काठमाडौं । शिक्षक सेवा आयोगका अध्यक्ष ताना गौतमले आयोगको शिक्षक विज्ञापन खारेज असम्भव रहेको बताएका छन् ।

कुनै हालतमा शिक्षक विज्ञापन खारेज नहुने स्पष्ट पार्दै गौतमले विद्यार्थी आन्दोलनले विज्ञापन खारेज हुन्छ भन्नु आकाश खस्नु जस्तै भएको स्पष्ट पारे ।

‘आकाश खसे के गर्ने भन्नु र विद्यार्थी आन्दोलनले विज्ञापन सर्छ भन्नु एकै हो ।’ गौतमले एजुकेशनपाटीसँग भने । ‘यो आन्दोलन मट्यांग्राको सत्यनाश मात्रै हो ।’

शिक्षा ऐनको नवौं संशोधन अनुसार पुन विज्ञापन खुलेको भन्दै नवौं संशोधन ऐन रहेसम्म विज्ञापन नरोकिने बताए । विद्यार्थीहरुले नवौं ऐन संशोधन र विज्ञापन खारेजीको माग राख्दै आयोगमा अनसन बस्नु समेत गलत भएको गौतमले जिकिर गरे ।

‘व्यवस्थापिका संसदले गरेको ऐन संशोधन फिर्ता लिन आयोगमा अनसन बसेर हुन्छ ।’ गौतमले एजुकेशनपाटीसँग भने– ‘आयोगले नत ऐन संशोधन गर्न सक्छ न फिर्ता नै गर्न सक्छ ।’

ऐन संशोधन गर्ने र फिर्ता गर्न सक्ने निकाय अगाडी अनसन बस्न समेत गौतमले विद्यार्थीहरुलाई सुझाव दिए । आयोगले नवौं ऐन संशोधन रहँदा सम्म त्यसको कार्यान्वयनमा लागिरहने समेत उनले स्पष्ट पारे ।

विद्यार्थीको आन्दोलनले विज्ञापन खारेजी हुन्छ कि भनेर कल्पना समेत नगर्न उनले उनले सवैलाई सचेत समेत गराए । ‘विज्ञापन कुनै हालतमा खारेजी हुँदैन, हुँदैन, हुँदैन ।’ गौतमले भने ।

२०७४ कार्त्तिक २९ गते १०:४७मा प्रकाशित

प्रतिकृया दिनुहोस्