अन्तर्वार्ता

सुधारका लागि स्रोत भन्दा सोंच बढी महत्वपूर्ण छ

काठमाडौंको मध्यभाग कालिमाटीमा रहेर पनि कुनैबेला भौतिक पूर्वाधार र विद्यार्थी अभावमा गाभिने अवस्थामा पुगेको विद्यालयमा प्रधानाध्यापकका रुपमा डा. जानुका नेपाललाई पाउनसाथ विद्यालयले बिस्तारै काँचुली फेरेको महशूस गर्न थालिएको छ । गरे सम्भव छ भन्ने आफूलाई उदाहरणीय बनाउनुभएकी प्रअ नेपालकै सक्रियतामा विद्यालय अहिले राजधानीका उत्कृष्ट सामुदायिक विद्यालयमा दह्रिन सफल भयो । सुधारका लागि स्रोतलाई भन्दा सोंचलाई बढी महत्व दिने डा. नेपालसँग गरेको कुराकानीको सा ...

मैले देखेकै छैन असम्भव भन्ने कुरा

    विनिता रञ्जित, गजबकी फुर्तिली व्यक्तित्व । भेटेर बोल्नेबित्तिकै विद्यालयलाई आफूले कसरी परिवर्तन गरेँ भनेर उत्साहसाथ सुनाइहाल्ने । निजी स्कूलको जगजगीबीच काठमाडौं बालुवाटारमा रहेको एक सामुदायिक विद्यालय अहिले उहाँकै नेतृत्वमा साँच्चैको ‘आहा !’ भन्नेखालको बनेको छ । यो कसरी सम्भव भयो त ? प्रस्तुत छ, काठमाडौंमै हुर्कि–बढ्नुभएकी अनि पञ्चकन्या आधारभूत विद्यालयकी प्रधानाध्यापक रञ्जितसँगको कुराकानी ।     &nbs ...

प्रअ नै पहिला ‘मोडल’ बनौं

    मीना कोइरालाप्रधानाध्यापकपद्मोदय माध्यमिक विद्यालय, प्रदर्शनीमार्ग, काठमाडौं     पद्मोदय विद्यालयका बारेमा बताइदिनुस् न ?यो एउटा ऐतिहासिक विद्यालय हो । यो विद्यालयमा पहिलेदेखि नै नेपालका पूर्वी भेगबाट पढ्न आउने चलन रहेछ । पहिले पब्लिक स्कूल दुईवटा रहेछन् । पश्चिमी भेगहरुबाट जुद्धोदय पब्लिक स्कूलमा र पूर्वी भेगबाट पद्मोदयमा पढ्न आउने चलन । पूर्वतिरका पढेलेखेका पाका व्यक्तित्वहरुलाई सोध्दा उहाँहरुले ‘म पनि पद्मोदयमा पढ ...

प्रधानाध्यापक मालिक नभई सेवक बन्यो भने विद्यालय सुध्रन्छ

  हेरम्बराज कँडेलप्रधानाध्यापकविश्वनिकेतन मावि, त्रिपुरेश्वर, काठमाडौं जहाँनिया राणाकालमै वि.सं. २००३ सालमा स्थापना भएको विश्वनिकेतन माविले निरन्तर आफ्नै ऐतिहासिक र शैक्षिक गुणस्तरको छबिलाई कायम राखिरहेको छ । एसएलसी/एसइइ नतिजामा निरन्तर उत्कृष्ट भइरहनु एउटा प्रमाण हो । कक्षा ११ र १२ सञ्चालित विद्यालयमध्ये यो स्कूललाई गत वर्ष सरकारद्वारा मुलुककै उत्कृष्ट सामुदायिक विद्यालय घोषित गर्दै राष्ट्रिय शिक्षा पुरस्कारले सुशोभित गरिएको थियो । प्रस्तु ...

हामी नमूनाको पनि नमूना विद्यालय बनाएरै देखाउँछौं

  सरोजकुमार पाण्डेप्रधानाध्यापकतिलिङ्गाटार माध्यमिक विद्यालयधापासी, काठमाडौं     तिलिङ्गाटार माविको बारेमा बताइदिनुस न ? यस विद्यालयको ऐतिहासिक पृष्ठभूमि हेर्दा प्युपाहरुले टारमा आएर तारो हान्ने ठाउँको रुपमा यसको नामाकरण भएको हो । वि.सं. २०१७ सालमा पञ्चकन्या विद्यालयको रुपमा अनौपचारिक रुपमा शुरुवात भएको यस विद्यालय २०१९ सालमा नेपाल सरकारबाट यसले पञ्चकन्या प्राविको स्वीकृत पाएको हो । २०२८/०२९ सालतिर तिलिङ्गाटार नामाकरण गरेर तिलिङ्गा ...

तीस वर्षमा गरेका गल्ति सच्याएर संगठनको योगदानप्रति सबैलाई नतमस्तक बनाउनेछौं

      नेपालकै जेठो शिक्षक संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औं महाधिवेशन सम्पन्न भएको छ । यही जेठ १६, १७ र १८ मा सम्पन्न महाधिवेशनले संगठनको अध्यक्षमा  लक्ष्मण शर्मालाई निर्वाचित गरेको छ । धादिङ जिल्लास्थित सत्यवती माविका प्रधानाध्यापक रहनुभएका शर्मा संगठनको यसअघि महासचिव हुनुहुन्थ्यो । सिकाइमा सूचना प्रविधिको अभियन्ताका रुपमा चिनिनुहुने शर्मा राष्ट्रिय र अन्तर्राष्ट्रिय शिक्षक आन्दोलन तथा ट्रेड युनियन आन्दोलनबारे जानकार ...

