नवलपरासी । स्थायी नियुक्ति लिएर पेन्सन खाने बलिराम सरको इच्छा अधुरै रहने भएको छ । कावासोती–१६, डण्डा, टाँडी स्थित दीपेन्द्र आधारभूत विद्यालय नवलपुमा लामोसमय देखि विद्यालय कर्मचारी(पियन)का रुपमा कार्यरत उनको ५९ वर्षको उमेरमा मंगलवार बिहान निधन भएको छ । उनको मंगलबारै अन्टेष्टि गरिएको पारिवारीक  स्रोतले जनाएको छ ।

उनी दुईवर्षदेखि भित्रि गाला र घाँटीको क्यान्सरबाट पीडित रहँदै आएका थिए । एजुकेशन पाटीले केही वर्ष पहिले उनको फिचर लेखेको थियो । उनले त्यसबेला स्थायी भएर पेन्सन खाने इच्छा व्यक्त गरेका थिए । शिक्षा ऐनको आठौं संशोधनले समेत विद्यालय कर्मचारीहरुलाई स्थायी प्रक्रियामा लग्ने व्यवस्था गरेको छ । तर, नियमावली आउन नसक्दा त्यो कार्यान्वयन हुन सकेको थिएन । मन्त्रिपरिषद पुगेको नियमावली पुनः शिक्षा मन्त्रालयमा फिर्ता आएको थियो ।

सर्वोच्च अदालतले समेत पटक–पटक विद्यालय कर्मचारीहरुलाई तत्काल स्थायी प्रक्रियामा लग्न आदेश जारी गरेको थियो । तर, शिक्षा मन्त्रालयको ढिलाई, पुर्व मुख्य सचिव सोमलाल सुवेदीको नियमावली प्रतिको पुर्वाग्रहका कारण नियमावली समयमा आउन सकेन । यदी समयमै शिक्षा नियमावली पारित हुन्थ्यो भने बलिराम सर स्थायी भएर बिदा हुनुहुन्थ्यो । नेपालको कर्मचारी तन्त्रमा रहेको ढिलाइपनले एकजना विद्यालय कर्मचारीको स्थायी हुने इच्छा अधुरै रहन पुगेको छ । एजुकेशन पाटी परिवार बलिराम सर प्रति हार्दिक श्राद्धञ्जलि अर्पण गर्दछ ।

हामीले केहीवर्ष पहिला बलिराम सरको एउटा फिचर तयार पारेका थियौं । त्यसलाई पुन: एकपटक प्रस्तुत गर्न चाहन्छौं ।

उनलाई सवैले बलीराम सर भन्छन् । उनले पढाएका र स्याहार गरेका धेरै विद्यार्थी डाक्टर, इन्जिनियर र कुशल प्रशासक बने, विदेसीएर राम्रो कमाइ गरे, सोही विद्यालयमा शिक्षक समेत बने । उनी भने सोही विद्यालयमा सेवा गरीरहेका छन् ।

धेरैले उनले हाँसेर पढाएको मात्रै देखे । हर्षकै साथ विद्यालयमा काम गरेको मात्रै देखे । हुन पनि उनले मुहारमा मुस्कानको बत्ति कहिल्यै निभ्न दिएनन् । तर उनको मुटु भित्रको पीडा भने कसैले देखेन ।

बलीराम सर विद्यालयमा सवैको प्रिय पात्र बनीरहे । शिक्षक, अभिभावक र विद्यार्थी सवैको आँखाको नानी बनीरहे । विद्यालयमा कार्यालय सहयोगी (पियन) बनेर प्रवेश गरेको भएता पनि उनले साना साना विद्यार्थीहरुलाई समेत पढाउदै आइरहेका छन् । ‘अझैपनि केजी र एक कक्षामा २र३ पिरीयड लिइनै राखेको छु ।’बलीराम सर भन्छन् ।

विद्यालयमा हाल केही पुराना भवन, आडमा रहेको सरस्वतीको मन्दिर, पुरानो पानीखाने ट्यांकी, पछाडीका बकाइनाका रुखहरु बलीराम सरका पीडा र उनले दैनिक घन्टि लगाउने गरेको फलामको रीङ बाहेक सवैकुरा परिवर्तन भइसकेका छन् ।

उनले आफ्नो वैंश नै विद्यालयमा सेवा गरेर बिताए । ३५ वर्षमा विद्यालय प्रवेश गरेका उनकोे उमेर ५८ वर्ष कटीसकेको छ । २४ वर्ष सेवा गरेका उनकोे तलव बल्ल यसवर्षदेखि ५ हजार पुगेको छ । ५ सय बाट सेवा सुरु गरेका उनलाई २र४ वर्षमा १र२ सयका दरले बढाउदै विद्यालयले हाल पाँच हजार बनाइदिएको छ । उनले आफ्नो विगत खोतले ।

