• बलीराम सरको पीडा कस्ले बुझ्ने ?
    ()

  • रोशन क्षेत्री गाउँले

    नवलपरासी  । उनलाई सवैले बलीराम सर भन्छन् । उनले पढाएका र स्याहार गरेका धेरै विद्यार्थी डाक्टर, इन्जिनियर र कुशल प्रशासक बने, विदेसीएर राम्रो कमाइ गरे, सोही विद्यालयमा शिक्षक समेत बने । उनी भने  सोही विद्यालयमा सेवा गरीरहेका छन् ।


    धेरैले उनले हासेर पढाएको मात्रै देखे । हर्षकै साथ विद्यालयमा काम गरेको मात्रै देखे । हुन पनि उनले मुहारमा मुस्कानको बत्ति कहिल्यै निभ्न दिएनन् । तर उनको मुटु भित्रको पिडा भने कसैले देखेन ।


    बलीराम सर विद्यालयमा सवैको प्रिय पात्र बनीरहे ।  शिक्षक, अभिभावक र विद्यार्थी सवैको आँखाको नानी बनीरहे ।विद्यालयमा कार्यालय सहयोगी ( पियन ) बनेर प्रवेश गरेको भएता पनि उनले साना साना विद्यार्थीहरुलाई समेत पढाउदै आइरहेका छन् । ‘अझैपनि केजी र एक कक्षामा २/३ पिरीयड लिइनै राखेको छु ।’बलीराम सर भन्छन् ।


    विद्यालयमा हाल केही पुराना भवन, आडमा रहेको सरस्वतीको मन्दिर, पुरानो पानीखाने ट्यांकी, पछाडीका बकाइनाका रुखहरु बलीराम सरका पीडा र उनले दैनिक घन्टि लगाउने गरेको फलामको रीङ बाहेक सवैकुरा परिवर्तन भइसकेका छन् ।


    उनले आफ्नो वैंश नै विद्यालयमा सेवा गरेर विताए । ३५ वर्षमा विद्यालय प्रवेश गरेका उनकोे उमेर ५७ वर्ष कटीसकेको छ । २२ वर्ष सेवा गरेका  उनकोे तलव बल्ल यसवर्षदेखि ५ हजार पुगेको छ । ५ सय बाट सेवा सुरु गरेका  उनलाई २/४  वर्षमा १/२ सयका दरले बढाउदै विद्यालयले हाल पाँच हजार बनाइदिएको छ । उनले आफ्नो विगत खोतले ।


    उनी भन्छन् -‘मैले मेरो मर्का बुझिदेलान, एक दिन बढाइदेलान  भन्दै केहि भनिन् । तर त्यो दिन कहिल्यै आएन । खाली आश्वासन दिनेमात्रै काम भयो ।’


    'परिवारले अर्कै जागिर खान वेलावेलामा आग्रह गर्ने गरेको भएपनि नछोड बढाइदिन्छम  भन्ने आश्वासन दिएपछि जागिरलाई निरन्तरता दिएँ ।' उनले भने  ।


    ‘ ६ जना छोरी र तिन जना छोरा र श्रीमान श्रीमती गरेर ११ जनाको ठूलो परिवार थोरै तलव आम्दानीको अन्य स्रोत नहुदा हिजोका दिनहरु एकैदमै पीडादायी रहे ’उनले रुन्चे अनुहार बनाएर भने। एकदिन स्थायी भइएला, पेन्सन पाइएला भनेर सहेर बसीयो बुढेशकालमा खालीहात लाग्ने भो । रुन्चे हाँसो हास्न खोज्दै उनले भने ।


    सायद अहिलेको अवस्था आउला भन्ने त्यतिबेला अनुमान भएको भए विद्यालयमा जागिर खान्नथे होला । भावुक हुँदै उनले भने । ‘सबैले एकदिन राम्रो हुन्छ  भनेकाले विद्यालयमा नै जागिर खाँए बुदेशकालमा जोगी बनाउने पो रैछ ’ । उनी  भक्कानिए ।


    'त्यति वेला शरीरमा बल थियो । कामका धेरै अवशरहरु थिए । तर पनि यि साना केटाकेटीहरु सितै भुल्न मन लाग्यो । कलिला विद्यार्थीहरुलाइृ सिकाउदा सवै पिडाहरु भुल्थे ।' बलिराम सरले लामोे सुस्केरा काटे ।


    ‘जतिले भेटे केही गर्ने आश्वासन मात्रै दिए । तर मेरो लागि कसैले केही गरेन ।’ उनकोले रुन्चे श्वरमा  पीडा पोखे । ‘सरकारी मान्छे, दलका नेताहरु, अभिभावक र प्रधानाध्यापकहरु सवैले गर्छु भने केहीगरेनन् । सरकारले पनि नयाँ नियम ल्याएको छरे भनेको सुन्छु । सक्दाजेल त विद्यालयको लागि गरियो तर अन्यमा अशक्त भएपछि खालीहात विदा हुनुपर्नेभो ।’ बुढेसकालमा खालीहात । म जस्तै अनिश्चित भविष्य तर्फ ।


    विद्यालयकै सेवा गर्दै र विद्यार्थी पढाएरै आफ्ना वैंस सिध्याएका उनको बुढेसकालमा भने खालीहात  बिदा हुन प¥यो । ‘मैले पढाएका , सिँगान पुछेका, माया गरेका धेरै विद्यार्थी योग्य डाक्टर, इन्जिनियर र कुशल प्रशासक बने म बुढा भने सधैँको अस्थायी र दुखी रहिरहँे ।’ उनले पिडा मिश्रित हाँसो हाँस्न खोजे । तर उनकोको मुहारमा हाँसो कत्ति सुहाएन । लाग्थ्यो बरु उनी  रोएको भए वेस हुन्थ्यो ।


    ‘मैलै जीवन नै अरुको सेवामा अर्पै बुढेसकालमा मेरो पीडा बुझिदिने कोही भएन । कम तलव भएपनि पछि विद्यालयले विचार गरेर एकमुष्ठ सुविधा दिने आश्वासनहरु मात्रै आए । ’ उनले खुलासा गरे । ‘मेरा पिडा, असाहायता र मजवुरीसँग खेल्ने काम मात्रै भयो ।’ आँखा आँशुले लछप्पै भए ।
    विद्यालयमा चार जना प्रधानाध्याकहरु फेरीए तर उनको को दिन र पीडा फेरीएन । उनलाई पे्रम बहादुर बस्नेत, मनिराम धरेल, तुलसी प्रसाद भट्ट, शेर बहादुर घर्तीलगायत सवैले आश्वासन मात्रै दिए । सवैले कुरा गरे काम गरेनन् । यसोभन्दा  उनकोको आँखाको रंग र डुब्न लागेको सूर्यको रंग एकै देखियो