हाम्रो प्रतिस्पर्धा निजी विद्यालयहरुसँगै हो

  डा. गीता खरेलप्रधानाध्यापकरत्नराज्यलक्ष्मी माध्यमिक विद्यालय, मध्यवानेश्वर, काठमाडौं   रत्नराज्य मावि आजको रत्नराज्य बन्नुको कारण के हो ? विद्यालय एकै दिनमा राम्रो र नराम्रो हुने होइन । यो एउटा इतिहास बोकेको विद्यालय हो । धेरै अघिदेखिका अग्रजहरुको मिहिनेत, सहयोग र सहकार्यमा ईंट्टामा ईंट्टा थप्दै जाने क्रममा यो अवस्थासम्म आइपुग्यो । सामुदायिक विद्यालय राम्रो बनाउनका लागि समुदायको सहयोग चाहिने रहेछ । त्यसका लागि समुदायको विश्वास जित्ने ...

सिकाइ सुधारका लागि मुख्य भूमिका शिक्षककै हुन्छ

  नातिकाजी महर्जनप्रधानाध्यापकज्ञानोदय मावि, बाफल, काठमाडौं ज्ञानोदय माविको अवस्था कस्तो छ ? विद्यालयको पठनपाठन राम्रो छ । विद्यार्थीको चाप यति बढेको छ कि उनीहरुलाई सुविधायुक्त कक्षाकोठा उपलब्ध गराउनै हम्मे–हम्मे परेको अवस्था छ । सिकाइ उपलब्धि हेर्दा एसइइ सम्मिलित २०६ विद्यार्थीमध्ये गत वर्ष ३.२ भन्दा माथि ३.६ सम्म जिपिए ल्याउने विद्यार्थी ५८ जना, ३.६ देखि माथि ४ सम्म जिपिए ल्याउने ४८ जना थिए । सि प्लसभन्दा तलको ग्रेड कसैले ल्याउनु पर ...

  प्रअलाई पूर्ण अधिकार देऊ, काम गर्न नसक्नेलाई हटाऊ

    विष्णुप्रसाद पनेरु प्रधानाध्यापककंकाली मावि, पुरानो नैकापकाठमाडौं कंकाली माविको बहिरबाट हेर्दा देखिने विशेषताहरु के–के हुन् ? यो विद्यालय नमूना विद्यालयमा छनोट भएको छ । प्राविधिक तथा व्यवसायिक धारतर्फ कम्प्यूटर विज्ञान विषयको पठनपाठन हुँदै आएको छ । सामुदायिक र संस्थागत विद्यालयबीचको खाडल अन्त्य गर्न भन्दै अंग्रेजी माध्यम लागू गरेका छौं । नृत्य, कला र संगीतलाई सिकाइसँग जोड्ने प्रयास गर्दै आएका छौं । कमजोर विद्यार्थी पहिचान गरी ...

नैतिकवान, सुसंस्कारयुक्त दक्ष नागरिक बनाउनु नै यो विद्यालयको मूल विशेषता

  दिनेशराज मैनाली समादेशक नेपाल प्रहरी विद्यालयसाँगा, काभ्रेपलाञ्चोक   यो वास्तवमा कस्तो विद्यालय हो ? नेपाल प्रहरीमा खटिएका सकल दर्जाका सन्तानहरुलाई पढाउनका लागि २०४० सालमा खोलिएको एउटा गैरनाफामूलक विद्यालय हो । यो प्रहरी निजी शैक्षिक गुठी अनुसार सञ्चालन हुँदै आएको छ । नेपाल प्रहरी कर्मचारीका ६० प्रतिशत र सर्वसाधारणका ४० प्रतिशत छोराछोरीलाई आवाशीय सुविधासहित न्यूनतम शुल्कमा पठनपाठन गराइदै आएको छ । यसले शिक्षासँगै दिक्षा दिने लक्ष्य रा ...

आउँदो वर्ष मुलुककै उत्कृष्ट विद्यालय बनाउनेछौं

  पूर्णप्रसाद दवाडीप्रधानाध्यापकनारायणी नमूना मावि, भरतपुर, चितवन विद्यालयको अवस्था कस्तो छ ? समग्रमा भन्नुपर्दा उत्साहजनक नै छ । शुरुमा विद्यालयको शैक्षिक गुणस्तर एकदमै कमजोर थियो । २०२० सालमा दिनभर काम गर्ने र राती पढ्नेहरुका लागि खोलिएको रात्री विद्यालय हो । उमेर पुगेका र पाका मान्छेहरुले रात्रीकालीन समयमा पढ्ने भएकाले गुणस्तर अत्यन्तै नाजुुक थियो । यो विद्यालयलाई अझैपनि पुराना मान्छेहरुले नामले भन्दापनि रात्री विद्यालय भनेरै चिन्छन् । य ...

शिक्षकको हितमा संविधानको अनुसूची आठ मात्रै नभई नौ पनि हेरौं

  बाबुराम थापाअध्यक्ष, नेपाल शिक्षक महासंघ   महासंघको अध्यक्षमा निर्वाचित हुनुभएको छ । जिम्मेवारी त बढ्यो नि होइन ?हो, थप जिम्मेवारी महशूस गरेको छु । संविधानमै प्रबन्ध गरिएका शिक्षकहरुको ट्रेड युनियन अधिकार तथा आइएलओ कन्भेन्सन ८७ र ८९ ले व्यवस्था गरेका अधिकार प्रबन्ध गर्न लाग्ने छु । महासंघको महाधिवेशनको नारा नै यसपटक ‘गौरवपूर्ण विगत, चुनौतिपूर्ण वर्तमान, अधिकार र कर्तव्यका निम्ति नेपाल शिक्षक महासंघ’ तय गरिएको थियो । गौरवप ...

