विचार

बदलिँदो विश्व परिवेश र अबको शिक्षक आन्दोलनको सम्भावित बाटो

    वर्तमान युग रुसी अक्टोवर क्रान्ति पश्चात शुरु भएको साम्राज्यवाद र सर्वहारा क्रान्तिकै युग भएतापनि साम्राज्यवाद, सर्वहारा वर्ग र क्रान्तिका धेरै आयमहरुमा भने महत्वपूर्ण परिवर्तनहरु देखापरेका छन् । एकाधिकार पूँजिवाद आज भूमण्डलीकृत वित्तीय पूँजिवादको स्वरुपमा रहेको छ । मुठ्ठीभर पूँजिवादी घरानाहरुको हातमा पूँजिको अत्याधिक संकेन्द्रण र वित्तीय अधिकार एकाअधिकार पूँजिमार्फत नव औपनिवेशिक शोषणका लागि नव उदारवादी विचारधाराको प्रवाह गरिरहेका छ ...

प्रश्नहरुको घेरामा शिक्षक परीक्षा

हालै शिक्षक सेवा आयोगले सञ्चालन गरेको परीक्षामा विभिन्न कमजोरी भए भनेर गुनासो आइरहेका छन् । प्रश्नपत्रमा भएका त्रुटी देखि परीक्षा केन्द्र तोकिएका स्थानहरु अनुपयुक्त स्थानमा तोकिएको भन्नेसम्मका गुनासो गरिएको छ । परीक्षा फाराम संकलन अव्यवस्थित भएको जसका कारण परीक्षार्थीहरुको सिम्बोल नम्बर, विषय, तह, परीक्षा केन्द्रसम्ममा त्रुटि फेला परेका छन् । विविध कारण अझ त्यसमा पनि आयोगका कारणले परीक्षामा सहभागी हुनबाट बञ्चित भएका परीक्षार्थी प्रति को जिम्मेवार ...

म र मेरो बा

उबेला म सानो छँदा मेरो बा जवान हुनुहुन्थ्यो, जवानीका बा जस्तै म कहिले बनुँला भन्ने लागिरहन्थ्यो । मलाई महसुस हुन्थ्योः मेरा बासँग धेरै ज्ञान छ, जानकारी छ, उहाँ धेरै विद्धान हुनुहुन्छ । उहाँमा धेरै खालका काम गर्न सक्ने खुबी छ अनि उहाँ गाउँको एउटा सक्षम मान्छे। उहाँ जत्तिकै सक्षम मान्छे बन्न सकुँला वा सक्दिनँ भन्ने चिन्तन मेरो मनमा आइरहन्थ्यो । बा मा कुनै किसिमको अपूर्णता छ जस्तो पटक्कै लागेन । मैले जीवनलाई बासँग तुलना गर्दै गएँ बा जस्तै बन्ने सपन ...

विद्यालय कर्मचारीका पीडा : समाधान कहिले ?

शिक्षा क्षेत्रको कुरा गर्दा सबैको ध्यान शिक्षक, विद्यार्थी र विद्यालयको समस्या तर्फ मात्रै  केन्द्रित हुने गर्दछ । विद्यालयमा पढ्न विद्यार्थी र पढाउन शिक्षक भए पुग्छ, यतिलाई केहि व्यवस्था गरिदिए शिक्षा क्षेत्रका सवै समस्या समाधान हुन्छन् भन्ने सोचाइ छ राज्यको पनि । मानौ विद्यालय सञ्चालनमा अरु पक्षहरुको कुनै भूमिका नै रहन्न ! धेरैले हेक्का नराखेको कुरा के हो भने– कुनै पनि विद्यालयको सञ्चालन शिक्षक मात्रको सहभागिताले असम्भवप्रायः हुन्छ । ...

शिक्षक माथिको विभेद आखिर कहिलेसम्म ?

एकजना माध्यमिक तहका स्थायी शिक्षकले खरिदार पदको विज्ञापनमा दरखास्त दिएर खरिदारको गाईड पढिरहेको देख्दा ७ वर्ष पहिले अचम्म लागेको थियो । एउट देशको राष्ट्रसेवक किन घटुवा हुन चाहन्छ ? किन एउटा सरकारी सेवामा शाखा अधिकृत समानको पदमा स्थायी नियुक्ति पाएको शिक्षक किन  खरिदार पदमा प्रतिस्पर्धा गर्न चाहन्छ ?  यो प्रश्न उसबेला अनुत्तरित नै रह्यो ।  जव नेपालमा रहेका विभिन्न सरकारी सेवालाई व्यवस्थित गर्न बनेका ऐन,  नियम तथा कार्यविधिहरुको ...

तराईका ती ‘अर्ग्यानिक’ दसैँहरू

      पुस्तक पढ्नुभन्दा प्रकृति पढेर धेरै गुणा फरक ज्ञान हाँसिल गर्न सकिँदो रहेछ । अझ लेखनकलालाई आफ्नो वृत्ति बनाएका लेखकले त आफ्ना बाल्यवयका परिघटनाहरूलाई लेखेर कहिल्यै नसक्ने रहेछन् । यस्ता ज्ञान ममा आएको धेरै भएको छैन । कहिलेदेखि आयो त्यो झट्टै सम्झन सकिरहेको पनि छैन ।     स्मृति र विस्मृतिका सुनामीमा फँसेको छु –म यतिखेर ।     म बीसको दसकमा मोरङमा जन्मेको हूँ । औलोको तरानले भर्खरभर्खर मुक ...

सिग्देल सर, सरु र शिक्षा

यूरासिया रेयुकाइले आयोजना गरेको युवा भेला कार्यक्रममा धेरैले धेरै कुराहरु अभिव्यक्त गरे । तीमध्ये सैनिक स्कूल सुर्खेतमा कक्षा ९ मा अध्ययनरत छात्रा सरु घर्ती मगर र सहजकर्ता नारायण सरले भनेका केही कुराहरु भने विर्सिएको छैन । सम्झनलाई स्टेसनरी पसलबाट खरिद गर्न सकिने डायरी र कलमको सहयोग पनि लिनु परेन । यो मान्छेलाई थाहै नदिएर यही मान्छेको मनको मध्यपेजमा मष्तिष्करुपी कलमले टिपिसकेको रहेछ उनीहरुको कथनलाई । सरुले भनेकी थिइन् – ‘मानिसहरु जसक ...

शिक्षकको आन्तरिक परीक्षाः उपलब्धि र अवसर

चारपटकको स्थगन पछि यही २०७५ साल असार २९ र ३० गते अस्थायी शिक्षकहरुको आन्तरिक प्रतिस्पर्धात्मक परीक्षा सम्पन्न भएको छ । यो परीक्षामा देशभरका ११६ वटा परीक्षा केन्द्रबाट परीक्षा फाराम स्वीकृत भएकामध्ये ९५ प्रतिशतभन्दा बढी अस्थायी शिक्षकहरु सहभागी भएको प्रारम्भिक जानकारी शिक्षक सेवा आयोगले दिएको छ । पहिलो र दोस्रो विज्ञापनमा प्रायः ४० अंक ल्याउने परीक्षार्थी स्थायी हुनेछन् भने तेस्रो विज्ञापनको कुल रिक्त दरबन्दीको ७५ प्रतिशत शिक्षकहरु स्थायी हुने प् ...

शिक्षक र शिक्षक छनोटको पाठ्यक्रम

फ्रायडको यौन मनोविज्ञानमा पनि केही सत्यता होला जस्तो लाग्छ । त्यस्तै भएछ एकपटक । एकजना कक्षा ३ मा अध्ययन गर्ने बालकले आमासँग रिसाउदै आफ्ना कुरा यसरी राखेछ – ‘मलाई पहिले नजन्माएर पछि किन जन्माएको आमा ? मलाई पहिले जन्माएको भए सविता म्याडमसँग विवाह गर्थें नि ।’ आमाले किन सविता म्याडमसँग विवाह गर्ने भनेर आफ्नो ३ कक्षामा अध्ययन गर्ने छोरालाई सोध्दा उसको जवाफ हुन्छ – ‘वहाँ हामीसँग कहिल्यै रिसाउनु हुँदैन । भेट हुने बित्तिकै ...

पढेलेखेका मानिस जुत्ता सिउन मन गर्दैनन् किन ?

  पढेलेखेका मानिस जुत्ता सिउन मन गर्दैनन् किन ? मोटर वा छाता बनाउन चाहँदैनन् किन ? विद्वान् मानिस बिग्रिएका ग्यास, प्रेसरकुकुर बनाउन चटपटी, खरभुजा र काँक्रो बेच्न, साइकल साथै मोटर साइकलका ग्यारेजहरू संचालन गर्न चाहदैनन् किन ? उत्तर स्पष्ट छ । पढेपछि सानोतिनो काम गर्नु हुँदैन भन्ने गरिब नेपाली संस्कार जो हामीमा झुन्डिएको छ । झुर मानसिकता र प्रमाणपत्रहरू काखी च्यापेर हामी पढेका भनिएका मानिसहरू बाँचिरहेका छौं । यो खराब मानसिकता हो । तर कुरो यसो ...

स्थानीय शिक्षा ऐन र हाम्रो सरोकार

    डा. हरिप्रसाद कँडेल नयाँ वर्ष शुरु भएको छ । नयाँ सोंच, त्यो पनि अझ सकारात्मक चिन्तनले घर गर्ने शुभ दिन शुरु भएको छ । एउटा विषयले मेरो मनमा लामो समयदेखि नै घर गरिरहेको छ । विषय सानो छ, सामान्य छ । किन सामान्य कुराले मेरो मनमा घर ग¥यो भन्नुहोला भन्ने संशय हुन सक्छ । उत्तर सहज छ, सरोकारवालाहरुले नै सामान्य मानेपछि मैले असामान्य मानेर के गर्नु र ? यही सामान्य विषयमा आज बहस गरौं न ।   प्रसङ्गः शिक्षा ज्ञान तथा सीप सिकाउने माध्यम ...

किन भयो शिक्षाक्षेत्रमा भद्रगोल ? अबको निकास के ?

पुष्कर शर्मा नेपालको ऐन नियम र कानून बन्नु र त्यसको कार्यान्वयन नहुनु कुनै नौलो कुरा होइन । त्यस्तै शिक्षा ऐन पनि सरकार परिवर्तनसँगै प्रायः हरेक सरकारले बनाउछ र कार्यान्वयन नहुँदै सरकार फेरीन्छ । अर्को सरकार आउछ उसलाई के मन लाग्छ पहिलेको ऐन रद्दीको टोकरीमा फ्याकिन्छ र अर्को ऐन बनाउँछ । त्यसैले होला २०२८ सालमा ल्याईएको शिक्षा ऐन २०७४ सम्म आइपुग्दा नवौं पटक संसोधन भइसकेको छ त्यस बीचमा शासन व्यवस्था परीवर्तनसँगै १४ पटक परीवर्तन भईसकेको छ । हाल ...

सन्दर्भ होली : कुन रङले कस्तो प्रभाव पार्छ ?

 हेमराज कोइराला हर्ष, उमङ्ग, उल्लास र खुशीको बहार बोकेर हामी बिच २०७४ सालको होली अईपुगेको छ। प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णीमाका दिन मनाईने यो पर्व लाई रङ्ग हरूको पर्व पनि भनिन्छ । रङ्गी–विरङ्गी रङ्गहरू एक आपसमा लगाएर सुख,शान्ति, समृद्घि र स्वास्थ्यको शुभकामना आदान–प्रदान गरी वातावरण नै रङ्गीलो बनाई मनाईने यो चाडले समाजमा पृथक पहिचान बनाउन सफल भएकै कारणले अन्तराष्ट्रिय जगत र अन्य संस्कृतिमा पनि लोकप्रिय हुदै गएको छ । रङ्ग हरू ...

