पदाधिकारीहरूले जिल्ला–जिल्लामा अभिमुखीकरणसमेत गर्दै आएका छन् । झापामा खुलेको कृषि क्याम्पससहित त्रिविमा अहिले ६० वटा आंगिक क्याम्पस छन् । ३९ वटा केन्द्रीय विभागमा ०७१ देखि नै सेमेस्टर प्रणाली सुरु भइसकेको छ । ...

गणितीय उपकरणलाई चुनौती दिने युवा

कालिकोट । जिल्लाको शान्नि त्रिवेणी गाउँपालिका —४ तिकुवाका मोहनविर धामीले गणितीय क्षेत्रमा नयाँ प्रविधि अपनाएका छन् । गणितीय हिसाब किताब गर्दा र तिथिमिति हेर्नु पर्दा उनलाई कुनै पनि उपकरणको आवश्यकता पर्दैन्। हिसाब गर्ने क्यालकुलेटरलाई उनले चुनौति दिएका हुन् । गणित विषयका ऐकिक नियम, साधारण व्याज, बृत्त र क्षेत्र मितिलगायतका हिसाब गर्दा ८० प्रतिशतसम्म दिमागको प्रविधिले सहजै हिसाबको उत्तर पत्ता लगाउने गरेका छन्। उनले नेपाली तथा अंग्रेजी त ...

पिएचडीहोल्डर आधा विदेशमै, किन फर्कंदैनन् नेपाल ?

करिब ३५ सय नेपालीले विद्यावारिधि गरेका छन् । तर, सबैको विज्ञता देश सेवामा प्रयोग हुन सकेको छैन । आधाभन्दा धेरै पिएचडीहोल्डर विदेश भासिएका छन् । शिक्षा मन्त्रालयको आकलनअनुसार हरेक वर्ष ८० देखि सय नेपालीले विदेशका विश्वविद्यालयबाट पिएचडी गर्छन् । त्यसको ७० प्रतिशत पनि नेपाल फर्कंदैनन् । स्वदेश फर्किएका र यतै पिएचडी गरेकाहरू पनि सन्तुष्ट छैनन् । तीमध्ये करिब तीन सय त बेरोजगार नै छन् । सरकारले पनि उनीहरूको विज्ञताको सदुपयोग गर्न चासो देखाएको छैन ।&nb ...

सर्वोच्चको विद्यालय कर्मचारीको मुद्दाको बहस सर्यो, बुधवार पालो नै आएन

काठमाडौं । सरकारले सर्वोच्च अदालतको आदेश बमोजिम विद्यालय कर्मचारीहरुको स्थायी प्रक्रियामा गरेको ढिलाई बिरुद्धको मुद्दाको बहस सरेको छ ।बुधवार बहस हुने भनिएपनि सर्वोच्चमा सो दिन मुद्दाको पालो नै आएन । अब अर्को नयाँ बहसको मिति तय हुने अधिवक्ता कोषराज काफ्लेले जानकारी दिए । सरकारले विद्यालय कर्मचारीहरुको स्थायी र पेन्सन प्रक्रियामा ढिलाई गरेको भन्दै ७० वर्ष उमेर काटेका गोरखाका विद्यालयकर्मचारीहरु लालबहादुर श्रेष्ठ, नरबहादुर श्रेष्ठ, ललितपुरका ६५ वर् ...

अब्बललाई अवसर, कमजोर वञ्चित

-कक्षा ११ का डेढ लाख विद्यार्थी मौका परीक्षाबाट वञ्चित-सी ग्रेडभन्दा माथि ल्याउने विद्यार्थीले मौका परीक्षा दिनुपर्दैन -एउटा विषयको परीक्षामा अनुपस्थित हुनेले पनि मौका पाउने    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षार्थीको संख्या बढेसँगै मौका परीक्षाको बोझ घटाउन भन्दै कक्षा ११ का करिब डेढ लाख विद्यार्थीलाई मौका परीक्षाबाट वञ्चित गरेको छ । बोर्डले कुनै एक विषयमा डी प्लस, डी र ई ग्रेड ल्याउने विद्यार्थीले मात्रै मौका परीक्षा दिन पाउन ...

विद्यार्थी तान्न श्रीपञ्चमीको उपयोग

काठमाडौं । सोमबार बिहानै स्वयम्भूनाथ परिसर पुगेर रामहरि अधिकारीले त्यहाँस्थित विद्याकी देवी सरस्वतीको मूर्तिसामु शिर निहुर्‍याएर मनमनै स्तुती गर्दै आशिर्वाद मागे, ‘पढाइमा सफलता मिलोस्। सोचेको कुरा पुगोस्।' सरस्वतीको पूजा गर्न आएका श्रद्धालुको भीड छिचोल्दै उनी भित्तामा पुगेर ‘सरस्वती मलाई विद्या देऊ' भन्दै सेतो चकले लेख्न पनि छुटाएनन् । ‘मेहनत त आफैंले गर्ने हो। तैपनि भगवानले तँ आँट, म पुर्‍याउँछु भन्छन् रे। मैले पन ...

पढाइ सुधार्न ‘उपचारात्मक कक्षा’

रुकुम  । बाल कल्याण आधारभूत विद्यालय चौरजहारी नगरपालिका ११, मुलडाँडाको कक्षा ३ की भरमाया डाँगी हरेक दिन कक्षाका अलावा ९० मिनेट छुट्टै पढिन् । बिहान १० बजेदेखि साँझ ४ बजेसम्म विद्यालयमा पढ्ने उनी तीन महिनासम्म छुट्टै कक्षा पढिन् । जनप्रिय मावि सानीभेरी गाउँपालिका ९ को कक्षा २ मा पढ्ने यामराज ओली पनि विद्यालय सँगसँगै छुट्टै कक्षामा सहभागी भए । कोर्सभित्रकै पाठ्यक्रम अध्ययन गर्न उनले पनि हरेक दिन ९० मिनेट थप समय पढ्ने गरेका हुन् । डाँगी र ओलीमात्रै ...