विद्यार्थी अनुत्तीर्ण हुँदा शिक्षकको केही गुम्ला, अभिभावकको त सर्वश्व जान्छ

    डा. हरिप्रसाद कँडेलप्रधानाध्यापक, भीमोदय मावि,कालिका–५, चितवन भीमोदय माविको विशेषताहरु के–के छन् ? कक्षा नर्सरीदेखि १० सम्म अंग्रेजी माध्यममा पढाइहुने गरेको छ । कक्षा ८ को नतिजामा जिल्ला टप गरेको छ । भने एसइइ र एसएलसीको पनि नतिजा उत्कृष्ट छ । ९ र १० मा अंग्रेजी नेपाली दुबै माध्यममा पठनपाठन हुँदै आएको छ । विद्यार्थीका लागि होस्टेलको व्यवस्था छ । त्यहाँ कक्षा १० का विद्यार्थी बसेर एसइइको तयारी गर्ने गर्छन् । कक्षा ८ क ...

‘शिक्षकहरुको पनि वर्षैपिच्छे क्षमता परीक्षण हुनु पर्छ’

लक्ष्मण पौडेल प्रधानाध्यापक, जुद्धोदय मावि, क्षेत्रपाटी, काठमाडौं   यस ऐतिहासिक जुद्धोदय र अन्य विद्यालयबीच के फरक छ ? दरबार हाइ स्कूल दरबारियाहरुका लागि खोलिएको थियो । जुद्धोदय विद्यालयचाहिँ सर्वसाधारणहरुका लागि खुलेको थियो । वि.सं. १९९५ चैत्र २६ गते जुद्ध शम्शेरले यो विद्यालयको स्थापना गरेका हुन् । यो स्थापना नै पब्लिक स्कूलको रुपमा भएको हो । यसका आफ्ना आधारभूत र मौलिक विशेषताहरुले गर्दा एकदमै भिन्न छ । यसको ऐतिहासिकता, प्रतिष्ठा र भौगोलि ...

सामुदायिक विद्यालयप्रति अभिभावकको चासो घटेको भन्न मिल्दैन

  सूर्यप्रसाद घिमिरे प्रधानाध्यापक, प्रगति शिक्षा सदन मावि, कुपण्डोल, ललितपुर सामुदायिक विद्यालयहरुको भिडमा प्रगति शिक्षा सदन माविलाई कसरी चिनाउनुहुन्छ ? हामी विद्यार्थी र अभिभावकहरुको चाहना अनुसार काम गर्छौं । अभिभावकहरुको चाहना अंग्रेजी माध्यमप्रति देखेपछि हामीले त्यसैमा जोड दिएका छौं । अतिरिक्त क्रियाकलापहरु धेरै नै गर्छौं । हामीले गृहकार्यको साटो कक्षाकार्य बढी गराउने प्रोजेक्ट वर्कका आधारमा अनुसन्धानमुखी शिक्षा दिने गरेका छौं । नियमित ...

‘गुणस्तरमा सामुदायिकभन्दा कमजोर निजी विद्यालयहरु छन् भने बन्द गर्नु पर्छ’

दिपिका थापा रिमालउपाध्यक्ष, प्याब्सनप्रिन्सिपल, सिद्धार्थ विद्यापीठ मावि, गठ्ठाघर, भक्तपुर   सामुदायिक र निजी विद्यालयमा के फरक छ ? मलाई त नाममा मात्रै फरक लाग्छ । वास्तविकतामा केही फरक छैन । चामल त्यही हो । भात पकाउने त्यही हो । एउटामा भात पकाउँदा सायद पानी बढी हालिन्छ । अलि–अलि गिलो हुन्छ । अर्कोले ठिक्क हाल्छ, सायद भात राम्रो पाक्छ । चामल एउटै हो, पकाउने तरिका मात्रै बेग्लै । पकाउने ढंग नपुगेकाले मात्रै भात दुई किसिमको देखिएको हो । ...

'स्थानीय तहलाई शिक्षक सरुवा गर्ने अधिकार छ'

काठमाडौं–माध्यमिक तहसम्मको विद्यालय शिक्षाको सम्पूर्ण अधिकार संविधानतः स्थानीय तहमा पुगेको विषयलाई सकारात्मक र नकारात्मक रुपमा चर्चा –परिचर्चा हुने गरेको छ । यसले विद्यालय व्यवस्थापन, स्रोत र शिक्षक– कर्मचारी व्यवस्थापन तथा गुणस्तरमा अलमल एवं अन्यौलसमेत सिर्जना भएको देखिन्छ । तर, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश कुमार थपलिया भने स्थानीय तहमा शिक्षा जानु भनेको शिक्षा क्षेत्रकै विकास, प्रगति, प्रबद्र्धन हुनेमा ...

‘अहिले शिक्षाको सुधार भनेकै शिक्षकलाई कार्बाही गर्नु मात्रै हो भन्ने बुझाई देखिन्छ’

  शंकर अधिकारी वरिष्ठ उपाध्यक्षएकीकृत अखिल नेपाल शिक्षक संगठन   स्थानीय सरकारले बनाएका शिक्षाका नीति नियममा शिक्षकहरुको असहमति कहाँनेर हो ? स्थानीय तहका शिक्षाका अधिकार पुग्ने कुरालाई हामी स्वागत गर्नै चाहन्छौं । हाम्रो संगठन स्थानीय सरकारहरुले शैक्षिक वृद्धि र पेशागत स्थायीत्व देओस भन्ने नै चाहन्छ । तर, अहिलेको अवस्था हेर्दा ७५३ वटा स्थानीय सरकारमा ७५३ वटै शिक्षा नीति र ऐन बन्ने खतरा पैदा भएको अवस्था छ । अन्य संघीय मुलुकहरुमा न्यु ...

सामुदायिक विद्यालयले निजीसँग सजिलै प्रतिस्पर्धा गर्न सक्छन्

यामलाल घिमिरे प्रधानाध्यापक, श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्राम, सुर्खेत अन्य सामुदायिक विद्यालयको भिडमा श्रीकृष्ण संस्कृत तथा साधारण माविलाई कसरी चिनाउनुहुन्छ ? यो विद्यालयले आफ्नोे मिहिनेत, फरक अभ्यास, निरन्तरको उत्कृष्ट नतिजा, जनचाहनाबमोजिम प्राविधिक शिक्षा, संस्कृत, नेपाली र अंग्रेजी माध्यममा शिक्षण सिकाइ, उत्कृष्ट भौतिक पूर्वाधारलगायतले मध्यपश्चिममा नै फरक पहिचान बनाउन सफल रहेको छ । यो विद्यालय खुल्ने, पढाइ हुने र बन्द हुने, समय तालिक ...