शिक्षामा निजीकरण–विकल्प हैन !

  लक्ष्मण शर्मा १. शिक्षामा निजीकरणको विजारोपण शिक्षामा निजीकरणको शुरुवात राष्ट्रिय शिक्षा पद्धतिको योजनामा पूर्व प्राथमिक तहका बालबालिकाहरुको शिक्षाको सम्बन्धमा राज्य मौन बस्दा शुरु भएको देखिन्छ । ६ वर्षदेखि माथिको बालबालिकाको शिक्षामा राज्यले दायित्व स्विकार गरेर पाठ्यक्रम सहितको सबै जसो संरचनागत व्यवस्थाहरुलाई योजनामा समावेश गर्दा पूर्व प्राथमिक तहका बालबालिकाहरुको लागि के गर्ने मौन बस्यो । तर स्वभाविक रुपमा यो चासो सचेत, सम्पन्न, शहरीया ...

शिक्षण पेशाको सुरक्षाका लागि शिक्षक महासंघ

तिलक कुँवर नेपालमा विद्यालय शिक्षण पेशामा कार्यरत शिक्षक कर्मचारीहरुको संगठित ट्रेड युनियन आन्दोलन ६ दशक पुग्न लागेको छ । नेपाल राष्ट्रिय शिक्षक संगठनको नामबाट शुरु भएको यो अभियानले आजको दिनसम्म विभिन्न टुटफुट र विभाजन बेहोरीसकेको छ । बहुदलीय प्रजातन्त्रको स्थापना पछि पेशागत हकहीतको सुरक्षा भन्दा अमूक राजनीतिक दलको भातृसंगठनको रुपमा शिक्षकका पेशागत संगठन खोलिएका आरोप लाग्न थालेको छ । अहिले करिब दुई दर्जन जति संघसंगठनहरु शिक्षकको पेशागत सुरक्षाको ...

पाठशालामा प्रवृत्ति र प्रेरणाको प्रसङ्ग

जीतबहादुर शाह शहर नजीकै रहेको एउटा टोलको आधारभूत विद्यालय । एकजना शिक्षक कक्षाकोठामा गएर शिक्षण सिकाइ क्रियाकलाप सुरु गर्छन । सिक्ने सिकाउने पाठको चर्चा गरिन्छ । आवश्यकता अनुसार सेतोपाटीको प्रयोग पनि गरिन्छ । शिक्षकको तर्फबाट शिक्षण सिकाइलाई विद्यार्थी केन्द्रित बनाउने प्रयास गरिन्छ । तथापि सोचे अनुसार कक्षाका क्रियाकलापहरु विद्यार्थी केन्द्रित हुन सक्दैनन् । यसको एउटा प्रमुख कारण विद्यार्थीहरुको शिक्षण सिकाइप्रतिको रुचिको अभाव पनि हो भन्ने शिक् ...

नेपालको महिला शिक्षा र पद्मकन्या विद्याश्रम

सन्दर्भः पद्मकन्या विद्याश्रम मा.वि. को ७० औं बार्षिकोत्सव  मुरारीराज मिश्र   शिक्षाको महत्वशिक्षा उज्यालोको त्यो श्रोत हो, जुन उज्यालोले हामी मानवलाई जीवनको बिभिन्न क्षेत्रमा अमूल्य मार्गदर्शन गर्ने गर्छ । शिक्षाले मानवको ब्यक्तित्व निमांणमा सहयोग पुर्याउंछ । शिक्षाले नै मानिसभित्र आत्मबिश्वास र सकारात्मक बिचार पैदा गर्छ । जीवनमा अघि बढ्न र सफलता प्राप्त गर्न उचित शिक्षा आर्जन गर्नु सवैको लागि अत्यावश्यक छ । शिक्षा आर्जन नगर्नु भनेको ...

स्थानीय सरकार र शिक्षाको अन्तर्सम्बन्ध

बिनाराम खड्का नेपाल देश चल्दैछ कि भूमरीमा फस्दैछ ? समयले बताउँदै जाला । यहाँ केही अन्तरसम्बन्धित पक्षहरुको चर्चा गर्ने जमर्को गरिदैछ । सामन्तवाद वा अर्ध सामन्तवाद, उपनिवेशवाद वा अर्ध उपनिवेशवादको जगबाट उम्रेको नवऔपनिवेशवादको प्रवेश अन्तराष्ट्रिय वित्तिय संस्था, बहुराष्ट्रिय कम्पनी र गैरसरकारी संस्था मार्फत हुनेगर्छ । यसको विधि र प्रक्रिया सशक्तिकरण, वकालत, अधिकार, पहिचान, विकास, समृद्धि आदि इत्यादिको नाममा सरकारी वा गैरसरकारी क्षेत्रबाट गरिने वै ...

जनवादी/समाजवादी शिक्षाको नेपालीकरण सम्भव छ ?

वाई. पी. आचार्य नेपालका कम्युनिस्ट पार्टीहरू लामो समयदेखि जनवादी शिक्षाको वकालत गर्दै आएका छन् । यो शिक्षाको बारेमा वाकयुद्ध त बढी नै भयो, तर लेख्य बहस कम भयो, प्राज्ञिक कर्म नगन्य मात्रामा भयो । यसमा राजनीतिक रङ लागेकै कारण साझा विमर्षले त स्थान नै पाएन । परिणामतः कम्युनिस्टहरूले यसलाई पेवा ठाने, गैह्रकम्युनिस्टहरूले भूत माने । अन्ततः यसले आफ्नो असली रुप धारण गर्न नै सकेन । राजनीतिक व्यवस्थाका हिसावले जनवादी र समाजवादी व्यवस्थामा भिन्नता छ तर श ...

स्थानीय तह सञ्चालन ऐन २०७४ मा शिक्षासम्बन्धी अधिकारको कार्यान्वयन, समस्या र समाधान

    रमाकान्त शर्मा   नेपालको संविधान २०७२ ले स्थानीय तहलाई सुम्पिएका विधायकी, कार्यकारिणी र न्यायिक अधिकार प्रयोगमा ल्याउन, परेका समस्या हटाउन, द्विविधाको अन्त्य गर्न व्यवस्थापिका संसदले पारित गरेको ‘स्थानीय तह सञ्चालन ऐन २०७४’ आश्विन २९ गते राष्ट्रपतिबाट प्रमाणिकरण भई कार्यान्वयनमा आएको छ । यो ऐन नआउँदासम्मको लागि नेपाल सरकारले संविधानबमोजिम कायम भएका गाउँपालिका, नगरपालिका तथा समन्वय समितिबाट सेवा प्रवाहलाई निरन्तरता द ...

बालबालिकालाई ‘शैतान’ भनेर हामी के गर्न खोज्दैछौं ?

  जितेन्द्र देव पाण्डे समाजमा बालबालिकालाई बोलीचालीका क्रममा सम्बोधन गर्दै ‘तँलाई राक्षस, शैतान !’ आदि भन्ने गरिन्छ । यो कुराले उनीहरुको कस्तोखाले छवी निर्माण भइरहेको छ ? यसपटक त्यसलाई बुझाउने प्रयास गरिएको छ । ताकि बोलीचालीको भाषामा बालबालिकाप्रति हुने सम्बोधनलाई एक व्यापक दृष्टिकोणबाट हेर्न सकियोस् । ‘बच्चाहरु धेरै शैतानी गर्छन्’ प्रायः यो कुरा घर तथा विद्यालयमा बुुवा, आमा, अभिभावक, शिक्षक एवं अन्य मान्छेहरुबाट सुन ...

एकजना शिक्षकले चाहँदा...

सफल अनुभूति   दिनेश शर्मा   म जाजरकोट जिल्लाअन्तर्गत जगतिपुरको पाखा भित्तामा जन्मेँ । सानैदेखि कठोर जीवनको अनुभव संगाल्न पाएँ । परिवारबाटै शैक्षिक वातावरण भेट्टाएँ । असल आचरण सिक्ने अवसर पाएँ । भौगोलिक वातावरणले बनाएको कठोरपनलाई परिवारजनको कोमल व्यवहारले जित्यो । फलस्वरूप म स्वयम् पग्लदै गएँ र कोमल बन्न पुगेँ । मेरो मनमा आफू जन्मे, हुर्के र पढेको ठाउँका लागि केही न केही गर्नुपर्छ भन्ने भावना पलायो । आमूल क्रान्तिकारी कदम चालेर प्रचलित म ...

शिक्षक साथीहरु ! पेशागत विकासतिर लाग्ने कि ?

 भिमप्रसाद सापकोटा जुनसुकै काम गर्दा पनि कामसँग सम्बन्धित ज्ञान, सीप र क्षमताको आवश्यकता पर्दछ चाहे त्यो उच्चस्तरको काम होस् या न्यूनस्तरकै किन नहोस् । एकपटक हासिल गरेका ज्ञान र सीप सदाका लागि उपयुक्त भइरहन्छन् भन्नु पनि मूर्खता हो । समय, परिस्थिति र ठाउँ अनुसार हामी र हाम्रो काम गर्ने शैली तथा सीपलार्ई पनि परिवर्तित गर्दै लैजानु आजको टड्कारो आवश्यकता भएको छ । हामी शिक्षणमार्फत् आफ्नो सीप प्रस्तुत गर्ने गहन जिम्मवारी बोकेका सिपालु शिक्षकहरु ...

विद्यालय शिक्षाको सुशासन कहाँबाट र कसरी ?

डा. हरिप्रसाद लम्साल नेपालको संविधान २०७२ बमोजिम स्थानीय तहको सरकार गठन भई सकेको छ । संविधान बमोजिम स्थानीय सरकार सञ्चालन ऐन २०७४ कार्यान्वयनमा आईसकेको छ । हालसम्म विद्यालय शिक्षाका कार्यहरु केन्द्रीय तह, क्षेत्र र जिल्लाबाट सम्पादन भई आएका थिए । स्थानीय सरकार सञ्चालन ऐनको कार्यान्वयनसँगै विद्यालय शिक्षासम्बन्धी धेरै कामहरु स्थानीय तहबाट सम्पादित हुनुपर्छ भन्नेमा दुईमत छैन् । अहिले शिक्षा ऐन तथा नियमावली, वार्षिक कार्यक्रम र बजेट तथा अख्तियारीमा ...

Envisioning education for the new generations

  Dr. Bidya Nath Koirala   Historical learning A Nepali inherited the community intent that formal education equates for social recognition and non-formal and informal education for domestication. S/he also learnt that local contents limit the learner and global contents expand the horizon of the same individual. They also knew that lecture, elaboration, illustration, and use of intuition are the pedagogies of the formal learning syste ...

शिक्षाको आंकलन र डिजिटल जेनेरेसन

जीतबहादुर शाह   इन्सेकमा काम गर्ने साथीहरु– दुर्गा थापा र सरस्वती मल्लले अवसर जुराइदिएका कारण एउटा बाल कार्यशालामा सुर्खेत र दैलेखका गरी ८ वटा विद्यालयका प्रतिनिधिमूलक विद्यार्थीहरुसँग यो पङ्तिकारको भलाकुसारी र भेटघाट सम्भव भयो । उक्त भेटघाटमा मानव अधिकार, बालअधिकार, बालमैत्री विद्यालय, बालअधिकारको संरक्षण र संवर्धनमा विद्यालय र अभिभावकको भूमिका आदि विषयमा छलफल र सहजीकरण गर्ने क्रममा थोरै समयमा पनि मेरो निम्ति धेरै उपलब्धिको महसुस भयो ...