उनी भन्छन् (‘मैले मेरो मर्का बुझिदेलान, एक दिन बढाइदेलान भन्दै केहि भनिन् । तर त्यो दिन कहिल्यै आएन । खाली आश्वासन दिनेमात्रै काम भयो ।’

’परिवारले अर्कै जागिर खान बेलाबेलामा आग्रह गर्ने गरेको भएपनि नछोड बढाइदिन्छम भन्ने आश्वासन दिएपछि जागिरलाई निरन्तरता दिएँ ।’ उनले भने ।

‘६ जना छोरी र तिन जना छोरा र श्रीमान श्रीमती गरेर ११ जनाको ठूलो परिवार थोरै तलव आम्दानीको अन्य स्रोत नहुदा हिजोका दिनहरु एकैदमै पीडादायी रहे ’उनले रुन्चे अनुहार बनाएर भने । एकदिन स्थायी भइएला, पेन्सन पाइएला भनेर सहेर बसीयो बुढेशकालमा खालीहात लाग्ने भो । रुन्चे हाँसो हास्न खोज्दै उनले भने ।

सायद अहिलेको अवस्था आउला भन्ने त्यतिबेला अनुमान भएको भए विद्यालयमा जागिर खान्नथे होला । भावुक हुँदै उनले भने । ‘सबैले एकदिन राम्रो हुन्छ भनेकाले विद्यालयमा नै जागिर खाँए बुदेशकालमा जोगी बनाउने पो रैछ ’ । उनी भक्कानिए ।

’त्यति वेला शरीरमा बल थियो । कामका धेरै अवशरहरु थिए । तर पनि यि साना केटाकेटीहरु सितै भुल्न मन लाग्यो । कलिला विद्यार्थीहरुलाइृ सिकाउदा सवै पिडाहरु भुल्थे ।’ बलिराम सरले लामोे सुस्केरा काटे ।

‘जतिले भेटे केही गर्ने आश्वासन मात्रै दिए । तर मेरो लागि कसैले केही गरेन ।’ उनकोले रुन्चे श्वरमा पीडा पोखे । ‘सरकारी मान्छे, दलका नेताहरु, अभिभावक र प्रधानाध्यापकहरु सवैले गर्छु भने केहीगरेनन् । सरकारले पनि नयाँ नियम ल्याएको छरे भनेको सुन्छु । सक्दाजेल त विद्यालयको लागि गरियो तर अन्यमा अशक्त भएपछि खालीहात विदा हुनुपर्नेभो ।’ बुढेसकालमा खालीहात । म जस्तै अनिश्चित भविष्य तर्फ ।

विद्यालयकै सेवा गर्दै र विद्यार्थी पढाएरै आफ्ना वैंस सिध्याएका उनको बुढेसकालमा भने खालीहात बिदा हुन प¥यो । ‘मैले पढाएका , सिँगान पुछेका, माया गरेका धेरै विद्यार्थी योग्य डाक्टर, इन्जिनियर र कुशल प्रशासक बने म बुढा भने सधैँको अस्थायी र दुखी रहिरहँे ।’ उनले पिडा मिश्रित हाँसो हाँस्न खोजे । तर उनकोको मुहारमा हाँसो कत्ति सुहाएन । लाग्थ्यो बरु उनी रोएको भए वेस हुन्थ्यो ।

‘मैलै जीवन नै अरुको सेवामा अर्पै बुढेसकालमा मेरो पीडा बुझिदिने कोही भएन । कम तलव भएपनि पछि विद्यालयले विचार गरेर एकमुष्ठ सुविधा दिने आश्वासनहरु मात्रै आए । ’ उनले खुलासा गरे । ‘मेरा पिडा, असाहायता र मजवुरीसँग खेल्ने काम मात्रै भयो ।’ आँखा आँशुले लछप्पै भए ।
विद्यालयमा चार जना प्रधानाध्याकहरु फेरीए तर उनको को दिन र पीडा फेरीएन । उनलाई पे्रम बहादुर बस्नेत, मनिराम धरेल, तुलसी प्रसाद भट्ट, शेर बहादुर घर्तीलगायत सवैले आश्वासन मात्रै दिए । सवैले कुरा गरे काम गरेनन् । यसोभन्दा उनकोको आँखाको रंग र डुब्न लागेको सूर्यको रंग एकै देखियो

२०७४ फागुन १ गते १७:२४मा प्रकाशित

प्रतिकृया दिनुहोस्