'यो विज्ञापनले मात्रै अस्थायी शिक्षक समस्या पूर्ण रुपमा समाधान हुँदैन'

  ताना गौतम, अध्यक्षशिक्षक सेवा आयोग   अहिले आयोगले ठ्याक्कै के गर्दैछ ? आयोग अहिले आफ्नो नियमित कामहरु नै गरिरहेको छ । शिक्षा ऐनको नवौं संशोधन पछि पुनः दरखास्त आह्वान गर्ने काम भएको छ । पहिले परीक्षार्थी कम भएकाले कम प्रश्नपत्र र उत्तरपुस्तिका व्यवस्था गरिएको थियो । अब त्यसको थप व्यवस्था गर्नुपर्ने भएको छ । त्यसको तयारी, तथ्याङ्क संकलनलगायतका काम गरिरहेका छौं । परीक्षाको मिति कहिले तोक्नुहुन्छ ? परीक्षा मिति तोक्न समय लाग्छ । दरखास्त ...

'यो शिक्षा ऐन तुरुन्तै संशोधन गर्नुपर्छ'

  चन्द्रमणि पौडेलअध्यक्ष, राष्ट्रिय परीक्षा बोर्ड राष्ट्रिय परीक्षा बोर्डले भर्खरै कोब्सेको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । यसबाट वास्तविक फाइदा के भयो ? यस सम्मेलनबाट हामीलाई मुख्यतः तीनवटा फाइदाहरु भएका छन् । पहिले उच्च माध्यमिक शिक्षा परिषद् रहेकोमा भर्खरै राष्ट्रिय परीक्षा बोर्ड बनेको थियो । यसबारे विश्व समुदायलाई परिचित गराउन सक्यौंं । अब बाहिर पढ्न जाने र स्वदेश अध्ययन गर्न आउने विद्यार्थीलाई समस्या नहुने भयो । दोस्रो, हामीले ...

‘हामी निजी विद्यालयभन्दा कुनै कुरामा कम छैनौं’

  प्रेमबहादुर बस्नेतप्रधानाध्यापक, नवीन औद्योगिक कदरबहादुर रीता माविदेवीनगर, बुटवल, रुपन्देही अरु विद्यालयभन्दा नवीन औद्योगिक कदर बहादुर रीता मावि के मानेमा फरक छ ?हामी फरक छौं भन्दापनि फरक गर्ने कोशिस गर्छौं । बालमैत्री वातावरणमा समयको माग अनुसार श्रम बजारमा सजिलै समायोजन हुने किसिमले पठनपाठन गर्ने प्रयास गरेका छौं । ९–१२ कक्षामा सिभिल इञ्जिनियरिङ अध्ययन गराउँदै आएका छौं । २०६४ सालदेखि नै विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन गराउँदै ...

हो, हामी सामुदायिक विद्यालय कम छैनौं

  नन्दकुमारी महर्जन प्रधानाध्यापक, जनसेवा मावि, किर्तिपुर, काठमाडौं सामुदायिक विद्यालयहरुको भिडमा जनसेवा माविलाई कसरी चिनाउनुहुन्छ ?हाम्रो विद्यालयको अन्यभन्दा पृथक र बलियो पक्ष भनेकै व्यवस्थापन हो । समुदाय, शिक्षाप्रेमी, दाता, योग्य शिक्षक, मिहेनती कर्मचारी, सहयोगी अभिभावक र कुशल प्रधानाध्यापकको सामुहिक प्रयासमा नै विद्यालय अगाडि बढिरहेको छ । हामी अन्यभन्दा फरक काम र प्रयास गर्न भन्दापनि त्यसलाई फरक ढंगले अगाडि बढाउँदै आइरहेका छौं । जसले हा ...

सुधारको मुख्य योजनाकार प्रअ नै भएमा विद्यालय सुध्रिन्छ

  कुलप्रसाद खतिवडा प्रधानाध्यापक, श्री वरुणेश्वर माध्यमिक विद्यालय, रामपुर, ओखलढुंगा   पहिले औषत रहेको ओखलढुंगाको वरुणेश्वर माविमा २०७० मा जब कुलप्रसाद खतिवडा प्रधानाध्यापक बन्नुभयो, तब विद्यालयले काँचुली नै फेरेको छ । शिक्षा मन्त्रालयबाट गएको तीन वर्ष लगातार पूर्वाञ्चल र प्रदेश नम्बर १ बाट उत्कृष्ट बनी पुरस्कृत हुन सफल विद्यालय ‘नमूना विद्यालय’ घोषितसमेत भएको छ । विद्यालयमा गएको केही वर्षमा अपत्यारिलो सुधार गर्न सफल प्रधाना ...

'हाम्रो विद्यालयमा विद्यार्थी संख्या एकै वर्ष आठ हजारसम्म पुर्याउन  सक्छौं'

घनश्याम पाठक प्रधानाध्यापक कालिका माध्यमिक विद्यालय देवीनगर, बुटवल, रुपन्देही   अरु सामुदायिक विद्यालयभन्दा कालिका मावि के मानेमा फरक छ ?फरक छुट्याउने आधार धेरै हुन्छन् तर सरकारको लगानी, सरकारी नीति योजनाका आधारमा फरक छैन । कक्षाकोठाको प्रभावकारिता, शिक्षण विधि र यस विद्यलयको उत्पादनमा केही फरक अवश्य छ । विद्यालयको प्रशासनिक संरचनामा व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघ, शिक्षक स्टाफ, विद्यार्थी र अभिभावकको बराबर जिम्मेवारी विभाजन गर ...