सिकाइमा सन्तुलनको सवाल 

जीतबहादुर शाह रारा भ्रमणको क्रममा हामी गाडीमा कालीकोटको बाटो दगुर्दै थियौं । सडक साँघुरो भएको कारण गाडीबाट सडक छेउतिर हेर्दा सडक देखिदैन्थ्यो, बरु बाँदर लड्ने जस्तो भीर देखिन्थ्यो र त्यसपछि धेरै तल बैंशले मात्तिए झै गरी तिला नदी बगिरहेकी देखिन्थिन । गाडीभित्रबाट भीरतिर नजर लगाउँदा समेत हामीलाई हाम्रो आँखाले काम नगरेर रिङ्टा लाग्ला जस्तो हुन्थ्यो र जीउ सिरिङ्ग हुन्थ्यो त्रासले । तथापि त्यही भीरमा विद्यालय उमेरका बालबालिकाहरु घाँसी, गुवाला र अन्य ...

बालबालिकालाई बस्तीमै सिकाउने एउटा थालनी

  कृष्णप्रसाद ढुंगाना केही वर्ष अघि मनमा उकुसमुकुस भएर खेलिरहेको एउटा विषय थियो– विद्यालय समयभन्दा अघिपछि घर परिवारमा आफैं पढ्ने वातावरण बनाउन सकियो भने बच्चाहरुमा पढ्ने आदत निर्माण हुन्थ्यो कि ! तर कसरी ? घरमा अभिभावकलाई यतिबेला यसरी पढ्नुपर्छ भन्ने थाहा नभएपनि आफ्ना बच्चाहरुले राम्रो पढुन् भन्ने चाहना हुन्छ । तर चाहना मात्र भएर हुँदैन परिस्थिति भने फरक हुन्छ । केटाकेटी उमेरमा मान्छे चञ्चल हुन्छन् । जता रमाइलो, उनीहरु उतै हुर्रिन्छन् ...

हाम्रा सिकाइका खास समस्या र समाधानका उपाय

डा. विष्णु कार्की सिकाइका समस्या हरेक तहमा उत्तिकै व्याप्त छ । तर, तल्लो कक्षाहरु खास गरेर कक्षा एकदेखि तीनसम्मका विद्यार्थीहरुमा हुनुपर्ने न्यूनतम सिकाइ सीपको स्तर ज्यादै कमजोर रहेको छ । हामीले सामान्यतः बुझ्ने गरेका सिकाइका सीप चारथरिका छन्ः सुनाइ, पढाइ, लेखाइ र बुझाइ । तर, यी चार थरिका सीपहरु साक्षरता सीप अर्थात् Literacy Skills अन्तर्गत पर्छन् । साक्षरता सीप भनेको हामीलाई चाहिने अन्य महत्वपूर्ण सीप सिक्नका लागि माध्यम मात्र हो । त्यसैले, साक ...

संघीय शिक्षा नीति निर्माण र कार्यान्वयनमा शिक्षा ऐन २०२८ को नवौं संशोधन बाधक कि साधक ?

शंकर अधिकारी विजया दशमीको शुरूवातसँगै नेपालको शिक्षामा रुपान्तरण र पुनर्संरचनाका सवालमा मुलुकको समृद्धिसँग जोडेर नयाँ बहस शुरु भइरहेका छन् । यि बहसहरु विगतदेखि हुने र निश्चित आकार ग्रहण नहुँदै सेलाउने गरेको पाउँछौं । आज संघीय शिक्षा नीति निर्माणकालागि उच्चस्तरीय आयोग बनेको छ साथै संविधान कार्यान्वयन दु्रतगतिमा अघि बढिरहँदा पक्कै यसले निरन्तरता पाउने छ र देशमा शैक्षिक बिकास र समृद्धिको ढोका खोल्ने छ भन्ने आशा गरौं ।यिनै बहसहरु भइरहँदा शिक्षा ऐन २ ...

स्थानीय सरकार र शिक्षा व्यवस्थापन

—कर्णबहादुर शाही   व्यक्ति, परिवार, समाज र समस्त राष्ट्रको भविष्य निर्धारण गर्ने मेरुदण्ड शिक्षा हो । मुलुकमा धेरै ठूलो बलिदानी र संघर्षपश्चात् आएको राज्य व्यवस्थामा परिवर्तनलाई संस्थागत गर्न हाल सम्पन्न हुँदै गरेको स्थानीय तहको चुनावले सकारात्मक तरङ्ग जनजनमा प्रसारित भएको छ । यस उत्साहको उचित कार्यान्यवन अवस्था निर्माण गर्न स्थानीय तहलाई सिद्घान्ततः संवैधानिक व्यवस्थापनअनुरुप वास्तविक स्वायत्त शासनको प्रत्याभूति प्रदान गर्नुपर्ने वाञ ...

अस्थायी शिक्षक स्थायी हुँदा यति कोलाहल किन ?

तिलक कुँवर व्यवस्थापिका संसदको यहि हसोज ३ गते बसेको बैठकले शिक्षा ऐन २०२८ को नवौं संशोधन गरेको छ । यो नवौं संशोधनको प्रस्ताव मन्त्रालयबाट प्रक्रियामा अगाडि बढाउदा देखि नै विभिन्न शंका–उपशंका र आलोचनाको घेरामा परिरह्यो । नेपाल शिक्षक महासंघले ऐन संशोधन गर्नुको साटो खोलिएको विज्ञापनलाई सम्पन्न गर्न र खुला विज्ञापनका लागि मन्त्रिपरिषदमा थन्किएर रहेको शिक्षा नियमावली जारी गर्न शिक्षा मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझायो तर शिक्षा मन्त्रालयले अस् ...

सदन, गगन र रोदन

  तिलक कुँवर   २०७४ साल असोज ३ गते संविधान दिवसका दिन व्यवस्थापिका संसद बैठक राति अवेर सम्म चल्यो । पहिलो चरणमा बैठकले लामो समयसम्म पारित गर्न बांकी करिब आधा दर्जन विधेयक माथि छलफल र टुङ्गो लगाउने काम गर्यो । दोस्रो चररणको बैठक रातिको समयमा शिक्षा ऐन २०२८ नवौं संशोधन गर्न बनेको विधेयक माथि परेका संशोधन प्रस्ताव उपर छलफल शुरु गरियो । संशोधनकर्ता वक्ता माननीयहरुले शिक्षा ऐन नवांै संशोधनको व्यापक विरोध गरे । विशेषगरी माननीय गगन थापा, मा. र ...

स्थगित परीक्षा सुचारु गर्न ऐन संशोधनको उपयुक्त बाटो

तिलक कुँवर २०४९ साल पहिलेदेखि २०७२ साल असोज २ गतेसम्म अस्थायी कार्यरत शिक्षकहरुको व्यवस्थापनका लागि शिक्षा ऐन २०२८ को आठौं संशोधन २०७३ साल असार १५ गते सम्पन्न भयो । सोहि संशोधित ऐन अनुसार शिक्षक सेवा आयोगले २०४९ पुष १० अगाडि दरबन्दिमा नियुक्ति भएका अस्थायी शिक्षकले आफ्नो पदमा, २०६१ साउन २१ सम्मका शिक्षकले कार्यरत दरबन्दीमा र २०७२ असोज २ गते सम्म नियुक्ति पाएका अस्थायी शिक्षकले ४९ प्रतिशत आन्तरिक र ५१ प्रतिशत खुल्लामा प्रतिस्पर्धा गर्नु पर्ने विज ...

शिक्षा ऐन आठौं संशोधनका सकारात्मक पक्षमाथि एक नजर

तिलक कुँवर नेपाल शिक्षक महासंघको नेतृत्वमा विद्यालय शिक्षक कर्मचारीहरुको बलिदानीपूर्ण संघर्षबाट शिक्षा ऐन २०२८ को आठौं संशोधन व्यवस्थापिका संसदको २०७३ जेष्ठ २२ गतेको बैठकले सर्वसम्मतिबाट पारित गरी २०७३ असार १५ गते राष्ट्रपतिबाट प्रमाणिकरण भएको हो । शिक्षा ऐन आठौं संशोधन नेपाली शिक्षक समुदायका प्रतिनिधिमूलक संस्थाहरुले विगतमा सञ्चालन गरेका संयुक्त शिक्षक आन्दोलनहरु पश्चात् नेपाल सरकार र नेपाल शिक्षक युनियन/नेपाल शैक्षिक गणतान्त्रिक मञ्च/मधेशी शिक ...

उच्चस्तरीय शिक्षा आयोगको सन्दर्भ

प्राडा मनप्रसाद वाग्लेशिक्षाविद्   उच्चस्तरीय शिक्षा आयोग गठन पश्चात धेरै सञ्चारकर्मीहरुले मेरो धारणा माग गर्दै आउनुभएको र मैले पहिलोे बैठकले कस्तो कार्यविधि निर्धारण गर्छ त्यसै अनुरूप आयोगको भविष्य निर्भर रहन्छ भन्ने कुरा सार्वजनिक गर्दै आएको छु । आयोगको काम कार्बाही पारदर्शी हुनुपर्दछ । यसले के काम कसरी गर्दैछ भन्ने जानकारी प्रत्येक बैठक पछि सार्वजनिक हुनु पर्दछ । यसै सन्दर्भमा आयोगको भोलि बस्ने प्रथम पूर्ण बैठकको पूर्वसन्ध्यामा मेरा केहि ...

शिक्षा मन्त्रीज्यू, तपाईंको आयोगले केहि लछारपाटो लाउँदैन

  लक्ष्मण शर्मा शिक्षा मन्त्रीज्यू, तपाईंको आयोगले केहि लछारपाटो लाउँदैन। भोलि बिहानबाट तपाईंले पजनी गर्नुभएका कतिपय महानुभावहरुले आफू त्यसमा नरहने घोषणा गर्न थाल्नेछन्। म नेपाल शिक्षक महासंघको कुनै कार्यकारी पदमा छैन। तर, यो गठनमा तपाईंले महासंघको जून मान मर्दन गर्नुभएको छ त्यसको निन्दा गर्छु। हुन त तपाईंले शिक्षा ऐन ९आठौं०को खिलाफमा जे पनि गर्नुभएकोछ। अहिलेसम्म महासंघले आफ्ना मुद्ददाहरु राख्न मागेको समय समेत दिनुभएको छैन रे। नवौं संशोधनको ...

शिक्षा विधेयक संशोधन प्रस्ताव पारितका लागि सांसदलाई अनुरोध

  तिलक कुँवर २०७४ भाद्र १२ गते व्यवस्थापिका संसदमा शिक्षा ऐन २०२८ नवौं संशोधन गर्न बनेको विधेयक सामान्य छलफल समाप्त भएको छ र सो विधेयक माथि संशोधन प्रस्ताव प्रस्तुत गर्न व्यवस्थापिका संसदमा २०७४ साल भाद्र १५ गतेका दिन ४ः४५ बजेसम्मका लागि समय तोकिएको छ । करिब १६ महिना अघि शिक्षा ऐन २०२८ को आठौं संशोधन व्यवस्थापिका संसदमा सर्वसम्मतिले पारित गरिएको थियो । उक्त आठौं संशोधनले गरेको व्यवस्था अनुसार अस्थायी कार्यरत शिक्षकलाई गोल्डेन ह्याण्डसे ...

