फिचर समाचार

आरने कान्छा भन्छन् : आरन नै मेरो विद्यालय

रोशन गाउँले नवलपरासी  । भर्खरै कखरा सिक्दै गर्दा बुवा वितेपछि ८ वर्षकै उमेरमा उनले बुवाकै आरने पेशा अंगाल्न पुगे । उनको पढाइ अगाडी बढ्न पाएन । ‘मलाई पढ्न एकदमै रहर थियो तर बुवा नभएपछि घर चलाउन काम गर्नै प¥यो ।’ डिल्लीराम कामीले भने । हसिँया, करौती, कुटो,बञ्चरो र कोदालो बनाउने र त्यसमा धार लगाउँदैमा उनले जीवन बिताए । उनले जीवनमा खुँडा र खुकुरी भने बनाएनन् । मलाई हिंसा मन पर्दैन र मैले सिकिन पनि । उनले खुकुरी र खुडा नबनाउनको क ...

३६ वर्षे शिक्षण पेशाबाट खाली हात विदा

रोशन क्षेत्री गाउँले काठमाडौँ । अस्थायी शिक्षक आन्दोलनका पर्याय बनेका कास्कीका टेकनाथ गौतम अन्तत ३६ वर्षे शिक्षण पेशाबाट खाली हात विदा भएका छन् । ३६ वर्ष ६ महिना १० दिन लामो शिक्षण पेशाको अवधी पूरा भएपछि  उमेर हदका कारण उनले शिक्षण पेशाबाट अवकाश पाएका हुन् ।कास्कीको धिताल गाविस १, भिडाबारीका  गौतमले २०३५ सालमा कास्कीकै पृथ्वीनारायण क्याम्पसबाट बीए, बीएड गरी बसेका थिए । एकदिन घरमै घाम तापिरहँदा बराह माध्यामिक विद्यालयका हेडसरले घरैबाट पढ ...

बलीराम सरको पीडा कस्ले बुझ्ने ?

रोशन क्षेत्री गाउँले नवलपरासी  । उनलाई सवैले बलीराम सर भन्छन् । उनले पढाएका र स्याहार गरेका धेरै विद्यार्थी डाक्टर, इन्जिनियर र कुशल प्रशासक बने, विदेसीएर राम्रो कमाइ गरे, सोही विद्यालयमा शिक्षक समेत बने । उनी भने  सोही विद्यालयमा सेवा गरीरहेका छन् । धेरैले उनले हासेर पढाएको मात्रै देखे । हर्षकै साथ विद्यालयमा काम गरेको मात्रै देखे । हुन पनि उनले मुहारमा मुस्कानको बत्ति कहिल्यै निभ्न दिएनन् । तर उनको मुटु भित्रको पिडा भने कसैले देखेन । ...