शिक्षक सेवा आयोग अलमलमा

काठमाडौँ  । सरकारले शिक्षा ऐन (२०२८) नवौं संशोधनमा शिक्षकको योग्यता निर्धारण नगर्दा शिक्षक सेवा आयोगको कार्यतालिका प्रभावित भएको छ । आयोगले शिक्षक पदपूर्ति, बढुवा र अध्यापन अनुमतिपत्र प्रदान गर्छ ।  ‘शिक्षा ऐन नवौं संशोधनसँगै विद्यालय तहको नयाँ संरचना लागू भयो,’ आयोगका अध्यक्ष ताना गौतमले भने, ‘तर शिक्षकको योग्यता नतोकेकाले चालु आर्थिक वर्षको कार्यतालिका अघि बढ्न सकेन ।’ संशोधित ऐनले विद्यालय तहअन्तर्गत शिशु कक् ...

अस्थायी शिक्षकका सम्बन्धमा शिक्षा मन्त्रालयले पुनः ऐन संशोधन गर्न सक्ने

काठमाडौं । शिक्षा मन्त्रालयले अस्थायी शिक्षक व्यवस्थापनका सम्बन्धमा पुनः शिक्षा ऐन संशोधन गर्न पाउने भएको छ । शिक्षा मन्त्रालयले माध्यमिक विद्यालयका सम्बन्धमा कुनै ऐन नियम बनाउन नपाउने भएपनि शिक्षककर्मचारी पदपुर्ती र दरवन्दी थप सम्बन्धमा भने ऐन संशोधन गर्न वा नयाँ ऐन बनाउन पाउने भएको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले शिक्षा मन्त्रालयले दरवन्दी थप तथा पदपुर्ती सम्बन्धमा ऐन बनाउन संशोधन गर्न पाउने जनाएको हो । शिक्षा मन्त्रालयले विद्य ...

स्थानीय तहमा शिक्षा नियमावली बनाइँदै

बुटवल । विकास, पूर्वाधार र उद्योग व्यापारमा फड्को मारेको रुपन्देही जिल्ला शिक्षामा पनि राजधानीसँग प्रतिस्पर्धामा उत्रन थालेको छ । शिक्षालयको संख्यासँगै गुणस्तरले धेरै विद्यार्थीलाई तानेको छ । लगातार एसईईमा उत्कृष्ट विद्यार्थी बनाएर विद्यालय शिक्षामा राजधानीका नाम चलेका विद्यालयलाई टक्कर दिएको छ । पढ्नका लागि राजधानी जाने विद्यार्थी स्वाट्टै घटेका छन् । यस्तोमा विद्यालय शिक्षा व्यवस्थापनको जिम्मा पाएका स्थानीय तह अझ गुणस्तरीय कसरी बनाउने भन्ने अभ ...

‘सामुदायिक विद्यालयका विद्यार्थीसँग शुल्क नलिन आदेश’

काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक व्यवस्थाविपरीत सामुदायिक विद्यालयहरुले आन्तरिक सहमतिमा शुल्क असुल गर्ने कार्य नगर्न नगराउन अन्तरिक आदेश जारी गरेको छ । माध्यमिक तहसम्म निःशुल्क शिक्षाको हक संवैधानिक रुपमा सुनिश्चितता भएको अवस्थामा विद्यालय व्यवस्थापन समितिलेहरुले शुल्क लिइरहेको भन्दै दायर रिटमा सुनुवाइ गर्दै सर्वोच्चले शुल्क लिने कार्य रोक्न शिक्षा मन्त्रालयका नाममा अन्तरिक आदेश जारी गरेको हो । अदालतले निःशुल्क शिक्षा प्राप्त गर्ने त्यस्ता ...

प्राविधिक तथा व्यावसायिक शिक्षामा विश्व बैंकको ६ अर्ब सहयोग

काठमाडौं ।  व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि (इभेन्ट) परियोजनाद्वारा सञ्चालन गरिने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका लागि विश्व बैंकले ६ अर्ब रूपैयाँभन्दा बढीको आर्थिक सहयोग गर्ने भएको छ । गत महिना बसेको मन्त्रिपरिषद् बैठकले सहयोग रकम स्वीकार गर्ने निर्णय गरेपछि इभेन्टको दोस्रो परियोजनाका लागि खर्च गरिने छ । नेपाल सरकार र विश्व बैंकबीचको सहमति अनुसार सन् २०१७ देखि २०२१ सम्म सञ्चालन हुने दोस्रो चरणको सो परियोजनाका लागि ६ अर्ब २१ क ...

एसएसडीपी कार्यान्वयन नभए १० अर्ब रोकिने

  काठमाडौं ।  शिक्षाका अधिकांश कार्यक्रम स्थानीय तहमार्पmत गर्नेगरी संरचना तयार गरिए पनि अन्तर्राष्ट्रिय विकास साझेदारको सहयोगमा सञ्चालन भइरहेका कार्यक्रम कार्यन्वयनमा चुनौती देखिएको छ । खासगरी १० अर्ब रुपैयाँ बराबरको विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) को कार्यान्वयनमा चुनौती देखिएको हो । गत आर्थिक वर्षदेखि केन्द्रीय तहबाट सञ्चालन गर्नेगरी अन्तर्राष्ट्रिय विकास साझेदारसँग ५ वर्षका लागि सम्झौता गरी कार्यान्वयनमा ल्याइएको एसएसडीप ...

शिक्षा मन्त्रालयले अब शिक्षा ऐन संशोधन गर्न र शिक्षा नियमावली बनाउन नपाउने

काठमाडौं । शिक्षा मन्त्रालयले अब शिक्षा ऐन संशोधन गर्न र शिक्षा नियमावली बनाउन नपाउने भएको छ । स्थानीय विकास मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले शिक्षा मन्त्रालयले अब विद्यालय तहका लागि कुनैपनि ऐन, नियमावली बनाउन नपाउने बताएका हुन् । संविधानले विद्यालय तह सम्मका शिक्षाको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई दिइसकेको अवस्थामा अब मन्त्रालयले विद्यालय शिक्षा सम्बन्धमा कुनैपनि कानून बनाउन नपाउने तामाङले स्पष्ट पारेका हुन् । ‘अब शिक्षा मन्त् ...

जिल्ला शिक्षा कार्यालयहरु चैत २८ भित्र खारेज हुने

काठमाडौं । जिल्ला शिक्षा कार्यालयहरु चैत २८ भित्र खारेज हुने भएका छन् । सरकारले अधिकांश जिल्लास्तरीय कार्यालय २८ चैतभित्र खारेज गर्ने भएको छ । मुख्यसचिव संयोजकत्वको उच्चस्तरीय समितिले खारेज हुने कार्यालयका कर्मचारी, सम्पत्ति र बजेट स्थानीय तहलाई हस्तान्तरण गर्न निर्देशन दिइसकेको छ । अहिले ती कार्यालयले सम्पत्ति, कर्मचारीलगायत विवरण संकलन गर्ने काम गरिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । विवरण संकलन गरेलगत्तै स्थानीय तहको ...