    स्थानीय तहमा शैक्षिक व्यवस्थापनका केही उपायहरु

    बिनाराम खड्का स्थानीय तहलाई कक्षा १२ सम्मको शैक्षिक व्यवस्थापनको जिम्मेवारी दिइएपनि अहिलेसम्म शिक्षाको उच्चस्तरीय निकाय शिक्षा मन्त्रालयको चालामाला र अभिव्यक्ति हेर्दा अझै केही समय अन्यौलमा बित्ने देखिन्छ । माथिबाटै रौँको गुजिल्टो जस्तै गञ्जागोल पारेपछि स्थानीय तहहरु रनभुल्ल र चुनौतीको भुँमरीमा पर्ने नै भए । संघीयता कार्यान्वयनको पहिलो चरणमा यस्ता छिटपुट व्यावहारिक चुनौती आउनु स्वाभाविक पनि होला । तर, संघीय शासन प्रणालीमा गइसकेका स् ...

शिक्षक नेता तिलक कुँवरलाई एकजना शिक्षकको खुला पत्र

भुवन सुवेदीराष्ट्रिय मावि, पोखरा लेखनाथ महानगर पालिका १, कास्की   आदरणीय शिक्षक नेता, अभिवादन । यहि मिति २०७४ साल भाद्र ८ गते चर्चित अनलाइन पत्रिका एजुकेशन पाटीमा प्रकाशित लेख पढिसकेपछी प्रतिक्रिया स्वरुप यहाँलाई केही प्रश्न राख्ने जमर्को गरे, अन्यथा भएमा अग्रिम माफी चाहन्छु । तपाईं अहिले तमाम शिक्षकहरुको नेता हुनुहुन्छ । मेरो बुझाइमा यहाँको अहिलेको हैसियत सानो त्याग र तपस्या मार्फत पक्कै प्राप्त भएको होइन । तपाईको दक्षता क्षमताको अतिरिक्त, ...

स्थगित शिक्षक परीक्षा र अबको गन्तव्य

  शंकर अधिकारी हाम्रो ऐतिहासिक पृष्ठभूमी बोकेको गौरवशाली संगठन स्थापनाकालदेखि नै शिक्षकको राजनीतिक अधिकार सहितको शैक्षिक अधिकारको लागि निरन्तर लडाइँ लड्दै आइरहेको जगजाहेर नै छ । शिक्षकको अधिकारको लडाइँ, शैक्षिक पेशागत आन्दोलनको आरोह–अवरोहसँगै ४०० भन्दा बढी शिक्षक र कर्मचारी साथीहरूले रगत बगाइसकेका छन् । ०४६ पछि नेपालको शैक्षिक र पेशागत आन्दोलनमा देखिएको शिथिलता र शैक्षिक र पेशागत संगठन नेतृत्वमा देखिएको सत्ता मोहले शिक्षक र कर्मचारीहर ...

शिक्षकको परीक्षा रोक्नु सरकारको अन्यायपूर्ण निर्णय

तिलक कुँवर नेपाल सरकार मन्त्रिपरिषदको २०७४/०५/०५ गतेको निर्णय अनुसार शिक्षक सेवा आयोगले २०७३ साल चेत्र १९ गते कार्यरत अस्थायी शिक्षकलाई स्थायी गर्नका लागि खोलेको विज्ञापन तेस्रो पटक अनिश्चित कालका लागि स्थगित गरेको छ । यो निर्णयले परीक्षा दिएर स्थायी बन्न मिहनेत गरिरहेका शिक्षकहरूलाई स्तब्ध तुल्याएको छ । शिक्षकको पेशागत हकहितको लागि २०३६ सालदेखि अहिलेसम्म विभिन्न व्यानरमा तथा संयुक्तरुपमा संघर्ष गरिरहेका पेशागत संघ–संगठनहरु आक्रोशित बनाएको ...

सिक्ने सिकाउनेका समस्याहरुको सन्दर्भ

जीतबहादुर शाह एकपटक सेतै दारी भएका सन्त महाराजले आफ्ना शिष्य र शुभेच्छुकहरुको माझमा बसेर प्रवचन दिइरहेका थिए । वातावरण शान्त थियो । सन्तको मधुर वाणीबाहेक परिवेशमा कुनै आवाज थिएन । प्रवचनकै क्रममा केही समय ढल्किएपछि भने कतैबाट सुक्क–सुक्क गरेको आवाज सुनियो । त्यो आवाज प्रवचनमा तल्लिन सन्तको कानसम्म पनि पुग्यो । यो आवाज कहाँबाट आयो भनेर सन्तले आँखा घुमाएर हेरेको त उनकै प्रवचन सुनिरहेको एउटा शिष्य सुक्क–सुक्क गरेर रोइरहेको देखे । त्यो द ...

मान राख्न र नाक जोगाउन सारियो भाद्र ३ को परीक्षा

  तिलक कुँवर ‘परीक्षा स्थगित गर्न तयारी भयो भन्दै आएका कुरा हल्ला मात्र हो । आकाश खसे पनि धर्ती भासिए पनि परीक्षा तोकिएको मिति मै हुन्छ ।’ यो कथन शिक्षक सेवा आयोगका अध्यक्ष ताना गौतमको भनेर यो हप्ताको सामाजिक सञ्जाल खबरमा भाइरल नै भएको थियो । तर यो भनाईमा लाइक र कमेन्ट नसकिँदै शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुलाई स्थायी गर्न खोलेको विज्ञापनको परीक्षा मिति पुनः सारिएको छ । २०७३ साल चैत्र १९ गते खोलिएको विज्ञापनले २०७४ साल असार ...

भाद्र ३ गतेको परीक्षाको बारेमा

                    -लक्ष्मण शर्मा १.    साबिकको एकलाख सात हजार दरवन्दी मध्ये करिब छब्बिस हजार अस्थायी दरबन्दीमा स्थायी शिक्षक पदपूर्ती गर्ने र त्यसो गर्दा हाल कार्यरत अस्थायी शिक्षकहरुको अनुभव र योगदानलाई समेत संगठित गर्दै कसरी न्याय लिन, दिलाउन सकिन्छ भन्ने मुद्दा हालको सार्वजनिक विद्यालय शिक्षामा सर्वाधिक चर्चित मुद्दा हो। योगदान गरेको वर्षको आधारमा तीन समूह बनाई सहुलियत सहितको परीक्ष ...

झुटा आरोपको खण्डन : पित पत्रकारीता नगर्न आग्रह

तिलक कुँवरमहासचिव, नेपाल शिक्षक महासंघ शिक्षक नेताकै विद्यालय स्तर खस्कदो शिर्षकमा अन्नपुर्ण पोष्टले मिति २०७४ साउन १० गते प्रकाशित लेखबाट मेरो चरित्र हत्या गर्ने दुश्प्रयास गरिएकोमा खेद प्रकट गर्न चाहन्छु । यो विद्यालयमा मैले २०४७ सालदेखि अध्यापन गराउदै आएको हुँ । २०५० सालदेखि २०६५ सालसम्म प्रधानाध्यापक रहि काम गरेको,  २०६६ देखि २०६७ सालसम्म म अध्ययन बिदामा बसेको, २०६९ सालमा पुनः प्रधानाध्यापकको जिम्मेवारीमा रहेको र २०७२ साल असारदेखि ...

शिक्षासँग जोडिएको जमिनको स्वामित्वको मुद्दा

-रमाकान्त शर्मा मनाङमा पनि जमिनको मुद्दा उठ्यो । बिबादित हुने अवस्था पनि सिर्जना भयो । नेस्याङ गाउँपालिकाको मनाङगाउँ नजिकमा रहेको अन्नपुर्ण मावि पहिला स्थापनाकालमा गाउँकै बीचमा स्थापना भएको थियो । माध्यमिक तहसम्म सञ्चालन गर्नुपर्ने भए पछि कक्षाहरु बढ्दा भवनको कमी भयो । भवनकोलागि गाउँको बीचको विद्यालय हाता साँघुरो भयो । जमिनको आवश्यकता पुरा गर्न खालीठाउँ खोजीहुनु र गाउँभन्दा केहि तल खोलाको किनारमा रहेको सर्वजनिक स्थानमा विद्यालय सार्नु स्वभाविक थ ...

स्टेफेन हकिङ्ग र हाम्रा विद्यार्थीहरु

-जीतबहादुर शाह मलाइ अहिले पनि याद छ, सुर्खेतको खाँडदेवी माध्यमिक विद्यालय चौरासेमा कक्षा १० का विद्यार्थीहरुसँग भलाकुसारी गर्ने क्रममा मैले उनिहरुलाई सोधेको थिएँ – ए प्लस र ए ग्रेड ल्याएर माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गर्ने योजना क–कसको छ ? जवाफमा ए प्लसमा कसैको हात उठेन । ए ग्रेड ल्याउने योजना छ भनेर एक जना विद्यार्थीले हात उठाए । उनिहरुले दिएको माध्यमिक शिक्षा परीक्षाको नतीजा आएपछि थाहा भयो, त्यो विद्यालयबाट त्यतिबेला हात उठाएको ...

शिक्षक पदपूर्तिको विज्ञापनः अवसर, चुनौति र निराकरणका उपायहरु

ताना गौतमअध्यक्ष, शिक्षक सेवा आयोग   विषय प्रवेशशिक्षा ऐन, २०२८(आठौं संशोधन)ले २०६१ श्रावण २१ ग्तेभन्दा अघि नियुक्त भएका अस्थायी शिक्षकहरुको पूर्ण र तत्पश्चात् नियुक्त भएका शिक्षकहरुको आंशिक व्यवस्थापनको लागि मार्ग प्रशस्त गरेको छ । शिक्षक सेवा अयोगले सो ऐनको प्रावधान अनुरुप १९,१३७ रिक्त स्थायी शिक्षक पदपूर्तिको लागि विज्ञापन प्रकाशन गरी दरखास्त संकलन गरिरहेको छ । त्यस्तै, सुविधा लिएर अवकाशमा जान चाहने शिक्षकहरुको लागि पनि निवेदन संकलन गर्न ...

शिक्षक र विद्यार्थीले टैगोरको शिक्षा दर्शनबाट के सिक्ने ?

आधुनिक भारतीय विचारक रवीन्द्रनाथ टैगोर (१८६१–१९४१) मुख्यगरी विश्वविख्यात कवि, कलाकार तथा साहित्यकारको रुपमा प्रशिद्ध छन् । तरपनि उनले आफ्ना अनुपम कृतिहरुको माध्यमबाट त्यस्ता मानवमूल्यका विचार व्यक्त गरेका छन् । जुन राजनीतिक तथा शैक्षिक चिन्तनको दृष्टिबाट अति नै महत्वपूर्ण छ । उनका विचारहरुबाट शिक्षक र विदार्थीहरुले धेरै कुरा सिक्न सक्छन् । स्वतन्त्रता को संकल्पटैगोरले व्यक्तिको सकारात्मक स्वतन्त्रता माथि जोड दिएका छन् जो उसकोे आत्म–स ...

कहिले बुझाउलान जिशिअले अस्थायी शिक्षकको सम्पूर्ण विवरण ?

