कलेज कुनो

नेपाली विद्यार्थीको रोजाईमा परेका यी हुन् १० उत्कृष्ट मुलुक

काठमाडौं ।  वैदेशिक शिक्षाको लागि स्वदेश छोड्नेहरूको लर्को बढेसँगै पढाइका लागि नयाँ नयाँ गन्तव्यको खोजी पनि भइरहेको छ। पढाइ र रोजगारीलाई सँगसँगै बढाउनुपर्ने बाध्यता र सकेसम्म पढाइको अवधिमा कमाइएको धेरथोर रकम स्वदेश पनि पढाउनुपर्ने दबाबका कारण विद्यार्थीहरू यी सबै समस्यालाई सहज रूपमा पार गराउन सहयोगी हुने मुलुक र ती मुलुकका क्याम्पस तथा विश्वविद्यालयको खोजीमा छन्। विद्यार्थीको यो चाहनालाई पूरा गर्न शैक्षिक परामर्शदातृ संस्थाहरूले पनि भर ...

उच्च शिक्षासँगै आत्मनिर्भरताको चाह

  भोजपुर । टक्सारका सुजन श्रेष्ठ १८ वर्ष लागे । भोजपुर बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायतर्फ पहिलो वर्षमा पढ्दै छन् । उनी बिहान साढे ६ बजेदेखि १० बजेसम्म कक्षाकोठामा हुन्छन् । त्यसपछि अपराह्न चारपँच बजेसम्म सेभेनस्टार अपसेट प्रिन्टिङ प्रेसमा । त्यसमा काम गरेर मासिक १० हजार रुपैयाँ कमाउँछन् । उनको पहिलो जिम्मेवारी पढाइ हो भने प्रिन्टिङ प्रेसमा दोस्रो । ‘पकेट खर्च जुटाउन र विस्तारै आत्मनिर्भर पनि हुँदै जानुपर्छ भनेर दिउँसोको समय प ...

एमबीए : शान र मान दुबै

सुनील केसी मास्टर अफ बिजनेस एड्मिनिस्ट्रेसन (एमबीए) का विद्यार्थी भएको नाताले उनले कहिल्यै बेरोजगार बस्नु परेन। पहिला उनी विज्ञानका विद्यार्थी भए पनि व्यवस्थापन संकायको महत्व बुझेपछि एमबीए गरे। एमबीए गरेपछि उनले अहिलेसम्म वित्तीय क्षेत्रमा प्रतिष्ठित पद सम्हालिरहेका छन्। हाल एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को भूमिकामा उनी छन्। एमबीए कुनै पेसा व्यवसायमा मात्र नभई मानव जीवनका हरेक पक्षमा काम लाग्ने प्रतिष्ठित विषय भएको केसीको विश्लेषण ...

ब्रिटिस एमबीए नै किन ?

योगराज कँडेल शर्मा आजको २१औं शताब्दीमा शिक्षाबिना मानिस दृष्टिविहीन सरह भएको कुरा सर्वविदितै छ। यस कारण भन्न सकिन्छ शिक्षाबिना जीवन अधुरो छ, यो जीवनको अति आवश्यक वस्तु भइसकेको कुरा अब दुई मत रहेन। आज शिक्षाबिना मानिस बाँच्न पनि नसक्ने स्थिति सिर्जना भइसकेको छ। हाम्रो संविधानले समेत शिक्षाको अधिकार सहर्ष स्वीकार गरी प्रत्येक नेपालीलाई निश्चित तहसम्मको शिक्षा निःशुल्क गरेको छ। आज प्रत्येक नागरिकले शिक्षा के का लागि बुझिसकेका छन्। तथापि आजका दिनमा ...