शिक्षामन्त्रीको नीतिगत निर्णय सहसचिव र सचिवले काटे

    आफ्नै मन्त्रीबाट गरिएको मन्त्रिस्तरीय निर्णयलाई शिक्षा मन्त्रालयका सहसचिवले काटेको पाइएको छ । तत्कालीन शिक्षामन्त्री दिनानाथ शर्माले १६ चैत २०६८ मा गरेको शिक्षक काज स्वीकृतिसम्बन्धी मन्त्रिस्तरीय निर्णयलाई मन्त्रालयका सहसचिव डा. हरि लम्सालले ‘शिक्षा नियमावलीमा काज स्वीकृत गर्ने प्रावधान रहेको नदेखिएको’ भन्दै २६ पुस २०७४ मा लेख्नुभएको रायलाई शिक्षा सचिव मधुप्रसाद रेग्मीले सदर गर्नुभएको छ । यो सदरले विगतका आफ्नै मन्त्रीले ...

भाषा आयोगले पूर्णता पाएन

काठमाडौँ  । संवैधानिक व्यवस्थाअनुसार भाषा आयोग गठन भएको डेढ वर्ष पुग्दै छ । भाषाहरूको स्थिति अध्ययन गरेर सरकारी कामकाजको भाषा तोक्नेलगायत जिम्मेवारी पाएको आयोगमा अझै सदस्य नियुक्त भएका छैनन् तर स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिहरूले संविधानअनुसार गाउँ/नगरसभाबाट सरकारी कामकाजको भाषा तोक्न थालेका छन् । काठमाडौंको कीर्तिपुर नगरपालिकाले नेपाल भाषा (नेवारी) र दाङको घोराही नगरपालिकाले थारू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने निर्णय गरे ...

पूर्ण साक्षर जिल्लामा ल्याप्चे नै ल्याप्चे

धादिङ । अढाई महिनाअघि जिल्लामा हाजिर हुँदा सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले धादिङ पूर्ण साक्षर भइसकेको थाहा पाएका थिए । त्यसैअनुसार जिल्लावासी धेरथोर लेखपढ गर्न सक्ने होलान् भन्ने उनको अनुमान थियो । तर, बेनीघाट ब्रुसवाङका चेपाङहरूलाई नागरिकता र न्यानो कपडा वितरण गर्न जाँदा भने उनी त्यहाँको अवस्था देखेर तीनछक परे । राहत लिन आएका १ सय २५ चेपाङ युवामध्ये ९० जनाले ल्याप्चे नै लगाएर सामग्री बुझ्दा सहायक प्रजिअ ढकालले ‘पूर्ण साक्षर&rsqu ...

सीटीईभीटीमा जागिर खाने मध्ये १४ प्रतिशत नातागोता, ३१ जोडी श्रीमान्–श्रीमती

काठमाडौँ । सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) भित्र जागिर खाने/खुवाउने पारिवारिक जालोका केही प्रतिनिधि पात्र हुन् उनीहरू । सीटीईभीटीका तीन कर्मचारी संगठनका अध्यक्षका आफन्त हुन् यिनीहरू । अध्यक्षहरू मात्रै किन ? पहुँचवाला कर्मचारी, निर्देशक र पूर्वसदस्यसचिवका आफन्तसमेत धेरैले ठूलो संख्यामा नातागोतालाई जागिर खुवाएका छन् । प्राविधिक शक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) कर्मचारी संगठनका अध्यक्ष नागेन्द्र ...

कक्षा ११ को नतिजा सार्वजनिक (नतिजा सहित)

काठमाडौं । कक्षा ११ को नियमित तर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार बेलुकी ग्रेडिङ प्रणालीमा नतिजा सार्वजनिक गरेको हो ।बोर्डले एसइइकै जस्तै नौ समूहमा विभाजन गरेर नतिजा सार्वजनिक गरेको छ। बोर्डले कक्षा १० को एसइइ परीक्षाकै जस्तै कक्षा ११ को नतिजा पनि नौ ग्रेडमा विभाजन गरेर सार्वजनिक गरेको छ । तर, एसइइ परीक्षामा समग्र ग्रेड दिने गरिएपनि कक्षा ११ को नतिजा भने हरेक विषयको छुट्टाछुट्टै विषयगत ग्रेड दिइएको छ । विद्यार्थीहरुल ...

'हरेक बार खाना चार'

तुलसीपुर । दाङमा ५ वर्षमुनिका १२ सय बालबालिकालाई कुपोषणबाट जोगाउन जिल्ला जनस्वास्थ्य कार्यालयले गाउँकेन्द्रित अभियान सञ्चालन गर्ने भएको छ। कार्यालयले स्वास्थ्यकर्मीलाई गाउँगाउँमा खटाउँदै अभियानलाई प्रभावकारी बनाउने जनाएको छ। गाउँमा खटाइने स्वास्थ्यकर्मीलाई कुपोषणबाट पीडित बालबालिकाको लक्षण र तत्काल गर्नुपर्ने प्रारम्भिक उपचारका विषयमा प्रशिक्षण दिएको छ। उनीहरूलाई ‘हरेक बार खाना चार' अनिवार्य गर्नुपर्ने भन्दै जानकारी गराइने जिल्ला जनस्वास्थ् ...

इस्लिङटन कलेजमा रोजगारीसहितको एमबिए कार्यक्रम

काठमाडौं । कमलपोखरीस्थित इस्लिङटन कलेजले अनुसन्धान रोजगार सहितको एमबिए कार्यक्रम सुरु गरेको छ । कलेजले चीन र थाइल्याण्डमासमेत अतिरिक्त समय अध्ययनको व्यवस्था सहित दुई वर्षे एमबिए कोर्ष सुरु भएको जानकारी गराएको छ । वेलायतको लन्डन मेट्रोपोलिटन युनिभर्सिटिको सम्बन्धनमा यसै शैक्षिक सत्रदेखि एमबिए कार्यक्रम सुरु भएको हो । सोही कोर्ष अध्ययनपछि नेपाललगायत विश्वका कुनै पनि मुलुकमा व्यवसाय अध्ययन र अनुसन्धान गर्न सहयोग हुने कलेजका अध्यक्ष तथा सिइओ सुलभ बु ...