  तिलक कुँवर सरकारी काम कहिले जाला घाम भन्ने उपमा पाएको हाम्रो सरकारी सेवा चुस्त दुरुस्त बन्न नसक्दा सेवाग्राहीहरु मर्कामा परि रहेका छन् । अहिले मुलुक संक्रमणकालबाट गुज्रिरहेको अवस्थामा मन्त्रीको निर्देशन सचिवले नटेर्ने, सचिवले दिएको काम मताहतका विभागिय प्रमुखले सम्पन्न नगर्ने, विभागको निर्देशन जिशिअले ध्यान नदिने, जिशिअको योजना अनुसार प्रधानाध्यापक कार्य नगर्ने र प्रधानाध्यापकले दिएको सल्लाह–सुझाव शिक्षकले नटेर्ने परिपाटी हावी भएको छ ...

शिक्षा नियमावली रोकेर मुख्य सचिवले गर्न खोजेको के ?

तिलक कुँवर शिक्षा नियमावली संशोधन प्रस्ताव दर्ता गर्न मुख्य सचिवले मानेन । तपाई ढुक्क हुनुहोस् म मन्त्रिपरिषद्को पहिलो बैठकमा नै शिक्षा नियमावली ल्याउछु भनेर प्रधानमन्त्रीले नेपाल शिक्षक महासंघको प्रतिनीधि मण्डललाई बताए । आज मन्त्रिपरिषद्को बैठक छ शिक्षा नियमावली पारित हुन्छ रे ? मन्त्रिपरिषद्को बैठकमा मुख्य सचिव र शिक्षा मन्त्रीको बीच जवाफ सवाल भयो । प्रधानमन्त्रीले मुख्य सचिवको जिद्दिलाई देखेर शिक्षा नियमावली सामाजिक समितिबाट टुंग्याउन निर्देश ...

अस्थायी शिक्षकलाई सुविधा वा परीक्षा : 'नखाउँ दिनभरीको शिकार, खाउँ कान्छा बाउको अनुहार'

हेमनाथ चौलागाई राज्यका कारण लामो समयदेखि अस्थायी रुपमा काम गर्न वाध्य छब्बीस हजार एक सय एकाउन्न शिक्षकहरुको व्यवस्थापन आन्तरिक प्रतिस्पर्धा र गोल्डेन हेण्डसेकको माध्यमबाट गर्ने नाममा शिक्षा सेवा आयोगले ०७४ आषाढ २४ गते  परीक्षा संचालन गर्ने तालिका प्रकाशन गरेको छ । तर आफुहरुलाई शिक्षा ऐनले भन्दा वढी मर्माहत, मुलुकको विद्यमान संविधान, ऐन र नियमावलीको समेत उल्लङ्घन् गर्दै शिक्षा सेवा आयोगले गरेको विज्ञापनले बनाएको भन्दै आम अस्थायी शिक्षकहरु न् ...

संघीयतामा नेपाली शिक्षक

  शिक्षाविद् प्राडा विद्यानाथ कोइराला   जटिल मानसिक यथार्थ एउटा सिद्धान्तले नेपाली समाज अर्थिदैन् । बर्गीय समाजलाई जात जातीयताले काटछ । त्यहाँ बर्ग हराउँछ । जात, जाती अगाडि आउँछ । धार्मिक समाज भन्दा एउटै धर्मभित्र विभेद छ । हुन्छ । भौगोलिक समाज भन्दा त्यही भूगोलमा बहुजाती छौं । बहुभाषी छौं । बहु धर्माबलम्बी छौं । मधेसी भन्दा मूल समात्छौं । आर्यमूल नै भए पनि अरुलाई भिन्न ठान्छौं । पहाडी भन्दा पनि जात–जाती र भाषिक पहिचान समात्छौं । ...

विद्यार्थी स्वागत र शिक्षाको आगत

 जीतबहादुर शाह बैशाख लाग्यो । नयाँ वर्ष आरम्भ भयो । नयाँ वर्षसँगै नयाँ शैक्षिक सत्र पनि आरम्भ भयो । अभिभावकहरुको सक्रियता र सल्बलाहट अलि बढेको महसुस हुदैछ । आफ्नो सन्ततीहरुलाई कुन विद्यालयमा भर्ना गर्ने भन्ने विषयमा जानकारी लिदैछन् अभिभावकहरु । यस्तैमा रोल्पामा सरकारी जागीर गर्ने कल्पना म्याडमले पनि नयाँ शैक्षिक सत्रमा आफ्नो छोरी दर्शनालाई आफूलाई पायक पर्ने गरी छोरीको विद्यालय परिवर्तन गर्ने ध्याउन्नमा देखिन्छिन् । छोरीको अगाडि यो प्रस्ताव ...

शिक्षा नियमावलीमा कर्मचारीको दुस्साहस !

  तिलक कुँवर आयो आयो फेरी हरायो ! जस्तै भएको शिक्षा नियमावली संशोधन प्रस्ताव पुनः मन्त्रिपरिषद्को बैठकले सामाजिक समितिमा पठाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल शिक्षक महासंघको प्रतिनिधि मण्डलसित गरेको कबुल अनुसार मुख्य सचिव सोमलाल सुवेदीलाई शिक्षा नियमावली संशोधन प्रस्ताव मन्त्रिपरिषदको बैठकमा पेश गर्न त लगाए तर उनै मुख्य सचिवको शिक्षा मन्त्रीसँग बैठक कक्षमा भएको घम्साघम्सीका कारण पास गर्न भने सकेनन् । मन्त्रिपरिषद् बैठकको भ ...

अस्थायी शिक्षकलाई मौका : ४० अंक ल्याई स्थायी हुने वा सुविधा लिएर बिदा हुने

तिलक कुँवर शिक्षक सेवा आयोगले २०७३ साल चैत्र १८ गते दरबन्दीमा कार्यरत शिक्षकको आन्तरिक प्रतिस्पर्धाको विज्ञापन गरेको छ । शिक्षकका पेशागत समस्याहरुको विगत लामो समयदेखिको माग तथा नेपाल शिक्षक महासंघको ठूलो दबावका कारण यो विज्ञापन खोलिएको छ । पेशागत उपलब्धि र शिक्षाको सुधारका दृष्टिकोणले यो ऐतिहासिक उपलब्धि मान्नु पर्दछ । यस विज्ञापनले २०४९ साल भन्दा पहिले देखि २०७२ साल असोज २ गतेसम्म नियुक्ति पाई २०७३ साल असार १५ गतेसम्म अविच्छिन्न रुपमा शिक्षक दर ...

शिक्षामन्त्री यसकारण अक्षम !

तिलक कुँवर शिक्षामन्त्री धनिराम पौडेलले मन्त्रीको पदभार समालेको करिब ७ महिना पुगेको छ । उनी शिक्षा मन्त्री हुँदा शिक्षा ऐन आठौं संशोधन छिट्टै कार्यान्वयन हुनेमा सबै विश्वस्त थिए । शिक्षा ऐन संशोधन बेला तत्कालीन शिक्षामन्त्रीका प्रमूख सहयोगीको रुपमा र संसदीय समितिको सदस्यको हैसियतबाट धनिराम पौडेलले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । शिक्षा मन्त्रालय भित्रको प्रशासनिक गतिविधिको पनि जानकारी राख्ने अवसर पाएका तथा प्रधानमन्त्री, अर्थमन्त्री र कानु ...

शिक्षा नियमावलीको अड्केको हलो : शिक्षकहरुको सांगठनिक दृष्टिकोण

लक्ष्मण शर्मा   १. निजी विद्यालय संचालक, शिक्षा व्यवसायीहरु शिक्षा ऐनको आठौं संशोधनको विपक्षमा अन्तिमसम्म “मरते दम तक“ लागे । उनीहरुको मूल सरोकार +२ लाई विद्यालयमा राख्न नहुने र कम्पनि ऐनमा विद्यालय संचालन गर्ने प्रावधान यथावत रहनुपर्छ भन्ने थियो । यसमा भइरहेको तनावमा पुराना कम्पनी स्कूल चलाउने पहूँचवाला ब्यवसायीहरुले आफ्नो कम्पनीको संरक्षण हुने नयाँ खोल्न नपाइने अनौठो बाटो खुल्ने शर्तमा हतियार बिसाए, अरु साना र नयाँ ब्यवसायीहरु ...

प्याब्सनमा राजनीति गर्ने हो भने ...

- मधु लोहनी संगठन आफैंमा राजनीतिक इकाई हो । त्यसैले प्याब्सन वा कुनै संगठनवाट राजनीतिलाई अलग गर्न सकिदैन । त्यँहा निति र नेतृत्व जोडिएको हुन्छ । जँहा नीति र नेतृत्व जोडिन्छ, त्यँहा राजनीतिहुन्छ । आम रुपमा राजनीति भनेर दलीय धुव्रिकरणलाई बुझिन्छ ।  त्यसैले, धेरैले प्याब्सनमा राजनीति गर्न हुँदैन भन्छन् । दलगत रुपमा प्याब्सनमा धाक लगाउने, हक खोज्ने र नेतृत्वमा पुग्नका लागि अमुक  दलको सदस्यतालाई आधार बनाउने कुराको विरोध जायज छ । दलको कार्यक ...

यात्रा स्मरण :एक शिक्षकले मुम्बई यात्रामा पाएको शिक्षा

-नन्दलाल आचार्य म धेरै शिक्षण र थोरै लेखनलाई समय दिँदै जीवन गुजारा गरिरहेको थिएँ । दुई दशकभन्दा बढी समय निजी विद्यालयमा बिताएर सार्वजनिक विद्यालयीय शिक्षण कार्यमा प्रवेश गरेको थिएँ । विशेषतः मैथिली समुदायका विद्यार्थी बाबुनानीहरूलाई नै पढाउने अवसर मिलेको थियो । लेखनमा पनि नेपालयीय मैथिल समाजकै रहनसहन र जनजीवन स्वतस्फूर्त रूपमा आउने गर्दथ्यो । यथार्थ झल्कने कुनै ठाउँमा पात्र र परिवेशअनुसार मैथिली भाषा पनि आउने गर्दथ्यो । आफू बसेको र रमेको ठाउँका ...

शैक्षिक स्तरोन्नतिको लागि शिक्षक संगठनहरुको भूमिका

    लक्ष्मण शर्मा साढे तीन दशकको नेपाली शिक्षक आन्दोलनको मूल कार्यहरु शिक्षकहरुलाई संगठित गरी देशमा पूर्ण प्रजातन्त्रको स्थापना र शिक्षाको विकास गर्नु थियो। निरंकुश पंचायतको दश वर्षसम्म सचेत र संगठित यो पंक्तिले दमनको प्रतिरोध गर्दै शिक्षाको विकासमा बिताएको थियो। त्यसपछि शिक्षक आन्दोलनमा देखा परेको व्यक्तिको विचारधाराको आधारमा संगठन निर्माण गर्ने रहरले शिक्षकहरुको एकतावध्द शक्ति अस्तित्व र प्रभावको लागि एकापसमा नै प्रतिस्पर्धा गर्नु पर् ...