अभिभावकको विश्वास जित्नु नै हाम्रो सफलता

मुलुककै उत्कृष्ट सामुदायिक विद्यालयमध्ये एक ललितपुरको बुङमतिस्थित आदर्शसौल युवक माध्यमिक विद्यालयका  प्रधानाध्यापक हुनुहुन्छ सरोजभक्त आचार्य । २०५६ सालदेखि सोही विद्यालयममा अध्यापन गर्दै आउनुभएका उहाँ कार्यसम्पादन पाँच वर्षे करारमा २०६९ मा प्रधानाध्यापकमा नियुक्ति हुनुभएको हो । तनहुँ चुँदी रम्घामा २०३१ सालमा जन्मनुभएका आचार्यले विद्यालयको सिकाइ उपलब्धि बढाउन, भौतिक पूर्वाधार सुधारमा, विद्यार्थी संख्या वृद्धि गर्न, ११ र १२ कक्षामा नयाँ विषय ...

'केही दिनमै पत्रिकामा परीक्षा स्थगित भएको सूचना आउँछ'

सुरेन्द्र अधिकारीवरिष्ठ उपाध्यक्ष, संयुक्त अस्थायी शिक्षक केन्द्रिय संघर्ष समिति अस्थायी शिक्षकहरु फेरी दोस्रोपटक आमरण अनशन बस्ने आवश्यकता किन पर्यो ?हामीले पहिलो चरणको आमरण अनशन आठौं दिनमा शिक्षा मन्त्रालय, नेपाल शिक्षक महासंघ र आन्दोलनकारी अस्थायी शिक्षकहरु बीच असार गएको ९ गते त्रिपक्षिय वार्ताबाट चारबुंदे सहमति भएपछि टुंग्याएका थियौं । सहमतिमा शिक्षामन्त्रीले ऐनसंशोधनको प्रस्ताव संसदमा दर्ता गराएर भाद्र ३ अघि नै ऐन संशोधन गरिसक्ने, शिक्षा ऐनक ...

सिंहदरबारले अधिकार खोसेपछि राजदरबार गुहारेका हौँ

अस्थायी शिक्षकहरुले आफुहरुलाई अन्याय परेकोले न्याय दिन भन्दै नेपाली सेना र पूर्वराजा कहाँ गुहार मागेपछि अहिले यो मुद्दा चर्चा र विवादको शिखरमा छ । सिंहदरबारले अधिकार नदिएको भन्दै अस्थायी शिक्षकहरु किन राजदबार धाउनु प¥यो  ? यसै सन्दर्भमा ती अस्थायी शिक्षकहरुलाई कानूनी नेतृत्व गरिरहनु भएका अधिवक्ता कोषराज काफ्लेसँग गरिएको कुराकानीको सारसंक्षेप । अस्थायी शिक्षकहरुले न्यायका लागि भन्दै नेपाली सेनामा निवेदन र पूर्वराजालाई बिन्तिपत्र किन चढाउ ...

शैक्षिक मेलामा नआउने विद्यार्थीले ठूलो कुरा गुमाउनेछन्

  उमेश ढुंगेलसचिव तथा सूचना तथा सञ्चार विभाग प्रमुखनेपाल शैक्षिक परामर्श संघ (इक्यान )   इक्यान शैक्षिक मेला किन आयोजना गरिएको हो ?यो मेलाको उद्देश्य विद्यार्थी भर्ना गर्ने होइन् । मात्र विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुका लागि परामर्श र सही जानकारीका लागि  हो । मुख्यतः यो मेलाका दुई फाइदा रहेका छन् । एउटा भनेको व्यापक समुदायलाई एकै थलोमा विश्वका उत्कृष्ट देश, त्यहाँको शिक्षा र भिसा प्रणालीको बारेमा जानकारी गराउन सकिन् ...

पर्याप्त भौतिक पूर्वाधार हुने हो भने हामी नजिकका सबै निजी विद्यालय सुकाइदिन्छौं

  डा. गीता खरेलप्रधानाध्यापक रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालय, मध्यवानेश्वर, काठमाडौं अरु सामुदायिक विद्यालय भन्दा रत्नराज्य के मानेमा फरक छ ?हामी अन्य विद्यालयसँग प्रतिस्पर्धा गर्न भन्दापनि आफूले राम्रो गर्नुपर्छ भनेर लागिरहेका छौं । हामी जागिरे मानसिकताभन्दा माथि उठेर निरन्तर विद्यालय सुधार अभियनमा छौं । सामुदायिक विद्यालय पनि निजीभन्दा कम छैनन्, अझ राम्रा छन र धेरै राम्रा काम गर्न सक्छन् भनेरै लागिएको अवस्था छ । त्यसैले, हाम्रो प्रतिस्प ...

'केही वर्षभित्रै मुलुककै उत्कृष्ट सामुदायिक विद्यालय बनाउनेछौं'

  दिवाकर दूरदर्शीप्रधानाध्यापक, शिवपुरी माध्यमिक विद्यालय, महाराजगञ्ज, काठमाडौं   विद्यालय कस्तो अवस्थामा छ ? हाम्रो विद्यालय काठमाडौंको मुटु महाराजगञ्जमा रहेको छ । यहाँ स्थानीयसँगै ७५ जिल्लाकै विद्यार्थी पढ्छन् । हामीले निरन्तर अभिभाकसँगको छलफल र सुझावका आधारमा सुधार गरिरहेकाले पनि हाम्रो विद्यालय सामुदायिकहरुतर्फ राम्रो विद्यालयमा गनिन पुगेको छ । हामी निरन्तर शैक्षिक गुणस्तर सुधारमा लागिरहेका छौं । विद्यालयका राम्रा अभ्यासहरु के&ndash ...