हेटौंडाको शैक्षिक अवस्था : १३ प्रतिशतले दिएनन् वार्षिक परीक्षा !

हेटौंडा । हेटौंडाका सामुदायिक विद्यालयमा अध्ययनरत १३ प्रतिशत विद्यार्थी वार्षिक परीक्षा अनुपस्थित हुने गरेका छन् । जिल्ला शिक्षा कार्यालय मकवानपुरमा आयोजित ‘विद्यालयको स्तर सुधारमा हाम्रो भुमिका’ विषयक अन्तक्र्रियामा प्रस्तुत तथ्यांक अनुसार आधारभूत र मावि तहमा २२ हजार ३ सय जना विद्यार्थी अध्ययनरत थिए । अनुतिर्ण मध्ये ८२ प्रतिशतले कक्षा दो¥याएको र नगरस्तरिय एक शिक्षक बराबर २८ जना विद्यार्थीले अध्ययन गर्ने गरेको प्रतिवेदनमा उल ...

कक्षा ११ को नतिजा सोमवार, ७३ जनाको नतिजा भयो रद्द

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सोमवार भित्रै सार्वजनिक गरिने जनाएको छ । बोर्डले पौषभित्रै नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । राष्ट्रिय परीक्षा बोर्डको बिहिवार बसेको बोर्ड बैठकले कक्षा ११ को परीक्षामा अमर्यादित गतिविधि गर्ने ७३ विद्यार्थीको परीक्षा रद्द गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार कक्षा ११ को नतिजा सार्वजनिक गर्ने सम्पूर्ण तयारी पुरा भइसकेको र केही दिन भित्रै ...

कक्षा १२ को पुनर्याेगको नतिजा सार्वजनिक, ३.२ प्रतिशतको नतिजामा सुधार

भक्तपुर । कक्षा १२ को पुनर्याेगकोे नतिजा सार्वजनिक भएको छ । पुनर्याेगका लागि आवेदन दिएका मध्ये ३ दशमलव २ प्रतिशतको नतिजामा सुधार आएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डको बिहिवार बसेको बोर्ड बैठकले कक्षा १२ को पुनर्याेगको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले जानकारी दिए । पौडेलका अनुसार नतिजा भोलि बोर्डको वेवसाइटमा राखिने छ । बोर्डले गत असार २० गते विज्ञान तथा  साउन १५ गते अन् ...

यसपालिको एसइइ परीक्षा कठिन बन्दै

काठमाडौं । आगामी २८ चैतबाट जिल्ला शिक्षा कार्यालय नरहने भएपछि माध्यमिक शिक्षा परीक्षा ( एसइइ)को नतिजा निकाल्न कठिन हुने देखिएको छ । कानुनी रूपमा संक्रमणकालीन व्यवस्था नहुँदा यस वर्षको  एसइइ परीक्षाको नतिजा आउन निकै समय लाग्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए । उच्चस्तरीय शिक्षा आयोगको बुधबारको बैठकमा आयोगसदस्य तथा बोर्डका अध्यक्ष पौडेलले अहिले जिल्ला शिक्षा कार्यालयले एसइइको ९५ प्रतिशत काम सकेको बत ...

शिक्षा आयोगको सुझावमा निजी क्षेत्रको आपत्ति

काठमाडौँ  ।  उच्चस्तरीय शिक्षा आयोगको प्रारम्भिक प्रतिवेदनमा आफूहरूको योगदानलाई अवमूल्यन गरिएको भन्दै निजी क्षेत्रका प्रतिनिधिले पुनःलेखन गर्न माग गरेका छन् । सिंहदरबारमा आज सम्पन्न आयोगको दोस्रो बैठकमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेन (प्याब्सन), उच्चमाध्यमिक विद्यालय संघ (हिसान), निजी तथा आवासीय विद्यालय एसोसिएन (एन प्याब्सन) का प्रतिनिधिले सो गुनासो गरेका हुन्। आयोगमा प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फे, पूर्व अध्यक्षहरू उमे ...

‘निजी विद्यालय होइन, सरकारी विद्यालय बन्द गरौं’

काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कोइरालाले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनबाट निजी विद्यालयलाई बन्द गर्ने, राष्ट्रियकरण गर्ने विषय हटाउन माग गरेका छन् । गुणस्तरकै कुरा गर्ने हो भने राष्ट्रीयकरण र बन्द निजी विद्यालय होइन सरकारी विद्यालय हुनुपर्ने उनले दाबी गरे । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनमा समेटीएको निजी विद्यालयको उत्पादीत विद्यार्थी ब्रोइलर कुखुरा जस्तो भन्ने विषय प्रति आक्रमक रुपमा प्रस्तुत हुँदै ...

अस्थायी लाइसेन्स लिएका शिक्षकलाई प्रमाणपेश गर्न दोस्रो मौका

काठमाडौं । शिक्षक सेवा आयोगले स्नातकोत्तर तह उत्तीर्ण गरी अस्थायी अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) लिएका शिक्षकहरुलाई एमएड, बीएड वा १० महिने तालिम लिएको प्रमाण पेश गर्न फागुन मसान्तभित्रको समय दिएको छ । आयोगले पौष २३ गते एउटा सूचना जारी गर्दै पाँचै क्षेत्रिय शिक्षा निर्देशनालयहरुलाई यस सम्बन्धी काम अगाडी बढाउन अनुरोध गरेको हो । आयोगले ०६८ चैत १५ गते लिखित परीक्षा मार्फत अस्थायी लाइसेन्स लिएका शिक्षकहरुलाई प्रमाणपत्रहरु पेश गर्न दोस्रोपटक दुई ...

पुरातत्वले रोक्यो दरबार स्कुल निर्माण

काठमाडौं । भूकम्पले भत्काएको पुरातात्विक महत्वको सम्पदा पुरानै शैलीमा बनाउनुपर्ने अभियानकर्मीको प्रभाव राजधानीको भानु मावि (दरबार हाइस्कुल) र सँगै जोडिएको संस्कृत माविमा परेको छ । यसअघि नै नक्सा तयार भएर निर्माणका लागि चिनियाँ सरकारलाई अन्तिम स्वीकृति दिइसकिएको यो स्कुल अहिले पुरानै शैलीमा बनाउनुपर्ने पुरातत्व विभागको अडानका कारण समयमै निर्माण नहुने मात्रै होइन, निर्माण जिम्मा लिएको चिनियाँ सरकारले नै हात झिक्ने अवस्था बनेको छ । स्कुल भत्के ...