शैक्षिक क्षेत्रका झिनामसिना कुरा

  टीकाराम रेग्मी सदा झैं आज पनि कक्षा दशका छात्राहरूको अतिरिक्त कक्षा लिन विद्यालय पुगेँ । हिजो मात्र ठूलै पानी परेकोले आजको जाडो उल्लेख्य नै थियो । हिजोको कक्षामा सिकाएर गृहकार्यको रूपमा दिइएको समाचार लेखन News Story  Writing   को काम विद्यार्थीहरूले आ–आफ्नो उत्तरपुस्तिका खोलेर अगाडि राखेका थिए । यसले मलाई तुलनात्मक रूपमा खुशी बनाएको थियो आज । I can see almost all of you ready with your homework today. Is it true? ...

शिक्षा र राजनीति

बाबुकाजी कार्की   नेपालमा अहिले ‘राजनीति’ शब्दलाई सकारात्मकभन्दा नकारात्मक किसिमले चित्रण गर्ने प्रवृत्ति छ । अनियमित, अस्वाभाविक, अनैतिक काम र घटनासँग राजनीतिलाई परिभाषित गर्नेहरुको संख्यामा पनि कमी छैन । वास्तवमा, स्वच्छ र निस्वार्थ दूरदर्शी राजनीतिले देश र जनताको भाग्य एवं भविष्य सुनिश्चित गर्छ । अहिले हरेक क्षेत्र अस्वाभाविक राजनीतिक हस्तक्षेपले अस्तव्यस्त छ । शिक्षाको विकास र विस्तार गर्ने क्रममा कतिपय अवस्थामा राजनीति साधक ...

बिदाईका अवसरमा महावीरको सन्देश

–नन्दलाल आचार्य वि.सं. २०७३ माघ ७ गते शुक्रबारको घमाइलो दिन । श्री महावीर माध्यमिक विद्यालय, विषहरिया–४, सप्तरीको प्राङ्गण । सदासर्वदा उपस्थित हुने विद्यार्थीहरू बाहेक यदाकदा आउने र एस.एल.सी. दिइसकेका विद्यार्थीहरू समेत उपस्थित भई विद्यालय परिसर भरिभराउ पारेका । सदा भेट हुनासाथ ‘गुड मोर्निङ’ भनेर अभिवादन गर्ने ती विद्यार्थीहरू त्यसबेला भिन्न मुद्रामा उभिएर हात जोडी भिन्न स्वरमा भन्न थाले– ‘नमस्कार सर !’, ...

शिक्षक छनौट प्रक्रियाका कहालीलाग्दा कथाहरु

जीतबहादुर शाह चाहे व्यक्तिगत जीवन बाँच्दा होस वा पेशागत जीवन, मानिसले चाहेर वा नचाहेर पनि विभिन्न कामहरु गर्नुपर्ने हुन्छ । कहिलेकाही त मानिसले जीवन जिउने क्रममा मुटुमाथि ढुङ्गा राख्दै नचाहेका कामहरुमा समेत हात हाल्ने गर्दछ । कतिपय अवस्थामा नूनको सोझोको लागि पनि नचाहेका कामहरु गर्ने गर्दछ मानिस । अन्तत ती कामहरुले पछि सम्म पनि पिरोलिरहन्छन् । कतै रमाइलो गरौं भन्दा पनि उक्त कामको सम्झना भयो भने रमाइलो महसुस हुदैन । सुत्ने समय भयो भनेर ओछ्यानमा गय ...

गुरु भर्सेस गोरु : अ महाडेन्जर कम्प्यारिजन

नरेन्द्रराज पनेरू एम्फिल्को अध्ययनकै शिलशिलमा प्रसङ्गवस शिक्षाक्षेत्रका विशिष्ट व्यक्तित्व तथा विद्या गुरुलाई मैले एक प्रश्न सोधेँ : गुरु तपार्इँले धेरै व्यक्ति तथा व्यक्तित्वहरूलाई पढाउनु भयो, सिकाउनु भयो, पुण्य काम गर्नुभयो । तर तपार्इँले पढाएका व्यक्तिहरू प्रायस् अहिले शिक्षक, प्राध्यापक, व्यापारी, नेताहरू भएका छन् । ती करिबकरिब सबै भ्रष्ट, बेइमान र ठग छन् । तपाईंले के पढाउनु भयो ? तपार्इँ आफ्नो पेसाप्रति गौरवान्वित हुनुहुन्छ त ? यो प्रश्न स् ...

बज्यै, मेलको चुक र विज्ञान

महेन्द्र पी लामा हाम्रा बाजे-बज्यै ज्ञानका भण्डार थिए । स्कुल, कलेज, पुस्तक धेरैले देखेका थिएनन्, तर ज्ञान-प्रज्ञाले परिपूर्ण थिए । अक्षर नछिचोले पनि व्यावहारिक र सामान्य ज्ञानले भरिपूर्ण थिए । मौरीको ढोडमा गएर मह काढ्दा एउटै मौरीले पनि चिल्दैनथे । पहाड बस्तीका कुनाकन्दरामा गई पहाडे औषधी बटुल्थे र गाउँघरका बिरामीहरूलाई ठीक पार्दथे । रक्सी कसरी पार्नु, निगार कति राख्दा तीतो हुँदैन, खोलामा माछा मार्दा दुहाली कसरी थाप्नु, चिण्डेको रुख कसरी छास्नु, ...

विद्यार्थी सफल कसरी हुने ?

डा.नम्रता पाण्डे महान् दार्शनिक अरस्तु भन्छन्, 'प्राकृतिक रूपमै सबै मानिस ज्ञानआर्जन गर्न चाहन्छ ।' ओशो भन्छन्, 'जबसम्म तिमीले आफूभित्रको वास्तविक स्वभाव र ज्ञान थाहा पाउन सक्दैनौं तबसम्म तिमीले बाहिर आर्जन गरेको शिक्षाले विद्यार्थी हुन कहलाउँदैनौं ।' उनी अगाडि भन्छन्, 'तिमी किताब लिएर आफूलाई व्यस्त देखाउँदैमा विद्यार्थी हुन सक्दैनौ । त्यो किताबबाट के ज्ञान लिन सक्यौ, त्यो महत्त्वपूर्ण हो ।'कतिपय अभिभावकलाई छोराछोरीले किताब लिएर बसिदिए पढेको हुन ...

थेसिस कथा

  देवीराम आचार्य उच्च शिक्षालाई अनुसन्धानमुखी र विश्व वजारमा प्रतिस्पर्धी तथा उच्च स्तरको जनशक्ति उत्पादन गर्ने शिक्षाको रुपमा बुझ्ने गरिन्छ । नेपालमा साधारण शिक्षाको उच्च शिक्षा प्रदान गरिरहेका विश्वविद्यालयको सङ्ख्या अहिले ९ पुगेको छ । केही विषयमा स्नातक तहमै साना साना अनुसन्धानका विषय पढाउने र काम पनि लगाउने गरिन्छ भने केही विषयमा स्नात्तकोत्तर तहमा अनुसन्धान विषय पढाउने र शोध ग्रन्थ लेख्न लगाउने गरिन्छ । नेपालको एउटा विश्वविद्यालयको स्न ...

पाएको त्यो स्कूल

  – नन्दलाल आचार्य प्रिय मित्र,सप्रेम सम्झना !        यहाँ म र मसँग सम्बन्धित सबै कुराहरू ठीकठाक छन् । त्यहाँ तपाईं र तपाईंसँग गाँसिएका कुराहरू पनि ठीकै छन् भन्ठान्छु । चिठ्ठी नलेखिकनै नहुने त्यस्तो कुरा त केही थिएन तर जीवनका उकाली/ओरालीका अनुभवहरू बाँडचुड गर्नाका निम्ति लेख्न बसेको छु ।           लगभग सात वर्ष पछि सम्झनाका ती समयहरूलाई लिपिबद्ध गर्दैछ ...

शिक्षक तालिम, कसरी पुगोस् त कक्षाकोठामा ?

– हरिहर दाहाल   नेपालका सामुदायिक विद्यालयहरुमा सत् प्रतिशत शिक्षकहरु तालिम प्राप्त छन् भन्ने गरिन्छ । तै पनि विद्यार्थीहरुको उपलब्धी स्तरमा खासै सुधार आउन नसकेको गुनासो यत्र तत्र सुनिन्छ । शिक्षामा सुधार नहुनुको कारण शिक्षकले तालिममा सिकेका ज्ञान तथा सीपहरु कक्षाकोठा सम्म पुग्न नसकेको, शिक्षकहरुले कम मिहिनेत गरेको, योजनाबद्ध शिक्षण नगरेको र शैक्षिक सामाग्रीको यथोचित प्रयोग नगरेकालगायतलाई मान्छि । तर वास्तविकता के हो त ? २००४ सालमा आध ...

खुशी शिक्षकबाट गर्न सकिने आशा

–नितेश वर्मा मेरो विचारमा भविष्यको शिक्षा व्यवस्थामा न शिक्षक केन्द्रमा रहनुपर्छ न त विद्यार्थी नै । यी दुबैलाई बराबर महत्व दिने शिक्षा हुनेछ । जस्तो कि कोही पनि केन्द्रमा नहोउन् । हो, आज हामी बालकेन्द्रित शिक्षामा जुन विन्दुहरुलाई छोइरहेका छौं, त्यसको महत्व आफ्नो ठाउँमा त्यसै पनि उच्च होला । तर, त्यसैगरी हामीले शिक्षकलाई पनि ध्यान दिन आवश्यक छ । जुन प्रकारले बालबालिकाहरुलाई सिकाइका लागि अनुकूल वातावरणको कुरा हुने गर्दछ । त्यसैगरी शिक्षकला ...

व्यवस्था नयाँ–नयाँ, प्रअ पुरानै पुराना !

इन्द्रकुमार श्रेष्ठ संविधान बनाउने क्रममा जनप्रतिनिधि नेता सांसदहरुको योग्यता तोकिनुपर्ने सन्दर्भमा पनि निकै कुरो उठेको थियो । तर थोरै शैक्षिक योग्यता भएर पनि आफूहरुको ठूलो राष्ट्रिय योगदान भएको ठान्ने नेताहरुको विरोध र प्रभावका कारण त्यसबारे कुुरो अगाडि बढ्न नसकी शैक्षिक योग्यता तोक्नै सकिएन । यसो भएर ठूलो राष्ट्रिय गल्ती भएको महसूस गरिँदैछ अहिले । भविष्यमा संविधान संशोधन हुने समय क्रममा यसबारे अवश्य पनि व्यापक चर्चा चलेर एउटा टुङ्गोमा पुगिएला ...

गुरुको गरिमा र गन्तव्य

 जीतबहादुर शाह सरस्वती म्याडमले जीवनका अविष्मरणीय घटनाहरु सुर्खेतको सहारेबाट छिञ्चु हुँदै वीरेन्द्रनगर आउँदासम्मको यात्रामा पस्कँदै जानुभयो । हामीले रमाइलो अनुभूति गर्दै साना नानीहरुले आफ्ना बाजेबज्यैले सुनाउने दन्त्यकथा सुने झैं गरी हामीले ध्यान दिएर सुनिरह्यौं । विवाहको क्रममा भएको एउटा घटनाको रहस्योद्घाटन उहाँले यसरी गर्नुभयो –‘लम्साल सरसँग मेरो विवाहको कुरा चल्दा मेरोे बुवाले लम्साल सरको आनीबानी बुझ्नका लागि उहाँ अध्यापन गर् ...