शिक्षक पुनर्बहालीको प्रतिवेदन चैत पन्ध्रभित्रै

पुनरावेदन अदालतका पूर्व मुख्य न्यायधीश गोविन्दप्रसाद पराजुली अहिले सरकारले राजनीतिक पूर्वाग्रहका कारण सेवाबाट हटाइएका शिक्षकको छानबिन गरी पुनर्बहालीका लागि गत पुसमा गठन गरेको जाँचबुझ समितिको अध्यक्ष हुन् । समितिले पूर्वाग्रहका कारण सेवाबाट हटाइएका शिक्षक, कर्मचारी पुनर्बहाली गर्ने सम्बन्धमा २०५२ सालमा गठित कार्यदलले सिफारिस गरेका तथा सो कार्यदलको मापदण्डभित्र परी सिफारिस गर्न बाँकी रहेका शिक्षक र द्वन्द्वकाल (२०५२-६३)मा तथा जनआन्दोलनको कारणबाट स ...

विद्यालय बनाउन पहिला आफैं मोडल बनेको छु

  डोरबिक्रम श्रीषप्रधानाध्यापक, सिद्धबाबा उमावि, तम्धास, गुल्मी विद्यालयको समग्र अवस्था कस्तो छ ? भौतिक र शैक्षिक अवस्था कुनैपनि विद्यालयको यथेष्ट र पर्याप्त छैन । सायद हुँदापनि हुँदैन होला । एउटा बनायो अर्को अवश्यकता परिहाल्छ । आवश्यकताहरु थपिनै रहन्छ । विद्यार्थीलाई सकेसम्म गुणस्तरीय शिक्षा प्रदान गरौं । अहिलेको युग भनेको सूचना प्रविधिको हो । हामीले सिकाइमा सूचना प्रविधिको प्रयोगलाई पनि फोकस गरेर लगिरहेका छौं । अभिभावकहरुको अंग्रेजी भाषाप् ...

हामी सुर्खेतलाई शिक्षक काजविहीन जिल्ला बनाउँदैछौं

  जीतबहादुर शाह, जिशिअ, सुर्खेत जिल्लाको समग्र शैक्षिक अवस्था कस्तो छ ?पहुँचको सवालमा जिल्लाको शैक्षिक अवस्था राम्रो छ । आधारभूत विद्यालय उमेरका ९८ भन्दा बढी प्रतिशत विद्यार्थीहरु विद्यालयमा भर्ना भइसकेको अवस्था छ । सुर्खेत मध्यपश्चिममै पहिलो साक्षर जिल्ला र देशमै पहिलो अनिवार्य आधारभूत शिक्षाप्रदायक जिल्ला पनि हो । शिक्षाको क्षेत्रमा सुर्खेतलाई मध्यपश्चिमकै हव भन्दा उपयुक्त हुन्छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयसमेत रहेक ...

रक्स्याहा शिक्षकका श्रीमतीहरुले मलाई धन्यावाद दिए

ज्ञानमणि नेपाल जिल्ला शिक्षा अधिकारी, खोटाङ जिल्लाको समग्र शैक्षिक अवस्था कस्तो छ ?समग्रमा त्यति राम्रो छैन । गएको एसएलसी परीक्षाको नतिजामा ७५ औं स्थानमा परेको जिल्ला हो । म जाँदा सदरमुकामकै विद्यालय साढे तीन बजे बन्द गरेर शिक्षकहरु घर लाग्ने अवस्था थियो । १० देखि ४ बजेसम्म विद्यालय नै नबस्ने शिक्षकहरु । सरुवा भएर त्यहाँ गएपछि पहिलो काम नै मैले शिक्षकहरुलाई चिठ्ठी लेखेँ । ‘भोलिबाट १० देखि ४ बजेसम्म विद्यालय नबस्नेलाई कार्बाही हुन्छ’ ...

शिक्षा ऐन संशोधनको विकल्प छैन : उपाध्याय

नेपालको वर्तमान शैक्षिक अवस्था, शिक्षा क्षेत्रका समस्या, चुनौति र समाधानका उपाय लगायत समसामयिक विषयमा एकिकृत अखिल नेपाल शिक्षक संगठन अछामका अध्यक्ष बालाराम उपाध्यायसँग अछामका पत्रकार होम साउदले गरेको कुराकानी । नेपालको वर्तमान शैक्षिक अवस्थालाई तपाई र तपाईको संगठनले कसरी हेरेको छ ?नेपाल लामो समयको संक्रमणकालीन अवस्थामा गुज्रियो । त्यसको प्रभाव शिक्षा क्षेत्रमा पनि पर्न गयो । जसले गर्दा शिक्षामा एउटा बेथिती ल्यायो, दोहोरो चरित्रका शिक्षा नीति यसल ...

सरकारले एकजना पनि अस्थायी शिक्षकलाई बिना सुविधा बिदागर्न सक्दैन : अधिवक्ता काफ्ले

  कोषराज काफ्ले, अधिवक्ता अस्थायी शिक्षकको खास समस्या के हो ?अस्थायी शिक्षकको वास्तवमा भन्ने हो भने समस्या नै छैन । यो समस्याको विषय हैन । यो विषय भनेको मौलिक अधिकारको विषय हो । जव कि सेवामा प्रवेश गरिसकेपछि, कानुनले तोकेको सेवाअवधि काम गर्न पाउने हो । शिक्षकको सेवा अवधि कानुनले ६० वर्षसम्म तोकेको छ । सेवामा प्रवेश भइसकेपछि उसले ६० वर्षसम्म काम गर्न पाउँछ । अन्य कारणले अवकाशित हुने विषय छुट्टै विषय हो । यहाँ २०३६ सालदेखि नै शिक्षकलाई समयसीमा ...