कक्षा ८ को परीक्षा शिक्षा कार्यालयमा

रुकुम । रुकुम पूर्व र पश्चिम दुवै जिल्लामा यसपाली पनि कक्षा ८ को जिल्ला स्तरीय परीक्षा शिक्षा कार्यालयमा सञ्चालन हुने भएको छ। मंगलबार रुकुम पश्चिमको सदरमुकाम खलंगामा बसेको दुवै जिल्लाका माध्यामिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले देश संघीयतामा गए पनि अहिलेसम्म विद्यालय ऐन र नियमावली खारेज नभएको र नयाँ ऐन तथा नियमावली समेत नबनेकाले कक्षा ८ को परीक्षा जिल्ला शिक्षा कार्यालयबाट नै सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकले एसईई परीक्षाको पूर्व तयारीको ...

सर्वोच्चद्वारा आइओएमका डिन शर्मालाई पुनर्बहाली गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डिनबाट बर्खास्तीमा परेका डा. शशि शर्मालाई चार वर्षपछि पुनर्बहाली गर्न आदेश दिएको छ । सरकारले ८ माघ ०७० मा शर्मालाई आइओएमको डिनबाट बर्खास्त गरेको थियो । आफूलाई हटाउने निर्णयलाई चुनौती दिँदै शर्मा १ फागुन ०७० मा सर्वोच्च पुगेका थिए ।  आफूलाई सुनुवाइको मौकासमेत नदिई पदबाट हटाउने आधार र कारण नै नखुलाई डा. राकेश श्रीवास्तवलाई नियुक्ति गरिनु गैरकानुनी भएको भन्दै उनले ...

विवाद बढेपछि दरबार हाइस्कुलको पुनर्निर्माणबाट हात झिक्दै चीन

काठमाडौं । भूकम्पले भत्काएको नेपालको पहिलो विद्यालय दरबार हाइस्कुल (भानु मावि)को पुनर्निर्माणमा चीनले हात झिक्ने परिस्थिति उत्पन्न भएको छ । पुरातत्व विभागले दरबार हाइस्कुल पुनर्निर्माणमा पुरानै सामग्री र पुरानै शैलीमा बनाउनुपर्ने पत्र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पठाएपछि अन्योल थपिएको हो । चीनका डिजाइनरहरूले विद्यालयमा रड र सिमेन्ट प्रयोग गरी चारतले भवन बनाउने गरी डिजाइन तयार पारेका थिए । पहिलेका छलफलमा पुरातत्व विभागका पदाधिकारीले १९९० य ...

स्थानीय तहमा शिक्षाका कर्मचारी अपर्याप्त

काठमाडौं । शिक्षा मन्त्रालयले हालसम्म करिब ५०० कर्मचारी काजमा खटाए पनि स्थानीय तहमा शिक्षा सेवाका कर्मचारी अपर्याप्त देखिएको छ। संविधानतः माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय तहको भएकाले शिक्षासम्बन्धी सेवा प्रवाहका लागि विषयगत कर्मचारी अपुग भएको हो। स्थानीय तहले शिक्षा मन्त्रालयबाट काजमा आएका कर्मचारीलाई स्थायी दरबन्दीमा मिलान गर्ने वा नयाँ विज्ञापन गरेर त्यस सेवामा कर्मचारी पूर्ति गर्ने भन्ने टुङ्गो लागिसकेको छैन। कर्मचारी सम ...

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशमै पढेका ४१% फेल

काठमाडौँ । नेपालकै मेडिकल कलेजबाट चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) गरेका ४१ प्रतिशत डाक्टर अति सामान्य मानिने लाइसेन्स परीक्षामा फेल भएपछि मुलुकमा हुने पढाइको स्तरमा प्रश्नचिह्न खडा भएको छ ।  यति ठूलो संख्यामा चिकित्सकहरू फेल हुनुका पछाडि पढाइको स्तरमात्र नभई एमबीबीएस परीक्षामा हुने अनियमिततालाई पनि कारण मानिएको छ । एमबीबीएस परीक्षामा व्यापक अनियमितता हुने गरेको दाबी गरिएको छ । मुलुकका विश्वविद्यालयले लिने एमबीबीएसका विभिन्न तहको परीक्षा ...

'उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन कथित् शिक्षाविद्हरुले तयार पारेको चुट्किला संग्रह'

  काठमाडौं । निजी विद्यालयका सञ्चालकहरुले शिक्षाविद्हरुले तयार पारेको उच्चस्तरीय शिक्षा आयोगको प्रारम्भिक प्रतिवेदन हास्यस्पद भएको टीप्पणी गरेका छन् । निजी विद्यालयको नियमन गर्ने विषय समेटिएको प्रतिवेदन तयार गर्ने शिक्षाविदहरुलाई 'कथित् प्राडा' र 'कथित् शिक्षाविद्' भन्दै निजी विद्यालयका सञ्चालकहरुले निजी विद्यालयहरुलाई तहलगाउने विषय कुनै शिक्षाविद्हरुको वसमा नरहेको बताएका हुन् । निजी विद्यालय प्रति प्रतितवेदन अनुदार देखिएपछि अत्तालिएका निजी ...

शिक्षक परीक्षाको मिति तय केही दिनमै, लगत्तै खुला विज्ञापन गर्ने तयारी

काठमाडौं । अस्थायी शिक्षकहरुका लागि खुलेको विज्ञापनको परीक्षा मिति तय चाँडै हुने साथै, लगत्तै खुला विज्ञापन गर्ने तयारी भइरहेको शिक्षा मन्त्रालयले जनाएको छ । मंगलवार मन्त्रालयमा शिक्षक महासंघका प्रतिनिधिहरुसँगको भेटमा शिक्षा सचिव मधुप्रसाद रेग्मीले शिक्षक परीक्षाको मिति केही दिनमै तयहुने साथै लगत्तै खुला विज्ञापन गरिने तयारी भइरहेको जानकारी दिएका हुन् । सचिव रेग्मीले शिक्षक सेवा आयोगको नियमावली समेत छिट्टै संशोधनको तयारी भइरहेको जानकारी दिएको भे ...

