• शिक्षकहरुको जिल्लान्तर सरुवा बन्द
    (ईपाटी संवाददाता)


  • काठमाडौं । सरकारले शिक्षकहरुको जिल्लान्तर सरुवा बन्द गरेको छ ।  शिक्षा तथा मानव स्रोत विकास केन्द्रले चैत्र ११ गते सबै शिक्षा विकास तथा समन्वय इकाईहरुलाई परिपत्र गर्दै अर्को निर्णय नभएसम्मका लागि जिल्लान्तर सरुवा बन्द गर्न निर्देशन दिएको हो ।


    आन्तरिक स्थायीको नतिजा प्रकाशन भइरहको र दरबन्दी मिलानको समेत काम बाँकी भएकाले तत्काललाई सुविधा लिएर शिक्षक निस्किदा तथा अन्य कारणले खाली हुने दरबन्दीमा जिल्लान्तर सरुवा रोकेको हो ।


    'आन्तरिक एवं खुला तर्फको विज्ञापन भई आन्तरिक प्रतिस्पर्धात्मक परीक्षाको तीन ओटै तहको विज्ञापन बमोजिम सञ्चालित परीक्षाको नतिजा क्रमशः प्रकाशन भइरहेको, पदस्थापनाको काम सम्पन्न भइनसकेको, दरबन्दी मिलानको काम समेत हुने अवस्था विद्यमान रहेको सन्दर्भमा अर्को आदेश नभएसम्म सुविधा रोज्ने, प्रतिस्पर्धात्मक परीक्षामा असफल हुने तथा राजिनामा गर्ने लगायत कुनै कारणबाट रिक्त हुने दरबन्दीमा जिल्लान्तर तथा अन्तर जिल्ला सरुवा नगर्न । नगराउन हुन निर्देशानुसार अनुरोध छ ।' परिपत्रमा भनिएको छ ।