स्नातकमा कुन विषय पढ्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत साता सार्वजनिक गरेको कक्षा १२ को नतिजामा विज्ञान समूहबाट ५९ प्रतिशतमात्र अंक ल्याएकी ईश्वरी त्रिपाठीले दुई वर्षअघिको एसएलसीमा ८३ प्रतिशत ल्याएकी थिइन् । एसएलसीमा राम्रो अंक ल्याए पनि सुरुका दिनहरूमा उनलाई कक्षा ११ मा कुन विषय पढ्ने भन्ने निर्णय गर्न निकै कठिन भयो । आफ्नो भित्री इच्छा यही विषयमा छ भन्ने स्पष्ट हुन नसकेका कारण चिकित्सक बनाउने इच्छा राखेर आफन्तले उनलाई विज्ञान विषयमा भर्ना गरिदिए । आफन्त ...

चौथो 'कान्तिपुर हिसान एडु फेयर' शुरु, स्वदेशमै उत्कृष्ट कलेज छान्ने मौका

  काठमाडौं । ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने मूल नाराकासाथ चौथो 'कान्तिपुर हिसान एडु फेयर' राजधानीको भृकुटीमण्डममा बिहीबारदेखि शुुरु भएको छ । उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पव्लिकेशन्सको संयुक्त आयोजनामा स्वदेशमै स्तरीय शैक्षिक संस्था रहेको जानकारी गराउन मेला आयोजना गरिएको हो । चार दिनसम्म चल्ने उक्त शैक्षिक मेलाको बिहीबार हिसानका पूर्व अध्यक्ष, शिक्षा सचिव, विभिन्न विश्वविद्यालयका उप–कुलपति, रजिस्ट्रा ...

१२ कक्षाका बिद्यार्थीले बनाए बिउ छर्ने ड्रोन

काठमाडौं । कक्षा १२ मा विज्ञान विषय लिएर अध्ययन गरिरहेका ५ जना बिद्यार्थीले आकासबाट मल, बिउ, तथा बिषाधी छर्न मिल्ने ड्रोन बनाएका छन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सम्पन्न प्रविधी प्रर्दशनमा उक्त ड्रोनले पुरस्कार समेत जितेको छ । ललितपुरमा रहेको ओमेगा क्याम्पसका बिद्यार्थीले ३ महिना लगाएर ड्रोन निर्माण गरेका हुन् । प्रविधी प्रदर्शनी भएका बेला केही देखाँउ भनेर ५ जना साथिहरु मिलेर उक्त ड्रोन बनाएको बिद्यार्थी प्रमोद अधिकारीले बताए । उनीहरुले नेपा ...

सिएमा बढ्दो आकर्षण

काठमाडौँ । पोखराका उज्ज्वल बास्तोला सिए (चार्टर्ड एकाउन्टेन्सी) अध्ययनको तयारीमा छन्। गत साता प्लसटुको परीक्षा सकेका बास्तोला सिए अध्ययनबारे बुझ्न काठमाडौं आएका हुन्। इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान)को आयोजनामा थापाथलीस्थित टे्रड टावरमा भइरहेको 'आइक्यान सिए करिअर एक्सपो २०१६'मा भेटिएका बास्तोलाले भने, 'सिएको भविष्य राम्रो छ भनेर पढ्ने भने पनि विस्तृत जानकारी थिएन,' उनले भने, 'एक्सपोमा सिए अध्ययनबारे विस्तृत जानकारी पाउन स ...

बेलायती विश्वविद्यालयमा नेपालसम्बन्धी २ दिने कार्यशाला

 लन्डन । लिभरपुलस्थित जोन मोर विश्वविधालयमा नेपालसम्बन्धी रुची राख्ने एक बेलायती तथा नेपाली प्राज्ञिक समूहले नेपालको वर्तमान अवस्था र भविष्यका बारेमा मन्थन गरेका छन्।बेलायत नेपाल प्रज्ञा परिषद्कोको आयोजनामा 'नेपाल अध्ययन दिवस'को रुप आयोजित २ दिने कार्यशालामा बेलायतस्थित बिभिन्न विश्वविद्यालयका प्रोफेशरहरुले आ–आफ्नो शोधपत्र पेश गरेका थिए। लिभरपुल जोन मोर विश्वविधालयमा गत हप्ता सम्पन्न सो कार्याशालमा विभिन्न ८ विषयमा २३ ओटा शोधपत्र र ९ ओ ...