अस्थायी शिक्षकहरुको परीक्षाको मिति तत्काल नतोक्न विद्यार्थीको 'धम्की'

काठमाडौं । अस्थायी शिक्षकका लागि खुलेको विज्ञापनको परीक्षा मिति तत्काल तय नगर्न विद्यार्थीहरुले शिक्षक सेवा आयोगलाई 'धम्की' दिएका छन् । आन्दोलनरत विद्यार्थीहरुले सोमबार आयोग पुगेर नयाँ सरकार नबन्दासम्म शिक्षक विज्ञापनको सम्पूर्ण प्रक्रिया रोक्न चेतावनी दिएका हुन् । आयोगलाई ध्यानाकर्षण पत्र बुझाउँदै विद्यार्थीहरुले शिक्षक विज्ञापनको प्रक्रिया तकाल रोक्न साथै, परीक्षा मिति तोक्ने काम अगाडी नबढाउन चेतावनी दिएका हुन् । विद्यार्थी संघर्ष समितिका संयोज ...

यस्तो छ आयोगको प्रतिवेदन

काठमाडौं । सरकार प्रारम्भिक बाल शिक्षादेखि विश्व विद्यालय शिक्षासम्मको समग्र नीति निर्माणदेखि कार्यक्रम कार्यान्वयन तहसम्मको अध्ययन एवं विश्लेषण गरी मुलुकको संघीय संरचना (संघ, प्रदेश र स्थानीय तह) अनुकूल शिक्षा नीति, कार्यक्रम र सङ्गठनात्मक स्वरूपको सुधार एवं परिमार्जन गर्नका लागि ५ महिनाभित्र सुझाव पेस गर्न भदौ १९ गते ६५ सदस्यीय उच्चस्तरीय शिक्षा आयोग एवं शिक्षा क्षेत्रमा विद्यमान रहेका समस्याहरू पहिचान गरी ती समस्या समाधानका लागि तत्काल गर्नुप ...

दीक्षान्तप्रति किन भएन विद्यार्थीको आकर्षण ?

काठमाडौँ । त्रिभुवन विश्वविद्यालबाट वर्षेनी ६० हजारभन्दा बढीले उच्च शिक्षा हासिल गरे पनि दीक्षान्तमा मुस्किलले १२ प्रतिशतमात्रै सहभागी हुने गरेका छन् । दीक्षित प्रमाणपत्र लिन र गाउन लगाएर फोटो खिच्न मात्रै सीमित विद्यार्थी सहभागी हुने गरेका छन् ।०७३ असार २ देखि ०७४ जेठ १७ सम्म त्रिविका ६० आंगिक र एक हजार ८५ सम्बन्धन प्राप्त क्याम्पसबाट स्नातक, स्नात्तकोर, एमफिल र विद्यावारिधी तह उत्तीर्ण गरेका ६८ हजार २ सय ९२ मध्ये ८ हजार २ सय ६७ दीक्षित समारोहम ...

त्रिविले पुर्‍याएको योगदान अतुलनीय : प्रधानमन्त्री

ललितपुर ।  प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले देशको समग्र विकासका लागि आवश्यक पर्ने सक्षम जनशक्ति तयार पार्न त्रिभुवन विश्वविद्यालयले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ४३ औँ दीक्षान्त समारोहलाई आइतबार यहाँ सम्बोधन गर्दै उनले भने, 'मुलुकको जेठो यस विश्वविद्यालयले नेपालको शैक्षिक जगतमा पुर्‍याएको योगदान अतुलनीय रहेको छ ।' मुलुकको कला, संस्कृति र परम्पराको संरक्षण गर्न तथा ...

दुई पैसामा कुरो मिलेन, कर्णालीमा पाठ्यपुस्तक अभाव हुने

काठमाडौं । यो वर्ष कर्णालीमा पाठ्यपुस्तक अभाव हुने देखिएको छ। शैक्षिक सत्र शुरू हुनु दुई महिना अघिसम्म सरकारी सुस्तताका कारण पाठ्यपुस्तक अभाव हुने देखिएको हो।पाठ्यक्रम विकास केन्द्रले निजी पुस्तक प्रकाशक र विक्रेताको सूची हालसम्म सार्वजनिक गर्न सकेको छैन। यो वर्षदेखि कक्षा ३ देखि ५ सम्म रंगीन पाठ्यपुस्तक छपाइ गर्नुपर्ने हुन्छ। गत वर्ष १ र २ कक्षाका लागि मात्रै रंगीन पाठ्यपुस्तक छपाइ भएको थियो। यो वर्षदेखि कक्षा ५ कक्षासम्मकै पाठ्यपुस्तक छपाइ गर् ...

शिक्षा सुधारका लागि शिक्षकलाई ३ महिने अल्टिमेटम !

बाँके । बाँकेको कर्णाली भनेर चिनिने बघौडा क्षेत्रका विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न नसकेको गुनासो बारम्बार आएपछि सुधारका लागि नरैनापुर गाउँपालिकाका प्रमुखले तीन महिने अल्टिमेटम दिएका छन् । उनले तीन महिनासम्म बालबालिकाको शिक्षामा सुधार नआए कारवाही गर्ने चेतावनी दिएका छन् ।विद्यालयमा शिक्षकहरु अनुपस्थित हुने, समयमा बिद्यालय नपुग्ने, पुगे पनि बिदा हुनुभन्दा अगावै निस्कने र अध्ययन अध्यापनमा लापरवाही गरेका कारण बिद्यालय जाने बिद्यार्थीको संख्य ...

शिक्षाका कानुन धमाधम बन्दै

काठमाडौँ । सरकारले स्थानीय, प्रदेश र संघीय शिक्षा ऐन धमाधम बनाउन थालेको छ । शिक्षा मन्त्रालयका अनुसार संघीय शिक्षा ऐन र अधिकारमा आधारित शिक्षा ऐनको मस्यौदा एक साताभित्र सार्वजनिक गरिनेछ । स्थानीय र प्रदेश शिक्षा ऐनको मस्यौदा बनाउन शिक्षा मन्त्रालय र संघीय मामिला तथा स्थानीय मन्त्रालयका एकरएक जना सहसचिव र शिक्षा विभागका महानिर्देशक रहेको समिति बनाइएको छ । ‘दुईवटा कानुन बनाउने काम अन्तिम चरणमा पुगेको छ । एक सातामा सार्वजनिक गर्छौं,’ सह ...

