भक्तपुर । शिक्षा विभागले स्थानीय तहमा कर्मचारी खटाएको छ । स्थानीय सरकार गठन भएको ३ महिना पछि बल्ल शिक्षा विभागले ७ सय ५३ स्थानीय तह मध्ये ३ सय ९१ मा कर्मचारी खटाएको हो । यसरी खटाईएका कर्मचारीलाई नौं बुदें निर्देशन पनि दिइएको छ ।

गत शुक्रबारको निर्णय अनुसार अर्को व्यवस्था नभएसम्मलाई पदाधिकार रहेको निकायबाट तलबभत्ता भुक्तानी हुने गरी स्थानीय तहमा शिक्षा सम्बन्धि कार्य गर्ने गरी काज खटाईएको विभागले जनाएको छ ।

निर्वाचन आचार संहिता लागे पनि निर्वाचन आयोग सँग परामर्श गरेर सरुवा गरिएको विभागले जनाएको छ । खटाएको स्थानीय तहमा अविलम्ब हाजिर हुन समेत विभागले कर्मचारीहरुलाई निर्देशन दिएको छ ।

२०७४ भदौ २५ गते ०९:४८मा प्रकाशित

प्रतिकृया दिनुहोस्