कार्यक्रमको अनुगमनलाई बलियो बनाउन लाग्छु

बाबुराम पौडेल, महानिर्देशक, शिक्षा विभाग महानिर्देशक हुनुभयो, शिक्षा सुधारका योजनाहरु के–के छन् ?पहिलो कुरा शिक्षा ऐन/नियम, कानूनको पालना गर्ने जुन वातावरण बिग्रिएको छ, त्यसलाई सुधार गरी पालना गराउन लाग्छु । दोस्रो, शिक्षामा अनुगमन एकदमै फितलो छ । केन्द्रबाट जिल्लामा सञ्चालनका लागि पठाइने कार्यक्रमहरुको अनुगमनलाई बलियो बनाउन लगाउँछु । रिपोर्टिङ सिस्टमलाई भरपर्दो बनाउने प्रयत्न गर्छु । समयमा कार्यक्रम नजाने, कार्यक्रमसँगै बजेट नजाने र गर्नु ...

‘म बोलीमा भन्दा बढी काममा विश्वास गर्छु’

अर्जुनबहादुर रायामाझीजिशिअजिल्ला शिक्षा कार्यालय, भक्तपुर   तपार्ईँ  जिशिअ भएर आएपछि जिल्लामा नयाँ के गर्नुभयो ?मैले भन्दापनि हाम्रो जिशिका टिमले मिलेर गरेका छौं । हामीले २२ बुँदे शैक्षिक सुधारको मार्गचित्र बनाएर अगाडि बढेको अवस्था छ । संस्थागत विद्यालयको ग्रेडिङ प्रक्रिया बढाइएको छ । नयाँ ऐनअनुसार विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया पनि पूर्ण गर्दैछौं । जिल्लाका एक सय २९ वटा सामुदायिक विद्यालयमध्ये दुई तिहाईमा नयाँ विव्यस गठन गरिस ...

छ महिनाभित्र ऐन संशोधन गराएरै छाड्छौं

रामकलेवर रायअध्यक्ष, अस्थायी शिक्षक आन्दोलन समिति, सर्लाही   अस्थायी शिक्षक अहिले किन सडकमा आन्दोलन गरिरहेका छन् ?हामीले नयाँ माग र अधिकारको लागि भन्दा पनि हामीले प्राप्त गरेका अधिकार पाउन आन्दोलन गरिरहेका हौं । ०६३ को ऐनमा अस्थायी शिक्षक व्यवस्थापनका लागि स्पष्ट व्वस्था हुँदाहँुदै किन नियमावली ल्याएर कार्यान्वयन गरिएन ? ऐन कार्यान्वयन गर्न ०६६ मा सर्वोच्च अदालतले दिएको परमादेशको आदेश र पटक–पटकको ताकेता किन पालना भएन ? दलहरुले आएर गरे ...

वर्ण विन्यासको परिवर्तन समयको माग हो

-नारायणी खनाल तपाईको  विचारमा शिक्षा के हो ?शिक्षा मानवजीवनको अपरिरहार्यता हो, जीवनको मार्गदर्शक हो । जीवन दर्शन निर्माण गर्ने, जीउने कला सिकाउने, मानवले मानव भएर बाच्न सिकाउने कला नै शिक्षा हो । असल खराब छुट्याउन सक्ने विवेक प्रदान गर्ने, सहि निर्णय लिन सक्षम बनाउने, व्यक्तिको व्यवहारलाई अनुकरणिय र आर्दश बनाउने, मानवता र नैतिकताको प्रस्फुटन गराउने, इच्छानुरुपको प्रतिभा विकासमा टेवा पुराउने आदि कार्य शिक्षाले गर्दछ । जन्म देखि मृत्युपर ...

प्रा हेमांगराज अधिकारीलाई ११ प्रश्न

प्रा हेमांगराज अधिकारी भाषा विभाग प्रमुखनेपाल प्रज्ञा–प्रतिष्ठान वर्णविन्यास भत्काउन किन लाग्नुभयो  ?भाषा बिगारिएको होइन, परिमार्जन गरिएको हो । परिमार्जनको पहिलो आधार ०४० सालकै नेपाली बृहत् शब्दकोश हो । त्यतिखेरै संस्कृतबाट आएका शब्दलाई जस्ताको त्यस्तै (तत्सम) र आगन्तुक शब्दलाई नेपाली नियम अनुसार राख्ने सरकारी निर्णय थियो । परिमार्जित गर्नुपर्ने कारणचाहिँ के हो ?नेपाली भाषालाई हामीले ह्रस्वदीर्घमा मात्रै खुम्चायौँ । यसमा रचनात्मक बहस ...

सर्वाेच्चको आदेश र त्रिसाठ्ठी सालको ऐन लागू गरे पुग्छ

  नानीबाबा अधिकारी महिला विभाग प्रमुख, अस्थायी शिक्षक आन्दोलन समिति नयाँ शिक्षा ऐनमा अस्थायी शिक्षक व्यवस्थापनका बारेमा नयाँ व्यवस्था गरिएको छ । तरअस्थायी शिक्षकहरु भने अहिलेको ऐनले न्याय नगर्ने भन्दै सडक संघर्षमा छन् । उनीहरुले गत आइतबार शान्तिपूर्ण जुलुस गर्दै शान्तिवाटिकामा विरोध ¥याली पनि गरे । यसै सन्दर्भमा अस्थायी शिक्षक आन्दोलन समितिका महिला विभाग प्रमुख नानीबाबा अधिकारीसँग गरेको कुराकानी । शिक्षा ऐन संशोधनले गरेको अस्थायी शिक्षक ...

अबको दुई महिनाभित्र शिक्षा नियमावली आउँछ

वैकुण्ठ अर्याल, निर्देशक, शिक्षा विभाग शिक्षा विभाग अहिले नयाँ के गर्दैछ ?नयाँ आर्थिक वर्ष सुरु भएपछि हिजोका नियमित कार्यक्रमहरु तिनै आर्थिक वर्षहरुको कार्यक्रम बनाएर जिल्लामा पठाउने कुरा, ऐन संशोधन  भएपछि सोही अनुसार नियमावली संशोधन गर्ने विषयमा आवश्यक गृहकार्य, कक्षा ११ र १२ को प्रशासनिक र व्यवस्थापकीय कामहरु शिक्षा विभागले गर्ने निर्णय भएअनुसार ११ को अनुमति तथा विषय थपसम्बन्धी कार्यहरुमा विभाग बढी केन्द्रित भएको छ । त्यसअलावा शासकीय सुधा ...