शिक्षाका २३ काम स्थानीय निकायलाई नै देऊ

काठमाडौं । शिक्षा मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले तोकेबमोजिम २३ वटा काम स्थानीय निकायलाई नै दिन निर्देशन दिएको छ । कतिपय जिल्ला शिक्षा कार्यालयले कक्षा ८ को परीक्षा आफैले सञ्चालन गर्न पाउनुपर्ने, नयाँ शैक्षिक सत्रका लागि विद्यालय अनुमति, कक्षा थपलगायतका काम आफैले गर्नुपर्नेसहितका माग शिक्षा मन्त्रालयमा राखिरहेको अवस्थामा स्थानीय निकायलाई यस्तो जिम्मेवारी दिइएको हो। शिक्षा विभागका प्रवक्ता डा. हरि लम्सालले ऐनमा व्यवस्था भएअनुसारका स ...

संवैधानिक इजलाशले भन्यो– 'शिक्षक आयोगको झुठोपत्र खोई ?'

काठमाडौं । शिक्षा ऐनको संशोधन खारेज गर्न माग गर्दै परेको मुद्दामा संवैधानिक इजलाशले प्रमाण पेश गर्न आदेश दिएको छ । शुक्रवार भएको बहसमा अस्थायी शिक्षकहरुको तर्फबाट बहस गरेका अधिवक्ता कोषराज काफ्लेले शिक्षक आयोगले अदालतमा झुठोपत्र पठाई त्यसैको आधारमा आदेश हुँदा धेरै शिक्षकहरु परीक्षा दिनबाट बञ्चित भएको  दावी गरेका थिए । उनले आयोगले एउटा विज्ञापन नै लुकाएर झुठो प्रमाण अदालतमा पेश गरेको र सोही अनुसार आदेश हुँदा लाइसेन्स, तालिम, शिक्षा विषय ...

भक्तपुर नपाले कक्षा ८ को परीक्षा लिने

भक्तपुर । स्थानीय सरकार सञ्चालन अभ्यासअन्तर्गत भक्तपुर नगरपालिकाले चालू शैक्षिक सत्रको कक्षा ८ को नगरस्तरीय परीक्षा सञ्चालन गर्ने भएको छ । नगरस्तरीय परीक्षाको लागि भक्तपुर नपाले वडा नं ५ का वडा अध्यक्ष प्रेमगोपाल कर्माचार्यको अध्यक्षतामा प्राविधिक समितिसमेत गठन गरिसकेको हो। उक्त समितिमा नगरमा क्रियाशील विद्यालयसँग सम्बन्धित संघसंगठनका प्रतिनिधिसमेत सदस्य रहेका छन्। जिल्ला शिक्षा कार्यालय भक्तपुरका विद्यालय निरीक्षक रुद्र शर्मा पौडेल सदस्य सचिव र ...

झुपडीमा स्कुल : २७ महिनादेखि शिक्षकले पाएनन् तलब

रुकुम पश्चिम । कुनै कारण स्रोत अभाव भएमा एउटा व्यक्तिले कति समयसम्म बिना तलब काम गर्ला ? केही दिन ? हदै भए केही महिना ? तर रुकुम पश्चिममा एउटा यस्तो विद्यालय पनि छ जहाँ कार्यरत शिक्षकले २७ महिनादेखि तलब पाएका छैनन्। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ८ पेउघामा रहको श्री शुभप्रभात आधारभूत विद्यालयमा निजी तहबाट भर्ना गरिएका पाँच जना शिक्षकले विगत २७ महिनादेखि बिना तलब काम गरिहेका छन्। ११ वर्ष अघि २०६३ सालमा जिल्ला शिक्षा कार्याल ...

संशोधित शिक्षा ऐन खारेजीको मुद्दा संवैधानिक इजलाशमा, आज बहस हुँदै

  सूर्यकुमारी सुवेदी/काठमाडौं  शिक्षा ऐन २०२८ को आठौं संशोधन खारेज गर्न माग गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलाशमा परेको मुद्दामा पौष १४ गते बहस हुने भएको छ । शिक्षा ऐनको आठौं संशोधन सर्वोच्च अदालतको यसअघिको फैसला र शिक्षा ऐनको व्यवस्था विरुद्ध भएको भन्दै कुमार लामा, कान्तिकुमारी ढुंगेललगायत २० जना अस्थायी शिाकहरुले संवैधानिक इजलाशमा मुद्दा दायर गरेका थिए । २०७३ असार १५ मा शिक्षा ऐनको आठौं संशोधन भएलगत्तै त्यसको खारेजीको माग गर्दै २० ...

सामुदायिक विद्यालयमा बजेट अभाव

काठमाडौं । धादिङ त्रिपुरासुन्दरी वडा नम्बर २ स्थित सल्यानटार माध्यमिक विद्यालयले भौतिक संरचना निर्माण तथा विद्यालयको मसलन्द खर्च शीर्षकमा सरकारले दिएको रकम कटौती गरेर शिक्षकलाई तलब खुवाएको लामो समय भइसकेको छ। विद्यार्थी पढाउन सरकारी दरबन्दीबाट नियुक्ति भएका शिक्षकबाट मात्र अपुग भएपछि आन्तरिक स्रोतबाट तलब खुवाउने गरी विद्यालयले पाँच जना शिक्षक नियुक्त गरेको छ। गुणस्तरीय शिक्षा प्रदान गर्न र नजिकै रहेको निजीस्तरका स्कुलसँग प्रतिस्पर्धा गरेर विद्या ...

‘स्थानीय निकायपिच्छेको नीतिले शिक्षा क्षेत्र ध्वस्त हुन्छ’

काठमाडौं । संघीय संरचना लागू भएसँगै विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय निकायमा पुगेपछि केही स्थानीय निकायले गैरजिम्मेवार ढंगमा अघि बढ्न थालेपछि शिक्षकहरूले आपत्ति जनाएका छन् । नेपाल शिक्षक महासंघले स्थानीय सरकारले शिक्षकलाई वेवास्ता गरी नीति नियम बनाए आपूmहरूले कुनै पनि नीति नियम नमान्ने चेतावनी दिँदै आन्दोलनमा उत्रने धम्की दिएका छन् । केहि दिनअघि सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाका अध्यक्षले त्यस क्षेत्रका सबै विद्यालयको व्यवस्थापन समिति खार ...