फिंगर प्रिन्ट, ब्रेन र बालबालिका

जीतबहादुर शाह मलाई आफ्नो कार्यकक्षमा बोलाएर लाइफकेयर सेन्टरका गोविन्द मल्लले मेरीछोरी प्रविधिको बारेमा बताइरहेका थिए– ‘तपाइकी छोरी प्रविधिको व्यक्तित्व इगल प्रकृतिको छ । उनी सधै उद्देश्यउन्मुखी हुन्छिन् । आफ्नो उद्देश्यको तुलनामा उनका लागि अरु केही पनि महत्वपूर्ण हुदैन । आफ्नो उद्देश्य हासिल गर्नका लागि जस्तोसुकै चुनौती पनि सामना गर्न तयार हुन्छिन् । उनलाई उनले सेट गरेको उद्देश्य भन्दा अर्को उद्देश्यमा सेट गर्न असजिलो हुनेछ । उनलाई क ...

संशोधित शिक्षा ऐन अनुरुप विद्यालय तथा शिक्षक व्यवस्थापनको आवश्यकता

 डि.एन. (केशव)पौडेल नेपालमा बदलिएको राजनैतिक अबस्था तथा नयाँ संविधानको मर्म अनुरुप विद्यालय तहको शिक्षा र शिक्षकहरुको उचित व्यबस्थापनको लागि शिक्षा ऐन र नियमावलीमा संशोधन गर्नुपर्ने अपरीहार्य आवश्यकतालाई महसुस गरी शिक्षा ऐनमा संशोधन गरीसकिएको  तथा सोही अनुसार शिक्षा नियमावली समेत संशोधन गर्ने  प्रकृयामा रहेको छ । हालै संसोधित शिक्षा ऐनले उमावि. तहलाई समेत विद्यालय तहमा समाबेश गर्ने र अस्थायी शिक्षकको समस्या समाधान गर्ने प्रयास गरे ...

शिक्षा नियमावली : समस्या सुल्झाउन कि बल्झाउन ?

शिक्षा ऐन आठौं संसोधन प्रमाणीकरणको झण्डै साढे चार महिनापछि शिक्षा नियमावलीको मस्यौदा तयार भएको समाचार मिडियाहरुमा आउन थालेका छन्। ऐनले नसमेटेका विषयहरुलाई समेटेर शिक्षाका समग्र समस्याहरु समाधान गर्ने हैसियतको नियमावली आउनु ठीकै हो, तर कसैको सीमित कार्यकालको उपलव्धी सावित गर्न मात्र नियमावली ल्याइएको हो भने त्यसको कुनै अर्थ रहने छैन ।  स्मरण रहोस्, ऐनको आठौं संसोधन तीसौं हजार अस्थायी शिक्षकहरुको उचित व्यवस्थापन गर्नकै लागि  केन्द्रित&nbs ...

सनातन धर्म, रूपान्तरित धर्म र हाम्रो शिक्षा

– टीकाराम रेग्मी म निदाइरहेको थिएँ । आमा बिहान सबेरै उठ्नुभयो । कसैलाई नउठाई, नबोलीकनै एक हातमा एउटा सानो गाग्री र अर्को हातमा आफ्ना फेरफारका कपडा समात्दै बाहिरिनुभयो । केही क्षणपश्चात् उसैगरी तर एक हातमा भिजेका कपडा र अर्को हातमा पानीले भरिएको गाग्री लिई आउनुभयो । अनि मात्र मलाई बोलाउनुभयो । ‘आमा, तपाईँ उठेर पनि मलाई नउठाइकनै किन जानुभयो नि धारोतिर ?’ मैले सोधेँ । ‘आज त सोमबारे औंशी हो नि । ननुहाइकन बोल्नु हुँदैन नि बाबा ...

निजी विद्यालयहरुका क्रियाशील छाता संगठन र एकताको आवश्यकता  

-कर्ण बहादुर शाही मुलुकको राजनीतिक व्यवस्था परिवर्तनसँगै आफ्नो पेशागत, व्यवसायिक अधिकार, हितलाई सम्बद्र्घन एवं संरक्षणार्थ संस्थागत विद्यालयका संगठनहरु विशेष गरेर प्याब्सन, नेसनल प्याब्सन, हिसान, इस्टु नेपाल राष्ट्रिय रुपमा क्रियाशील छन् । संगठनहरुको प्रस्तावना, उद्देश्य एवं आफूले प्रतिनिधित्व गर्ने संस्थाको अध्ययन गर्ने हो भने मूलभुत रुपमा समानता देखिन्छ । तर, संगठन विस्तार र विकास गर्ने क्रममा एक–अर्काको समान विचार तथा अवस्थितिलाई स्वीका ...

प्रसव बेदनामा शिक्षा मन्त्रालय

                         – मुरारीराज मिश्रशिक्षा मन्त्रालय यतिखेर प्रसव बेदनामा छ । यो प्रसव बेदना कति लामो समयसम्म चल्ने हो र शिक्षा नियमाबली जन्मने हो हालः सम्म अनिश्चित नै देखिन्छ । गतः असारमा शिक्षा ऐन प्रमाणिकरण भए पश्चात सो ऐन कार्यान्वयनको लागि दुई महिनामा बन्नु पर्ने शिक्षा नियमावली अहिले पनि मस्यौदाकै क्रममा रहेको ...

उपयुक्त हतियार गुणस्तरीय उत्पादन

  प्रसङ्गः शिक्षकको नियत र व्यवहार टिकाराम रेग्मी भारतका पूर्व राष्ट्रपति तथा वैज्ञानिक डाक्टर अब्दुल कलामको जीवनको अन्तिम दिन अर्थात् २०१५ जुलाईमा शिलोङको आइआइएमका विद्यार्थीहरूलाई प्रवचन दिने उद्देश्यले अढाइ घण्टा जहाज र त्यत्ति नै समय कारमा जाँदै गर्दा साथैमा रहेका एक युवा, श्रीजन पाल सिंहलाई उहाँले बारम्बार सोध्नुभयो – ‘तिमी युवा हौ, आफूलाई कसरी सम्झियोस् भन्ने चाहान्छौ ?’ युवालाई लाग्यो–यतिका महान् मानिसले सोधेक ...

यस पटकलाई बाई–बाई बर्दिया

  जीतबहादुर शाह जागीरको क्रममा जिल्ला शिक्षा कार्यालय, बर्दियामा २०७१ साल साउन २७ गते हाजिर भएको थिएँ र त्यो क्रम २०७३ असोज ३० गतेसम्म कायम रह्यो । यसरी हिसाब गर्दा यो पङ्तिकारलाई २६ महिना ४ दिन बसेर काम गर्ने अवसर मिलेछ बर्दियामा । म बर्दिया छँदाछँदै शिक्षामन्त्रीसमेत ३ जना (चित्रलेखा यादव, गिरिराजमणि पोख्रेल र हालका धनीराम पौडेल) भइसकेको अवस्था छ । बर्दियामा शिक्षा क्षेत्रमा प्रभाव पार्ने पदाधिकारीहरुमध्ये यो अवधिमा ४ जना प्रमुख जिल्ला अध ...

Teaching of English and its productivity in public schools.

  Tika Ram Regmi Writer of the book: Art of Teaching   Abstract:We are not satisfied with the academic outcome of our public schools mainly in English although we develop and apply modern text-books and launch various language teaching trainings, supervise classes and provide feedbacks. But, we ignore their application in the practical field. We do not really care the reasons causing this deterioration of the academic performance. Engl ...

विद्यालय सरसफाइमा तारे अवधारणा

  जीतबहादुर शाह मिडियामा समाचारहरु पटक–पटक आइरहेने गर्छन्–पढाइ छाडेर शौच गर्न घरमा, शौच गर्नमै सकिन्छ एक पिरियड, विद्यालयको शौचालय नै स्टोर रुम, शौचालयमा पढाइ, छाउपडीले छात्रा उपस्थितिमा कमी, एसएलसी परीक्षा केन्द्रमै झाडापखाला इत्यादि । समाजशास्त्रीय दृष्टिकोणबाट भन्नुपर्दा विद्यालय एउटा ‘मिनी सोसाइटी’ हो । यो एउटा घर जस्तो देखिएपनि समाजका सबै जाति, वर्ग, सम्प्रदाय, लिङ्ग, धर्म र भाषाभाषीहरुको विद्यालयमा सहभागिता र प् ...

दुःख लाग्दो शैक्षिक अवस्था

उद्धवप्रसाद प्याकुरेल भदौ २२ गते बिहान १० बज्नुभन्दा अगाडि नै हामी त्यस विद्यालयमा पुग्यौं । बाटोमा जाँदा धेरैजना बालबालिका बाख्र्रा चराउन हिँडेका, पोखरीमा पौडी खेलिरहेका, चौरमा गुच्चा खेलिरहेका भेटिए । केहीलाई हामीले किन स्कूल नगएको भनेर सोध्यौं । बाख्र्रा चराउन जानु पर्छ भनेर उनीहरूले मैथिली भाषामा जवाफ दिए । हामी विद्यालयमा पुगेको केही समयपछि फाटफुट विद्यार्थीहरू आउन लागे । विद्यार्थीको गोडामा जुत्ता–चप्पल थिएन । मैलो पातलो गञ्जी र घाँग ...

साक्षर र शिक्षितः बन्ने के हो ? बनाउने के हो ?

डा. विद्यानाथ कोइराला शाब्दिक स्पष्टतासाक्षरका तीन गुण हुन्छन् । लेखपढ गर्न सक्ने । विषयगत ज्ञान हुने । उपलब्ध पुस्तक एवं पत्रपत्रिकासँग परिचित हुने । अहिले दुई गुणा थप्न खोजिएको छ । हाते सीप हुने । आजीवन अध्ययनरत हुने । समयसँगै थपिँदै गएका यी गुण आफैले आर्जन गरे स्वर्जित साक्षरता हुन्छ । स्कूल, कलेजले दिए औपचारिक साक्षरता हुन्छ । अस्थायी संरचनाले सावधिक ढंगमा दिए अनौपचारिक साक्षरता हुन्छ । यसको सिधा अर्थ हो कुरानी शब्दमा ‘इक्र’ । पढ ...

'विश्व शिक्षामा कहाँ छौं हामी ?'

विश्वमा विश्वविद्यालयहरुका विभिन्न ¥याङ्किङहरु छन् । सन् २०१५/१६ को विश्वविद्यालय ¥याङ्किङमा हेर्ने हो भने विश्वका उत्कृष्ट २५ विश्वविद्यालयमध्ये १७ वटा त अमेरिकामा मात्रै छन् । ६ विश्वविद्यालय बेलायतमा छन् भने एउटा क्यानडामा र एउटा विश्वविद्यालय स्वीटजरल्याण्डमा छ । एसियाका विश्वविद्यालय विश्वका उत्कृष्ट २५ मा अटाएका छैनन् ।विश्वमा हाम्रो उत्कृष्ट ¥याङ्किङ भएको नेपालको विश्वविद्यालयचाहिँ काठमाडौं विश्वविद्यालय हो । यो ३ हजार ५ सय ५६ ...

शिक्षा ऐनपछिको अन्यौलता र निजी क्षेत्रको धारणा

कर्ण बहादुर शाही अध्यक्ष, एन–प्याब्सन सम्माननीय राष्ट्रपतिबाट स्वीकृति गरे पश्चात् कार्यान्वयनमा आएको शिक्षा ऐन आठौं संशोधन–२०७३ ले ल्याएको अन्योलतका सन्दर्भमा प्रमुख रुपमा निम्नानुसारको संशोधित प्रावधानप्रतिको धारणा प्रस्तुत गर्दछु । १) नेपालको संविधान –२०७२ मा “संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना तिन तहमा संघ, प्रदेश र स्थानीय विभाजन गरेको छ” । स्थानीय तह अन्र्तगत गाउँपालिका , नगरपालिका र जिल्ला सभा रहन ...