शतप्रतिशत दरबन्दीको विज्ञापनमा ४० अंक ल्याउने शिक्षक स्वतः स्थायी हुन्छन्

लक्ष्मीराम पौडेल, प्रशासकीय  प्रमुख, शिक्षक सेवा आयोग अहिले आयोगले के गर्दैछ ?माध्यमिक तहको असार ४ गते हामीले परीक्षा लिएका थियौं । १४ विषयका ६ सय ११ पदका लागि परीक्षा भएको थियो । त्यसमा करिव ४० हजारले आवेदन दिएका थिए । परीक्षा दिने करिव ३८ हजार थिए । तिनीहरुको अहिले धमाधम कपी परीक्षण भइरहेको छ । एउटा काम यो भयो, अर्कोचाहिँ भनेको भर्खर आर्थिक वर्ष सकियो । हामीले क्लोजिङको काम करिव–करिव सक्यौं । भदौ ११ गते निमाविको नौ विषयका लागि विज्ञ ...

अब विव्यस पद किनबेच हुने खतरा छ

  कृष्ण थापाअध्यक्षसामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल शिक्षा ऐनको आठौं संशोधन पछि शिक्षा विभागले देशभरका विद्यालय व्यवस्थापन समितिहरु खारेज गरेर नयाँ गठन गर्न निर्देशन गरेको छ । विभागले मन्त्रिस्तरीय निर्णय भन्दै साउन ५ गते ७५ वटै जिल्ला शिक्षा कार्यालयहरुलाई निर्देशन दिँदै पहिलेको ऐनको दफा १२ को उपदफा १ संशोधन भएकाले संशोधित दफा १२ ले व्यवस्था गरेको व्यवस्थाबमोजिम विव्यस गठन गर्न निर्देशन दिएको छ । पुराना विव्यस खारेज भएको र न ...

यो ऐनले शिक्षकलाई राजनीति गर्न झन् सजिलो बनाएको छ

  केशव निरौलाअध्यक्ष – नेपाल शिक्षक महासंघ   शिक्षा ऐन संशोधनलाई कुन रुपमा लिन सकिन्छ ?ऐनमा शिक्षकका सबै माग समेटिएका छैनन् । हाम्रा माग समेटिएनन्, सरकारले धोका दियो भन्दै आन्दोलन गरेको भए यो पनि आउने थिएन् । जति प्राप्त भएको छ, यसलाई उपयोग गरेर अन्य हाम्रा सम्झौता र दृष्टिकोण कार्यान्वयनका लागि सरकारसँग फेरि हाम्रो लविङ, एड्भोकेसी, कलेक्टिभ वार्गेनिङ गर्ने हाम्रो योजना छ । लामो समयदेखि शिक्षामा समयसापेक्ष सुधार र नयाँ व्यवस्था गर ...

शिक्षा ऐनमा अर्काे संशोधन छिट्टै हुन्छ

  विश्वप्रकाश पण्डित, सचिव, शिक्षा मन्त्रालय शिक्षा ऐनको आठौं संशोधनले विद्यालय शिक्षाको संरचना बदल्ने निश्चित गरेको छ । अब बदलिने संरचना र हाल अन्तरिम अवस्थामा रहेको व्यवस्थाबीच शिक्षामा एक किसिमको संक्रमणकाल रहेको छ । यसको व्यवस्थापनका लागि शिक्षा मन्त्रालयको तयारी के छ ? यसै सन्दर्भ प्रस्तुत छ, शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितसँग आजको शिक्षाका रोशन क्षेत्री गाउँलेले गरेको कुराकानी ।   शिक्षा विधेयक संसदबाट पारित भइसकेपछि मन ...

एक वर्ष भित्र जिल्लाको समग्र शैक्षिक अवस्थामा देखिने गरी सुधार गर्छौ

  विष्णु प्रसाद मिश्रजिल्ला शिक्षा अधिकारीबाग्लुङ तपाईको जिल्लाको समग्र शैक्षिक अवस्था कस्तो छ ?सङ्ख्यात्मक हिसाबले बाग्लुङ जिल्लामा जम्मा ५८८ ओटा विद्यालय, ११ ओटा क्याम्पस, ४५३ ओटा बाल विकास केन्द्र, ३ ओटा मदरसा, २६ ओटा सामुदायिक अध्ययन केन्द्र, ३ ओटा वेद विद्याश्रम र २ ओटा प्राविधिक विद्यालय रहेका छन् । विद्यालयहरु मध्ये प्राथमिक कक्षा सञ्चालन हुने विद्यालय ३६७ ओटा, निम्न माध्यमिक विद्यालय ८७ ओटा, माध्यमिक विद्यालय ७० ओटा र उच्च माध् ...

शैक्षिक सुशासन कमजोर भएकै हो

वैकुष्ठ अर्यालनिर्देशकशिक्षा विभाग शैक्षिक सुशासन भनेको के हो ?शिक्षा क्षेत्रमा राखेको लक्ष्य र उदेश्य  हासील गर्नका लागि सवैले आ आफ्नो तह र क्षेत्रबाट जिम्मेवारी सहज रुपमा निर्वाह गरेर उपलव्धि वा लक्ष्य हासील गर्ने अवस्था हो ।  सवैले शैक्षिक सेवा प्रवाह सहज ढंगबाट प्राप्त गरेको सहज ढंगबाट प्रवाह गरेको त्यसको मिश्रण भएको अवस्था नै शैक्षिक सुशासन हो । बालबालिकाले सहज वातावरणमा पढ्न पाउने, पठनपाठन गर्ने, गराउने व्यक्ति, निकायहरुले सहज ढंग ...