स्थानीय तहले विद्यालय व्यवस्थापन समिति पुनःगठन गर्न सक्ने

काठमाडौँ । विद्यालय शिक्षा व्यवस्थापनको अधिकार संविधानतः स्थानीय सरकारमा भएकाले सामुदायिक विद्यालयका व्यवस्थापन समितिको गठन/पुनःगठन उसकै कार्यक्षेत्रमा पर्ने भएको छ। कतिपय स्थानीय तहले सामुदायिक विद्यालयको व्यवस्थापन समिति विघटन गरी सम्बन्धित वडाध्यक्षहरुको नेतृत्वमा समिति गठन गरेकामा अन्योल सिर्जना भइरहेका सन्दर्भमा शिक्षा मन्त्रालयले आवश्यक नीति र पद्धति बसालेर स्थानीय सरकारले व्यवस्थापन समितिलाई सञ्चालन गर्न सक्ने जनाएको हो । कक्षा १२ सम्मलाई ...

स्थानीय सरकारका 'दादागिरी' नसहने शिक्षक महासंघको चेतावनी

काठमाडौं । नेपाल शिक्षक महासंघले स्थानीय सरकारले निर्माण गरेका शिक्षा नीति नमान्ने चेतावनी दिएको छ । स्थानीय सरकारले निर्माण गरेका शिक्षा सम्बन्धी नीति नियम दम्भयुक्त, संविधान विपरित र पुर्वाग्रही भएको भन्दै त्यो आफुहरुलाई मान्य नभएको महासंघले जनाएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै महासंघले स्थानीय सरकारले जारी गर्न लागेको विद्यालय शिक्षा सञ्चालन, व्यवस्थापन तथा नियमनका सम्बन्धमा बनेको कार्यविध २०७४ शिक्षकवर्गको हीतमा नभएको भन्दैे उक्त नियम मान ...

स्रोतको अभाव खस्कँदो सामुदायिक विद्यालय शिक्षा

काठमाडौँ । नेपालमा झण्डै ८० प्रतिशत सामुदायिक विद्यालयको हालत खराब छ। स्रोत र लगानी अभावका कारण सामुदायिक विद्यालयको अवस्था नाजुक बन्दै गएको छ। स्थानीय सरकारको मातहतमा रहेको माध्यामिक तहको शिक्षा सुधारका लागि सरकारी तत्काल पहल गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ। सरकारको कम लगानी र शिक्षकको राजनीतिका कारण सरकारी विद्यालयमा विद्यार्थी घट्दो अवस्थामा रहेको छ। तत्कालीन एसएलसीको परीक्षालाई आधार मान्ने हो भने करिब २० प्रतिशत विद्यार्थी मात्रै उत्ती ...

प्रयोगात्मक कक्षमा मुसा, माकुरा, साङ्ला

काठमाडौं । ज्योतिषशास्त्र विषयमा खगोलीय पिण्डहरूबारे अध्ययन अनुसन्धान गर्न प्रयोगात्मक विधि अनिवार्य हुन्छ । प्रयोगात्मक अध्ययनबिना ज्योतिष अध्ययन अपूर्ण हुन्छ । त्यसैले सैद्धान्तिक ज्योतिषअन्तर्गतको खगोलीय पिण्ड, ग्रह, तारा, नक्षत्र आदिको प्रयोगात्मक अध्ययन गर्न वेधशाला अनिवार्य हुन्छ । तर, काठमाडौं भृकुटीमण्डपस्थित नेपाल संस्कृत विश्वविद्यालयको आंगिक कलेज वाल्मीकि विद्यापीठको वेधशाला जीर्ण बन्दा विद्यार्थीले प्रयोगात्मक कार्य गर्न पाएका छैनन् ...

प्रश्नपत्रमा हदै लापरबाही

काठमाडौं । 'दसैंमा के-के गरिन्छ' भन्ने वाक्यलाई अंग्रेजीमा कसरी उच्चारण गरिन्छ ? अंग्रेजी भाषामा सामान्य ज्ञान भएका व्यक्तिका लागि कुनै कठिन प्रश्न होइन यो । धेरथोर अध्ययन गरेका विद्यार्थी र शिक्षकका लागि त झन् यो प्रश्न अत्यन्तै सहज हुनुपर्ने हो । तर, परीक्षामा प्रश्नपत्र निर्माणका लागि एकै ठाउँमा जम्मा भएका राजधानीका ४९ वटा सामुदायिक विद्यालयका शिक्षकले भने, ‘दसैंमा के-के गरिन्छ' लाई अंग्रेजीमा ‘ह्वाट इज कन्फ्ल्टि' भनेर अनुवाद ...

कक्षा ११ को नतिजा पुस २० भित्रै

काठमाडौँ । कक्षा ११ को नियमिततर्फको नतिजा पुस २० गतेभित्रै सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कर्मचारी चुनावमा खटेकाले नियमिततर्फको नतिजा ल्याउन अलिकति ढिला भएको बताए । कपी जाँच सकिसकेको बताउँदै उनले अहिले संपरीक्षण जारी रहेको जानकारी दिए । भुकम्पमा भवन भत्केर स्थानको अभाव र कपी जाँच्ने काम गोप्य रुपमा भएको हुनाले नतिजा सार्वजनिकमा अलिक ढिला भएको उनले बताए । अहिले भने १० वटा समूहले तिव्र रुपमा ...

विद्यार्थीहरुलाई किताब हेरेरै परीक्षा दिने व्यवस्था गर्न सुझाव

काठमाडौं । निजी र सार्वजनिक विद्यालयको शैक्षिक स्तर समान बनाउन बर्षमा दुई पटक मुल्याङ्कन गर्ने व्यवस्था गर्न उच्च स्तरीय शिक्षा आयोगले गठन गरेको विज्ञ समूहले सुझाव दिएको छ । स्थानीय सरकारमार्फत विद्यार्थीको ज्ञान, सीप, अभिबृद्धि र क्षमताको मुल्याङकन गर्ने पद्धतिको विकास गर्न समूहले सिफारिस गरेको हो । शिक्षाविद् प्रा. विद्यानाथ कोइरालाको संयोजकत्वमा गठन भएको विज्ञ समूहले यस्तो मुल्याङकनको आधारमा कमजोर विद्यालयले आफ्ना विद्यार्थीको शैक्षिक स्तर उक ...

नेतृत्व सिक्दै प्रधानाध्यापक

तुलसीपुर । राप्ती अञ्चलमा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक अहिले नेतृत्व सिक्न व्यस्त छन्।