आधुनिक शिक्षामा अवसर तथा अभिप्रेरणा

  शान्ता खत्री उप–प्राध्यापक, समाजशास्त्र   कुनै पनि समाजको विकासको स्तरलाई त्यहाँको बालबालिकाको अवस्थाले प्रतिनिधित्व गरिरहेको हुन्छ । बालबालिका देशका भविष्य मात्र नभई वर्तमानका साझेदार पनि हुन् । बालबालिकाको सर्वाङ्गीण विकास हुन सके मात्र उनीहरूको भविष्य सुनिश्चित भई देश र समाजले पनि सफल, सक्षम र योग्य नागरिक प्राप्त गर्छ । यसै तथ्यलाई मध्यनजर गर्दै नेपाल सरकारले बालबालिकाको अधिकार संरक्षणको लागि संयुक्त राष्ट्रसंघीय महासन्धि १९ ...

कुन पढौँ ? कुन लेखौँ ?

केदार वाशिष्ठ यतिबेला नेपाली भाषामा हिज्जेको बहस पुनः चुलिएको छ । द् लेख्ने वा त्यसलाई अर्को संयुक्त वर्णमा जोडेर नै लेख्ने विषयमा विवाद देखिएको छ । यस्तैमा डा. लक्ष्मी प्रसाद खतिवडाले आठ वटा शब्दको सूची दिएर ‘तपाईँ कुन लेख्नुहुन्छ ?’ भनेर सोध्नु भएको छ । यो लेख सैद्धान्तिक र व्यावहारिक सन्दर्भका आधारमा तिनै शब्दमा केन्द्रित छ । डा. लक्ष्मी प्रसाद खतिवडा सर ! यहाँलाई सर्वप्रथम बधाइ दिन्छु । कम्तीमा यहाँले शालीन बहस थाल्नु भयो, तथ्य र ...

साविति

    टीकाराम रेग्मी आज ईश्वी सम्वत् २०१६ को अगस्त ७ को दिन ।  सदाझैँ आज पनि आफ्नोे नियमित अध्यापन कार्यको लागि बिहान १०.१५ बजे १० कक्षाका कमजोर भनी छानिएको वर्गमा प्रवेश गरेँ । तर, कक्षाभित्र प्रवेश गर्नासाथै मन खिन्न भयो । कक्षा अत्यन्त अव्यवस्थित थियो । कुनै बेञ्चमा एक, कुनैमा दुई र कुनैमा तीन छात्राहरू थिए । बीचमा बेञ्च खाली थियो । दायाँतर्फ दुई बेञ्च खाली, बीचमा कुनै पनि बेञ्च खाली थिएन र बाँयाँतर्फ एक बेञ्च खाली थियो । यसरी बस ...

शिक्षा नियमावलीमै अस्थायी शिक्षकको समाधान

    सामुदायिक विद्यालयको शुद्ध रिक्त दरबन्दीमा बढीमा ६ महिनाको लागि नियुक्त भएका शिक्षकलाई अस्थायी भनिन्छ । त्यस्तै, तल्लो तहमा स्थायी भई माथिल्लो तहकोे शुद्ध रिक्त दरबन्दीमा अस्थायी बढुवा भएर साविक तल्लो तहको पदबाटै सञ्चयकोष ग्रेड, विमा, पोशाक भत्ता आदि पाउँदै आएको शिक्षक र उसले छोडेको खाली पदमा नियुक्ति पाएको व्यक्तिलाई लियन शिक्षक भन्ने बुझिन्छ । तर, २१ जेठ २०६० भन्दा अघि नियुक्त भएका शिक्षकलाई मात्र लियन शिक्षकको मान्यता दिइएको छ । ...

वीपीको चेतनाभित्रको शिक्षा

  किशोरदत्त बराल वीपी (विश्वेश्वरप्रसाद) कोइराला नेपाली राजनीति र साहित्यमा परिचय दिइरहनुपर्ने नाम होइन । यही परिचयभित्र वी.पी लाई धेरै पढिएको छ र लेखिएको पनि छ । राजनीतिज्ञ वीपी कोइराला र साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाका बारेमा प्रशस्त लेखिँदा र पढिँदा पनि बहुआयामिक व्यक्तित्वका धनी वीपी कोइरालाको शिक्षाप्रतिको अवधारणालाई प्राथमिकतामा राखेर कहीँ कतै पनि चर्चा र बहसहरू भएका छैनन् र यसको आवश्यकताको महसूस पनि गरिएको छैन । सायद यसै भएर होल ...

शिक्षकले किन पढ्नुपर्छ ?

गेहेन्द्रप्रसाद दाहाल पढ्नु भनेको के हो ?पढ्नु भनेको ज्ञान लिनुका साथै कुनैपनि विषयवस्तुबारे आफ्नो धारणा बनाउने काम हो । पढ्नु भनेको आफूलाई सरल बनाउनु हो । असल विचारमा उत्प्रेरित गर्नु हो । अरूको भलोमा आफू रमाउनु हो । पढ्नु भनेको हाम्रो प्रकृति, हाम्रो समाज, विश्व ब्रम्हाण्डको नियम थाहा पाउनु हो । यदि नियम थाहा पाउन सकिए त्यसलाई स्वरुप परिवर्तन गरेर मानवीय हितमा लगाउन सकिन्छ । पढेर नै विभिन्न विज्ञानका सिद्धान्तहरु पत्ता लागेका हुन् । पढ्नु भनेको ...

डि र इ ग्रेड आउनेले आगो बाल्लान कि ?

  विद्यानाथ कोइरालाशिक्षाविद प्रणाली आफैमा ठीक र बेठीक भन्ने हुँदैन । अंक पनि ठीक हो । अक्षर पनि ठीक हो । अंक र अक्षरलाई बदल्ने तरीका पनि छ । अहिले पनि अंकलाई अक्षरमा बदलीदिएकै हो चार तहमा पासगर्नेलाई नौ तहमा पु¥याइदिएको मात्रै हो । यो अन्तर्राष्ट्रिय स्तरमा जहाँ पनि हुन्छ । क्यानेडियनहरुको ढंग हेर्नेहो भने उनीहरुले नौ अंकमा जाच्छन् । भन्दा उनीहरुले ५ सम्म ल्याए काम नलाग्ने ६ भन्दा माथि ल्याए अलि अलि काम लाग्ने र ८ भन्दा माथि ल्याए विश्व ...

जनवादी शिक्षाको भग्नावशेष

-अच्युत वाग्ले सरकारले शिक्षा क्षेत्रमा आगामी आर्थिक वर्षका लागि करिब १ खर्ब १६ अर्ब रुपैयाँ खर्च गर्ने प्रस्ताव बजेट वक्तव्यमार्फत गरेको छ। यो कुल बजेटको झन्डै साढे एघार प्रतिशत खर्च प्रस्तावना हो। चालु वर्षको विनियोजन पनि प्रतिशतका हिसाबले लगभग यत्ति नै अनुपातमा थियो। अघिल्लो वर्ष भने साढे पन्ध्र प्रतिशत छुट्टयाइएको थियो। यो सरकारी विनियोजको मात्र आँकडा हो । अहिले निजी शिक्षाको आन्तरिक अर्थतन्त्र वार्षिक एक खर्ब रुपैयाँभन्दा ठूलो भइसकेको छ। त् ...

विद्यार्थी भर्ना : सबैको दायित्व

खगराज बरालसबैका लागि शिक्षा जोम्टिन घोषणा १९९० र डकार घोषणा २००० को हस्ताक्षर गर्ने देशका हैसियतले नेपालले आफ्नो प्रतिबद्धता कार्यान्वयन गर्न सबैका लागि शिक्षा राष्ट्रिय कार्ययोजना २००१–२०१५ निर्माण गरी कार्यान्वयन गरेको थियो। सन् २००० मा सेनेगलको डकारमा सम्पन्न विश्व शिक्षा मञ्चको शिक्षासम्बन्धी घोषणा पत्रअनुसार सन् २०१५ सम्म सबै बालबालिकालाई सर्वव्यापी प्राथमिक शिक्षाको पहुँचमा पुर्या उने लक्ष्यअनुरूप नेपालले वि।सं। २०६१ देखि प्राथमिक तहम ...

नेपालमा शिक्षाले निम्त्याएको गरिबी

सतीदेवी थापा, बुडब्रिज, भर्जिनिया (अमेरिका) अमेरिकी राष्ट्रपतिको उम्मेदवारीका निम्ति रिपब्लिकन पार्टीका तर्फबाट चुनावी मैदानमा उत्रेका फ्लोरिडा राज्यका सिनेटर मार्को रुबियोले एक वादविवादका दौरान भने, ‘मैले जीवनभर नबुझेको कुरा के हो भने किन हामीले व्यावसायिक शिक्षालाई कलंकित गरेका छौँ । वेल्डिङको काम गर्ने व्यक्तिले दार्शनिकहरूभन्दा बढी पैसा कमाउँछन् । हामीलाई बढी ‘वेल्डर’हरू चाहिएको छ र कमै दार्शनिकहरू ।’रुबियोको उक्त कथनल ...

SLC Examination and Parents' Role

Saroj Kumar Pandey Principal Tilingatar  H.S School Kathmandu  The SLC examination first started in Nepal in 1990 B.S. and since then it has been held every year contributing in the improvement of education system to a great extent. Commonly referred as the 'IRON GATE', this examination has been successful in making a huge place in each and every student's mind, especially the ones belonging to the 10th grade. It is considered to be a m ...

पाठ्यपुस्तक नभए हुन्न र ?

डा. विद्यानाथ कोइराला पुख्र्यौली संस्कारपुर्खाले श्रुति संस्कार सिकाए । त्यो संस्कारले भन्यो— सुने पुग्छ । पुराण त्यसैको अवशेष हो । धम्मपद सुन्ने त्यही बुद्धि हो । अल्लाहको प्रवचन गर्ने त्यही प्रक्रिया हो । थुथरीवेदको प्रक्रिया त्यही हो । यो श्रुति प्रक्रियाले भन्यो– प्रवचकनलाई किताब भए पुग्छ । अरूले सुन्छन् । गुन्छन् । गम्छन् । जीवनमा उतार्छन् । हिन्दू र बुद्धमार्गीको शब्दावलीमा श्रवण, मनन निधिध्यासन । लिखौट किताब हुँदा पुर्खाले त्यह ...

आपत्कालको शिक्षा

प्रकाशसिंह अधिकारी सन् २००८ मा कोशी बाढीले पूर्वका सुनसरी र सप्तरी जिल्लाका ४० हजार मानिसहरु विस्थापित र पीडित गरी एक स्तरको आपतकालको अवस्था सृजना गरेको थियो ।  त्यसले १ देखि १८ वर्षका करिब १६ हजार केटाकेटीहरुको शिक्षा प्रभावित ग¥यो । करिब डेढ दर्जन विद्यालयहरु हराए । दर्जनौ शिक्षकहरु विस्थापित भए । त्यसको व्यवस्थापन गर्न करिब एक दर्जन सरकारी, गैरसरकारी (राष्ट्रिय तथा अन्तर्राष्ट्रिय), निजी विद्यालय, शिक्षक संगठन तथा युएन तथा तिनका साझेद ...

विचार दिवस

                                                                            ...